काबुल । अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले आफ्नो भूमिका परित्याग गरेका छन् । बिबिसीका अनुसार अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्। खलिलजादले तालिबानसँग हुने गरेका वार्ताहरूमा अमेरिकाको नेतृत्व गर्दै आएका थिए।यद्यपि महिनौँयताको कूटनीतिक वार्ताहरूले तालिबानलाई सत्ता कब्जा गर्नबाट रोक्न नसकेको आरोप उनिमाथी लाग्छ । राजधानी काबुलमाथि… Continue reading अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले त्यागे पद, कारण के हो ?
Category: विश्व
म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने
काठमाडौं । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गरिने भएको छ । बीबीसीका अनुसारसैन्य सरकारले यस्तो घोषणा गरेको हो । गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु… Continue reading म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने
अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास
न्युयोर्क अमेरिकामा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति चुनिएको १ बर्ष पुरा नहुँदै बहुसंख्यक अमेरिकी जनता रिपब्लिकन पार्टी नै ठीक भन्न थालेका छन् । गत नोभेम्बरमा अत्यन्त बिवादास्पद पृष्ठभुमी र चरित्रका देखाएका रिपब्लिकन पार्टीका तात्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीको तर्फबाट बर्तमान राष्ट्रपति जो बाइडेनले बिजय हासिल गरेको एक बर्ष पुरा नहुँदै अमेरिकी जनता रिपब्लिकन तर्फ मोडिने… Continue reading अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास
टाटा समूहले एयर इण्डिया किनेर के फाइदा पायो ?
नयाँ दिल्ली । घाटामा रहेको भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डियालाई देशकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्ये एक टाटाले खरिद गरेको छ। यो कम्पनी उसले लिनु आफैमा प्रतिष्ठाको विषय बनकेो छ । भारत सरकारले टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलर एअर इन्डिया बिक्री गरेको भारतीय संचार माध्यमले लेखेका छन् । बिबिसीका अनुसार सन् १९३२… Continue reading टाटा समूहले एयर इण्डिया किनेर के फाइदा पायो ?
नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई
काठमाडौं । सन् २०२१ को नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रूसका दुई जना पत्रकारले पाएका छन् । नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो(अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई प्रदान गरिने भएको हो। ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल… Continue reading नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई
पाकिस्तानमा भूकम्प, कम्तिमा २० जनाको मृत्यु
कराँची । पाकिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परि कम्तिमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । भुकम्पमा परि सयौं व्यक्ति घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि भागाभाग शुरु… Continue reading पाकिस्तानमा भूकम्प, कम्तिमा २० जनाको मृत्यु
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई
काठमाडौं । रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुईजना वैज्ञानिक संयुक्तरुपमा दिने निर्णय गरेको छ। जर्मनीका बेन्जामिन लिस्ट र अमेरिकाका डेभिड डब्ल्यू सी म्याकमिलनलाई दिने घोषणा बुधवार गरिएको छ । बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ। लिस्ट… Continue reading रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई
फिलिपिन्सका राष्ट्रपतिले गरे सन्यासको घोषणा
काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । उनले आगामी वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । बीबसिीका अनुसार फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकाल भन्दा बढी बस्न पाइँदैन । संविधानले राष्ट्रपति पदमै दोहोरिन नदिने भएपछि दुतेर्तेले यसअघि आउँदो वर्षको चुनावमा आफू उपराष्ट्रपति पदमा… Continue reading फिलिपिन्सका राष्ट्रपतिले गरे सन्यासको घोषणा
ताइवानको हवाई क्षेत्रमा घुसे ३८ चिनियाँ विमान, बढ्दो तनाव
काठमाडौं । ताइवानको हवाई क्षेत्रमा चिनियाँ जहाजको उपस्थिति बढेसँगै दुई मुलुकबीच तनाव चर्किने संकेत देखिएको छ । ताइवानले आफ्नो हवाई क्षेत्रमा चीनले अहिलेसम्मकै ठूलो अतिक्रमण गरेको जनाएको छ । रोयटर्सका अनुसार ताइवानको दावि अनुसार ३८ वटा चिनियाँ लडाकु जहाज उसको आकासमा घुसेका हुन् । यस्तो काम दुई दुई पटक भइसकेको समेत ताइवानको आरोप छ ।… Continue reading ताइवानको हवाई क्षेत्रमा घुसे ३८ चिनियाँ विमान, बढ्दो तनाव
अष्ट्रेलियामा नोभेम्बरबाट यात्रा सहज, भिसा खुल्ने
काठमाडौं । अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई भिसा दिने भएको छ । सो मुलुकले १८ महिनापछि यस्तो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको… Continue reading अष्ट्रेलियामा नोभेम्बरबाट यात्रा सहज, भिसा खुल्ने
इक्वेडरमा जेलमा झडप, कम्तिमा १ सय मारिए
काठमाडौं । इक्वेडरमा एक कारागारमा भएको झडपमा कम्तिमा १ सय जना मारिएका छन् । बीबीसीका अनुसार त्यहाँ बन्दी गृहका दुई समूहबीच झडप भएको हो । मङ्गलवार ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको भेटिएको छ । अन्यको गोली प्रहार गरेर हत्या गरिएको छ । एकजना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले… Continue reading इक्वेडरमा जेलमा झडप, कम्तिमा १ सय मारिए
याक एण्ड यति होटेलको बेडमा कतारी नागरिकको शव
काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीको कोठामा एक विदेशी नागरिकको शव भेटिएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार होटलको एक कोठामा कतारका नागरिकको शव भेटिएपछि त्यहाँ प्रहरी पुगेको थियो । कर्मचारीले भित्र बाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा पाुहनालाई मृत भेटेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन् । होटेल स्रोतका अनुसार… Continue reading याक एण्ड यति होटेलको बेडमा कतारी नागरिकको शव
मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु
गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडेली आरोहीको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर… Continue reading मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु
चीनमा पानीजहाज दुर्घटना, कम्तिमा १२ को मृत्यु
काठमाडौं । चीनको गुझाउ प्रान्तमा एक पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार चीनको जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका छन् । अधिक भारका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए । घटनापछि अरुलाई उद्धार… Continue reading चीनमा पानीजहाज दुर्घटना, कम्तिमा १२ को मृत्यु
बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन
लण्डन । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्प बन्द भएका छन् । यसले खुलेका पम्पमा ठूलो भिड लागेको छ । यो अवस्था सहज बनाउन बेलायतले सेना परिचालन गर्ने भएको छ । बीबीसीका अनुसार सेनालाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्न तालिम समेत… Continue reading बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन
अफगानिस्तानमा दारी काट्ने वा मिलाउने काम बन्द गर्न तालिबानको उर्दी
काबुल । अफगानिस्तानमा तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने काम इस्लामिक कानून विपरित रहेको भन्दै त्यस्तो कार्य नगर्न उर्दी जारी गरेको छ । बीबीसीका अनुसार अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्न प्रतिबन्ध लागेको हो । उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने समेत बताइएको छ । राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन आएको जानकारी… Continue reading अफगानिस्तानमा दारी काट्ने वा मिलाउने काम बन्द गर्न तालिबानको उर्दी
अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमै दियो चार जनालाई मृत्युदण्ड ?
काबुल । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार जनालाई सार्वजनिक स्थलमै मृत्युदण्डको सजाय दिएको आशंका गरिएको छ । बीबीसीका अनुसार उनीहरुमाथि व्यक्ति अपहरणको मुद्दा लागेको थियो । तालिवानले शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको समाचारमा उल्लेख छ । तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्टै यस्तो घटना सार्वजनिक भएको हो।… Continue reading अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमै दियो चार जनालाई मृत्युदण्ड ?
सोमालियामा राष्ट्रपति भवन नजिकै बम विस्फोट, कम्तिमा ७ मारिए
काठमाडौं । अफ्रिकी मुलुक सोमालियामा राष्ट्रपति भवन नजिकै आत्मघाती बम विष्फोट भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राजधानी मोगादिसुस्थित राष्ट्रपति निवास नजिकै आत्मघाती कार बम विस्फोट भएको हो । घटनामा कम्तीमा ७ जना मारिएका छन् । आठ जना घाइते भएका छन् । राष्ट्रपति निवास नजिकैको सडकमा शनिबार बम विस्फोट भएको रोयटर्सले लेखेको छ । सीलगाब… Continue reading सोमालियामा राष्ट्रपति भवन नजिकै बम विस्फोट, कम्तिमा ७ मारिए
बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी
लण्डन । बेलायतले विदेशी लरी (लामो किसिमको ट्रक) चालकलाई सहजै अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न मिल्ने गरि नियम ल्याउने भएको छ । यस्तो योजनाको विस्तृत विवरण आइतवार सार्वजनिक गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यसबाट अब विदेशी चालकले बेलायतमा अवसर पाउने छन् । बेलायतमा लरी चालकको अभाव भएपछि यस्तो नियम ल्याउन लागिएको हो । आप्रवासन… Continue reading बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी
दिल्लीको एक अदालतमा गोली चल्यो, कम्तिमा तीन मारिए
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी कोर्टमा शुक्रवार दिउँसो गोलीबारी भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार घटनामा एक ग्यांगस्टार र दुई अपराधीको ज्यान गएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार जितेन्द्र मान गोगी नामका ग्यांगस्टारको ज्यान गएको हो । गोगीमाथि गोली… Continue reading दिल्लीको एक अदालतमा गोली चल्यो, कम्तिमा तीन मारिए
अफगानिस्तानमा अघिल्लो तालिवानकालकै नियम लागु हुने संंस्थापक नेताको भनाई
काबुल । मानिसलाई मृत्यु दण्ड दिने तथा अंगभंग गर्ने जस्ता निरकुंश साशनसहितको व्यवस्था अफगानिस्तानमा पुनः शुरु हुने तालिबानका संस्थापक नेतामध्ये एकले बताएका छन् । यद्दपी अब यो काम सार्वजनिक स्थलमा भने नदिइने उनको भनाई छ । तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजाय अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय… Continue reading अफगानिस्तानमा अघिल्लो तालिवानकालकै नियम लागु हुने संंस्थापक नेताको भनाई
परराष्ट्र मन्त्री बन्दै नारायण खड्का, लगत्तै न्यूयोर्क जाने
काठमाडौं । पराष्ट्रमन्त्री डा. नारायण खड्का बन्ने भएका छन् । उनी कांग्रेस नेता हुन् । उनलाई बुधबार नै मन्त्रीका रुपमा नियुक्र गरि सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सत्तारुढ दलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७६… Continue reading परराष्ट्र मन्त्री बन्दै नारायण खड्का, लगत्तै न्यूयोर्क जाने
राष्ट्रसंघीय महासभामा बोल्न पाउनु पर्ने तालिबानको माग
न्यूयोर्क । तालिबानले अमेरिकाको न्यूयोर्कमा जारी राष्ट्रसङ्घीय महासभामा बोल्न पाउनु पर्ने माग गरेको छ । महासभामार्फत विश्वभरका नेतालाई सम्बोधन गर्न सकिन्छ । तालिबानका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएको बीबीसीले लेखेको छ । अब संयुक्त राष्ट्र संघको एक समितिले त्यसबारे टुङ्गो लगाउनेछ। तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई… Continue reading राष्ट्रसंघीय महासभामा बोल्न पाउनु पर्ने तालिबानको माग
रुसमा आम निर्वाचन, पुनः पुटिनकै पार्टीले जित्ने निश्चित
मस्को । रुसमा आम निर्वाचन भएको छ । बीबीसीका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदिय निर्वाचनमा बहुमत ल्याउने स्पष्ट संकेत देखिएको छ। तर, विपक्षीले भने व्यापक धाँधलीको आरोप लगाएका छन् । मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो। क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो… Continue reading रुसमा आम निर्वाचन, पुनः पुटिनकै पार्टीले जित्ने निश्चित
इटलीमा कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने, सरकारले दिने भयो ‘ग्रीन पास’
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यूरोपमा सबैभन्दा प्रभावित मुलुकमध्ये एक इटलीमा मानिसहरुले अझै खोप लिन आनाकानी गरिरहेका छन् । यहाँ खोप अभियान बढाउन सरकारले कडा नियम ल्याएको छ । अब यस मुलुकमा सबै कर्मचारीले अनिवार्य खोप लगाउनु पर्नेछ । नभए उनीहरुले कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण… Continue reading इटलीमा कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने, सरकारले दिने भयो ‘ग्रीन पास’
चीनको सिचुआन प्रान्तमा ठूलो भूकम्प, क्षतिको विवरण आउँदै
सिचुआन । बिहीबार बिहान चीनको सिचुआन प्रान्तमा ६ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान साढे ४ बजे गएको भूकम्पमा परी कम्तिमा २ जनाको मृतयु भएको पुष्टी भएको छ । चिनियाँ संचार माध्यमहरुका अनुसार अहिले उद्धार र खोजी कार्य जारी रहेको छ । क्षतिको थप विवरण आउने क्रममा रहेको छ ।… Continue reading चीनको सिचुआन प्रान्तमा ठूलो भूकम्प, क्षतिको विवरण आउँदै
एमसिसी निर्णय, राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यता
सुपेन्द्र बस्नेत, बोष्टन केही दिन यता नेपालमा सडकदेखि सदनसम्म चर्का चर्की बहसको विषय बनेको छ -एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)।लामो समयदेखि कार्यान्वयनको विभिन्न चरणहरु पार गरिसकेको, तर गुमराहमा राखिएको एमसिसी अहिले एकाएक छताछुल्ल भएको छ।नेपाल र दातृराष्ट्र अमेरिकाको वैधानिक सरकारी निकाय एमसिसी(मिलेनियम च्यालेन्ज कर्पोरेशन)बीचको यो ‘मिलेनियम च्यालेन्ज संझौता’ लाई अन्तिम वैधानिक मान्यता दिन संसदबाट अनुमोदन गराउनका… Continue reading एमसिसी निर्णय, राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यता
तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम
काबुल । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु भएको छ । बीबीसीका अनुसार तालिबान सरकारले यस्तो जानकारी गराएको हो । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने उल्लेख छ । उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने… Continue reading तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम
पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु
काठमाडौं । पेरुमा २८ वर्षदेखि सैनिक जेलमा रहेका माओवादी नेता गोन्जालोका जेलमै निधन भएको छ । पेरुमा सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका बेला उनी प्रमुख नेता थिए । न्यूयोर्क टाइम्सका अनुसार पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको हो । गोन्जालो ८६ वर्षका थिए । पेरुमा वामपन्थी रास्ट्रपति… Continue reading पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु
अफगानिस्तानमा तालिबानको सरकार बनेसँगै चीनले गर्यो ठूलो सहयोगको घोषणा
काठमाडौं । अफगानिस्तानमा तालिवानले सरकार गठन गरेसँगै चीनले ठूलो धनरासी सहायता घोषणा गरेको छ । चीनले अफगानिस्तानलाई तीन करोड दश लाख डलर बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको बीबीसीले लेखेको छ । सो सहयोगमा खानेकुरादेखि कोरोनाभाइरस विरुद्धको खोप समेत छ। बेइजिङले तालिबान सरकारसँग सम्बन्ध कायम राख्न आफू तयार रहेको बताइरहँदा त्यस्तो सहायता प्रदान गरिने समाचार… Continue reading अफगानिस्तानमा तालिबानको सरकार बनेसँगै चीनले गर्यो ठूलो सहयोगको घोषणा