काठमाडौं । नेपालले भारतबाट खरीद गरेको गरेको कोरोना विरुद्धको खोप छिटो दिन भारत सरकारसँग आग्रह गरेको छ । भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग नेपालले कुल २० लाख डोज खोप किनेको थियो । तर, १० लाख डोज मात्र प्राप्त भएको छ । आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गगर्दै यस्तो आग्रह गरेका हुन्… Continue reading नेपालले किनेको खोप छिटो दिन भारत सरकारसँग आग्रह
Category: विश्व
बेलायतमा सैनिक कु विरोधी म्यानमारका राजदूतलाई दूतावासमै अवरोध
लण्डन । बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बेलायतमा दूतावासमै अवरोध गरिएको छ । उनी म्यानमारमा भएको सैन्य कूको विरोधमा थिए । सोहीकारण उनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । गत १ फेब्रुअरीमा म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएको छ । उसले नागरिकमाथि निरन्तर दमन गरिरहेको छ… Continue reading बेलायतमा सैनिक कु विरोधी म्यानमारका राजदूतलाई दूतावासमै अवरोध
भारतमा २४ घण्टा भित्र रेकर्डब्रेक संक्रमण
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको रेकर्ड ब्रेक संक्रमण पुष्टी भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मंगलबार १ लाख १५ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आजतकका अनुसार यो संख्या भारतमा एक दिनमा संक्रमण पुष्टी भएको सबैभन्दा बढी आंकडा हो । दैनिक एक लाख भन्दा बढी संक्रमण… Continue reading भारतमा २४ घण्टा भित्र रेकर्डब्रेक संक्रमण
नग्न फोटो सूट गरेपछि दुबईमा एक दर्जन महिला गिरफ्तार
दुबई । दुबईमा एक घरको बाल्कनीमा नग्न फोटो सूट गरेका कम्तिमा एक दर्जन महिला गिरफ्तारीमा परेका छन । शरीया कानून लागु हुने दुबईमा नग्नता प्रदर्शनलाई अपराध सरह मानिन्छ । एक समुहले बालकनीमा नग्न फोटोसूट गरेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो । यो समुह युक्रेनी महिलाहरुको रहेको बताइएको छ । भिडियो शनिबार नै अनलाइनमा पोष्ट… Continue reading नग्न फोटो सूट गरेपछि दुबईमा एक दर्जन महिला गिरफ्तार
नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी
काठमाडौं \एजेन्सी । नाइजेरियामा जेलमा आक्रमण गरी १८ सय भन्दा बढी कैदी भगाइएको छ । नाइजेरियाका दक्षिण पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादी समुहले आफ्नो १८ सय ४५ जना कार्यकर्तालाई भगाउन सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार सोमवार बिहान पीकअप ट्रक र बस चढी ठूलो हातहतियारसहित आएका आक्रमणकारीले जेलबाट… Continue reading नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी
रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामै रहन सक्ने भएका छन् । उनले आफ्नो सत्ता सन् २०३६ सम्म लम्ब्याउन मिल्ने एक कानूनमा सोमबार हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यसो त यो कानुन विधायीकाबाट पास गराउन समेत उनी सफल बनेका छन् । संसदको दुबै सदनबाट गत महिना नै कानून पास भएको… Continue reading रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने
भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो
छत्तिसगढ । भारतको छत्तीसगढमा माओवादी संगठनको आक्रमणमा मारिने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । यसअघि राज्य सरकारले ४ सुरक्षाकर्मी मारिएको जनाएको थियो । माओवादी संगठनले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाएको थियो । यस घटनामा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्। बीबीसीका अनुसार बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिवार यो घटना… Continue reading भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो
इण्डोनेसियामा बाढीको वितण्डा, कम्तिमा ४४ को मृत्यु
जाकार्ता । इन्डोनेसियामा बाढी र पहिरोले वितण्ड मच्याएको छ । यहाँ विभिन्न घटनामा परी कम्तिमा ४४ जनाको मृत्यु भएको खबर आएको छ । इन्डोनेसिया विपत् व्यवस्थापन निकाय, (रादिति अ जाती)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षा भएको छ । यसले निम्त्याएको बाढी र पहिरोमा परी कम्तिमा ४४… Continue reading इण्डोनेसियामा बाढीको वितण्डा, कम्तिमा ४४ को मृत्यु
ताइवानमा रेल दुर्घटना, कम्तिमा ५० जनाको मृत्यु
काठमाडौं\एजेन्सी । ताइवानमा भएको एक रेल दुर्घटनामा कम्तिमा ५० जनाको मृत्यु भएको छ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ भित्र यात्रुबाहक रेल दुर्घटनामा परेको हो । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको बताइएको छ । उद्धारकर्ताले सुरुङभित्र च्यापिएका मानिसको उद्धार गरेका छन् । प्रहरीले कम्तीमा ५० जनाको मृत्यु भएको पुष्टी गरेको… Continue reading ताइवानमा रेल दुर्घटना, कम्तिमा ५० जनाको मृत्यु
फ्रान्समा एक महिने लकडाउन घोषणा
पेरिस । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै फ्रान्समा तेस्रो चरणको लकडाउन घोषणा भएको छ । फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशव्यापी लकडाउन घोषणा गरेका छन् । यो एक महिना कायम रहने भएको छ । कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिएको उनको भनाई छ । म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरे । लकडाउन… Continue reading फ्रान्समा एक महिने लकडाउन घोषणा
आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै
काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । यो बैठक श्रीलङ्काले आयोजना गरेको हो । बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्दैछन् । बैठक अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको मन्त्रालयले जनाएको छ । बुधबार भर्चुअल रूपमै आजको बैठकबारे तयारी बैठक बसेको थियो । सो… Continue reading आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै
नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण
काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो। विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको जनाएको छ । कोभिड–१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज… Continue reading नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण
कोरोना महामारीका बीच ब्राजिलमा राजनीतिक संकट, सेना प्रमुखहरुको सामुहिक राजिनामा
काठमाडौं\एजेन्सी । कोरोना भाइरसको उच्च संक्रमण दर र व्यापक मानवीय क्षति भोगेको ब्राजिल राजनीतिक संकटमा समेत फसेको हो । राष्ट्रपति जइर बोल्सोनारुमाथि एक पछि अर्को राजनीतिक सङ्कट थपिएका छन् । सोमवार विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएका थिए । मंगलबार ब्राजिलका तीन वटै तहका सेनाका प्रमुखले सामुहिक राजिनामा दिएका छन् । सेना, नौसैनिक तथा हवाई… Continue reading कोरोना महामारीका बीच ब्राजिलमा राजनीतिक संकट, सेना प्रमुखहरुको सामुहिक राजिनामा
स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो
इजिप्ट । स्वेज नहरमा अड्किएको एक विशाल कन्टेनर जहाजले ६ दिनदेखि अन्तर्राष्ट्रिय व्यापार ठप्प थियो । स्वेज नहर यूरोप र एसिया जोड्ने सबैभन्दा छोटो दूरीको समुन्द्री मार्ग हो । तर, यसै मार्गमा जहाज तेस्रो परी अड्किएपछि सयौं कन्टेनरको जाम लागेको थियो । यसले दुई महादेशबीचकै व्यापारमा प्रभाव पारेको थियो । अधिकारिहरुका अनुसार एक सातादेखि नहरमा… Continue reading स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो
बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो
काठमाडौं । बेलायत सरकारले म्यानमारबाट आफ्ना नागरिकलाई स्वदेश बोलाएको छ । सेनाले नरसंहार थालेसँगै म्यानमार असुरक्षित बनेको छ । सेनाले सडकमा हिड्ने मानिसहरुलाई ताकी ताकी गोली हान्न थालेसँगै बेलायतले आफ्ना नागरिकलाई घर फर्कन भनेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको यूरोप, अमेरिका, जापान, अस्ट्रेलियासहितका मुलुकको कडा निन्दा गरेका छन् । शनिबार सेनाले देखाएको बर्बरताको भिडियोहरु… Continue reading बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो
म्यानमारमा सैन्य हिंसा निन्दनीय छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जारी आन्दोलनका दौरान सैन्य शासकको हर्कतको कडा निन्दा गरेको छ । आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै कांग्रेसले सेनाले गरेको नरसंहारको भने निन्दा गरेको हो । म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले… Continue reading म्यानमारमा सैन्य हिंसा निन्दनीय छ : कांग्रेस
म्यानमारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलायो, कम्तिमा ६० जना मारिए
काठमाडौं\एजेन्सी । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सेनाले अन्धाधुन्ध गोली चलाएको छ । यस क्रममा कम्तिमा ६० जना मारिएको बीबीसीले जनाएको छ । शनिवार यहाँ आर्म फोर्स डे मनाइएको थियो । त्यस क्रममा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको हो । समाचार सुत्रहरुले जनाए अनुसार ६० जनाको मृत्यु भइसकेको र यस्तो संख्या ९० भन्दा बढी रहेको आंशका गरिएको छ… Continue reading म्यानमारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलायो, कम्तिमा ६० जना मारिए
मोदी बंगलादेश पुग्दा भड्कियो हिंसा, कम्तिमा ५ जनाको मृत्यु
ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने बंगलादेश भ्रमणका सिलसिलामा शुक्रबार ढाका पुगेका छन् । तर, उनको ढाका भ्रमणका भने व्यापक विरोध भइरहेको छ । यस्र क्रममा ढाकामा भएको प्रदर्शन हिंसात्मक बन्द कम्तिमा ५ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । शुक्रबारको प्रदर्शनमा ४ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको पुष्टी भएको छ ।… Continue reading मोदी बंगलादेश पुग्दा भड्कियो हिंसा, कम्तिमा ५ जनाको मृत्यु
भारत र ब्राजिलमा कोरोनाको रेकर्डब्रेक संक्रमण
काठमाडौं\एजेन्सी । भारत र ब्राजिलमा कोरोन भाइरसको दोस्रो लहरले उचाई लिएको छ । दुबै मुलुकमा पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमण पुष्टी भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ब्राजिलमा एकैदिन करीव एक लाख मानिसमा सङ्क्रमित देखिएको छ । यहाँ २४ घण्टामा ९७ हजार ५ सय ८६ जनामा भाइरस पुष्टी भएको छ । बिहीवार ९० हजार… Continue reading भारत र ब्राजिलमा कोरोनाको रेकर्डब्रेक संक्रमण
रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आगलागी स्थलमा १५ शव भेटिए, ४ सय जना अझै वेपत्ता
ढाका । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार भएको भिषण आगलागी स्थलबाट कम्तिमा १५ जनाको शव भेटिएको छ । करीव १ सय घर जलेर खरानी भएको यो घटनामा थप मानवीय क्षति भएको अनुमान छ । आगोलागी नियन्त्रण्मा आएसँगै खोजी कार्य तिब्र बनाइएको थियो । अधिकारीहरुका अनुसार १५ जनाको शव भेटिएको छ । शव जलेको अवस्थामा… Continue reading रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आगलागी स्थलमा १५ शव भेटिए, ४ सय जना अझै वेपत्ता
भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट
काठमाडौं । भारत सरकारले कोरोना खोपको निर्यात रोक्ने निर्णय गरेको छ । भारतमा बढ्दो संक्रमण र ठूलो जनसंख्यार्मा एक साथ खोप वितरण गर्नुपर्ने भएसँगै भारतले केही समयका लागि खोपको निर्यात रोक्ने निर्णय लिएको हो । यसबाट नेपालमा खोपको आपूर्ति प्रभावित हुने भएको छ । नेपालले भारतसँग खरीद गरेको १० लाख डोज खोप अझै नेपाल आएको… Continue reading भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट
भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्युटेट भेरियन्ट’ भेटियो
नयाँ दिल्ली । भारतका १८ राज्यहरुमा कोरोना भाइरसको ‘नयाँ डबल म्युटेट’ भेरियन्ट फेला परेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार १८ वटा राज्यमा ‘डबल म्युटेट’ भेरियन्ट फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले भारतमा बढी रहेको कोरोना संक्रमण र कोरोनाको नयाँ भेरियन्टबीच केही सम्बन्ध छ कि छैन भन्ने विषयमा भने कुनै तथ्य-तथ्यांक खुलाएको छैन… Continue reading भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्युटेट भेरियन्ट’ भेटियो
दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीले सार्वजनिक रुपमा होली मनाउन रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतका विभिन्न राज्यमा प्रतिवन्ध शुरु भएका छन् । यसै क्रममा नयाँ दिल्लीमा सार्वजनिक स्थानमा होली, सबै प्रकारको विवाह उत्सव तथा नवरात्रिको उत्सव मनाउन समेत रोक लगाइएको छ । दिल्ली आपतकालिन प्रवन्धन प्राधिकरण (डीडीएमए)ले औपचारिक आदेश… Continue reading दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक
नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण
नाइजर । अफ्रिकी मुलुक नाइजरमा पुनः बन्दुकधारीले ग्रामिण भेगमा हिंसा मच्याएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बन्दुकधारीको आक्रमणबाट कम्तीमा १३७ गाउँलेको ज्यान गएको छ । बन्दुकधारीले घरघरमा पसि आक्रमण गरेका थिए । अपरिचित बन्दुकधारी स्थानीय समय अनुसार आइतबार राति मोटरसाइकलमा गाउँ पसेर आक्रमण गरेको स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् । यो घटना छिमेकी मुलुक मालीसँग… Continue reading नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण
बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट
ढाका । बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बसिरहेको एक शिविरमा आगलागी हुँदौ एक हजार भन्दा बढी घर जलेर नष्ट भएका छन् । स्थानीय संचारमाध्यमका अनुसार त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आगलागी भएको हो । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको बताइएको छ । अग्नि नियन्त्रक र स्वयंसेवकले घण्टौं प्रयासपछि मात्र आगो निभाउन सकेका थिए… Continue reading बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट
राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बंगलादेश भ्रमण शुरु हुँदैछ । यस भ्रमणका दौरान दुई देशबीच चार समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । भ्रमणमा नेपाल र बंगलादेश बीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार यो सम्झौतापछि बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनमा प्रयोग गर्न… Continue reading राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर
भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम
काठमाडौं । भारतमा कोराना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर गएको छ । भारतका विभिन्न राज्यमा कोरोनाको तिब्र लहर देखिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । नेपाल र भारतका बीच अहिले आवत जावत सामान्य जस्तै बनेको छ । यसले नेपालमा समेत कोरोना भाइरसको दोस्रो वेव आउने जोखिम बढेको छ । किनकी अहिले नेपालमा परीक्षण शून्यप्रायःको अवस्थामा छ… Continue reading भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम
राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबारबाट दुई दिने बंगलादेश भ्रमण गर्दैछिन् । चैत ९ मा ढाका जाने राष्ट्रपतिको टोली १० चैतमा स्वदेश फर्कने छ । यो राजकीय भ्रमण हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । उनका अनुसार भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डामा सहमति हुनसक्नेछ । यस पटकको भ्रमणमा बंगालदेशले नेपाललाई… Continue reading राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?
अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध
लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको… Continue reading अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध
बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शब्द युद्ध चलेको छ । एक अमेरिकी टेलिभिजनमा जो बाइडेनले पुटिनलाई हत्यारा भनेका छन् । त्यसको जवाफमा पुटिनले हिम्मत भए प्रत्यक्ष कुराकानी गर्न चूनौति दिएका छन् । पुटिनले रशियन टिभिमा बोल्दै यस्तो चूनौति दिएका हुन् । राष्ट्रपति बाइडेनले एबीसी टेलिभिजनमा बोल्दै पुटिनको सुरक्षा… Continue reading बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति