जापानमा हावाहुरी र हिमपात, हवाई सेवा रोकियो

File Photo

टोकियो । जापानमा हावाहुरी र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जापानका विभिन्न क्षेत्रमा तिब्र गतिमा आएको हावाहुरी तथा बाक्लो हिमपातले हवाइ सेवा नै रोकिएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उत्तरी भागमा हावाहुरी र हिमपात चल्दा १ सयवटा भन्दा धेरै उडान उद्द भएका छन् । होक्काइडो र उत्तरी होन्सु प्राकृतिक विपत्तिबाट मारमा परेको छ… Continue reading जापानमा हावाहुरी र हिमपात, हवाई सेवा रोकियो

भारतमा इजरायली दूतावास नजिक बम विस्फोट, सुरक्षा व्यवस्था कडा

Pic : BBC

नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएसँगै प्रहरीले पुरै दिल्ली कब्जा गरेको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठको दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको भारतीय संचारमाध्यमले जनाएका छन् । विष्फोटबाट दूतावासमा कुनै क्षति भने पुगेन । मानवीय क्षति समेत नभएको बताइएको छ । कार पार्किङ… Continue reading भारतमा इजरायली दूतावास नजिक बम विस्फोट, सुरक्षा व्यवस्था कडा

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

काठमाडौं । डिसेम्बर २०१९ मा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर १० करोड मानिसमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार बिहानसम्मको आंकडा अनुसार १० करोड नौ लाखभन्दा धेरै मानिसले यो भाइरसको सामना गरेका छन् । यसमध्ये २१ लाख ६९ हजार मानिस भने यो भाइरससँग पराजित भई मृत्युवरण गर्न बाध्य भएका छन्… Continue reading विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु

pic : CNN

क्यामरुन । क्यामरुनमा एक यात्रुवाहक बसमा भएको आगलागीमा परी कम्तिमा ५३ जनाको ज्यान गएको छ । २९ जना गम्भीर घाइते रहेको र उनीहरुको अवस्था समेत चिन्ताजनक रहेको अधिकारीहरुले जनाएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग बस ठोक्किँदा बसमा आगो लागेको बताइएको छ । दुर्घटनामा परेका सबैको शव जलेको र पहिचानमा समेत कठिनाई आएको स्थानीय अधिकारीलाई… Continue reading क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु

अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

Pic : Radio free europe

काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल शुरु गरेपछि पहिलो पटक पुटीसँग कुराकानी गरेका हुन् । उनी अहिले अघिल्लो प्रशासनले सम्बन्ध बिगारेका मुलुकसँग सम्बन्ध पुनस्र्थापना गर्ने अभियानमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यी दुई विश्व नेताबीचमा दुबै मुलुकबाट फरक फरक विषय सार्वजनिक… Continue reading अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ। त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो। यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था… Continue reading अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

Pic : Yahoo.com

टेक्सास । मेक्सिको हुँदै अमेरिका छिर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रहरीका अनुसार मेक्सिकोको कार्मागो शहर नजिकै सडकमा दुई वटा गाडीमा मानव अवशेष भेटिएको हो । संचारमाध्यमले जनाए अनुसार शुरुमा मानिसहरुमाथि गोली हानेर त्यसपछि जलाइएको अवस्थामा शव भेटिएका हुन् । घटनास्थलमा गोलीका छर्रा नभेटिएका कारण मानिसहरुलाई अन्यत्रै हत्या गरी सो… Continue reading अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

ताइवान छिरे एक दर्जन चिनियाँ लडाकु जहाज

File

काठमाडौं । ताइवानले आफ्नो आकासमा एक दर्जन चिनियाँ लडाकु जहाज छिरेको दावि गरेको छ । ताइवानी रक्षा मन्त्रालयले शनिबार ताइवानको दक्षिण, पश्चिमी आकाशमा ८ वटा बम खसाल्ने जहाज र ४ वटा लडाकु जेट प्रवेश गरेको दावि गरेको छ । ताइवानले चिनियाँ जहाजको निगरानीका लागि मिसाइल तयारी अवस्थामा राखेको समेत उल्लेख गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्… Continue reading ताइवान छिरे एक दर्जन चिनियाँ लडाकु जहाज

चिनियाँ जलसेनालाई विदेशी जहाजमा गोली हान्ने अधिकार दिइयो

बेइजिंग । चीनले एक विवादास्पद कानून ल्याउदै जलसेनालाई थप अधिकार सम्पन्न बनाएको छ । चिनियाँ संचारमाध्यमका अनुसार अब आफ्ना तटवर्ती सेना (नौसेना) लाई चीनले विदेशी जहाजमा गोली हान्ने अधिकार दिएको छ । प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका नौसेनालाई गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने भएको हो । यसको पुष्टी चीनको न्युज एजेन्सी सिन्ह्वाले गरेको… Continue reading चिनियाँ जलसेनालाई विदेशी जहाजमा गोली हान्ने अधिकार दिइयो

भारतमा जिलेटिन बोकेको ट्रक विष्फोट, कम्तिमा ८ जनाको मृत्यु

Photo credit: India Today

कर्नाटक । भारतमा जिलेटिन भरिएको एक ट्रक विष्फोट भएको छ । कर्नाटक राज्यमा भएको यस विभत्स घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टी भारतीय संचारमाध्यमले गरेका छन् । ट्रकमा मजदुर रहेको र राती १० बजे आसपास भएको घटनामा उनीहरुको ज्यान गएको बताइएको छ । विष्फोटपछि त्यसआसपास गन्ध फैलिएको थियो । रातको समय समेत भएका कारण… Continue reading भारतमा जिलेटिन बोकेको ट्रक विष्फोट, कम्तिमा ८ जनाको मृत्यु

भारतमा कोरोना खोप उत्पादन गर्ने कम्पनीको भवनमा आगलागी, ५ जनाको मृत्यु

Smoke rises from the Serum Institute of India, the world's largest vaccine maker that is manufacturing the AstraZeneca/Oxford University vaccine for the coronavirus, in Pune, India, Thursday, Jan. 21, 2021. (AP Photo/Rafiq Maqbool)

पुने । भारतमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने कम्पनीको एक भवनमा आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो कम्पनीले कोरोना भाइरस विरुद्ध अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको छ । कम्पनीको निर्माणाधीन… Continue reading भारतमा कोरोना खोप उत्पादन गर्ने कम्पनीको भवनमा आगलागी, ५ जनाको मृत्यु

भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपाललाई भारतले दिएको दश लाख डोज भ्याक्सिन बोकेको एयर इन्डियाको विमान काठमाडौं आइ पुगेको छ । भारतले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप बोकेको विमान बिहिबार बिहान साढे ११ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो। उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन्। खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ… Continue reading भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई

Photo : Getty Images

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीले बाइडेनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल… Continue reading बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई

बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित

वासिंटन डिसी । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । उनले आज राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराए । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले समेत पदको सपथ ग्रहण गरेकी छिन् । उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्। यसका साथै उनको नाममा पहिलो… Continue reading बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित

दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

सोल । दक्षिण कोरियाले सो मुलुक भित्र रहने सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप निशुल्क उपलब्ध गराउने भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले यस्तो घोषणा गरेका हुन् । उनको घोषणासँगै यस मुलुकमा रहेका हजारौं नेपाली नागरिक समेत लाभान्वित हुने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा करीव… Continue reading दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ

Photo : The Economic Times

वासिंटन डिसी । ट्रम्प समर्थकले हिंसात्मक आन्दोलन गर्न सक्ने आशंका सहित अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको सपथ ग्रहण कार्यक्रमका दौरान २५ हजार सुरक्षाकर्मी खटाइएको छ । शपथ ग्रहण कार्यक्रमको तयारीको काम भने पुरा भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । शपथ कार्यक्रमका दौरान हुन सक्ने सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै अमेरिकाका ५०… Continue reading बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ

भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

नयाँ दिल्ली । अहिले संसारका विकसित मुलुकहरुले धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको प्रमाणित भएपछि सर्वसाधारणको प्रयोगमा ल्याइएको हो । तर, यसले कतिपय मानिसमा भने असर देखाउन थालेको छ । नर्वेमा २९ जनाको ज्यान गएको खबर गत साता आएको थियो । यता, छिमेकी मुुलुक भारतमा समेत कोरोनाविरुद्धको खोप… Continue reading भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

भारतमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक, कम्तिमा १५ को मृत्यु

photo : ANI news

गुजरात । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक कुदेर भएको विभत्स दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरत भन्नै स्थान नजिकै कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको हो । ट्रकले उखु बोकेको थियो । सडकमा ट्याक्ट्ररसँग ठोक्किएको ट्रक फुटपाथमा उछिट्टीएको थियो । चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको संचारमाध्यमले लेखेका छन्… Continue reading भारतमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक, कम्तिमा १५ को मृत्यु

सुडानमा आतंकवादी आक्रमण, कम्तिमा ८३ जनाको मृत्यु

काठमाडौं । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाको आक्रमणमा कम्तिमा ८३ जनाको ज्यान गएको छ । सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)लाई उदृत गर्दै राष्ट्रिय समाचार समितिले जनाए अनुसार शनिबारबाट शुरु भएको झडपमा यो हताहती भएको हो । झडपमा अन्य एक सय ६० जना घाइते भएको बताइएको छ । यसको… Continue reading सुडानमा आतंकवादी आक्रमण, कम्तिमा ८३ जनाको मृत्यु

मेसीलाई रातो कार्ड, बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पराजित

काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेसीले आफ्नो करियरको तेस्रो रेड कार्ड प्राप्त परेका छन् । स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक बिल्बाओसँग भिड्ने क्रममा उनले रातो कार्ड पाएका हुने । त्यसपछि १० खेलाडीमा सिमित भएको बार्सिलोना पराजित हुँदै उपाधीबाट वन्चित भएको छ । आइतबार राति सम्पन्न फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ… Continue reading मेसीलाई रातो कार्ड, बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पराजित

अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिशमाथि गोली हानियो

File

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि गोली प्रहार भएको छ । उनीहरुको गोली हानी हत्या भएको पुष्टी सरकारी अधिकारीले गरेका छन् । दुई महिला न्यायाधीश कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीको आक्रमणमा परेको अदालतका प्रवक्तालाई उदृत गर्दै समाचार संस्था एएफपीले जानकारी गराएको छ । सञ्चारकर्मी, अधिकारवादी, राजनीतिक व्यक्तित्वलगायतलाई लक्षित गरि… Continue reading अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिशमाथि गोली हानियो

स्वदेश फर्किए परराष्ट्र मन्त्री, भारतसँग केके विषयमा कुरा भयो ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । बिहिबार दिल्ली पुगेका उनी शुक्रबार भने नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिएका थिए । स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए । भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई… Continue reading स्वदेश फर्किए परराष्ट्र मन्त्री, भारतसँग केके विषयमा कुरा भयो ?

भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

Photo : DNA India

नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरस विरुद्धको खोप सर्वसाधारणमा लगाउन शुरु हुँदैछ । यसलाई महाअभियान नाम दिएर प्रधानमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गर्दैछन् । अभियान उद्घाटनपछि देशभरका ६ हजार खोप केन्द्रका कर्मचारीलाई प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई… Continue reading भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

पोर्चुगलले फेरी थाल्यो देशव्यापी लकडाउन

काठमाडौं । युरोपेली मुुलुक पोर्चुगलले देशव्यापी लकडाउन थालेको छ । कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि पोर्चुगलले पुनः देशव्यापी लकडाउन घोषणा गरेको हो । प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेको जानकारी गराएका छन् । यहाँ एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएको र १५६ जनाको मृत्यु भएको जानकारी स्थानीय संचारमाध्यमले जनाएका छन्… Continue reading पोर्चुगलले फेरी थाल्यो देशव्यापी लकडाउन

आज नेपाल-भारत संयुक्त आयोगको बैठक

२ माघ, नयाँ दिल्ली । नेपाल र भारतका परराष्ट्र मन्त्रीको नेतृत्वमा आज संयुक्त आयोगको छैठौं बैठक संचालन हुँदैछ । बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको हो । गतवर्ष लिपुलेक लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो। बैठकमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका परराष्ट्र मन्त्री प्रदीप… Continue reading आज नेपाल-भारत संयुक्त आयोगको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित

गुगल फाईल फोटो

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध त्यहाँका तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट महाअभियोग प्रस्ताव पारित भएको छ । उनको कार्यकार्यमा दोस्रो पटक तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएको हो । बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको छ । ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित

प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अगाडी भारतीय न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीलाई बालुवाटारमा बोलाएर हिन्दी भाषामा अन्तरवार्ता दिए । वार्तामा ओलीले ठूल्ठूला राष्ट्रवादका गपल दिए । तिनै चौधरी बालुवाटारबाट सगरमाथाको आधार शिविर नजिकै कालापथ्थर पुगेर एक भिडियो रिर्पोट बनाए । जसमा उनले सगरमाथामाथि भारतले पनि दावा गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति… Continue reading प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

भारतका केन्द्रिय रक्षामन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमती र स्वकीय सचिवको मृत्यु

Photo : Free Press Journal

कर्नाटक । भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक गम्भीर सवारी दुर्घटनामा परेका छन्। उनी सवार कार दुर्घटनामा मन्त्री गम्भीर घाइते भएको र श्रीमती तथा स्वकीय सचिवको भने ज्यान गएको भारतीय संचारमाध्यमले लेखेका छन् । मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा परेको हो । पत्नी विजया नाइक र स्वकीय सचिवको ज्यान गएको र मन्त्री नाइक गम्भीर… Continue reading भारतका केन्द्रिय रक्षामन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमती र स्वकीय सचिवको मृत्यु

बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह जनवरी २० मा हुने छ । यस अगाडी राष्ट्रपति ट्रम्प समर्थक कार्यकर्ताले अमेरिकामा हिंसा मच्याउन सक्ने चेतावनी अमेरिकी सुरक्षा एजेन्सीले दिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)बाट यस्तो चेतावनी आएको हो । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसा फैलाउन सक्ने… Continue reading बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

नयाँ दिल्ली । भारतका सबैजसो राज्य बर्ड फ्लुको प्रकोपमा आएका छन् । भारतका नौ राज्यमा पुष्टी भइसकेको र अन्य राज्यको नमुना परीक्षणको नतिजा आउन बाँकि रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लु देखिएपछि यहाँ चिन्ता बढेको छ । यसले ठूलो रकम लगानी गरि खोलिएका पोल्ट्री फर्म समस्यामा पर्ने देखिएको… Continue reading भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु