Category: विश्व

  • म्यानमारमा हवाई आक्रमण, कम्तिमा १० जनाको मृत्यु

    म्यानमारमा हवाई आक्रमण, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । म्यानमारमा भएको हवाई आक्रमणमा १० जना नागरिकको ज्यान गएको छ । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् । आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । म्यानमारमा सैन्य ‘कु’ को दुई वर्षभन्दा धेरै भैसकेको छ । सन् २०२१ मा भएको सैन्य ‘कु’ पछि त्यहाँ आक्रमणका घटना हुँदै आएका छन् ।

    अधिकारवादी समूहले सेनाले गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीको सजायका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले गएको वर्ष सेनाले तीन सयभन्दा धेरै हवाई आक्रमण गरेको बताएको थियो ।

  • वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो

    वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो

    काठमाडौं । रोमाञ्चक खेलमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्सले सुपर ओभरमा वेस्टइन्डिजलाई हराएको छ । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक हराएको हो । नेदरल्यान्ड्सको जितमा अलराउन्डर लोगन भान बिक चम्किए । सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिएको थियो । लोगन भान बिकलाई पहिलो बलमा जोनसन चार्ल्सले छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा उनले एक–एक रन दिए । चौथो बलमा चार्ल्स क्याच आउट भएपछि वेस्ट इन्डिजको जितको सम्भावना सकिएको थियो ।

    सुपर ओभरमा नेदरल्यान्ड्सले ३० रन बनाएको थियो । लोगन भान बिकले जेसन होल्डरको बलमा तीन छक्का र तीन चौकासहित कुल ३० रन जोडे । त्यसअघि जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो । यो नेदरल्यान्ड्सले ओडीआईमा बनाएको सर्वाधिक रन हो । खेल बराबर भएपछि सुपर ओभरमा पुगेको थियो ।

  • रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत

    रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत

    काठमाडौं । रुसमा अर्धसैन्य बल वाग्नर समूहको विद्रोहले ल्याएको उथलपुथलपछि रुससँग लामो समयदेखि युद्ध गरिरहेको युक्रेनले यही मौकामा बलियो प्रत्याक्रमणको योजना बनाउनुपर्ने युक्रेनी सेनाका उच्च अधिकारीले बताएका छन् । रुस आन्तरिक मामिलामा अल्झिरहेका बेला त्यसको फाइदा उठाएर युक्रेनले प्रत्याक्रमण गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ‘दुश्मनतर्फ भएको कुनै पनि समस्या’ आफ्ना लागि अवसर भएको तर्क गर्छन् । उनले प्रत्याक्रमणका विषयमा छलफलका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग पनि फोनवार्ता गरेका छन् । युक्रेनका अवकाश प्राप्त लेफ्टिनेन्ट जनरल इहोर रोमानेन्कोले वाग्नर समूहको विद्रोहलाई अवसरका रूपमा लिएर विशेष प्रकारको रणनीति बनाउनुपर्नेमा जोड दिए । त्यसको एउटा कदम पश्चिम रुसमा आक्रमण हुन सक्ने उनको भनाइ छ । आफ्नो निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ को विद्रोहपछि रुस अहिले आफैं रक्षात्मक अवस्थामा आइपुगेको छ । एक दिनयताको घटनाले युक्रेनलाई भने आक्रमणको सही मौका दिएको रोमानेन्को भनाइ छ ।

    यता, वाग्नर समूहका प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ–अन–डन छाडेर आफ्ना सेनासहित बेलारुसतर्फ लागेका छन् । युक्रेनविरुद्धको आक्रमणमा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाका प्रमुख प्रिगोजिन र उनका सैनिकमाथि रुसले लगाएका सबै आरोप हटाउने आश्वासन पाएपछि प्रिगोजिन बेलारुसतर्फ लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

    बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको मध्यस्थतामा शनिबारदेखि भएको छलफलमा वाग्नर समूह प्रमुख र उनका सेनामाथि लागेका सबै आरोप हटाउने रुसी पक्षले आश्वासन दिएपछि प्रिगोजिन बेलारुसतर्फ हिँडेका हुन् । यसबाहेक अन्य कुन–कुन विषयमा सहमति भएको हो भन्नेबारेमा भने अझै सार्वजनिक भइसकेको छैन ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहमतिसँगै वार्ता टुंगोमा पुगेको थियो । योसँगै वाग्नर समूह पनि आफूले नियन्त्रणमा लिएको रुसको रोस्तोभ–अन–डन सहर छोडेर फर्किएको बीबीसीले उल्लेख गरेको छ ।

    वाग्नर समूहले रुसका केही भूभाग नियन्त्रणमा लिन खोजेसँगै रुसले पनि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारेको थियो । मस्कोका मेयरले राजधानीवासीलाई जुलाई १ सम्म घरबाट बाहिर ननिस्कन निर्देशन दिएका छन् । रुसले युक्रेनमा आक्रमण गर्नका लागि सुरुदेखि नै बेलारुसको भूमि प्रयोग गर्दै आएको छ । राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।

    युक्रेनमाथि रुसले आक्रमण गरेयता डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौज एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको थियो । प्रिगोजिनको वाग्नर सेनाले रुसका तर्फबाट युक्रेनमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेको थियो । तर, रुसी सेनाका शीर्ष अधिकारीहरूसँग महिनौंदेखि यो फौजको विवाद बढेको थियो । विद्रोही फौजले रुसी सेनाको दक्षिणी मुख्यालय कब्जा गरेको र सहरमा नियमित गस्ती सुरु भएको दाबी गरेको छ । तर, यसका लागि एउटा पनि गोली चलाउन नपरेको प्रिगोजिनका कमान्डरहरूले बताएका छन् ।

  • नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । नेपालले मार्सल आइल्यान्डसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । शुक्रबार न्युयोर्कमा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
    न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालका राजदूत अमृतकुमार राई र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि मार्सल आइल्यान्डकी राजदूत अमातलेन एलिजाबेथ काबुआले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।

    हस्ताक्षर समारोहमा दुई राजदूतले विभिन्न साझा चासोमा छलफल गरेको न्युयोर्कस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १८१ पुगेको छ । नेपालले गत बिहीबार मात्र अफ्रिकी मुलुक क्यामरुनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसअघि मे ४ मा नाउरु, फेब्रुअरी १६ मा मलावी र गत वर्ष जुन १६ मा ट्रिनिडाड एन्ड टोबागो र अप्रिल १ मा बेलिजसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सबैभन्दा पहिला सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसपछि सन् १९४७ मा अमेरिकासँग र भारतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

    अस्ट्रेलिया र हवाईको बीचमा रहेको मार्सल आइल्यान्ड ज्वालामुखी द्वीपहरूको समूहबाट बनेको मुलुक हो । मार्सल आइल्यान्ड सन् १९८६ मा मात्र अमेरिकाबाट स्वतन्त्र भएको थियो । त्यसअघि सन् १९१४ मा मार्सल आइल्यान्डमाथि जापानले कब्जा गरेको थियो । सन् १९१९ पछि भने त्यहाँको प्रशासन लिग अफ नेसन्सको म्यान्डेटअनुसार चल्यो ।

    दोस्रो विश्वयुद्धमा भने अमेरिकाले मार्सल आइल्यान्डमाथि कब्जा जमायो । सन् १९७९ मा मार्सल आइल्यान्डले आफ्नै संविधान बनायो भने सन् १९८६ मा अमेरिकासँग फ्री एसोसियसन सम्झौतामा हस्ताक्षर गर्दै स्वतन्त्र मुलुकका रूपमा स्थापित भयो । सन् १९९१ मा मार्सल आइल्यान्डले संयुक्त राष्ट्र संघको सदस्यता लिएको थियो ।

    मार्सल आइल्यान्डको कूल क्षेत्रफल जम्मा १४१ वर्गकिलोमिटर मात्र रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मार्सल आइल्यान्डको जनसंख्या करिब ४३ हजार९सन् २०२० को तथ्यांकअनुसार० रहेको छ भने प्रतिव्यक्ति आय करिब ४ हजार अमेरिकी डलर रहेको छ ।

    गणतन्त्रात्मक मुलुक रहेको मार्सल आइल्यान्डका वर्तमान राष्ट्रपति डेभिड काबुआ हुन् । नितिजेला नामक मार्सेलिज संसद्‍मा ३३ जना सांसद रहन्छन् भने उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ । राजधानी कापुरो रहेको मार्सल आइल्यान्डको मुख्य आम्दानीको क्षेत्र भनेको नरिवल, माछा, पर्यटन र क्युरियो सामग्री हुन् ।

  • टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बीमा सवार सबै ५ जनाको मृत्यु भएको पुष्टी

    टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बीमा सवार सबै ५ जनाको मृत्यु भएको पुष्टी

    काठमाडौं । अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्। उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ। एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए।

    यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो। उक्त जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुईजना ब्रिटिश-पाकिस्तानी, एक जना ब्रिटिश व्यापारी र एक जना फ्रान्सेली अन्वेषक यात्रारत थिए। उक्त पनडुब्बी आइतवारदेखि सम्पर्कविहीन भएको थियो।

    उत्तरी आन्ध्र महासागरमा डेबको टाइटन पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका एक कर्मचारीले सन् २०१८ मै उक्त सबमर्सबलमा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा खतराबारे चेतावनी दिएको पाइएको छ। संयुक्त राज्य अमेरिकाको अदालतमा पेस भएका कागजपत्रमा कम्पनीका मरीन अपरेशन निर्देशक डेभिड लाक्रिजले उक्त पनडुब्बीको परीक्षणपछि तयार पारेको प्रतिवेदनमा चिन्ता व्यक्त गरेका थिए भन्ने देखिन्छ।

    उक्त प्रतिवेदनमा गम्भीर सुरक्षा चिन्ता उत्पन्न गराउने धेरै कुराको पहिचान गरिएको थियो। त्यसमा टाइटन पनडुब्बीको हल अर्थात् मुख्यभागको परीक्षण गरिएको तरिकामाथि प्रश्न उठाइएको थियो। उक्त पनडुब्बी समुद्रमा निकै तल पुग्ने भएकाले लाक्रिजले टाइटनका यात्रुलाई हुनसक्ने खतराहरू औँल्याएका थिए। ती दस्तावेजका अनुसार उनको चेतावनीलाई बेवास्ता गरियो। ओशनगेटका सञ्चालकहरूले बैठक बोलाए अनि उनलाई जागिरबाट बर्खास्त गरियो।

    कम्पनीले गोप्य जानकारी चुहाएको भन्दै उनलाई मुद्दा हाल्यो। उनले कम्पनीले अनुचित रूपमा आफूलाई बर्खास्त गरेको भन्दै अदालतमा चुनौती दिए। तर कस्तो सम्झौतामा त्यो टुङ्गियो भन्ने विवरण थाहा हुन सकेको छैन। एक सय वर्षभन्दा पहिले डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित त्यो पनडुब्बी पानीमुनि गएको थियो।

    पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य दाउद शाहजादा (४८) र उनका छोरा सुलेमान (१९) अनि ब्रिटिश अर्बपति हमिश हार्डिङ (५८) पनि उक्त पनडुब्बीमा थिए। पहिला फ्रान्सको जनसेनामा काम गरेका पल–अन्री नार्गेओ (७७) पनि टाइटानिकको भग्नावशेष हेर्न सँगै गएका थिए। उनले पहिला टाइटानिकको अन्वेषण गरेका थिए।

    टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका प्रमुख कार्यकारी स्टक्टन रश (६१) पनि पनडुब्बीमा थिए । त्यो माथि सतहमा उत्रिएमा त्यसलाई बाहिरबाट मात्र खोल्न मिल्ने विज्ञहरूले बताएका छन्। सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३,८०० मिटर गहिराइमा छ। अमेरिकी तटरक्षकहरूका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

    BBC

  • टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी अझै बेपत्ता, खाजीको प्रगति के छ ?

    टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी अझै बेपत्ता, खाजीको प्रगति के छ ?

    काठमाडौं\बीबीसी । टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको एउटा पर्यटकीय पनडुब्बी गत आइतवारदेखि हराएपछि त्यसको खोजीका लागि उद्धार टोलीहरूले तीव्र ढङ्गले काम गरिरहेका छन्। पाँच जना यात्रु रहेको पनडुब्बीको खोजीमा जुटेका उद्धारकर्ताहरूले आफ्ना प्रयासहरूलाई आन्ध्र महासागरको झन्डै २०,००० वर्ग किलोमिटर क्षेत्रमा केन्द्रित गरेका छन्।

    यसबीच उद्धारकर्ताका उपकरणले आवाज सुनेको खबर आएसँगै यात्रुहरू जीवितै हुन सक्ने आश जागेको छ। ब्रिटिश समयअनुसार बिहीवार बिहानसम्म पनडुब्बीमा अक्सिजन रहने भनिएकाले आगामी घण्टाहरूको खोजी झनै महत्त्वपूर्ण हुनेछ। आइतबार भग्नावशेषको अवलोकनका लागि यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटपछि टाइटन पनडुब्बीका चालक दलका सदस्य र सतहमा रहेको पोलर प्रिन्स नामक पानीजहाजबीचको सम्पर्क टुटेको थियो। विज्ञहरूले करिब चार दिनसम्म पुग्ने अक्सिजन उक्त पनडुब्बीसँग रहेको जनाएका थिए।

    टाइटानिकको भग्नावशेष न्यूफाउन्डल्यान्डको राजधानी सेन्ट जोन्सको ७०० किलोमिटर दक्षिणमा अवस्थित छ। उद्धार कार्य बोस्टन म्यासचूसिट्सबाट सञ्चालन भइरहेको छर यसमा करिब एक दर्जन जहाजहरू प्रत्यक्ष वा अप्रतक्ष रूपमा संलग्न छन्। अमेरिका र क्यानडाका निकायहरू, जल सैनिक र व्यावसायिक डीपसी फर्महरू सबैले उद्धार कार्यहरूमा सघाइरहेका छन्।

    सैनिक विमान, एउटा पनडुब्बी र पानीमा हिँडिरहेको वस्तु पहिचान गर्ने उपकरण खटाइएको छ। पोलर प्रिन्सलाई खोजी कार्यमा केबल बिछ्याउने पानीजहाज डीप इनर्जी र अन्य तीन जहाजहरूले साथ दिइरहेका छन्। एट्लान्टिक मर्लिन जहाज थपिने क्रममा छ। यूसीएलका एक सामुद्रिक इन्जिनियरिङ प्राध्यापक एलिस्टर ग्रेगका अनुसार उद्धारकर्ताहरूलाई सतहमा केन्द्रित हुने कि समुद्रमुनिको ठोस सतहमा भन्ने कुरा थाहा छेन। ती दुई सतहको बीचमा पनडुब्बी हुन असम्भवप्राय: छ भन्दै उनी दुबैतर्फको खोजी चुनौतीपूर्ण रहेको बताउँछन्।

    अमेरिकी तटरक्षक निकायले अनुसन्धानमा खटिने पानीजहाज पोलर प्रिन्सले सोमवार साँझ पानीको सतहमाथि उक्त पनडुब्बीको खोजी गरेको थियो। पोलर प्रिन्सले भग्नावशेष रहेका ठाउँमा पनडुब्बीहरूलाई पुर्‍याउने गर्छ र उक्त पानीजहाजले आइतवारदेखि हराइरहेको पनडुब्बीलई पनि सहयोग गरेको थियो।
    तीन वटा सी(१३० हर्क्युलीज विमानले पनि आकाशबाट हराइरहेको पनडुब्बी खोजीको प्रयास गरिरहेका छन्। त्यसमध्ये दुईवटा विमान अमेरिकाबाट र एउटा क्यानडाबाट उक्त अभियानमा जुटेका छन्।

    अमेरिकी तटरक्षक निकायका अनुसार १० हजार वर्ग माइलको क्षेत्रफलमा खोज गरिसकिएको छ। अस्ट्रेलियाली पनडुब्बी उद्धार परियोजनाका पूर्वनिर्देशक फ्राङ्क ओवेनले बीबीसीलाई बताएअनुसार सतहमा आइपुगेको खण्डमा सो सबले उद्धारकर्ताहरूलाई सङ्केत दिन सक्छ। “त्यहाँ रेडिओ ट्रान्समिटर र जीपीएस सिग्नलहरू छन्,” उनले भने। “खोजीमा संलग्न फौजहरूलाई मद्दत पुर्‍याउने स्ट्रोब लाइट्स ९एक प्रकारको चम्किलो फ्ल्याश लाइट र रडार रिफ्लेक्टर त्यहाँ हुनेछन्।”

    तर उसले अप्ठेरोमा परेको सङ्केत पठाउन नसकेको खण्डमा त्यसलाई फेला पार्नु चुनौतीपूर्ण हुन सक्ने प्राध्यापक ग्रेगको भनाइ छ। “त्यो एउटा ठूलो ट्रान्जिट भ्यानको आकार बराबर हुन्छ र त्यसमा सेतो रङ्ग छ। त्यही भएर त्यसलाई आकाशबाट पत्ता लगाउने प्रयास गर्नु वास्तवमै चुनौती हो।” मौसममा देखा पर्न सक्ने परिवर्तन र कमजोर प्रकाशलाई अर्को चुनौती ठानिएको छ।


    उद्धारकर्ताहरूले ६।७ मिटर लामो पनडुब्बीका लागि झन्डै ४ किलोमिटर गहिराइसम्म खोज्नुपर्ने हुन्छ किनभने रेडियो र जीपीएस सङ्केत पानीभित्र प्रवाह हुँदैनन्। अमेरिकी तटरक्षक निकायले मङ्गलवार अझ गहिरो समुद्री क्षेत्रमा खोजलाई विस्तार गरेको पुष्टि गरेको छ। एउटा क्यानडेली पी३ अरोरा एअरक्राफ्ट ध्वनिका माध्यमबाट पनडुब्बीको सङ्केत पत्ता लगाउन सो क्षेत्रमा पुगेको छ।

    सोनर बोई वा सोनोबोई भन्ने उपकरण पानीभित्र हिँडिरहेका वस्तुको पहिचान गर्न प्रयोग गरिन्छ। अधिकांश अवस्थामा शत्रु पनडुब्बीलाई निसाना बनाउन तिनको प्रयोग गरिन्छ। नाजी टाइटानिकस् ज्यादती, प्रोपागान्डा र विरहको कहानी देखाउने चलचित्र जुन ८० वर्षअघि बनेको थियो । उनीहरूले प्रोपेलर वा अरू उपकरणहरूबाट निस्किएका आवाज सुन्न सक्छन्। पनडुब्बीका चालक दलका सदस्यले भित्र गरेका हल्ला वा उपकरणको सहायताले पनि उनीहरूले ध्वनि सुन्न सक्छन्।

    सब्मर्सबल पनडुब्बी सब्मरिन पनडुब्बीभन्दा केही फरक हुन्छ। न्याश्‍नल ओशनिक एन्ड एटमसफिअरिक एड्मिनिस्ट्रेशनका अनुसार सब्मरिन बन्दरगाहबाट समुद्रमा आफैँ स्वतन्त्रतापूर्वक पठाउन मिल्छ। तर सब्मर्सबलसँग सीमित शक्ति हुन्छ र उसलाई अर्को जहाजको माध्यमबाट प्रक्षेपण गर्नुपर्छ र फिर्ता ल्याउनुपर्छ। अघिल्लो वर्ष अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसका डेभिड पोग टाइटानिकसम्मको यात्रामा सहभागी भएका थिए। उनलाई सुरक्षित रूपमा सतहमा फर्कन पनडुब्बीमा सात वटा सुरक्षा प्रणाली रहेको भनिएको थियो।


    त्यो पनडुब्बी समुद्रको पिँधमा रहेको र आफ्नै इन्धनले चल्न नसक्ने भएको खण्डमा विकल्पहरू सीमित रहेको यूनिभर्सिटी कलेज लन्डनका पनडुब्बी विज्ञ प्राध्यापक एलिस्टर ग्रेगले बताए। उनले भने, “सब्मर्सबल सग्लो अवस्थामा पनि हुन सक्छ, यदि त्यो २०० मिटरभन्दा गहिराइमा छ भने त्यति भित्रसम्म पुग्न सक्ने एकदमै सीमित पनडुब्बीहरू छन्। गोताखोरहरूले त्यसो गर्न सक्दैनन्। पनडुब्बी उद्धारका लागि डिजाइन गरिएका साधनहरू टाइटानिक रहेको गहिरो भूभागको छेउछाउसम्म पुग्न सक्दैनन्।”

    त्यो क्षेत्रमा समुद्रको पिँधमा पुग्ने कुनै पनि प्रयास मानवरहित रिमोटद्वारा सञ्चालिय यन्त्र अर्थात् आरओभीको मद्दतले अघि बढाउनुपर्ने हुन्छ। मङ्गलवार उक्त क्षेत्रमा पुगेको डीप इनर्जी केबलसँग आरओभी क्षमता रहेको मरिन वैज्ञानिक डेभिड मिअर्न्स बताउँछन्। तर आवश्यक गहिराइसम्म त्यो पुग्न सक्ने या नसक्ने स्पष्ट नरहेको उनले बताए। अमेरिकी जलसेनासँग पनि आरओभी छ जसले साउथ चाइना सीमा अघिल्लो वर्ष दुर्घटनाग्रस्त भएको एउटा लडाकु विमान ३,७८० मिटरमा फेला पारेको थियो।

    त्यस बेला अमेरिकी सेनाले आरओभीलाई वायुयानलाई बाँध्ने र सतहमा रहेको उद्धारमा खटिएको पानीजहाजमा रहेको क्रेन तान्ने हुकसँग जोडिएको थियो।
    डेभिड मिअर्नसका अनुसार यदि आरओभीले टाइटनलाई फेला पारेको खण्डमा उसले त्यसलाई निकाल्न सक्छ। उनले भने, “दुई वटा म्यानिपुलेटर्स सहितको एउटा उच्च गुणस्तरको आरओभीले टाइटनलाई नियन्त्रणमा लिन सक्छ वा त्यसलाई माथि उठाउने यन्त्रमा जोडेर बिस्तारै बाहिर डोर्‍याउन सक्छ।”

  • कतार र यूएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

    कतार र यूएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् ।

    कतार न्यूज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्त्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै संयुक्त अरब पहलको प्रगतिमा योगदान पुर्‍याउँदै दुई अरब मुलुकको भ्रातृ आकाङ्क्षा पूरा गर्न योगदान पुर्‍याउने कुरामा जोड दिएका छन् ।

    सन् २०१७ को जुनमा आतङ्कवादलाई सहयोग पुर्‍याएको र क्षेत्रीयस्तरमा अस्तिरता निम्त्याएको भन्दै साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कतारले भने यी आरोपको खण्डन गर्दै आएको थियो ।

    यद्यपि, सन् २०२१ मा साउदी अरबलगायतका खाडी मुलुकले अल–उलामा भएको ४१औँ खाडी सहकार्य परिषद् शिखर सम्मेलनका क्रममा कतारसँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाको घोषणा गरेका थिए । तर कतिपय विषयमा सहमति जुट्न नसक्दा यी देश र कतारबीच पूर्ण सामान्यीकरणको प्रक्रियामा ढिलाइ भएको छ । रासस\सिन्ह्वा

  • युगान्डामा आइएसले विद्यालयमा आक्रमण गर्दा ३७ जना मारिए

    युगान्डामा आइएसले विद्यालयमा आक्रमण गर्दा ३७ जना मारिए

    काठमाडौं । इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले युगाण्डामा एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कंगो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आएर आक्रमण गरेपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ।

    अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोको द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा सक्रिय सबैभन्दा घातक समूहमध्ये एक एडीएफले राति अबेरसम्म गरेको निर्मम आक्रमणमा छात्रावासमा आगजनी गरेको र विद्यार्थीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका छन्। युगान्डा पिपुल्स डिफेन्स फोर्सेज (यूपीडीएफ) का प्रवक्ता फेलिक्स कुलाइगीले एक विज्ञप्ति जारी गर्दै भने, ‘दुर्भाग्यवश ३७ जनाको शव फेला परेको छ र उनीहरूलाई ब्वेरा अस्पतालको शवगृहमा पठाइएको छ।’

    आठ जना घाइते भएका छन् भने अन्य छ जनालाई आक्रमणकारीले अपहरण गरी कंगोको सीमामा रहेको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ लगेका छन्। यूपीडीएफले अपहरणमा परेका विद्यार्थीहरूलाई बचाउन अपराधीहरूको खोजी सुरू गरेको जनाएको छ।

    कासेसका लागि आवासीय आयुक्त जो वालुसिम्बीले एएफपीलाई बताएअनुसार मृतकमध्ये कम्तीमा २५ जना विद्यालयका विद्यार्थी भएको पुष्टि भएको छ। सन् २०१० मा कम्पालामा भएको दुईवटा बम विष्फोटमा सोमालियामा पूभाव रहेको अल–शबाब समूहले गरेको आक्रमणमा ७६ जनाको मृत्यु भएपछि युगान्डामा भएको यो सबैभन्दा घातक आक्रमण हो।

  • ग्रिसमा प्रवासी चढेको ठूलो डुंगा दुर्घटना, सयौं हताहत

    ग्रिसमा प्रवासी चढेको ठूलो डुंगा दुर्घटना, सयौं हताहत

    काठमाडौं । ग्रिसमा प्रवासीहरु चढेको डुंगा दुर्घटनामा परेको छ । सो क्रममा सयौं हताहती भएको खबर छ । अहिलेसम्म ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुंगामा ७५० जना चढेका थिए । अन्य धेरै व्यक्ति वेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी भइरहेको छ । बीबीसीका अनुसार धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्छ ।

    उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु पनि थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको बीबीसीले जनाएको छ । ती महिला र बालबालिकाहरुको अवस्था अज्ञात छ । दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको हताहती भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

    क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान छ । ग्रिसको सरकारी टेलिभिजन ईआरटीका अनुसार डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ । ग्रिस कोस्टगार्डले प्रवासीहरुले खचाखच भरिएको डुंगा देखेको तर रोक्ने कोसिस नगरेको आरोप छ ।

  • भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी

    भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी

    काठमाडौं । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी विपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको तट नजिक आँधी पुगेको अधिकारीहरूले बताएका छन्। बिहीवार साँझ भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको आँधीले पुर्‍याएको क्षतिका विवरणहरू अझै आउन बाँकी छ।

    आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोट लगायत धेरै जिल्लामा भारी वर्षा र तीव्र गतिमा हावा चलिरहेको विवरण आएका छन्। मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ। पाकिस्तानको सिन्ध प्रान्त स्थित केटी बन्धरमा हावाको गति १०० देखि १२० किलोमिटर प्रतिघण्टा मापन गरिएको मौसमविद्हरूले बताएका छन्। त्यहाँ नजिक पुगेपछि आँधीको गति कम भएको त्यहाँको मौसम विभागले जनाएको छ।

    पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ।भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ। अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्। समुद्री आँधी जमिनमा बज्रिनुभन्दा अगाडि नै त्यसको मार्गमा पर्ने भारत तथा पाकिस्तानका विभिन्न स्थानबाट एक लाख ७०,००० जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

    बाङ्ग्ला भाषामा बिपरजोयको अर्थ प्रकोप भन्ने हुन्छ। मौसमविद्हरूले उक्त समुद्री आँधी अगाडि बढ्दा त्यसले आफ्नो बाटोमा पर्ने खेती र भवनहरूमा क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन्। अरब सागर पार गर्दै आएको उक्त आँधीका कारण गुजरातको तटीय क्षेत्रमा ठूलो पानी परेको, निकै ठूला छाल आएको र समुद्र अशान्त भएको त्यहाँबाट प्राप्त भिडिओमा देखिन्छ।

    गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको भए पनि त्यसलाई उनले निकै खतरनाक भनेका छन्। भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ। पाकिस्तानमा यसअघि नै देशको दक्षिणपूर्वी तटबाट ८१,००० मानिसलाई स्थानान्तरण गरिएको छ।

    त्यस्तै विद्यालयहरूमा ७५ वटा राहत शिविर बनाइएको छ। अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्। भारतमा ठूलो वर्षाका कारण यो साता कम्तीमा सात जनाको मृत्यु भइसकेको छ।

  • अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी

    अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६ असारमा अमेरिकाको राजकीय भ्रमणमा जाने भएका छन् । मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने कूटनीतिज्ञले बताएका समाचार संस्था एएनआईले लेखेको छ ।

    अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टनमा गरेको कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्री मोदीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी थप वृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए ।


    अमेरिका र भारतबीचको साझेदारी पछिल्ला दिनमा थप लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले भारत–अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताए ।

    चारदिने अमेरिका भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको यो अवसर एवं सम्मान पाउने तेस्रो भारतीय नेता हुन् । उनी अमेरिकी कङ्ग्रेसलाई दुईपटक सम्बोधन गर्ने एक मात्र भारतीय प्रधानमन्त्री बन्नेछन् ।

  • रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत

    रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत

    काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध युक्रेनको बहुप्रतीक्षित प्रत्याक्रमण सुरु भएको पुष्टि गर्ने गरी बोलेका छन्। उनले भने, ‘प्रत्याक्रमण र रक्षात्मक कारबाहीहरू भइरहेका छन्।’ तर युक्रेनी राष्ट्रपतिले कुन तहमा र कहाँ प्रत्याक्रमण भइरहेको भनेर विस्तृतमा कुरा नगर्ने बताएका छन्। ती प्रतिक्रियाहरू युक्रेनको दक्षिण र पूर्वी भागमा लडाइँ चर्किएपछि र व्यापक रूपमा हुने भनिएको प्रत्याक्रमणका चर्चामाझ आएका हुन्। युक्रेनी फौजहरू देशको पूर्वमा बक्मुत नजिकै र दक्षिणतर्फ जापोरिज्या नजिकै अगाडि बढिरहेको बताइएको छ।

    उनीहरूले रुसी निशानामा लामो दूरीको क्षेप्यास्त्र हमलाहरू समेत गरिरहेको बताइएको छ। तर अग्रमोर्चाको वास्तविकताको आकलन गर्ने काम जटिल छ।
    युद्धरत दुवै पक्षले परस्पर विरोधी विवरण दिइरहेका पाइन्छन्स् युक्रेनले प्रगति गरिरहेको दाबी गरेको छ र रुसले हमलालाई परास्त गरिरहेको जनाउँछ। जस्टिन ट्रुडो घोषणाबिनै किएभ नयाँ सैन्य सहायता घोषणा गरेका छन् ।

    मस्को नजिकैको रुसको कलुगा क्षेत्रका गभर्नरले टेलिग्राममा लेख्दै स्ट्रेलकोभ भन्ने गाउँमा आइतवार बिहानै एउटा ड्रोन दुर्घटना भएको लेखेका छन्। बीबीसीले स्वतन्त्र रूपमा त्यसको पुष्टि गर्न सकेको छैन। शुक्रवार प्रसारित एक भिडिओ अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी फौजले प्रत्याक्रमण सुरु गरे पनि अगाडि बढ्ने प्रयासहरू धेरैजनाको हताहतीबिच असफल भएको बताएका छन्। शनिवार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग वार्ता गरेपछि किएभमा बोल्दै जेलेन्स्कीले रुसी नेताका शब्दलाई रोचक बताए।

    जेलेन्स्कीले रुसले ूउनीहरूसँग लामो समय बाँकी नरहेकोू अनुभूत गर्नु महत्त्वपूर्ण रहेको बताए। उनले रुसी सैन्य कमान्डरहरू सकारात्मक मुडमा रहेको भन्दैूपुटिनलाई त्यो कुरा बताइदिनू भने। ट्रुडोले घोषणाबिनै किएभ पुगेर ५० करोड क्यानेडिअन डलर बराबरको नयाँ सैन्य सहायता घोषणा गरेका छन्।
    वार्तापछि जारी गरिएको एक संयुक्त विज्ञप्तिमा क्यानडाले ूअवस्थाहरूले दिँदाको अवस्थामा सक्दो छिटोू नेटो सदस्य हुन सघाउने उल्लेख छ।

    ट्रुडोले जुलाई महिनामा लिथुआनियामा हुने नेटो सम्मेलनमा त्यसबारे छलफल गरिने समेत बताएका छन्। यसैबीच पछिल्ला दिनमा मुख्य दक्षिणी क्षेत्र जापोरिज्यामा लडाइँ चर्किएको रुसी अधिकारीहरूले जनाएका छन्। युक्रेनी फौजहरूले दक्षिणतर्फ केन्द्रित हुँदै रुसी फौजलाई विभाजित गर्न चाहिरहेको ठानिएको छ। उनीहरू रुसलाई क्राइमियासँग जोड्ने कब्जा गरिएको भूभागको नियन्त्रण तोड्न खोजिरहेको ठानिएको छ।

    त्यस क्षेत्रमा अग्रसरता बढाउने आशालाई गत साता देशको दक्षिणमा पर्ने कखोभ्का बाँध ध्वस्त भएपछि सिर्जना भएको ठूलो डुबानले प्रभावित पार्न सक्छ। उक्त डुबान ड्नीप्रो नदिको दुवैतर्फ झण्डै ५९६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। आफ्नो रात्रीकालिन सम्बोधनका क्रममा जेलेन्स्कीले डुबानमा परेको खेअर्सन र मिकोलाइभ क्षेत्रहरूबाट ३ हजार मानिसहरूको उद्धार गरिएको बताए।

    नेटो र युक्रेनी सेनाले रुसले उक्त बाँध ध्वस्त पारेको आरोप लगाएका छन् भने रुसले युक्रेनललाई नै दोष दिएको छ। तर बीबीसीका पोल एडम्सका अनुसार त्यस बाँध नियन्त्रण गरेका रुसी फौजले नै त्यसलाई ध्वस्त पारेका हुनसक्ने सम्भावना उच्च छ। यसले जारी प्रत्याक्रमणका बेला युक्रेनी फौजलाई उक्त नदी पार गर्न थप कठिन हुने बताइन्छ। बीबीसी

  • म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

    म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

    काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले ट्रेवल (सिजनको तीन मुख्य प्रतियोगिता) उपाधि जितेको छ । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

    घरेलु लिग, कप र युरोपियन कप एकै सिजनमा जित्ने पहिलो इंग्लिस टिम सिटीकै छिमेकी म्यानचेस्टर युनाइटेड हो । उसले सन् १९९९ मा यो सफलता पाएको थियो । जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनाले पनि यो सफलता पाएका छन् । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक पेप ग्वार्डिओलाका लागि यो उपाधि विशेष छ । सन् २०१६ मा सिटी आएयता यही उपाधिका लागि उनले ८ वर्ष कुर्नुपर्‍यो ।

    शनिबार रातिको फाइनल खेल हेर्न सिटीका मालिक शेख मन्सुर पनि रंगशाला पुगेका थिए। सन् २००८ मा क्लबको स्वामित्व ग्रहण गरेयता आबुधाबीका यी शेखले केवल दोस्रोपल्ट सिटीको खेल प्रत्यक्ष हेरेका हुन् । सिटी यसअघि तीनपल्ट क्वाटरफाइनल, दुईपल्ट सेमिफाइनल र एकपल्ट फाइनल पुगेर पनि च्याम्पियन्स लिग जित्न असफल थियो ।

  • च्याम्पियन्स लिगको फाइनल आज

    च्याम्पियन्स लिगको फाइनल आज

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे टर्कीको इस्तानबुलमा रहेको ओलम्पिक स्टेडियममा हुँदैछ । सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

    सिटीका लागि एकै सिजन तीन उपाधिको ऐतिहासिक उपलब्धि बराबरी गर्ने मौका पनि छ । सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गर्नेछ । युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।

  • कोलम्बियामा जहाज दुर्घटनाको ४० दिनपछि जिवित भेटिए चार बच्चा

    कोलम्बियामा जहाज दुर्घटनाको ४० दिनपछि जिवित भेटिए चार बच्चा

    काठमाडौं । कोलम्बियास्थित एमजन जङ्गलमा भएको एउटा विमान दुर्घटनामा परेर कैयौँ सातासम्म सहायता पाउन नसकेका चार जना बालबालिका जीवितै फेला परेका छन्। कोलम्बियाका राष्ट्रपतिले एकै परिवारका चार जना सन्तानको उद्धार हुनु पूरा देशका लागि हर्षको विषय भएको बताए। उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन्। उक्त जङ्गलमा मे १ मा भएको एउटा सानो विमान दुर्घटनामा ती बालबालिकाकी आमा र दुई जना पाइलटको मृत्यु भएको थियो।

    उनीहरू दर्जनौँ सैनिक र स्थानीय मानिसहरू संलग्न एउटा ठूलो उद्धार अभियानको केन्द्रमा थिए। राष्ट्रपति गुस्तभो पेत्रोले ती बालबालिकाहरू फेला पर्नु एउटा चमत्कारिक दिन भएको बताएका छन्। उनले भने, ‘उनीहरू एक्लै थिए, इतिहासमा लेखिने गरी पूरै बच्नुको एउटा उदाहरण उनीहरू आफैँले बनाएका छन्।’

    यी बालबालिकाहरू शान्तिका प्रतिक र कोलम्बियाका बालबालिका हुन्। पेत्रोले ४० दिनदेखि हराएका उनीहरूको खोजीमा संलग्न भएका कैयौँ सैनिक र आदिवासी समुदायको तस्बिर सेअर गरेका छन्। उनले ती बालबालिकाहरूले चिकित्सकीय स्याहार पाइरहेको बताएका छन्। राष्ट्रपति पेत्रोले बालबालिकाका हजुरबुवासँग कुरा गरेको बताउँदै उनले जङ्गल माताले उनीहरूलाई फिर्ता पठाएको भनेको जनाएका छन्।

    ती बालबालिकाहरूलाई विमानमार्फत् देशको राजधानी बोगोटा पुर्‍याइएको थियो र त्यहाँ एम्बुलेन्सहरूले थप उपचारका लागि उनीहरूलाई अस्पताल पुर्‍याएका थिए। दुर्घटनाअघि ती बालबालिका र उनीहरूकी आमा एमजन्स प्रान्तमा पर्ने अराराकुआराबाट सेस्ना २०६ विमानमा सान खोसे डेल गुआभिआरेतर्फ गइरहेका बेला इन्जिनले काम नगरेपछि पाइलटहरूले आपत्कालीन अवस्थाको जनाउ ‘मे डे’ जारी गरेका थिए।

    सेनाले त्यस विमानमा रहेका तीन जना वयस्क मानिसहरूका शव दुर्घटनास्थलमा फेला पारेको छ। तर ती बालबालिकाहरू भग्नावशेषबाट निस्किएर वर्षावनमा सहायता खोज्न हिँडेको देखिन्छ। मे महिनामा विस्तृत खोज कार्य सुरु हुँदा उद्धारकर्ताले ती बालबालिकाले छाडेका सामग्रीहरू फेला पारेका थिए।
    जसमा एउटा उनीहरूको पानी खाने बोतल, एक जोडी कैँची, एउटा कपाल बाँध्ने रबर, एउटा अस्थायी झुपडी फेला पारिएको थियो।

    साना पदचापहरू समेत फेला पारिएका थिए जसले गर्दा ती बालबालिकाहरू वर्षावनमा अझै जीवितै रहेको खोजमा संलग्न टोलीले ठानेको थियो। उक्त जङ्गल जग्वार, सर्प र अन्य हिंस्रक जनावरहरूको वासस्थान हो। ती बालबालिकाहरू हुइतोतो आदिवासी समूहका हुन् र उक्त जातीय समूहका सदस्यहरूले आफूहरूमा हुने फलफूलको ज्ञान र जङ्गलमा बचेर काम गर्न सक्ने सीपले गर्दा उनीहरू जीवितै रहन सक्ने सम्भावना रहने विश्वास गर्दै आएका थिए।

    आदिवासी समुदायका मानिसहरू खोज कार्यमा सहभागी थिए भने हेलिकप्टरहरूले ती बालबालिकाकी हजुरआमाले हुईतोतो भाषामा रेकर्ड गरेको सन्देश बजाएको थियो। जसमा उनीहरूकी हजुरआमाले उनीहरूको अवस्थिति थाहा पाउन सजिलो होस् भनेर हिँड्न रोक्न आग्रह गरेकी थिइन्। गत महिना कोलम्बियाका राष्ट्रपतिले भूलवश ती बालबालिकाहरू फेला परेको भन्ने ट्विट गरेपछि आलोचित बनेका थिए। त्यसको अर्को दिन उनले उक्त ट्विट हटाउँदै कोलम्बियाको बाल कल्याण निकायले दिएको उक्त सूचना पुष्टि हुन नसकेको बताएका थिए।

    BBC

  • बोरिस जोनसनले सांसद पदबाट समेत दिए राजीनामा

    बोरिस जोनसनले सांसद पदबाट समेत दिए राजीनामा

    काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए । जोनसन अहिले संसदीय छानबिनको क्रममा छन्। संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ ।

    अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना छ। संसदको विशेषाधिकार समितिलाई बोरिस जोनसनले संसदलाई गुमराह गरेको पाइएमा १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ। राजीनामाको क्रममा उनले आफूमाथि अनुसन्धान गरिरहेका सांसदविरुद्ध उग्र विरोध गरेका छन् । बेलायतमा अर्को वर्ष आम निर्वाचन हुँदैन । जोनसनको कदमले सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र गहिरो विवादलाई संकेत गरेको छ ।

  • अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण

    अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकहरूले बुझिसकेको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री जयशंकरले ुअखण्ड भारतु को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट पारिसकेको बताउँदै छिमेकी मुलुकहरूले बुझिसकेकोमा आफू विश्वस्त रहेको बताए। जयशंकरले यस्ता विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि बताए। ‘मलाई लाग्दैन कि राजनीतिक विषय बन्नुपर्छ, हाम्रा छिमेकी देशहरू यस्ता कुरा बुझ्छन्। त्यसबारे स्पष्टीकरण चाहिन्छ भने पनि कुनै ठूलो कुरा होइन,’ उनले भने।

    उनले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए। भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा सडकदेखि संसदसम्म त्यसको विरोध भइरहेको छ। भारतले संसद भवनमा ुअखण्ड भारतु को नक्सा राखेपछि काठमाडौं महानगरका मेयर बालेन शाहले पनि आफ्नो कार्यकक्षमा ुग्रेटर नेपालु को नक्सा राखेका छन्।

  • बंगलादेशमा ट्रक र जिप ठोक्किए, १४ जनाको मृत्यु

    बंगलादेशमा ट्रक र जिप ठोक्किए, १४ जनाको मृत्यु

    ढाका । बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा धेरैजसो मजदुर परेका सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    घाइते सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बङ्लादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा धेरै छ । खराब सडक र पुराना गाडी तथा चालकले ट्राफिक नियमको उल्लङ्घन गर्नु दुर्घटनाका प्रमुख कारण मानिएको छ ।

  • करिम बेन्जिमा समेत साउदी क्लवमा अनुवन्धित

    करिम बेन्जिमा समेत साउदी क्लवमा अनुवन्धित

    काठमाडौं । फ्रान्सेली फरवार्ड करिम बेन्जिमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए ।

    बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन्। उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् । रियलमा ४ सय ५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् ।

  • अमेरिकाले गर्यो चिनियाँ सामानको आयातमा कटौती

    अमेरिकाले गर्यो चिनियाँ सामानको आयातमा कटौती

    काठमाडौं । अमेरिकाले चिनियाँ सामानको आयात घटाएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दस वर्षको अन्तरालमा पहिलो पटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ ।

    परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ ।

    भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनप्रति पनि अमेरिकी उपभोक्ता आकर्षित भएका छन् । चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अमेरिकी व्यापार तथ्यांक प्रयोग गर्ने किर्नीको रिसोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामान थियो ।

  • युक्रेनको निप्रो नदीमा बनाइएको विशाल बाँध भत्कियो, कैयौं मानिस प्रभावित

    युक्रेनको निप्रो नदीमा बनाइएको विशाल बाँध भत्कियो, कैयौं मानिस प्रभावित

    काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किएको छ । यसबाट हजारौं मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्तिमा पनि ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ । निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ ।

    ८० हजार मानिसलाई त सुरक्षित स्थानमा सारिएको छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् । बाढी र डुबानबाट प्रभावितहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ । प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ ।


    युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बाँध भत्किनुमा रुसलाई दोष दिएका छन् । जानीजानी बाँधमा बम आक्रमण गरेर भत्काइदिएको रुसमाथि आरोप छ । रुसले आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ र युक्रेनकै गोलीबारीका कारण बाँध भत्किएको भनेको छ । यो बाँध भएको क्षेत्र रुसले नियन्त्रणमा लिएको थियो । यो दक्षिणी युक्रेनका भूभागको तटीय क्षेत्रमा पानी आपूर्तिको महत्वपूर्ण च्यानल मानिन्छ ।

    यसबाट किसानहरुलाई सिँचाइ तथा खानेपानीको सुविधा पुर्याइएको थियो । जोपोरिचास्थित आणविक ऊर्जा संयन्त्रमा पनि पानी आपूर्ति पुर्याइएको थियो । निप्रो नदीबाट विभिन्न जलविद्युत आयोजनाबाट बिजुली निकालिएको छ । बाँध भत्किएपछि ती जलविद्युत आयोजनामा पनि पानी घटेर बिजुली उत्पादन प्रभावित हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

    bbc

  • मेसी र रामोशको बिदाई खेलमा पीएसजी हार्यो

    मेसी र रामोशको बिदाई खेलमा पीएसजी हार्यो

    काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३–२ ले पराजित भयो । घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो । यसअघि नै पेरिस क्लब छाड्ने घोषणा गरिसकेका मेसी र रामोसले पीएसजीका लागि अन्तिम खेल खेलेका छन् ।

    पीएसजीका लागि अन्तिम खेल खेलेका सर्जियो रामोसले पाँचौ मिनेटमै गोल गरेका थिए भने केलियन एमबाप्पेले २१औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए । क्लेमेन्ट फुटका लागि जोन गस्टिनले २४औं र मेहदी जेफानले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा ल्याए ।


    ग्रेजोन केईले ६३औं मिनेटमा विजयी गोल गरे । अन्तिम खेल हारे पनि च्याम्पियन पीएजीले ३८ खेलबाट ८५ अंक जोड्यो । दोस्रो स्थानको लेन्सले ८४ अंक जेडर लिग सकायो । कलेमेन्ट फुटबले ५९ अंक जोड्दै आठौं लस्थानमा रहेर लिग सकाएको छ ।

  • रेल दुर्घटनाका दोषिलाई कडा कारवाही गर्ने प्रधानमन्त्री मोदीको आह्वासन

    रेल दुर्घटनाका दोषिलाई कडा कारवाही गर्ने प्रधानमन्त्री मोदीको आह्वासन

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई कडा सजाय दिइने बताएका छन्। देशको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २८८ जनाको मृत्यु र १,००० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ। यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो।

    उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन्। ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स, दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको जनाएका छन्।

    मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए। शनिवार दिउसो घटनास्थल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्।

    उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ। गृहमन्त्री अमित शाहले घटना अत्यन्त पीडादायी भनेका छन्। दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ।

  • भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८० पुग्यो

    भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८० पुग्यो

    काठमाडौं । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । बहनागा बाज़ार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार-चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी डब्बा छेउकै ट्र्याकमा गइरहेको हावड़ा एक्सप्रेस ट्रेन सँग ठोक्किन पुगे ।

    त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि ३ डिब्बा पटरीबाट बाहिर आएका थिए । बहनागा बजार स्टेशनमा ४ वटा ट्रैक छन् । एक लूप ट्रेकमा मालगाड़ी रोकेर राखेको थियो । कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठोक्किएको भारतीय रेल्वेका वरिष्ठ अधिकारीको भनाइलाई उद्धृत गर्दै इण्डियन एक्स्प्रेसले लेखेको छ ।

    भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ ।

    यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । अहिले प्रधानमन्त्री मोदी घटनास्थलतर्फ गइरहनुभएको छ । दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

  • भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु

    भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु

    काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ ।

    साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन् । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ । भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

  • भारत भ्रमणमा रहेका प्रचण्ड आज मध्यप्रदेश पुग्दै, फोहोर व्यवस्थापनबारे अध्ययन गर्ने

    भारत भ्रमणमा रहेका प्रचण्ड आज मध्यप्रदेश पुग्दै, फोहोर व्यवस्थापनबारे अध्ययन गर्ने

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी बिहान ८ बजे नयाँदिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो करिब एक बजे प्रधानमन्त्री प्रचण्ड इन्दोर पुग्ने र होटल मेरियटमा बस्ने भ्रमण तालिकामा उल्लेख छ ।

    दिउँसो चार बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग उनको भेटघाटको कार्यक्रम छ । उनले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा चिनिन्छ ।

    बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ । प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् । सोही दिन अपराह्न ४ः२० बजे उनी नयाँदिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम छ ।

    भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली गएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्वद्ध पक्षको दाबी छ ।

  • प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका यस्तो छ…

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका यस्तो छ…

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने छन् ।

    नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन् । प्रचण्डसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।


    सो होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ ।

    त्यसपछि भोलि (जेठ १८ गते) बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन् । त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदरावाद हाउसमा फर्किनेछन् । नेपाल र भारतबाट सार्वजनिक गरिएको प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिकामा भारतका विपक्षी लगायत दलका अन्य नेताहरुसँग भेट्ने कि नभेट्ने भन्ने उल्लेख छैन ।

    हैदरावाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्याइएको छ ।

    त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

    त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल(भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

    यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।

    नेपाल र भारतबाट सार्वजनिक गरिएको प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिकामा भारतका विपक्षी लगायत दलका अन्य नेताहरुसँग भेट्ने कि नभेट्ने भन्ने उल्लेख छैन ।

    भ्रमणको तेस्रो दिन शुक्रबार (जेठ १९ गते) प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । चौथो दिन (जेठ २० गते) शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् ।

    सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रचण्डकी छोरी गंगा दाहाललगायत छन् ।

  • इण्डियन प्रिमियर लिगको उपाधी चेन्नईलाई

    इण्डियन प्रिमियर लिगको उपाधी चेन्नईलाई

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो ।

    चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो । चेन्नईका डेभन कन्वे ४७ तथा ऋतुराज गायकवाड २६ रनमा आउट भए । शिवम् दुबे ३२ रनमा र रविन्द्र जडेजा १५ रनमा अविजित रहे ।

    गुजरातका मोहित शर्माले ३ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले सर्वाधिक ९६ रन जोडे । ऋद्धिमान शाह ५४ रनमा तथा शुभमन गिल ३९ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एकएक विकेट लिए । महेन्द्रसिंह धोनीको टोली चेन्नई पाँचौँपल्ट च्याम्पियन बन्दा साविक विजेता गुजरात उपाधि रक्षा गर्न असफल भयो ।

  • पानीमा खसेको फोन निकाल्न जलाशय सुकाउने कर्मचारी निलम्बित

    पानीमा खसेको फोन निकाल्न जलाशय सुकाउने कर्मचारी निलम्बित

    नयाँ दिल्ली : भारतमा पानीमा खसेको एउटा फोन निकाल्न जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्।

    सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो।

    त्यो फोन फेला पर्दा पानी पसेको कारण काम नगर्ने अवस्थामा पुगिसकेको थियो।

    विश्वासले त्यसमा संवेदनशील सरकारी तथ्याङ्क रहेको र त्यसलाई जोगाउनुपर्ने कारण आफूले त्यस्तो गरेको बताएका छन्। तर उनीमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ।

    खाद्य निरीक्षक विश्वासले झन्डै १,६०,००० रुपैयाँ बराबरको सामसुङ कम्पनीको मोबाइल फोन मध्य भारतको छत्तीसगढ राज्यमा अवस्थित खेरकट्टा बाँधमा आइतबार खसालेका थिए।

    स्थानीय गोताखोरहरूले त्यसलाई फेला पार्न नसकेपछि आफूले शुल्क तिरेर एउटा डिजेल पम्प झिकाएको उनले निकालेको भिडिओ सन्देशलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    विश्वासले एक जना अधिकारीले ‘नजिकैको नहरमा जलाशयबाट केही पानी पठाउने गरी’ मौखिक रूपमा अनुमति दिएको उल्लेख गर्दै ‘त्यसले किसानहरूलाई थप पानी उपलब्ध गराएर फाइदा पुर्‍याउने’ पनि जिकिर गरेका छन्।

    तर उक्त पम्पले कैयौँ दिन पानी बाहिर फ्यालेको थियो। त्यसरी जलाशयबाट निकालिएको झन्डै २० लाख लिटर पानीबाट ६०० हेक्टर खेतमा सिँचाइ गर्न मिल्ने बताइन्छ। तर उजुरीपछि जलस्रोत विभागका अर्का अधिकारी आएपछि उक्त काम रोक्न लगाइएको थियो।

    ‘छानबिन नसकिएसम्म उनलाई निलम्बित गरिएको छ। पानी अत्यावश्यक स्रोत हो र यसको त्यसरी दुरुपयोग गर्न मिल्दैन,’ कांकेर जिल्लाकी अधिकारी प्रियङ्का शुक्लाले भनेकी छन्।

    विश्वासले आफूले पदको दुरुपयोग नगरेको भन्दै बाँध भरिएर पानी जम्मा भएको क्षेत्रको पानी बाहिर निकालिएको बताएका छन्। उनले त्यहाँको पानी ‘प्रयोग गर्न नमिल्ने अवस्थाको भएको’ पनि जिकिर गरेका छन्। उनको कदमको राजनीतिज्ञहरूले पनि आलोचना गरेका छन्।

    उक्त राज्यमा प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्षले ‘चर्को गर्मीमा जति बेला मानिसहरू पानीका लागि ट्याङ्करको सेवामा निर्भर रहँदा’ ती अधिकारीले ठूलो परिमाणमा पानी खेर फलेको ट्विटरमा लेखेकी छन्। बीबीसी

  • फोन तलाउमा खसेपछि जब जलाशय नै खाली गराइयो…

    फोन तलाउमा खसेपछि जब जलाशय नै खाली गराइयो…

    काठमाडौं । भारतमा एउटा खसेको फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्। सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो। जब त्यो फोन फेला पर्‍यो पानी पसेका कारण त्यो काम नगर्ने अवस्थामा पुगिसकेको थियो। विश्वासले त्यसमा संवेदनशील सरकारी तथ्याङ्क रहेको र त्यसलाई जोगाउनुपर्ने कारण आफूले त्यस्तो गरेको बताएका छन्। तर उनीमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ।

    खाद्य निरीक्षक विश्वासले झन्डै १,६०,००० रुपियाँ बराबरको सामसुङ कम्पनीको मोबाइल फोन मध्य भारतको छत्तीसगढ राज्यमा अवस्थित खेरकट्टा बाँधमा आइतवार खसालेका थिए। स्थानीय गोताखोरहरूले त्यसलाई फेला पार्न नसकेपछि आफूले शुल्क तिरेर एउटा डिजेल पम्प झिकाएको उनले निकालेको भिडिओ सन्देशलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    विश्वासले एक जना अधिकारीले ‘नजिकैको नहरमा जलाशयबाट केही पानी पठाउने गरी’ मौखिक रूपमा अनुमति दिएको उल्लेख गर्दै ‘त्यसले किसानहरूलाई थप पानी उपलब्ध गराएर फाइदा पुर्‍याउने’ पनि जिकिर गरेका छन्। तर उक्त पम्पले कैयौँ दिन पानी बाहिर फ्यालेको थियो। त्यसरी जलाशयबाट निकालिएको झन्डै २० लाख लिटर पानीबाट ६०० हेक्टर खेतमा सिँचाइ गर्न मिल्ने बताइन्छ। तर उजुरीपछि जलस्रोत विभागका अर्का अधिकारी आएपछि उक्त काम रोक्न लगाइएको थियो।

    “छानबिन नसकिएसम्म उनलाई निलम्बित गरिएको छ। पानी अत्यावश्यक स्रोत हो र यसको त्यसरी दुरुपयोग गर्न मिल्दैन,” कांकेर जिल्लाकी अधिकारी प्रियङ्का शुक्लाले द न्याश्नल समाचारपत्रसँग भनेकी छन्। विश्वासले आफूले पदको दुरुपयोग नगरेको भन्दै बाँध भरिएर पानी जम्मा भएको क्षेत्रको पानी बाहिर निकालिएको बताएका छन्।

    उनले त्यहाँको पानी ‘प्रयोग गर्न नमिल्ने अवस्थाको भएको’ पनि जिकिर गरेका छन्। तर उनको कदमको राजनीतिज्ञहरूले पनि आलोचना गरेका छन्। उक्त राज्यमा प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्षले “चर्को गर्मीमा जति बेला मानिसहरू पानीका लागि ट्याङ्करको सेवामा निर्भर रहँदा” ती अधिकारीले ठूलो परिमाणमा पानी खेर फलेको ट्विटरमा लेखेकी छन्।
    बीबीसी