Category: विश्व

  • दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खोल्ने यात्रु पक्राउ

    दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खोल्ने यात्रु पक्राउ

    काठमाडौं । दक्षिण कोरियामा अवतरण गर्ने क्रममा रहेको एशियाना एअरलाइन्सको एउटा विमानको आपत्कालीन द्वार खोलेको आरोपमा एक यात्रु पक्राउ परेका छन्। डेगू अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार सुरक्षित रूपमा अवतरण गरेको उक्त विमानमा यात्रा गरिरहेका १९४ जना यात्रुहरू सकुशल छन्। तर विमान अवतरण गर्दा त्यसको आपत्कालीन ढोका भने खुलै थियो।

    विमानमा भएका केही यात्रु बेहोस भएका थिए भने कतिपयलाई सास फेर्न समस्या भएको थियो। उनीहरूलाई अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यन्हाप समाचारसंस्थाले जनाएअनुसार आकस्मिक ढोका खोल्ने ३० वर्षका ती व्यक्तिलाई जहाज अवतरण भएपछि पक्राउ गरिएको छ।


    उडान नम्बर ओजेड–८१२४ रहेको एअरबसको ए–३२१-२०० जहाज स्थानीय समयानुसार शुक्रवार बिहान ११ः४५ बजे जेजू टापुबाट उडेको थियो। करिब एक घण्टापछि अवतरण गर्ने क्रममा एक पुरुष यात्रुले जमिनबाट २५० मिटर माथि हुँदा विमानको आपत्कालीन ढोका खोलिदिएका थिए। आपत्कालीन ढोका खुलै रहेकै अवस्थामा जहाज अवतरण भएको थियो । आपत्कालीन ढोका खुलै रहेको अवस्थामा जहाज अवतरण भएको थियो

    एक यात्रुले सामाजिक सञ्जालमा राखेको भिडिओमा विमानको बायाँतर्फको चेपबाट सीटमा बसेका यात्रुहरूको पङ्क्तिमा हावा चलिरहेको देखिन्छ। विमान अवतरण गर्न लागेकाले विमानका कर्मचारीले उनलाई रोक्न नसकेको प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उनीहरूका अनुसार ती व्यक्तिले ढोका खोलेर विमानबाट हाम फाल्ने प्रयास गरेका थिए। त्यसले गर्दा विमानभित्रका यात्रुमा त्रास फैलिएको प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन्।

    ूढोका नजिकका मानिसहरू एक(एक गर्दै बेहोस हुन थालेपछि त्यहाँ कोलाहल मच्चिएको थियो र विमानका कर्मचारीले त्यहाँ कोही चिकित्सक भए सहयोग गर्न आह्वान गरेका थिए, एक ४४ वर्षीय यात्रीले यन्हापलाई भनेका छन्। सप्ताहान्तको खेलकुद कार्यक्रममा जाने क्रममा उक्त जहाजमा कैयौँ विद्यालय उमेरका बालबालिकाहरू पनि यात्रा गरिरहेका थिए। एक विद्यार्थीकी आमाले यन्हापलाई भनिन्, बच्चाहरू काँपिरहेका, रोइरहेका र डराइरहेका थिए।

    प्रहरीले ती सन्दिग्ध पुरुषले अहिलेसम्म आफूले किन त्यस्तो गरे भन्नेबारे केही बताएका छैनन्। पक्राउ परेका बेला उनले मादक पदार्थ सेवन गरेको पनि पाइएको छैन। ‘उनीसँग सामान्य कुराकानी गर्न गाह्रो छ, एक अधिकारीले भने, हामी अपराधको कारणबारे छानबिन गरी कारबाही गर्ने छौँ।

  • फ्रान्सले किन रोक्यो छोटो दूरीका हवाई उडान ?

    फ्रान्सले किन रोक्यो छोटो दूरीका हवाई उडान ?

    काठमाडौं । युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् । कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो हवाइ दूरीको यात्रामा प्रतिबन्ध लगाउने कानुन २ वर्षपछि कार्यान्वयन भएको हो ।

    फ्रान्सका परिवहन मन्त्री क्लेमेन्ट ब्यूनले कार्वन उत्सर्जन कम गर्नका लागि यो जरुरी र महत्वपूर्ण कदम रहेको बताए । ‘हामी हाम्रो जीवनमा कार्वनको उपयोग कम गर्न चाहन्छौं भने छोटो दूरीको हवाइ यात्रा ठीक होइन,’ उनले भने, ‘ यो प्रतिबन्धको उद्देश्य भनेको निजी जेटको उडान रोक्नु हो ।’ ब्यूनले हवाइ उडानमा प्रतिबन्ध भएका रुटमा यात्रुले चाहेका समयमा सार्वजनिक रेल वा बस पाउने गरी व्यवस्था मिलाइने पनि बताए ।

    वायु प्रदूषणबारे भएको एक अध्ययन प्रतिवेदन अनुसार व्यावसायिक उडानको तुलनामा निजी जेट विमानले १४ गुणा बढी प्रदूषण फैलाउँछन्, जबकी रेलको तुलनामा व्यावसायिक उडान भर्ने जहाजले ७७ गुणा बढी । पर्यावरणका लागि रेलको तुलनामा निजी जेट ५० गुणा ज्यादा खतरनाक हुन्छ ।

  • आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

    आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

    काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गतराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो । मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो । लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । लखनउका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    मुम्बईका आकाश मधवालले ३ ओभर ३ बलमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १–१ विकेट लिए । लखनउका तीन जना खेलाडी रन आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईका क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ३३ र तिलक बर्माले २६ रन जोडे ।

    लखनउका नविन उल हकले ४ विकेट लिए । यश ठाकुरले ३ र मोहसिन खानले एक विकेट लिए । दोस्रो क्वालिफायरमा भोलि मुम्बई र गुजरात टाइटन्सबिच फाइनल पुग्न खेल हुनेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।

  • आजबाट भारतले २ हजारका नोट फिर्ता लिँदै, बैंकमा साट्न सकिने

    आजबाट भारतले २ हजारका नोट फिर्ता लिँदै, बैंकमा साट्न सकिने

    काठमाडौं । भारतमा आजबाट २ हजारका नोट सर्वसाधारणबाट सरकारले फिर्ता लिँदैछ । भारतीय रिजर्व बैंकले २३ मेबाट ३० सेप्टेम्बरसम्म यी नोट साट्न सकिने भएको छ । यस्तो नोट बैंकमा जम्मा गरी आफ्नो खातामा राख्दा हुन्छ । त्यसो नभए बैंकबाट साना नोट समेत लिन सकिने भएको छ ।

    यसका लागि कुनै पनि प्रकारको अतिरिक्त शूल्क लिइने छैन । ३१ मार्च २०२३ सम्म ३.६२ लाख करोड मूल्यका २ हजारका नोट बजारमा रहेको पाइएको छ । ३१ मार्च २०१८ मा ६.७३ लाख करोडका भारतीय नोट बजारमा उल्लेख थिए ।

  • रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

    रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

    काठमाडौं । अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छिन्। अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जना साउदीमध्ये रेयाना बर्नावी पनि एक हुन्। उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ। त्यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्नेछिन्।

    उनले आफ्नो कामबाट मध्यपूर्वका सबै पृष्ठभूमिका महिलाहरूलाई प्रेरित गर्ने आशा राखेकी छिन्। आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उनले भनेकी छिन्, “विश्वभरिका मानिसहरूका लागि भविष्य एकदमै उज्ज्वल छ। म तपाईँहरू पनि ठूलो सपना देख्नुहोस् भन्ने चाहन्छु। आफूमा र मानवतामा विश्वास गर्नुहोस् भन्ने चाहन्छु।” बर्नावी एक्सिओमको दोस्रो मिसनमा खाडी अधिराज्यका दोस्रो पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै गएकी हुन्। उनीहरूसँग यो मिसनमा एकजना कमान्डर र एक पाइलटसहित दुईजना अमेरिकी पनि सहभागी छन्।

    उनीहरू स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत्‌ अन्तरिक्षमा पुगेका थिए। यो रकेट फल्कन ९ रकेटको माथिल्लो भागमा जडान गरिएको थियो। ड्रागन स्वायत्त रूपमा आईएसएसमा सोमवार १३स्१२ जिएमटीमा जोडिएको एक्सिओम स्पेसले ट्वीटमार्फत् जनाएको छ। अन्तरिक्षमा परिक्रमा गरिरहने प्रयोगशालाबाट यो टोलीका सदस्यहरूले २० भन्दा धेरै विज्ञान र प्रविधिसम्बन्धी प्रयोगहरू गर्नेछन्। उनीहरूले खोज गर्ने विषयहरूमा अन्तरिक्षको मानव स्वास्थ्यमा असर र वर्षा(बीउ प्रविधि पनि समेटिएका छन्।

    बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिककी रूपमा गरेका कामको अनुभवका आधारमा आफ्ना केही प्रयोगहरू गर्नेछिन्। हालैको एक पत्रकार सम्मेलनमा उनले पहिलो साउदी अन्तरिक्षयात्री बन्दै गर्दा आफूलाई निकै खुसी लागेको र सम्मानित भएको महसुस भएको बताएकी थिइन्। उनले आफ्नो अनुभव आईएसएसबाटै भिडिओमार्फत् बालबालिकाहरूलाई सुनाउने योजना बनाएको बताएकी थिइन्।

    “उनीहरूले पहिलो पटक आफ्नो क्षेत्रको अन्तरिक्षयात्री देख्दा उनीहरूको अनुहारमा देखिने भाव हेर्न पाउँदा निकै रोमाञ्चक हुँदो हो,” उनले भनिन्। साउदी अन्तरिक्ष आयोगकी सल्लाहकार तथा साउदी मूलकी अमेरिकी एरोस्पेस इन्जिनियर मिसाल आस्मिमरीले भनिन्, “हाम्रो लक्ष्य भनेको विज्ञानको माध्यमबाट मानव जातिलाई फाइदा पुर्‍याउनु हो।” साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए। मानव अधिकारकर्मीहरूले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरू सीमित गरेको बताउने गरेका छन्। बीबीसी

  • भारतले अब २ हजारको नोट चलन चल्तीमा नल्याउने

    भारतले अब २ हजारको नोट चलन चल्तीमा नल्याउने

    काठमाडौं । भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ । नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन ।

    बीबीसी हिन्दीका अनुसार आरबीआईले अब नयाँ २००० भारुको नोट जारी गर्ने छैन । आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने बताएको छैन । तर नयाँ निर्देशन आउने सम्भावना छ । भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोट ल्याइएको थियो ।

    जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २००० भारुको नोट छाप्न रोकिएको थियो । समाचारहरुमा जनाइअनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो । यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो ।

  • अमेरिकामा राजकुमार ह्यारी र पत्नी मेगन पापाराजीको डरलाग्दो निसानामा परेपछि…

    अमेरिकामा राजकुमार ह्यारी र पत्नी मेगन पापाराजीको डरलाग्दो निसानामा परेपछि…

    काठमाडौं । राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको कारलाई पापाराजीहरू संलग्न एउटा घटनामा ‘खतरनाक’ ढङ्गले पछयाएको उनीहरूका प्रवक्ताले बताएका छन्। ड्यूक र डचिस अफ ससिक्सले न्यू योर्कमा मङ्गलवार एउटा पुरस्कार वितरण समारोहमा भाग लिएपछि यो घटना भएको थियो। एउटा विज्ञप्तिमा उनीहरूका प्रवक्ताले निरन्तर दुई घण्टा भन्दा बढी समयसम्म कारलाई पछयाइएको र त्यसका कारण एक भन्दा बढी दुर्घटना हुने अवस्था झण्डै निम्तिएको जनाएका छन्। न्यू योर्क प्रहरीका प्रवक्ताले कसैलाई पनि पक्राउ नगरिएको र कोही पनि घाइते नभएको जनाएका छन्।


    बीबीसी न्यूजले सबै विवरणहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ । तर बुधवार दिनभर त्यसबारे विभिन्न किसिमका बयान र सूचनाहरू प्राप्त भइरहेका थिए। न्यू योर्क प्रहरीले ह्यारी र मेगनसँग सम्बन्धित घटना भएको र कैयौँ फोटोग्राफरहरूले ‘उनीहरूको सवारीलाई चुनौतीपूर्ण बनाएको’ बताएको छ।

    बकिङ्गम प्यालेसले कुनै प्रतिक्रिया दिएको छैन। मनोरञ्जनसम्बन्धी फोटो एजेन्सी ब्याकग्रीडले कैयौँ स्वतन्त्र पत्रकारहरूमाथि अनुसन्धान गरिरहेको जनाउँदै घटनाबारे उनीहरूले प्राप्त गरेका प्रारम्भिक विवरण फरक रहेको जनाएको छ। “फोटोग्राफरहरूले उक्त जोडी कुनै पनि बिन्दुमा तत्कालै जोखिममा नरहेको विवरण दिएका छन्,” उसले भनेको छ। यसअघि आधा दर्जन कारहरूले पछयाउदा लापरबाहीपूर्ण ढङ्गले गाडी चलाइएको दाबी गरिएको थियो।

    रातो बत्ती बलेको समयमा कार गुडाइएको, सडक पेटीबाट पनि कार कुदाइएको, बाटोमा अवरोध पुर्‍याउन खोजेको, एकतर्फी बाटोमा गैरकानुनी ढङ्गले सवारी चलाएको र गाडी चलाउँदा तस्बिर खिचिएको दाबी गरिएको थियो। बीबीसीका अनुसार ह्यारी र मेगन साथीको घरमा बसिरहेका छन्। सुरक्षा चुनौती थपिने गरी उनीहरू सोझै आफू बस्ने स्थानमा फर्किएनन्।

    उक्त जोडी र मेगनकी आमा डोरियाले पापाराजीहरूबाट जोगिन म्यानह्याटनको प्रहरी स्टेसनमा आश्रय लिने प्रयास गरेको पनि जनाइएको छ। त्यसपछि उनीहरूले न्यू योर्कको ट्याक्सी प्रयोग गर्ने योजना बनाए। उक्त ट्याक्सी र त्यहाँभित्र ह्यारी, मेगन, डोरिया र सुरक्षाअधिकारी बसेको फोटोग्राफरहरूले देखेपछि उनीहरू आफ्नै सवारी साधनमा फर्किएका थिए। कारका चालक सुखचरन सिंहले आफ्नो कारमा चार जना चढेको बीबीसीलाई बताए।

    केही पर गइसकेपछि उक्त कारलाई फोहोर बोक्ने ट्रकले रोकेको भन्दै उनले अकस्मात् पापाराजीहरू आएर तस्बिर लिन थालेको बताए। उनले त्यतिबेला उनीहरूले आफूलाई पुग्नुपर्ने गन्तव्यबारे जानकारी दिन लागेको जनाउँदै त्यसपछि सो क्षेत्रको एक फन्को मार्न भनेको बताए। उनीहरूलाई ‘असल मानिसहरू’ भन्दै उनले ‘केही आत्तिएको’ देखिएको जनाए।


    उनले ‘खतरनाक ढङ्गले कार पिछा गरिएको’ दाबी बढाइ चढाइ हुनसक्ने भन्दै पापाराजीहरू आक्रामक भएको आफूलाई नलागेको बताए। “उनीहरू हाम्रो पछाडि थिए‘।। उनीहरूले दुरी कायम राखेका थिए।” न्यू योर्कमा प्रत्येक कुनामा प्रहरी चौकी रहेको भन्दै उनले उक्त ठाउँ सुरक्षित रहेको जनाए। उनले छोटो यात्राका लागि उक्त जोडीले ५० डलर तिरेको जानकारी दिए।


    ह्यारी र उनकी पत्नीका प्रवक्ताले दुई घण्टाको पीडादायी अवस्था भनी चित्रण गरेको घटनाको जम्मा १० मिनेट सिंहले व्याख्या गरेको परिस्थितिसँग जोडिन्छ।
    ती ड्राइभरको व्याख्या ह्यारी र मेगनको सुरक्षा टोलीका सदस्य क्रिश सान्चेजको विवरणसँग पूर्ण रूपमा अमिल्दो सुनिन्छ। सान्चेजले सीएनएनलाई ‘एकदमै अस्तव्यस्त दृश्य’ रहेको जनाएका छन्।

    सर्वसाधारणहरू धेरै पटक जोखिममा परेको भन्दै उनले उक्त परिस्थिति घातक बन्न सक्ने अवस्था देखिएको उल्लेख गरे। उनीहरू मिस फाउन्डेशन वीमिन अफ भिजन अवार्डस् नामक एउटा पुरस्कार वितरण समारोहमा भाग लिएर फर्किदा यो घटना भएको हो।

    राजा चार्ल्सको राज्याभिषेकपछि उक्त जोडी पहिलो पटक संयुक्त रूपमा कुनै सार्वजनिक कार्यक्रममा उपस्थित भएको थियो। न्यू योर्क सिटीका मेयर एरिक एडम्सले यस्तो घटनामा दुई जना प्रहरी घाइते हुनसक्ने वा कुनै निर्दोष प्रत्यक्षदर्शी गुमाउनु पीडादायी हुने टिप्पणी गरे। राजकुमार ह्यारी र मेगनको विज्ञप्तिले तीव्र गतिमा कारलाई पछयाएको कहिल्यै पनि उल्लेख गरेको छैन। उसले निरन्तर दुई घण्टा पछ्याइएको चर्चा गरेको छ ।

  • रियल विरुद्ध प्रभावशाली जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

    रियल विरुद्ध प्रभावशाली जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

    काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४–० ले पराजित गर्दै समग्रमा ५(१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।

    सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टरसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १(१ को बराबरी खेलेको थियो । घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगमा सिटीले सानदार प्रदर्शन गर्दै एकपक्षिय जित निकाल्यो ।

    सिटीले पहिलो हाफमा २३औं र ३७औं मिनेटमा गोल गर्दै २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सिटीले दुई गोल नै गर्‍यो । मानुएल अकान्जीले ७६औं र जुलियन अल्भारेजले खेलको इन्जुरी टाइममा गोल गरे । सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । तर यस पटक सिटीले सानदार प्रदर्शन गर्दा रियलविरुद्ध प्रभावशाली जित हात पारेको हो ।

  • युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण

    युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण

    काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले फेरि हवाई आक्रमण गरेको छ । यस महिनामा रुसको यो लगातार आठौं आक्रमण हो । युक्रेनका अधिकारीले किभलाई लक्षित गरी सोमबार प्रहार गरिएका १८ वटा मिसाईलाई नष्ट गरेको बताएका छन् । तर, रुसले आफ्ना ड्रोन र मिसाइल लक्षित क्षेत्रमा नै खसेको दाबी गरेको छ ।

    यी आक्रमणका कारण दुई देशबीचको युद्ध झनै चर्किने देखिएको छ । रुसले मे महिनाको सुरुवातदेखि फेरि युक्रेनमा आक्रमण सुरु गरेको हो । त्यसअघि करिब दुई महिनासम्म रुसले कुनै आक्रमण गरेको थिएन । हवाई आक्रमण रोक्ने युक्रेनको प्रणालीलाई अन्त्य गर्न रुसले यस्तो रणनीति अपनाएको युक्रेनी अधिकारीहरूको भनाइ छ, जुन प्रणाली रुसको हवाई आक्रमण रोक्न निकै सफल भएको थियो ।

    युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्स्की अहिले युरोपेली मुलुकको भ्रमणमा छन् । बेलायत र जर्मनीले युक्रेनलाई हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । बेलायतले २५० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइल दिने भएको छ । जर्मनीले पनि २।७ अर्ब युरोको नयाँ हतियार दिने भएको छ ।

  • पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए

    पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए

    काठमाडौं । पाकिस्तानमा कोइला खानीका विषयमा भएको विवादमा दुई आदिवासी समुदायबीच झडप भएको छ । सो क्रममा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको कोहट सहरमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

    खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो । बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ।

  • जासुसीको आरोपमा चीनमा एक अमेरिकी नागरिकलाई आजिवन जेल

    जासुसीको आरोपमा चीनमा एक अमेरिकी नागरिकलाई आजिवन जेल

    काठमाडौं । एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ। हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो। दक्षिणपूर्वी सहर सुजोस्थित एक अदालतले उनीविरुद्धका आरोपबारे थप जानकारी दिएन।

    अदालतद्वारा जारी विज्ञप्तिमा चीनको प्रतिगुप्तचरी निकायको स्थानीय ब्युरोले लिअङ्लाई दुई वर्षअघि नै पक्राउ गरेको जनाइएको छ। उनलाई “जासुसीको कसुरमा दोषी पाइएको र राजनीतिक अधिकारबाट समेत वञ्चित रहने गरी आजीवन कैद सुनाइएको” चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा सार्वजनिक इन्टरमिडियट पिपल्स कोर्टको विज्ञप्तिमा उल्लेख छ।

    गिरफ्तारीको समयमा लिअङ् कहाँ बस्थे भन्ने कुरा अस्पष्ट थियो। बेइजिङस्थित अमेरिकी दूतावासका एकजना प्रवक्ताले यस खबरबारे आफूहरू जानकार रहेको बताए। “विदेश मन्त्रालयका लागि विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन,” उनले भने।

    चीनमा बन्द इजलास सामान्य प्रक्रिया हो र त्यहाँ विशेषगरी जासुसीको आरोपजस्ता संवेदनशील घटनाहरूबारे आम मानिसलाई निकै कम जानकारी दिइन्छ।

    यद्यपि, विदेशी नागरिकका लागि यति कठोर सजाय तुलनात्मक रूपमा बिरलै दिइन्छ। आगामी जुलाईदेखि चीनमा नयाँ नियम लागु हुँदै छ जसले चीनको जासुसी सम्बन्धी नियम थप फराकिलो बनाउँछ। त्यसले चिनियाँ अधिकारीहरूले राष्ट्रिय सुरक्षासँग सम्बन्धित भनिएका तथ्याङ्कहरू हस्तान्तरण गर्न प्रतिबन्ध लगाउँछ। लिअङ्को कैद सजायले चीन र अमेरिकाबिचको सम्बन्ध झनै तनावपूर्ण बन्न सक्ने देखिन्छ।

    यी दुई देशबीचको सम्बन्ध सन् २०१८ मा चीनविरुद्ध व्यापार युद्ध सुरु गरेयता पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा बिग्रिएको थियो। यी दुई महाशक्तिहरू( ताइवान, दक्षिण चीन सागरमा चिनियाँ सैन्यिकरण र कोभिडको उत्पत्तिलगायत विभिन्न मुद्दाहरूमा विवादरत छन्। गत फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बलुनलाई खसालेपछि उनीहरूबिचको तनाव झनै चुलिएको थियो। उक्त बलुनलाई बेइजिङले मौसम निगरानी गर्ने उपकरण भएको दाबी गर्दै आएको छ। बीबीसी

  • २०२१ मा काबुल विमानस्थलमा आक्रमण गर्ने आइएस नेता मारिए

    २०२१ मा काबुल विमानस्थलमा आक्रमण गर्ने आइएस नेता मारिए

    काठमाडौं । तालिबानबाट इस्लामिक स्टेटका एक जना योजनाकार मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। तालिबानले सत्ता लिएपछि सन् २०२१ मा अफगानिस्तानको छोडेर जान काबुल विमानस्थलमा कैयौँ मानिसहरू भेला भएको ठाउँमा बम प्रहार भएको थियो। अमेरिकी अधिकारीहरूले १७० जना सर्वसाधारण र १३ अमेरिकी फौजको ज्यान जाने गरी भएको उक्त बम हमलाका मुख्य योजनाकार दुई साता अघि मारिएको बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्यूजलाई बताएका छन्। उनी मारिएको निश्चित गर्न समय लागेको बताइएको छ र उनको नाम हालसम्म सार्वजनिक गरिएको छैन।

    अमेरिकी अधिकारीहरूले गुप्तचर सूचना र उक्त क्षेत्रको अनुगमनबाट आईएसका ती नेता मारिएको ठहर गरिएको बताएका छन्। उक्त बम आक्रमणमा उनको संलग्नताबारे थप विवरण पनि अधिकारीहरूले खुलाएका छैनन्। “सरकारी विज्ञहरू यो कुरामा पक्का छन् कि ती व्यक्ति सबैभन्दा बढी जिम्मेवार मानिस हुन्,” एक जना वरिष्ठ अमेरिकी अधिकारीले सीबीएससँग भने।

    न्यूयोर्क टाइम्समा प्रकाशित एक विवरण अनुसार अमेरिकाले उनको मृत्युबारे अप्रिलको सुरुमै थाहा पाएको थियो। तर उनी तालिबानको निशानामा मारिएको वा आईएस र तालिबानबीच जारी द्वन्द्वमा उनी मारिएको भन्ने प्रस्ट नभएको उक्त पत्रिकाले उल्लेख गरेको छ।

    सोमवारबाट अमेरिकाले उक्त बम आक्रमणमा मारिएका सैनिकहरूका परिवारलाई आईएस नेताको मृत्युबारे जानकारी गराउन सुरु गरेको थियो। उक्त बम आक्रमणमा मारिएका अमेरिकी जल सेनामा कार्यरत टेलर हुभरका पिता डरिनले जलसेनाले आफूलाई उक्त समाचारबारे जानकारी दिएको सीबीएससँग पुष्टि गरे।

    “उनीहरूले मलाई विस्तृतमा केही बताएनन् तर धेरै वटा र विश्वसनीय स्रोतबाट ती व्यक्ति मारिएको थाहा पाएको बताए,” हुभरले मङ्गलवार एक अन्तर्वार्तामा भने। आईएसको अफगानिस्तान शाखाले आक्रमणको चेतावनी दिएपछि पश्चिमी देशका सरकारहरूले आफ्ना नागरिकहरूलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट टाढै रहन चेतावनी दिएलगत्तै विमानस्थलमा विस्फोट भएको थियो।

    विमानस्थलको गेट बाहिर परिवारका सदस्यलाई पर्खिरहेका मानिसहरूको भीडमा एक जना आत्मघाती हमलाकारी प्रवेश गरेर विस्फोट गराएका थिए। अफगानिस्तानबाट फिर्ता हुँदै गरेका अमेरिकी सैनिकहरूको उद्धार उडानमा समावेश गराइने आशामा उक्त क्षेत्रमा ठूलो भीड लागेको थियो। त्यसको एक दिनपछि अमेरिकाले काबुलमा आत्मघाती बम हमलाकारीलाई लक्षित गर्दै गरेको ड्रोन आक्रमणमा सात जना बालबालिका सहित १० जना सर्वसाधारण मारिएका थिए।


    अमेरिकाले आईएसको अफगानिस्तान शाखा आईएस(के का नेता अनाउल्लाह गफारीलाई पक्राउ गर्ने वा उक्त बम आक्रमणमा संलग्नलाई पक्राउ गर्नेलाई १० लाख अमेरिकी डलर इनाम दिने घोषणा गरेको थियो। अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता भएसँगै यहाँ जारी सबैभन्दा लामो युद्ध समाप्ति भएको थियो। अमेरिकी फौज फिर्ता भएसँगै अफगानिस्तानमा उसले दुई दशकदेखि समर्थन गरेको सरकार ढलेर पुन तालिबान सत्तामा फर्किएको थियो।
    फौज फिर्तीको निर्णयपछि जो बाइडन नेतृत्वको अमेरिकी प्रशासनको आन्तरिक र बाह्य आलोचना भएको थियो।

    अमेरिकाको विपक्षी रिपब्लिकन पार्टीले नेतृत्व गरेका सुनुवाइहरूमा धेरैले अफगानहरूलाई अलपत्र बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। बम आक्रमणमा घाइते भएका एक जना अमेरिकी जलसेनाले फौज फिर्तीको निर्णयलाई “महा विपत्ति”को संज्ञा दिएका थिए। रिपब्लिकन सांसद माइकल म्याकले आईएस नेता मारिएको समाचार स्वागतयोग्य भए पनि मारिएका अमेरिकी फौजका परिवारलाई त्यतिले मात्रै न्याय नहुने बताए।

    “यी विवरण साँचो भए त्यो राम्रो कुरा हो। तर यसले मात्रै बाइडन प्रशासनको असफलता जसले आक्रमण निम्त्यायो त्यसको दोषलाई कम गर्दैन,” उनले भने। राष्ट्रपति बाइडनले फौज फिर्ताबारे बृहत् समीक्षा गर्न निर्देशन दिएका थिए। जसको प्रतिवेदन यसै महिनाको सुरुमा प्रकाशित भएको छ। उक्त समीक्षाले सन् २०२० मा तालिबानसँग युद्ध अन्त्य गर्ने त्यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई दोष लगाएको छ।

  • धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी

    धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी

    काठमाडौं । एकजना धर्म प्रचारकले आफ्ना अनुयायीहरूलाई मृत्युका बेलासम्म भोकै बस्न दिएको निर्देशन मानेर मानिसहरूको ज्यान गएको विषयमा अनुसन्धान गरिरहेको केन्याको प्रहरीले समुद्री तटीय सहर मलिन्डी नजिकैबाट २१ वटा शवहरू उत्खनन गरेर निकालेको छ।

    गाडिएको स्थानबाट निकालिएका शवहरूमा बालबालिकाका पनि छन् र प्रहरीले त्यहाँ अन्य थप शव पनि हुनसक्ने जनाएको छ । शाकाहोला जङ्गल क्षेत्रमा रहेका चिहानबाट ती शवहरू निकालिएको बीबीसीले जनाएको छ । उक्त क्षेत्रबाटै गत साता गुड न्यूज इन्टरन्याशनल चर्चका १५ जना सदस्यलाई उद्धार गरिएको थियो।
    उक्त धार्मिक अभियानका एकजना प्रचारक पल म्याकेन्जी थेङलाई प्रहरीले हिरासतमा लिएको छ। उनलाई अदालतमा उपस्थित भने गराइसकिएको छैन।


    केन्याको सरकारी प्रसारक केबीसीले उनलाई एउटा ‘सम्प्रदायका नेता’ भनेको छ। केबीसीका अनुसार हालसम्म त्यहाँ ५८ वटा चिहानहरू पहिचान गरिएको छ। म्याकेन्जीले आफूले गलत कार्य नगरेको दाबी गरेका छन् तर उनलाई अदालतले जमानतमा छाड्न अस्वीकार गरेको छ।

    उनले आफ्नो चर्च सन् २०१९ मा नै बन्द गरिसकेको बताएका छन्। उनीमाथि आफ्ना अनुयायीहरूलाई उनले “जिससलाई भेट्नका लागि” भोकै बस्न उत्प्रेरित गरेको आरोप लागेको छ। केन्याली दैनिक पत्रिका द स्ट्यान्डर्डले लेखेअनुसार प्याथोलोजिस्टहरूले चिहानबाट निकालिएका शवहरूको डीएनएका नमुनाहरू लिने र उनीहरू भोकका कारण मरेका हुन् वा होइनन् भनेर जाँच गर्नेछन्। प्रहरीले म्याकेन्जीलाई गत १५ अप्रिलमा पक्राउ गरेको थियो।

    प्रहरीका अनुसार चारजना मानिसहरूले आफूलाई भोकै राखेर आफ्नो ज्यान लिएको आशङ्का गरिएपछि त्यसमा संलग्न भएको आरोपमा म्याकेन्जीलाई हिरासतमा लिइएको थियो। मलिन्डी सोसिअल जस्टिस सेन्टरका भिक्टर कडोले सिटिजन टीभीसँग भने, हामी त्यो जङ्गलमा पुगेका बेला त्यहाँ एउटा ठूलो र अग्लो क्रस भएको क्षेत्रमा पुग्यौँ। त्यसबाट हामीलाई त्यहाँ पाँच जनाभन्दा बढी मानिसहरू गाडिएका छन् भन्ने थाहा भयो।

    द स्ट्यान्डर्डले जनाए अनुसार ती प्रचारकले तीनवटा गाउँहरूलाई नाजरथ, बेथ्लेहाम र जुडिया नाम दिएका थिए। त्यसपछि उनले अनुयायीहरूलाई उपवास बस्न निर्देशन दिनुअघि एउटा सानो पोखरीमा ब्याप्टाइज गरेका थिए। केन्या एउटा धार्मिक प्रकृतिको देश हो र त्यहाँ विगतमा पनि मानिसहरूलाई खतरनाक र अनियमित गिर्जाघर वा धार्मिक पन्थहरूले प्रलोभनमा परेका कैयौँ घटनाहरू रहेका छन्।

  • सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु

    सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु

    काठमाडौं । अफ्रिकी देश सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिका र बेलायतले सुडानको राजधानी खार्तुमबाट आफ्ना कुटनीतिज्ञ र उनीहरुको परिवारलाई बाहिर निकालेको जनाएको छ । यस्तै, फ्रान्स, जर्मनी, इटली र स्पेनले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन्। अमेरिकाले खार्तुममा रहेको अमेरिकी दूतावास बन्द भएको जनाएको छ ।

    बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले सुडानबाट बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई बाहिर निकालेको र आफ्ना नागरिकको सुरक्षा बेलायत सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सुडानबाट बेलायती कुटनीतिज्ञ र उनीहरूका परिवारलाई बेलायती सेनाले ‘जटिल र द्रूत उद्धार’ पूरा गरेको बताउनुभएको छ । त्यसैगरी, जर्मनीले आफ्ना साझेदारहरूसँगको समन्वयमा सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेको जनाएको छ।

    त्यस्तै, क्यानडाले पनि सुडानमा कुटनीतिक गतिविधि अस्थायी रूपमा स्थगन गर्ने घोषणा गरेको छ । भारतले पनि खार्तुममा रहेका आफ्ना नागरिकको उद्धार गर्न सबै तयारी पूरा भएको जनाएको छ । खार्तुममा सेना र अर्धसैनिक बलबीच भइरहेको द्वन्द्वका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। सयौँको ज्यान गएको छ भने हजारौँ घाइते भएका बीबीसीले जनाएको छ।

  • नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ

    नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ

    काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि फरार ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको बीबीसीले लेखेको छ । अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेका हुन्।

    त्यसपछि पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ। प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ। सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए।

    १८ मार्चदेखि उनी फरार रहेका थिए। सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन आफूहरूलाई पत्राचार गरेको यसअघि नेपालको अध्यागमन विभागले जनाएको थियो ।


    उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्। सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए। गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए।

    अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे। दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो। नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी वारिस पञ्जाब देका प्रमुख नियुक्त भए।

    उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्। उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो। केहीअघि सिंहका सशस्त्र समर्थकहरूले एउटा प्रहरी चौकीमा धावा बोलेका थिए । पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो। पञ्जाब प्रहरी अनुसार ुवारिस पञ्जाब देुका कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ।

    उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्‍याएको जस्ता अभियोग लगाइएको छ। पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको थियो। उनी पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन्।

    सिंहका समर्थकहरूले गत फेब्रुअरीमा हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो।
    अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए। आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए। प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो।

    धेरैलाई चिन्तित पारेको अर्को विषय अमृतपाल सिंहको रूप पनि हो। उनको हाउभाउ र रूप अहिले जरनेल सिंह भिन्डरावालेको जस्तै देखिन्छ। भिन्डारेवालेको नेतृत्वमा झन्डै एक दशक चलेको विद्रोहका क्रममा हजारौँ मानिसहरूको मृत्यु भएको थियो। विद्रोहीहरूले मुख्य नेताहरूदेखि साधारण मानिसहरूलाई पनि निसाना बनाएका थिए। प्रहरी कारबाहीमा कैयौँ सिख युवाहरू समेत मारिए। पञ्जाबमा अझै त्यस हिंसाको त्रास पाइन्छ।

  • क्यानडामा विमानस्थलबाटै  चोरी भयो २ अर्ब हाराहारी मूल्यको सुन

    क्यानडामा विमानस्थलबाटै चोरी भयो २ अर्ब हाराहारी मूल्यको सुन

    काठमाडौं । क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्रायः प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४ करोड नेपाली रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू गत सोमवार चोरी भएको बताएका छन्।

    सामान बोकेको हवाई कन्टेनर उक्त दिन साँझ विमानस्थलमा आइपुगेपछि कार्गोहरू राखिने स्थलमा लगिएको बीबीसीले जनाएको छ । सोही गोदामबाटै सुन तथा बहुमूल्य वस्तुहरू चोरिएको हुनसक्ने प्रहरीको अनुमान छ। यो चोरी क्यानडाको इतिहासकै सबैभन्दा ठूलो यस्तो खालको चोरी हुनसक्ने प्रहरीको भनाई छ । पीलका क्षेत्रीय प्रहरी निरीक्षक स्टीफन डाईभेस्टाइनले उक्त घटनाको यथार्थसम्म पुग्नका लागि प्रहरीले सबैखाले अनुसन्धान गरिरहेको बताएका छन् ।

    उनले सोमवारको घटनालाई पृथक र दुर्लभ भनेका छन्। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हराएको विमान कन्टेनर करिब पाँच वर्गफिट आकारको थियो। त्यसमा सुनसहित अन्य बहुमूल्य वस्तु छन् । अधिकारीहरूले कुन विमान कम्पनीले उक्त कार्गो ढुवानी गरेको थियो र उसले कहाँबाट त्यसलाई ल्याएको थियो वा त्यसको गन्तव्य कहाँ थियो भनेर जानकारी दिन अस्वीकार गरेका छन्।

    ती प्रहरी अधिकृतले आफूहरूको उद्देश्य चोर पत्ता लगाउनु र उक्त घटनाको कारण पत्ता लगाउनु भएको बताउँदै त्यसको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताए। तर यात्रुहरू खतरामा नभएकाले उक्त विषयलाई सार्वजनिक सुरक्षा मामिलाका रूपमा आफूहरूले नलिएको उनको भनाइ छ।

    टोरन्टो सन पत्रिकाले बिहीवार प्रहरीले सङ्गठित अपराधी समूहहरू त्यसमा संलग्न भएको शङ्का गरेको खबर प्रकाशित गरेको थियो। तर त्यसो भन्नु हतारो हुने डाईभेस्टाइनले बताए। उनले अनुसन्धानका लागि सबै पाटाहरूबारे सूक्ष्म रूपमा अध्ययन गरिरहेको जानकारी दिए। एउटा वक्तव्यमा उक्त विमानस्थलले चोरले विमानस्थलमा नै पहुँच प्राप्त नगरेको जनाएको छ।

  • जम्मु-कश्मीरमा सेनामाथि आक्रमण, कम्तिमा ५ को मृत्यु

    जम्मु-कश्मीरमा सेनामाथि आक्रमण, कम्तिमा ५ को मृत्यु

    काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो ।


    यो घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । ती जवानहरु सो क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए । आक्रमणमा एक जना गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

  • यमनमा राहत वितरण स्थलमा भागदौड, कम्तिमा ७८ जनाको मृत्यु

    यमनमा राहत वितरण स्थलमा भागदौड, कम्तिमा ७८ जनाको मृत्यु

    काठमाडौं । यमनमा राहत वितरण भइरहेको स्थानमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको थियो । सोही बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले लेखेको छ ।

    सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा मानिसहरू आतङ्कित भएर भागिरहेको देखिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिव्यक्ति ९ डलर वितरण गर्ने समाचार थाहा पाएपछि सयौँ मानिस विद्यालयमा भेला भएका थिए ।

    पर्याप्त सुरक्षा र योजनाविना रकम सहयोग गरेको भन्दै सरकारले रकम वितरण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । सन् २०१५ मा देशको सरकार अपदस्थ भएदेखि नै साना सहर हुथी विद्रोहीको नियन्त्रणमा छ । पछिल्ला वर्षहरुमा हुथी विद्रोहीले सरकारलाई धपाएर देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् ।

  • च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

    च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

    काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । उता, दुई इटालियन क्लव एसी मिलान र इन्टर मिलानले समेत सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो । पहिलो लेगमै सिटीले बायर्नलाई ३–० ले पराजित गरेको थियो ।

    सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ । बायर्नको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसअघि ३७औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्न असफल भएका थिए । यस सिजन सबैखाले प्रतियोगितामा गरी हालान्डले ४८ गोल गरिसकेका छन् । बायर्नका लागि जोसुअ किमिचले ८३औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।

    उता, युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब भिड्ने भएका छन् । इन्टर मिलानले क्वाटरफाइनलमा पोर्चुगिज क्लब वेनफिकालाई समग्रमा ५–३ ले पराजित गरेपछि सेमिफाइनलमा मिलान डर्बी हुने भएको हो । यसअघि एसी मिलानले नापोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । इन्टरले दोस्रो लेगमा वेनफिकासँग ३–३ को बराबरी खेलेको थियो ।

    तर अवे मैदानमा पहिलो लेगमा वेनफिकालाई २–० ले पराजित गरेको इन्टर समग्रमा ५–३ ले विजयी भएको हो । रोमाञ्चक खेलमा इन्टरले दुई पटक अग्रता लिएको थियो तर वेनफिकाले खेल बराबरी ग¥यो । निकोलो बरेलाले १४औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर फ्रेड्रेरिक असनसनेले ३८औं मिनेटमा वेनफिकाका लागि बराबरी गोल गरे ।

    त्यसपछि लाउटारो मार्टिनजले ६५औं र जाओक्विन कोरेअले ७८औं मिनेटमा गोल गर्दा इन्टरले ३–१ को अग्रता बनायो । तर एन्टोनिओ शिल्भाले ८६औं र पिटर मुसाले इन्जुरी टाइममा गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो । अब सेमिफाइनलको पहिलो लेगका खेलहरु मे ९ र १० मा हुनेछन् भने दोस्रो लेगका खेल मे १६ र मे १७ मा हुनेछन् ।

  • भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

    भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

    काठमाडौं । भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । युनाइटेड नेसन्स पोपुलेसन फन्ड (यूएनएफपीए) ले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार चीनलाई पछि पार्दै भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो । विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो।

    यूएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पोपुलेसन रिपोर्ट २०२३’ अनुसार भारतको जनसंख्या १,४२८.६ मिलियन रहेको छ । जबकी चीनको जनसंख्या १,४२५.७ मिलियन रहेको रिपोर्टलाई उदृत गर्दै आईएएनएसले जनाएको छ ।

    यसका अर्थ भारतको जनसंख्या चीन भन्दा २.९ मिलियन बढी छ । सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गएको वर्ष चीनको जनसंख्या घट्न थाल्यो भने भारतको जनसंख्या बढेको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ ।

    चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष रहेको यूएनएफपीएलाई उद्धृत गर्दै समाचारसंस्था पीटीआइले जनाएको छ ।

    सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । २ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो ।

    तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।

    यूएनको वर्ल्ड पोपुलेसन प्रोस्पेक्ट्स २०२२ ले पनि सन् २०२३ मा भारतले जनसंख्याको हिसाबमा पछि पार्दै प्रक्षेपण गरेको थियो ।

    रिपोर्टका अनुसार १४ वर्षमूनीको जनसंख्या २५ प्रतिशत छ भने १० देखि १९ वर्ष समूहको जनसंख्या १८ प्रतिशत रहेको छ । १० देखि २४ सम्म २६ प्रतिशत, १५ देखि ६४ सम्म ६८ प्रतिशत तथा ६५ वर्षमाथि ७ प्रतिशत छ ।

  • बेइजिङमा अस्पतालमा भएको आगलागीमा कम्तिमा २१ जनाको मृत्यु

    बेइजिङमा अस्पतालमा भएको आगलागीमा कम्तिमा २१ जनाको मृत्यु

    काठमाडौं । चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो । आगलागी लगत्तै खटिएका अग्नि नियन्त्रकले झण्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो । ज्यान गुमाउनेमध्ये कति जना बिरामी थिए खुलिसकेको छैन ।

    अस्पतालमा आगो लाग्नुको कारण पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र पूर्ण विवरण आउन बाँकी नै रहेको फेङ्ताई जिल्लाको अग्नि तथा उद्धार विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसअघि सन् २०१७ मा एउटा भवनमा भएको आगलागीबाट १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछिका वर्षमा चीनमा भएको यो अर्को ठूलो आगलागीको घटना हो ।

  • महाराष्ट्रमा प्रचण्ड गर्मीका कारण १२ जनाको मृत्यु

    महाराष्ट्रमा प्रचण्ड गर्मीका कारण १२ जनाको मृत्यु

    काठमाडौं । प्रचण्ड गर्मीका कारण भारतको महाराष्ट्र राज्यमा आयोजित एक सम्मान समारोहमा सहभागी १२ जनाको मृत्यु भएको छ भने अन्य थुप्रैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। चर्को घाम लागेको बेला सरकारद्वारा प्रायोजित घण्टौँ लामो कार्यक्रम खुला मैदानमा भएको थियो। प्रतिष्ठित सामाजिक अभियन्ता सम्मानार्थ आइतवार आयोजित कार्यक्रममा हजारौँ मानिस उपस्थित थिए।

    कार्यक्रममा आएका धेरै मानिसले शरीरमा पानीको कमी भएको र अन्य गर्मीसँग सम्बन्धित समस्याबारे जानकारी गराएका थिए। भारतमा सबैभन्दा गर्मी हुने अप्रिल महिनामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बाहिर ननिस्किन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्। वित्तीय केन्द्र मुम्बई नजिकैको सहर नवी मुम्बईमा कार्यक्रम आयोजना भएको थियो जहाँ आइतवार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस थियो।

    घटनास्थलका तस्बिरहरूमा हजारौँ मानिस चर्को घाममा चउरमा बसिरहेका देखिन्छन्। त्यहाँ कुनै छाना वा ओतको प्रयोग भएको देखिँदैन। अधिकारीहरूले सञ्चारमाध्यमलाई बताए अनुसार कार्यक्रम स्थलमा खाजाको व्यवस्था गरिएको थियो र चिकित्सकीय सहायता प्रदान गर्न बुथहरू स्थापना गरिएको थियो। तर विपक्षी दलहरूले भने कार्यक्रम अव्यवस्थित भएको आरोप लगाएका छन्। उनीहरूले वर्षको यो समयमा कार्यक्रम आयोजना गर्न नहुने बताएका छन्।

    खारघर इन्टरन्याश्नल कर्पोरेट पार्क भनिने मैदानमा अप्पासाहेब धर्माधिकारी भनेर चिनिने समाजसेवी दत्तात्रय नारायण धर्माधिकारीलाई पुरस्कार प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा भारतका गृहमन्त्री अमित शाह र राज्यको सत्तारुढ भारतीय जनता पार्टी ९बीजेपी०का नेताहरू लगायत शीर्ष राजनीतिकर्मीको उपस्थिति थियो।

    स्थानीय सञ्चारमाध्यमले उक्त कार्यक्रममा लाखौँ मानिस सहभागी भएको र तीन घण्टाभन्दा बढी सञ्चालन भएको उल्लेख गरेको छ। त्यहाँ आएका धेरैले शरीरमा पानीको कमी भएको, रक्तचाप बढेको र थकान महसुस भएको गुनासो गरेका थिए। त्यस्तै करिब दुई दर्जन मानिसलाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ।


    महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले ‘अप्रत्याशित र पीडादायीू घटना घटेको बताए र प्रत्येक मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरे। उनले कार्यक्रममा उपस्थित बिरामीहरूको सरकारले निःशुल्क उपचार गर्ने बताए। विपक्षी दलका नेताहरूले सरकारले जनताको ज्यान जोखिममा पारेको आरोप लगाएका छन्। पूर्व मुख्यमन्त्री उद्धव ठाकरेले घटनालाई उचित ढङ्गले आयोजना नगरिएको र घटनाको छानबिन गर्न आह्वान गरेका छन्।

    कांग्रेसका प्रवक्ता अतुल लोन्धे पाटिलले राज्य सरकारमाथि लापरबाही गरेको आरोप लगाए र अप्रिल महिनामा कार्यक्रम आयोजना गरेको कारण मानिसहरूले ज्यान गुमाएको बताए। सन् १९०१ पहिलो पटक भारतमा पहिलो पटक फेब्रुअरी महिनामा सर्वाधिक उच्च तापमान कायम भएको छ।

    कांग्रेसका प्रवक्ता अतुल लोन्धे पाटिलले राज्य सरकारमाथि लापरबाही गरेको आरोप लगाए र अप्रिल महिनामा कार्यक्रम आयोजना गरेको कारण मानिसहरूले ज्यान गुमाएको बताए। भारतमा यो वर्ष फेब्रुअरीमा सन् १९०१ उच्च तापमान भएको ‍ रदेशको मौसम विभागले मार्च र मे बीचमा गर्मीको लहर बढ्ने सम्भावना पनि पूर्वानुमान गरेको छ।

  • भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

    भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

    काठमाडौं । भारतमा अपहरणमा दोषी ठहर गरिएका एक जना पूर्व राजनीतिज्ञलाई उनका भाईसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ। अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा तीन जना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन्।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए। उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा लिइएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका सुरक्षा निकायलाई ‘उच्च सतर्कता’मा राखेका छन्। विपक्षी नेताहरूले सुरक्षामा भएको उक्त लापरबाहीले कानुनी शासनमाथि प्रश्न खडा गरेको टिप्पणी गरिरहेका छन्।

    अपहरणमा दोषी ठहर गरिएका अतिक अहमदमाथि हत्या र आक्रमणहरू गरेका अभियोग छ। उनले नौ वर्षअघि सांसद पदबाट राजीनामा दिएका थिए। अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानी हत्या गरिदिएका थिए। भिडिओमा अहमद र उनका भाइ असरफले हतकडी लगाएको र उक्त घटना हुनु केही सेकेन्डअघि पत्रकारहरूसँग बोलिरहेको देख्न सकिन्छ। स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको समयमा पत्रकारहरूसँग कुरा गरिरहँदा उनीहरूमाथि गोली प्रहार गरिएको थियो।

    सामाजिक सञ्जाल र टेलिभिजन च्यानलहरूमा व्यापक रूपमा साझा भइरहेको फुटेजमा अहमदलाई छोराको अन्तिम संस्कारमा सहभागी भए या नभएकोबारे सोधिएको छ। क्यामेरामा उनले बोलेका अन्तिम शब्दहरू थिए, “उनीहरूले हामीलाई लगेनन् त्यही भएर हामी गएनौँ।” पत्रकारको भेषमा आएका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पत्रकारको भेषमा आएका भनिएका तीन सन्दिग्ध हमलाकारीहरू घटनास्थलमा मोटरसाइकल चढेर पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमा अर्का एक पत्रकार र एक जना प्रहरी घाइते भएका छन्। शनिवार रातिको उक्त घटनापछि मूख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको आदेश दिँदै उत्तर प्रदेशका जिल्लाहरूमा ठूला भीडहरूमाथि प्रतिबन्ध लगाएका छन्।


    अहमदले हत्या र आक्रमणको अभियोग खेपिरहेको उत्तरप्रदेशको प्रयागराजमा प्रहरी हिरासतमा रहेका उनी र उनका भाइलाई ल्याइएको थियो। दुवै जना गएको एप्रिलमा महिनामा फेब्रुएरीमा हत्या गरिएका उमेश पालको मुद्दासँग जोडेर पक्राउ परेका थिए।

    सन् २००५ मा बहुजन समाज पार्टीका सांसद राजु पालको हत्या गरिएको घटनामा उमेश मुख्य प्रत्यक्षदर्शी थिए। अहमदलाई सन् २०१९ मा अपहरणमा दोषी पाइएपछि जेलमा थुनिएको थियो। हत्या आरोपमा खोजी गरिएका अतिक अहमदका छोरा असद र अर्का व्यक्ति अघिल्लो हप्ता प्रहरीसँगको झडपमा मारिएको भनिएको थियो।

    अघिल्लो महिना भारतको सर्वोच्च अदालतले अहमदको याचिकामा सुनुवाइ गर्न अस्वीकार गरेको थियो। त्यसमा उनले प्रहरीबाट आफ्नो ज्यान जोखिम रहेको बताएका थिए। उत्तर प्रदेशमा हिन्दु राष्ट्रवादी बीजेपी दलले शासन गरिरहेको छ र विपक्षी दलहरूले उक्त हत्या सुरक्षा लापरबाहीका कारण भएको टिप्पणी गरेका छन्। “यूपीमा अपराध शिखरमा पुगेको छ र अपराधीहरूको मनोबल उच्च छ,” विपक्षी समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले लेखेका छन्।

    उनले प्रहरीको सुरक्षा घेरा भित्र गोली हानेर कसैको ज्यान लिन सकिने अवस्थाले सर्वसाधारणको सुरक्षामा प्रश्न खडा गरेको सङ्केत गरेका छन्। उक्त घटनाले भयको वातावरण उत्पन्न गराएको भन्दै उनले केही व्यक्तिहरू योजनाबद्ध रूपमा नै त्यसो गर्न लागिपरेको हुनसक्ने बताए। पछिल्लो ६ वर्षमा उक्त राज्यमा विभिन्न अभियोग खेपिरहेका १८० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्। अधिकारवादीहरूले गैर न्यायिक हत्यामा प्रहरी संलग्न रहेको आरोप लगाए पनि राज्यका अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

  • जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

    जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

    काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा आक्रमण भएको छ । यद्दपी उनको प्रअरीले सुरक्षित उद्धार गरेको छ । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको बीबीसीले जनाएको छ ।

    घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक भएका छन्। जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो। किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर एउटा वस्तु फ्याँकिएको थियो।

    अघिल्लो वर्ष जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो। त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए। उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो। देशको पश्चिमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो। टेलिभिजन फूटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ।

    एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो वस्तु प्रहार गरिएको जनाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो। जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमले शनिवारका लागि पूर्वनिर्धारित आफ्ना कार्यक्रमहरूलाई किशिदाले निरन्तरता दिने जनाएका छन्।

    घटनास्थलमा रहेकी एक जना महिलाले एनएचकेसँग भनिन्, “म स्तब्ध भएँ। मेरो मुटु अझै पनि तीब्र गतिमा धुकधुक गरिरहेको छ।” अर्का व्यक्तिले एउटा वस्तु हावामा उडिरहेको देखेको बताउँदै त्यसबाट आफूलाई ‘डर लागेको र आफू एकदमै चाँडै दौडिएको’ बताए। “त्यसपछि हामीले एकदमै ठूलो आवाज सुन्यौँ। त्यसले गर्दा मेरी छोरी रोइन्।”

    अर्का प्रत्यक्षदर्शीले विस्फोटक सामग्री प्रहार गरिएको भनेर कसैले भनेपछि त्यो पड्किनुअघि नै मानिसहरू डरले तितरबितर भएको जनाए। किशिदाको दल लिबरल डेमोक्र्याटिक पार्टीका नेता हिरोसी मोरियामाले चुनावी अभियानको बीचमा यस्तो हुनु खेदजनक भएको बताए। उनले भने, “यो माफी दिन नसकिने जघन्य अपराध हो।” जापानमा हिंसात्मक हमलाहरूलाई दुर्लभ मानिन्छ। अघिल्लो वर्ष चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री आबेको हत्या गरिएपछि राजनीतिज्ञहरूको सुरक्षालाई लिएर त्यहाँ चिन्ताहरू देखिएको छ।

  • सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

    सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

    काठमाडौं । सुडानको सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५ जनाको ज्यान गएको छ । अरु १ सय ८३ जना घाइते भएका छन् । सुडानी सेना र र्यापिड सपोर्ट फोर्स अर्धसैनिक समूह (आर.एस.एफं) बीच झडपका घटना भैरहेका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको सीएनएनले उल्लेख गरेको छ । हिजो बिहानैदेखि दुई पक्षबीच झडप सुरु भएको हो ।

    अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको खबरमा उल्लेख छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् । सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ ।

    सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । आर.एस.एफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ । परिषद्को प्रमुखमा सेनाका समेत प्रमुख रहनुभएका जनरल अब्देल फताह अल–बुर्हान हुनुहुन्छ ।

    नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आर.एस.एफ.लाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिकामा बनाएको छ । आर।एस।एफ। ले समायोजन १० वर्ष पछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आर.एस.एफ बीच विवाद छ ।

  • टेक्ससको डेरी उद्योगमा विष्फोट, १८ हजार गाई मारिए

    टेक्ससको डेरी उद्योगमा विष्फोट, १८ हजार गाई मारिए

    काठमाडौं\बीबीसी । अमेरिकाको टेक्ससस्थित एउटा डेरी उद्योगमा भएको विस्फोटनमा झन्डै १८,००० वटा गाईको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। केही दिनअघि डिम्मिट नगरनजिकै अवस्थित साउथ फोर्क डेरीमा उक्त विष्फोटन भएको थियो। उक्त घटनामा परी एक व्यक्ति पनि गम्भीर भएका छन्। अधिकारीहरूले उक्त डेरीका उपकरणबाट निस्किएको आगोको झिल्को मीथेन ग्यासमा पुगेको हुनसक्ने अनुमान गरेका छन्। सन् २०१८ देखि सन् २०२१ सम्म अमेरिकाका विभिन्न ठाउँमा भएका आगलागीमा फार्ममा पालिएका झन्डै ३० लाख चौपायाको मृत्यु भएको थियो।

    क्यास्ट्रो काउन्टीको प्रशासनका अनुसार उक्त फार्ममा आगो लागेको जानकारी सोमवार मात्रै प्राप्त भएको थियो। उक्त कार्यालयले पोस्ट गरेको तस्बिरमा भुइँबाट ठूलो धुवाँको मुस्लोमाथि उडिरहेको देखिन्छ। प्रहरी र आपत्कालीन सेवाका व्यक्तिहरू घटनास्थलमा पुग्दा उनीहरूले एक व्यक्ति त्यहाँ फसेको फेला पारेका थिए। उनलाई उद्धार गरी अस्पताल पठाइएको छ। गाईबस्तुको डकार र अपानवायुमा मीथेन ग्यास हुन्छ र गोबरबाट पनि यो अतिज्वलनशील ग्यास बन्छ।

    ‘गोबर र पानीलाई सोहोर्न प्रयोग गरिने भ्याक्यूम’ जस्तो एउटा उपकरणबाट आगलागी भएको हुनसक्ने उनले केएफडीएलाई बताए। उनले भने, “सायद त्यो तातो भयो र सम्भवतः मीथेन र अरू त्यस्तै पदार्थ फैलियो र विस्फोटन भयो।” साउथ फोर्क डेरीमा विस्फोटन भएपछि उद्धार टोली पुगेको थियो । उक्त आगलागीमा मारिएका गाईबस्तुको स्पष्ट सङ्ख्या थाहा हुन सकेको छैन। तर काउन्टी प्रशासन कार्यालयले ू१८,००० चौपाया मारिएकोू हुनसक्ने जानकारी बीबीसीलाई दिएको छ।

    स्थानीय सञ्चारमाध्यम केएफडीएसँग कुरा गर्दै शेरिफ साल रिभेराले दूध दुहुनका लागि लैजाने ठाउँअघि गाईहरूलाई राख्ने ठाउँमा आगो फैलिएपछि अधिकांश चौपायाहरू मरेको बताए। “केही जीवितै पनि फेला परेका छन्,” उनले भने, “कतिपय निको हुन नसक्नेगरी घाइते भएकाले उनीहरूलाई नष्ट गरिनुपर्ने अवस्था छ।” बीबीसीलाई पठाइएको एउटा विज्ञप्तिमा वाशिङ्टन डीसीमा मुख्यालय रहेको एनिमल वेलफेअर इन्स्टिट्यूट (एडब्ल्यूआई)ले यदि १८,००० चौपाया मृत्यु भएको पुष्टि भए त्यो आफूले सन् २०१३ यता तथ्याङ्क राख्ने थालेदेखिकै सबैभन्दा खराब घटना भएको जनाएको छ।

    “हामी यो विषयमा उद्योगहरूले ध्यान दिऊन् भन्ने चाहन्छौँ र उनीहरूलाई अग्निसुरक्षाका उपायहरू अवलम्बन गरून् भन्न चाहन्छौँ,” एडब्ल्यूआईकी पलिसी अशोसिएट एली ग्रयाङ्गरले भनिन्, “जिउँदै जल्नुभन्दा अरू पीडादायी अवस्था कल्पना गर्न पनि सकिँदैन।’ एडब्ल्यूआईका अनुसार सन् २०१३ यता फार्महरूमा लागेका आगलागीमा ६५ लाख पशुपक्षीको ज्यान गएको छ। त्यसमध्ये ६० लाखवटा कुखुरा र ७,३०० गाई रहेको बताइएको छ। सन् २०१८ देखि सन् २०२१ सम्म आगलागीमा परेर ३० लाख चौपायाको मृत्यु भएको थियो।

  • हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी

    हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी

    एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ प्रक्षेपण गरेको दाबी गरेको छ।

    ठोस इन्धन प्रयोग भएको ‘ह्वासोङ–१८’ नामक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तरले जनाएको छ। उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार बिहीबार दक्षिण कोरिया र जापानी सीमामा उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो।

    “सैन्य बलको महत्त्वपूर्ण रणनीतिका लागि बिहीबार नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको छ,” केसीएनएले भनेको छ, “यो चमत्कारपूर्ण सफलता हो।” थ्री स्टेज क्षेप्यास्त्रका रूपमा व्याख्या गरिएको ह्वासोङ–१८ प्योङयाङ नजिकैबाट परीक्षण गरिएको समुद्रमा खस्नुअघि एक हजार किलोमिटरसम्म उडेको थियो।

    जापानको होक्काइदो टापु नजिकै भएको आक्रमणपछि बिहीबार त्यहाँ केही समय स्थानीय रेल रद्द गरिएको थियो। स्कुल पनि समयभन्दा पछि खुलाइएको थियो।

    आफ्नी छोरीका साथमा क्षेप्यास्त्र परीक्षणको प्रत्यक्ष अवलोकन गरेका उत्तर कोरियाली राष्ट्रपति किम जोन उनले भनेका छन्, “यस परीक्षणपछि शत्रुहरू अत्यधिक त्रास र चिन्ताले ग्रस्त हुनेछन्।” साथै, किमले ह्वासोङ–१८ ले उत्तरको आक्रामक सैन्य रणनीतिलाई सघाउने बताएका छन्।

    उत्तरले ठोस इन्धन प्रयोग गरी लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको पहिलो पटक हो। यसअघि उसले ठोस इन्धन प्रयोग भएको छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरिसकेको छ। विज्ञले प्योङयाङको हतियार कार्यक्रममा अहिलेको परीक्षणलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको बीबीसीले जनाएको छ।

    उत्तर कोरियाले १२ वटा छुट्टाछुट्टै कार्यक्रममा गरी यस वर्ष मात्रै ३० वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको छ। राष्ट्रपति किमले वास्तविक युद्धका लागि तयार हुन आफ्नो सेनालाई निर्देशन दिँदै आएका छन्।

  • युक्रेनमा पश्चिमा मुलुकका सैनिक खटिएको खुलासा

    युक्रेनमा पश्चिमा मुलुकका सैनिक खटिएको खुलासा

    काठमाडौं । युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बल रहेको खुलासा गरेको छ । एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको बीबीसीले लेखेको छ । केहीमा अति गोप्य समेत लेखिएको चुहिएका दस्तावेजहरूले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ। जसमा युक्रेनको वसन्त याममा गरिने भनिएका प्रत्याक्रमणको तयारीका संवेदनशील विवरण समेत छन्। अमेरिका सरकारले उक्त चुहावटको स्रोतबारे आफूले अनुसन्धान गरिरहेको जनाएको छ।


    २३ मार्चको लेखिएको उक्त दस्तावेजका अनुसार यूकेले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता पठाएको छ। त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र द नेदरल्यान्ड्सले एउटा पठाएका छन्। उक्त दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे खुलाएको छैन।
    सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्छ। तर ‘स्पेसल फोर्स’ भनिने विशेष फौजहरू उनीहरूका स्वभावैले निकै प्रभावकारी हुन्छन्।

    युक्रेनमा रहेको उनीहरूको उपस्थितिले मस्कोलाई क्रुद्ध पार्न सक्छ। पछिल्ला महिनामा रुसले आफू युक्रेनसँग मात्र नभएर नेटोसँग लडिरहेको तर्क गर्दै आएको थियो। यस्ता विषयमा आफ्नो विशिष्ट नीतिकै लयमा रहेर यूकेको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन। तर मङ्गलवार एक ट्विटमार्फत गोप्य सूचना भनिएका चुहावटमा गम्भीर तहका गल्तीहरू देखिएको जनाएको छ। उसले भनेको छ, ठाडै लगाइएका आरोपलाई कसरी लिने भन्ने विषयमा पाठकहरू सजग हुनुपर्छ जसले गलत सूचना फैलाउन सक्छ।

    कुन खास दस्तावेजलाई उसले त्यसरी इङ्गित गरेको भनेर उसले थप बताएको छैन। यद्यपि ती दस्तावेजहरू वास्तविक रहेको भन्दै पेन्टागनका अधिकारीहरूलाई उद्धृत गरिएका छन्। युक्रेनमा दुवैतर्फ भएका मानवीय क्षतिको विवरण राखेको एक दस्तावेजका सङ्ख्या तोडमोड गरिएको देखिन्छ। यूके स्पेशल फोर्सेस कैयौँ विशिष्ट सैन्य क्षमता भएका सैनिकहरू हुने गर्छन् र त्यो संसारकै सबैभन्दा सक्षममध्येमा गनिन्छ। अमेरिकासहितका देशहरूभन्दा फरक आफ्ना स्पेशल फोर्सेसबारे प्रतिक्रिया नजनाउने ब्रिटिश सरकारको नीति रहेको छ।

    युक्रेनको प्रखर समर्थक रहँदै आएको यूकेले किएभलाई अमेरिकापछि सबैभन्दा धेरै सैन्य सहायता गर्दै आएको छ। अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आफ्नो देशको न्याय मन्त्रालयले एक फौजदारी अनुसन्धान सुरु गरेको र आफू उक्त चुहावटको स्रोत पत्ता लगाउन प्रतिबद्ध रहेको बताएका छन्।

  • म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु

    म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु

    काठमाडौं । म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो । आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको सङ्ख्या भने पुष्टि भइसकेको छैन । सन् २०२१ मा सत्तामा आएदेखि सेनाले आफ्ना विरोधीहरूविरुद्ध हवाई आक्रमण गरिरहेको छ ।

    सागिङका समुदायले म्यानमारमा सैन्य शासनको चर्को विरोध गर्दै आएको छ । उनीहरूले छुट्टै फौज बनाएका छन् । साथै आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन् । म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको ज्यान गइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन् । अहिले म्यानमारको झन्डै एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक रहेको राष्ट्र सङ्घले बताएको छ ।

  • दलाई लामाले किन माग्नु परेको हो माफी ?

    दलाई लामाले किन माग्नु परेको हो माफी ?

    काठमाडौं । दलाई लामाले एक बालकलाई मेरो जिब्रो चुस भनेको सुनिने भिडिओ सार्वजनिक भएपछि भारतमा निर्वासनमा रहेका ती तिब्बती धर्मगुरुले क्षमा मागेका छन्। लामाको कार्यालयका अनुसार उनले ती बालक र उनको परिवारसँग आफ्नो शब्दका कारण पुगेको चोटका लागि क्षमायाचना गरेका हुन्।

    उक्त भिडिओमा दलाई लामाले ती बालकलाई ओठमा चुम्बन गरेको पनि देखिन्छ। उहाँ आफूले भेटेका मानिसहरूलाई सार्वजनिक स्थान र क्यामराअगाडि प्रायः अबोध र रमाइलो किसिमले जिस्काइरहनुहुन्छ। उहाँलाई यो घटनामा पश्चात्ताप छ, उनको कार्यालयले भनेको छ। उक्त भिडिओ सार्वजनिक भएपछि दलाई लामाको धेरै आलोचना भएको छ।


    दलाई लामाको कार्यालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार ती बालकले दलाई लामालाई अङ्कमाल गरौँ भनेर सोधेका थिए। प्रतिक्रियामा दलाई लामाले आफ्नो गाला देखाउँदै पहिला यहाँ भने। ती बालकले दलाई लामालाई गालामा चुम्बन गरे अनि अँगालो हाले। त्यसपछि ती बालकको हात समाएर दलाई लामाले आफ्ना ओठ देखाउँदै यहाँ पनि भने अनि ती बालकको ओठ चुमिदिए।

    त्यसपछि दलाई लामाले ती बालकको निधारसँग आफ्नो निधार जुधाए र आफ्नो जिब्रो मुखबाट बाहिर निकाल्दै भने, मेरो जिब्रो चुस। त्यो सुनेर अरू मानिसहरू हाँसे। बालक र दलाई लामा दुवै जनाले आआफ्नो जिब्रो बाहिर निकाले। त्यसपछि फेरि अङ्कमाल गर्दै दलाई लामाले ती बालकसँग केही बेर कुरा गरे। उनले ती बालकलाई शान्ति र खुसी सिर्जना गर्ने असल मानव बन्ने सुझाव दिए।

    उक्त घटना गत फेब्रुअरी २८ मा भारतको धरमशालास्थित उनको मन्दिरमा भएको बताइएको छ। उक्त दिन दलाई लामाले १२० जना विद्यार्थीसँग अन्तर्क्रिया गरेका थिए। उक्त अन्तर्क्रिया आयोजना गर्ने संस्थाले मार्च महिनामा भएका कार्यक्रमका तस्बिरहरू सामाजिक सञ्जालमा प्रकाशित गरेको थियो। तीमध्ये अहिले चर्चामा रहेको भिडिओमा देखिने बालकसँग अङ्कमाल गरेको तस्बिर पनि छ। तिब्बती परम्परामा कसैलाई अभिवादन गर्न मुखबाट जिब्रो बाहिर निकाल्ने चलन पनि छ।

    चिनियाँ शासनविरुद्ध विद्रोह भएपछि सन् १९५९ मा तिब्बतबाट भागेका दलाई लामा भारतमा निर्वासनमा छन्। उनको वास्तविक नाम तेन्जिङ ग्यात्सो हो। उनी दलाई लामाका १४ औँ अवतार हुन्। तिब्बतका एक प्रमुख लामाका रूपमा पुजिने दलाई लामालाई तिब्बती बौद्ध परम्पराअनुसार अवलोकितेश्वरको अवतार मानिन्छ।