Category: विश्व

  • इराकले निकाल्यो स्वीडेनका राजदूत

    इराकले निकाल्यो स्वीडेनका राजदूत

    काठमाडौं । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनका राजदूतलाई देश निकाला गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको छ । मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगो लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको र त्यहाँबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो ।

    दक्षिणी इराकको नासिरियामा रहेको अल जजिराका महमूद अब्देलवाहेदका अनुसार बिहीबार बिहानै दूतावासमा प्रदर्शनकारीहरूले प्रभावशाली इराकी शिया धार्मिक र राजनीतिक नेता मुक्तादा अल–सद्रलाई चित्रण गर्ने झण्डा फहराएका थिए । अल–सद्रका समर्थकहरूले बिहीबार स्टकहोममा इराकी दूतावास अगाडि कुरान जलाउने दोस्रो योजनाको विरोधमा दूतावास जलाउनआह्वान गरेका थिए ।

    इराक सरकारले बिहीबार नै स्टकहोमबाट आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको घोषणा गरेको थियो । प्रधानमन्त्री मोहम्मद शिया अलसुदानीले स्वीडेनबाट आफ्नो राष्ट्रका कार्यवाहक राजदूतलाई कुरान जलाएको विरोधमा फिर्ता बोलाएको तथा स्वीडेनको टेलिकम कर्पोरेशन एरिक्सनको इराकमा व्यवसाय सञ्चालन गर्ने अनुमति खारेज गरेको अल जजीराले जनाएको छ ।

    यसैबीच, स्विडेनको विदेश मन्त्रालयले दूतावास घटनाको निन्दा गर्दै इराकी अधिकारीहरूलाई कूटनीतिक नियोग र कूटनीतिज्ञहरूको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । साथै मन्त्रालयले बग्दादस्थित दूतावासका सबै कर्मचारी सुरक्षित रहेका बताएको छ ।

    साउदी अरबले पनि कुरानको अपमान भएकामा त्यसको निन्दा गर्दै रियादस्थित स्विडेनका कूटनीतिज्ञलाई विदेश मन्त्रालयमा बोलाएर विरोधपत्र हस्तान्तरण गरेको छ । मुसलमानहरूको पवित्र तीर्थ भएको मुसलमानबहुल खाडी राष्ट्रले अपमानजक गतिविधि रोक्नेतर्फ गम्भीर भएर लाग्न स्विडेन सरकारलाई अनुरोध गरेको छ । रासस\एएनआई

  • मणिपुरमा महिलामाथि अमानवीय यौन उत्पिडनको भिडियो सार्वजनिक, भारतभर आक्रोस

    मणिपुरमा महिलामाथि अमानवीय यौन उत्पिडनको भिडियो सार्वजनिक, भारतभर आक्रोस

    काठमाडौं । पूर्वी भारतको मणिपुर राज्यमा दुई महिलालाई पुरुषहरूको समूहले निर्वस्त्र बनाएर सडकमा हिँडाएको भिडिओ सार्वजनिक भएपछि भारतभर चर्को आक्रोश उत्पन्न भएको छ। प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढाइएको र एक आरोपितलाई पक्राउ गरिएको जनाएको छ। अर्का एक सन्दिग्ध व्यक्तिको खोजी भइरहेको छ।

    सांसदहरूले उक्त घटनाबारे छलफल गरिनुपर्ने माग गरेपछि बिहीवार भारतको सङ्घीय संसद्‌को बर्खे अधिवेशन अवरुद्ध भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाले “भारतलाई लज्जित बनाएको” भन्दै घटनाका “दोषीलाई उम्किन नदिने” बताएका छन्।

    मणिपुरबारे मोदीले पहिलो पटक सदनमा बोलेका हुन्। विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा जारी हिंसाबारे नबोलेको भन्दै उनीमाथि प्रश्न उठाउँदै आएका थिए। मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले यो घटनाका दोषीहरूलाई आफूले मृत्युदण्ड दिन लगाउने प्रयास गर्ने बताएका छन्। “म पूरै राष्ट्रलाई विश्वस्त तुल्याउन चाहन्छु कि कानुन आफ्नो बाटो समाउँछ। मणिपुरका छोरीहरूमाथि जे भएको छ त्यसलाई कहिल्यै माफी दिइने छैन,” मणिपुरमा हिंसा सुरु भएको दुई महिनापछि आफ्नो मौनता भङ्ग गर्दै उनले भने।

    ूमणिपुरको घटनाले मेरो मन दुखेको छ। कुनै पनि सभ्य समाजका लागि यो लज्जाको विषय हो। पाप गर्ने कति जना छन् र को हुन् त्यो कुरा आफ्नो ठाउँमा छ तर यसबाट पूरै भारतको बेइज्जत भइरहेको छ। म मुख्यमन्त्रीहरूलाई आआफ्ना राज्यमा कानुन व्यवस्था सुदृढ बनाउन आग्रह गर्छु, मोदीले भने।
    भारतको सर्वोच्च अदालतले पनि महिलामाथि भएको आक्रमणबारे चासो देखाएको छ। प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले उक्त भिडिओले आफूलाई विचलित बनाएको भन्दै त्यसबारे यथोचित कदम चाल्न सरकारलाई भनेका छन्।

    सर्वोच्च अदालतले यो घटनालाई आफ्नो जानकारीमा लिँदै पूरा घटनाबारे जुलाई २८ मा सुनुवाइ गर्ने बताएको छ। प्रहरीका अनुसार पीडित महिलाहरूमाथि गत मे ४ मा आक्रमण भएको थियो। तर भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि बिहीवार मात्रै उक्त घटनाबारे समाचार प्रकाशित भयो। भारतको सङ्घीय सरकारले सबै सामाजिक सञ्जाल प्रदायकहरूलाई आफ्नो सञ्जालबाट उक्त भिडिओ हटाउन निर्देशन दिएको छ। विगत साढे दुई महिनादेखि मणिपुरमा मैतेई र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वका घटनामा १३० जनाको ज्यान गएको छ भने ६०,००० जना विस्थापित भएका छन्।

    GETTY IMAGES\BBC

    दुई महिलालाई मानिसहरूको भिडले निर्वस्त्र हिँडाएको भिडिओ बुधवार सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। उक्त भिडिओमा ती दुई महिलालाई भिडले समातेर घिसार्दै खेतमा धकेलेको देखिन्छ। भिडिओमा देखिएकी एक महिलाको उमेर झन्डै २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष जति रहेको बताइएको छ। आदिवासी जनजातिहरूको संस्था आईटीएलएफले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार काङ्गपोकपी जिल्लामा कुकी-जो आदिवासी समुदायका महिलाहरूलाई त्यसरी यातना दिइएको थियो।

    उक्त संस्थाले उनीहरूमाथि सामूहिक बलात्कार समेत भएको दाबी गरेको छ। दिल्लीस्थित बीबीसी संवाददाता गीता पाण्डेका अनुसार दङ्गा र द्वन्द्वमा महिलामाथि हिंसा हुने गरेको सबैलाई थाहा भएकै कुरा हो अनि उनीहरूलाई सजाय दिन यौन हिंसा र बलात्कारका घटना समेत हुने गरेका छन्। कुकी समुदायका ती आमा र छोरीलाई मणिपुरमा भिडले निर्वस्त्र बनाएर सडकमा हिँडाएको तथा कुटपिट र दुर्व्यवहार गरेको घटना यसमध्येकै पछिल्लो उदाहरण हो। मणिपुरमा फैलिएको साम्प्रदायिक हिंसा रोक्न प्रयासमा सरकारले सेना परिचालन गरेको छ

    भिडिओमा ती महिलाहरू रुँदै गरेको, पीडाका कारण चिच्याएको र आक्रमणकारीहरूलाई आफूहरूप्रति दया देखाउन याचना गरिरहेको हृदयविदारक दृश्य देखिन्छ। यो घटनाका आरोपितलाई मानिसहरूको आक्रोश बढ्दै गएका कारण घटनाको ७८ दिनपछि मात्रै पक्राउ गरिएको थियो। पीडित महिलाहरूले दुई महिनाअघि नै प्रहरीमा उजुरी दिएका थिए। सार्वजनिक भएका भिडिओमा हिंसामा संलग्न मानिसहरू स्पष्ट रूपमा चिनिने भए पनि प्रशासनले चासो दिएको थिएन।

    तर भिडिओ सामाजिक सञ्जालहरूबाट फैलिँदै गएपछि बढेको ठूलो जनआक्रोशपछि भारतमा यो घटनाबारे धेरैको ध्यानाकृष्ट भयो। यसले यौन हिंसाको घटनाका पीडितहरूका पक्षमा राज्यको बेवास्ताबारे प्रश्नहरू उठेका छन् र प्रधानमन्त्री मोदी आफैँ यो जातीय हिंसाबारे बोल्न बाध्य भएका छन्।

    “गाउँमा आगो लगाएर र एक अधबैँसे र अर्का एक किशोरको हत्यापछि महिलाहरूमाथि सामूहिक करणी भएको थियो,” आदिवासीहरूको संस्था आईटीएलएफले दाबी गरेको छ। प्रहरीका अनुसार अपहरण, सामूहिक बलात्कार र हत्याको अभियोग स्थानीय प्रशासनमा दर्ता भएको छ।
    सङ्घीय मन्त्री स्मृति इरानीले उक्त घटनालाई “भर्त्सनायोग्य र अतिअमानवीय” भनेकी छन्। विपक्षी दलका धेरै नेताहरूले भारतीय जनता पार्टीको सरकारलाई हिंसा मत्थर गर्न कुनै कदम नचालेको भन्दै आलोचना गरेका छन्।

    भारतीय कङ्ग्रेसकी नेत्री प्रियङ्का गान्धी वाद्राले “मणिपुरका महिलाहरूमाथि भएको यौन हिंसाका तस्बिरहरू हृदयविदारक भएको” टिप्पणी गरेकी छन्। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाको भर्त्सना गरेका छन्। “यस प्रकारका जघन्य अपराधहरू भारतीय समाजमा सह्य हुँदैनन्,” उनले भनेका छन्।

    BBC

  • भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक

    भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक

    काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ ।

    सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्‍याउने उल्लेख गरिएको छ । भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल लगायत मुलुकमा समेत मूल्य बढ्ने अनुमान गरिएको छ । भारतको धान निर्यातकर्ता संघ (आरईए)का अध्यक्ष बीभी कृष्ण रावले सरकारले धानको खरिद मूल्य बढाउने कदम चालेकाले मूल्य बढेको बताए । ‘सरकारले कल्याणकारी योजनाहरुको लागि आवश्यकभन्दा बढी मौज्दात राखेको छ, त्यसकारण निर्यातमा प्रतिबन्ध लगाउन जरुरत छैन’ उनले रोयटर्ससँग भनेका छन् ।

  • महिला विश्वकप आयोजक न्यूजिल्याण्डमा खेल अगाडी गोलाबारी, कम्तिमा २ जना मारिए

    महिला विश्वकप आयोजक न्यूजिल्याण्डमा खेल अगाडी गोलाबारी, कम्तिमा २ जना मारिए

    काठमाडौं । न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

    स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल सुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो । घटना पछि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिंसले राष्ट्रिय सुरक्षाको खतरा नरहेकाले विश्वकप फुटबल प्रतियोगिता योजना अनुसार शुरु हुने बताएका छन् ।

  • मोदी विरुद्ध २६ दलको मोर्चावन्दी

    मोदी विरुद्ध २६ दलको मोर्चावन्दी

    काठमाडौं । भारतमा २६ वटा विपक्षी दलका नेताहरू अर्को वर्ष हुन लागेको आमनिर्वाचनका लागि नरेन्द्र मोदीविरुद्ध रणनीति बलियो बनाउन भन्दै बैठक गरेका छन्। उक्त बैठकमा कङ्ग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायका शीर्षस्थ विपक्षी नेता सहभागी छन्।

    उनीहरूले गठबन्धनको नाम इन्डियन न्याश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स (इन्डिया) तय गरेको जनाएका छन् । मङ्गलवार उक्त गठबन्धनले आफ्नो नेता समेत चयन गर्न सक्ने समाचारहरूमा जनाइएको थियो। तर त्यसबारेमा ११ सदस्यीय एउटा समन्वय समितिले पछि टुङ्गो लगाउने कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताए। चुनावअघि यो विपक्षी दलको दोस्रो ठूलो बैठक हो। उनीहरूले सीट बाँडफाँट लगायतका विषयमा छलफल गरिरहेका छन्।

    दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा भइरहेको दुई दिने बैठकमा कुन दलले कति सीटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल हुँदैछ। तर भारतीय जनता पार्टीसँग जुझ्न एकताबद्ध विपक्षीका लागि समेत ठूलो चुनौती छ। सन् २०१९ मा भाजपाले ५४३ सदस्यीय तल्लो सदन लोकसभामा ३०० भन्दा धेरै सिट जितेको थियो।

    भारतका झन्डै १५ राज्यमा स्वयं वा गठबन्धनको हिस्साका रूपमा भाजपाको सरकार छ (त्यहाँ २८ राज्य र आठ सङ्घ प्रशासित क्षेत्र छन्)। यो घोषित आम्दानीका हिसाबमा भारतको सबैभन्दा धनी दल हो जसको सन् २०२१–२२ को आम्दानी १९.१७ अर्ब भारतीय रूपैयाँ छ। राष्ट्रिय निर्वाचनमा उक्त दलको सबैभन्दा ठूलो शक्ति भनेको नरेन्द्र मोदीको लोकप्रियता हो। राज्य तहका निर्वाचनमा भिन्न दल रोज्नेहरूको मत तान्न समेत उनी सफल देखिन्छन्।


    कङ्ग्रेस आईका नेता राहुल गान्धी गत मार्च महिनामा सांसद पदका लागि अयोग्य ठहरिएका थिए। सन् २०१९ को एउटा चुनावी र्‍यालीमा नरेन्द्र मोदीको थरलाई लिएर व्यक्त अभिव्यक्तिका कारण उनी एक मानहानिको मुद्दामा दोषी ठहर भएका थिए। उनलाई जेल सजाय समेत सुनाइएको थियो। उनको पुनरावेदन सफल नभएसम्म आगामी चुनावमा उनले प्रतिस्पर्धा गर्न पाउने छैनन्।

    @JDUONLIN\BBC

    भिन्न राजनीतिक दर्शनका आधारमा पश्चिम बङ्गालजस्ता राज्य र दिल्लीमा कैयौँ राजनीतिक दल आपसमा भिडिरहेका छन्। राष्ट्रवादी कङ्ग्रेस पार्टीजस्ता केही दलले आन्तरिक फुटसँग जुझिरहेका छन्। अन्य दलले वरिष्ठ नेताहरू बीचमा रहेको एकताको अभाव झेलिरहेका छन्।

    यद्यपि आफ्ना मतभेदलाई छाडेर विपक्षीहरूमाझ बलियो भाजपाविरोधी धारणा विकसित भइरहेको जानकारहरू बताउँछन्। मङ्गलवार कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले एउटा ट्वीटमार्फत् बैठकको उद्देश्य आफूहरूका लागि शक्ति संचय गर्नु नभई प्रजातन्त्र, धर्मनिरपेक्षता र सामाजिक न्यायको संरक्षण गर्नु रहेको बताएका छन्।

    पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले उक्त बैठकलाई एउटा ूफलदायीू अभ्यास बताइन् र त्यसमा ूरचनात्मक निर्णयहरूू लिइने र त्यसको नतिजा ूदेशका जनताका लागि राम्रो हुनसक्नेू बताइन्। समाचारहरूका अनुसार सोनिया गान्धी उक्त गठबन्धनको अध्यक्ष चुनिन सक्छिन्।

    तर त्यसको कुनै औपचारिक पुष्टि भएको छैन। त्यसैगरी भाजपा नेतृत्वको न्याश्नल डेमोक्र्याटिक अलाइन्सले समेत मङ्गलवार नै राजधानी दिल्लीमा गठबन्धनको बैठक गर्दै छ।


    सोमवार भाजपा अध्यक्ष जेपी नड्डाले विपक्षीहरूको बैठकको आलोचना गर्दै त्यसको जग स्वार्थहरूको राजनीतिमा निर्भर रहेको बताएका थिए।
    बीबीसीको सहयोगमा

  • अन्न निर्यात रोक्ने रुसको घोषणा, के पर्छ प्रभाव ?

    अन्न निर्यात रोक्ने रुसको घोषणा, के पर्छ प्रभाव ?

    काठमाडौं । रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले हिजो नै म्याद समाप्त भएको बताएको हो । रुसले लामो समयदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ । यो घोषणापछि रुसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्यादबारे जानकारी पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको यो सम्झौता राम्ररी कार्यान्वयन नभएको आरोप लगाउँदै रुसले त्यसलाई पालना नगर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुने बित्तिकै त्यसमा फर्किन सक्ने बताएका छन् ।


    अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रुर निर्णय भनेको छ । संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाएका छन् । जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ । रुसको यो निर्णयले संसारभर नै अन्नको मूल्यमा ठूलो उतार चढाव आउन सक्ने बताइएको छ ।

  • दक्षिण कोरियामा भारी वर्षा र डुबान, कम्तिमा ३७ जना मारिए

    दक्षिण कोरियामा भारी वर्षा र डुबान, कम्तिमा ३७ जना मारिए

    काठमाडौं । दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा बर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ ।

    प्रान्तहरूका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ भने केही क्षेत्रहरूमा गत हप्ता नौ सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको थियो । उत्तरी ग्योङसाङ प्रान्तमा नौ जना अझै बेपत्ता छन् भने दक्षिणपश्चिमी जियोला, चुङछियोङ र ग्योङसाङ प्रान्तमा मङ्गलबारसम्म २५० मिलिमिटरसम्म थप वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बाढी, आवास भत्किने र पहिरोका कारण देशभर मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारी साधनबाट नौ जनाको शव फेला परेको छ । अविरल वर्षाका कारण १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । एएफपी

  • ट्वीटरको आम्दानी आधाले घटेको मस्को स्वीकारोक्ति

    ट्वीटरको आम्दानी आधाले घटेको मस्को स्वीकारोक्ति

    काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् । एक ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताउँदै भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’

    उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका छन् । टेस्ला र स्पेसएक्स जस्ता बिख्यात कम्पनीका मालिक मस्कले ट्वीटर खरिद गरेदेखि नै ट्वीटरको स्थिति सम्हालिन सकेको छैन ।

    उनले विज्ञापनदाता शीर्ष अधिकारीहरुलाई कम्पनीबाट हटाउने, कर्मचारी कटौती गर्ने, भेरिफाइड अकाउन्ट भनेर चिनिने निलो टिक मार्क पैसा तिरेपछि मात्रै पाउने लगायतका निर्णयहरु गरेका छन् । सुधारको नाममा उनले गरेका विभिन्न निर्णयहरु आलोचित समेत भएका छन् ।

    यही बीचमा ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटा कम्पनीको थ्रेड्स आएको छ । असन्तुष्ट ट्वीटर प्रयोगकर्ताहरु थ्रेड्समा आकषिर्त भएका बेला मस्कले भने त्यसविरुद्ध कानुनी कारबाही थाल्ने चेतावनी दिएका छन् ।

  • एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत ए भिड्दै

    एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत ए भिड्दै

    काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।


    उता भारत ए ले पहिलो खेलमा यूएई ए लाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ । इमर्जिङ कपमा नेपालले हरेक खेल जितको मानसिकतासहित खेल्ने प्रतियोगिताअघि रोहितले बताएका थिए ।

    भारत ए को कप्तानी यू-१९ विश्वकप विजेता कप्तान यस डुलले गर्नेछन् जहाँ इन्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको वर्चस्व छ । नेपालले अगष्ट-सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।

  • अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि

    अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि

    काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् ।

    ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए ।

    मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ।’ गत वर्ष आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व विजेता बनाएका मेसीले भने ।

    मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । उनले भने, ‘यो उत्कृष्ट अवसर हो र हामी सबै मेलर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’

    इन्टर मियामीका को ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् ।

    यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध हुने लिग कपको पहिलो खेलमा लागि मेसी उपलब्ध हुनेछन् ।

    बार्सिलोनामा दुई दशक बिताएपछि २०२१ मा पीएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे । गत सिजन उनले १६ गोल र १६ असिस्ट गरे ।

    मेसीले बार्सिलोनाका लागि ६७२ गोल गरे र १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कप जिते ।

  • अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ

    अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको एउटा नयाँ प्रतिवेदनले महत्त्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूले पूर्ण रूपमा आर्थिक स्रोत प्राप्त गरेपछि सन् २०३० सम्ममा संसारबाट एड्स उन्मुलन हुने दिशामा रहेको जनाएको छ। एचआईभी लागेका ६५ प्रतिशत मानिसहरू सब(सहारा अफ्रिकामा बस्छन्। सो क्षेत्रले एड्सको उन्मुलनको क्षेत्रमा ठूलो फड्को मारेको छ। बोत्स्वाना, इस्वाटीनी, रुवान्डा, तान्जिनिया र जिम्बाब्वेले ’९५(९५(९५’ लक्ष्य पुरा गरिसकेको यूएनएड्सले जनाएको छ।

    यसको अर्थ एचआईभी भएर बाँचिरहेका ९५ प्रतिशत मानिसहरूलाई आफ्नो एचआईभीको अवस्थाका बारेमा थाहा छ भने त्यस्तो जानकारी भएका ९५ प्रतिशत व्यक्तिहरूले एन्टीरेट्रोभाइरल उपचार प्राप्त गरिरहेका छन्। उपचार पाइरहेका ९५ प्रतिशत व्यक्तिहरूले भाइरसलाई दबाइदिएका छन् जसले त्यो भाइरस अरूमा सार्ने सम्भावना लगभग समाप्त पारेको छ। सब(सहारा अफ्रिकाका थप ८ सहित अन्य १६ देशहरू पनि उक्त लक्ष्यको नजिक छन्।

    “एड्सको अन्त्य आजका नेताहरूका लागि एउटा शक्तिशाली उदाहरण प्रस्तुत गर्ने अवसर हो,” यूएनएड्सकी कार्यकारी निर्देशक विन्नी ब्यानयीमाले भनिन्।
    उनले भनिन्, “यसले लाखौँको जीवन जोगाउँछ र सबैको स्वास्थ्य रक्षा गर्छ। यसले नेतृत्वले के गर्नसक्छ भन्ने देखाउँछ।” तर यूएनएड्सले कम तथा मध्य आय भएका देशहरूलाई साढे ८ अर्ब डलर बजेट अभाव रहेको उल्लेख गरेको छ।

    सन् २०२२ मा प्रत्येक एक मिनेटमा एक जनाले एड्सका कारण ज्यान गुमाइरहेको उल्लेख गर्दै त्यस्तो प्रगति जुन बेला पनि गुम्नसक्ने उसको भनाइ छ। “यो प्रतिवेदनमा तथ्य र तथ्याङ्कले हामी त्यो दिशामा छौँ भन्ने देखाउँदैन तर हामी त्यता हुनसक्छौँ भनिएको छ,“ ब्यानयीमाको भनाई छ।

    तर कैयौँ चुनौतीहरू सम्बोधन हुन बाँकी छन्। प्रत्येक हप्ता ४ हजार किशोरी र कम उमेरका महिलाहरूमा एचआईभीको नयाँ सङ्क्रमण थपिने गर्छ। र प्रगतिका बाबजुद सन् २०२२ का नयाँ एचआईभी सङ्क्रमणका ६३ प्रतिशत घटना सब(सहारा अफ्रिकाका महिला र किशोरीमा देखिएको थियो।

    एचआईभी खोपको परीक्षण युगान्डा, तान्जिनिया र दक्षिण अफ्रिकामा भइरहेको छ । दक्षिणी अफ्रिकाको वोत्स्वानामा किशोरीहरू खतरामा छन्। त्यहाँ आफूभन्दा धेरै बढी उमेरका पुरुषहरूले किशोरीहरूलाई सिकार बनाउने हुँदा त्यसलाई ‘अन्तर(पुस्ता यौन सम्बन्ध’ का रूपमा चित्रण गर्ने गरिन्छ।

    गाओन ३२ वर्षकी महिला हुन् र उनलाई स्कूले छात्राहुँदा नै एचआईभीको सङ्क्रमण भएको थियो। “मलाई एक जना नजिकका आफन्तले धेरै सहयोग गर्ने गर्थे। तीसको दशकको उमेर रहेका उनी म भन्दा दुई गुणा बढी उमेरका थिए। मैले उनलाई विश्वास गरेँ। उनले त्यसको फाइदा उठाए र मसँग यौन सम्बन्ध राखे।”

    गाओन ले सन् २०१२ देखी एन्टीरेट्रोभाइरल औषधि लिइरहेकी छन्। दुई सन्तानकी आमा रहेकी उनले आफ्ना बच्चाहरू एचआईभी नेगेटिभ रहेको बताइन्। उनी अहिले अभियानकर्ताका रूपमा काम गर्छिन्। उनका अनुसार अहिले पनि समुदाय खुला रूपमा ‘बलात्कार’ र ‘यौन शोषण’ बारे छलफल गर्न तयार छैन।

    “कतिपय दिनमा, म पाँच जनासम्म महिलाबाट आफूभन्दा बढी उमेरका अधिकांश अवस्थामा आफन्तबाट एचआईभी सरेको जानकारी पाउने गर्छु। यदि पुरुषहरूले सुन्दैनन् भने हामी के गर्न सक्छौँ,” उनी प्रश्न गर्छिन् । सबै तथ्याङ्कले एचआईभी सङ्क्रमित महिलाको तुलनामा स्वास्थ्य सहयोग लिन पुरुषहरूमा हिचकिचाहट रहेको देखाएको छ। वोत्स्वानाले धार्मिक नेताहरूलाई प्रयोग गरेर पुरुषहरूको त्यस्तो व्यवहार बदल्ने र एचआईभी सङ्क्रमण रोक्ने प्रयास गरिरहेको छ। धार्मिक गुरुहरू पनि सचेतना अभियानमा लागेका छन्

    बाँकी विश्वमा उक्त प्रवृत्ति त्यति सकारात्मक छैन। राष्ट्रसङ्घका अनुसार एक चौथाइ नयाँ एचआईभी सङ्क्रमण सन् २०२२ मा एसिया प्रशान्त क्षेत्रमा देखिएको थियो। पूर्व युरोप र मध्य एसियामा पनि निरन्तर नयाँ सङ्क्रमण उकालो लागिरहेको छ। त्यसै गरी मध्यपूर्व र उत्तर अफ्रिकामा पनि त्यस्तै प्रवृत्ति देखा परेको छ। राष्ट्रसङंघले सीमान्तकृत जनसङ्ख्यामा एचआईभी नियन्त्रणका सेवाहरूको अभाव र एलजीबीटीक्यूप्लस समुदायलाई अपराधी करार गर्ने कानुनका कारण त्यस्तो भएको उल्लेख गरेको छ।

    तर पीआरइपी नामक उपचार पद्धतिले केही आशा भने दिएको छ। पूर्वी एसियाको कम्बोडियाले जोखिममा रहेका यौनकर्मी एवं समलिङ्गी तथा पारलैङ्गिक समुदायलाई ती औषधि निःशुल्क उपलब्ध गराएको छ। दैनिक रूपमा सेवन गर्नुपर्ने चक्की एचआईभीको उपचारको लागि प्रयोग गरिन्छ। एचआईभी नेगेटिभ व्यक्तिले पनि निरोधात्मक औषधिका रूपमा त्यसलाई लिनसक्छन्।
    बीबीसी

  • भारतले चन्द्रमामा पठायो आफ्नै चन्द्रयान

    भारतले चन्द्रमामा पठायो आफ्नै चन्द्रयान

    काठमाडौं । भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ । प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताएका छन् । प्रमुख एस सोमनाथका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ ।

    योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल रोभर पुर्याउने भारत पहिलो देश बन्ने छ । यस्तै चन्द्रमामा रोभर पुर्याउने चौथो दशे बन्ने छ । चन्द्रमाको यो भागको अहिलेसम्म नक्साङ्कन भएको छैन । चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ । त्यहाँ ठूलाठूला खाडल र भिरहरू छन् । केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सियससम्म छ।

    चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ । त्यहाँको सतहको अन्वेषण गर्दा सौर्यमण्डलको निर्माणसँग सम्बन्धित रहस्योद्घाटन पनि हुन सक्छ । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिइएको आफ्नो चन्द्र अभियानलाई असफल हुन नदिन सबै उपाय अपनाएको बताएको छ ।

    चन्द्रयान–३ अभियानका लागि भारतले झन्डै ८ करोड डलर खर्च हुने अनुमान गरेको छ । ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन सकिएको थिएन ।

  • आइसीसीले अब महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार दिने

    आइसीसीले अब महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार दिने

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ । आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्वपूर्ण क्षण भएको बताएका छन् ।

    ‘यो हाम्रो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो। म खुशी छु कि आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्,’ उनले भनेका छन् । पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको उनले बताए । अब आईसीसी महिला विश्वकप, महिला टी-२० विश्वकप र यू-१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए ।

    उनले अगाडि थपे, ‘समान पुरस्कार राशीमा पुग्ने स्पष्ट लक्ष्यका साथ, हामीले सन् २०१७ देखि महिला प्रतियोगिताहरूको पुरस्कार राशी बढाएका थियौं । अबदेखि, आईसीसी महिला क्रिकेट विश्वकप जित्दा आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार राशी हुनेछ र टी२० विश्वकप र यू–१९ विश्वकपमा पनि उस्तै हुनेछ ।’

  • यमुना नदीको जलसतह बढ्दा दिल्लीमा बाढी

    यमुना नदीको जलसतह बढ्दा दिल्लीमा बाढी

    काठमाडौं । यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र ‘‘खतराको तह’’ पार गरिसकेको बताएका छन्। अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरु भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्।

    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्। रोयटर्स समाचार संस्थाका अनुसार बुधवार दिल्लीमा यमुना नदीको किनारमा रहेका छाप्रामा बस्ने मानिसहरू सहरमा स्थापना गरिएका २,५०० शिविरमध्ये केहीमा सरेका थिए।

    ‘‘जलसतह बढ्ने क्रम जारी छ त्यहाँको अवस्था बाढी आएजस्तो छ,’’ केजरीवालले पानीको सतह ‘‘अझै बढ्न सक्ने’’ जनाउँदै सञ्चारकर्मीहरूसँग भने। मौसमी मनसुनका बेला हुने वर्षा भारतको लागि निकै महत्त्वपूर्ण मानिन्छ तर यो सामान्यतया प्रत्येक वर्ष जनधन क्षतिको कारक पनि बन्छ। भारतले पछिल्ला वर्षहरूमा बढ्दो रूपमा चरम मौसमको अनुभूति गरेको छ।

    उत्तर भारतका अधिकांश क्षेत्रमा चरम गर्मीको लहर महसुस गरिएको केही साता पछि लगातार वर्षा भएको छ। बाढीका कैयौँ कारक छन्। तर विज्ञहरू विश्वव्यापी तापमानका कारण उत्पन्न जलवायु परिवर्तनले अत्यधिक वर्षाको सम्भावना बढाउने विज्ञहरूले औँल्याएका छन्।
    बीबीसीको सहयोगमा

  • युक्रेन बन्न सकेन नेटोको सदस्य, यस्तो छ कारण

    युक्रेन बन्न सकेन नेटोको सदस्य, यस्तो छ कारण

    काठमाडौं । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को दुई दिन चलेको सम्मेलनमा प्रमुख राष्ट्रहरूले युक्रेनलाई थप हतियार सहयोगको प्रतिबद्धता जनाएका छन् । लिथुआनियाको विलनियसमा मंगलबार र बुधबार भएको सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्विडेन नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन ।


    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सदस्यता प्राप्तिमा ढिलाइ र कुनै अवधि पनि नतोकिएपछि सम्मेलनअघि नै असन्तुष्टि जनाएका थिए । उनले ट्वीट गर्दै यदि युक्रेनलाई नेटोको सदस्यता दिनेबारे कुनै अवधि नतोकिने हो भने यो सम्मेलन निरर्थक रहेको बताएका थिए । सम्मेलनमा नेटोका प्रमुख जेन्स स्टोल्टेनवर्गले युक्रेनलाई सदस्यता दिनेबारे कुनै निर्णय नभएको बताएका छन् । तर, उनले युक्रेन नेटोमा सहभागी हुन नजिक पुगेको धारणा राखेका थिए ।

    नेटोले सन् २००८ मा युक्रेन भविष्यमा संगठनमा आबद्ध हुन सक्ने जनाएको थियो । तर, हालै मात्र ‘फास्ट ट्र्याक’ बाट सदस्यता दिनेबारेमा पनि कुनै निर्णय हुन सकेन । नेटोको प्रावधानअनुसार यदि यसमा आबद्ध कुनै पनि देशमाथि अन्य देशबाट आक्रमण भएमा आक्रमणकारी देशविरुद्ध नेटोले युद्धको घोषणा गर्नुपर्नेछ ।

    यदि अहिले युक्रेनलाई सदस्य दिने हो भने नेटोले रुसविरुद्ध युद्धको घोषणा गर्नुपर्नेछ । यद्यपि, युक्रेनले युद्धको समयमा नेटोमा सहभागी हुन नसकिने प्रावधानलाई स्वीकार गरेको छ । तर उसले जतिसक्दो छिटो नेटोको सदस्यता पाउन जोडबल गरिरहेको छ ।

    युक्रेनले सदस्यता पाउन पहिले आर्थिक, राजनीतिक र सैन्य योग्यताहरू पूरा गर्नुपर्ने नेटोको भनाइ छ । यस्तै, हाल नेटोले युक्रेनलाई सहयोग गरिरहेको र सदस्यता दिएपछि रुसविरुद्धको युद्धले अझै ठूलो रुप लिने भएकाले पनि ढिलाइ भइरहेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेन नेटो सदस्य बन्न अझै तयार नभएको बताएका थिए । सम्मेलनअघि उनले एक अन्तर्वार्तामा युद्धको क्रममा युक्रेनलाई सदस्यता दिन नसकिने र उसले अन्य योग्यता पूरा गर्नुपर्ने उल्लेख गरेका थिए ।

    सम्मेलनको अन्त्यमा राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्दै जी–७ राष्ट्रमार्फत युक्रेनलाई सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । युक्रेनको स्थल, हवाई र सामुद्रिक गरी तीनै तहको रक्षा क्षेत्रलाई अत्याधुनिक सैन्य उपकरण सहयोग गरिने उनले बताएका हुन् । ‘हाम्रा सबै सहकर्मीहरूको सहमति छ कि युक्रेनको भविष्य नेटोमा नै छ,’ बाइडेनले भने, ‘हाम्रो सहयोग निरन्तर र भविष्यसम्म रहने स्पष्ट पार्छौं ।’

    REUTERS\BBC

    युक्रेन नेटोको सदस्य नबने पनि जी–७ बाट सहयोग पाउने भएको छ । सुरक्षा प्रबन्धमा रक्षा उपकरण, प्रशिक्षण र प्रविधि हस्तान्तरण हुनेछ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई गरिने सहयोगबाट रुसलाई बलियो सन्देश जाने बताए । यस्तै, युक्रेनलाई अमेरिकाबाट प्राप्त एफ–१६ जेट विमान उडानका लागि आगामी अगस्टदेखि पाइलहरूलाई रोमानियामा प्रशिक्षण दिइने पनि सहमति भएको छ ।

    सन् १९४९ मा स्थापना भएको नेटोमा सुरुवाती समयमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्सलगायत १२ देश सहभागी थिए । पछिल्लो सयम युरोप र उत्तर अमेरिकाका गरेर ३१ सदस्य रहेको नेटोमा अब स्विडेन पनि थपिएको छ । नेटोमा आबद्ध देशहरूमा कतैबाट आक्रमण भएमा सबैले प्रतिरक्षा गर्ने सहमति छ । यद्यपि, नेटोको मुखय उद्देश्य भने युरोपमा तत्कालीन सोभियत संघको विस्तार रोक्नु थियो । सन् १९९१ मा सोभियत संघ विघटन भएपछि पूर्वी युरोपका अल्बानिया, बुल्गेरिया, हंगेरी, पोल्यान्ड, रोमानिया, लिथुआनिया लगायत देश सहभागी भएका थिए । युक्रेन पनि नेटोमा सहभागी हुने भएपछि रुसले आफ्नो सुरक्षाको कारण देखाउँदै युद्ध थालेको हो ।

  • आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो

    आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो

    काठमाडौं । टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्रोही समूह इस्लामिक स्टेट ९आईएस० सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ परेका त्यहाँको समाचार समिति अनादोलुलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    आईएससँग सम्बन्ध रहेका अरु केहीको खोजी चलिरहेको छ । सन् २०१३ मा टर्कीले आईएसलाई आतङ्कवादी समूह घोषणा गरेको हो । इस्लामिक स्टेट अलकायदाबाट अलग्गिएर बनेको एउटा सुन्नी सङ्गठन हो । यसले मुख्य गरी सिरियादेखि इराकका भागमा ठूलो सङ्गठन बनाएर गतिविधि गर्दै आएको छ ।

  • भारतमा पहिरोमा परि एकै परिवारका तीन नेपालीको मृत्यु

    भारतमा पहिरोमा परि एकै परिवारका तीन नेपालीको मृत्यु

    काठमाडौं । भारतमा पहिरोका कारण एकै घरका तीन जनाको मृत्यु भएको छ। भारतको हिमाञ्चल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरी तीन जना नेपालीको मृत्यु भएको हो।

    रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्त मुकुन्द खड्कालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । ‘देवबहादुर मेरी ठूली आमाको छोरा दाजु पर्नुहुन्छ,’ खड्काले भनेका छन्, ‘दाजु, भाउजू र उहाँको छोराको पहिरोमा परेको खबर मलाई सँगै रहेका अन्य नेपालीले दिएका हुन्।’

    त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले पनि बिहान साढे १० बजेदेखि ११ बजेको बीचमा अविरल वर्षापछि झरेको पहिरोको कारण उनीहरूको मृत्यु भएको खबर पाएको बताए। क्यारामा विगत तीन-चार दिनदेखि अविरल वर्षा भइरहेको र उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको वडाध्यक्ष खड्काले बताए।

    वडाध्यक्ष खड्काका अनुसार आमा भिमा र छोरा मोहन २२ दिनअघि मात्रै त्यहाँ पुगेका थिए। देवबहादुर भने गत मंसिरतिर सुरूमा उत्तर प्रदेशको पौरी गएका थिए। त्यहाँबाट उनी पछिल्लो समय सिम्ला पुगेका हुन्। भिमाका जेठा छोरा पनि उनीहरूसँगै बस्ने गरेका थिए। तर पहिरो आएको बेलामा बाहिर भएकाले उनी जोगिएका थिए।

  • भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा

    भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा

    काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ हुने सूचना स्कुलहरुले जारी गरेका छन् ।

    पहाडदेखि मैदानी इलाकासम्म वर्षाले जनजीवन कष्टप्रद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कतिपय स्थानमा सडक र पुल बगेका छन् । खेतियोग्य जमिन र घरहरु जलमग्न भएका छन् । कार र दुई पाङ्ग्रे सवारी साधनहरु पानीमा डुबेको देखिन्छ । मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

    राजधानी नयाँदिल्लीमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड रहेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि मौसम विभागले भने दिल्लीमा २४ घण्टामा १५० मिलिमिटर वर्षा भएको जनाएको छ । उत्तर प्रदेशका अधिकांश जिल्लामा भारी वर्षाले चेतावनीको तह पार गरेको छ । आज सोमबार पनि भारी वर्षाको पूर्वानुमान छ ।

    यमुना नदीको बाढी खतराको तहसम्म पुगेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ । अत्यधिक बाढीका कारण हरियाणाको हथिनी कुण्ड ब्यारेजका ढोका खोलेर प्रतिसेकेण्ड एक लाख क्युसेक पानी छाडिएको छ । यससँगै तटीय क्षेत्रका बासिन्दालाई बाढीको चेतावनी जारी गरिएको छ ।

  • सिरियाले बीबीसी माथि लगायो गम्भीर आरोप, मान्यता खारेज

    सिरियाले बीबीसी माथि लगायो गम्भीर आरोप, मान्यता खारेज

    काठमाडौं । सिरिया सरकारले बीबीसीमाथि पक्षपातपूर्ण तथा भ्रामक रिपोर्ट प्रसारण गरेको आरोप लगाएको छ । उसले बीबीसी पत्रकारको मान्यता पनि रद्द गरिदिएको छ । सिरियाको सूचना मन्त्रालयले बीबीसीले व्यवसायिक आचरणको पालनामा चुचेको बताएको छ । हालै ड्रग कारोबारबारे बीबीसीले एक रिपोर्ट बनाएको थियो । जसमा केप्टागोन ड्रगको कारोबार र राष्ट्रपति बशर अल असदको परिवारबीच सम्बन्ध रहेको दावि गरिएको थियो ।

    बीबीसीले भने संस्था निष्पक्ष र स्वतन्त्र पत्रकारितामा अडिग रहेको बताएको छ । बीबीसी न्यूज़ अरबले अघिल्लो महिना एक खोजपूर्ण रिपोर्ट प्रकाशित गरेको थियो । जसमा केप्टागोन ड्रगको कारोबारमा सिरियाका सैन्य बलका वरिष्ठ सदस्य र असद परिवारका बीचमा सम्बन्ध रहेको खुलासा गरेको थियो ।

  • सुडानमा हवाई हमला, कम्तिमा २२ जनामा मारिए

    सुडानमा हवाई हमला, कम्तिमा २२ जनामा मारिए

    काठमाडौं । सुडानमा हवाई हमला भएको छ । जसमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।

    सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् ।

    विद्रोही संगठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन् । यसबारे सेनाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । स्वास्थ्य मन्त्रालयले भने २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    स्थानीयवासीका अनुसार सेनाले विद्रोही समूहलाई लक्षित गरी निरन्तर हवाई हमला गर्दै आएको छ । विद्रोही समूहले पनि ड्रोन र लन्चरको माध्यमबाट जवाफी हमला गर्दै आएका छन् । ओमडुरमन विद्रोही समूहले डारफुरबाट सामान आपूर्ति गर्ने एक महत्वपूर्ण स्थान हो । अहिले सेनाले त्यहीँ आक्रमण केन्द्रित गरेको छ ।

  • १ सय २० भन्दा धेरै देशमा प्रतिवन्धित घातक बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने

    १ सय २० भन्दा धेरै देशमा प्रतिवन्धित घातक बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने

    काठमाडौं । अमेरिकाले सर्वसाधारणको ज्यान लिएको इतिहास भएको क्लस्टर बमहरू युक्रेनलाई उपलब्ध गराउने भएको छ । यस निर्णयको राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्। यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बमहरू आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरणहरू सार्वजनिक भएका थिए। विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन्।

    राष्ट्रपतिले यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको बताए। यद्यपि युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको उनले बताए । युक्रेनका नेताले समयमै लिइएको यस कदमको प्रशंसा गरे भने मस्कोका कूटनीतिज्ञले वाशिङ्गटनको निन्दनीय कार्यको आलोचना गरेका छन्।

    क्लस्टर बमहरू माथि १२० भन्दा बढी देशहरूले प्रतिबन्ध लगाएका छन्। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताए। लिथुआनिआमा आगामी साता हुने नेटो सम्मेलनभन्दा ठीक अघि उक्त निर्णय सार्वजनिक भएको थियो। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रवारको ह्वाइट हाउसको नियमित सम्बोधनमार्फत् अधिकारीहरूले विस्फोट नभएका क्लस्टर अस्त्रहरूबाट ूसर्वसाधारणलाई पर्न सक्ने जोखिमको पहिचान गरेको बताए।


    सुलिभानले युक्रेनमा तोपलगायत अस्त्रहरू सकिएको र अमेरिकाले अस्त्रहरूको उत्पादनमा जोड दिएको अवस्थामा आपूर्ति बढाउनु पर्ने मत राखे। यस द्वन्द्वकालको कुनै पनि घडीमा हामीले युक्रेनलाई प्रतिरक्षाविहीन अवस्थामा छोड्ने छैनौँ उनले भने। उक्त अस्त्रको प्रभावकारितालाई लिएर थुप्रै विवाद सिर्जना भएका छन्। विस्फोट नभएका साना बमहरू वर्षौँसम्म जमिनको सतहमा रहन सक्छन् र एक्कासि विस्फोट हुन सक्छन्।

    बाइडनको यस निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलङ्घन गर्छ। युद्धको प्रारम्भमा रुसले क्लस्टर तथा भ्याक्युम बमहरूको प्रयोग गरिरहेको आरोपबारे ह्वाइट हाउसलाई प्रश्न गरिँदा तत्कालीन प्रेस सेक्रेटरीले त्यो आरोप साँचो भएको खण्डमा त्यो सम्भावित युद्ध अपराध हुने जनाएका थिए।

  • अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए

    अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए

    काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् ।

    गोली चलाउनेको व्यक्तिको पहिचान भएको छैन र उनले गोली किन चलाए भन्ने पनि खुलेको छैन । सोमबार राति साढे ८ बजेतिर फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा गोली चलेको आवाज सुनेपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ एक व्यक्तिले गोली चलाइरहेको र मानिसहरु भुइँमा लडेको दृष्य थियो । प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई केही समयपछि नियन्त्रणमा लियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ ।

  • साफको फाइनलमा भारत र कुवेत भिड्ने

    साफको फाइनलमा भारत र कुवेत भिड्ने

    काठमाडौं । आठपल्टको च्याम्पियन भारत र कुवेतबीच साफ च्याम्पियनसिप २०२३ को फाइनल हुने भएको छ । डिफेन्डिङ च्याम्पियन भारतले शनिबार राति दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो । त्यसअघि कुवेतले पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेको थियो । फाइनल मंगलबार हुनेछ । भारत र कुवेत एउटै समूहमा थिए ।

    लिग चरणको खेल बराबरीमा टुंगिएको थियो । फाइनल पुग्नेक्रममा दुवै टिम अपराजित छन् । बेंग्लुरुस्थित कान्तिरभा स्टेडियममा भएको खेलमा भारत र लेबनानले निर्धारित ९० र थप ३० मिनेट गोलरहित बराबरी खेले । टाइब्रेकरमा भारतीय गोलरक्षक गुरप्रित सिंहले सुरुमै लेबनानी कप्तान हसन माटुकको प्रहार जोगाए । लेबनानका खलिल बाडेरको प्रहार बाहिरिएको थियो । भारतको तर्फबाट भएका चारै प्रहार गोलमा परिणत भए ।

    भारतका लागि कप्तान सुनील क्षत्री, अनबर अली, महेश सिंह र उदान्त सिंहले गोल गरे । लेबनानका वालिद सोर र मोहम्मद साडेकको प्रहार मात्र गोलमा परिणत भयो । भारतले पछिल्लो महिना इन्टरकन्टिनेन्टल कपको फाइनलमा पनि लेबनानलाई हराएको थियो । यसअघि कुवेतले आफ्नो पहिलो सहभागितामै प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो ।

    टोलीको जितमा अब्दुल्लाह अलबुलोसी नायक रहे । कुवेतले बंगलादेशलाई अतिरिक्त समयको गोल मद्दतमा हराएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि अलबुलोसीले अतिरिक्त समयको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।

    पूरा खेल अवधिमा बंगलादेशले बलियो चुनौती पेस गरे पनि निर्णायक मोड आफ्नो पक्षमा पार्न असफल रह्यो । बंगलादेश १४ वर्षयता पहिलोपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको थियो । कुवेत भने साफमा आमन्त्रित दुई टिममध्ये एक हो ।

  • फ्रान्सका राष्ट्रपतिले किन रोके जर्मनी भ्रमणको कार्यक्रम ?

    फ्रान्सका राष्ट्रपतिले किन रोके जर्मनी भ्रमणको कार्यक्रम ?

    काठमाडौं । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरेका छन् । स्टेनमियरको कार्यालयका अनुसार म्याक्रोँले शनिबार जर्मन समकक्षीसँग टेलिफोन वार्ताका क्रममा आफ्नो भ्रमण स्थगन गर्न आग्रह गरेका हुन् ।

    स्टेनमियरले भने, ‘जर्मनी भ्रमण रद्द गर्नुपरेकोमा दुःखी छ साथै छिमेकी देशको स्थितिलाई ध्यानमा राख्दै यस बिषयप्रति पूर्ण समझदार पनि छ ।’ जर्मनीका राष्ट्रपतिको कार्यालयले जतिसक्दो चाँडो हुनेगरी भ्रमणको मिति तय गरिने जनाएको छ । म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन र ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो । यसैबीच, फ्रान्समा प्रदर्शनकारीले ठाउ ठाउमा आगो बालेर आवागमनमाअवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन् ।

    सिएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ । प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ । फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ । सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ ।

    शुक्रबार रातिसम्म ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएका छन् । बिएफएमटिभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन । पेरिसको उपनगरीय शहर नान्टेरेमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्यु भएपछि यो घटना भएको हो । उनलाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको थियो । नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ । एएफपी

  • बंगलादेशलाई हराउँदै कुवेत साफको फाइनलमा

    बंगलादेशलाई हराउँदै कुवेत साफको फाइनलमा

    काठमाडौं । बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
    बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले पराजित गरेको हो । कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले अतिरिक्त समयमा गोल गरे ।

    निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा अलब्लाउसीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै कुवेत पहिलो सहभागितामै साफको उपाधि नजिक पुगेको हो । १४ वर्षपछि सेमिफाइनल खेलेको बंगलादेशको १८ वर्षपछि फाइनल पुग्ने सपना भने पूरा हुन सकेन ।

    बलियो कुवेतलाई १०५ मिनेटसम्म बराबरीमा रोक्न सफल भएपनि एकै गल्तीमा गोल खाँदा बंगलादेश पराजित भयो । कुवेतले अब फाइनलमा शनिबारै हुने भारत र लेबनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । भारत र लेबनाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

  • महाराष्ट्रमा गुड्दै गरेको बसमा आगलागी, २५ जनाको मृत्यु

    महाराष्ट्रमा गुड्दै गरेको बसमा आगलागी, २५ जनाको मृत्यु

    काठमाडौं । भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा खम्बामा ठोकिएको थियो।

    ठक्करका कारण बसको डिजेल ट्याङ्की विस्फोट भएपछि बसमा आगो लागेको थियो। आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको छ। दुर्घटनामा बाँचेका केही यात्रु सिसा फोरेर बाहिर निस्कन सफल भएको प्रहरी अधिकारीले बताएका छन्। घाइते यात्रुहरूलाई उपचारका लागि स्थानीय बुलढाना अस्पताल लगिएको छ। मृतकहरुको अझै सनाखत हुन सकेको छैन। विज्ञहरूले दुर्घटनाको अनुसन्धान गरिरहेका छन्।


    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालयका अधिकारी घटनास्थलमा पुगेका थिए। दमकलले गाडीले आगो निभाउँदासम्म जलन र चोटका कारण केहीको घटनास्थलमै मृत्यु भएको विवरण आएका छन्। दुर्घटनामा बाँचेका यात्रुहरूबाट प्रहरीले घटनाबारे जानकारी लिएको थियो। “म ओर्लने ठाउँ आउन एक घण्टा जति बाँकी थियो। ओर्लने तयारी गर्दागर्दै बस पल्टियो अनि मेरो साथी र म लड्यौँ,’ उनले भने।

    हामी अगाडिको यात्रु सिसा फुटाएर निस्कँदै गरेको देख्यौँ र हामी पनि उनको पछि लाग्यौँ। हामी बसबाट हाम फाल्न सफल भयौँ। उनका अनुसार पल्टिने बित्तिकै बसमा आगो लागेको थियो र आगो बिस्तारै बढ्दै गयो। “हामीले यात्रुहरूको चिच्याहट सुन्यौँ, तर हामीले केही गर्न सकेनौँ।” बुलढाना बस दुर्घटनाबारे बसका मालिक वीरेन्द्र दर्नाले टायर फुटेका कारण बस डिभाइडरमा ठोक्किएर आगो लागेको बताएका छन्।

    समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उनले बस पूर्णतया नयाँ भएको र यसका कागजपत्रहरू पनि व्यवस्थित रहेको दाबी गरे। उनका अनुसार बस चालक अनुभवी थिए। टायर फुटेका कारण बस डिभाइडरमा चढेको र त्यसपछि अत्यधिक प्रज्वलनशील पदार्थमा आगो लागेको चालकले बताएका छन्। महाराष्ट्रका ग्रामीण विकास तथा पञ्चायती राज विभागका मन्त्री गिरीश महाजनले दुर्घटनापछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको बताएका छन्।

    उक्त दुर्घटनापछि चालक र सहचालक त्यहाँबाट भागेका थिए। घटनाप्रति दुःख व्यक्त गर्दै महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुका साथै दुर्घटनाको छानबिन गर्ने पनि घोषणा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाबारे दुख व्यक्ति गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख सहयोगको घोषणा गरेका छन्।

  • पेरिसमा भीषण दंगा, के हो कारण ?

    पेरिसमा भीषण दंगा, के हो कारण ?

    काठमाडौं । पेरिस नजिकै भएको ट्राफिक जाँचको क्रममा मङ्गलवार एक किशोरको गोली लागि मृत्यु भएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा मच्चिएको छ र प्रदर्शनहरू व्यापक बन्दै गएका छन्। सत्र वर्षीय किशोर नाहेल एममाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो।

    घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी मागेका छन्। यद्यपि उनीविरुद्ध गैरकानुनी हत्याको आरोप लागेको छ र अहिले उनी हिरासतमा छन्। मृतकलाई उनी गाडीबाट निस्किँदै गर्दा ‘पोइन्ट-ब्ल्याङ्क रेन्ज’ अर्थात् निकै नजिकबाट निशाना बनाई गोली हानिएको सार्वजनिक विवरणहरूमा उल्लेख गरिएको छ।

    मृतक अल्जेरिअन मूलका हुन् र उनको मृत्युले फ्रान्सेली उपनगरहरूमा प्रहरीले जातीय समुदायलाई लक्षित गरी गर्ने आक्रमणबारेका गुनासोलाई पुनर्जीवित गरेको छ। यसै विषयमा आक्रोशित मानिसहरूका कारण देशभर हिंसा फैलिएको छ। बिहीवार दिउँसो ती युवककी आमाको नेतृत्वमा निस्किएको र्‍यालीमा पनि झडप भएको थियो।

    बीबीसीका यूरोप डिजिटल सम्पादक पल किर्बीका अनुसार मृतक आमाले हुर्काएका एक्लो सन्तान हुन्। उनी ‘टेकअवे खाना’ पुर्‍याउने गाडी चलाउँथे र रग्बी लिगका खेलाडी समेत थिए। उनको शैक्षिक पृष्ठभूमि व्यवस्थित थिएन। उनी आफू बस्ने ठाउँबाट नजिकै एक कलेजमा इलेक्ट्रीशियन बन्ने तालिमका लागि भर्ना भएका थिए तर निकै कम उपस्थित हुन्थे।

    नाहेललाई चिन्ने मानिसहरूले उनी मायालु स्वभावको भएको बताए। उनी आफ्नी आमा मोनियासँगै बस्थे र आफ्नो बुबासँग सम्पर्कमा थिएनन्। प्रहरीले उनको कुनै आपराधिक घटनामा संलग्नता नदेखिएको जनाएको छ। उनले घटना भएको दिन काममा निस्कनुअघि चुम्बन दिँदै भनेका थिए, आई लभ यू मम , म तिमीलाई माया गर्छु आमा।
    दङ्गा नियन्त्रणका लागि शुक्रवार साँझसम्ममा ४५,००० प्रहरी अधिकारीहरूलाई तैनाथ गरिएको थियो। सरकारले क्षेत्रीय अधिकारीहरूलाई रातभर सार्वजनिक सवारी सेवाहरू बन्द गर्न आह्वान गरेको थियो। त्यस्तै अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनहरूबाट जोगाउन भनिएको छ। फ्रान्सका आन्तरिक मामिला मन्त्री डार्मानिनका अनुसार दङ्गाको चौथो रातमा अशान्तिका कारण आर्थिक तथा अन्य गतिविधिमा असर परेको छ।

    बिहीवार राति ९१७ जना पक्राउ परेका थिए भने शुक्रवार राति उक्त सङ्ख्या ४७१ मा सीमित छ। तर, थुप्रै फ्रान्सेली सहरहरूबाट थप हिंसाका विवरणहरू आएका छन्। ती स्थानहरूमा सवारी साधनमा आगो लगाइएको भिडिओहरू सार्वजनिक भएका छन्।
    विशेषगरी मार्सेलीबाट ८७ जनालाई गिरफ्तार गरिएको छ। यस्ता आन्दोलनहरूबाट १३ वर्षसम्मका किशोरहरूलाई समेत हिरासतमा लिइएको छ। पक्राउ परेकाहरूको औसत उमेर १७ वर्ष रहेको मन्त्री डार्मानिनले बताए। फ्रान्सेली फुटबल स्टार किलियान एम्बाप्पेले भनेका छन्, हिंसाले कुनै पनि समस्या समाधान गर्दैन। उनले यस स्थितिलाई शोक, संवाद र पुनर्स्थापनाूको बाटोबाट सुधार्न आग्रह गरेका छन्।

    फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीहरूले घटनाको फाइदा लिइरहेको आरोप लगाएका छन्। उनले हिंसाको निन्दा गर्दै नाहेलको मृत्युपछिको अवस्थालाई हिंसात्मक गतिविधि गर्न प्रदर्शनकारीहरूले प्रयोग गरेको आशङ्का गरेका छन्। उनले हिंसा नियन्त्रणका लागि थप अधिकारीहरू खटाइने बताए पनि देशमा आपत्कालीन अवस्था घोषणा गरिएको छैन।

    माक्रोँले दङ्गामा सहभागी किशोरकिशोरीलाई घरमै राख्न सम्बन्धित अभिभावकलाई आग्रह गरेका छन्। उनले भने,”उनीहरूलाई घरमै राख्नु आमाबुबाको जिम्मेवारी हो।” उनले सामाजिक सञ्जाल सेवा प्रदायकहरूलाई केही सामग्रीहरू हटाउन समेत आह्वान गरेका छन्।


    उनले संवेदनशील प्रकारका सामग्रीहरू हटाउन र हिंसाजनक प्रदर्शन आयोजना गर्न त्यस्ता सञ्जाल प्रयोग गर्ने व्यक्तिहरूको नाम अधिकारीहरूलाई उपलब्ध गराउन आग्रह गरेका छन्। स्न्यापच्याटका एक जना प्रवक्ताले उक्त एपले हिंसा र घृणालाई बढवा दिने सामग्रीप्रति शून्य सहनशीलताूको नीति अपनाउने र स्थितिलाई नजिकबाट अनुगमन गरिरहने बताएका छन्।

    सार्वजनिक सडकमा ३ हजार ८८० भन्दा बढी आगजनीका घटना भएको त्यहाँको आन्तरिक मन्त्रालयको आँकडा छ।विभिन्न ठाउँमा प्रदर्शनकारी र दङ्गा नियन्त्रणमा खटेका प्रहरीबीच झडप भएको छ। कतिपय स्थानमा कर्फ्यु लगाइएको छ।
    बीबीसीको सहयोगमा

  • नारायणगढ-मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यातायात प्रभावित

    नारायणगढ-मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यातायात प्रभावित

    काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ ।


    मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले आज बिहान पनि पहिरो पन्छाउन नसकिएको बताए । ‘पानी परेको छैन, तर पहिरो खसिरहेको छ,’ उनले भने, ‘त्यसैले पहिरो हटाउन सकिएको छैन ।’ पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको उनको भनाइ छ । हिजोदेखि नै जाममा परेका सवारी साधनको लामो लाइन लागेको उनले बताए ।

    बिहीबार बिहान पनि झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो साढे १ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ ।
    काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।

  • टाइटन पनडुब्बीका टुक्रा भेटिए, मानव अववेश रहेको संकेत

    टाइटन पनडुब्बीका टुक्रा भेटिए, मानव अववेश रहेको संकेत

    काठमाडौं\बीबीसी । आन्ध्र महासागरमा घातक दुर्घटनामा परेको टाइटन पनडुब्बीका टुक्राहरूमा मानव शरीरका अवशेषहरू फेला परेको ठानिएको यूएस कोस्ट गार्डले जनाएको छ। पर्यटकहरू लिएर टाइटानिक पानीजहाजको भग्नावशेष भएको स्थानतिर गएको उक्त पनडुब्बीमा अन्तःस्फोटन भएको अनुमान गरिएको छ।

    उक्त पनडुब्बीका टुक्राहरू समुद्रको पीँधबाट सङ्कलन गरेर बुधवार क्यानडाको सेन्ट जोन्समा ल्याइएको छ। अधिकारीहरूका अनुसार फेला परेका सामग्रीमध्ये उक्त पनडुब्बीको ुल्यान्डिङ फ्रेमु र पछाडिको भागको ढक्कन पनि छन्। मानव अवशेष भन्ठानिएका वस्तुको संयुक्त राज्य अमेरिकाका विज्ञहरूले परीक्षण तथा विश्लेषण गर्ने यूएस कोस्ट गार्डले एउटा विज्ञप्तिमा जनाएको छ।


    यूएस कोस्ट गार्डले टाइटन पनडुब्बी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान थालिसकेको छ। उक्त अनुसन्धान अहिले प्रारम्भिक चरणमा छ। कोस्ट गार्डको मरीन बोर्ड अफ इन्भेस्टिगेशन (एमबीआई) ले अहिले सङ्कलित प्रमाणहरू थप परीक्षण र विश्लेषणका लागि सेन्ट जोन्सबाट अमेरिकाको कुनै बन्दरगाहमा लैजाने छ।


    एउटा विज्ञप्तिमा एमबीआई प्रमुख क्याप्टेन जेसन नोयबाउअरले ‘उक्त विनाशकारी दुर्घटना के कारणले भयो भन्ने बुझ्न तथा भविष्यमा त्यस्तो घटना नदोहोरिने सुनिश्चित गर्न अझै प्रशस्त काम गर्न बाँकी छ’ भनेका छन्। गहिरो समुद्रमा निकै विकट स्थानबाट ती प्रमाणहरू खोज्न तथा सङ्कलन गर्न पाएको सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। गत जुन १८ मा भएको दुर्घटनामा टाइटन पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको थियो।

    पानीको माथिल्लो सतहबाट उत्तर आन्ध्र महासागरमा गोता लगाएको झन्डै डेढ घण्टामा झन्डै ३,८०० मिटरको गहिराइमा उक्त दुर्घटना भएको थियो। उक्त यात्रामा त्यसको प्रबन्ध मिलाउने तथा पनडुब्बीको स्वामित्व भएको ओशनगेट कम्पनीका प्रमुख स्टक्टन रश ्(६१), ब्रिटिश अन्वेषक हमिश हार्डिङ (५८), पाकिस्तानी मूलका ब्रिटिश अर्बपति शाहजादा दाउद (४८) र उनका १९ वर्षे छोरा सुलेमान दाउद तथा फ्रान्सेली गोताखोर पोल(अन्री नार्गोले (७७) थिए।
    सुरुमा अधिकारीहरू मृतकहरूको अवशेष फेला पर्नेमा विश्वस्त थिएनन्।

    ूत्यहाँ तल समुद्रको पीँधमा निकै कठोर पर्यावरण छ, पनडुब्बी दुर्घटनामा परेको पुष्टि भएपछि कोस्ट गार्डका एड्मिरल जोन माउगरले भनेका थिए। टाइटानिक पानीजहाजको एउटा भग्नावशेष भएको ठाउँनजिकै टाइटनका पाँचबाट मुख्य टुक्रा फेला परेका छन्।

    मुख्य अनुसन्धानकर्ता क्याप्टेन जेसन नोयबाउअरले पनडुब्बीको भग्नावशेष सङ्कलन गर्नु अनुसन्धानको प्राथमिकता भएको बताएका थिए। उनले मानव अवशेष भेटिए विशेष सावधानी अपनाइनेू बताएका थिए। उनका अनुसार अमेरिका, क्यानडा, यूके र फ्रान्सका निकायहरूले संयुक्त रूपमा अनुसन्धान गर्ने छन्।

    बुधवार बाहिर निकालिएका टुक्राहरूमा कम्तीमा एउटा टिटेनिअमबाट निर्मित ुएन्ड क्यापु, झ्याल हराएको स्थितिको पोर्टहोल र एउटा टिटेनिअम रिङ, ल्यान्डिङ फ्रेम र एन्ड इक्विप्मन्ट बे भएको बीबीसीका विज्ञान संवाददाता जोनाथन एमसले जानकारी दिएका छन्। क्यानडाको पानीजहाज होराइजन आर्क्टिकले ती वस्तु सङ्कलन गर्ने अभियानको नेतृत्व गरेको थियो। उक्त पानीजहाजले पल्याजिक रिसर्च सर्भिसेजको स्वामित्वमा रहेको टाढाबाट सञ्चालन गर्न मिल्ने उपकरण (आरओभी) लगेको थियो।

    सो कम्पनीले आफ्नो काम सकिएको र आफ्नो उपकरण शिविरमा फर्काउन लागिएको जानकारी बुधवार दिएको थियो। यूएस कोस्ट गार्डको एउटा जहाजले क्यानडाको सेन्ट जोन्समा टाइटन पनडुब्बीका भग्नावशेष लगेको थियो । यूएस कोस्ट गार्डको एउटा जहाजले क्यानडाको सेन्ट जोन्समा टाइटन पनडुब्बीका भग्नावशेषहरू लगेको थियो पनडुब्बी सञ्चालनमा पर्याप्त सुरक्षा व्यवस्था नमिलाएको भन्दै ओशनगेटको चर्को आलोचना भएको छ।

    उक्त कम्पनीका पूर्वकर्मचारीहरूले पहिले पनि टाइटन पनडुब्बीबारे चिन्ता व्यक्त गरेको खुलेको छ। उक्त पनडुब्बी कुनै निकायको नियमनमा पनि नपरेको देखिन्छ। बीबीसीले पढेको एउटा इमेलमा रशले टाइटनको सुरक्षाबारे एक विज्ञले व्यक्त गरेको चिन्ताको खण्डन गरेका थिए। इमेलमा नवप्रवर्तनलाई रोक्न सुरक्षासम्बन्धी तर्क गर्नेहरूसँग आफू दिक्क भएको आशय व्यक्त गरेका थिए। जहाजबाट निकालेर ट्रकहरूमा सार्न क्रेनको सहयोग लिइएको थियो

  • पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा

    पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा

    काठमाडौं । निजी भ्रमणका लागि काठमाडौं आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन्। हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहीबार मध्याह्न पाकिस्तान गएका हुन्।

    नीजि विमानमा आएका ज्याक माका साथमा ५ जना चिनियाँ, १ जना अमेरिकी र १ जना डेनिस नागरिक थिए।

    उनी काठमाडौंको द्वारिकाज होटलमा बसेका थिए। उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए।