आजबाट नेपाल-भारत हवाई उडान सूचारु

काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि आजबाट हवाई उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सको जहाज आज काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्दैछ । कोरोना भाइरसको महामारीपछि ११ चैतदेखि सबै प्रकारका उडान अवतरणमा प्रतिबन्ध लागेको थियो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशका एक\एक वायुसेवा कम्पनीले दैनिक दुई वटा उडान गर्ने गरी तालिका तय भएको छ… Continue reading आजबाट नेपाल-भारत हवाई उडान सूचारु

२ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान

काठमाडौं । कोरोना महमारीका कारण बन्द भएको काठमाडौं-दिल्ली रुटमा २ पुसबाट नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले यो रुटमा दैनिक एक उडानको अनुमति पाएको छ । पहिलो चरणमा न्यारोबडी जहाज ए३२० बाट दिल्ली उडान गर्न लागेको निगमले जनाएको छ । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान गर्नेछन् । भारतको तर्फबाट एयर इण्डियाले… Continue reading २ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान

बेलायतमा विदेशीलाई क्वारेन्टिनमा बस्ने अवधि घट्यो, १० दिन बसे पुग्ने

Photo source : AP News

लण्डन । बेलायतले विदेशबाट आउने यात्रु र कोभिड–१९ सङ्क्रमित व्यक्तिको आइसोलेसन तथा क्वारेन्टिनब बसाई अवधि घटाएको छ । बेलायती संचारमाध्यमका अनुसार अब बेलायत जाने विदेशीले १४ दिनको साटो १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने छ । यस्तो नियम शुक्रबार घोषणा गरिएको छ । जुन सोमबारबाट कार्यान्वयनमा आउने छ । वेल्समा भने यसअघि नै सोही नियम… Continue reading बेलायतमा विदेशीलाई क्वारेन्टिनमा बस्ने अवधि घट्यो, १० दिन बसे पुग्ने

फेसबुकलाई टुक्राउन माग गर्दै अमेरिकामा मुद्दा दर्ता

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमाथि गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको आरोप लागेको छ । अमेरिकाका संघीय नियाम निकाय र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले गैरकानुनी कदम चालेको भन्दै फेसबुक बिरुद्ध मुद्दा दर्ता गरेका हुन् । मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले सो कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा… Continue reading फेसबुकलाई टुक्राउन माग गर्दै अमेरिकामा मुद्दा दर्ता

फ्रान्समा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

पेरिस । फ्रान्समा हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । फ्रान्सको अल्पस्मा हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार हेलिकोप्टरमा ६ जना सवार थिए । एक जना गम्भीर घाइते भएका छन् । एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटनामा परेका बताइएको छ । सो हेलिकोप्टर दूर्गम भेगमा उद्धारका दौरान पुगेको थियो ।… Continue reading फ्रान्समा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

बेलायतमा शुरु भयो कोरोना विरुद्धको खोप, ९० वर्षीया वृद्धालाई पहिलो खोप

काठमाडौं । बेलायतले कोरोनाको खोप औपचारिक रुपमा लगाउन शुरु गरेको छ । एक ९० वर्षीया महिलालाई खोप लगाएर देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेको हो । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेटले बेलायती समय अनुसार साढे ६ बजे कोरोनाको खोप लगाएकी हुन्। उनले खोपलाई सबैभन्दा राम्रो जन्मदिनको उपहार बताएकी छन्। उनलाई फाइजर र बायोएनटेकले… Continue reading बेलायतमा शुरु भयो कोरोना विरुद्धको खोप, ९० वर्षीया वृद्धालाई पहिलो खोप

कम्बोडियाले सबै नागरिकलाई कोरोनाको खोप निःशुल्क लगाउने

Photo: Manan Vatsyayana/ AFP via Getty Images

काठमाडौं । कम्बोडियाले आफ्ना सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । प्रधानमन्त्री हुन सेनले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार खोप पुरै जनसंख्याले प्राप्त गर्नेछ । नागरिकबाट खोपवापत सरकारले कुनै शुल्क पनि लिने छैन । उनले निःशुल्क खोप प्रदान गर्ने गरी सरोकारवालासँग परामर्श गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । त्यसका… Continue reading कम्बोडियाले सबै नागरिकलाई कोरोनाको खोप निःशुल्क लगाउने

आज भारत ठप्प पार्दै किसान, मोदी सरकार संकटमा

Photo : Citynews

नयाँ दिल्ली । भारतमा कृषि विधेयकविरुद्ध किसानको आन्दोलन देशव्यापी बनेको छ । त्यसक्रममा कृषकहरुले आज भारत बन्दको आयोजना गरेका छन् । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसहित कैयौं संगठनको स्वतस्फुर्त साथ पाएका किसानहरुले उठाएको विशाल आन्दोलनका कारण मोदी सरकार भने संकटमा पर्दै गएको छ । यसले आसन्न निर्वाचनहरु भारतीय जनता पार्टी (भाजपा)का लागि कठिन हुने संकेत गरेको… Continue reading आज भारत ठप्प पार्दै किसान, मोदी सरकार संकटमा

इयूद्धारा नेपाली नागरिक उड्डयन क्षेत्रको प्रशंसा, हट्ला प्रतिवन्ध ?

काठमाडौं । युरोपियन युनियनले नेपाली नागरिक उडड्न क्षेत्रमा व्यापक सुधार भएको भन्दै प्रशंसा गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारी आज जारी गरेको वक्तब्यमा इयूले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने समेत संकेत गरेको छ। अन्तर्राष्ट्रिय नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको भन्दै यस्तो संकेत गरेको हो । नेपाल सन् २०१३ यता… Continue reading इयूद्धारा नेपाली नागरिक उड्डयन क्षेत्रको प्रशंसा, हट्ला प्रतिवन्ध ?

गाँजालाई लागु औषधको सूचिबाट हटाउने प्रस्तावमा नेपालको मतदान

काठमाडौं । नेपाल गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउनु पक्षमा देखिएको छ । नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई लागु औषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेको हो । नेपालसहित तीन दर्जन मुलुक यस्तो पक्षमा देखिएका छन् । नेपालमा अहिले गाँजामाथिको प्रतिवन्ध हटाउनु पर्ने वहस तिब्र बनेको छ । राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा मतदान भएको… Continue reading गाँजालाई लागु औषधको सूचिबाट हटाउने प्रस्तावमा नेपालको मतदान

नाइजेरियामा बोको हरामको बर्बर आतंक, १ सय १० मजदुरको हत्या

Photo source : postgazette.com

काठमाडौं । नाइजेरियामा बोको हराम समूहले बर्बर आतंक फैलाएको छ । यहाँ एकै पटक १ सय १० मजदुरको हत्या भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख छ । बोको हरामका लडाकुले मजदुरको हत्या गरेका हुन् । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानलाई बाँधेर घाँटी रेटेर बर्बर हत्या भएको हो ।… Continue reading नाइजेरियामा बोको हरामको बर्बर आतंक, १ सय १० मजदुरको हत्या

श्रीलंकामा कारागारमा झडप, कम्तिमा ८ जनाको मृत्यु

कोलम्बो । श्रीलंकामा एक कारागार भित्र भएको झडपमा कम्तीमा ८ जना कैदीको ज्यान गएको छ । कोलोम्बोको महारा कारागारमा कोरोना भाइरसका संक्रमित बढेको भन्दै कैदीले आन्दोलन थालेका थिए । उक्त आन्दोलनमा दमन गरिएपछि भएको झडपमा ती कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । झडपमा ५० जनाभन्दा बढी घाइते भएका छन्। बढी भीडभाड हुने कारागारमा… Continue reading श्रीलंकामा कारागारमा झडप, कम्तिमा ८ जनाको मृत्यु

नेपाल भ्रमण पुरा गरी फर्किए चिनियाँ रक्षामन्त्री

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहे नेपालको एक दिने औपचारिक भ्रमण पुरा गरी बंगलादेश प्रस्थान गरेका छन् । आज बिहान साढे १० बजे काठमाडौं ओर्लिएका उनी आज दिनभर निकै व्यस्त रहे । उनलाई बिहान त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका थिए । त्यसपछि उनलाई नेपाली सेनाले आफ्नो मूख्यालयमा विशेष सम्मान गरेको थियो ।… Continue reading नेपाल भ्रमण पुरा गरी फर्किए चिनियाँ रक्षामन्त्री

चिनियाँ रक्षामन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । पछिल्लो समय चीन र भारतबाट निरन्तर नेपालमा उच्चस्तरीय भ्रमण भइरहेको छ । सोही सन्दर्भमा आज चीनका रक्षामन्त्री नेपाल आउँदैछन् । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो एकदिने औपचारिक भ्रमणका सिलसिलामा काठमाडौं आउँदैछन् । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेट गर्नेछन् । प्रधानसेनापति… Continue reading चिनियाँ रक्षामन्त्री आज नेपाल भ्रमणमा आउँदै

चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने

काठमाडौं । चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने निश्चित भएको छ । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाटको कार्यक्रम राखिएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापासँग समेत उनको औपचारिक भेटघाटको कार्यक्रम छ ।… Continue reading चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने

रुसी भ्याक्सिन भारतमा पनि उत्पादन हुने, वार्षिक १० करोड डोज उत्पादनको लक्ष्य

मस्को । रुसी कोरोना भ्याक्सिन स्पुतनिक भी भारतमा समेत उत्पादन हुने भएको छ । स्पुतनिक भी उत्पादक कम्पनीले स्थानीय साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादनको घोषणा गरेको हो । भारतमा भने हेटेरो नामक औषधि उत्पादक कम्पनीले उत्पादन गर्ने भएको छ । भारतमा वार्षिक १० करोड डोज खोप उत्पादनको सम्झौता भएको छ । हेटेरो भारतको अग्रणी औषधि उत्पादक… Continue reading रुसी भ्याक्सिन भारतमा पनि उत्पादन हुने, वार्षिक १० करोड डोज उत्पादनको लक्ष्य

नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो

काठमाडौं । भारत सरकारले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको छ । नेपा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बर दोस्रो साता भारतमा आयोजना गरिएको परराष्ट्र मन्त्री स्तरीय बैठकका लागि औपचारिक निम्तो दिएका हन् । बैठकको मिति यकिन भएको छैन । तर, डिसेम्बरको दोस्रो साता बैठक… Continue reading नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो

भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेका छन् । काठमाडौं आएसँगै उनी द्धिपक्षीय भेटघाटमा व्यस्त रहे । बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उनले नेपाली भाषामा आफ्नो प्रतिक्रिया दिएका थिए । त्यसक्रममा उनले नेपालमा आउँदा आफु खुसीको भएको बताएका थिए । विदेश सचिवका रुपमा पहिलो भ्रमणका लागि नेपाल आएपछि… Continue reading भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त

भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित

AP Photo\ R.Parthibhan

तमिलनाडु । दक्षिण भारतमा शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीका विभिन्न स्थानमा भारी वर्षा र तीव्र गतिको हावासहित ‘निवार तुफान’ आएको छ । समुन्द्री तटका १ हजार घरपरिवारबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको र जलसेनाका ४० भन्दा बढी उद्धार समुह तयारी अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन्… Continue reading भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित

व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनेछन् । नेपाल र भारतबीचको सम्बन्धमा उचारचढाव आइरहेको समयमा भारतबाट लगातार उच्चस्तरीय भ्रमण भइरहेका छन् । यसअघि गुप्तचर विभागका प्रमुख र सेनाप्रमुखबाट नेपालको भ्रमण भइसकेको छ । त्यसो… Continue reading व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका

म्यानपावर परिसरमा भेटिएको कतारी दूतावासको गाडी

काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको छ । विभागको पूर्व श्रमस्वीकृति नलिई युवालाई कतार पठाउने भन्दै नेपाली युवासँग अन्तर्वार्ता लिएको सूचना विभागमा पुगेपछि टोली त्यहा पुगेको थियो । विभागको टोली र प्रहरीमाथि म्यानपावरका व्यक्तिले हातपातको प्रयास समेत गरेका छन् । कम्पाउण्डमा अन्तर्वार्ता भएको भए पनि विभागको टोली पुगेपछि म्यानपावर… Continue reading युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका

पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

इस्लामावाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा प्रभावकारी रुपमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गरी शैक्षिक संस्था खोलेको थियो । तर, भाइरसको दोस्रो लहरको चपेटामा आएसँगै उसले पुनः विद्यालय बन्दको घोषणा गरेको छ । साथै पाकिस्तानले सबै प्रकारका परीक्षा समेत स्थगित गरिदिएको छ । अब पाकिस्तानमा डेढ महिना लामो प्रतिवन्ध लागेको छ । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार… Continue reading पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

अफगानिस्तानमा २३ राउण्ड रकेट आक्रमण, ८ को मृत्यु

Photo source : The National News

काबुल । अफगानिस्तानको राजधानी काबुलमा घातक रकेट आक्रमण भएको छ । करीव २३ राउण्ड रकेट प्रहार भएको र यो घटनामा कम्तिमा आठ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेको सरकारी अधिकारीले पुष्टी गरेका हुन् । यस घटनामा करीव ३१ जना घाइते छन् । अफगानी गृह… Continue reading अफगानिस्तानमा २३ राउण्ड रकेट आक्रमण, ८ को मृत्यु

चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फङ्गह नेपाल भ्रमणमा आउने भएका छन् । निकट भविश्यमा उनको नेपाल भ्रमणको तयारी भएपनि मिति भने सार्वजनिक गरिएको छैन । केही दिन अगाडी प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटका दौरान रक्षामन्त्रीको भ्रमणबारे छलफल भएको बताइएको छ । अहिले नेपालमा रक्षामन्त्रीको जिम्मेवारी स्वयमः प्रधानमन्त्रीसँग रहेको छ ।… Continue reading चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने

भारतको उत्तर प्रदेशमा जन्ती बोकेको जीप दुर्घटनामा १४ जनाको मृत्यु

File Photo : News Unique

प्रतापगढ । भारतकोे उत्तर प्रदेशस्थित प्रतापगढ जिल्लामा भयानक सडक दुर्घटना भएको छ । जन्ती बोकेको जीप दुर्घटनामा परी कम्तिमा १४ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । त्यसमध्ये ६ जना भने ७ देखि १५ वर्षसम्मका बालबालिका छन् । तिब्र गतिमा रहेको जीप रोकिराखेको ट्रकमा ठक्कर खाएको थियो । जीप कच्याककुचुक भएको र शवहरु ढोका… Continue reading भारतको उत्तर प्रदेशमा जन्ती बोकेको जीप दुर्घटनामा १४ जनाको मृत्यु

युगान्डामा राष्ट्रपतिका उमेदवार पक्राउ, हिंसात्मक घटनामा १६ जनाको मृत्यु

Photo : AP

काठमाडौं । युगाण्डामा राजनीतिक द्धन्द्ध उत्कर्षमा पुगेको छ । प्रहरीले राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेसँगै सडकमा हिंसात्मक झडप भएको छ । यस घटनामा कम्तिमा १६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना युगान्डाको राजधानी कम्पालामा भएको हो । बिहीबार प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा झडप भएको र कम्तिमा… Continue reading युगान्डामा राष्ट्रपतिका उमेदवार पक्राउ, हिंसात्मक घटनामा १६ जनाको मृत्यु

नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सरकारले कोरोना विरुद्ध स्वास्थ्य सतकर्ता नअपनाउनेविरुद्ध कडा कानून ल्याएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना घोषणा गरेको हो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका अनुसार मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताएका छन् । सार्वजनिक… Continue reading नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार माथि

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संसारमा सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्युको संख्याले नयाँ रेकर्ड पार गरेको छ । यहाँ बुधबार साँझसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघेको छ । रोयटर्सका अनुसार अमेरिकामा अहिले संक्रमणको तेश्रो चरण सुरू भएको छ । जसले संक्रमित संख्या पुनः तिब्र दरमा बढिरहेको छ । कोरोनाले अमेरिकी स्वास्थ्य… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार माथि

‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको ढिपीका कारण अमेरिकामा कोरोना भाइरसबाट अझै बढी मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ट्रम्पले सत्ता हस्तान्तरण गर्न मानिरहेका छैनन् । उनी चुनावी परिणामलाई स्वीकार्ने पक्षमा देखिएका छैनन् । तर, उनले सत्ता हस्तान्तरणमा गर्ने ढिलाईले कोरोना संक्रमणविरुद्धको लडाई भने प्रभावित हुने बाइडेनको भनाई छ ।… Continue reading ‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

हङ्कङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

Photo : Hongkong free press

जोर्डन । हङ्कङमा नेपालीले चलाएको एक रेष्टरेन्टमा आगलागी भएको छ । हङ्कङको जोर्डनमा भएको यस घटनामा ७ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार यो रेष्टरेन्ट दर्ता बीना नै संचालनमा थियो । घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति… Continue reading हङ्कङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु