काठमाडौं । सीमानामा रहेको विवादका क्रममा अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध भएको छ । विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थल र हवाई दुबै माध्यमबाट झडप भएको थियो । घटनामा केही घाइते रहेको बताइएको छ । नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै गएको… Continue reading सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए
Category: विश्व
कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे
काठमाडौं । कोरोना भाइरसबाट भएको मानवीय क्षतिको आंकडा १० लाख नाघेको छ । संसारभर सोमबार बिहानसम्म १० लाख ३ सय ५० जनाको ज्यान गइसकेको तथ्यांक छ । अमेरिकामा मात्र कोरोनाबाट ज्यान गुमाउने मानिस २ लाख पुगेका छन् । पछिल्लो २४ घण्टामा २ हजारभन्दा बढी मानिसले ज्यान गुमाएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेहरुको संख्या १० लाख पुगेको… Continue reading कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे
युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु
युक्रेन । यूक्रेनमा एक सैन्य जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार एन्टोनिभ २६ नामक उक्त विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी चढेका थिए । विमानमा २७ जना रहेको बताइएको छ । दुई जना गम्भीर घाइते भएका… Continue reading युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु
फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला
पेरिस । विश्वचर्चित फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डो पटक पटक आंतकवादीहरुको निशानामा पर्दै आएको छ । यहाँ निरन्तर हमला हुने गरेको छ । यसैक्रममा पुनः पत्रिकोका मुख्यालयमा आक्रमण भएको छ । हमलामा दुईजना गम्भीर घाइते भएका छन् । हमलामा इस्लामिक आतंकवादीको भूमिका रहेको फ्रान्सका गृहमन्त्री जेराल्ड डोरमानिनले बताएका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार… Continue reading फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक
काठमाडौं । संसारभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने संक्रमितको संख्या १० लाख नजिक पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ९ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८७२ जनाले ज्यान गुमाएको तथ्यांक छ । यो अवधिमा नेपालमा मात्र १८ जनाको ज्यान गएको छ । जुन सर्वाधिक संख्या… Continue reading विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक
शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता
काठमाडौं । शुक्रबार सार्क राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठक आयोजना हुने निश्चित भएको छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले सहभागिता निश्चित गरेसँगै बैठक समेत संचालन हुने भएको हो । बैठकको नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने छन् । भारत र पाकिस्तान विवादका कारण यी दुबै मुलुकका विदेश मन्त्री सहभागी हुने वा नहुने निश्चित थिएन ।… Continue reading शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता
चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण
काठमाडौं । हुम्लामा नेपाली भूमि मिचिएको समाचारको नेपाल सरकार स्वयमले समेत खण्डन गरेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि चिनियाँ दूतावासले समेत यो समाचारको खण्डन गरेको थियो । पछिल्लो समय चीनले नेपाली भूमिमा भवन बनाएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । बुधबार मन्त्रिपरिषद्… Continue reading चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण
यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्था विश्वमा शान्ती स्थापनार्थ महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी कम विकसित मुलुकको हितमा अझ बढी राष्ट्रसंघबाट अपेक्षा रहने उल्लेख गरे । उनले राष्ट्र संघ यतिबेला… Continue reading यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण
संसारभर सवा तीन करोड मानिसमा कोरोना
काठमाडौं । विश्वभर सवा ३ करोड मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सोमबार बिहानसम्म ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । यो दिन थप ३ हजार ८९१ जनाको कोरोना भाइरसको संक्रमणबाट… Continue reading संसारभर सवा तीन करोड मानिसमा कोरोना
डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ
काठमाडौं । संयुक्त राष्ट्र संघीय खाद्य कार्यक्रम (डब्लुएफपी)ले संसारभर ३० करोड मानिस भोकमरीमा रहेको भन्दै सहयोगको अपिल गरेको छ । कार्यक्रमका प्रमुख प्रमुख डेभिड बेस्लेले संसारभर अर्बपतिसँग यस्तो सहयोगको अपिल गरेका हुन् । उनले अर्बपतिहरुसँग सहयोगको याचना गर्दै भोका व्यक्तिहरुका लागि सहयोग आवश्यक रहेको बताए । संयुक्त राष्ट्र सुरक्षा परिषदमा उनले भोका व्यक्तिलाई समयमै सहयोग… Continue reading डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ
सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी
काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बन्न सफल भएका छन् । फोर्ब्सले सन् २०२० को खेलाडीहरुको कमाई सम्बन्धी सूचि सार्वजनिक गरेको छ । शीर्ष १० को सूचिको पहिलो नम्बरमा मेसी रहेका छन् । उनलाई र्पोचुगिष्ट स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पच्छ्याइरहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष मेसीको वार्षिक… Continue reading सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी
इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता
काठमाडौं । इजरायल र बहराइन बीच शान्ती सम्झौता भएको छ । उनीहरु एकअर्काबीच सम्बन्ध सुधारमा सहमत बनेका छन् । यो सम्झौताका लागि पहल भने अमेरिकाले गरेको हो । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिएका छन् । ट्रम्पले ट्वीटमार्फत एक महिनाको अवधिमा इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो मुलुक भएको उल्लेख गरेका छन् । एक… Continue reading इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता
जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित
टोकियो । जापानमा आइतबार आएको शक्तिशाली आँधीले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । संसारमा बढी प्राकृतिक विपत्तिको सामना गर्ने मुलुकमध्ये एक जापानमा पछिल्लो २५ वर्षयता कै शक्तिशाली आँधी आएको हो । यो आँधिलाई ‘हाइसेन’ नाम दिइएको छ । यद्दपी पूर्वतयारी गरिएका कारण अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । शक्तिशाली आँधीले ११ लाख मानिस प्रत्यक्ष… Continue reading जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित
लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ
लद्दाख । लद्दाखमा केही महिना अगाडी २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक मुडभेडपछि यो क्षेत्र अशान्त बनेको छ । दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा त्यसयता पटक पटक फायरिङका घटना हुन थालेका छन् । सोमबार राती समेत दुबै मुलुकका सेनाले सीमानामा चेतावनी फायरिङ गरेको चीनको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले पुष्टी गरेको… Continue reading लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ
कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो
काठमाडौं । संसारमा सर्वाधिक संख्यामा कोरोना भाइरसको संक्रमण हुने मुलुकमा भारत दोस्रो स्थानमा उक्लिएको छ । यसअघि तेस्रो स्थानमा रहेको भारत सोमबारबाट दोस्रो बनेको हो । सोमबार बिहान भारतले ब्राजिललाई उछिनेको हो । यो सूचिमा सबैभन्दा अगाडी अमेरिका छ । अमेरिका र भारतमा नयाँ संक्रमणको दर समेत उत्तिकै तिब्र गतिमा रहेको छ । वर्ल्डओमिटरले अध्यावधिक… Continue reading कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो
रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति
काठमाडौं । रुसले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको परीक्षणको नतिजा उत्साहजनक आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसले रुसमा कोरोनाविरुद्धको लडाईमा विज्ञान एक कदम अगाडी बढेको वैज्ञानिकहरुको प्रतिक्रिया छ । उता, रुस र इरान खोप उत्पादनमा सहकार्य गर्न समेत सहमत भएका छन् । तेहरानमा कोभिड १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने विषयमा… Continue reading रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति
कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। कोरोना पुष्टि भएका ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा निधन भएको हो। उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ । मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी… Continue reading कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज
इस्लामावाद । दक्षिण एसियाली मुलुक पाकिस्तानले स्कुल र कलेज सुचारु गर्ने भएको छ । प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभर शैक्षिक संस्था खोल्न निर्देशन दिएका छन् । उनका अनुसार दक्षिण एसियाका छिमेकी मुलुकहरुको तुलनामा पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको भन्दै अब गतिविधिहरु संचालन गरिने बताएका छन् । सो को तयारीमा लाग्ने… Continue reading पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज
जापानी प्रधानमन्त्रीद्धारा राजिनामा
टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा गरेका छन्। आफ्नो स्वास्थ्यमा आएको खराबीले दैनिक कामकाज गर्न समस्या भएको भन्दै उनले राजिनामा गरेका हुन् । उनको पदावधि एक वर्ष बाँकि थियो । उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् । आफुले जनताका लागि राम्रो काम गर्न नसक्दा पदमा बस्नुको औचित्य नहुने भन्दै उनले राजिनामाको… Continue reading जापानी प्रधानमन्त्रीद्धारा राजिनामा
लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित
लइजियाना । अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफानले जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ । लोरा नाम दिइएको उक्त आँधीले अहिलेसम्म ६ जनाको ज्यान गइसकेको बीबीसीले लेखेको छ । तीव्र गतिमा आएको हावा र पानीका कारण रुख ढलेका छन् । कमजोर संरचना उडाएको छ । यसले ६ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । लोरा तुफानका… Continue reading लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित
कोरोनाले विश्वभर ८ लाख १६ हजार ९५० ले गुमाए ज्यान
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्व ज्यान गुमाउने व्यक्तिको संख्या ८ लाख १७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा संसारभर ४ हजार ३२८ जनाको मृत्यु भएको छ । यसले समग्र मृत्यु ८ लाख १६ हजार ९ सय ५० पुर्याएको हो । नेपालमा कोरानाबाट १ सय ५७ जनाको ज्यान गइसकेको छ । विश्वभर २… Continue reading कोरोनाले विश्वभर ८ लाख १६ हजार ९५० ले गुमाए ज्यान
महाराष्ट्रमा ५ तले घर भत्कियो, एकको मृत्यु-९० वेपत्ता
महाराष्ट्र । भारतको महाराष्ट्रमा एक पाँच तले घर भत्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । करीव दुई दर्जन मानिस घाइते छन् । भवनमा अझै ९० जना भन्दा बढी वेपत्ता रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये घाइतेको उपचार भइरहेको र उद्धार जारी रहेको प्रहरीले जनाएको छ… Continue reading महाराष्ट्रमा ५ तले घर भत्कियो, एकको मृत्यु-९० वेपत्ता
पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच पेरूमा नाइट क्लव बन्द गरिएका छन् । तर, आदेश विपरित संचालनमा रहेको एक नाइट क्लवमा छापा मार्न प्रहरी पुग्दा भने भागाभाग भएको छ । यो घटनामा १३ को ज्यान गइसकेको र कैयौं घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको… Continue reading पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु
यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो
सारजाह । गत ८ अगष्टमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार एक जना मोरङ र अर्का एक जना तनहुँका युवा हुन् । उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन गरिरहेको दूतावासले जनाएको छ । केही मानिसहरुलाई पक्राउ समेत गरिएको प्रहरीलाई उदृत गर्दै दूतावासले जानकारी… Continue reading यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो
कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण स्पेनिस फ्लुको तुलनामा छिटो नियन्त्रणमा आउने अनुमान गरेको छ । कम्तिमा अबको दुई वर्ष भित्र कोरोना नियन्त्रणमा आइसक्ने संगठनको विश्वास रहेको छ । अहिले संसारभर कोरोना भाइरस विरुद्ध खोपको विकास भइरहेको छ । कतिपय स्थानमा परीक्षणको चरणमा रहेका छन् । सोहीकारण स्पेनिस फ्लुको तुलनामा कोरोना छिटो नियन्त्रणमा… Continue reading कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास
भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिन सर्वाधिक संख्यामा कोरोना भाइरसका संक्रमित थप भएका छन् । २४ घण्टामा ६८ हजार भन्दा धेरै व्यक्तिमा कोरोना पुष्टी भएको हो । यो भारतमा एकै दिन देखिएको सर्वाधिक संख्या हो । भारतमा एकैदिन ६८ हजार पाँच सय मानिसमा कोरोना देखियो । यो अवधिमा ९ सय ८१ जनाको मृत्यु… Continue reading भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए
मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा
काठमाडौं । पश्चिम अफ्रिकी देश मालिमा सैन्य कु भएको छ । सैनिकले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई कब्जमा लिएका छन् । राष्ट्रपति इब्राहिम बुबाकार केयटाले सैन्य हिरासतबाटै राजीनामाको घोषणा गरेको सैनिक समर्थक स्रोतले जानकारी गराएको छ । बीबीसीका अनुसार सैन्य कब्जामै रहेको अवस्थामा उनले टेलिभिजन सम्बोधन गरेका छन् । जहाँ उनले सरकार र संसद् समेत भङ्ग… Continue reading मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा
उत्तर प्रदेशका क्याविनेट मन्त्रीको कोरोनाका कारण मृत्यु
काठमाडौं । पूर्व क्रिकेटर तथा भारतको उत्तर प्रदेशका क्याविनेट सदस्य चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । उनी ७२ वर्षका थिए । भारतीय संचारमाध्महरुका अनुसार उनमा १९ जुलाईमै कोरोना पुष्टी भएको थियो । चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री हुन् । उनको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा भइरहेको थियो । उनलाई… Continue reading उत्तर प्रदेशका क्याविनेट मन्त्रीको कोरोनाका कारण मृत्यु
कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणबाट भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरीको मृत्यु भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना गरिएको थियो। उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका उनलाई हृदयघात भएको थियो । त्यसपछि उनले देहत्याग गरेका छन् । डाक्टरहरुले उनमा ६० प्रतिशत… Continue reading कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च गतिमा बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ पछिल्लो २४ घण्टामा ५३ हजार कोरोना संक्रमित थपिएको तथ्यांक छ । यस अवधिमा ८ सय ८७ संक्रमितको ज्यान गएको छ । अब भारतमा कुल संक्रमितको संख्या २२ लाख ६७ हजार पुगेको छ । भारतमा ज्यान गुमाउने मानिसको… Continue reading भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु