नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा

न्यूयोर्क सिटी काउन्सिलका एक प्रभावशाली उम्मेद्वारले नेपाली भाषालाई सहरको सरकारी कामकाजको भाषा बनाउने उद्घोष गरेका छन् । न्यूयोर्कको २६ नम्बर डिष्ट्रिक्टबाट सिटी काउन्सिल उम्मेद्वार रहेका अमित सिंह बग्गाले नेपाली भाषालाई अमेरिकामा अहिलेसम्मकै सर्बोत्कृष्ठ सम्मान दिलाउने प्रतिबद्धता जनाएका हुन् । डिष्ट्रिक्ट २६ मा क्वीन्स बोरो अन्तर्गतका सन्नी साइट, उडसाइट, लङ आइल्यान्ड सिटी र एस्टोरिया पर्छन् ।… Continue reading नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा

एनआरएनए युसको महिला संयोजक उम्मेद्वार गुरुङलाई न्यू ह्यामसायरका सबै नेपाली संस्थाको साथ

न्यू ह्यामसारयका सबै नेपाली संस्थाले सुन्दरी गुरुङलाई गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी) अमेरिकाको आसन्न निर्वाचनमा महिला संयोजक पदकाका लागि ‘इन्डोर्स’ गरेका छन् ।  राज्यमा १३ वर्षदेखि बसोबास गर्दै आएकी गुरुङ एनआरएनए अमेरिका न्यूह्यामसर च्याप्टरकी वर्तमान उपाध्यक्ष हुन्। राज्यमा सकृय न्यू ह्यामसायर नेपाली समाज (एनएचएनसी), गुरुङ तमु समाज न्यूह्यामसायर, एभरेष्ट लाइन्स क्लव न्यू ह्यामसारयका, फेडरेसन अफ इन्डिजिनियस पिपुल्स अफ नेपाल अमेरिका (फिप्ना) न्यू ह्यामसारयका च्याप्टर, राई किराँत… Continue reading एनआरएनए युसको महिला संयोजक उम्मेद्वार गुरुङलाई न्यू ह्यामसायरका सबै नेपाली संस्थाको साथ

अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता

न्यूयोर्क नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढि रहँदा अमेरिकी माथिल्लो सदन सिनेटको संसदीय समितिमा यो बिषयले प्रवेश पाएको छ । सिनेटको वैदेशिक सम्बन्ध समितिको सुनुवाइमा बुधबार सिनेटरहरुले नेपालमा बढ्दो भाइरस संक्रमण र त्यसमा सरकारले गर्ने सहयोगबारे प्रश्न उठाएका हुन् । कनेक्टिकट सिनेटर क्रिस मर्फी र न्यू ह्यामसायर सिनेटर जिन सहिनले सुनुवाइमा उपस्थित युएसएआइडीका कोभिड-… Continue reading अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता

प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन

न्यूयोर्क राष्ट्रपति जो बाइडेनले बार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा शुक्रबार लालमोहोर लगाउने भएका छन् । मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले जनाएका छन् । अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार… Continue reading प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन

हुक्सेट टाउनको बजेट कमिटीमा गुरुङ, बनिन् सार्वजिनक पदमा चुनिने राज्यकै पहिलो नेपाली

न्यू ह्यामसर छत्रकुमारी गुरुङ हुक्सेट टाउनको बजेट कमिटी सदस्यमा निर्वाचित भएकी छिन् । न्यू ह्यामसर राज्यमै आम मतदाता मार्फत सार्वजनिक जिम्मेवारीमा चुनिने उनी पहिलो नेपाली अमेरिकन हुन् । मंगलबार सम्पन्न निर्वाचनमा गुरुङले सर्वाधिक मत प्राप्त गरिन् । टाउनको बजेट कमिटीमा नौ जना बोर्ड सदस्य रहेका छन् । उनीहरुमध्ये तीन जनाको पदावधि सकिएपछि मंगलबार निर्वाचन भएको… Continue reading हुक्सेट टाउनको बजेट कमिटीमा गुरुङ, बनिन् सार्वजिनक पदमा चुनिने राज्यकै पहिलो नेपाली

अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००

न्यूयोर्कअमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले देशबासीलाई प्रतिव्यक्ति १४ सय डलर राहत दिने प्रस्ताव पारित गरेको छ ।राष्ट्रपति जो बाइडेनले अघि सारेको १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज पारित गर्दै सदनले नागरिकलाई राहत दिने कार्यक्रम एक कदम अघि बढाएको हो । बाइडेनले निर्वाचित भए लगत्तै कोरोना भाइरसको प्रभावसँग जुध्न यो प्याकेज प्रस्ताव गरेका थिए ।रिपब्लिकनहरु… Continue reading अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००

पत्रकारत्रय सिंह, गौतम र थापालाई ईन्जा सामुदायिक पत्रकारिता पुरस्कार

भर्जिनिया । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ । इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनमध्येबाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने… Continue reading पत्रकारत्रय सिंह, गौतम र थापालाई ईन्जा सामुदायिक पत्रकारिता पुरस्कार

अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न

कल्पना घिमिरे/भर्जिनिया अमेरिका नेपाल सहयोगी समाजद्धारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकेडेमी)ले आइतबार आफ्नो पाँचौ बार्षिकोत्सब सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मनाससस्थित सञ्चालित एकेडेमीले अमेरिकामा बसोबास गरिरहेका नेपाली बालबालिकालाई मौलिक नेपाली संस्कृति, परम्परा र नेपाली भाषा सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको हो । बिगत वर्षहरुमा कक्षाकोठामै शिक्षण गर्दै आएको एएनएचएस… Continue reading अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न

अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने

अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो बर्षको बजेट विधेयक पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको झन्डै २० खर्ब (दुई ट्रिलियन) डलरको कोरोना भाइरस राहत प्याकेजलाई पनि बजेटमा समेट्ने व्यवस्था उक्त विधेयकले गरेको हो। अब रिपब्लिकन सिनेटरहरुको समर्थनबिना पनि उक्त राहत प्याकेज पारित हुन सक्छ । बाइडेनले कोरोना भाइरससँग जुध्न १‍‍.९ ट्रिलियन राहत… Continue reading अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने

न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

न्यूह्यामसरन्यूह्यामसर नेपाली समाज युवा नेटवर्कको अगुवाइमा भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्यामसर लगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘जुम’ र फेसबुक लाइभ मार्फत प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यब्यंग्य, खेल, बाद्यवादन देखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरु… Continue reading न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

राष्ट्रपतिय चुनावको परिणाम उल्टाउने ट्रम्प प्रयास सर्बोच्चबाट खारेज

न्यूयोर्क आफु पराजित निर्वाचनको परिणाम उल्टाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास सर्बोच्च अदालतले खारेज गरि दिएको छ । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले परिणाम उल्ट्याउन बिभिन्न हथ्कन्डा जारी राखेका हुन् । यही क्रममा पछिल्लो पटक टेक्सासका महान्यायाधिवक्ताले ट्रम्प हारेका चार राज्यको नतिजा अश्विकार गर्न माग गर्दै सर्बोच्चको… Continue reading राष्ट्रपतिय चुनावको परिणाम उल्टाउने ट्रम्प प्रयास सर्बोच्चबाट खारेज

न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

न्यूह्यामसर राज्यमा स्वयंसेवा प्रवर्धनका लागि अग्रणी संस्था ‘भोल्युन्टर एनएच’ले सकृय समाजसेवीहरुलाई सम्मान प्रदान गरेको छ । बिभिन्न शिर्षकमा प्रदान गरिएको सम्मान चार जना नेपाली व्यक्ती र एक नेपाली संस्थाले समेत पाएका छन् । ‘भोल्युन्टर एनएच’ले बर्षेनी प्रदान गर्दै आएको ‘स्पिरिट अफ न्यूह्यामसर’ अवार्ड कार्यक्रममा यसैपाली थप गरिएको विधा पिपुल्स च्वाइस अवार्डबाट समाजसेवी इश्वरी भट्ट पुरस्कृत… Continue reading न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

बाइडेन-ह्यारिसको जितपछि अमेरिकामा उत्सव, संसारभरबाट बधाई

न्यूयोर्क अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा डेमोक्रेटिक प्रत्याशीहरु जो बाइडेन र कमला ह्यारिस निर्वाचित भएपछि देशभर उत्सव सुरु भएको छ । सबै राज्यमा समर्थक सडकमा उत्रिएर विजयोत्सव मनाउन थालेका हुन् । डेमोक्र्याटहरुले ट्रम्प पराजयसँगै अमेरिकामा घृणा र विभाजनको राजनीति अन्त्य भएको बताएका छन् । बाइडेन र ह्यारिस लेखिएको संकेत हातमा लिएर एवं कोरोना भाइरस संक्रमणबाट जोगिन… Continue reading बाइडेन-ह्यारिसको जितपछि अमेरिकामा उत्सव, संसारभरबाट बधाई

जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित

न्यूयोर्क डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । सिएनन, एनबिसी, फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत सबै प्रमुख मिडियाले शनिबार विहान बाइडेन निर्वाचित भएको घोषणा गरेका हुन् । यसअघि नै २५३ इलेक्टोरल मत पाइ सकेका बाइडेनले पेन्सिलभेनियाको २० इलेक्टोरल मत पाउँदै निर्वाचित भएका हुन् । बाइडेन एरिजोना, जर्जिया र नेभाडाको मत… Continue reading जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित

अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प

October 14, 2020, under clear skies, voters went to a number of locations throughout Fairfax County to cast their ballots early.

१० करोड बढिले ‘अर्ली’ मतदान गरि सकेपछि अमेरिकामा निर्वाचनको दिन सुरु भएको छ । सन् २०१६ मा खसेको कुल मतको ७३ प्रतिशत मतदान चुनावको दिन अघि नै भइ सकेको हो । सोमबार मध्यराती न्यू ह्यामसरको डिक्सभिल नोट्चमा भोट खसाएर ‘इलेक्सन डे’को औपचारिक सुरुवात गरियो । अघिल्लो शताब्धिमा रेलरोडमा काम गर्ने कामदारका लागि मध्यराती वुथ खोल्ने… Continue reading अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प

अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् । तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो ।… Continue reading अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन

न्यूयोर्क अमेरिकामा चुनाव नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याम्पेन आर्थिक संकटमा परेको छ । नगद अभाव भएपछि कतिपय प्रतिश्पर्धी राज्यबाट ट्रम्पले विज्ञापनको बजेट नै कटौति गरेका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि अति महत्वपुर्ण राज्य फ्लोरिडामा चुनावी प्रचारका लागि छुट्याएको २० लाख बढि डलर गत साता स्थानान्तरण गरेका थिए । चुनाव अघिको अन्तिम साता… Continue reading आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन

आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर… Continue reading आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

क्यान्सरको क्रुरतासँग गलेका तामाङ स्वदेश फर्कँदै, आर्थिक सहयोगको अपिल

सुन्दर जीवनको सपना साँचेर अमेरिका आइपुगेका युवा विक्रम तामाङलाई क्यान्सरको गम्भीर संक्रमणले सताएपछि सहयोगका लागि आर्थिक संकलन सुरु गरिएको छ । तामाङलाई गत जुनमा चौथो स्टेजको ठूलो आन्दा (कोलोन) र कलेजो (लिवर) क्यान्सर पुष्टि भएको थियो । इलाममा जन्मिएका तामाङ सात बर्ष अघि अमेरिका आइपुगेका थिए । उनी न्यूह्यामसरको म्यानचेष्टरमा बसोबास गर्दै आएका छन् ।… Continue reading क्यान्सरको क्रुरतासँग गलेका तामाङ स्वदेश फर्कँदै, आर्थिक सहयोगको अपिल

न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई

न्यूह्याम्पसर राज्यमा स्थापित नेपालीभाषीहरुको छाता संस्था न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०२० (पुरुष सिंगल्स) को उपाधि सरोज भट्टले जितेका छन् । शनिबार सम्पन्नफाइनल खेलमा किरण हुमागाईलाई ६–४, ५–७, ६–४ को सेटमा पराजित गर्दै भट्टले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा मनिश हुमागाई र किरण हुमागाईको जोडी बिजयी भएको… Continue reading न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई

ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’

विश्वकै सबैभन्दा शक्तिशाली राजनीतिक केन्द्रको रुपमा रहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पति सहित ह्वाइट हाउसमा कार्यरत तथा निकटका दर्जन बढिलाई संक्रमण पुष्टि भइ सकेको हो । ह्वाइट हाउसकी सिनियर कर्मचारी होप हिक्सलाई बुधबार भाइरस लागेको पुष्टि भएपछि ट्रम्प दम्पतिमा पनि संक्रमण देखिएको थियो… Continue reading ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’

कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित

प्रभात भट्टराई/अमेरिका अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएको सात महिना पछि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई यो भाइरसले समातेको छ । बिहीबार राती ट्रम्पले ट्विट गर्दै आफु र श्रीमती मलेनियालाई भाइरस ‘पोजेटिभ’ देखिएर क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन् । भाइरसबारे सुरु देखिनै ट्रम्पले कमजोर व्याख्या गर्दै आएका थिए । अमेरिकामा भाइरसले कुनै असर नपुर्याउने एवं… Continue reading कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

न्यूयोर्क आफुलाई ‘सेल्फमेड बिलेनियर (स्वनिर्मित अर्बपति)’ दावी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको बर्ष ७५० डलर मात्र आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको छ । टाइम्सले आइतबार साँझ प्रकाशित गरेको सनसनीखेज रिपोर्ट अनुसार पछिल्ला १५ बर्षमा १० बर्ष उनले कुनै कर तिरेका छैनन् । ट्रम्पले लामो समय देखि आफ्नो आयकर विवरण (ट्याक्स रिटर्न्स) सार्वजनिक… Continue reading अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

फाईल फोटो

न्यूयोर्क मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने । विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् । ‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको… Continue reading मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा

न्यूयोर्क राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको उदयसँगै अन्तराष्ट्रिय जगतमा अमेरिकी छवि निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्चको पछिल्लो सर्भेक्षण अनुसार मित्र देशका जनताबीच नै अमेरिकी छवि तिब्र ओरालो लागेको पाइएको हो । अमेरिकाका निकट मित्र राष्ट्रहरु जापान र बेलायतका जनतामध्ये ४१ /४१ प्रतिशतले मात्र अहिलेको अमेरिकाप्रति आफ्नो सकारात्मक धारणा रहेको प्रतिकृया दिएका… Continue reading ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा

अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । महिला अधिकार र समानताको पक्षमा उनले युगान्तकारी फैसलाको अगुवाइ गरेकी छिन् । उनलाई सन् १९९३ मा राष्ट्रपति विल क्लिन्टनले सर्बोच्चको न्यायाधिशमा मनोनित गरेका थिए । अमेरिकी सर्बोच्च अदालतमा उमेर एवं समयावधिको सीमा नहुने भएको कारण पदमै रहँदा उनको मृत्यु हुन… Continue reading अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो

गुगल फाईल फोटो

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियतबश कोरोना भाइरस नियन्त्रणमा वेवास्ता गरेको तथ्य उजागर भएको छ । सुरु देखिनै सार्वजनिक रुपमा भाइरसले खासै असर नपार्ने बताउँदै आएका ट्रम्पले फेब्रुअरी पहिलो सातानै भाइरसको गाम्भिर्य बुझि सकेको तथ्य सार्वजनिक भएको हो । उनले फेब्रुअरी ७ मै वासिंटनमा पोष्टका भेटरान पत्रकार बब उडवर्डसँग यो भाइरस छुँदा मात्र नभइ हावाबाट… Continue reading ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो

सगुनले फेरि खुलायो मिनी आइपिओ, ठूला लगानीकर्ता भित्र्याउने दावी

न्यूयोर्क नेपालीको प्रवर्धनमा अमेरिकामा खुलेको कम्पनी सगुनले दोस्रो पटक मिनी आइपिओ जारी गर्ने अनुमति पाएको छ । प्रतिकित्ता ३० अमेरिकी डलरका दरले कम्तिमा ३० कित्ता शेयरमा लगानी गर्नुपर्ने नियम राखिएको छ । अहिले सर्वसाधारण लगानीकर्ताबाट पाँच लाख डलर हाराहारी लगानी जुटाउने लक्ष रहेको कम्पनीका प्रेसिडेन्ड गोविन्द गिरीले अनलाइन पत्रकार सम्मेलन मार्फत जानकारी दिए । आफ्नो… Continue reading सगुनले फेरि खुलायो मिनी आइपिओ, ठूला लगानीकर्ता भित्र्याउने दावी

अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण

न्यूयोर्क विश्वका अधिकांश विकसित मुलुकले कोरोना भाइरसलाई नियन्त्रण उन्मुख बनाए पनि अमेरिकामा संक्रमण निरन्तर उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु देखिनै ‘सामान्य’को संज्ञा दिएको भाइरसले अहिलेसम्म एक लाख ८७ हजार बढिको ज्यान लिइ सकेको छ । विश्व जनसंख्याको पाँच प्रतिशत हाराहारी हिस्सा ओगट्ने अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने २०… Continue reading अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण

अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च

प्रभात भट्टराई/न्यूयोर्क अमेरिकी राष्ट्रपति निर्वाचन आउन ठिक दुई महिना बाँकी रहँदा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनको लोकप्रियता उकालो लागेको छ । अगष्ट अन्तिम साता सम्पन्न रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ‘कानूनी शासन’को चर्को वकालत गरेपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताको भरोसा जित्न सकेका छैनन् । दुबै दलको सम्मेलन पश्चात सार्वजनिक भएका अधिकांश मत सर्भेक्षणमा बाइडेनले ट्रम्पसँग प्रष्ट अग्रता लिएका… Continue reading अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च