न्यूयोर्क / डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनको क्याम्पेनले अगष्ट महिनामा ३६४.५ मिलियन डलर (३६ करोड ४५ लाख अमेरिकी डलर) चन्दा संकलन गर्न सफल भएको छ । अमेरिकामा कुनै पनि राष्ट्रपतिय उम्मेद्वारको क्याम्पेनले एकै महिनामा यति धेरै रकम उठाएको यो पहिलो पटक हो । अगष्ट पहिलो साता सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेद्वार चयन गरेपछि बाइडेन क्याम्पेनको… Continue reading अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम
Author: Ilam
सीमा पर्खालका लागि उठाएको रकम दुरुपयोग गरेपछि ट्रम्पका पूर्व रणनीतिकार पक्राउ
न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निकट सहयोगी स्टिभ ब्यानन पक्राउ परेका छन् । ट्रम्पको २०१६ को मूख्य चुनावी एजेन्डा रहेको मेक्सिकोको सिमानामा पर्खाल लगाउने भन्दै उठाएको पैसा दुरुपयोग गरेको पाएपछि विहीबार बिहान ब्यानन सहित चार जना पक्राउ परेका हुन् । ब्यानन २०१६ को चुनावमा ट्रम्पको क्याम्पेन म्यानेजर थिए । ट्रम्प निर्वाचित भएपछि उनले ह्वाइट हाउसमा… Continue reading सीमा पर्खालका लागि उठाएको रकम दुरुपयोग गरेपछि ट्रम्पका पूर्व रणनीतिकार पक्राउ
सुरु हुँदै डेमोक्र्याटको राष्ट्रिय सम्मेलन, बाइडेन र ह्यारिसलाई राष्ट्रपतिको टिकट दिने
न्यूयोर्क डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन सोमबार साँझ सुरु हुँदैछ । चार दिन चल्ने सम्मेलनले पूर्व उपराष्ट्रपति जो बाइडेन र सिनेटर कमला ह्यारिसलाई राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वारको रुपमा औपचारिक मनोनयन गर्नेछ । विसकनसनको मिल्वौकीमा तय भएको सम्मेलन कोरोना भाइरसका कारण अनलाइन (भर्चुअल) सञ्चालन हुन गइ रहेको छ । देशभरैबाट हुने नेताहरुको भाषण एवं सांगितीक प्रस्तुती टिभी… Continue reading सुरु हुँदै डेमोक्र्याटको राष्ट्रिय सम्मेलन, बाइडेन र ह्यारिसलाई राष्ट्रपतिको टिकट दिने
ट्रम्पद्वारा बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारी, १२०० बारे भने मौन
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारि गरेका छन् । केयर एक्ट अन्तर्गत बेरोजगारहरुले पाउँदै गरेको साताको ६०० डलरको म्याद जुलाई अन्तिममा सकिएपछि ट्रम्पले नयाँ कदम चालेका छन् । नयाँ चरणको राहत प्याकेजका लागि रिपब्लिकनहरुले डेमोक्र्याटहरुसँग सहमति गर्न प्रयास गरि रहेका थिए । तर, उनीहरुको कुरा नमिलिरहेका बेला… Continue reading ट्रम्पद्वारा बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारी, १२०० बारे भने मौन
चार दशक देखि अमेरिकी चुनावको भविश्यवाणी मिलाउँदै आएका प्राध्यापकको उद्घोष- यसपाली ट्रम्पको हार
न्यूयोर्क चार दशक देखि अमेरिकी राष्ट्रपतिय चुनावको भविश्यवाणी मिलाउँदै आएका एक प्राध्यापकले यसपाली राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित हुने प्रक्षेपण गरेका छन् । अमेरिकन युनिभर्सिटीका इतिहास प्राध्यापक एल्लान लिचम्यानले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले दोस्रो कार्यकाल शासन गर्न नपाउने उद्घोष गरेका हुन् । लिचम्यान चार बर्ष अघि ट्रम्प राष्ट्रपति निर्वाचित हुने भविश्यबाणी गर्ने सिमित बिश्लेषकहरुमध्ये थिए… Continue reading चार दशक देखि अमेरिकी चुनावको भविश्यवाणी मिलाउँदै आएका प्राध्यापकको उद्घोष- यसपाली ट्रम्पको हार
अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ
न्यूयोर्क अमेरिकाका ५० वटै राज्यमा चीनबाट शंकास्पद प्याकेट आइ पुगेका छन् । आफुले अर्डर नै नगरेको प्याकेट घरमा आइपुगेपछि स्थानियले प्रशासनलाई जानकारी गराएका थिए । सबै प्याकेटमा फलफूल एवं विभिन्न वनस्पतीको बियाँ (बीउ) पाइएको छ । बिभिन्न राज्यका एग्रीकल्चर डिपार्टमेन्टहरुले सार्वजनिक गरेका तस्वीर अनुसार प्याकेटमा चीनको सरकारी हुलाक सेवा चाइना पोष्टको लेवल लगाइएको छ ।… Continue reading अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ
नयाँ सर्भेले देखायो टेक्सासमा बाइडेनको ‘लिड’, दुई दिन यता ट्रम्पको व्यवहार फरक
न्यूयोर्क लामो समय रिपब्लिकन राज्यको रुपमा रहेको टेक्सासमा यसपाली रोचक प्रतिश्पर्धा देखिएको छ । बुधबार सार्वजनिक कुन्निपियाक विश्वविद्यालयको सर्भेक्षणमा डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका हुन् । ८८० रजिष्टर्ड भोटरबीच गरिएको सर्भेक्षणमा ४५ प्रतिशतले बाइडेनलाई मत दिने बताएका छन् भने ४४ प्रतिशतले ट्रम्पप्रति आफ्नो झुकाव देखाएका छन् । गत जुनमा ट्रम्प… Continue reading नयाँ सर्भेले देखायो टेक्सासमा बाइडेनको ‘लिड’, दुई दिन यता ट्रम्पको व्यवहार फरक
ट्रम्प प्रशासनले फिर्ता लियो अनलाईन कक्षा लिने विदेशी विद्यार्थी देश पठाउने निर्णय
न्यूयोर्क अनलाईन कक्षा मात्र पढ्ने विदेशी विद्यार्थीले अमेरिका छोड्नु पर्ने निर्णयबाट ट्रम्प प्रशासन पछाडि हटेको छ । सरकारले गत जुलाई ६ मा अनलाईन मात्र कक्षा लिने एफ वान भिसा भएका विद्यार्थीले आफ्नै देश फर्किएर पढाई निरन्तरता दिनु पर्ने निर्णय गरेको थियो । फर्कन नमान्ने विद्यार्थीलाई पक्रेर डिपोर्ट गरिने युएस इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्टको भनाइ थियो… Continue reading ट्रम्प प्रशासनले फिर्ता लियो अनलाईन कक्षा लिने विदेशी विद्यार्थी देश पठाउने निर्णय
समुदायमा अन्तरकृया बढाउँदै सिटिजनसिप एन्ड इमिग्रेसन टाष्कफोर्स
न्यूयोर्क गैर आवासीय नेपाली संघ, अमेरिका च्याप्टर (एनआरएनए एनसिसी) अन्तरगतको सिटिजनसिप एन्ड इमिग्रेसन टाष्कफोर्सले समुदाय केन्द्रित गतिविधीलाई तीब्रता दिएको छ । नेपाली नागरिकता निरन्तरता एवं अमेरिकामा आप्रवासन सहजीकरणका लागि गठन भएको टाष्कफोर्सले जनचेतना अभिबृद्धि देखि समस्यामा परेका व्यक्तिहरुलाई प्रत्यक्ष सहयोग समेत उपलब्ध गराइ रहेको छ । नेपालमा नागरिकता विधेयक संसदकाे राज्य व्यवस्था समितिबाट पारित हुने… Continue reading समुदायमा अन्तरकृया बढाउँदै सिटिजनसिप एन्ड इमिग्रेसन टाष्कफोर्स
ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश
न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने फैसला गरेको छ । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यालयले माग गरेको ट्रम्पको बिभिन्न आर्थिक कारोबारको विवरणमा माथि फैसला सुनाउँदै सर्बोच्चले उक्त आदेश जारी गरेको हो । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यलयले ट्रम्पले पूँजी पलायन गरेको लगायत विषयमा अनुसन्धान सुरु गरि कागजात माग गरेको थियो… Continue reading ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश
दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना
प्रभात भट्टराई /अमेरिका अमेरिकामा राष्ट्रपतिको चुनाव आउन चार महिना मात्र बाँकी छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने जुन तयारीमा पछिल्ला तीन बर्ष संघर्षरत थिए चुनाव नजिकिँदै जाँदा उनको संभावना थप न्यून बन्दै गएको छ । कोरोना भाइरस महामारी माथिको सुरु देखिको वेवास्ता र काला जातीका नागरिक माथि सामाजीक न्यायका लागि भएका आन्दोलनप्रतिको… Continue reading दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना
कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना
न्यूयोर्क ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण देखिएको छ । दक्षिणपन्थी बिचारधाराका बोल्सोनारोले भाइरस संक्रमणलाई कमजोर आँक्दै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै उनले पनि सुरुमा भाइरस आफैँ हराएर जाने दावी गरेका थिए । अहिले ब्राजिल भाइरस संक्रमण र मृत्यु दुबैमा अमेरिका पछिको दोस्रो स्थानमा छ । भाइरसले देशभर गाँजीसक्दा पनि उनले… Continue reading कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना
टिकटक अब भारतमा नचल्ने, ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध
न्यूयोर्क चीनसँगको दुस्मनी बढ्दै जाँदा भारतले युवा माझ लोकप्रिय टिकटक सहित ५९ चिनियाँ मोबाइल एप देश भित्र प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधी मन्त्रालयले देशभित्र चल्न रोक लगाएका अन्य लोकप्रिय एपमा सेयरआटी, युसी ब्राउजर, लाइकी, विच्याट, विगो लाइभ लगायत छन् । भारतको स्वतन्त्रता, सार्वभौम सत्ता एवं राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर चिनियाँ एप प्रतिबन्धको निर्देशन… Continue reading टिकटक अब भारतमा नचल्ने, ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध
ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय सुरक्षा सम्बन्धि गम्भिर विवादमा फसेका छन् । रसियाले अफगानिस्तानमा रहेका अमेरिका एवं अन्य सहयोगी मुलुकका सेना मार्न अलकायदा संगठनलाई आर्थिक सहायता गरेको जासुसी रिपोर्टलाई ट्रम्पले वेवास्ता गरेको आरोप लागेको हो । अमेरिकी जासुसी संयन्त्रले गत मार्चमा नै अफगानिस्तानका आतंककारी संगठनसँग रसिया सहकार्यबारे राष्ट्रपति लगायत अमेरिकी नेतृत्वलाई रिपोर्ट गरि सकेको… Continue reading ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप
भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भतिजीको किताब प्रकाशन हुनबाट रोक्न माग गर्दै अदातल पुगेका छन् । ट्रम्पको चाहना बमोजिम उनका भाइ रोबर्ट एसले भतिजी मेरी एल ट्रम्पको किताब प्रकाशन रोक्न माग गर्दै मंगलबार अदालतमा जाहेरी दिएका हुन् । राष्ट्रपति ट्रम्पका वकिल चार्ल्स हार्डर मार्फत रोबर्टले दायर गरेको मुद्दामा मेरीले गोपनियता भंग गर्दै किताब प्रकाशन गर्न… Continue reading भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले
आफ्ना पूर्व सल्लाहकारको किताब प्रकाशन रोक्न माग गर्दै ट्रम्प अदालतमा
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको किताब प्रकाशन रोक्न माग गर्दै अदालतको ढोका ढक्ढक्याएका छन् । ट्रम्पका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले वासिंटन डिसी जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बोल्टनले किताबमा बिना अनुमती गोप्य (क्लासिफाइड) सूचनाहरु राखेको ट्रम्प प्रशासनको आरोप छ । तर, ट्रम्पले सार्वजनिक रुपमा भने बोल्टनले किताबमा… Continue reading आफ्ना पूर्व सल्लाहकारको किताब प्रकाशन रोक्न माग गर्दै ट्रम्प अदालतमा
अमेरिकी सर्बोच्च अदालतको ट्रम्प प्रशासनलाई गम्भिर झड्का, ‘डाका’ खारेज नगर्न आदेश
न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई गम्भिर झड्का दिएको छ । सर्बोच्चले बाराक ओबामाले कार्यकारी आदेश मार्फत लागु गरेको ‘डिफर एक्सन अफ चायल्डहुड एराइभल्स (डाका)’ खारेज नगर्न ट्रम्प प्रशासनलाई निर्देशन दिएको हो । ओबामाले १५ बर्षभन्दा सानो उमेरमा अमेरिका छिरेका बालबालीकालाई कानूनी मान्यता दिलाउन डाका कार्यक्रम लागु गरेका थिए । सुरु देखिनै अनुदार… Continue reading अमेरिकी सर्बोच्च अदालतको ट्रम्प प्रशासनलाई गम्भिर झड्का, ‘डाका’ खारेज नगर्न आदेश
आफुलाई चुनाव जित्न सघाउन चीनका राष्ट्रपतिलाई ट्रम्पको गुहार, पूर्व सल्लाहकारले खोले राज
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिय चुनावमा सघाउन चीनियाँ समकक्षि सि जिनफिङलाई गुहार मागेको उनकै पूर्व निकट सल्लाहकारले दावी गरेका छन् । ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रहि सकेका जोन बोल्टनले आफ्नो नयाँ किताबमा गत बर्ष जी २० को बैठकमा ट्रम्पले जिनफिङसँग उक्त अनुरोध गरेको उल्लेख गरेका हुन् । जी २० को बैठक… Continue reading आफुलाई चुनाव जित्न सघाउन चीनका राष्ट्रपतिलाई ट्रम्पको गुहार, पूर्व सल्लाहकारले खोले राज
बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी
न्यूयोर्क पूर्व उपराष्ट्रपति जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रत्यासी बन्ने औपचारिकतामा एक कदम अघि बढेका छन् । बाइडेनले पार्टीको तर्फबाट उम्मेद्वारको टिकट हत्याउन चाहिने प्रतिनिधी (डेलिगेट्स) संख्या पुर्याएका हुन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वार हुन १९९१ जना प्रतिनिधीको समर्थन आवश्यक हुन्छ । गत मंगलबार सम्पन्न आधा दर्जन राज्यको प्राइमरी चुनावको नतिजासँगै बाइडेनले उक्त… Continue reading बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी
ट्रम्पको पुननिर्वाचनको बाटो साँघुरो बन्दै, मन नपराउनेको संख्या निरन्तर बढ्दो
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनमा सपना दिनहुँ साँघुरो बन्दै भएको छ । कोरोना भाइरस संक्रमण विरुद्ध कमजोर व्यवस्थापन एवं पछिल्लो समय सामाजीक न्यायका लागि भइरहेको निरन्तरको आन्दोलनले ट्रम्पको अलोकप्रियतालाई बढावा दिएको हो । ट्रम्प राष्ट्रपति निर्वाचित भएयता अहिलेसम्म कुनै पनि विश्वासिला मत सर्भेक्षणमा ५० प्रतिशत ‘एप्रुल रेटिङ (लोकप्रियता)’ आर्जन गर्न सकेका छैनन् । अहिले… Continue reading ट्रम्पको पुननिर्वाचनको बाटो साँघुरो बन्दै, मन नपराउनेको संख्या निरन्तर बढ्दो
ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण आन्दोलनमा टियर ग्याँस एवं रबरको गोली प्रहार गरिएको छ । जर्ज फ्लोयड हत्याको विरुद्धमा आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई हटाएर बलपुर्वक हटाएर ट्रम्पलाई ह्वाइट हाउसबाट नजिकैको सेन्ट जोन्स चर्च जाने बाटो खुलाइएको हो । ट्रम्पले सोमबार साँझ ह्वाइट हाउस रोज गार्डेनबाट देशबासीलाई सम्बोधन गर्दै शान्तिपुर्ण आन्दोलनको आफु सहयात्री… Continue reading ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस
ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो
न्यूयोर्क जर्ज फ्लोयडको हत्या विरुद्ध देशभर आन्दोलन चर्किंदा गत शुक्रबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाका लागि बंकरमा लगिएको खुलेको छ । ट्रम्प सहित पत्नी मलेनिया र छोरा बारोनलाई पनि करिब एक घण्टा बंकरमा राखिएको स्रोत उद्धृत गर्दै सिएनएनले जनाएको हो । मिनिसोटा स्थित मिनियापोलिसमा अघिल्लो सोमबार स्वेत प्रहरी अधिकारीले काला जातीका फ्लोयडलाई स्वेत निशस्त्र… Continue reading ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो
विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गरेको ट्रम्पको घोषणा, सबै सहायता रद्द
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग सम्बन्ध बिच्छेदको घोषणा गरेका छन् । कोरोना भाइरस नियन्त्रणमा डब्लुएचओ चीनप्रति पक्षपाती रहेको आरोप लगाउँदै आएका ट्रम्पले यसअघि नै संस्थालाई अमेरिकाले दिने बजेट रोक्का गरि दिएका थिए । शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै उनले संगठनसँग सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् । संगठनलाई अमेरिकाले बर्षेनी साढे… Continue reading विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गरेको ट्रम्पको घोषणा, सबै सहायता रद्द
न्यू ह्यामसरमा सुरु भयो बालबालीकाका लागि नेपाली भाषाको कक्षा
न्यू ह्यामसर उत्तर पूर्वी अमेरिकी राज्य न्यू ह्यामसरमा बालबालीका लागि नेपाली भाषाको कक्षा सुरु भएको छ । फेडेरेसन अफ इन्डिजिनस पिपुल्स अफ नेपाल (फिप्ना) न्यू ह्यामसर च्याप्टरको आयोजनामा गत साताबाट कक्षा सुरु गरिएको हो । कोभिड- १९ को कारण भेला हुन नसक्ने अवस्थामा अनलाइनबाट कक्षा सुरु गरिएको फिप्ना न्यू ह्यामसर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले जानकारी… Continue reading न्यू ह्यामसरमा सुरु भयो बालबालीकाका लागि नेपाली भाषाको कक्षा
ट्विटरले तथ्य जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजीक सञ्जाल लक्षित गरि नयाँ कार्यकारी आदेश जारी गरेका छन् । हुलाकबाट पठाइने भोट (मेल इन ब्यालेट) मा फर्जी मतदान हुने अपुष्ट दावीलाई ट्विटरले तथ्य जाँच लिंक उपलब्ध गराएपछि क्रुद्ध बनेका ट्रम्पले विहीबार नयाँ आदेश जारी गरेका हुन् । आफुले वाक स्वतन्त्रताको रक्षाका लागि नयाँ आदेश जारी गरेको उनको दावी… Continue reading ट्विटरले तथ्य जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश
आफ्नो झुठ अभिव्यक्तिको तथ्य जाँच गरेपछि सामाजीक सञ्जाल बन्द गर्ने ट्रम्पको धम्की
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरले आफ्नो झुठो अभिव्यक्तिको तथ्य जाँच गरेपछि सामाजीक सञ्जाल प्रति क्रुद्ध बनेका छन् । उनले सामाजीक सञ्जालनै बन्द गर्ने चेतावनी दिएका हुन् । ट्रम्पले केही दिन देखि घरैबाट मतदान गरि हुलाकबाट पठाउने प्रावधानको चर्को विरोध गरि रहेका छन् । त्यसरी मतदान गर्न दिँदा फर्जी भोट खस्ने उनको दावी छ ।… Continue reading आफ्नो झुठ अभिव्यक्तिको तथ्य जाँच गरेपछि सामाजीक सञ्जाल बन्द गर्ने ट्रम्पको धम्की
ट्रम्प निगाहमा हाम्रो खातामा १२०० डलर आएको होइन, यो हो राहत रकम आएको बास्तबिक बाटो
प्रभात भट्टराई/अमेरिका कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ९५ हजार र संक्रमित १६ लाख नाघेका छन् । विश्वको सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउने मुलुकको रुपमा दर्ज भइसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ भाइरसलाई आफ्नो राजनीतिक लाभमा उपयोग गर्न लिप्त छन् । सुरुमा अमेरिकामा भाइरसले कुनै असर नपार्ने दावी गरेका ट्रम्पले लामो समय त्यही भनाइ… Continue reading ट्रम्प निगाहमा हाम्रो खातामा १२०० डलर आएको होइन, यो हो राहत रकम आएको बास्तबिक बाटो
फेरि प्रतिव्यक्ति १२०० डलर राहत पाउने विधेयक अमेरिकी तल्लो सदनमा पारित
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले इतिहासकै ठूलो आर्थिक राहत प्याकेज प्रस्ताव गरिएको छ । तीन ट्रिलियन डलरको उक्त प्रस्तावमा राज्यहरुलाई सहायता देखि सर्वसाधारणलाई नगद राहतसम्मको व्यवस्था गरिएको हो । ‘हिरोज एक्ट’ नाम दिइएको विधेयक शुक्रबार साँझ संसदमा पारित भएको हो । विधेयकमा गत मार्चमा पारित ‘केयर एक्ट ‘जस्तै प्रत्येक अमेरिकी करदातालाई १२… Continue reading फेरि प्रतिव्यक्ति १२०० डलर राहत पाउने विधेयक अमेरिकी तल्लो सदनमा पारित
प्रत्येक अमेरिकी परिवारलाई ६००० डलरसम्म नगद राहत दिने बिधेयक संसदमा
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा इतिहासकै ठूलो आर्थिक राहत प्याकेज प्रस्ताव गरिएको छ । तीन ट्रिलियन डलरको उक्त प्रस्तावमा राज्यहरुलाई सहायता देखि सर्वसाधारणलाई नगद राहतसम्मको व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमण र प्रभावसँग जुध्न अमेरिकी संसदले दुई महिना अघि २.२ ट्रिलियन डलरको राहत प्याकेज पारित गरेको थियो । उक्त प्याकेज पारित… Continue reading प्रत्येक अमेरिकी परिवारलाई ६००० डलरसम्म नगद राहत दिने बिधेयक संसदमा
१२०० डलरको राहत चेक पछि डेमोक्रेटिक सिनेटरहरुको प्रस्ताव- ‘प्रत्येक अमेरिकीलाई मासिक २००० दिउँ’
न्यूयोर्क कोरोना कहरका कारण करोडौँ अमेरिकीले रोजगारी गुमाएपछि तीन डेमोक्रेटिक सिनेटरले आकर्षक राहत प्याकेज प्रस्ताव गरेका छन् । क्यालिफोर्निया सिनेटर कमला ह्यारिस, भर्माउन्ट सिनेटर बर्नी स्यान्डर्स र मासाचुसेट्स सिनेटर एड मर्केले प्रत्येक अमेरिकी करदातालाई अवस्था सामान्य नहुन्जेल मासिक दुई हजार डलरको चेक पठाउन प्रस्ताव गरेका हुन् । यस अघि डेमोक्रेटिक सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभहरुकै… Continue reading १२०० डलरको राहत चेक पछि डेमोक्रेटिक सिनेटरहरुको प्रस्ताव- ‘प्रत्येक अमेरिकीलाई मासिक २००० दिउँ’