प्रभात भट्टराई/अमेरिका अमेरिकाका १४ राज्यमा सम्पन्न राष्ट्रपतिय प्राइमरी चुनावमा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले चामत्कारिक जित हासिल गरेका छन् । बाइडेनले राती दुई बजेसम्ममा आठ राज्य जित हासिल गरि सकेका छन् भने थप दुई राज्यमा जित निकाल्ने निश्चित प्राय देखिएको छ । गतसातासम्म सुपर ट्युज्डेबाट प्रष्ट अगुवाइ लिने अनुमान गरिएका सिनेटर बर्नी स्यान्डर्सले तीन राज्य जितेका… Continue reading सुपर ट्युज्डे– बाइडेनका लागि चामत्कारिक रात
Author: Ilam
‘सुपर ट्युज्डे’ आज, साउथ क्यारोलिन जितसँगै बाइडेनको सानदार ‘कमब्याक’
प्रभात भट्टराई/अमेरिका साउथ क्यारोलिना प्राइमरीमा बलियो जित सहित पूर्व उपराष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय होडमा ‘कमब्याक’ गरेका छन् । सुरुका तीन राज्यको प्राइमरी निर्वाचनको हारसँगै धेरैले बाइडेन क्याम्पेन पतन भएको लख काटेका थिए । तर, साउथ क्यारोलिनामा पाएको मतसँगै बाइडेनको पुनरोदय भयो । डेमोक्रेटिक पार्टीमा अहिले दुई धार छन् । सिनेटर बर्नी स्यान्डर्सले पार्टीका… Continue reading ‘सुपर ट्युज्डे’ आज, साउथ क्यारोलिन जितसँगै बाइडेनको सानदार ‘कमब्याक’
मेयर बुट्टिजजले छाडे राष्ट्रपतिय होड, बाइडेनलाई समर्थन गर्ने अपेक्षा
न्यूयोर्क इन्डियानाको साउथबेन्ड सिटीका पूर्व मेयर पिट बुट्टिजजले राष्ट्रपतिय होड त्यागेका छन् । आईवा ककस र न्यू ह्यामसर प्राइमरीमा उत्साहजनक प्रदर्शन गरे पनि त्यसको प्रभाव बाँकी राज्यमा नदेखिएपछि उनले होडबाट बाहिरिने निधो गरेका हुन् । एउटा सानो सहरको मेयरबाट राष्ट्रपतिय होडमा जबरबस्त उपस्थिती देखाउने उनी पहिलो ब्यक्ति हुन् । सन् २०१९ को पहिलो त्रैमासिकमा ७०… Continue reading मेयर बुट्टिजजले छाडे राष्ट्रपतिय होड, बाइडेनलाई समर्थन गर्ने अपेक्षा
एकातिर बर्निको पल्लाभारी, अर्कोतिर ट्रम्पको ‘लोकप्रियता’ बढ्दै, कस्तो होला नोभेम्बरको भिडन्त ?
प्रभात भट्टराई / अमेरिका शनिबार सम्पन्न नेभादा ककसमा सुपर जित सहित सिनेटर बर्नी स्यान्डर्स डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउन एक कदम अघि बढेका छन् । नेभादाको उत्साहजनक जितसँगै स्यान्डर्स डेमोक्रेटिक प्रत्याशीहरुमा फ्रन्ट रनको रुपमा उभिएका हुन् । अहिले स्यान्डर्स ४५ डेलिगेट्स छन् । पूर्व मेयर पिट बुट्टिजजसँग २५ र पूर्व उपराष्ट्र जो बाइडेनसँग १५ डेलिगेट्स… Continue reading एकातिर बर्निको पल्लाभारी, अर्कोतिर ट्रम्पको ‘लोकप्रियता’ बढ्दै, कस्तो होला नोभेम्बरको भिडन्त ?
जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा छलफल, सबैलाई आफ्नो पहिचान खुलाउन आह्वान
न्यू ह्यामसर आउँदो अप्रिलबाट सुरु हुन लागेको अमेरिकी जनगणनाबारे सचेतना अभिबृद्धिका लागि न्यू ह्यामसरमा छलफल कार्यक्रम आयोजना भएको छ । सबै नेपालीलाई जनगणनामा भाग लिन र आफ्नो पहिचान खुलाउन अपिल गर्ने उद्देश्यले गत शनिबार (फेब्रुअरी २२) कार्यक्रम आयोजना गरिएको हो । न्यू ह्यामसर नेपाली समाज र गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू ह्यामसर च्याप्टरको संयुक्त… Continue reading जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा छलफल, सबैलाई आफ्नो पहिचान खुलाउन आह्वान
एनआरएनए अमेरिकामा सिटीजनसिप एण्ड इमिग्रेसन कमिटी, आप्रवासीका मुद्दामा केन्द्रित हुने
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले गठन गरेको सिटीजनसिप एण्ड इमिग्रेसन कमिटीको पहिलो बैठकले अमेरिकाको आप्रवासी मुद्दा देखि नेपाली नागरिकता निरन्तरतासम्मका एजेन्डामा सकृयता साथ काम गर्ने निर्णय गरेको छ । गत महिना संघकी बोर्ड अफ डिरेक्टर छत्रकुमारी गुरुङको संयोजकत्वमा गठित समितिकाे शुक्रबार पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहले अमेरिकामा… Continue reading एनआरएनए अमेरिकामा सिटीजनसिप एण्ड इमिग्रेसन कमिटी, आप्रवासीका मुद्दामा केन्द्रित हुने
जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा शनिबार छलफल
न्यू ह्यामसर आउँदो अप्रिलबाट सुरु हुन लागेको अमेरिकी जनगणनाबारे सचेतना अभिबृद्धिका लागि न्यू ह्यामसरमा छलफल कार्यक्रम आयोजना हुन लागेको छ । सबै नेपालीलाई जनगणनामा भाग लिन अपिल गर्ने उद्देश्यले शनिबार (फेब्रुअरी २२ मा) कार्यक्रम आयोजना गर्न लागिएको हो । न्यू ह्यामसर नेपाली समाज र गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू ह्यामसर च्याप्टरको संयुक्त आयोजनामा उक्त… Continue reading जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा शनिबार छलफल
न्यू ह्यामसर प्राइमरी- वाइवा जितसँगै पिटको नयाँ माहोल, २०१६ को जगमा स्यान्डर्सको छलाङ प्रयास
प्रभात भट्टराई/न्यू ह्यामसर गत फेब्रुअरी ३ मा सम्पन्न आईवा ककसमा चामत्कारिक जित हासिल गरेसँगै पूर्व मेयर पिट बुट्टिजजको राजनीतिक माहोल एकाएक चुलिएको छ । मंगलबार हुने न्यूह्यामसर प्राइमरीमा पनि उनले सिनेटर बर्नी स्यान्डर्सलाई कडा टक्कर दिने सर्भेक्षणहरुले देखाएका छन् । आईवा ककसको मुखमा भएका सर्भेक्षणहरुमा पिट तेस्रो स्थानमा थिए । स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो… Continue reading न्यू ह्यामसर प्राइमरी- वाइवा जितसँगै पिटको नयाँ माहोल, २०१६ को जगमा स्यान्डर्सको छलाङ प्रयास
मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?
प्रभात भट्टराई / अमेरिका तीन महिना अघि अमेरिकी संसदको तल्लो सदन (हाउस)मा सुरु भएको महाभियोग ‘ड्रामा’ बुधबार अन्त्य भएको छ । हाउसबाट बहुमतले पारित भएको राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव उपर बुधबार माथिल्लो सदन सिनेटमा मतदान भएको हो । रिपब्लिकनहरु ट्रम्पलाई जोगाउन प्रतिबद्ध देखिएका कारण महाभियोग प्रस्ताव पारित नहुने निश्चित प्राय भइ सकेको थियो… Continue reading मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?
आप्रवासीप्रति अनुदार नीतिमा ट्रम्पलाई सघाउँदै सर्बोच्च अदालत, हौसिएका ट्रम्पले विस्तार गरे ‘ट्राभल ब्यान’
प्रभात भट्टराई / न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुल देशका लागि लगाएको ट्राभल ब्यान विस्तार गरेका छन् । नाइजेरिया सहित थप पाँच मुलुकका नागरिकले अमेरिकाको आप्रवासी भिषा नपाउने गरि उनले ट्राभल ब्यान विस्तार गरेका हुन् । ट्रम्पले एरिट्रेया, किगिस्तान, म्यानमारलगायत देशका नागरिकलाई पनि आप्रवासी भिषा जारी नगर्ने घाेषणा सहित ट्राभल ब्यान विस्तार गरेका हुन्… Continue reading आप्रवासीप्रति अनुदार नीतिमा ट्रम्पलाई सघाउँदै सर्बोच्च अदालत, हौसिएका ट्रम्पले विस्तार गरे ‘ट्राभल ब्यान’
के रंगभेदी ‘पपुलिष्ट’ राजनीतिकै शिकार भएका हुन् त राजकुमार ह्यारी दम्पत्ती? किन बसाउँदैछन् क्यानडामा नयाँ घर ?
प्रभात भट्टराई/अमेरिका राजकुमार ह्यारी एक विन्दास व्यक्ति थिए । हँसिलो स्वभावका उनी धेरैका लागि रोल मोडल नै बने । दरबारी रवाफ भन्दा आम जीवनमा रमाउँथे । कहिले बन्दुक बोकेर आफ्ना सैनिकहरुको हौसला बढाउन अफगानिस्थानको युद्ध मैदानमा पुग्थे त कहिले भूकम्पले क्षतविक्षत नेपालका विकट गाउँमा गएर श्रमदान गर्थे । दुई बर्ष अघि अमेरिकी अभिनेतृ मेघन मर्केलसँग… Continue reading के रंगभेदी ‘पपुलिष्ट’ राजनीतिकै शिकार भएका हुन् त राजकुमार ह्यारी दम्पत्ती? किन बसाउँदैछन् क्यानडामा नयाँ घर ?
अमेरिकी अस्पतालको बोर्डमा गुरुङ
न्यूह्यामसर नेपाली मूलका युवा माधव गुरुङ अमेरिकाको न्यूह्यामसर राज्यको सबैभन्दा ठूलो शहर म्यान्चेष्टरस्थित एमोस्केग हेल्थ सेन्टरको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन् । गुरुङको मनोनयनलाई गत मंगलबार बाेर्ड समिति बैठकले पास गरेको हो । करिव २० मिलियन डलर बार्षिक बजेट रहेको एमोस्केग अमेरिकी संघीय सरकारबाट मान्यताप्राप्त राज्यकै ठूलो सामुदायीक स्वास्थ्य केन्द्र हो । राज्यको मुख्य… Continue reading अमेरिकी अस्पतालको बोर्डमा गुरुङ
अमेरिकीका लागि ओबामा र ट्रम्प सर्वाधिक प्रेरक पुरुष, प्रेरक महिलामा मिचेल
न्यूयाेर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको नजरमा प्रेरक व्यक्तिको सूचीमा पूर्व राष्ट्रपति बाराक ओबामालाई भेट्टाएका छन् । ट्रम्प यसपाली पहिलो पटक ओबामासँगै अमेरिकीको नजरको ‘मोष्ट एड्मायर्ड’ व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । ओबामा १२ बर्ष देखि यो सूचीको अग्रस्थानमा छन् । यति लामो समय लोकप्रिय व्यक्तिको रुपमा अग्रस्थानमा नम्बरमा रहने उनी पहिलो व्यक्ति हुन्… Continue reading अमेरिकीका लागि ओबामा र ट्रम्प सर्वाधिक प्रेरक पुरुष, प्रेरक महिलामा मिचेल
गायक राेशन गुरुङलाई मातृशोक
न्यूह्यामसर गायक रोशन गुरुङलाई मातृशोक परेको छ । गुरुङकी आमा बेममाया गुरुङको काठमाडौँ स्थित ओम अस्पतालमा स्थानीय समय अनुसार सोमबार अपरान्ह सवा तीन बजे देहावसान भएको हो । फोक्सोको क्यान्सरबाट पिडित गुरुङ बि. सं. १९९८ सालमा जन्मिएकी थिइन् । स्वर्गीय गुरुङका पाँच छोरा र चार छोरी रहेका छन् । नेपाली आधुनिक गायनका लोकप्रिय गायक रोशन… Continue reading गायक राेशन गुरुङलाई मातृशोक
न्यूह्यामसरमा तमु ल्होछार, पहिचान झल्किने नृत्यदेखि लोक दोहोरीसम्मको आनन्द
प्रभात भट्टराई / न्यूह्यामसर अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरमा विविध कार्यक्रम साथ तमु ल्होछार सम्पन्न भएको छ । नेपालमा बर्षेनी पुष १५ मा तमु ल्होछार मनाइने गरे अनुरुप न्यूह्यामसरमा बसोबास गर्ने गुरुङ समुदायले गत शनिबार भव्यताका साथ आफ्नो मुख्य पर्व मनाएका हुन् । यस बर्षको ल्होछार च्यू ल्हो (मुसा बर्ष) को रुपमा मनाइएकौ हाे । राज्यको… Continue reading न्यूह्यामसरमा तमु ल्होछार, पहिचान झल्किने नृत्यदेखि लोक दोहोरीसम्मको आनन्द
न्यूह्यामसरमा तमु ल्होछारको भव्य तयारी, सांस्कृतिक कार्यक्रमहरु साथ मनाइने
प्रभात भट्टराई/ न्यूह्यामसर अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरमा बसोबास गर्ने गुरुङ समुदायले आउँदो तमु ल्होछारलाई भव्यताका साथ मनाउने तयारी गरेका छन् । राज्यको मुख्य सहरी केन्द्र मेनेचेष्टरमा आउँदो डिसेम्बर २८ मा विविध कार्यक्रमका साथ तमु ल्होछार मनाइन लागेको हो । कार्यक्रममा चर्चित नेपाली कलाकारहरु पविता परियार, रोशन गुरुङ, तिलक श्रेष्ठ लगायतको प्रस्तुती रहने गुरुङ समाज न्यूह्यामसरका… Continue reading न्यूह्यामसरमा तमु ल्होछारको भव्य तयारी, सांस्कृतिक कार्यक्रमहरु साथ मनाइने
अमेरिकामा आज ऐतिहासिक दिन, संसदबाट ‘इम्पिज्ड’ भए राष्ट्रपति ट्रम्प
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्धको महाभियोग पारित भएको छ । सदनमा बुधबार साँझ भएको मतदानमा महाभियोग पारित भएको हो । हाउस डेमोक्र्याटहरुले ट्रम्प विरुद्ध दुई बुँदे महाभियोग अघि बढाएको थिए । पहिलो बुँदाको रुपमा रहेको अधिकारको दुरुपयोग (एब्युज अफ पावर)मा २३० मत परेको थियो । दुई जना डेमोक्र्याट र सबै रिपब्लिकन… Continue reading अमेरिकामा आज ऐतिहासिक दिन, संसदबाट ‘इम्पिज्ड’ भए राष्ट्रपति ट्रम्प
महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा
प्रभात भट्टराई/अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति सूचीमा समावेश हुन अब ६७ भोटले मात्र टाढा छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा उनको महाभियोग विरुद्ध मतदान हुन अझै पनि बाँकी छ । संभवतः बुधबार उनलाई हाउसले महाभियोग लगाउने छ । तर, हाउसमा उनलाई महाभियोग लगाउन चाहिने मत पुगि सकेको हुँदा अब मुद्दा… Continue reading महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा
संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा
न्यूयोर्क अमेरिकी संसदको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग पारित गरेको छ । तीन दिनको म्याराथन बहस पछि शुक्रबार बिहान समितिमा मतदान भएको हो । समितिले ट्रम्प विरुद्ध दुई बुँदे (आर्टीकल अफ इम्पिचमेन्ट) महाभियोग तयार गरेको थियो । महाभियोग पक्ष र विपक्षमा पार्टी लाइन अनुसारको भोट परेको हो । समितीमा रहेका १७ जना नै… Continue reading संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा
महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै
प्रभात भट्टराई / अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध अमेरिकी संसदको तल्लो सदनमा सुरु भएको महाभियोग अनुसन्धान निचोड तर्फ पुग्न लागेको छ । हाउस डेमोक्र्याटहरुले ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका बुँदा)’ तयार गर्न लागेको जनाएका हुन् । बिभिन्न चरणको संसदीय सुनुवाइ एवं अनुसन्धान पश्चात डेमोक्र्याटहरु आर्टिकल अफ इम्पिचमेन्ट तयारीको अवस्थामा पुगेका हुन् । सोमबारको संसदको न्यायीक… Continue reading महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै
अमेरिकी तल्लो सदनबाट ट्रम्प महाभियोगमा पर्ने निश्चित, सभामुख पेलोसीले गरिन् घोषणा
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथिको महाभियोग अनुसन्धान अब कार्यान्वयनमा जाने भएको छ । यससँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट ट्रम्पमाथि महभियोग लाग्ने निश्चित भएको हो । विहीबार विहान पत्रकार सम्मेलन आयोजना गर्दै सभामुख न्यान्सी पेलोसीले महाभियोग प्रकृयालाई अन्तिम चरणमा प्रवेश गराउने घोषणा गरिन् । उनले संसदको न्यायीक (जुडिसियरी) समितिलाई ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका धाराहरु)’… Continue reading अमेरिकी तल्लो सदनबाट ट्रम्प महाभियोगमा पर्ने निश्चित, सभामुख पेलोसीले गरिन् घोषणा
आखिर कसरी टुङ्गिएला महाभियोग ? पहिले माग्दै र पाएपछि छोड्दै रिपब्लिकनहरु
प्रभात भट्टराई / अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु विरुद्धको महाभियोग अनुसन्धानमा संसदीय समिति समक्ष उपस्थित भएर बयान दिन अश्विकार गरेका छन् । संसदको न्यायीक समितिले बुधबार उनलाई स्वयं वा वकिल मार्फत वयान दिन बोलाएको थियो । यस अघि सदनको इन्टिलिजेन्स कमिटीले गरेको अनुसन्धानमा आफुलाई वयानको मौका नदिएर एक पक्षिय आरोप लगाएको भन्दै ट्रम्पले विरोध जनाएका… Continue reading आखिर कसरी टुङ्गिएला महाभियोग ? पहिले माग्दै र पाएपछि छोड्दै रिपब्लिकनहरु
राष्ट्रपतिय होडबाट बाहिरिइन् सिनेटर ह्यारिस
न्यूयोर्क क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिस डेमोक्रेटिक राष्ट्रपतिय होडबाट बाहिरिएकी छिन् । डिसेम्बरको बहसका लागि छनौट भएकी ह्यारिसले मंगलबार ‘ड्रप आउट’को घोषणा गरेकी हुन । आउँदा डिसेम्बर १९ मा डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वारहरुबीच पाचौँ बहस हुँदैछ । अहिलेसम्म ह्यारिस सहित जो बाइडेन, बर्नी स्यान्डर्स, पिट बुट्टिजज, एमी क्लोबुचार, एलिजावेथ वारेन र टोम स्टेयर डिसेम्बर बहसका लागि छनौट… Continue reading राष्ट्रपतिय होडबाट बाहिरिइन् सिनेटर ह्यारिस
अमेरिकी सरकारी ऋणको बृद्धि रकेट गतिमा, ट्रम्पको बचन विपरित २३० खर्ब डलर नाघ्यो ऋण
प्रभात भट्टराई/अमेरिका अमेरिकाको सरकारी कर्जा २३० खर्ब (ट्रिलियन) डलर माथि पुगेको छ । इतिहासमै पहिलो पटक सरकारी ऋणले यो उचाइ छोएको हो । डोनाल्ड ट्रम्प राष्ट्रपति भएको तीन बर्षसम्म सरकारी कर्जा तीब्र गतिले बढेको हो । सन् २०१७ को जनवरीमा १९९ खर्ब डलर रहेको कर्जाले २०१८ को मार्चमा २१० खर्ब डलरको सीमा नाघि सकेको थियो… Continue reading अमेरिकी सरकारी ऋणको बृद्धि रकेट गतिमा, ट्रम्पको बचन विपरित २३० खर्ब डलर नाघ्यो ऋण
छ माया छपक्कै– दिपेन्द्र लामाको समिक्षा जस्तै मौलिक फिल्म
प्रभात भट्टराई (ब्लग) सकृय अखवारी लेखनबाट ओझेल परेर करियरको पहिलो चलचित्र घामपानी निर्देशन गर्न थालेपछि दिपेन्द्र लामाप्रति मेरो मनमा जागेको प्रश्न थियो– आखिर यी दाइले कस्तो फिल्म बनाउलान् ? उनले बनाउने फिल्मको गुणस्तर जाँच्ने विधा मेरो होइन र त्यसबारे मलाइ कुनै ज्ञान पनि छैन । लामा दाइले थालेको कामप्रति चासो जाग्ने कारण भने फरक थियो… Continue reading छ माया छपक्कै– दिपेन्द्र लामाको समिक्षा जस्तै मौलिक फिल्म
महाभियोगको पोया फुक्दै, खुला सुनुवाइसँगै छरिने थाले नयाँ नयाँ सूचना
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा सुरु भएको महाभियोगमा नयाँ नयाँ सूचना छरिन थालेका छन् । साक्षीहरुसँग खुला बयान सुरु भएसँगै नयाँ सूचना सार्वजनिक हुने क्रम बढेको हो । अहिलेसम्म रिपब्लिकन सभासदहरुले ट्रम्प बचाउको आफ्ना पुराना तर्कहरु छोडेका छैनन् । तर, नयाँ प्रमाण र सूचनाहरुले पार्टीभित्र तरंग सिर्जना गर्न… Continue reading महाभियोगको पोया फुक्दै, खुला सुनुवाइसँगै छरिने थाले नयाँ नयाँ सूचना
राष्ट्रपति ट्रम्पलाई अर्को धक्का, ‘रेड स्टेट’ लुइजियानाको गभर्नरमा डेमोक्र्याट बिजयी
न्यूयोर्क अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा महाभियोगको सामना गरि रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को गम्भिर राजनीतिक धक्का ब्यहोर्नु परेको छ । ट्रम्पको अथक प्रयासका बावजुत रिपब्लिकन बहुल (रेड स्टेट) राज्य लुइजियानाको गभर्नरमा डेमोक्र्याट उम्मेद्वारको जितले उनको अर्को बर्ष पुननिर्वाचित हुने सपना माथि प्रश्न चिन्ह थपि दिएको हो । लुइजियानामा शनिबार गभर्नरको चुनाव भएको हो… Continue reading राष्ट्रपति ट्रम्पलाई अर्को धक्का, ‘रेड स्टेट’ लुइजियानाको गभर्नरमा डेमोक्र्याट बिजयी
राष्ट्रपतिका लागि डेमोक्र्याटिक प्रतिश्पर्धा थप रोचक बिन्दुमा, आईवामा पिट उदयले ल्यायो नयाँ तरंग
प्रभात भट्टराई / अमेरिका गतबर्षको यही बेला टेलिभिजनहरुमा डेमोक्रेटिक पार्टीबाट सन् २०२० का सम्भावित राष्ट्रपतिय उम्मेद्वारको चर्चा सुरु भइ सकेको थियो । सिनेटमा नयाँ कार्यकालका लागि चुनाव जितेका भर्माउन्ट र मासाचुसेट्स सिनेटरहरु क्रमशः वर्नी स्यान्डर्स र एलिजावेथ वारेनको नाम अग्रस्थानमै थियो । पूर्व उपराष्ट्रपति जो बाइडेन पनि चर्चाको केन्द्रमा थिए भने क्यालिफोनिर्याकी सिनेटर कमला ह्यारिस… Continue reading राष्ट्रपतिका लागि डेमोक्र्याटिक प्रतिश्पर्धा थप रोचक बिन्दुमा, आईवामा पिट उदयले ल्यायो नयाँ तरंग
रोचक बन्दै डेमोक्रेटिक राष्ट्रपतिय होड, अर्बपति ब्लुम्बर्ग पनि रेसमा छिर्ने तयारीमा
न्यूयोर्क अर्बपति व्यवसायी एवं न्यूयोर्क सिटीका पूर्व मेयर माइकल ब्लुम्बर्गले राष्ट्रपतिय उम्मेद्वारीको तयारी गरेका छन् । भिडम्भाडयुक्त डेमोक्रेटिक उम्मेद्वारहरुको सूचीमा ब्लुम्बर्ग थपिन लागेका हुन् । गत बर्ष देखिनै सम्भावित उम्मद्वारको रुपमा हेरिएका ब्लुम्बर्गले गत मार्चमा उम्मेद्वारी नदिने प्रष्ट पारेका थिए । तर, अहिले उनले मन बदलेको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।… Continue reading रोचक बन्दै डेमोक्रेटिक राष्ट्रपतिय होड, अर्बपति ब्लुम्बर्ग पनि रेसमा छिर्ने तयारीमा
मध्यावधी निर्वाचनले ट्रम्पलाई धक्का, केन्टकीको गभर्नर गुम्यो, भर्जिनियाको दुबै सदनमा डेमोक्र्याट
न्यूयोर्क मंगलबार अमेरिकाका बिभिन्न राज्यमा सम्पन्न मध्यावधी निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गम्भीर धक्का दिएको छ । रेडस्टेटको परम्परागत छवी बनाएको केन्टकीको गभर्नर डेमोक्र्याट उम्मेद्वारले हत्याएका छन् भने भर्जिनियाको संसदको दुबै सदनमा पहिलोपटक डेमोक्र्याटको बहुमत पुगेको छ । केन्टकीका बहालवाला गभर्नरमा म्याट बेभिनलाई राज्यका महान्याधीवक्ता एवं डेमोक्रेटिक उम्मेद्वार एन्डी बेसेरले अत्यन्त प्रतिश्पर्धात्मक निर्वाचनमा पराजित गरेका हुन्… Continue reading मध्यावधी निर्वाचनले ट्रम्पलाई धक्का, केन्टकीको गभर्नर गुम्यो, भर्जिनियाको दुबै सदनमा डेमोक्र्याट