भारत-अमेरिका व्यापार विवाद : भारतले बढायो अमेरिकी सामग्रीमा कर

विश्वका दुई ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्ध चलिरहेकै समयमा पुनः अर्का ठूलो अर्थतन्त्र भारतसँग पनि अमेरिकाको व्यापार विवाद सतहमा आएको छ । भारतले आइतबारदेखी लागू हुने गरी अमेरिकी सामानमा कर वृद्धि गरेपछि विवादले उग्र रुप लिएको हो । भारतले अमेरिकाबाट आउने विभिन्न २८ प्रकारका सामानमा कर बढाइदिएको छ । भारतीय राजस्व… Continue reading भारत-अमेरिका व्यापार विवाद : भारतले बढायो अमेरिकी सामग्रीमा कर

१३ औं सागमा ५ अर्ब १३ करोड खर्च गर्ने तयारी

काठमाडौं । सरकारले आगामी १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा ५ अर्ब १३ करोड रुपैयाँ बजेट खर्च गर्ने भएको छ । प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले खेलकुद मन्त्रालयसँग उक्त बजेट आवश्यक पर्ने प्रतिवेदन बुझाएको हो । समितिका संयोजक तथा राष्टिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले आइतबार खेलकुद मन्त्री जगतबहादुर सुनारलाई प्रतिवेदन बुझाए । प्रतिवेदन… Continue reading १३ औं सागमा ५ अर्ब १३ करोड खर्च गर्ने तयारी

उपत्यकामा सार्वजनिक बसमा लुटपाट गर्ने ८२ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा गुड्न सार्वजनिक सवारी साधनमा लुटपाट गर्ने ८२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्दै आएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा ४ महिला र ७८ पुरुष रहेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिनाको समयमा चलाएको स्वीप… Continue reading उपत्यकामा सार्वजनिक बसमा लुटपाट गर्ने ८२ जनाको समूह पक्राउ

लुक्ला उडान रामेछापबाटै निरन्तर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको लुक्ला विमानस्थलमा रामेछापबाट भइरहेको उडानलाई निरन्तरता दिने निर्णय गरेको छ । काठमाडौंबाट लुक्ला जान पर्यटकले जहाज चढ्न रामेछापस्थित विमानस्थल पुग्नुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको प्राधिकरणले जानकारी दिएको छ । लुक्लामा उडान सेवा दिइरहेका चार वायुसेवा कम्पनीलाई पत्र पठाउँदै प्राधिकरणले आगामी सिजनका लागि पनि लुक्लामा रामेछापबाटै उडान निरन्तर गर्ने व्यवस्था… Continue reading लुक्ला उडान रामेछापबाटै निरन्तर

सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

काठमाडौं । संघपछि सात वटै प्रदेश निर्धारित समयमा बजेट सार्वजनिक गर्न सफल भएका छन् ।  आइतबार सात वटै प्रदेशको प्रदेश सभामा सम्बन्धित प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्ष २०७६\७७ का लागि सात वटा प्रदेशमा कूल २ खर्ब ६० अर्ब रुपैयाँको बजेट आएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी… Continue reading सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

हायात होटेलका मजदुर आन्दोलनमा, मालिकले पाहुना आफ्नो होटेलमा राखेर हायातलाई वेवास्ता

काठमाडौं । सरकारको समेत स्वामित्व रहेको पाँचतारे होटेल हायात मजदुर आन्दोलनका कारण चार दिन देखि बन्द रहेको छ । होटल बन्द भएपछि यहाँ आएका पाहुनालाई अर्को पाँचतारे होटेल याक एण्ड यतिमा सारिएको छ । बुकिङ समेत रद्द गरिएको छ । यो होटेलमा अहिले अधिकतम स्वामित्व भारतीय नागरिक अरुण सर्राफसँग रहेको छ । अर्को पाँचतारे होटेल… Continue reading हायात होटेलका मजदुर आन्दोलनमा, मालिकले पाहुना आफ्नो होटेलमा राखेर हायातलाई वेवास्ता

तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा

काठमाडौं । प्रहरीले चक्रपथको कोटेश्वर कलंकी सडक खण्डमा मूख्य लेनमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २५ किलोमिटर तोकेको छ । यो सीमा उल्लंघन गर्दै अधिकतम गतिमा सवारी साधन कुदाउने चालक धमाधम प्रहरीको पन्जामा पर्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २८ जेठबाट यस सडक खण्डमा गति नियन्त्रणको प्रयास थालेको हो ।… Continue reading तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा

नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने

काठमाडौं । नेपालमा पहिलो पटक सार्वजनिक स्थलमा स्मार्ट पार्किङ प्रणाली शुरु हुँदैछ । आइतबारबाट संचालनमा आउने स्मार्ट पार्किङमा घरमै बसि बसि आफ्नो सवारी साधनको लागि उपयुक्त स्लट घरबाटै बुकिङ गर्न सकिने भएको छ । काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ संचालनमा आउन लागेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा… Continue reading नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने

कोपा अमेरिका : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

कोपा अमेरिका फूटबल प्रतियोगितामा बलियो टोली अर्जेन्टिनालाई कोलम्बियाले हराएको छ । आइतबार बिहान सम्पन्न खेलमा विश्व चर्चित खेलाडी लियोनल मेस्सीको कप्तानी रहेको अर्जेन्टिना कोलम्बियासँग पराजित हुन पुग्यो । ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा पहिलो खेलमै जीत निकाल्ने क्रममा कोलम्बियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले हरायो । कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापटाले १–१ गोल गरे… Continue reading कोपा अमेरिका : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

९७३ डाक्टरको राजिनामा पछि माग पुरा

कोलकत्ता । भारतको पश्चिम बंगाल राज्यमा शनिबारसम्म ९७३ जना डाक्टरले राजिनामा दिए । जसले गर्दा राज्यभर अस्पतालमा उपचार प्रभावित भयो । पश्चिम बंगालका डाक्टरको आन्दोलनमा देशभरका अन्य राज्यका डाक्टरले पनि समर्थन जनाए । फलस्वरुव राज्य सरकार झुक्न बाध्य भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पश्चिम बंगालकी मूख्यमन्त्री ममता वेनर्जीले डाक्टरका सबै माग पुरा गर्ने प्रतिवद्धता… Continue reading ९७३ डाक्टरको राजिनामा पछि माग पुरा

विदेशमा छापिएका पुस्तकको आयात रोकियो

काठमाडौं । नेपालमा पुस्तक आयात तथा बिक्रि गरिरहेका व्यवसायीले विदेशमा छापिएका पुस्तकको आयात रोकेका छन् । सरकारले आगामी आव २०७६्७७ को बजेटमार्फत पुस्तक आयातमा १० प्रतिशत भन्सार शूल्क लगाउने घोषणाको विरोधमा व्यवसायीले पुस्तक आयात नै रोक्ने निर्णय गरेका हुन् । नेपालमा भन्सार नतिरी पुस्तक आयात भइरहेको थियो । जसले गर्दा नेपालमा भन्दा भारतमा छपाई सस्तो… Continue reading विदेशमा छापिएका पुस्तकको आयात रोकियो

भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको अवधि १५ असारसम्म लम्ब्याएको छ । ३२ जेठसम्मको अवधिभित्र पनि अझै गुनासो संकलन तथा छूटपुट दर्ता बाँहि रहेपछि भूकम्प प्रभावित ३२ वटै जिल्लामा १५ असारसम्म दर्ता गर्न पाइने गरी समय थपिएको प्राधिकरणले जानकारी दिएको छ । खासगरी भूकम्प पिडितले निजी आवास अनुदानमा सरकारबाट ३ लाख रुपैयाँ… Continue reading भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि

निर्माणाधिन भवनको ढलानले किचेर मजदुरको निधन

दाङ । दाङमा निर्माणाधीन भवनको ढलानले किच्दा ३ मजदुरको निधन भएको छ । शनिबार बिहान लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा भवन निर्माणको काम चल्दै गर्दा भवनको ढलान भत्किएको वडा प्रहरी कार्यालय, लमहीले जानकारी दिएको छ । मृत्यु हुने तीनै जना भारतीय कामदार रहेको बताइएको छ । कार्यालयका अनुसार मङ्गल कस्यव, दयाल हरेन र साहेवको… Continue reading निर्माणाधिन भवनको ढलानले किचेर मजदुरको निधन

देशभर लागुऔषधको तीब्र कारोबार, निरिह प्रशासन

काठमाडौं । कास्की प्रहरीले पोखरा, १० शिवमार्गस्थित एक घरबाट शुक्रबार ठूलो परिमाणमा लागुऔषध (ड्रग) बरामद गर्यो । बुधबार पोखरामै एक जना लागु औषधि कारोबारीलाई समाउन प्रहरीले गोली नै चलाउनु परेको थियो । शुक्रबार नै प्रहरीले लागु औषधसहित नेपालगन्जबाट एक यूवकलाई पक्राउ गर्यो । देशको राजधानी मात्र होइन, देशभर फैलिएको लागु औषधको कारोबार र त्यसका माध्यमबाट… Continue reading देशभर लागुऔषधको तीब्र कारोबार, निरिह प्रशासन

नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम समझदारीमा हस्ताक्षर भएको छ स्विट्जरल्यान्डको जेनेभामा दुई मुलुकबीच समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो । स्विट्जरल्यान्डमा अहिले अन्तरराष्टिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोह चलिरहेको छ । समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट सहभागी छन् । सोही अवसर पारी मन्त्री विष्ट र… Continue reading नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर

गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित

सरकारले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ । डेंगु रोगको प्रकोप फैलिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो समय तराईमा बढेको अत्यधिक गर्मीका कारण लामखुट्टेको आक्रमण उत्तीकै फैलिएको छ । लामखुट्टेकै कारण फैलने डेंगु रोगले सुनसरी र मोरङ अति… Continue reading गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित

तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द

काठमाडौं । नेपालमा यतिबेला मनसुन पूर्वको समय चलिरहेको छ । तर, मनसुन शुरु हुन सकिरहेको छैन । त्यसकारण देशभरको तापक्रम उच्च दरमा पुगेको छ । शुक्रबार काठमाडौंमा वर्षकै सर्वाधिक तापक्रम पुग्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको अत्याधिक तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ । शुक्रवार अत्यन्तै गर्मी महशुस गरेका काठमाडौंबासीको… Continue reading तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द

दुई दर्जन एकिकृत बस्ती निर्माण हुने

काठमाडौं । अति जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माण गर्न सम्भावित २४ स्थान तय गरिएको छ । शहरी विकास मन्त्रालयका अनुसार देशका २४ जिल्लाका एक एक स्थानमा पहिलो चरणमा एकिकृत वस्ती निर्माणको योजना छ । सहरी विकास तथा भवन निर्माण विभागले ०७२ सालमा एकीकृत बस्ती विकास गर्न तत्कालीन पाँचवटै विकास क्षेत्रको प्रारम्भिक अवधारणापत्र बनाएको… Continue reading दुई दर्जन एकिकृत बस्ती निर्माण हुने

चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी

विराटनगर । २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । मोरङबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो । विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनीहरुले पुस १५, २०७५… Continue reading चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी

रामेछापमा स्वास्थ्यकर्मीको टोली चढेको बस दूर्घटना

काठमाडौं । स्वास्थ्यकर्मीसहित यात्रुबाहक बस रामेछापमा दूर्घटनामा परेको छ । बिहीबार राती भएको दूर्घटनामा २ जनाको निधन भएको छ भने १५ जना घाइते छन् । कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको रामेछाप प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको मृत्य… Continue reading रामेछापमा स्वास्थ्यकर्मीको टोली चढेको बस दूर्घटना

कांग्रेस भन्छ : एक महिनामा साढे ३१ हजार कार्यकर्ता थपिए

काठमाडौं । एक महिने राष्ट्रिय जागरण अभियानका दौरान साढे ३१ हजार कार्यकर्ता कांग्रेस बनेको दावि नेपाली कांग्रेसले दावि गरेको छ । अभियान सकेलगत्तै कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त दावि गरेको हो । अभियानका क्रममा दुई हजार हाराहारीमा भेला, सभा तथा अन्तरक्रिया आयोजना भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले सबै जिल्लामा जागरण अभियान… Continue reading कांग्रेस भन्छ : एक महिनामा साढे ३१ हजार कार्यकर्ता थपिए

बाबुराम र उपेन्द्र यादवको दल दर्ता

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ । यो दल समाजवादी पार्टी नेपालका नाममा बिहीबार दर्ता भएको हो । पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र उपेन्द्र यादव रहेका छन् । दुबै अध्यक्ष पार्टी दर्ताका लागि बिहीबार आयोग पुगेका थिए । एकताअघि नयाँ शक्ति पार्टीको… Continue reading बाबुराम र उपेन्द्र यादवको दल दर्ता

सरकार र मिडियाबीच औपचारिक संवाद शुरु

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले बिहीबार विभिन्न संचारमाध्यमका सम्पादकलाई छलफलका लागि बोलाएर सरकार र मिडियाबीच औपचारिक संवाद शुरु गरेका छन् । अहिले सरकार र संचार जगतबीचको सम्बन्ध चिसिएको छ । सरकारले ल्याएको प्रेस काउन्सिल विधेयकविरुद्ध मिडिया अहिले आन्दोलनमा छ । प्रधानमन्त्री केपि शर्मा ओली र संचारमन्त्री गोकुल बास्कोटाले यस आन्दोलनलाई वेवास्ता गर्दै आएका छन्… Continue reading सरकार र मिडियाबीच औपचारिक संवाद शुरु

बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । तर, बढेको भाडा तत्काल लागु नहुने भएको छ । असार १ बाटै लागु हुने गरी बिहीबार दिउँसो  यातायात व्यवस्था विभागले बढाएको भाडा तत्काल लागु  नहुने निर्णय भएको विभागले बिहीबार साँझ जानकारी दिएको छ । विभागका अनुसार नेपाल भर लागु हुने गरी सार्वजनिक यातायातको भाडा अधिकतम १२… Continue reading बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने

भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

भारतको गुजरात राज्यमा शक्तिशाली आँधि आउने सम्भावनालाई ध्यानमा राख्दै करीव तीन लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बिहीबार बिहानै गुजरातको पोरबन्दरस्थित समुन्द्रमा छालहरु देखिन थालिसकेका छन् । बिहानैदेखि तिब्र गतिमा हावा चलिरहेको र त्यसले कमजोर भौतिक संरचनाहरुमा क्षति पुर्याउन थालिसकेको बताइएको छ । भारतीय मौसम विभागका अनुसार सोमनाथ, पोरबन्दर, राजकोट, देवभूमि,… Continue reading भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर

चितवन । कृषिमा चितवन जिल्लाको निरन्तर फड्को मार्ने क्रम जारी छ । यसअघि पोल्ट्रीमा आत्मनिर्भर घोषित भइसकेको यो जिल्ला अब दूधमा आत्मनिर्भर घोषणा भएको हो । जिल्लामा दैनिक दुई लाख ८९ हजार लिटर दूध उत्पादन हुन थालेको बुधबार आत्मनिर्भर जिल्ला घोषणा कार्यक्रममा जानकारी दिइयो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री… Continue reading कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर

आफ्नो नामै जुटाउन नसक्ने प्रदेशबाट विकास र समृद्धिको अपेक्षा

काठमाडौं । नेपालमा प्रदेश सरकार गठन भएको डेढ वर्ष नाघिसक्यो । यसबीचमा एउटा पूर्ण बजेट कार्यान्वयन भइसक्यो भने अर्को बजेट बनिरहेको अवस्था छ । तर, यति समय बित्दा पनि कतिपय प्रदेश सरकारले आफ्नो नाम समेत जुटाउन सकिरहेका छैनन् । अहिलेसम्म तीन वटा प्रदेशले आफ्नो नाम राखे । नाममा सहमति गरी पहिलो हुने सरकार कर्णाली हो… Continue reading आफ्नो नामै जुटाउन नसक्ने प्रदेशबाट विकास र समृद्धिको अपेक्षा

नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने

काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि दिने गरेको स्वीकृति पत्र (नो अब्जेक्सन लेटर)को प्रावधान परिवर्तन गरेको छ । नयाँ प्रावधान अनुसार अब कक्षा १२ सम्म नेपालमै अनिवार्य शिक्षा लिनुपर्ने प्रावधान ल्याइएको छ । नेपालमा कक्षा १२ पास गरेपछि मात्र विद्यार्थीले विदेश अध्ययन गर्न सरकारको स्वीकृति पाउने भएका छन् । पछिल्लो समय कक्षा… Continue reading नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने

सामाजिक संजालबाट अरुलाई दुख दिने बानी छ ?

काठमाडौं । सामाजिक संजाल (फेसबुक, टुइटर, इन्स्टा, भाइबरलगायत) प्रयोग गरी अरुलाई सताउने बानी छ ? या त्यस्तो काम गर्नेहरुबाट तपाई पिडित हुनुहुन्छ ? अब सामाजिक संजालबाट हुने सबै प्रकारका हानी नोक्सानीमा कारवाही हुने गरी कानून बन्ने भएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतबाट पारित गरेको छ ।… Continue reading सामाजिक संजालबाट अरुलाई दुख दिने बानी छ ?

एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही

काठमाडौं । बसन्त ऋतुमा सगरमाथामा सफल आरोहण गर्ने आरोहीको संख्या ६ सय ५९ पुगेको छ । पर्यटन विभागले बुधबार सार्वजनिक गरेको एकिकृत तथ्यांक अनुसार यस वर्ष सगरमाथा चढ्न ४४ आरोहण दलका ३ सय ८१ र सहयोगी ६ सय ४२ जनाले अनुमति लिएका थिए । त्यसमध्ये २ सय ८१ जना मात्र आरोही चुचुरोमा पुग्न सके ।… Continue reading एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही