काठमाडौं । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा छुट दिन गरेको घोषणा कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वसचिव सूरेशमान श्रेष्ठको अध्यक्षतामा गठन भएको यस समितिले आन्तरिक उडानका सन्दर्भमा उठेका समग्र विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिने जिम्मेवारी पाएको छ । खासगरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको हवाई… Continue reading जेष्ठ नागरिकलाई हवाई भाडामा छूटबारे सुझाव दिन समिति गठन
Author: Vishwanews.com
एप्पलले सार्वजनिक गर्यो आइफोन ११
क्यालिफोर्निया । आइफोन पारखीलाई अब नयाँ सिरिज सार्वजनिक भएको छ । मंगलबार राती नयाँ सिरिजको आइफोन सार्वजनिक गरेको हो एप्पलले आइफोन ११ प्रो र प्रो म्याक्सको पनि लन्च गर्यो । आइफोन ११ को विभिन्न सिरिजको मूल्य अनुसार आइफोन ११ ६ सय ९९ डलरदेखि शुरु हुने भएको छ । आइफोन ११ प्रोको मूल्य भने ९ सय… Continue reading एप्पलले सार्वजनिक गर्यो आइफोन ११
अलिबाबाका अध्यक्ष ज्याक माले छाडे कम्पनी
बेङजिङ । चिनियाँ इ कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माले कम्पनीको जिम्मेवारी छाडेका छन् । करीव १ वर्ष अगाडी नै राजिनामाको घोषणा गरेका उनले ५५ वर्षको उमेरमा संस्थाको अध्यक्षबाट राजिनामा गरेका हुन् । उनले मंगलबार राजिनामाको घोषणा गरे । २० वर्ष अगाडी कम्पनी स्थापना गरेका उनले छोटो समयमै यति धेरै उचाईमा पुर्याएकी आज उनीसँग ३९… Continue reading अलिबाबाका अध्यक्ष ज्याक माले छाडे कम्पनी
सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो पटक सेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी थालेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । त्यस अवसरमा उनले आफ्नो १ वर्षे कार्यकालको प्रगति विवरण समेत सार्वजनिक गरे । पारदर्शीता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गरेको उनले उल्लेख गरे… Continue reading सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक
विश्वकप फुटबल छनोट, चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत
काठमाडौं । विश्वकप छनोट फूटबलको दोस्रो खेलमा नेपाल उत्कष्ट पुनरागमन गर्न सफल भएको छ । पहिलो खेल कुवेतसँग ७ गोल अन्तरले हारेको नेपालले मंगलबार चाइनिज ताइपेविरुद्ध भने उत्कृष्ट खेल पस्कियो । नेपालको जीतमा फर्वाड अन्जन विष्ट नायक बने । नेपालले आफुभन्दा निकै बलियो टोलीलाई उसकै घरेलु मैदानमा हराउने क्रममा २ गोल गर्यो । घरेलु टोलीले… Continue reading विश्वकप फुटबल छनोट, चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत
पर्यटन प्रवद्र्धन योजना, बौद्धमार्गी देशलाई प्राथमिकता
काठमाडौं । निकट भविश्यमा निर्माण सम्पन्न भई संचालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनलाई ध्यानमा राख्दै चालु आर्थिक वर्ष २०७६\७७ मा नेपाल पर्यटन बोर्डले बौद्धमार्गी मुलुकमा प्रवद्र्धन केन्द्रित गर्ने भएको छ । नियमित स्रोत बजार, यूरोप, अमेरिका, चीन र भारतबाहेक अब नयाँ स्रोत बजार खोज्न बौद्धमार्गी मुलुकलाई प्राथमिकता दिने योजना नेपाल पर्यटन बोर्डले बनाएको हो ।… Continue reading पर्यटन प्रवद्र्धन योजना, बौद्धमार्गी देशलाई प्राथमिकता
पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?
काठमाडौं । दक्षिण एसियाकै पहिलो ट्रान्स बोर्डर पेट्रोलियम पाइपलाइन मंगलबारबाट औपचारिक रुपमा संचालनमा आएको छ । चिनियाँ विदेशमन्त्रीबाट सोमबार मात्रै नेपालसँग सम्झौता भई ३५ करोडको अस्पताल बनाउने भन्ने खबरको आलोचना भइरहेको बेला भारतले एक ठूलो र रणनीतिक महत्वको परियोजना नेपाललाई सुम्पेर फेरी एक पटक नेपालीको मन जित्ने कोसिस गरेको छ । मंगलबार सिंहरबारस्थित प्रधानमन्त्री कार्यालयको… Continue reading पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?
कश्मीर मामलामा बोले ट्रम्प : दुइ देशले चाहे सहयोग गर्न तयार
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले कश्मीर मामलामा मुख खोलेका छन् । भारत-पाकिस्तान दुबै देशले चाहेको अवस्थामा अमेरिका यस मामलामा मध्यस्तता गर्न तयार रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । कश्मीरलाई भारतको एक प्राप्तका रुपमा लिने गरी संविधानका एक धारा नै खारेज गरिएपछि अहिले भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र… Continue reading कश्मीर मामलामा बोले ट्रम्प : दुइ देशले चाहे सहयोग गर्न तयार
चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किदैछन् । मंगलबार अपरान्ह उनी स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल बसाईका दौरान विदेशमन्त्री वाङले उच्च स्तरीय भेटवार्तालाई निरन्तरता दिएका छन् । मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र कांगेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।… Continue reading चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै
आज विपी जयन्ती, कांग्रेसले जागरण अभियान थाल्दै
काठमाडौं । नेपाली राजनीतिका शीर्षपुरुष विपि कोइरालाको आज जन्मजयन्ती, नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । खासगरी जागरण अभियानको थालनी गर्ने बताएको कांग्रेसले विपीको १ सय ६औं जन्मजयन्तीका दिन १०६ वटा रुख रोपेर अभियान थाल्ने भएको छ । सबै प्रदेशमा यो अभियान शुरु हुने भएको छ । दोस्रो चरणको जागरण अभियानको दौरान रुख रोपेर… Continue reading आज विपी जयन्ती, कांग्रेसले जागरण अभियान थाल्दै
मंगलबारदेखि पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ
काठमाडौं । मंगलबारबाट नेपालमा पाइपलाइनबाट औपचारिक रुपमा पेट्रोलियम पदार्थ आयात शुरु हुँदैछ । नेपाल तथा भारतका प्रधानमन्त्रीले मंगलबार आआफ्नो मुलुकबाट पाइपलाइनको उद्घाटन गर्दैछन् । नेपाल र भारतको रणनीतिक महत्व बोकेको यो पाइपलाइन निर्माण भएसँगै अब ढुवानी खर्चमा हुँदै आएको अर्बौं रुपैयाँ बचत हुने भएको छ । उद्घाटनको तयारी पुरा भएको नेपाल आयल निगमले जानकारी दिएको… Continue reading मंगलबारदेखि पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ
ट्रम्पलाई तालिवानको धम्की -अझ धेरै अमेरिकी मर्नेछन्
काबुल । तालिवानसँगको शान्ती सहमती नमान्ने बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तालिवानले अब अझै बढी अमेरिकी मारिने धम्की दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले तालिवानको निरन्तर आक्रामण पछि शान्ती सहमति भंग भएको घोषणा गरेका थिए । सहमति अनुसार आगामी २० साता भित्र ५४ सय अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने थिए । अफगानिस्तानको राजधानी काबुलमा भएको… Continue reading ट्रम्पलाई तालिवानको धम्की -अझ धेरै अमेरिकी मर्नेछन्
डेंगु आतंक, डा सन्दुक रुइत पनि बिरामी
काठमाडौैं । देशभर फैलिएको सरुवा रोग डेंगुले काठमाडौंमा महामारीको रुप लिने संकेत देखाएको छ । हजारौं मानिसलाई प्रभावित बनाइसकेको यो रोगले आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई समेत संक्रमण बनाएको छ । उनी अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । देशभर ४८ भन्दा बढी जिल्लामा डेगुंका बिरामी फेला परिसकेका छन् । ५ हजारभन्दा… Continue reading डेंगु आतंक, डा सन्दुक रुइत पनि बिरामी
दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै
काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै चहलपहल शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले टिकाको साइत जुराएको छ । समितिका अनुसार दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । २१ असोजमा यस वर्ष विजयादशमी परेको छ । उक्त दिन मंगलबार हो । त्यसो त विजयादशमीमा दिन भर जसो नै… Continue reading दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै
आजबाट काठमाडौंमा विद्यूतीय बस
काठमाडौं । काठमाडौंको सडकमा सोमबारदेखि सार्वजनिक बस संचालनमा आउँदैछन् । निजी लगानीको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा बसबाट विद्यूतीय सार्वजनिक सवारीको यूग प्रारम्भ गर्दैछ । यसअघि नेपालमा करीव ३० वर्षभन्दा लामो समय चलेको ट्रलीबसले विद्यूतिय सवारीको रुपमा काठमाडौंको पहिचान स्थापित गराएको थियो । नेतृत्वको हेला भएपछि ट्रली बस बन्द हुन पुगेको थियो । ट्रली… Continue reading आजबाट काठमाडौंमा विद्यूतीय बस
७३ स्थानमा चल्ने भए सुपथ पसल
काठमाडौं । सरकारले चाडबाड लक्षित गरी देशभर सुपथ मूल्यका पसल संचालन गर्ने भएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले देशका ७३ स्थानमा सुपथ मूल्य पसल स्थापनाको निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुट दिने सम्बन्धमा पनि टुंगो लगाएको हो… Continue reading ७३ स्थानमा चल्ने भए सुपथ पसल
भद्रगोललाई दर्शकको झटारो, यूट्यूवमा लाइकभन्दा धेरै डीसलाइक
काठमाडौं । मूख्य कलाकार बाहिरिएपछि आएको टेलिफिल्म भद्रगोललाई दर्शकले नेगेटिभ प्रतिक्रिया दिएका छन् । भद्रगोलको शुक्रबार प्रसारण भएको नयाँ एपिसोडलाई दर्शकले विफल पारिदिएका हुन् । आइतबार साँझसम्म यस एपिसोडमा १७ हजार लाइक आएका छन् । २८ हजार डिसलाइक छन् । यसको मतलव करीव दोब्बर संख्यामा दर्शकले यो टेलिफिल्मलाई मन पराउन सकेनन् । नेपाल टेलिभिजनबाट प्रशारण… Continue reading भद्रगोललाई दर्शकको झटारो, यूट्यूवमा लाइकभन्दा धेरै डीसलाइक
अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत
न्यूजर्सी । मेक्सिकोले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि प्रभावशाली जीत हाँसिल गरेको छ । अमेरिकाको घरेलु मैदान मेटलाइफ रंगहालामा सम्पन्न खेलमा मेक्सिकोले अमेरिकालाई ३ ० गोल अन्तरले हरायो । मेक्सिकोका लागि हाभियर हर्नान्डेज, इरिक गुटिरेज र युरियल एन्टुनाले गोल गरे । अमेरिकाले भने पेनाल्टीमा पाएको अवसर पनि सदुपयोग गर्न सकेन । अमेरिकी फरवार्ड जोश सार्जेन्टले अन्तिम… Continue reading अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत
तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत
अफगानिस्तानमा जारी हिंसा अन्त्यका लागि महत्वपूर्ण मानिएको शान्ती सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकृत गरेका छन् । तालिबानसँग शान्ति सहमति भएपछि तालिवानले लगातार दुई बम विस्फोट गराइयो । जहा अमेरिकी सैनिकको समेत ज्यान गएपछि राष्ट्रपति ट्रम्प सहमतिबाट पछि हट्ने रणनीतिमा पुगेका हुन् । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तथा तालिबान नेताहरुसँग क्याम्प डेविडमा भेटघाटको कार्यक्रम… Continue reading तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत
चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण, विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं । नेपालमा नयाँ संविधान जारी भएर निर्वाचनपछि कम्यूनिष्ट नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पुरा भइसकेको छ । यसबीचमा चीन सरकारको तर्फबाट नेपालमा पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज नेपाल आउँदैछन् । पाकिस्तानमा एक सम्मेलन पुरा गरी उनी नेपाल आउन लागेका हुन् ।… Continue reading चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण, विदेशमन्त्री आज नेपाल आउँदै
ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा
काठमाडौं । ओमानको वायुसेवा कम्पनी सलाम एयरले अब काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । यससँगै ओमनमा वैदेशिक रोजगारीमा जाने नेपाली तथा नेपाल भ्रमणमा आउने ओमाानका नागरिकलाई यात्रा सहज भएको ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए । सलाम एयरको जनरल सेल्स एजेन्ट नेपालमा आइएमई ट्राभल्सले गर्दै आएको छ । अहिले कम्पनीले नेपालमा साताको तीन… Continue reading ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा
ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै बुलबुल
काठमाडौं । नेपाली चलचित्र बुलबुल आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिसमा पर्न सफल भएको छ । ९२ औं ओस्कार अवार्डका लागि नेपाली चलचिल बुलबुललाई सिफारिस गर्ने निर्णय भएको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले जानकारी दिएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले हरेक वर्ष ओस्कारका विभिन्न विधामा चलचित्र र कलाकारलाई अवार्ड प्रदान गरिन्छ… Continue reading ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै बुलबुल
३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे
श्रीलंकाली तिब्र गतिका बलर लासिथ मालिंगाले घातक बलिङ गरेपछि श्रीलंकाले शुक्रबार सम्पन्न खेलमा न्यूजिल्याण्डलाई पराजित गरको छ । ३ खेलको टी२० श्रृंखला अन्तर्गत पहिलो दुई खेल हारेको श्रीलंकालाई लाज बचाउन समेत तेस्रो खेल जित्नै पर्ने बाध्यता थियो । घरेलु मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर मात्र १२५ रन जोड्यो । जवाफी… Continue reading ३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे
भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन
भारतले शनिबार बिहान प्रक्षेपण गरेको चन्द्रयान-२ सम्पर्कबिहिन भएको छ । भारतले निकै महत्व दिएको यो यान अन्तरिक्ष अभियानको महत्वपूर्ण पाटो थियो । तर, यान चन्द्रमामा अवतरण गर्नु अगाडी नै सम्पर्कविहिन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यानसँग पुनः सम्पर्क स्थापित गर्ने कोसिस भने जारी राखिएको छ । यान प्रक्षेपण प्रत्यक्ष रुपमा अवलोकन गर्न… Continue reading भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन
तीन दिने नेपाल बसाईमा आउँदै चिनियाँ विदेशमन्त्री
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ्ग यी आइतबारदेखि तीन दिने नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले शुक्रबार औपचारिक रुपमा विदेश मन्त्रीको नेपाल भ्रमणको तालीका सार्वजनिक गरेको छ । यससँगै उनी आउने पक्का भएको हो । उनी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउने लागेका हुन । विदेशमन्त्री यी सेप्टेम्बर ८ देखि १० सम्म नेपालमा रहने छन् ।… Continue reading तीन दिने नेपाल बसाईमा आउँदै चिनियाँ विदेशमन्त्री
दशैंमा सरकारले ३ हजार खसी, बोका, च्यांग्रा काठमाडौंमा बेच्ने
काठमाडौं । सरकारी व्यवस्थापनमा आगामी दशैंमा करीव ३ हजार खसी, बोका तथा च्यांग्रा काठमाडौंको बजारमा बिक्रि गरिने भएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले दशैँ लक्षित गरी उक्त संख्यामा खसी बोका ल्याउन लागेको बताएको छ । बजारमा माग भने यसको तुलनामा निकै धेरै हुन्छ । यस पटक मासुको भाउ अत्यधिक बढेको छ ।… Continue reading दशैंमा सरकारले ३ हजार खसी, बोका, च्यांग्रा काठमाडौंमा बेच्ने
तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु पुगेका थिए । विमानस्थलमा प्रधानमन्त्री संचारकर्मीसँग बोल्न भने मानेनन् । उनी ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका थिए । त्यसअघि १०… Continue reading तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेयर बेल्ट जडान
काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मीनलमा कन्भेयर बेल्ट जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार एक कार्यक्रमका बीच बेल्ट संचालनको शूभारम्भ गरे । आन्तरिक टर्मिनलमा पहिलो पटक कन्भेयर बेल्ट जडान गरिएको हो । यसअघि बेल्ट नहुँदा ब्याग लिन यात्रुले तछाडमछाड गर्नुपर्ने बाध्यता रहेको थियो । विमानस्थललाई आधुनिक सुविधा सम्पन्न… Continue reading त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेयर बेल्ट जडान
भारतीयले आफ्नै शरीरमा आगो लगाए
झापा । एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेका छन् । झापामा बिहीबार दिउँसा भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएका हुन् । प्रहरीका अनुसार अर्जुनधारा–६स्थित फर्निचर उद्योगमा काम गर्दै आएका मजदुरले शरीरमा तार्पिनको तेल र स्प्रिट खन्याई आगो लगाएका थिए । उनको निधन भएको छ । भारतको पश्चिम बंगालस्थित पानीट्यांकीका २३ वर्षीय विश्वनाथ… Continue reading भारतीयले आफ्नै शरीरमा आगो लगाए
काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित
काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक साता भित्रै दोस्रो ठूला विस्फोट भएको छ । बिहीबार बिहान भएको विस्फोटमा परी कम्तिमा १० जनाको निधन भएको समाचारहरुमा उल्लेख छ । अमेरिकी दूतावाससहित दर्जनौं विदेशी कूटनीतिक नियोगको कार्यालय रहेको क्षेत्र नजिकै कार बम बिस्फोट गराइएको हो । विस्फोटको तालिवानले जिम्मेवारी लिएको छ । यस घटनामा दर्जनौको ज्यान गएको… Continue reading काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित