काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्धिजीवीले निजगढमा वातावरणको विषय जति उचालेपनि विमानस्थल बनिछाड्ने बताएका छन् । विमानस्थलको निर्माणबारे सरकारले अतिकती कदम चाल्नासाथ बुद्धिजिवीहरुका अनेक तर्क आउने भन्दै उनले सबैका कुरा सुन्न आफू तयार रहेको तर, विमानस्थल नबनाउने या स्थान सार्ने भन्ने विषयमा भने थप वहसको औचित्य नरहेको उनको स्पषेक्ती थियो… Continue reading बुद्धिजीवीले जति उचालेपनि निजगढमै बन्छ विमानस्थल : पर्यटन मन्त्री
Author: Vishwanews.com
एटीएमबाट एक दिनमा ६० हजार मात्र
काठमाडौं । अब एटिएम कार्डबाट दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकहरुलाई एक परिपत्र जारी गरेको छ । जसमा दैनिक एटीएमबाट निकाल्न पाइने रकमको सीमा घटाइएको हो । यसअघि दैनिक १ लाख रुपैयाँसम्म एटीएमबाट निकाल्न सकिने व्यवस्था रहेको थियो । एक पटक कार्ड छिराएपछि अब २० हजार… Continue reading एटीएमबाट एक दिनमा ६० हजार मात्र
कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको छ । उनलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ । रगत जाँच गर्दा डेंगुको जिवाणु भेटिएपछि उनी अस्पताल भर्ना भएका हुन् । अघिल्लो शुक्रबार हेटौडा पुगेका मन्त्री खनाललाई रुघाखोकी र ज्वरोले च्यापेको थियो । त्यसपछि रगत परिक्षण गर्दा डेंगुको संक्रमण देखिएको मन्त्री खनालको… Continue reading कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप
एडीबीका आयोजनामा समस्यै समस्या
काठमाडौं । एसियाली विकास बैंकका असधकांश आयोजनामा समस्या रहेको देखिएको छ । एसियाली विकास बैंकले बिहीबार राजधानीमा आयोजना गरेको त्रिपक्षीय समिक्षामा प्रस्तुत प्रतिवेदन अनुसार धेरैजसो आयोजनाको कार्यान्वयन अवस्था कमजोर रहेको देखिएको छ । एडीबीले कार्यान्वयन कमजोर रहेका आधा दर्जन आयोजनको सम्झौता नविकरण नै गरेको छैन । नविकरण गरेका आयोजनाको पनि फाइनान्सियल क्लिोजर सम्झौता अवधिभन्दा निकै… Continue reading एडीबीका आयोजनामा समस्यै समस्या
चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, राष्ट्रपतिको भ्रमण तयारी
काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउने कार्यक्रम तय भएको छ । यद्दपी यसको औपचारिक कार्यक्रम भने सार्वजनिक गरिएको छैन । उनी आशन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका सिलसिलामा नेपाल आउन लागेका हुन् । वाङ पाकिस्तानको इलामावाद हुँदै… Continue reading चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, राष्ट्रपतिको भ्रमण तयारी
आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता
हङकङ । लगातार तीन महिनाभन्दा लामो आन्दोलनको बलमा हङकङमा सुपुर्दगी विधेयक फिर्ता भएको छ । हङकङ सरकारको तर्फबाट प्रमुख ल्यारी क्यामले बुधबार विधेयक फिर्ता भएको घोषणा गरेकी छन् । विधेयक ल्याएसँगै हङकङमा सम्भवतः सबैभन्दा ठूलो आन्दोलन भएको छ । जसको बेलमा विधेयक फिर्ता भएको हो । विधेयक फिर्ता भएपछि आन्दोलन फिर्ता हुन्छ या जारी रहन्छ… Continue reading आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता
जब सीता एयरको एक इन्जिन आकासमै फेल भयो….
काठमाडौं । सीता एयरको जहाज एक इन्जिनको भरमा लुक्लादेखि काठमाडौं आइपुगेको छ । सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले ट्वीट गर्दै त्यसको जानकारी गराएका छन् । उनका अनुसार लुक्लाबाट उडेको केही समय भित्रै जहाजको एक इन्जिनले काम गर्न छाडेको थियो । तर चालक दलले जहाजलाई काठमाडौं नै ल्याउने निर्णय गरे । लुक्ला काठमाडौं उडान २५… Continue reading जब सीता एयरको एक इन्जिन आकासमै फेल भयो….
घट्दैछन् म्यानपावर कम्पनी
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको व्यवस्थापन गर्न भन्दै खुलेको म्यानपावर कम्पनीको संख्या अब भने घट्ने भएको छ । १ भदौसम्म १३२३ वटा म्यानपावर कम्पनी कानूनि रुपमा अस्तित्वमा रहेका थिए । सरकारले यसबीचमा कम्पनीहरुलाई धरौटी रकम बढाएर मर्ज हुन अवसर दिएको थियो । सरकारले बुधबार अन्तिम म्याद राखेर दिएको समयमा ८ सय ४८ म्यानपावर कम्पनीले… Continue reading घट्दैछन् म्यानपावर कम्पनी
जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा
काठमाडौं। जापान सरकारले अब औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया थालनी गरेको छ । नेपालसहित ९ देशबाट आप्रवासी कामदार लैजाने घोषणा यस अघि नै गरेको जापान सरकारले अब कामदार भित्राउने औपचारिक प्रक्रिया शुरु भएको बताएको छ । जापानले विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदारलाई अवसर दिँदैछ । त्यसअन्तर्गत पहिलो चरणमा नेपालीले केयर गिभरमा अवसर पाउने भएका… Continue reading जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा
देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । खासगरी नदीहरुमा पानीको बहाव बढ्ने र पहाडमा पहिरोको सम्भावना हुने भन्दै मौषम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको हो । महाशाखाद्धारा जारी बुलेटिन अनुसार भारी र सामान्य वर्षाले समेत हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने… Continue reading देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित
काठमाडौंमा फेरी झुण्डिएको अवस्थामा फेला परे जोडी
काठमाडौं । पछिल्लो समय नेपालमा आत्महत्याको घटना निकै बढेका छन् । त्यसमा पनि राजधानी काठमाडौंमा जोडीसहित आत्महत्या गर्नेको संख्या उल्लेख्य बढेको हो । आइतबार मात्र एक जोडी गौशालास्थित भण्डारखालको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार खोटाङ घर भएका एक जोडीले आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । खोटाङ, दित्तेल रूपाकोट मझुवागढी नगरपालिका–१०… Continue reading काठमाडौंमा फेरी झुण्डिएको अवस्थामा फेला परे जोडी
सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स
काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालमा रहेका मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्समा कुराकानी भएको छ । प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएपछि दोस्रो पटक यस्तो कुराकानी भएको हो । पहिलो पटक भएको भिडियो कन्फ्रेन्स निकै विवादित बन्न पुगेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भिडियो कन्फ्रेन्सलाई मन्त्रीपरिषद् बैठक भनि टुइट गरेपछि त्यस बैठकको बैधानिकता… Continue reading सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स
कस्तो छ प्रधानमन्त्रीलाई ?
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गोप्य राखेको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री विगत १२ दिनदेखि उपचारका क्रममा सिंगापुरमा छन् । आम जनतालाई प्रधानमन्त्रीलाई कस्तो होला भन्ने निकै ठूलो चासो छ, तर सरकारले यो विषयमा स्पष्ट धारणा ल्याउन सकेको छैन । यसै मेसोमा प्रधानमन्त्रीलाई भेट्ने सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल मंगलबार… Continue reading कस्तो छ प्रधानमन्त्रीलाई ?
आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो
काठमाडौं । आर्थिक वर्षको पहिलो महिना (साउन)मा आयातको वृद्धिदर घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५\७६ को साउनको तुलनामा चालु आव २०७६\७७ को साउन महिनामा आयातको वृद्धिदर घटेको हो । यस अवधिमा निर्यात व्यापार भने बढेको छ । तथ्यांक अनुसार साउनमा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सामान… Continue reading आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो
अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने
अफगानिस्तानमा खटिएका ५४ सय अमेरिकी सेना स्वदेश फिर्ता हुने भएका छन् । तालिबान लडाकु समूहसँग आगामी २० साता भित्रै ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति भएको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् । बीबीसीका अनुसार उनी वाशिङटनका तर्फबाट तालिवान लडाकुसँग वार्तामा खटिएका एक उच्च वार्ताकार थिए । जालमाइ खलिलजाद नामक ति अधिकारीले टेलिभिजन अन्तर्वार्ताका… Continue reading अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने
उपनिर्वाचनमा भाग लिन दल दर्ता अनिवार्य
काठमाडौं । नेकपासहितका दलले आसन्न उपनिर्वाचनमा भाग लिन अनिवार्य दल दर्ता गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दललाई आह्वान गरेको हो । एमाले र माओवादी मिलेर निर्वाचन पछि एकिकरण भएका कारण नेकपाले नि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएको हो । १४ मंसिरमा विभिन्न तहमा रिक्त रहेको पद परिपूर्तिका लागि… Continue reading उपनिर्वाचनमा भाग लिन दल दर्ता अनिवार्य
क्यारेवियन क्षेत्रमा विनासकारी तूफान
क्यारेवियन क्षेत्रमा आएको विनासकारी तूफानले जनजीवन प्रभावित भएको छ । डोरियन नाम गरेको उक्त तूफानका कारण आएको तिब्र गतिको हावाले जनजीवन प्रभावित बनाएको हो । वर्षा र हावाका कारण बहामास क्षेत्रमा हजारौं घरमा क्षति पुगेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । क्षति हुने आंशकामा सामुन्द्रीक किनाराबाट हजारौं मानिसलाई सुरक्षित स्थान जान सूचित गरिएको थियो । क्यारेवियन… Continue reading क्यारेवियन क्षेत्रमा विनासकारी तूफान
पत्रकार बन्न लाइसेन्स अनिवार्य
काठमाडौं । पत्रकारको योग्यताको विषयलाई लिएर नेपालमा लामो समयदेखि वहस जारी रहेको छ । खासगरी ब्लग र यूट्यूवको लहर आएसँगै पत्रकारको योग्यतामाथि प्रश्न उठिरहेको छ । यसै मेसोमा कानुनमै पत्रकारको योग्यता तोक्ने गरी सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएका छन्… Continue reading पत्रकार बन्न लाइसेन्स अनिवार्य
दशैंका लागि कहिले खुल्छ अग्रिम बुकिङ ?
काठमाडौं । नजिकिएको दशैंका लागि अग्रिम बुकिङ खुलाउन सरकारले व्यवसायीसँग छलफल डाकेको छ । २५ भदौबाट अग्रिम बुकिङ खुलाउने प्रस्तावसहित सरकारले व्यवसायीसँ छलफल गर्न लागेको हो । यातायात व्यवस्था विभागले बुधबार व्यवसायीसँग छलफल डाकेको हो । उनीहरु सहमत भएमा २५ भदौबाट अग्रिम बुकिङ खुल्ने विभागले जनाएको छ । अग्रिम बुकिङ खोल्नुअघि व्यवसायी भने भाडा समायोजनको… Continue reading दशैंका लागि कहिले खुल्छ अग्रिम बुकिङ ?
चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?
वासिंटन । आइतबारदेखि अमेरिकामा ठूलो परिमाणको चिनियाँ सामानमा नयाँ कर प्रणाली लागु भएको छ । यो यस्तो अवस्थामा लागु भएको छ, जहाँ विश्व अर्थतन्त्र मन्दीको चपेटामा छ । सूनको भाउले चुचुरो छोएको छ भने संसारभरको शेयर बजारमा भारी गिरावट आउने क्रम जारी छ । चीनले समेत अमेकिरी सामानमा कर वृद्धिको घोषणा गरेको छ । चीनलाई… Continue reading चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?
आज हरितालिका तीज, धुमधामले मनाइदै
काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज, आज देशभर धुमधामसहित मनाइदैछ । श्रीमानको लामो आयूको कामना गर्दै यस दिन महिलाहरु व्रत बस्छन् । शिव मन्दिरमा पुगेर भगवान शिवको पूजा आरधना गर्छन् भने दिनभर नाचगान गरी रमाइलो गरी यो चाड मनाउन प्रचलन रहेका छ । यस दिन सरकारले बिदा घोषणा गरेको हुन्छ । काठमाडौंको पशुपतिनाथ… Continue reading आज हरितालिका तीज, धुमधामले मनाइदै
जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवी कुमारीको मासिक भत्ता बढाएको छ । यसअघि २५ हजार रुपैयाँ मासिक दिँदै आएकोमा अब शतप्रतिशत बढाएर ५० हजार पर्याइएको महानगरपालिकाले जानकारी दिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मेयर विद्यासुन्दर शाक्यले कुमारीको मासिक भत्ता बढाउने घोषणा गरेका हुन् । पूर्वकुमारीले मासिक १५ र पूर्व गणेश र पूर्व… Continue reading जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता
चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ
काठमाडौं । शनिवार बेलुका काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट एकैपटक ४ करोड रुपैयाँ निकालियो । सामान्य अवस्थाभन्दा बढी रकमको चाप एटीएम सिस्टममा भएपछि बैंकका कर्मचारीलाई त्यसले सशंकीत बनायोे । त्यसको खबर बैंकका कर्मचारीले प्रहरीलाई दिए । त्यसपछि प्रहरीले खोजी थाल्यो । दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि प्रहरी… Continue reading चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ
आजदेखि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । विमानस्थल राती दैनिक साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्मका लागि बन्द हुन लागेको हो । विमानस्थलको धावनमार्गको पीच परिवर्तन गर्ने योजना अनुसार विमानस्थल ७ घण्टा बन्द हुन लागेको हो । १५ असारबाट २१ घण्टा खुलेको विमानस्थल फेरी बन्द गर्न लागिएको… Continue reading आजदेखि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द
अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु
टेक्सास । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा यो घटना भएको हो । जहाँ एक महिनाको अन्तरमा दोस्रो पटक यस्तो आततायी घटना भएको छ । यसअघि टेक्सासमै एक बन्दुकधारीले गोली चलाउँदा २२ जना मारिएको थिए । बीबीसीका अनुसार घटनामा कम्तिमा २० जना घाइते छन् । उनीहरुको स्थानीय… Continue reading अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु
शुरु भयो तीजको रौनक, आज दरखाने दिन
काठमाडौं । महिला हिन्दु धर्मावलम्वीहरुको महान चाड हरितालीका तीज शुरु भएको छ । भाद्र शूल्क द्धितियादेखि पञ्चमीसम्म मनाइने यो चाड आइतबारबाट शुरु भएको हो । आइतबार चेलीबेटी आफ्नो माइतीमा पुगेर मिठो मसिनो खाने र तृतियाको दिन निराहार व्रत बस्ने प्रचलन रहेको छ । त्यसकारण दर खाने दिन रातको १२ बजेसम्म पनि खीरलगायतका परिकार बनाएर खाने… Continue reading शुरु भयो तीजको रौनक, आज दरखाने दिन
देउवा निवास पुगे पर्यटनमन्त्री, के थियो कारण ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । शनिबार बिहान मन्त्री भट्टराई देउवा निवास बूढानीलकण्ठमा पुगेका थिए । भेटमा मूख्यगरी नेपाल भ्रमण वर्षको सम्बन्धमा छलफल भएको पर्यटन मन्त्री भट्टराईले जानकारी गराएका छन् । मन्त्रालयका तर्फबाट भइरहेका कामकारबाही र… Continue reading देउवा निवास पुगे पर्यटनमन्त्री, के थियो कारण ?
भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने
काठमाडौं । दैलेखका लागि नेपालगन्जबाट पठाइएको गाई-गोरु बिहीबार सुर्खेतमा लगेर भीरबाट खसालिएको थियो । त्यसमध्ये करीव ३ दर्जन गाईगोरु मृत भेटिएका थिए । करीव ३ सय गाई लगिएको अलपत्र अवस्थामा रहेका अन्य गाईलाई भने उद्धार गर्दै पुनः नेपालगन्ज पठाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारबाट नेपालगञ्ज पठाउन थालेको जानकारी दिएको छ ।… Continue reading भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने
नेपालगन्जबाट पहाडतर्फ पठाइएका डेढ दर्जन गाईगोरु मृत, भीरबाट खसालेको आशंका
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पहाडी भेगका जिल्लामा पाल्ने उद्देश्यले पठाएका गाइ वस्तु सुर्खेतमा मृत अवस्थामा फेला परेका छन् । बिहीबार राती उपमहानगरपालिकले दैलेखतर्फ पठाएका गाई गोरु सुर्खेतमै मृत अवस्थामा भेटिएपछि गाइवस्तुको हत्याको आशंका गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरतर्फ दैलेख सदरमुकाम जाने सडक छेउको भीरबाट गाइवस्तु ट्रक चालकले भीरमा खसालिदिएको आशंका प्रशासनले गरेको… Continue reading नेपालगन्जबाट पहाडतर्फ पठाइएका डेढ दर्जन गाईगोरु मृत, भीरबाट खसालेको आशंका
नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने
काठमाडौं । जम्मू कश्मीर प्रकरणपछि चिसिएको भारत र पाकिस्तान सम्बन्ध सुधारमा नेपालले पुलको रुपमा काम गर्ने संकेत देखाएको छ । नेपालको पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक अमेरिकाको न्यूयोर्कमा बस्ने भएको छ । जुन बैठकमा भारत र पाकिस्तान समेत सहभागी हुनेछन् । भारतीय विदेश मन्त्री केही साता अगाडी नेपाल आएको मौकामा… Continue reading नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने