स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

File

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले बेलायतमा अपमान बेहोर्नु परेको छ । साथै उनले ‘द हन्ड्रेड’ प्रतियोगिता समेत गुमाएका छन् । बेलायतको क्रिकेट बोर्डले उनलाई तत्काल देश छोड्न समेत भनेको छ । यो सन्दीपले कुनै गल्ती गरेका कारण भने होइन । बेलायतले शुरुमा प्रवेश अनुमति दिएर १० दिन होटेल क्वारेन्टिन समेत बसिसकेपछि उनलाई भिषा… Continue reading स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

विषाक्त रक्सी पिउँदा बाग्लुङमा चार जनाको मृत्यु

बाग्लुङ । विषाक्त रक्सी पिउँदा बाग्लुङमा चार जनाको मृत्यु भएको छ । बाग्लुङ प्रहरीका अनुसार सोमवार बेलुकी विषाक्त रक्सी पिएका ६ मध्ये चार जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा गलकोट नगरपालिका ७ मल्ममा रहेको खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन… Continue reading विषाक्त रक्सी पिउँदा बाग्लुङमा चार जनाको मृत्यु

कक्षा १२ को परीक्षा ३१ साउनबाट

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने गरि मिति तय भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाको मिति तय गरेको हो । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउने भएका छन् । यो परीक्षा ९ भदौसम्म चल्ने छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन बिदा दिइने… Continue reading कक्षा १२ को परीक्षा ३१ साउनबाट

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु

File

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २५ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।

नेपालमा फेरि बढ्यो कोरोना, ३१०८ जनामा संक्रमण पुष्टी, १५९५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८८३६ पीसीआर परीक्षणमा २२०२ र ४२९९जनाको एन्टिजेन परीक्षणमा ९०६ जना गरी ३१०८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा फेरि बढ्यो कोरोना, ३१०८ जनामा संक्रमण पुष्टी, १५९५ जना संक्रमण मुक्त

सहमतिमा देउवा र प्रचण्ड, ओलीले जेठ ८ पछि गरेका नियुक्ति खारेज गरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघिको केपी शर्मा ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमतिमा पुग्नु भएको छ । मंगलबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्तापछि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने सहमति भएको हो । जेठ ७ गते… Continue reading सहमतिमा देउवा र प्रचण्ड, ओलीले जेठ ८ पछि गरेका नियुक्ति खारेज गरिने

आइतबारदेखि निरन्तर उकालो लागेको सेयर बजारमा सामान्य करेक्शन

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाता आइतबारदेखि निरन्तर उकालो लागेको बजारमा आज सामान्य करेक्शन आएको हो । पछिल्लो दुई दिनमा नेप्से ११० अंकले बढेको थियो भने आज ९ अंक्ले करेक्शन आएको हो । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले घटेर पौने ८… Continue reading आइतबारदेखि निरन्तर उकालो लागेको सेयर बजारमा सामान्य करेक्शन

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ

File Photo : business-standard.com

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेसम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बईको क्राइम ब्रान्चले उनलाई सोमवार राती गिरफ्तार गरेको हो । यो वर्षको फेब्रुअरी महिनामा पोर्नोग्राफिक सामग्री बनाएर त्यसलाई एप्समा सार्वजनिक गरेको आरोप उनीमाथि लागेको छ । प्रहरीका अनुसार यो काममा मूख्य योजनाकार कुन्द्रा थिए । यो आरोपमा यसअघि ४ जना… Continue reading बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ

इराकको राजधानी बगदादमा बम विस्फोट, कम्तिमा २५ को मृत्यु

Photo : REUTERS/Wissam Al-Okaili

बगदाद । इराकको राजधानी बगदादमा बम विस्फोट भएको छ । घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटन एउटा व्यस्त बजारमा भएको हो । सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो। पछिल्लो छ महिनामा त्यहाँ भएको यो… Continue reading इराकको राजधानी बगदादमा बम विस्फोट, कम्तिमा २५ को मृत्यु

संविधान बचाउन देउवालाई भोट दिएका २२ सांसदमाथि कारवाही गर्ने एमालेको तयारी

काठमाडौं । संविधानको रक्षार्थ प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका नेतालाई कारवाहीको तयारी गरिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर, अदालतले ह्वीप नलाग्ने भनेका कारण २२ सांसदले स्पष्टिकरण नबुझाउने भएका छन् । उनीहरुमाथि तत्काल कारवाहीको माग उठेको थियो । तर, एमाले भित्रै नराम्रो… Continue reading संविधान बचाउन देउवालाई भोट दिएका २२ सांसदमाथि कारवाही गर्ने एमालेको तयारी

काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

काठमाडौं । नेपाल र भारतबीचमा आवाज जावतको एक मात्र औपचारिक रुट काठमाडौं-दिल्लीमा अब उडान संख्या थप हुने भएको छ । २४ जुलाईबाट नेपाल एयरलाइन्सले तीन र भारतको ध्वजाबाहक एयर इण्डियाले तीन गरि सातामा कुल ६ उडान गर्ने भएका हुन् । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका अनुसार नयाँ दिल्लीमा… Continue reading काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री स्वयमःले सामाजिक संजालबाट जानकारी गराएका छन् । फोनवार्तामा मोदीले प्रधानमन्त्री देउवालाई कोभिड १९ विरूद्धको खोप भारतबाट नेपाल आउने आश्वासन दिएका छन् । देउवाले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको भन्दै… Continue reading प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४… Continue reading सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

Photo : Vishwanews

काठमाडौं । सामान्यतया २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम गरि निश्चित समय भित्र लगाइसक्नु पर्ने चिनियाँ खोप भेरोसिलको काठमाडौं उपत्यकामा असुरक्षित तरिकाले चुवावट हुने गरेको फेला परेको छ । काठमाडौंमा भेरोसिल खोप पत्रिकाले बेरेर प्लास्टिकको झोला भित्र केही टुक्रा आईसभित्र राखेर लगाउन हिँडेको विश्व न्युजले फेला पारेको छ । काठमाडौंको जिल्लाका एक प्राबिधिकले आफु… Continue reading भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

६ साउनमा सार्वजनिक बिदा, ११ राजदूतको नियुक्ति खारेज

काठमाडौं । सरकारले साउन ६ मा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय भएको हो । सरकारले बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय… Continue reading ६ साउनमा सार्वजनिक बिदा, ११ राजदूतको नियुक्ति खारेज

काठमाडौं महानगरको यी २८ केन्द्रमा लगाइन्छ जोन्सन एण्ड जोन्सन’ खोप (नामसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आज (साउन ४ गते) देखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका… Continue reading काठमाडौं महानगरको यी २८ केन्द्रमा लगाइन्छ जोन्सन एण्ड जोन्सन’ खोप (नामसहित)

नेपालमा थप २४४५ जनामा कोरोना संक्रमण पुष्टी, १२५८ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७८३३ पीसीआर परीक्षणमा १६४२ र ३८३१ जनाको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २४४५ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २४४५ जनामा कोरोना संक्रमण पुष्टी, १२५८ जना संक्रमण मुक्त

फ्लोर क्रस गर्ने २२ जना सांसदलाई एमालेको २४ घण्टे स्पष्टिकरण

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । ललितपुरको बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव ल्याएका हुन् । बैठकमा… Continue reading फ्लोर क्रस गर्ने २२ जना सांसदलाई एमालेको २४ घण्टे स्पष्टिकरण

नेपाली सेयर बजारको उकालो यात्रा कायमै

काठमाडौं । सेयर बजारको उकालो यात्रा आज पनि निरन्तर रहेको छ । आइतबार झन्डै १०० अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको छ । आज सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक नै रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १७ करोडले बढेर पौने १२ अर्ब पुगेको छ । आज सेयर बजार मापक सूचक… Continue reading नेपाली सेयर बजारको उकालो यात्रा कायमै

देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसले दुई दिन लगातार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्यो । यसअघि बालुवाटार दुरुपयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले समेत सोही प्रवृत्ति दोहोर्याएपछि नेताहरुले नै यसको विरोध गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका… Continue reading देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता

साउनको पहिलो सोमबार, पशुपति दर्शन खुलेन

काठमाडौं । यो वर्षको साउन महिनाको पहिलो सोमवार आज। हिन्दू धर्मावलम्बी महिलाले भगवान शिवको पूजा आराधनाका साथ ब्रत लिन्छन् । यो दिन शिवालयमा महिला भक्तजनको ठूलो भिड लाग्छ । तर, कोरोना भाइरसको महामारीका कारण यो वर्ष भने पशुपतिनाथसहितका शिवालय बन्द छन् । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुने विश्वास छ… Continue reading साउनको पहिलो सोमबार, पशुपति दर्शन खुलेन

भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

जनकपुर । नेपालको एक मात्र रेल्वेलाइन जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन सम्पन्न भएको छ । भारतको जयनगरबाट भारतीय रेल्वेको रेल जनकपुरधामस्थित कुर्थाको मुख्य स्टेशनसम्म ल्याइएको छ । त्यहाँ स्पिड परीक्षण र सर्टिफिकेशन गरेसँगै रेल भारत नै फर्काइएको छ । सो क्रममा जनकपुरधामस्थित कुर्था रेल्वे स्टेशनमा पूजा समेत गरियो । भारतीय डव्लु डि एम… Continue reading भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

Photo : BBC

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । यस क्रममा अत्यधिक भिडभाड बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र थप्न निर्देशन दिएका छन् । खोप अभियानको प्रभावकारी अध्ययन गर्न आज उनी स्थलगत अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले सोमबार देखि शुरु हुने जोन्सन एण्ड जोन्सननको खोप लगाउने स्थानको अवलोकन… Continue reading प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

काठमाडौं । अमेरिकाबाट अनुदानमा आएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट देशभर लक्षित वर्गमा लगार्इंदैछ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ । यो खोप २८ असारमा काठमाडौं… Continue reading अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

माधव नेपालको सैद्धान्तिक जीत, आवेगमा आउँदा रावलको गुम्यो सांसद पद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सैद्धान्तिक रुपमा विजयी भएका छन् । दोस्रो तहका नेताबाट निरन्तर आएको दवावका वावजुत उनले आफ्नो समूहलाई डगमग हुन दिएनन । यसको प्रतिक्रिया उनले विश्वासको मतपछि दिए । उनले यो दिन निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिए । नेता… Continue reading माधव नेपालको सैद्धान्तिक जीत, आवेगमा आउँदा रावलको गुम्यो सांसद पद

देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रुपमा बधाई ज्ञापन गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनासाथ भारतीय प्रधानमन्त्रीले ट्वीट गर्दै देउवालाई बधाई दिएका छन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने उनको विश्वास छ । नियुक्त हुनासाथ मोदीको… Continue reading देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

विश्वासको मत अगाडी संसदमा रोचक बहस, प्रचण्ड हावी

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिन चाहेपछि आज ५ बजेपछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्यो । त्यसपछि सभामुख अग्नी सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधनसहित विश्वासको मत माग्न समय दिए । सो क्रममा देउवाले आफु महामारी नियन्त्रणमा केन्द्रित हुने र जनताको जिउज्यान जोगाउन लाग्ने बताए । आफ्नो नियुक्ति संविधान बमोजिम भएको भन्दै यसको रक्षामा… Continue reading विश्वासको मत अगाडी संसदमा रोचक बहस, प्रचण्ड हावी

एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा २२ जना एमाले सांसदबाट विश्वासको मत प्राप्त भएको छ । यसमध्ये कतिपय ओली खेमाका सांसद समेत छन् । तर, एमालेको एकता कार्यदलमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, धनश्याम भुसालसहितका नेता भने मतदानमा उपस्थित भएनन् ।देउवाले प्रतिनिधिसभामा १६५ मत पाएका छन् । यसमा कांग्रेस, माओवादी केन्द्र र जसपाको… Continue reading एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमाले ओली खेमाका सांसदको समेत समर्थन

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । यससँगै उनले वर्तमान संसदको पुरा कार्यकाल सत्ता चलाउन सक्ने भएका छन् । आज कुल २४९ जना सांसद उपस्थित थिए । त्यसमध्ये १६५ मत उनको पक्षमा पर्यो । उनको विपक्षमा ८३ र तटस्थमा एक मत मात्र परेको छ । अब डेढ वर्ष देशको जिम्मेवारी… Continue reading प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमाले ओली खेमाका सांसदको समेत समर्थन

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ। देउवासँगको छलफलपछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो । जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि… Continue reading महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने