काठमाडौं । तिहारको गीतमा उच्छृंखल शब्द राखी मौलिकपनः बिगार्दै गाएर आलोचित बनेका गायक दुर्गेस थापालाई प्रहरीले पक्रेको छ । मौलिकता बिगारेको र उच्छृंखलता फैलाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि प्रहरीले थापालाई मंगलबार पक्रिएको थियो । उनको पक्राउपछि पनि जनमत उनको पक्षमा देखिएन । सबै तिरबाट उनको आलोचना र प्रहरीको समर्थन भयो । त्यसपछि थापाले युट्युवबाट विवादित… Continue reading विवादित गायक थापा पक्राउ, गीत हटाएपछि रिहा
Author: Vishwanews.com
आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै
काठमाडौं । हिमालय एयरलाइन्सले आइतबार (१० कात्तिक)मा काठमाडौं–बेइजिङ सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले सोमबार उक्त गन्तब्यका लागि उडानको मिति सार्वजनिक गरेको हो । नेपालबाट कुनै पनि कम्पनीले पहिलो पटक चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले सांघाई हुँदै जापानको ओसाकामा उडान गरेको अनुभव बाहेक कुनै पनि नेपाली वायुसेवा… Continue reading आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै
जब अस्ट्रेलियाका ठूला अखबारका फ्रन्टपेज खाली छापिए
अष्ट्रेलिया । अस्ट्रेलियामा खुला अखबारले सरकारविरुद्ध आन्दोलनको एक शैली अपनाएका छन् । उनीहरुले फ्रन्ट पेज खाली छाडे । र त्यहा लेखिएको थियो, ‘सरकार मीडियाको स्वतन्त्रमा दखल दिइरहेको छ ।’ अष्ट्रेलियामा प्रेसमाथि प्रतिवन्धको विरोधमा पत्रिकाहरुले विरोधको यो शैली अपनाएका हुन् । आफ्नो फ्रन्ट पेज खाली राख्दै पत्रिकाहरुले सरकारविरुद्ध एकता समेत प्रदर्शन गरेका छन् । अष्ट्रेलियामा राष्ट्रीय… Continue reading जब अस्ट्रेलियाका ठूला अखबारका फ्रन्टपेज खाली छापिए
पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर
काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर एक ऐतिहासिक विषेशताका कारण चर्चित छ । यो मन्दिर हरेक वर्ष केवल भाइटिकाका दिन मात्र सर्वसाधारणको लागि खुल्ने गर्छ । तर, यसरी खुल्न छाडेको पनि ५ वर्ष पुगेको छ । वैशाख २०७२ को भूकम्पले भत्किएको रानी पोखरी र बालगोपालेवर मन्दिरको पुनर्निर्माणको काम नसकिएपछि यस वर्ष पनि भाइटिकामा यो मन्दिर नखुल्ने… Continue reading पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर
आङ सान सू ची नेपाल आउने
काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सू ची नेपाल भ्रमणमा आउने भएकी छिन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् । उनका अनुसार सरकारले सू चीको नेपाल भ्रमणको तयारी समेत थालिसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार भ्रमणका दौरान सू चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धनका सिलसिलामा नेपाल आउन चाहेको बताएकी थिइन्… Continue reading आङ सान सू ची नेपाल आउने
चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही
काठमाडौं । शरद ऋुतमा सगरमाथा चढ्न गएका आरोही चुचुरोसम्म पुग्न नसकेपछि फर्किएका छन् । जारी सिजनमा सगरमाथा चढ्न दुई समूहका १० जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार मौसम प्रतिकूल हुने र आरोहणका लागि बाटो समेत नबनाउने भएका कारण यस मौसममा आरोहण जोखिमपूर्ण मानिन्छ । सन् २०१० मा पछिल्लो पटक शरद… Continue reading चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही
अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट
काठमाडौं । अब काठमाडौं उपत्यका छिर्न सुरुङमार्गको प्रयोग हुने भएको छ । आगामी ३ वर्षमा पुरा हुने गरी धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । सुरुङमार्ग २.६८ किलोमिटर लामो हुने आयोजनाले जानकारी दिएको छ । सडक विभाग मातहत रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले यो आयोजना बनाउदैछ । आयोजना… Continue reading अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट
भाई टिकाको उत्तम साइत ११:५५ मा
काठमाडौं। पञ्चांक निर्णायक समितिले भाइ टिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाई टिका १२ कात्तिकमा परेको छ । यस दिन दिनै भर भाइटिक लगाउन सकिने भएपनि उत्तम साइत हेर्नेहरुका लागि भने ११ बजेर ५५ मिनेट जाँदाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार यस दिन कुनै… Continue reading भाई टिकाको उत्तम साइत ११:५५ मा
महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामूख कृष्णबहादुर महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले २ कात्तिकबाट लागु हुने गरी ५ दिन थुनामा राख्न आदेश दिएको हो । अब प्रहरीले थप अनुसन्धानका लागि उनलाई थुनामै राख्न सक्नेछ । म्याद थपका लागि अदालत पेश… Continue reading महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान
राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका सिलसिलामा जापान प्रस्थान गर्ने भएकी छिन् । अहिले म्यानमारमा रहेकी राष्ट्रपति सोही मुलुकबाट आइतबार जापान जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी जापानी नरेशको राज्याभिषेक कार्यक्रममा सरिक हुन जापान जान लागेकी हुन् । कार्यक्रममा विश्वभरबाट नेताहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रपतिको ५ दिने राजकीय भ्रमण पूरा… Continue reading राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै
अफगानिस्तानमा बम विस्फोट, ६२ को मृत्यु
अफगानिस्तान । अफगानिस्तानमा बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ । अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार अफगानिस्तानको पूर्वी नानगरहरस्थित एक मस्जिदमा शक्तिशाली बम विस्फोट भएको हो । शुक्रबार भएको विस्फोटमा ६२ को निधन भएको र थुप्रै घाइते भएको नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानीलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् । आक्रमणको जिम्मा भने कुनै पनि समूहले लिइसकेको… Continue reading अफगानिस्तानमा बम विस्फोट, ६२ को मृत्यु
आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए
काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले क्रुर अपराधमा पक्राउ परेका सांसद मोहम्मद आलमबारे आफैले दिएको अभिव्यक्ति सच्याएका छन् । मानिसलाई जिँउदै जलाउने सम्मको क्रुर अपराध गरेको अभियोगमा पक्राउ परेका सांसदको रक्षा गर्दै देउवाले शुक्रबार यो काम नेपाली कांग्रेस विरुद्धको षडयन्त्र भएको बताएका थियो । उनको यो अभिव्यक्तिको अहिले व्यापक अलोचना भइरहेको छ । सभापति… Continue reading आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए
नौबिसे नागढुंगा सडक एकतर्फी चलाइयो
काठमाडौं । दशैंको चाप सकिएसँगै नौबिसे नागढुंगा सडक खण्डको मर्मत शुरु भएको छ । सोही प्रयोजनका लागि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घरस्थित सडक खण्डमा कालोपत्रे गर्ने काम जारी छ । सोही कारण एकतर्फी सवारी संचालनमा ल्याई काम… Continue reading नौबिसे नागढुंगा सडक एकतर्फी चलाइयो
‘सी छिङलाई माइतिमा स्वागत’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त भएकी चर्चित चिनिया अभिनेत्री सी छिङलाई ‘तपाईलाई मावलीमा स्वागत छ’ भन्दा उनले हासो थाम्न सकिनन् । लजालु स्वभावमा उनी मुस्कुराइन् । मख्ख शैलीमा उनले हासेको देखेर उपस्थित आयोजक तथा पत्रकार समेत मख्ख परे । प्रत्युत्तरमा अभिनेत्री सी… Continue reading ‘सी छिङलाई माइतिमा स्वागत’
गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मलन काठमाडौंमा सम्पन्न भएको छ । उक्त सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गरेको छ । यस्तो छ घोषणा पत्रको पूर्ण पाठ : ‘म , मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय… Continue reading गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)
यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । मंगलबार बाट राजधानीमा शुरु सम्मेलनका दौरान बिहीबार मात्र मतदान भएको थियो । विवादका बीच एक दिन लम्बिएको सम्मेलनमा शुक्रबार नयाँ कार्यसमितिको नतिजा सार्वजनिक गरिएको… Continue reading यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व
एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी कार्यकालका लागि जारी मतगणनाको ४० प्रतिशत मत गणना सकिएको छ । यसको औपचारिक जानकारी भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । पछिल्लो मतपरिणाम अनुसार आचार्यलाई जितेर कुमार पन्तले अग्रता बनाएका छन् । बिहीबार राती अबेर सम्पन्न मतगणनाको नतिजा शुक्रबार अपरान्हसम्म सकिने छ । निर्वाचनमा खसेको कुल २ हजार… Continue reading एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने
द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)
काठमाडौं । सरकारले द्वन्द्वपिडित बाँकेका जयलाल शर्मालाई दस लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उनका छोरा द्वन्द्वकालमा मारिएका थिए । यसबाहेक काभ्रेकी सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उनी जनआन्दोलनकी घाइते हुन् । बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यस्तो… Continue reading द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)
ट्रम्प र पुटीनसमेत नेपाल आउन सक्छन् : संचारमन्त्री
काठमाडौं । सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अनुकूलता मिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसमेत नेपाल भ्रमणमा आउन सक्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित बैठकमा मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपालको अन्तर्राष्ट्रिय पहिचान बिस्तार भएको भन्दै ट्रम्प र पुटीनको समेत नेपाल… Continue reading ट्रम्प र पुटीनसमेत नेपाल आउन सक्छन् : संचारमन्त्री
राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड
काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार सवारीका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको छ । काठमाडौंबाट थाइल्याण्ड हुँदै म्यानमारसम्म निगमको एयरबस ३२० जहाज उडेको थियो । थाइल्याण्डसम्म नियमित उडानका यात्रु समेत लगेर गएको निगमको उक्त जहाजले राष्ट्रपतिसहित उनको भ्रमण दलका दुई दर्जन सदस्यलाई भने म्यानमारमा छाडेर पुनः थाइल्याण्ड हुँदै काठमाडौं फर्किएको हो । एक… Continue reading राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड
विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा
दाङ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय प्रभावकारी प्रहरी कारवाही तिब्र बनाएका छन् । खासगरी जनतामा सरकार रहेको र सुशासनको अनुभूति हुने गरी प्रहरी अपरेशन तिब्र बनाइरहेको समयमा प्रहरीले भूमिगत अवस्थामा रहेको विप्लव समूहका नेता दुई दर्जन नेता कार्यक्रता पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द्र विप्लवका दाजु चन्द्रबहादुर चन्दसमेत रहेका छन् ।… Continue reading विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा
टेलिकमले ल्यायो अफरै अफर
काठमाडौं । नेपाल टेलिकमले ग्राहक लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ । अटम सिजनलाई लक्षित गर्दै कम्पनीले नयाँ नयाँ सुविधा र अफर ल्याएको बताएको छ । बिहीबारबाट शुरु भएको अफर अभियान आगामी ९ महिनासम्म जारी रहने कम्पनीले उल्लेख गरेको कम्पनीले मौसम अनुसार विभिन्न अफर मार्फत ग्राहक आकर्षित गरिरहेको छ । अब यसअघि उपलब्ध भएका डे… Continue reading टेलिकमले ल्यायो अफरै अफर
कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित
कतार । कतारमा नेपालीले कानून विपरित राजनीतिक गतिविधि गरेको तथा चन्दा संकलन गरेको भन्दै त्यसो नगर्न सचेत गराएको छ । कतारस्थित नेपाली दूतावासमा पत्र पठाउँदै कतार सरकारका विभिन्न निकायले यस्तो सूचित गराएका हुन् । कतारमा रहेका केही समुदायले सम्बन्धित निकायबाट पूर्व स्वीकृत नलिई भेला–बैठकको आयोजना गर्ने, चन्दा–रकम संकलन गर्ने जस्ता कार्यहरु गरेको भन्दै कतार सरकारले… Continue reading कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित
गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना
काठमाडौं । काठमाडौंमा गैरआवासीय नेपालीहरुको ९ औं विश्व सम्मलेन जारी रहेको छ । बुधबार निर्वाचन हुने र बिहीबार निर्वाचनको नजिजा सार्वजनिक भई नयाँ नेतृत्वलाई पदभार ग्रहण गरी सम्मेलन समापन हुने योजना रहेकोमा सम्मेलन लम्बिएको छ । बुधबार राति हुने भनिएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको छ । विश्वभरबाट आएका गैरआवासीय नेपालीले… Continue reading गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना
राष्ट्रपति पहिलो पटक निवासदेखि विमानस्थलसम्म हेलिकोटरमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निवास शीतलनिवासबाट विमानस्थलसम्म पुग्न पहिलो पटक हेलिकप्टर प्रयोग गरेकी छिन् । बुधबार राजकीय भ्रमणका सिलसिलामा म्यानमार जाने क्रममा उनी हेलिकप्टरमात्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी हुन् । सडक मार्ग प्रयोग गरी आउँदा सडकमा अधिक जाम हुने र त्यसले सर्वाधारणमा आक्रोस बढ्दै गएपछि सरकारी अतिशिविष्ट व्यक्तिको सवारीमा प्रयोग गर्न अत्याधुनिक हेलिकोप्टर खरीद गरेको… Continue reading राष्ट्रपति पहिलो पटक निवासदेखि विमानस्थलसम्म हेलिकोटरमा
नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा
काठमाडौं । नेपालले हजारौं विदेशी नागरिकलाई आकर्षक रोजगारी प्रदान गरेको छ । त्यो पनि इज्यतिलो काममा । तपाई पत्याउनु हुन्छ ? किनकी स्वदेशमा काम पाएनौं भन्दै खाडीको तातो धुपमा संघर्ष गरिरहेका नेपालीको व्यथाले देशमा कुनै अवसर नै छैन कि भन्ने भान पर्छ । तर, नेपालमा विदेशबाट दक्ष कामदारले आकर्षक मूल्यमा रोजगारी गरिरहेका छन् । यहाँबाट… Continue reading नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा
गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मेलन काठमाडौंमा जारी छ । बिहीबारसम्म चल्ने सम्मेलनमा बुधबार निर्वाचन हुने कार्यक्रम तय भएकोमा साँझ ८ बजेसम्म मतदान शुरु हुन सकेको छैन । बुधबार दिनभर जसो काठमाडौंको हायात होटेलमा नाराबाजी र हुटिंग भइरह्यो । निर्धारित समय अनुसार साँझ ७ बजेबाटै मतदान शुरु हुन पर्ने थियो ।… Continue reading गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना
नेकपा सांसद पार्वत गुरुङमाथि पक्राउ पूर्जी जारी
काठमाडौं । अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ माथि पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको हो । उक्त पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल समेत गरिसकेको छ । २०७४ बैशाखमा सम्पन्न स्थानीय चुनावपछि दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा सांघातिक आक्रमण भएको थियो । आक्रमणमा गुरुङको… Continue reading नेकपा सांसद पार्वत गुरुङमाथि पक्राउ पूर्जी जारी
राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि म्यान्मारको राजकीय भ्रमण शुरु गर्दैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति बुधबार म्यानमार जाने कार्यक्रम तय भएको छ । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा ३ कात्तिकसम्म उनले म्यानमारको राजकीय भ्रमण गर्न लागेकी हुन् । बुधबार थाइल्याण्डको बैंकक हुँदै म्यान्मारको राजधानी नेपित जाने कार्यक्रम तय भएको छ… Continue reading राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै
आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषद्का केही सदस्यको कार्यशैलीप्रति असहमति जनाउँदै मन्त्रीपरिषद् फेरबदल गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखिसकेका छन् । मन्त्रीहरु अदलबदल तथा पार्टी एकताको अन्तिम टुंगो लगाउने सम्बन्धमा बुधबार छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ । करीव आधा दर्जन मन्त्रीहरुको कार्यशैलीप्रति प्रधानमन्त्री संतुष्ट… Continue reading आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?