चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङजाने भएको छ । निगमको वाइड बडी ए ३३० जहाज १५ चैतमा चीन जान लागेको हो । बेइजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने भएको छ । सरकारले १ चैतको मन्त्रिपरिषद्को बैठकबाट मित्रराष्ट्र चीनबाट… Continue reading चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

पक्राउ परेका राना

काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक जना पक्राउ परेका छन् । यस घटनामा दुई जनाको हात रहेपनि एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गल्याङ नगरपालिका ९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका… Continue reading ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

थ्री नेसन्स कप : बंगलादेशको विजयी शुरुवात

Photo : goalnepal.com

काठमाडौं । बंगलादेशले मंगलबारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कप फुटबलमा विजयी शुरुवात गरेको छ । कीर्तिस्तानलाई १–० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद शुरुवात गरेको हो । कीर्तिस्तानले गरेको आत्मघाती गोल नै बंगलादेशको जितका लागि निर्णायक बन्यो । कीर्गिस्तानका कुमारबाज उलु बेइमनले ३० औं मिनेटमा आफ्नै पोष्टमा गोल छिराएका थिए । त्यसपछि दुबै टोलीले गोल… Continue reading थ्री नेसन्स कप : बंगलादेशको विजयी शुरुवात

बंगलादेश भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण पुरा गरी स्वदेश फर्किएकी छिन् । उनी मंगलबार नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत काठमाडौं अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.शीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी… Continue reading बंगलादेश भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर । हत्याको आरोपमा ४० वर्षसम्म भारको जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिनाको उपचारमा प्रदेश १ सरकारले सहयोग गर्ने भएको छ । आरोप प्रमाणित नभए पनि उनी ४० वर्ष जेलमा बस्नु परेको हो । यसबारे भारतीय संचारमाध्यमसम्म खबर पुगेसँगै उनको रिहाईको बाटो खुलेको थियो । अदालतले तत्काल उनलाई जेलमुक्त गर्न आदेश दिएपछि तिम्सिना अहिले इलामस्थित घरमा आइपुगेका… Continue reading भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । मंगलबार बिहान प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच बालुवाटारमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले भने, ‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन ।’ आजको… Continue reading प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, एकैदिन १८८ संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४०३२ जनाको पीसीआर परिक्षण गर्दा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जना… Continue reading नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, एकैदिन १८८ संक्रमित थपिए

काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

File

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलब ९५ प्रतिशत सम्पन्न भएको छ। यही अवधिमा वित्तीय प्रगति १९ दशमलब १२ रहेको छ। वि.सं. २०८० को असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलब नौ प्रतिशत रहेको छ।… Continue reading काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण

File Photo by Mohammed Elshamy/Anadolu Agency/Getty Images)

नाइजर । अफ्रिकी मुलुक नाइजरमा पुनः बन्दुकधारीले ग्रामिण भेगमा हिंसा मच्याएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बन्दुकधारीको आक्रमणबाट कम्तीमा १३७ गाउँलेको ज्यान गएको छ । बन्दुकधारीले घरघरमा पसि आक्रमण गरेका थिए । अपरिचित बन्दुकधारी स्थानीय समय अनुसार आइतबार राति मोटरसाइकलमा गाउँ पसेर आक्रमण गरेको स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् । यो घटना छिमेकी मुलुक मालीसँग… Continue reading नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण

नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आजबाट शुरु

तस्वीर : एन्फा

काठमाडौं । नेपालसहित तीन मुलुकबीच आजदेखि त्रिदेशीय फुटबल रिसिज हुँदैछ । पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तान भिड्ने भएका छन् । नेपाल, बंगलादेश र किर्गिस्तान बीच पहिलो चरणमा एक अर्का विरुद्ध खेल हुने छ । त्यहाँबाट शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुने छ । प्रतियोगितामा नेपालको नेतृत्व गोलकिपर किरण चेम्जोङले गर्दैछन् । नेपाली टोलीले लामो… Continue reading नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आजबाट शुरु

बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट

Photo : AA.COM

ढाका । बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बसिरहेको एक शिविरमा आगलागी हुँदौ एक हजार भन्दा बढी घर जलेर नष्ट भएका छन् । स्थानीय संचारमाध्यमका अनुसार त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आगलागी भएको हो । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको बताइएको छ । अग्नि नियन्त्रक र स्वयंसेवकले घण्टौं प्रयासपछि मात्र आगो निभाउन सकेका थिए… Continue reading बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु

Photo : CNN\GettyImages

कोलोराडो । अमेरिकाको कोलोराडोमा एक बन्दुरधारीेले चलाएको गोली लागेर कम्तिमा ६ जनाको मृत्यु भएको छ । कोलोराडो राज्यका बोल्डर काउन्टीस्थित एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । यसक्रममा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको खबर छ । स्थानीय समयअनुसार घटना सोमबार दिउँसो साढे तीन बजे भएको हो ।… Continue reading अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु

कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । भारतका अधिकांश राज्यबाट नयाँ नयाँ संक्रमित पुष्टी भइरहेका छन् । यस अवस्थामा त्यो जोखिम नेपाल नआओस भन्ने उद्देश्यले नेपाल-भारत सीमानामा कडाई शुरु भएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई सीमा नाकामा चेकजाँच हुने भएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा यात्रु क्वारेन्टिन बस्नु… Continue reading कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

Illustration Source : Jabin Botsford for The Washington Post, AP, Getty and iStock

काठमाडौं । ट्वीटर र फेसबुकसहितका साइटले आफ्नो प्लेटफर्ममा प्रतिवन्ध लगाएसँगै अमेरिकाका पूर्वराष्ट्रपति तथा अमेरिकी धनाढ्य डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक संजाल खोल्ने भएका छन् । उनका सल्लाहकारले यस्तो जानकारी सार्वजनिक गरेको अमेरिकी संचारमाध्यमले लेखेका छन् । आगामी तीन महिना भित्र ट्रम्प आफ्नै लगानीको सामाजिक सञ्जालमार्फत सक्रिय भइसक्ने तयारीमा रहेको बताइएको छ । उनका सल्लाहकार जेसन मिलरले… Continue reading आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

२०७८ सालमा थपियो ४ दिन सार्वजनिक बिदा, तिहारको भोलीपल्ट पनि पाइने (सूचिसहित)

काठमाडौं । सरकारले २०७७ सालको तुलनामा २०७८ सालमा चार दिन थप सार्वजनिक बिदा दिने भएको छ । सरकारले भाइटिकाको भोलीपल्ट, घटस्थापना, रक्षाबन्धन र माघेसंक्रान्तीमा समेत बिदा पाउने गरी नयाँ सूचि सार्वजनिक गरेको छ । आज गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बिदा सार्वजनिक गरेको हो । यस्तो छ २०७८ सालमा हुने सार्वजनिक बिदा

पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने

काठमाडौं । भूकम्पपछि सरकारी अनुदानमा पुनर्निर्माण भएका निजी आवासमा अब थप संरचना बनाउन पाइने भएको छ । अहिलेको मुल संरचनालाई आधार मानेर घरको दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी संरचना थप गर्न सकिने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि बनाएको छ । कार्यविधि प्राधिकरणको कार्यकारी समितिबाट पारित भएपछि कार्यान्वयनमा जाने प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जनाएका छन् ।… Continue reading पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने

महँगा गाडी आयात माथिको रोक हटाइयो

काठमाडौं । सरकारले नेपालमा महँगा गाडी आयात गर्न लगाएको रोक हटाएको छ । यससँगै अब जुनसुकै मूल्यको गाडी समेत नेपालमा निर्धारित कर तिरेर ल्याउन पाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा २५ फागुनमा बसेको मन्त्रिपषिद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गत वर्ष नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएसँगै ५० हजार डलरभन्दा… Continue reading महँगा गाडी आयात माथिको रोक हटाइयो

नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका… Continue reading राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो ३ कारोदिनमा करिब १४० अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५० करोड रुपैयाँले गिरावट आएको छ । आज सेयर बजार मापक सूचक नेप्से २४.०६ अंकले घटेर २५१४.४०… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बसिरहेका एक अमेरिकी नागरिकको पर्यटक भिसाको अवधि सकिएको छ । उनी भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि आफ्नो देश फर्कन नमानेको नेपालको राष्ट्रिय समाचार समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्री जोइल हुन् । आफ्नो देश फर्कन अटेर गरेका… Continue reading भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

आज कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दैछ । १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको पार्टी सचिवालयले जनाएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको छ । पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने स्वर चर्किरहेको छ । यसको नेतृत्व कांग्रेसले… Continue reading आज कांग्रेस पदाधिकारीको बैठक

नेपालमा आजबाट गैंडा गणना थालिने

file

काठमाडौं । नेपालमा आजबाट एक सिंगे गैंडाको गणना थालिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले यस कार्यको शुभारम्भ गर्ने कार्यक्र छ । उनले त्यहाँ वनदेवीको पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपालमा चार वटा निकुञ्जमा एक सिंगे गैंडा पाइन्छ । त्यसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्… Continue reading नेपालमा आजबाट गैंडा गणना थालिने

लालिगामा बार्सिलोनाको रवाफिलो जित, मेसीको अर्को कीर्तिमान

Photo : mundo

काठमाडौं । कप्तान लिओनल मेसीका लागि कीर्तिमानी खेलमा बार्सिलोनाले बलियो प्रतिद्धन्द्धी रियल सोसिडाडमाथि ६-१ को रवाफिलो जित निकालेको छ । आइतबार राती मेसीले क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान राख्न सफल भए । यस खेलमा उनले दुई गोल र एक असिष्ट गरे । खेलमा बार्सिलोनाले सोसिडाडलाई उसकै मैदानमा फराकिलो अन्तरले हराएको हो । बार्सिलोनाका… Continue reading लालिगामा बार्सिलोनाको रवाफिलो जित, मेसीको अर्को कीर्तिमान

राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बंगलादेश भ्रमण शुरु हुँदैछ । यस भ्रमणका दौरान दुई देशबीच चार समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । भ्रमणमा नेपाल र बंगलादेश बीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार यो सम्झौतापछि बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनमा प्रयोग गर्न… Continue reading राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

राष्ट्रपति भण्डारी आज ढाका जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेशको राजधानी प्रस्थान गर्ने भएकी छिन् । उनी दुई दिने राजकीय भ्रमणको सिलसिलामा बंगलादेश जान लागेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो । उनी नेपाल एयरलाइन्सको विशेष चार्टर जहाजबाट बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम छ । दुई दिने भ्रमणका… Continue reading राष्ट्रपति भण्डारी आज ढाका जाँदै

होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

File Photo

काठमाडौं । सरकारले होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा लकडाउन अवधिभर शतप्रतिशत छुट दिने निर्णय गरेको छ । होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । उनका अनुसार सरकारले लकडाउन… Continue reading होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

काठमाडौं । नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले अनुमति पाएको छ । अघिल्लो शुक्रबार नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिन नेपाल ल्याउन निजी कम्पनीले अनुमति पाएको हो । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो । अनुमति पाएसँगै करीव दुई सातामा यो… Continue reading नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढेको हुनाले भीडभाड नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै कोरोना त्रास बढेकाले सभा, जुलस, भेला, र्‍याली, बैठक, सेमिनार तथा जमघटमा नर्गन अनुरोध गरेको हो । पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने… Continue reading फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य