अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु

Photo : orissapost.com

काबुल । अफगानिस्तानमा भएको सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो । बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ । यस दुर्घटनामा चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयले जनाएको… Continue reading अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु

एमाले नेपाल-खनाल समुहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित (विस्तृतमा)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल-झलनाथ खनाल समुहको दुई दिने राष्ट्रिय भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । बुधबार र बिहीबार राजधानीमा आयोजना भएको भेलाले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको छ । प्रतिनिधिसभा ब्यूँताउने सर्वोच्च अदालतको स्वागत गरेको भेलाले नेकपा विभाजन गर्ने आदेशप्रति भने असहमति प्रकट गरेको छ । यस्तो छ राष्ट्रिय… Continue reading एमाले नेपाल-खनाल समुहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित (विस्तृतमा)

ब्यूँतियो वाइसिएल, राष्ट्रिय भेला गर्ने घोषणा

काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ब्यूँतिएको छ । केन्द्रमा माउ पार्टी ब्यूँतिएसँगै चर्चित भातृसंगठन वाइसिएल समेत ब्यूँतिएको हो । संगठनले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतको आदेश पछि एमाले र माओवादी केन्द्र पार्टी अस्तित्वमा आएका छन् । यो संगठनको काठमाडौंमा… Continue reading ब्यूँतियो वाइसिएल, राष्ट्रिय भेला गर्ने घोषणा

सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौ । यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन गर्न आग्रह गरेको हो । पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको भन्दै महासंघले चैत्रको तेस्रो साताभित्र भाडा समायोजन नगरे सवारी साधन नचलाउने चेतावनीसमेत दिएका छन् ।… Continue reading सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीको माग

नेपालमा ३ हजार २ सय परीक्षण गर्दा थप १ सय ७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२ जना कोरोनालाई जितेर… Continue reading नेपालमा ३ हजार २ सय परीक्षण गर्दा थप १ सय ७ जनामा कोरोना संक्रमण

एमाले संसदीय बोर्डमा झलनाथ र माधवसहित २७ जना मनोनित, यस्तो छ सूची

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । २७ सदस्यीय बोर्डमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि मनोनीत भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टीमा सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा निर्णय गर्नका लागि उक्त बोर्ड गठन गरेको छ । प्रधानमन्त्री केपी… Continue reading एमाले संसदीय बोर्डमा झलनाथ र माधवसहित २७ जना मनोनित, यस्तो छ सूची

कुवेतमा कोरोनापछि लागेको प्रतिवन्ध हट्यो, नेपाली पनि जान सक्ने

कुवेत । कोरोना महामारी फैलिएपछि कुवेतले मुलुक प्रवेशमा लगाएको प्रतिबन्ध हटाएको छ । यसले नेपाली कामदार समेत लाभान्विन हुने भएका छन् । नेपालसहित ८ मुलुकका नागरिकले कुवेतले अझै प्रवेश अनुमति दिएको थिएन । प्रतिबन्ध फुकुवा भएपछि आगामी मार्च २५ तारिखबाट नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतबाट विदेशी श्रमिक कुवेत जान सक्ने… Continue reading कुवेतमा कोरोनापछि लागेको प्रतिवन्ध हट्यो, नेपाली पनि जान सक्ने

ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल-खनाल पक्षीय सांसद नजाने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी संसदीय दलको बैठक डाकेका छन् । तर, यो बैठकमा वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसद भने उपस्थित नहुने भएको छन् । त्यो समुहको राष्ट्रिय कार्यकर्ता भेला आज पनि काठमाडौंमा जारी रहने छ । ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री… Continue reading ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल-खनाल पक्षीय सांसद नजाने

खरीद गरेको थप खोप नआएपछि रोकियो खोप अभियान

Photo Source : Himalkhabar

काठमाडौं । नेपालले भारतको सेरम इन्स्टिच्युटसँग किनेको खोप नआएपछि खोप अभियान नै प्रभावित बनेको छ । सरकारले तत्कालका लागि कोरोना खोप अभियान नै स्थगित गरेको छ । सेरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिएर खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज मात्र नेपाल आएको छ । बाँकि १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य… Continue reading खरीद गरेको थप खोप नआएपछि रोकियो खोप अभियान

आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

file

काठमाडौं । यो वर्ष आरोहण सिजनलाई सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिने भएको छ । आपतकालिन समयमा आरोही तथा सहयोगीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले काजमा डाक्टर खटाउने भएको छ । पर्यटन विभागका अनुसार सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर रहने छन् । उनीहरुले आरोहीलाई प्राथमिक उपचार गरी… Continue reading आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुरा

Photo : SkyNews

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२०\२१ को क्वार्टरफाइनल समिकरण पुरा भएको छ । आज राती भएका अन्तिम १६ का खेलहरुबाट अन्तिम ८ मा पुग्ने टोलीहरुको टुङ्गो लागेको हो । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भए । यसबाट क्वार्टरफाइनल खेल्ने ८ वटा टोली निश्चित भएका हुन् । चेल्सीसँगै इंग्ल्याण्डबाट… Continue reading च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुरा

बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइयो

Photo : Naresh Subedi

बर्दिया । बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइएको छ । बर्दियामा पछिल्लो समय बाघको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । मानिसमाथि आक्रमण गरी आतंक फैलाएको एउटा बाघलाई आज बर्दियाको गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएको राष्ट्रिय निकुन्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ… Continue reading बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइयो

निर्माण व्यवसायीले भेटे भौतिक मन्त्री, सहुलियत दिन माग

काठमाडौं । नपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त प्रतिनिधिमण्डलले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई भेटेको छ । भेटमा व्यवसायीका समस्या र समाधानका उपायबारे जानकारी गराइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज… Continue reading निर्माण व्यवसायीले भेटे भौतिक मन्त्री, सहुलियत दिन माग

नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

लयमा फर्कियो नेपाली सेयर बजार,६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार उच्च अंकले कमब्याक गरेको छ । लगातार दुईसाताको गिरावट पछि बजार लयमा फर्किएको हो । पछिल्लो दुईसातामा करिब २२५ अंकले घटेको बजार आज करिब ४१ अंकले बढेको छ । सूचकमा सुधार आए पनि कारोबार रकममा भने घट्दो क्रममा नै रहेको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार,६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

एमालेले फिर्ता लियो कर्णाली प्रदेशलाई दिएको समर्थन, शाहीको सरकार अल्पमतमा

काठमाडौ । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ । हाल कर्णालीमा माओवादी केन्द्रको नेतृत्व रहेको छ । बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका… Continue reading एमालेले फिर्ता लियो कर्णाली प्रदेशलाई दिएको समर्थन, शाहीको सरकार अल्पमतमा

‘सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन्। काठमाडौँमा आफ्नो पक्षको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए। पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यो… Continue reading ‘सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्’

अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए

अमेरिका । अमेरिकाको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ । जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका… Continue reading अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए

नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु

काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको भेलाको अहिले उद्घाटन सत्र चलिरहेको छ । दुईदिन चल्ने भेलामा सहभागी हुन देशभरबाट समूहका नेता(कार्यकर्ताको सहभागिता छ । अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध भेला गरेको सो समूहको भनाइ छ । भेलामा केन्द्रीय समितिका… Continue reading नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु

७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को ७ महिनामा सम्ममा विदेशमा रहेका नेपालीले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७\०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७… Continue reading ७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा प्रारम्भ हुने भएको छ । तर, यो भेलामा नजान ओली समुहको एमालेले भने कडा उर्दी जारी गरेको छ । नेता इश्वर पोखरेलले एमालेको कुनै पनि राष्ट्रिय भेला आयोजना नभएको भन्दै गुट भेलामा सहभागी नहुने सबैमा आग्रह गरेका छन् ।… Continue reading एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । उनी मष्तिष्कघातपछि काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारार्थ भर्ना भएका छन् । जोशीको अवस्था गम्भीर रहेको साथै उनको भेन्टिलेटरमा उपचार भैरहेको अस्पतालको भनाई छ । उनी १४ फागुनमा अस्पताल भर्ना भएका हुन् । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएपनि अवस्था फेरी… Continue reading कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि झस्किए नेताहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक बोलाएकी छिन् । भेटमा राष्ट्रपति तथा प्रधानमन्त्रीको अभिव्यक्तिबाट भने दलका नेताहरु झस्किएका छन् । बैठकमा सहभागी नेताहरुका अनुसार राष्ट्रपतिले निर्वाचनमा जानु नराम्रो नभएको भन्दै प्रधानन्त्रीको पक्षमा अभिव्यक्ति दिएकी छिन् । उता, प्रधानमन्त्रीले भने संसदले आफुलाई काम गर्न नदिएको भन्दै पुनः विघटन र नयाँ निर्वाचनमा जानु पर्ने आषयको… Continue reading राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि झस्किए नेताहरु

नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामा चौथोपटक वृद्धि

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले २८ माघयता मात्र चौथो पटक मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि नै लागू हुने भएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको छ । नयाँ मूल्य अनुसार… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामा चौथोपटक वृद्धि

सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

सिन्धुली । सिन्धुलीमा जिप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते छन् । प्रहरीका अनुसार कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप आज अपरान्ह पौने ४ बजे सडकबाट ५० मिटर तल खसेको हो । ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुनेमा… Continue reading सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु

महिला क्रिकेट टिमलाई लोकतान्त्रीक खेलकुद संघको सम्मान

काठमाडौं । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डिएससी काठमाडौंलाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा बिजयी भएर फर्किएको डिएसी महिला टिमलाई नगद ३० हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो । मंगलबार काठमाडौं, नारायण गोपाल चोकस्थित हेडलाईन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाण्डौ क्षेत्र नं.… Continue reading महिला क्रिकेट टिमलाई लोकतान्त्रीक खेलकुद संघको सम्मान

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो

बीबीसी । अमेरिकाले विगत पाँच वर्षमा अस्त्र व्यापारमा आफ्नो विश्वव्यापी अंश बढाएर ३७ प्रतिशत पुर्‍याएको स्वीडनस्थित एउटा अनुसन्धान संस्थाले जनाएको छ। रुस र चीनबाट निर्यात घटेका बेला अमेरिका, फ्रान्स र जर्मनीले आफ्नो अस्त्र निर्यात बढाएका हुन्। हतियारको आयात र निर्यात शीतयुद्ध अन्त्य भएपछि अहिले उच्चबिन्दुमा पुगेको देखिन्छ। तर कोभिड महामारीले त्यसमा केही परिवर्तन ल्याउन सक्छ।मध्यपूर्वमा… Continue reading विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो

लगातार गिरावट आएको नेपाली सेयर बजारमा झिनो सुधार

काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । पछिल्लो दुईसाता यता लगातार गिरावट आएको बजारमा मंगलबार साढे २ अंकको सुधार आएको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्ब रुपैयाँले घटेको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै… Continue reading लगातार गिरावट आएको नेपाली सेयर बजारमा झिनो सुधार

‘एकथरी अनुहार देखिएनन्,पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्ने विरुद्ध सहेर बस्दैनौँ’

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले घुमाउरो भाषा यस्तो चेतावनी दिएका हुन् । यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो,” उनले भने, “पार्टीमा विधान… Continue reading ‘एकथरी अनुहार देखिएनन्,पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्ने विरुद्ध सहेर बस्दैनौँ’