धनगढी। आफ्नो तीन वर्षीया छोरीलाई हत्या गरेपछि एक बाबु्ले आत्महत्या गरेका छन् । धनगढी, गौरीगंगा नगरपालिका–५ मा यस्तो घटना घटेको हो । यहाँका स्थानीय रामबहादुर कलेलले विष खुवाएर छोरीको हत्या गरेका थिए । त्यसपछि आफूले पनि विष खाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । गत बैशाखमा उनकी श्रीमती सरिता कलेल घरमै… Continue reading छोरीको हत्यापछि बाउद्धारा आत्महत्या
Author: Vishwanews.com
अब एक हजारको नोटमा दुइ वटा हात्ति
काठमाडौं । नेपाली एक हजारको नोटमा अब दुई वटा हात्तिको फोटो राखिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चितवनमा हुर्किरहेका दुई जुम्ल्याहा हात्ति राम र लक्ष्मणको तस्वीर राखेर नयाँ हजारको नोट निकालिने भएको छ । नयाँ डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ। चिनियाँ कम्पनीबाट यो नोट प्रकाशित हुने भएको छ । नोट छपाइको… Continue reading अब एक हजारको नोटमा दुइ वटा हात्ति
काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का
काठमाडौं । काठमाडौं र धादिङबीच सुरुङमार्ग बन्ने पक्का भएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्बन्धमा आइतबार सम्झौता भएको हो । नागढुंगा सुरुङमार्ग आयोजना र जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ठेक्का सम्झौता भएको हो । तिहारपछि (नोभेम्बर) सुरुङमार्ग निर्माणको काम थालिनेछ । यो आयोजनाको काम साढे ३ वर्ष भित्र सक्ने गरी सम्झौता… Continue reading काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का
बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो
काठमाडौं । उपत्यकाकोबाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले बाहिरी चक्रपथमा चासो देखाएको चिनियाँ कम्पनी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनीको प्रस्ताव स्वीकृत गरेको हो । यो आयोजनामा पनि सरकारले लगानी जुटाउन सकेको छैन । काठमाडौं उपत्यकाको दीर्घकालिन विकास र भविश्यसँग जोडिएको यो आयोजनाको कार्यान्वयनले ठूलो रणनीतिक फाइदा… Continue reading बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो
निजगढ विमानस्थल बनाउन ज्यूरिच विमानस्थलको प्रस्ताव स्वीकृत
काठमाडौं । बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल निर्माण गर्न स्वीट्जरल्याण्डको ज्यूरिच एयरपोर्टको प्रस्ताव स्वीकृत गरिएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले लगानी सम्मेलनका दौरान आएका ७ प्रस्तावमध्ये ६ वटालाई अयोग्य ठहर गरेको हो । एक मात्र प्रस्ताव स्वीकृत गरिएको र उक्त प्रस्ताव ज्यूरिच विमानस्थलको रहेको लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीले जानकारी दिए ।… Continue reading निजगढ विमानस्थल बनाउन ज्यूरिच विमानस्थलको प्रस्ताव स्वीकृत
नयाँ नोट सटहीमा सहज
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सहज व्यवस्था गरेको छ । बैंकका अनूसार अब ग्राहकले नयाँ नोट साट्न केवल राष्ट्रबैंंककै कार्यालयमा लाइन लाग्न नपर्ने व्यवस्था गरेको हो । १० असोजबाट नयाँ नोट साट्न सकिने भएको छ । त्यसका लागि राष्ट्र बैंकबाहेक पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट उपलब्ध हुनेछ । केन्द्रमा… Continue reading नयाँ नोट सटहीमा सहज
भूटानविरुद्ध नेपालको लज्जास्पद हार
काठमाडौं । साविकको विजेता नेपाल घरेलु मैदानमै भूटानसँग साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा पराजित भएको छ । आइतबार राजधानीमा सम्पन्न खेलमा भूटानले नेपालमाथि३–० गोल अन्तरको प्रभावशाली जीत निकाल्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ । भूटान नेपालभन्दा निकै कमजोर टीम मानिन्छ । तरm सोही टोलीसँग हार बेहोरेपछि अब नेपालको अघिल्लो चरणको यात्रा निकै कठिन भएको छ… Continue reading भूटानविरुद्ध नेपालको लज्जास्पद हार
प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक
काठमाडौं । प्रहरीले चाडपर्व लक्षित गर्दै नयाँ सुरक्षा योजना सार्वजनिक गरेको छ । योजना अनुसार चाडपर्व अवधिभर सादा पोशाकमा प्रहरी खटिने छन् भने मोटरसाइकलबाट चुस्त गस्तीलाई प्राथमिकता दिइने भएको छ । नाकाहरुमा तालीमप्राप्त कुकुरसहितका प्रहरीले कडा चेकजाँच गर्ने भएका छन् । प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि तयार पारेको विशेष सुरक्षा योजना लागू… Continue reading प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक
खुल्यो बसको अग्रिम टिकट बुकिङ, हजारौंले लिए टिकट
काठमाडौं । दशैमा काठमाडौंबाट बाहिरिने यात्रुले टिकटको जोहो शुरु गरेका छन् । यातायात व्यवसायीले लामो दूरीको यात्राका लागि आइतबारबाट अग्रिम बुकिङ खुला गरेका छन् । व्यवसायीहरुका अनुसार आइतबार मात्र हजारौं यात्रुले टिकट काटेका छन् । टिकट बुकिङ खुल्ने दिन हजारौं यात्रु एका बिहानै काउन्टर पुगेका थिए । काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो… Continue reading खुल्यो बसको अग्रिम टिकट बुकिङ, हजारौंले लिए टिकट
क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते
क्यारोलिना । अमेरिकामा शनिबार भएको गोलीबारीमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भेन ८ जना घाइते छन् । अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार एक रेष्टुराँ नजिकै गोली चलेको हो । स्थानीय समय अनुसार राती पौने ती बजे लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा गोली चलेको हो… Continue reading क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते
६ यात्रुसहित अरुणमा झरेको जीप भेटिएन
संखुवासभा । गत मंगलबार राति ६ यात्रुसहित अरुण नदीमा झरेको यात्रुबाहक जीप अझै वेपत्ता छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले गरेको खोजिका क्रममा समेत जीप र यात्रु नभेटिएको संखुवासभा प्रहरीले जानकारी दिएको छ । टोलीले तीन दिन सम्म नदीमा जीप र यात्रुको खोजी गरेको थियो । बिहीबारबाट खोजी कार्य शुरु भएपनि अझै फेला परेको छैन… Continue reading ६ यात्रुसहित अरुणमा झरेको जीप भेटिएन
साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा
वासिङ्टन । अमेरिकाले खाडी क्षेत्रमा संन्य क्षमता बढाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त घोषणा गरेका हुन् । साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि अमेरिकाले सैन्य शक्ति बढाउने तयारी गरेको हो । साउदी अरेवियाबाट अमेरिकाले सबैभन्दा धेरै तेल आयात गर्छ । त्यसो त अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप प्रतिबन्धको समेत… Continue reading साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा
भिजिट इयरको उद्घाटनमा राष्ट्रप्रमुखलाई सहभागी गराउन कूटनीतिक नियोगमा पत्राचार
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा सम्बन्धित मुलुकका राष्ट्रप्रमुखलाई सहभागि गराउने वातावरण मिलाउन विदेशस्थित कूटनीतिक नियोगमा पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटटराईका अनुसार नेपाली कूटनीतिक नियोग रहेका मुलुकले जनवरी पहिलो साता कुनै एक दिन भब्य रुपमा उक्त देशमा भ्रमण वर्षको उद्घाटन गर्न र उद्घाटनमा उक्त देशको… Continue reading भिजिट इयरको उद्घाटनमा राष्ट्रप्रमुखलाई सहभागी गराउन कूटनीतिक नियोगमा पत्राचार
बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा
यूएई । संसारकै अग्लो भवन बुझै खालिफामा इतिहासमै पहिलो पटक नेपाली झण्डा चम्किएको छ । संविधान दिवसका अवसर पारी यूएईस्थित नेपाली दूतावासको पहलमा नेपाली झण्डा फहराइएको हो । शुक्रबार स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा हजरौं पर्यटक तथा नेपाली नागरिक भेला भएको अवस्थामा आकर्षक झण्डाले माहौल गुन्जाएमान भएको थियो । हजारौं पर्यटक तथा… Continue reading बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा
चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपालमा
काठमाडौं । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने निश्चित भएको छ । उनी दशैं पछि नै नेपाल भ्रमणमा आउने भएका हुन् । भारतमा आयोजित एक कार्यक्रममा भाग लिएर चीन फर्कने क्रममा उनी नेपालमा बस्नेछन् । चिनियाँ राष्ट्रपति ११ अक्टोवरदेखि भारत भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ । भारतमा एक सम्मेलनका दौरान १४… Continue reading चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपालमा
गोरखामा गयो बिहानै भूकम्प
काठमाडौं । काठमाडौं । शनिबार बिहान गोरखा केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । त्यसको महसुस आसपासका जिल्ला धादिङ, तनहुँ र लमजुङसम्म गरिएको थियो । गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ । बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।… Continue reading गोरखामा गयो बिहानै भूकम्प
सपना ब्यूझिएकै बेला देख्ने हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको सपना निद्रामा देख्नुको कुनै औचित्य नहुने बताएका छन् । आफ्नो दल र सरकारले देखेका सपना ब्यूझेकै अवस्थामा देखेको भन्दै उनले यी सपना केवल सपना मात्र सिमित नहुने बताएका हुन । संविधान दिवसको अवसर पारेर मूल समारोह समितिद्धारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू र आफ्नो दलले… Continue reading सपना ब्यूझिएकै बेला देख्ने हो : प्रधानमन्त्री
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं । सरकारले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको हो । संविधान दिवस कै अवसर पारी मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । निगमका अनुसार खाना पकाउने ग्यास अब प्रतिसिन्डिर १ हजार ३ सय ५०… Continue reading खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो
डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका
ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यस्थित ह्यूस्टन शहर डुबानमा परेको छ । भारी वर्षापछि आएको बाढीले शहर डुबानमा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पछिल्लो तीन दिन देखिको अविरल वर्षाले यहाँ ठूलो बाढी आएको हो । शहर जलमग्न भएको छ । यो त्यही शहर हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त रुपमा… Continue reading डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका
आज संविधान दिवस, धुमधामले मनाइदै
काठमाडौं । ४ वर्ष अगाडी संविधानसभाबाट जारी भएको संविधानको उत्सवमा आज चौथौ संविधान दिवस मनाइदैछ । सरकारले यस दिनको अवसर पारी सार्वजनिक बिदा दिएको छ । सम्पूर्ण सरकारी कार्यालयहरुले बिहानै कर्मचारीलाई कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेका छन् । नेपालको झण्डा बोकेर विविध कार्यक्रममा कर्मचारीलाई सरिक बनाउने योजना सरकारको छ । घरघरमा दिपावली गर्न र… Continue reading आज संविधान दिवस, धुमधामले मनाइदै
फिफा वरियतामा नेपालको सुधार
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपाली फूटबलले आफ्नो स्थान सुधार गरेको छ । हालै विश्वकप छनोट अन्तर्गत भएको खेलमा चाइनिज ताइपेविरुद्ध जीत निकालेको नेपालले वरियतामा समेत सुधार गरेको हो । फिफाका अनुसार नेपाल पाँच स्थान माथि उक्लिएको छ । बिहीबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाल १६१औँ स्थानमा उक्लिएको छ । यसअघि… Continue reading फिफा वरियतामा नेपालको सुधार
दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने
काठमाडौं । दसैंमा नयाँ नोट १० असोजबाट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । १० गतेदेखि नयाँ नोट साट्न सकिने र त्यसका लागि स्थान तय गरिएको बैंकको भनाई रहेको छ । राष्ट्र बैंकका अनुसार काठमाडौंबाहेक बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र… Continue reading दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने
चाडबाडमा सरकारद्धारा बजार हस्तक्षेप, २० हजार मेट्रिक टन चिनी आयात गर्ने
काठमाडौं । काठमाडौं । चाडबाड लक्षित गर्दै हुने महंगी नियन्त्रण गर्न सरकारले आफै बजारमा हस्तक्षेप गर्ने भएको छ । त्यसका लागि दशैं तिहारमा सबैभन्दा धेरै खपत हुने खाद्यवस्तुमध्ये एक चिनी आयात गर्ने भएको छ । मन्त्रीपरिषद् बैठकले चाडवाडमा अभाव सिर्जना नहोस र व्यापारीले त्यसको फाइदा लिन नपाउन भनी सरकारले बजारमा हस्तक्षेप गर्ने भएको हो ।… Continue reading चाडबाडमा सरकारद्धारा बजार हस्तक्षेप, २० हजार मेट्रिक टन चिनी आयात गर्ने
संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका
काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्य हुने दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । बिहीबार दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको भएपनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम झिकिएको थियो । अन्तिम दिन तीन वटा बैठक बसे । पहिलो बैठकले राहदानीसहित ६ वटा विधेयक… Continue reading संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका
कर्णाली प्रदेशमा नागरिकको विपद् बीमा कार्यक्रम लागू
सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकका लागि विपद् बीमा कार्यक्रम बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । यो कार्यक्रमबाट कर्णाली प्रदेशका सबै नागरिक लाभान्वित हुने बताइएको छ । बीमा कार्यक्रममा प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख… Continue reading कर्णाली प्रदेशमा नागरिकको विपद् बीमा कार्यक्रम लागू
संसदमा आज प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार व्यवस्थापिका संसदमा संबोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो दुई बजे सम्बोधनका लागि प्रधानमन्त्री संसद भवन जाने कार्यक्रम रहेको छ । लामो समय बिरामी भएपछि आराम गरिरहेका प्रधानमन्त्री बुधबारदेखि भने सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । संघीय संसदको चालू बजेट अधिवेशन बिहीबार अन्त्य हुने संसद सचिवालयले… Continue reading संसदमा आज प्रधानमन्त्रीको सम्बोधन
लाइबेरियामा स्कूलमा आगलागी, २७ बालबालिकाको निधन
लाइबेरिया । अफ्रिकी देश लाइबेरियामा आगलागीमा परी २७ बालबालिकाको ज्यान गएको छ । हताहतीको संख्या अझै बढ्न सक्ने बताइएको छ । मंगलबार राति बोर्डिङ स्कुलमा आगलागी भएको बीबीसीले लेखेको छ । राजधानी मान्रोभियादेखि पूर्व पर्ने पेनेसभिला शहरस्थित स्कूलको भवनमा आगलागी भएको हो । त्यस समय भवनमा बालबालिकाले कुरान पढिरहेका थिए । आगलागीको कारण खुलेको छैन… Continue reading लाइबेरियामा स्कूलमा आगलागी, २७ बालबालिकाको निधन
बानेश्वरबाट १० जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र २ महिला छन् । महानगरीय प्रहरी बृत्त बानेश्वरले जुवा खेलिरहेकै स्थानबाट रंगेहात उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक लाख २३ हजार ८ सय ३५ रुपैयाँसमेत बरामद भएको प्रहरीले उल्लेख गरेको छ । नयाँ बानेश्वरस्थित संगम… Continue reading बानेश्वरबाट १० जुवाडे पक्राउ
गृहमन्त्रीका भाई १ लाख धरौटीमा थुनामुक्त
काठमाडौं । काठमाडौं । संगठित अपराध सम्बन्धी कसूरमा प्रहरीद्धारा समातिएका नरेश बहादुर थापा १ लाख धरौटीमा थुनामुक्त भएका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका भाई हुन् । बुधबार आरोपित नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले थापालाई १ लाख रुपैयाँमा थुनामुक्त गर्न आदेश दिएको हो । उनीसँगै… Continue reading गृहमन्त्रीका भाई १ लाख धरौटीमा थुनामुक्त
नेपाल एयरलाइन्समा अग्रिम बुकिंग खुल्यो, भाडामा जेष्ठ नागरिकलाई छूट
काठमाडौं । नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी अग्रिम बुकिंग खुलाएको छ । १ असोजबाट लागु हुने गरी अग्रिम बुकिंग खुला गरेको नेपाल एयरलाइन्सले जनाएको हो । निगमको केन्द्य्रिय कार्यालयस्थित काउन्टरबाट टिकट बुक गर्न सकिने निगममो उल्लेख गरेको छ । निगमसँग आन्तरिक उडानमा ९ वटा जहाज रहेको भएपनि तीन वटा मात्र उड्ने गर्छन् । ती जहाजबाट… Continue reading नेपाल एयरलाइन्समा अग्रिम बुकिंग खुल्यो, भाडामा जेष्ठ नागरिकलाई छूट