न्युयोर्कनेपाली जनसम्पर्क समिति अमेरिकाले करिव ११ वर्ष पछि शनिबार अमेरिकाका सबै राज्यहरुमा यो वर्ष भने अधिवेशन गरेको छ । लामो समयदेखि अधिबेशन हुन् नसककेका कारण नेपाली जनसम्पर्क समिति भित्र आन्तरिक बिबाद समेत देखिएकोमा यस पटक नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार अधिबेशनको गरिएको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार ३३ वटै… Continue reading जनसम्पर्क समिति अमेरिकाका ३३ वटा च्याप्टरहरुको अधिबेशन सम्पन्न
Author: Vishwanews.com
नेपाली राजनीतिक पार्टीसँग आवद्द गैर-नाफामूलक संस्थाहरुको गैरकानूनी गतिविधि
अमेरिकामा सामाजिक कार्य गर्ने भनि गैर-नाफामूलक संस्थाहरुको नियमन गर्ने अमेरिकी संघीय कानुन, विशेषगरि Foreign Agents Registration Act (FARA) तथा Nonprofit Organization Registered Regulations 501(c)३ अन्तर्गत नेपाली जनसम्पर्क समिति, प्रवाशी नेपाली एकता मंच, ऱाप्रपा र अनेक नेपाली राजनीतिक पार्टीहरुसंग आवद्द भएका भातृ संस्थाहरु छन। आउने फागुन २१ मा नेपालमा चुनाव हुने र अहिले पार्टीको महाधिवेशन हुने… Continue reading नेपाली राजनीतिक पार्टीसँग आवद्द गैर-नाफामूलक संस्थाहरुको गैरकानूनी गतिविधि
जिपि कोईराला फाउन्डेशनको वृहत रक्तदान कार्यक्रम
बिष्णु सिंह, न्युयोर्क गत १५ नोभेम्बरमा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनमा न्यूयोर्क क्विन्सस्थित उडसाईड्समा रहेको आफ्नै कार्यालय हातामा न्युयोर्क ब्लड सेन्टरसँग सहकार्य गरी एक वृहत रक्तदान कार्यक्रम गर्यो। कार्यक्रम विहान ११ बजे शुरुभएर साँझ ६ बजेसम्म जारी थियो। कार्यक्रममा ९२ जनाले रक्तदानको इच्छा देखाए पनि स्वास्थ्य जाँच पश्चात ६१ जना दाताले मात्र रक्तदान गर्न… Continue reading जिपि कोईराला फाउन्डेशनको वृहत रक्तदान कार्यक्रम
औचित्यहिन गैरआवासीय नागरिकता बशंजमा परिणत हुनुपर्ने
बिष्णु सिंह, न्युयोर्क नोभेम्वर २३ मा एनआरएन अन्तरराष्ट्रिय समन्वय समितिको अन्तराष्ट्रिय विभागले संयोजक बुद्धि सागरको संयोजकत्वमा मन्त्री कुलमान घिसिङ्गको प्रमुख आतिथ्यमा मताधिकारको अधिकार र एनआरएनको नागरिकताको निरन्तरता सम्बन्धमा एक भर्चुअल छफफल कार्यक्रम आयोजना गर्यो। छलफलको लागि प्रमुख अतिथि जेन्जीको आन्दोलनद्वारा स्थापित बर्तमान उर्जा, जलश्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङ्ग थिए। नागरिकता सम्बन्धि प्रमुखवक्ता पुर्व नेपाल… Continue reading औचित्यहिन गैरआवासीय नागरिकता बशंजमा परिणत हुनुपर्ने
अवलोकनकर्ताको मन जित्दै आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो सम्पन्न
प्रेमकृष्ण श्रेष्ठ पाचौं संस्करणको ‘आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो’ भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । गएको शुक्रवार दिउँसो कमलपोखरीस्थित सिटी सेन्टरमा यो एक्स्पो भब्यरुपमा उदघाटन गरिएको थियो । ‘आईआईएफटी स्कुल अफ फेसन एन्ड इनटेरियर डिजाइन’ले यो दुई दिने प्रतिस्पर्धात्मक एक्स्पो आयोजना गरेको हो । मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेसनल २०२५ उरुषा… Continue reading अवलोकनकर्ताको मन जित्दै आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो सम्पन्न
सलाम गर्न पुग्दा दोश्रो भएका गायक प्रताप सुब्बा
प्रेमकृष्ण श्रेष्ठ फेसबुकमा साथी बनेर अलिकति घनिष्टता बाक्लिएपछि, केही महिनाअघि अमेरिकाबाट निर्देशक विशाल गुरुङ्ग दाइले मेसन्जर कल गर्नुभयो । उहाँले गुरुङ्ग भाषाको लवजमा ‘लु प्रेमभाइ, गायक तथा संगीतकार प्रताप सुब्बाको वारेमा अनलाइनमा केही लेखौँ’ आग्रह गर्नुभयो । संगीतको अनुयायी भएकोले बाल्यकालदेखि नाम त सुनिएकै हो, प्रताप सुब्बा । गुगलमा खोतलेँ । छिटफुट भेटाएँ । युट्युबमा… Continue reading सलाम गर्न पुग्दा दोश्रो भएका गायक प्रताप सुब्बा
केप कड नेपाली समाजले मनायो देउसी भैलो ।
केप कड / नेपाली समाजले आयोजना गरेको २०८२ को तिहारको शुभकामना तथा देउसी भैलो कार्यक्रम केप कड नेपाली समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही अक्टूबर महिनाको २१ तारीख, मंगलवारका दिन अमेरिकाको मासाच्युसेट्स, केप कड, हायानीस स्थित Hotel Courtyard by Marriott मा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संचालन महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले गरेका… Continue reading केप कड नेपाली समाजले मनायो देउसी भैलो ।
अमेरिकाको न्यूयोर्कमा न्हू दँया भिंतुना र नेपाल सम्वत ११४६ को र्याली सम्पन्न ।
न्युयोर्कनेपाल सम्वत् ११४६ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा अक्टोवर २५ तारिख २०२५ शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्यालीको आयोजना गरिएको थियो। तिहारको चौथौं दिन म्ह पूजा अर्थात् गोवर्धन पूजाको दिनमा पर्ने नयाँ वर्ष नियमित रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ… Continue reading अमेरिकाको न्यूयोर्कमा न्हू दँया भिंतुना र नेपाल सम्वत ११४६ को र्याली सम्पन्न ।
न्युयोर्कमा गणेश यशोधा स्वर्णिम साँझ २०२५ सम्पन्न
ओम कर्माचार्य, न्युयोर्क । हिमालय साँस्कृतिक प्रतिष्ठान न्युयोर्कको आयोजना र कवयित्री अनिता थापाको संयोजनमा क्वीन्सस्थित उडसाइड क्याफेमा १८ अक्टोबर शनिबार साँगीतिक कार्यक्रम गणेश यशोधा स्वर्णिम साँझ २०२५ सम्पन्न भएको छ ।नेपाली सुगम संगीतका अनवरत साधक गणेश पराजुली र गायिका यशोधा पराजुलीको सामुहिक प्रस्तुति रहेको साँगीतिक महोललाई प्रतिष्ठानका संरक्षक / अध्यक्ष अभय ढुँगेलले संचालन र दर्शकश्रोतालाई… Continue reading न्युयोर्कमा गणेश यशोधा स्वर्णिम साँझ २०२५ सम्पन्न
केप कड मासाचुसेट्समा दशैं शुभकामना साँझ २०८२ सम्पन्न
केप कड । नेपाली समाजले आयोजना गरेको दशैं शुभकामना साँझ, २०८२ समाजका अध्यक्ष, केबी राईको सभापतित्वमा यही सेप्टेम्बर महिनाको २६ तारीख, शनिवारका दिन केप कड, हायनिसस्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। समाजका महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा कार्यक्रम संचालन गर्नुभएको थियो। हालसालै नेपालमा भएको जेन-जी हरूको… Continue reading केप कड मासाचुसेट्समा दशैं शुभकामना साँझ २०८२ सम्पन्न
६ साँझ सौताको १ साँझ मेरो
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर सुकुमाया नैकापको एक चोकको कुनामा बसेर दिनभरि मकै बेच्थिन् । वास्तवमा भन्ने हो भने, उनको शरीरमा बैंश चढेदेखि नै आगो फुक्दाफुक्दै दिनहरु चुँडिरहेकी महसुस गर्न थालेकी छिन् । मकै पोल्दापोल्दै उनको अनुहार धुँवाले पुरै डढाइसकेको थियो । जन्मिँदा उनी त्यति काली थिइनन् रे । केही सृष्टिको कठोर घामले त केही मकैको निर्मम… Continue reading ६ साँझ सौताको १ साँझ मेरो
नेपालमा जेन्जी बिद्रोहको कारणसँग बिगत
कल्पना शाक्य, काठमाडौं(अधिवक्ता) सन् १९१४ २८ जुनका दिन एक १९ वर्षीय युगोस्लाभिकियन स्कूले विद्यार्थी गाभ्रिलो प्रिन्सकीपले अस्ट्रो हंगेरियनका राजकुमारको गोली हानेर हत्या गरिदिन्छ । त्यसै हत्याको कारण युद्ध छेडिन्छ जुन ४ वर्षसम्म चल्छ र २ करोड भन्दा बढी मानिसको मृत्यु हुन्छ । यही एक घटनाको कारण प्रथम विश्वयुद्धको जन्म हन्छ, हेर्दाखेरी यस्तो देखिएतापनि यत्रो ठूलो… Continue reading नेपालमा जेन्जी बिद्रोहको कारणसँग बिगत
न्युयोर्कको सरल नेपाली भाषा तथा संस्कृति केन्द्रले नवौं वार्षिक उत्सव मनायो
न्युयोर्क वालवालिकाहरुलाई नेपाली भाषा अध्यापन गराउँदै आएका सरल नेपाली भाषा तथा संस्कृति केन्द्र न्युयोर्कले क्वीन्सस्थित फरेष्ट पार्कमा गत आइतबार भव्यताका साथ नवौं वार्षिक उत्सव मनाएको छ । आजभन्दा ९ वर्षअघि न्यूयोर्क, ज्याक्सन हाइट्स कराँते स्टुडियोको कक्षाकोठाबाट शुरु भएको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (www.snlcc.org) ले यही सेप्टेम्बरबाट नवौं वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश… Continue reading न्युयोर्कको सरल नेपाली भाषा तथा संस्कृति केन्द्रले नवौं वार्षिक उत्सव मनायो
अंग्रेजी भाषा हो कि सीप ?
मैले “अँग्रेजी भाषा होइन” भनेर लेखें भने विवादास्पद बन्न सक्छ । यो “भाषा भन्दा बढी सीप हो” भनें भने अलि कम बिवाद होला । दुबैको साथसाथै ‘व्यक्तित्व’ हो भनें भने धेरैलाई ठीकै लाग्ला । जुन चिज वा ज्ञानले जिविकोपार्जनको लागि आम्दानीमा मद्दत गर्छ त्यो ‘सीप’ हो । जुन वस्तु ग्रहण गर्दा वा देखाउँदा वा व्यक्त… Continue reading अंग्रेजी भाषा हो कि सीप ?
क्विन्स केटिएम् लायन्स क्लब न्यूयोर्कले तीज मनायो
न्यूयोर्क । क्विन्स केटिएम् लायन्स क्लब, न्यूयोर्कले आयोजना गरेको तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली महिला समुदायको महान पर्व तीजलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यता र क्लबकी अध्यक्ष शान्ती जिरेलको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा क्लबका चार्टर अध्यक्ष रुद्र पुन, पुर्व अध्यक्ष अशोक… Continue reading क्विन्स केटिएम् लायन्स क्लब न्यूयोर्कले तीज मनायो
एनआरएनएमा सदस्यता खारेज गरि चुनाव रोक्ने चलखेल
बिष्णु सिंह , न्युयोर्क। अहिले गैर आवासीय नेपाली संघ अमेरिकाको २०२५-२७ चुनावमा मतदान चलिरहेकोछ। तर यो मतदानमा अलि टाठाबाठा मतदाता सदस्यहरुले भोट गर्न नसकुन भनि अनेकन तिकडम अपनाएको देखिन्छ। त्यसैले यो मतदान प्रक्रियाको सर्वत्र घोर भर्त्सना भएको यत्र तत्र सामाजिक संजालमा देखिन्छ। मत हाल्नुअघि मतादाता दर्ता गराईन्छ। त्यतिबेला नै आफ्नो पासपोर्ट वा सरकारले दिएको फोटो… Continue reading एनआरएनएमा सदस्यता खारेज गरि चुनाव रोक्ने चलखेल
न्युयोर्कमा सांगीतिक कार्यक्रम ‘अब गाऊँछ अमेरिका’ हुँदै
न्युयोर्क फ्लाई नेपा ट्राभलको संयोजनमा “अब गाऊँछ अमेरिका” कार्यक्रम आगामी अगस्त-१६ शनिवार न्युयोर्क सहरमा हुने भएको छ ।टाइटल स्पोन्सर नेपाली भान्छा घर रहेको साँगीतिक साँझ न्युयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसमा हुन लागेको हो । कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनी, चर्चित लोक तथा दोहोरी गायिका कला लम्साल, चर्चित गायक प्रताप दास चर्चित गायिका एलिना… Continue reading न्युयोर्कमा सांगीतिक कार्यक्रम ‘अब गाऊँछ अमेरिका’ हुँदै
न्यूयोर्कमा फिप्नाले सांस्कृतिक परेडसहित विश्व आदिवासी दिवश मनायो
न्यूयोर्क । नेपाली आदिवासीहरुको विविध संस्कृति झल्किने परेडसहित नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले न्यूयोर्कको ज्याक्सन हाइटमा ३१ औं विश्व आदिवासी दिवश मनाएको छ ।अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, कनेक्टिकेट लगायतका राज्यमा बसोबास गर्ने नेपाली आदिबासी समुदाय तथा अन्य नेपाली समुदायको सहभागीतामा साँस्कृतिक झाँकी सहीतको परेड आयोजना गरि दिवश मनाएको हो । ज्याकसन हाइटको उडसाईड एभन्युको ७२… Continue reading न्यूयोर्कमा फिप्नाले सांस्कृतिक परेडसहित विश्व आदिवासी दिवश मनायो
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको उम्मेदवार भानु खरेलले न्युयोर्कमा एजेण्डा प्रस्तुत गरे
न्युयोर्क गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार खरेलले न्युयोर्क सहरको ज्याक्सन हाइट्समा भेटघाट तथा आगामी एजेण्डा सुनाएका छन् । आसन्न निर्वाचनलाई लक्षित गरी शुभचिन्तकलाई सम्बोधन गर्दै टुटफुट र विभाजनको मार खेपिरहेको एनआरएनएलाई बलियो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। आइतबार न्यूयोर्कमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा… Continue reading एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको उम्मेदवार भानु खरेलले न्युयोर्कमा एजेण्डा प्रस्तुत गरे
न्युयोर्कको नुवाकोटेको संस्था फोन्नाको अध्यक्षमा भुवनमान डंगोल
न्युयोर्क अमेरिकाको न्युयोर्क सहरमा भएका नुवाकोट मुलबासीहरुको संस्था ‘फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका’ फोन्नाको अध्यक्षमा भुवनमान डंगोल सर्वसम्मत चयन भएको छ । अगष्ट ३ तारिखमा क्विन्स ब्रिज पार्कस्थित अधिवेशन आयोजना स्थलमा सम्पन्न भएको FONNA को दोश्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध भएको हो । नव निर्वाचित अध्यक्ष भुवनमान डंगोल लगायत कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई संस्थाको संरक्षक… Continue reading न्युयोर्कको नुवाकोटेको संस्था फोन्नाको अध्यक्षमा भुवनमान डंगोल
नेपालबाट अन्तर्राष्ट्रिय खुल्ला समर क्याम्प जर्मनी २०२५ मा राजीव महर्जन सहभागी हुने
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर जुलाई २९ देखि अगस्ट २० सम्म जर्मनीमा हुने अन्तर्राष्ट्रिय खुल्ला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन जर्मन जान लागेको हो । जर्मन क्लबका अध्यक्ष हसन हेन्सले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएका हुन । नेपाल लगायत स्पेन, पोल्यान्ड, स्वीडेन र जर्मनीका प्रशिक्षार्थीहरुको… Continue reading नेपालबाट अन्तर्राष्ट्रिय खुल्ला समर क्याम्प जर्मनी २०२५ मा राजीव महर्जन सहभागी हुने
केप कड नेपाली समाजद्वारा वनभोज कार्यक्रम सम्पन्न
मासाच्युसेट्स केप कड नेपाली समाजले विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि समर बारबाक्यू वनभोज कार्यक्रमलाई निरन्तरता दिएको छ। यही जुलाई महिनाको २६ तारिक शनिवारका दिन समाजका कार्यकारी समितिका सदस्य ज्योति के सी को संयोजकत्वमा केप कडको सेन्टरभिलस्थित फ्रेटनल लज प्रांगणमा विहानैदेखि समाजका पदाधिकारी, सदस्यहरू तथा स्यंमसेवकहरू भेला भई विभिन्न परिकारहरू पकाउने बनाउने लगायत विविध कार्यक्रमहरू संचालन… Continue reading केप कड नेपाली समाजद्वारा वनभोज कार्यक्रम सम्पन्न
जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा भारद्वाज निर्वाचित, बनभोज सम्पन्न
न्युयोर्क न्युयोर्कको जमैका नेपाली समाजले समर पिकनिक र अधिवेशन भव्यताकासाथ सम्पन्न गरेको छ । अधिवेशनले पुष्कर खनालको नेतृत्वमा नयाँ कार्यसमितिपनि चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उप सभापति भिम न्यौपाने, सचिव पारस भारद्वाज( निरौला), कोषाध्यक्ष साजन पौडेल रहेका छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कारकी, भुपेन्द्र बज्रचार्य, बिनोद केसी,… Continue reading जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा भारद्वाज निर्वाचित, बनभोज सम्पन्न
टिपिएस खारेजी विरुद्धको मुद्दामा पहिलो सुनुवाई जुलाई २९ मा
न्यूयोर्क । टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्धाको पहिलो सुनुवाई जुलाई २९ मा हुँदैछ। पहिलो सुनुवाई मंगलबार २ बजेको लागि समय तोकेको छ। नेश्नल टिपिएस एलायन्सको अगुवाईमा २ नेपाली सहित ७ जना व्यक्तिगत वादीहरुले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोटेक्टेड स्टाटस टिपिएस बचाउनको लागि संयुक्त… Continue reading टिपिएस खारेजी विरुद्धको मुद्दामा पहिलो सुनुवाई जुलाई २९ मा
न्युयोर्कमा नारायणकाजिको समय दोहोरो नागरिकता र एनआरएन लफडाले सत्यानाश
बिष्णु सिंह, न्युयोर्क। गोर्खाली समाज न्युयोर्कले भूपु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र न्युयोर्कमा रहेका नेपाली समुदायबीच एक छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। अन्तरक्रियाको बिषय थियो : १, राष्ट्रिय बिकासमा प्रवाशी नेपालीको भूमिका २, बैदेशिक लगानी, नीतिनिर्माण र सांस्कृतिक संलग्नता । यो समग्र देशको चासो र चिन्ताको बिषय थिए। भ्रष्टाचारले दरिद्र बनेको बर्तमान नेपालमा… Continue reading न्युयोर्कमा नारायणकाजिको समय दोहोरो नागरिकता र एनआरएन लफडाले सत्यानाश
श्रावण महिना र महिमा
हजुरी शाह, न्युयोर्क । हिन्दु धर्ममा श्रावण महिनाको सोमवारको विशेष महत्व छ र हरेक सोमवार शिवजीको विशेष पुजा आजा गरि व्रत वस्ने चलन छ। भगवान भोलेनाथको प्रिय महिना भएकोले पुजा व्रत गरेपछि राम्रो फल प्राप्त हुन्छ भन्ने पनि भनाई छ । साथै यो महिनामा अरु चाडवाडहरु सावने सक्रान्ति, नाग पंचमी र जनै पुर्णिमा पनि पर्दछ।… Continue reading श्रावण महिना र महिमा
न्युयोर्कमा नेवा: संस्कृति जोगाउदै नेवा: नख:
न्युयोर्क, अमेरिका । नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ । नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता थियो । ईहीका सहभागीहरू न्युजर्सी, म्यासाच्युसेट, ओहायो र न्युयोर्क स्टेटहरूबाट ईही कार्यक्रमस्थल पुगेका थिए ।… Continue reading न्युयोर्कमा नेवा: संस्कृति जोगाउदै नेवा: नख:
बाढी पहिरो पिडितको नाममा गरिने चन्दा संकलन र वितरण
हजुरी शाह, न्युयोर्क गत हप्ता रसुवाको चीन नाकामा रहेको मितेरी पुल सहित ठुलासाना गरी ५० भन्दा सवारी साधन समेत बगाउने गरी ठुलो बाढी आयो । मानिस र जनधनको क्षतिको यकिन विवरण नआएपनि करि १८ जना बगाएको अनुमान गरिएको छ । चीनको तिब्बत क्षेत्रबाट रहेको हिमनदी फुटेर आएको बाढीले रसुवा नुवाकोट क्षेत्रमा त्रासदी बढायो ।मौसमी बर्षा… Continue reading बाढी पहिरो पिडितको नाममा गरिने चन्दा संकलन र वितरण
यसरी फेरिंदो रहेछ अमेरिकामा किड्नी
• योगेश आदी मे १८ तारिख आइतबार बिहानको २:३९ बजे फोनको घण्टी बेस्सरी बज्यो । चकमन्न रातमा कतिबेर बजेपछि म ब्यूझिएछु हेक्का भएन । नचिनेको नम्बर थियो तर पनि सधैंव झैं उठाएँ । “म रेचल माउण्ट साइनाई हस्पिटल म्यानहयाटनबाट । म गुप्ता डंगोलको कोअर्डिनेटर हुँ । तँ गुप्ताको छोरा योगेश हो ?” भनेर एक्कै सासमा… Continue reading यसरी फेरिंदो रहेछ अमेरिकामा किड्नी
कवि राजन महर्जनले यलको सम्मानमा लेखेको कविता सङ्ग्रह विमोचित
न्यूयोर्क उदयीमान कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यल (Ode to Yala) न्यूयोर्कको क्विन्समा जुन २१ २०२५ का दिन एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ। निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन्, जसले कविको जन्मभूमि यल (पाटन)—काठमाडौँ उपत्यकाको ऐतिहासिक शहर—को सौन्दर्य,… Continue reading कवि राजन महर्जनले यलको सम्मानमा लेखेको कविता सङ्ग्रह विमोचित