अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी

न्युयोर्क पर्यटन र भ्रमणलाई लक्षित गरी अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ।लामो समयको अन्तरालमा कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको ट्राभल्स शोमा सहभागी भएका हुन् । विश्व कै आर्थिक राजधानी र संसारका सबैभन्दा धेरै पर्यटक आउने सहरमा भएको… Continue reading अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी

नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै

सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको न्युयोर्क सहर आउदो नोभेम्बर ५ तारिखका दिन ‘समता साँझ’ मय बन्ने भएको छ। न्युयोर्कस्थित आर के फाउन्डेशन, अमेरिकासंगको सहकार्य र सहयोगी भूमिका निर्वाह गर्ने अन्य स्थानीय संघ संस्थाहरुको आतिथ्यता रहने यस साँस्कृतिक कार्यक्रम, ग्लोबल समता सिनेटको आयोजनामा हुन लागेको हो। सोही कार्यक्रमलाई लक्षित गर्दै १ तारिख मंगलबार साँझ आयोजकले प्रेस मिटको… Continue reading नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै

बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता

सुपेन्द्र बस्नेत, बोष्टन नेपाल स्थित समता शिक्षा निकेतनको ‘समता शिक्षा अभियान’का लागि सहयोग जुटाउन, बोस्टनमा आयोजना गर्न लागिएको ‘बृहत सुशोभन समारोह एवं साँस्कृति कार्यक्रम’को तयारीमा तिब्रता दिइएको छ। नेपालमा गुणस्तरीय समता शिक्षालाई सर्वसुलभ बनाइ राष्ट्रनिर्माणमा टेवा पुर्‍याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहित संस्था ‘समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र… Continue reading बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता

न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न

न्युयोर्क बडा दशै तथा दिपावलीको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा नेपाली अमेरिकन म्युजिक फेष्टिभल भव्य रुपमा सम्पन्न भएको छ । अक्टोबर ८, २०२२ शनिबारका दिन न्यूयोर्क सहरमा नेपाली समुदायबाट पहिलो पटक निःशुल्क खुला ठाउँमा “नेपाल अमेरिकन म्युजिक फेस्टिभल” गरिएको हो। “नेपाल अमेरिकन म्युजिक फेस्टिभल”को आयोजना बुद्ध कर तथा लेखका सीपीए पशुपति श्रेष्ठ,… Continue reading न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न

बोष्टनमा बृहत सुशोभन समारोह हुने

सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ। आउदो नोभेम्बर १३ तारिख आइतवारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ। नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा… Continue reading बोष्टनमा बृहत सुशोभन समारोह हुने

नेपाल र नेपालीको पहिचान बोकेको बृहत् महान चाड हो-बडा दशैं

सुपेन्द्र बस्नेत, बोष्टन यतिबेला स्वदेशमा रहने नेपालीलाई मात्र हैन, विदेशमा रहने नेपालीहरुलाई पनि नेपालीहरुको महान चाड ‘बडा दशैंले छोइसकेको छ। हिन्दु धार्मिकग्रन्थ अनुसार, रामले रावरणको र महादुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव हो यो बडा दशैं। जसलाई असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण र पूजन गर्ने गरिन्छ।… Continue reading नेपाल र नेपालीको पहिचान बोकेको बृहत् महान चाड हो-बडा दशैं

३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व

सुपेन्द्र बस्नेत, बोष्टन ग्रेटर बोस्टन नेपाली समुदाय'(GBNC-Greater Boston Nepali Community)मा ३४ वर्षपछि क्रमभंग भएको छ। सन् १९८९ मा स्थापित यस संस्थाको आगामी कार्यकाल(२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनले क्रमभंग गरेको हो। यस क्रमभंगले संस्थाको आफ्नै पुरानो इतिहासलाई विस्थापित गरी नयाँ इतिहासलाई स्थापित गरेको छ। स्थापनाकालदेखि सन् २०२०-२०२२ को दुइ वर्षीय कार्यकालसम्म सहमति भनिदै… Continue reading ३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व

न्युयोर्कमा भव्य इन्द्रजात्रा

बीके नेवा, न्युयोर्क न्युयोर्क । न्युयोर्क नेवा गुठीले तेश्रो पटक न्युयोर्कको ज्याक्सन हाइट्समा इन्द्रजात्रा भव्यरुपमा मनाएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित यो जात्रा यस पटक भने भव्य रुपमा मनाइएको हो ।पहिलेका जात्रामा कुमारीको मात्र पूजा गरिन्थ्यो भने यसपालि कुमारी, गणेश र भैरवको रथारोहण गरी परिक्रमा गराइएको थियो । लाखे नाचमा झ्याँलिन्चाले जिस्क्याउने नृत्य… Continue reading न्युयोर्कमा भव्य इन्द्रजात्रा

उमेर उच्छश्रृखलता र अपराध

कल्पना शाक्यअधिवक्ता शिशु अवस्था, बाल्यकाल, किशारावस्था, यौवन, परिपक्वता र बृद्धावस्था मानिसले जिवनकालमा पार गर्ने उमेरका चरणहरु हुन् । हरेक उमेरको आफ्नै विशेषता छन्, अधिकार र दायित्व छन् । उमेरका यी चरणहरुमध्ये किशोरावस्था सबैभन्दा सम्बेदनशिल मानिन्छ । किनभने बढी रम्ने, रमाउने, मै मात्र ठिक, क्षणिक रमाईलो र आकर्षणमा मात्र भुल्न खोज्ने जस्ता लक्षण यो उमेर समूहमा… Continue reading उमेर उच्छश्रृखलता र अपराध

कथाः वान डलर प्लिज

विजयदेव खनाल, न्युयोर्क सदा झैं आज पनि त्यो बुढो मानिस चाइनिज पार्कको ब्रेन्चमा वाकर समातेर बसेको भेटियो। उसलाई नदेखे झैं गरेर तर्कन लाग्दै थिए। ‘हेल्लो फ्रेण्ड, वन डलर प्लिज,’ भनेर कराइ हाल्यो। मैले नसुने झैं पन्छन खोज्दै थिए, वाकरमा पाइला सार्दै मेरै नजिक आइपुगी हाल्यो। सदा झैं स्वचालित खल्तिबाट एक डलर निकालेर दिएँ। मुसुक्क मुस्कुराउँदै… Continue reading कथाः वान डलर प्लिज

न्युयोर्कमा ओलाङचुङेहरुको बनभात

ससांग लामा, न्युयोर्क क्याम्पिङ जानेहरुले आ-आफ्ना टेण्टहरु वलुङ किदुकको भवनमा August 31 मा पुर्याइ सक्नुपर्नेछ ” भनेर उर्दी जारी भाको थियो ।क्याम्पिङको हल्ला त २ महिनाअघि नै पिटिइेएको थियो । न्युयोर्के वलुङेहरु क्याम्पिङ्गको लागि आत्तुरी रहेका थिए । कंक्रिटको जंगलमा बस्दा बस्दा दिक्क भएर, दुइ तिन दिनको लागि भएपनि झोली तुम्बी भिरेर जंगलबास गर्न सुरिरहेका… Continue reading न्युयोर्कमा ओलाङचुङेहरुको बनभात

जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो

सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोवास गर्ने प्रवासी नेपाली तथा नेपाली भाषीहरुको संगठन ‘ग्रेटर बोस्टन नेपाली सामुदय(GBNC-(Greater Boston Nepali Community) लाई यतिबेला निर्वाचन तयारीको चटारो परेको छ। विधान अनुसार प्रत्यक दुइ वर्षमा निर्वाचन गरी नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार, वर्तमान कार्समितिको दुइ वर्षे कार्यकाल (२०२०-२०२२) सकिनै लागेकाले, आगामी कार्यकाल (२०२२-२०२४)का लागि… Continue reading जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो

जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत

न्युयोर्क गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाले नेपालबाट अमेरिका भ्रमणमा आएका पत्रकारहरुलाई आफ्नो कार्यालयमा भेटघाट तथा स्वागत गरेको छ ।फाउण्डेशनले न्युयोर्क उडसाईडस्थित आफ्नो कार्यालयमा एक बिशेष कार्यक्रम आयोजना गर्दै भेटघाट एवं छलफल सम्पन्न गरेको हो । सेप्टेम्बर एक तारिखका दिन फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट ”आई भि एल पि” कार्यक्रमका लागि अमेरिका भ्रमणमा… Continue reading जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत

ओहायो एनआरएन च्याप्टरद्वारा तिज कार्यक्रम भव्यताका साथ सम्पन्न

ओहायो गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बस शहरमा अगस्ट-२१,२०२२ एनआरएन च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रममा स्थानीय नेपाली/नेपाली भाषी हरूको उलेख्य सहभागिता रहेको थियो ।ओहायोका बिभिन्न शहरहरू एक्रोन ,सिनसिनाटी, क्लिभल्याण्ड आदी सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो। ओहायो… Continue reading ओहायो एनआरएन च्याप्टरद्वारा तिज कार्यक्रम भव्यताका साथ सम्पन्न

न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

न्युयोर्क हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको संयोजकत्वमा संयुक्त तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा स्याङ्जा समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता… Continue reading न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

सरकारसंग प्रदिप गिरी क्यान्सर अस्पताल निर्माणको जोडदार माग

बिष्णु सिंह, न्युयोर्क गत अगष्ट २० तारिख स्वर्गीय हुनु भएका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय प्रदिप गिरीको जनसम्पर्क समिति अमेरिकाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो। सयुक्त राष्ट्र संघको एक कार्यक्रममा भाग लिन आएका नेपालका माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा अगस्ट २३,२०२२ ज्यक्सन्हाईट, न्युयोर्कमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रमको सभापतित्व जनसम्पर्क… Continue reading सरकारसंग प्रदिप गिरी क्यान्सर अस्पताल निर्माणको जोडदार माग

न्युयोर्क सहरमा एनआरएनएको संयोजनमा तीज कार्यक्रम हुने

न्युयोर्क नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा संयुक्त तीज मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । यही आउॅदो शनिवार अगष्ट २७, २०२२ का दिन साँझ ६-११ बजेसम्म सत्यनारायण मन्दिरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको संयोजनमा संयुक्त तीज विशेष कार्यक्रम मनाउन लागेको हो… Continue reading न्युयोर्क सहरमा एनआरएनएको संयोजनमा तीज कार्यक्रम हुने

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन

न्युयोर्क शेर्पा संघ अमेरिकाको तेश्रो महाधिवेशनले श्री पासाङ दोर्जी शेर्पालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेका छन् । संघका निवर्तमान अध्यक्ष आङजाङबु शेर्पाको सभाध्यक्षतामा न्युयोर्कको क्वीन्समा सम्पन्न भेलाले कार्यसमितिका अन्य सदस्यहरुसहित सर्वसम्मत चयन गरेको हो । न्यूयोर्कमा नेपाली महावाणिज्यदूतवास कार्यालय अमेरिकाका वाणिज्यदूत गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा बौंद्धधर्मगुरु टुल्कु उर्गेन शेर्पा, शेर्पा संघ नेपालका उपाध्यक्ष पसी शेर्पा,… Continue reading शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन

अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइयो

न्यूयोर्क नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस अमेरिकाको न्युयोर्क सहरमा भब्यताका साथ मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजक थिए ।  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको  संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने… Continue reading अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइयो

बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

तीजको लहर आयो बरी लै… बर्षौदेखि नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा एकछत्र गुन्जने गीत हो यो। तीजका अवसरमा अन्य तीज लक्षित गीतहरु पनि गुन्जिने गर्दछन्। जब तीज नजिकिन थाल्छ, तब यस्ता गीतहरुले आफ्नो मौनता तोडदै गाँउदेखि शहरसम्म सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा हर्षोल्लास र उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि… Continue reading बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार

पेन्सलभेनिया विश्व भुटानी सहित्य संगठनले स्थापना गरेको ६ लाख नेपाली रुपैयाँ नगद राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५ कार्यक्रम उक्त पुरस्कार समर्पण गरिएको हो । प्रमुख अतिथि सिक्किमको पूर्व मुख्यमन्त्री तथा कवि… Continue reading उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार

न्युयोर्कमा चौंथौं विश्व नेवा सम्मेलन शुरु

न्युयोर्क । अगष्ट ५, २०२२ नेवा संस्कृति, भाषा र परंपरालाई प्रवासमा पनि जीवन्त राख्दै निरन्तरता प्रदान गर्नका लागि अमेरिकाको न्युयोर्क सहरमा ३ दिने चौंथौं विश्व नेवा सम्मेलन २०२२ शुरु भएको छ । न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रस्तुति सहित ३ दिने सम्मेलन शुरु भएको हो । नेवा गुठी न्युयोर्क र वर्ल्ड… Continue reading न्युयोर्कमा चौंथौं विश्व नेवा सम्मेलन शुरु

लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न

न्युयोर्क ।गत आईतबार जुलाई ३१,२०२२ का दिन न्युयोर्कको वुडसाईडमा न्युयोर्कमा नेपालीहरुको नेतृत्वमा रहेको दुई वटा क्लबका २०२२-२०२३ नेतृत्वका लागी नयॅा पदाधिकारीहरुको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको संयुक्त संयोजकत्वमा २०२२-२०२३ का लागी चयन भएका दुबै क्लबका नव पदाधिकारीहरुको पदस्थापन तथा शपथ… Continue reading लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न

फेरी अर्को एउटा भ्रममा मरौं

मणी भट्टराई, अमेरिका तिमी मलाई प्रेम गरे जस्तो गरम तिमीलाई प्रेम गरे जस्तो गर्छुआऊ,तिमी र मएउटा नयाँ भ्रमको सुरूवात गरौंभ्रम नै त हो जिन्दगीफेरी अर्को एउटा भ्रममा मरौं । ‘भ्रम पहिले नै कति छन् कतिअभाव भ्रमको होइनअभाव मलाई तिम्रो हो’- भनम पनि त्यसै भन्छुतिम्रा बकबासहरूलाई – म समय दिन्छुमेरा बकबासहरूलाई – तिमी समय देऊहामी लिप्त… Continue reading फेरी अर्को एउटा भ्रममा मरौं

न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने

न्युयोर्क नेवा गुठी न्युयोर्क तथा विश्व नेवा संघ अमेरिका च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा “4th World Newah Convention 2022” आगामी अगष्ट ५ देखि ७ तारिखसम्म गरिने भएको छ । नेवारी कला, संस्कृति, सम्पदा र परंपराको निरन्तरता प्रवासमा समेत महत्वपूर्ण भएकोले प्रवासी नेवारी समुदायको बाहुल्यताको आधारमा यसपटक न्युयोर्क सहरमा गर्न लागिएको हो ।… Continue reading न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने

‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा

बोष्टन नेपाल अमेरिका पत्रकार संघ (नेजा) १५औं साधारणसभाको तयारीमा जुटेको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभालाई, यहीँ आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा सम्पन्न गर्ने गरी तयारीमा जुटेको हो। गत वर्ष भर्जिनियामा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित कार्य समितिले १५औं साधारणसभामा संस्थाले गरेका क्रियाकलापहरु,… Continue reading ‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा

ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

डालास गत बर्षको सफलताबाट प्रोत्साहित नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले यस वर्ष पनि स्कूलका विद्यार्थीहरुका लागि निबन्ध प्रतियोगिता गर्ने भएको छ। “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” कार्यक्रममा यो बर्ष पनि किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छ।ऐशोसिएसनले आफ्नो फेसबुक पेजमार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी… Continue reading ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

मिनेसोटा अमेरिकाको मिनेसोटाकी एउटी महिलाले आफ्ना तीन साना छोराछोरी र आफू संगै डुबेर शुक्रबार आत्महत्या गरेकी छिन् । आफ्नो श्रीमानको मृत्युको रिपोर्ट गर्न प्रहरीलाई फोन गरेपछि उनले आफ्ना साना केटाकेटी सहित आत्महत्या गरेको अधिकारीहरूले बताएका छन । रामसे काउन्टी शेरिफको कार्यालयले मंगलबार परिवारका पाँच सदस्यहरूको पहिचान र मृत्युको कारण सहितको बिज्ञप्ति जारी गर्दै तीन बच्चा… Continue reading अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

शिकागो गोली काण्डका आरोपि पक्राउ

शिकागो शिकागोस्थित हाइल्यान्ड पार्कमा जुलाई ४ मनाउदै गरेको परेडमा ६ जनाको गोली हानि हत्या गर्ने संदिग्ध २२ वर्षीय रोबर्ट ‘बबी’ क्रिमोलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिग्द शूटर जसलाई प्रहरीले पक्राउ गरेको छ उसले आउटफिटिंग स्टोरको छतबाट गोली चलाएको थियो । उसले स्वतन्त्रता दिवसको आतिशबाजीसँग बन्दुकको आवाजलाई मिसाएर भ्रमित पार्दै गोली चलाएको आरोप छ ।सन्धिग… Continue reading शिकागो गोली काण्डका आरोपि पक्राउ

सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

शिकागो शिकागोस्थित अमेरिकि स्वतन्त्रता दिवसको दिन आयोजित एक परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । अधिकारीका अनुसार गोली चलाऊने ब्यक्तिले रुफटपबाट चलाएको अनुमान गरिएको छ । प्रहरीले सुटरको सोमबार व्यापक खोजी सुरु गरेको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा एउटा राइफल फेला परेको छ । प्रहरीले एक बन्दुकधारीको खोजी… Continue reading सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु