Author: Vishwanews.com

  • बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता

    बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता

    सुपेन्द्र बस्नेत, बोष्टन

    नेपाल स्थित समता शिक्षा निकेतनको ‘समता शिक्षा अभियान’का लागि सहयोग जुटाउन, बोस्टनमा आयोजना गर्न लागिएको ‘बृहत सुशोभन समारोह एवं साँस्कृति कार्यक्रम’को तयारीमा तिब्रता दिइएको छ।

    नेपालमा गुणस्तरीय समता शिक्षालाई सर्वसुलभ बनाइ राष्ट्रनिर्माणमा टेवा पुर्‍याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहित संस्था ‘समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र पशुपतिनाथ बुद्ध फाउन्डेशनको आतिथ्यतामा हुन गइरहेको समारोहलाई सफल पार्न आवश्यक तयारीमा तिब्रता दिइएको हो। उक्त समारोह आउँदो नोभेम्बर १३ तारिख आइतबारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गरिदै छ।

    ”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सुशोभन समारोहमा,
    अमेरिकामा रही समभावले समता शिक्षा अभियानमा जोडिएका समता सिनेटरहरुलाई सम्मान गरिदै छ।
    सिनेटरहरुलाई
    समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका प्रमुख अभियान्ता उत्तम संजेल र संरक्षक तथा वरिष्ठ कलाकार ‘मह’ जोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले समता शिक्षा उपाधिसहित सम्मान गर्नु हुने जनाइएको छ।

    बोस्टनमा हुने समारोहलाई सफल पार्ने तयारी अन्तर्गत समता ग्लोबल सिनेटका ‘समता सिनेटर’ बोस्टनवासी ठाकुर ज्ञवालीको संयोजकत्वमा मासाचुसेट्स राज्यमा अवस्थित विभिन्न संघ संस्था तथा प्रबुध्द व्यक्तित्वहरुलाई समेटेर ‘मूल समारोह आयोजक समिति’ गठन गरिएको छ। मूल समारोह आयोजक समिति गठन गरेसंगै समितिले आफ्नो काम सुरु गरिसकेको छ। समितिका संयोजक ज्ञवालीले जानकारी दिनुभएअनुसार समारोहको प्रचारप्रसार, सम्भावित सहयोगीहरु र सिनेटर बन्न इच्छुक व्यक्तित्वहरुको खोजी कार्य सुरु गरिसकिएको छ। संयोजक ज्ञवालीले भन्नु भयो, ‘
    हामीले समारोहको तयारीलाई तिब्रता दिइसकेका छौं। समारोहको मिति नजिकिसकेकाले तयारीलाई तिब्रता दिनु परेको हो।”

    शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुका लागि यस अभियानमा जोडिएर पुण्य कार्य गर्न घरदैलोमै सुवर्ण अवसर आएको जिकिर गर्दै ज्ञवालीले बोस्टनवासीहरुलाई यस अवसरमा सिनेटर बनेर समता शिक्षा अभियानमा हातेमालो गर्न अनुरोध समेत गर्नु भएको छ।

    हाल ज्ञवालीसहित बोस्टनबाट कुमार सिंह डाँगी, राजु तामाङ, कैलाश डाँगी, एनड्रे, डाँगी, एडम डाँगी र समृद्धि डाँगी (४ वर्षिया सबै भन्दा कान्छी सिनेटर) समता सिनेटर रहनु भएको छ। गत वर्ष स्थापना गरिएको यस संस्थामा अन्य शिक्षाप्रेमी, नेपालप्रेमी तथा समाजसेवीहरु पनि समता सिनेटर बनेर समता शैक्षिक अभियानमा जोडिने क्रम जारी छ। यस वर्षको अन्तसम्ममा अमेरिका भरीबाट दुई सय जना सिनेटरहरु हुने अनुमान गरिएको छ।

    संस्थाका अनुसार, इच्छुकहरुले समता सिनेटरको उपाधि पाउनका लागि एक हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्नेछ। र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिबद्धता प्रमाणित हुनु पर्नेछ। समता सिनेटरको उपाधि दिने वा नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।

    समितिका सहसंयोजक तथा समता सिनेटर कैलाश जंग डाँगीका अनुसार उक्त समारोहमा मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमलाई पनि समेटिएको छ। समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकाल कार्यक्रमको प्रमुख आकर्षक रहने भएका छन्। सहसंयोजक डाँगीले भन्नु भयो, ‘ वरिष्ठ कलाकार ‘मह’ जोडी र लोकप्रिय गायक रामकृष्ण ढकाल सुशोभन समारोह अन्तर्गत हुने साँगितिक कार्यक्रमको प्रमुख आकर्षक रहनु हुनेछ। उहाँहरुको बेजोड साँगितिक माहोलमा रम्न बोस्टवासी आतुर छन्।’

    उहाँले दिनुभएको जानकारी अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क तिरी कागजी वा अनलाइनबाटै पनि टिकट किन्न सकिने व्यवस्था मिलाइदैछ। सहयोग शुल्क स्वरुप प्रति टिकट १ सय र ५० डलर दर रहने छ। आयोजकले कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै कूल पाँचसय टिकट बिक्री गर्ने लक्ष्य राखेको छ।

    यसैगरी, यस्तै ‘बृहत सुशोभन समारोह’ मासाचुसेट्स राज्यको बोस्टनसहित अमेरिकाको ९ राज्यहरुमा हुन गइरहेको आयोजकले जनाएको छ। जसअनुसार नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्क, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासमा सम्पन्न गर्ने गरी तयारी थालिएको छ।

  • न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न

    न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न

    न्युयोर्क

    बडा दशै तथा दिपावलीको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा नेपाली अमेरिकन म्युजिक फेष्टिभल भव्य रुपमा सम्पन्न भएको छ । अक्टोबर ८, २०२२ शनिबारका दिन न्यूयोर्क सहरमा नेपाली समुदायबाट पहिलो पटक निःशुल्क खुला ठाउँमा “नेपाल अमेरिकन म्युजिक फेस्टिभल” गरिएको हो।

    “नेपाल अमेरिकन म्युजिक फेस्टिभल”को आयोजना बुद्ध कर तथा लेखका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र रियल स्टेट सेल्स पर्सन नवराज केसीले गरेका थिए । खुला ठाउँमा कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य न्यूयोर्कको क्वीन्समा बसोबास गर्ने विदेशीहरू, मुख्यतया विश्वका विभिन्न समुदायका मानिसहरूलाई नेपाली संगीत र संस्कृतिको परिचय गराउनु हो भनेर आयोजकहरुले बताएका छन्।नेपाली सांगीतिक महोत्सवले कुनै न कुनै रुपमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने उनीहरुको विश्वास छ ।

    न्यूयोर्क शहरका मेयर एरिक एडम्सको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयरले दशैं तथा तिहारको अवसरमा नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका थिए । मेयरले चर्चित नेपाली गायिका सपनाश्री, गायक फिरोज स्याङ्देन, सामाजिक अभियन्ता पेमा छेवाङ शेर्पा र टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीलाई विशेष सम्मान प्रदान गरेका थिए।

    गायक फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेश किशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार, संजोक योञ्जन, अभय ढुंगेल लगायतका गायक–गायिकाहरुको बेजोड सांगीतिक प्रस्तुतिले उपस्थित स्वदेशी तथा विदेशी दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। नृत्य तर्फ कबिना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र बसन्त डान्स सेन्टरेको प्रस्तुति थिए ।

    स्वयंसेवकमा अन्जित गुरुङ, अञ्जन श्रेष्ठ, एट्ना कार्की, कपिल मगर, प्रकाश श्रेष्ठ, भुवन केसी, शंकर बिसुंके, बास विशु, निलिमा मादेन, जोन लामा, निरन प्रजापती, उमा तामाङ, रोजिना देउला र निलिमा मादेन थिए भने कार्यक्रमको ध्वनि नियन्त्रण तथा साँगितिक समायोन डिजे ज्याङ्बुले कमाल गरेका थिए ।

  • बोष्टनमा बृहत सुशोभन समारोह हुने

    बोष्टनमा बृहत सुशोभन समारोह हुने

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ। आउदो नोभेम्बर १३ तारिख आइतवारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।

    नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहीत संस्था ‘समता ग्लोबल सिनेट’ले, नेपाल स्थित समता शिक्षा निकेतनलाई आवश्यक सक्दो सहयोग जुटाउने आफ्नो अभियानमा जोडिएका सहयोगीहरुलाई सम्मान गर्न यस समारोहको आयोजना गर्न लागेको हो।

    ”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सुशोभन समारोहमा, समता शिक्षाका संस्थापक तथा प्रमुख अभियान्ता-उत्तम संजेलले समभाव लिइ अभियानमा जोडिएर सिनेटर बन्न सफल भएका व्यक्तित्वहरुलाई, सिनेटरको उपाधिसहित सम्मान गर्नु हुने जनाइएको छ।

    समारोहका बारेमा जानकारी दिदै समता ग्लोबल सिनेटका अध्यक्ष प्राध्यापक डाक्टर उत्तम गाँउलेले भन्नु भयो, ‘यो हाम्रो संस्था ‘समता ग्लोबल सिनेट’को एउटा महत्वपूर्ण शैक्षिक अभियान हो। हाल यो संस्था नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाइ नेपाल राष्ट्रनिर्माणमा टेवा पुर्याउने मुख्य उद्देश्य राखेर, नेपाल स्थित ‘समता शिक्षा निकेतन’लाई यथासक्य सहयोग गर्ने अभियानमा जुटिरहेको छ। त्यही अभियान अन्तर्गतको हो यो अति महत्वपूर्ण सुशोभन समारोह। शिक्षा प्रेमि, समाजसेवी तथा नेपालप्रेमीहरुका लागि यस अभियानमा जोडिएर हातेमालो गर्दै नेपाल निर्माणमा योगदान पुर्याउने यो सुवर्ण अवसर हो। तसर्थ, इच्छुकहरुलाई समभावले सिनेटर बनेर अभियानमा जोडिन आव्हान गर्दछु।’
    संस्थाको वेभसाइट हेर्नका लागि यहाँ क्लिक 👆गर्नुहोस् !

    प्रा. गाँउलेले कार्यक्रमका बारेका थप प्रस्ट्याउदै भन्नु भयो, ‘खासमा सुशोभन समारोहमा संस्थाको शैक्षिक अभियानमा जोडिएर महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सिनेटरको उपाधिसहित सम्मान गरिने छ।’

    गत वर्ष अमेरिकामा स्थापना गरिएको यस संस्थामा हाल २२ जना सिनेटरहरु रहेका छन्। यस वर्षको अन्तसम्ममा दुइसय जना सिनेटरहरु पुग्ने अनुमान गरिएको छ। संस्थाका अनुसार, समता सिनेटरको उपाधि पाउनका लागि १ हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्दछ।र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिवद्धता प्रमाणित हुनु पर्दछ। समता सिनेटरको उपाधि दिने/ नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।

    समता ग्लोबल सिनेटको आयोजना तथा बोस्टन स्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटि र पशुपतिनाथ बुद्ध फाउण्डेशनको आतिथ्यतामा हुने उक्त समारोहमा, मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमलाई पनि समेटिएको आयोजकले जनाएको छ।यससंगै, उक्त सुशोभन समारोहको सांगीतिक माहोलमा समता शिक्षा निकेतनका संरक्षक तथा बरिष्ठ कलाकार द्वय ‘मह’ जोडी( मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकालसंग बोस्टनवासीले साक्षात्कार गर्न पाउने छन्।

    यसैगरी, हालसम्म सुशोभन कार्यक्रमहरु नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्क, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासामा हुने गरी कार्यक्रम तालिका तय भएको आयोजकले जनाएको छ।

    समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता-उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २१ वर्ष अघि २०५८ सालमा काठमाण्डौं जोरपाटीको नयाँ बस्तीबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रति विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेको छ। हाल यस संस्थाले नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन गरिरहेको छ। विद्यालयले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।

  • नेपाल र नेपालीको पहिचान बोकेको बृहत् महान चाड हो-बडा दशैं

    नेपाल र नेपालीको पहिचान बोकेको बृहत् महान चाड हो-बडा दशैं

    सुपेन्द्र बस्नेत, बोष्टन

    यतिबेला स्वदेशमा रहने नेपालीलाई मात्र हैन, विदेशमा रहने नेपालीहरुलाई पनि नेपालीहरुको महान चाड ‘बडा दशैंले छोइसकेको छ। हिन्दु धार्मिकग्रन्थ अनुसार, रामले रावरणको र महादुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव हो यो बडा दशैं। जसलाई असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण र पूजन गर्ने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडा दशैंको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो। सामाजिक, साँस्कृतिक, परम्परा, चालचलन र रहनसहनका दृष्टिकोणले बडा दशैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, पहिचान र मनोरञ्जनको एक महान महोत्सवको रुपमा चित्रण र व्याख्या पनि गर्न गरिन्छ। तर, मुलत: नेपाल र नेपालीको मौलिक पहिचान बोकेको यो ‘बडा दशैं’को मूल मर्म, धार्मिक क्रियाकलाप, आस्था र विश्वासमा नै केन्द्रिकृत रहेको छ। हिजोआज यस महान पर्वलाई ‘विजयादशमी’ भनेर सम्बोधन गर्ने, चिन्ने, चिनाउने, व्याख्या गर्ने र सोही अनुसार मनाउने गरेको पाइन्छ। खास गरी सामाजिक सञ्जालहरु र सञ्चार माध्यमहरुमा जानेर वा नजानेर यस महान चाडलाई ‘बडा दशैं’ को सट्टा प्राथमिकताका साथ ‘विजयादशमी’ मात्र भनेर सम्बोधन गर्दै शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ। जसले नजानिदो ढंगले बृहत महिमा, गरिमा र महत्व बोकेको चाडलाई संकुचित र कुन्ठित गरिरहेको छ। अझ भनौं चाडको मूल मर्मलाई नै ओझेलमा पारिरहेको छ। हिन्दु धार्मिक पात्रो अनुसार सोह्र श्राद्ध (भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथि समाप्त भएर नौरथा प्रारम्भ भएसंगै बडा दशैं शुभारम्भ हु्न्छ। मुलत: जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म दशैंको टिका लगाएर हर्षोल्लास मनाउने चलन छ।
    हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नवदुर्गाको भिन्न भिन्न स्वरुपले दशैंको क्षेत्र बृहद रहेको पुष्टि गर्दछ।
    धार्मिकग्रन्थका अनुसार महिसासुर लगायतका दानवहरुको बध गर्ने अभियानका क्रममा नौं रुप धारण गरेको विश्वास गरिन्छ। त्यसैले दुर्गालाई नवदुर्गाका नामले पनि पुकारिने गरिन्छ। यसरी धार्मिक ग्रन्थ अनुसार हरेक दिन(नौ दिन) र असत्य माथि सत्यको विजय प्राप्त भएको दशमीको दिन, जसलाई विजयादशमी भनेर पुकारिन्छ, सहितलाई समेटेर संयुक्त रुपमा ‘बडा दशैं’ भनेर सम्बोधन गरिनु पर्दछ। नकि ‘विजयादशमी’ मात्र। तब मात्र यो बृहत चाडको यथार्थ मर्म, महत्व, गरिमा र महिमा दर्शाउन र बचाउन सकिन्छ। जसलाई पुष्टि गर्न नवदुर्गाको नौं रुप, त्यसको शक्ति, भूमिका र महत्वलाई यसरी उल्लेख गरिएको पाइन्छ।
    १) शैलपुत्री–हिमालय पर्वतकी पुत्रीको रुपमा उत्पन्न ६ वटा हात भएकी नवदुर्गाको पहिलो रुपलाई शैलपुत्री भन्ने गरिन्छ। जसको हातहरु शंख, चक्र, गधा, पध्म, त्रिशुल र डम्बरुले सुशोभित भएका हुन्छन्। महिसासुर सहित दानवहरुले देवगण माथि अति नै अत्याचार गरेपछि दानवहरुको नष्ट गरेर देवगणको रक्षा गर्ने महाअभियान सफल पार्न आफ्नो रुपधारण गरेकी नवदुर्गाको पहिलो रुप हो यो। सोही अनुसार यस दिन उनको पूजा, अर्चना र साधना गर्ने गरिन्छ।
    २) ब्रम्हचारिणी – नवदुर्गाको दोस्रो रुपलाई ब्रम्हचारिणी भनिन्छ। यो पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित रुप हो। जो उनको ध्यान जपको रुप हो। शास्त्र अनुसार, नव दुर्गा महिसासुरको वध गर्नु उचित हो वा होइन ? भन्ने यकिन गर्नका लागि आत्मज्ञान प्राप्त गर्न यो रुप धारण गरी ध्यान जपमा लिन भएकी विश्वास गरिदै आइएको छ।
    ३) चन्द्रघण्टा– चार हातमा शंख, चक्र, गधा र पध्म बोकेकी र मस्तकमा घण्टा आकारको अर्ध चन्द्र रहेको नव दुर्गाको तेश्रो रुप चन्द्रघण्टा हो।शास्त्र अनुसार, घण्टालाई सञ्चार र चन्द्रलाई फैलाउनुको रुपमा अर्थ्याइएको पाइन्छ। यस दिन सोही अनुसार दुर्गाको पूजा, अर्चना, आराधन र प्रार्थना गर्ने गरिन्छ।
    ४) कुष्माण्डा – दुर्गा भगवतीको चौथो रुप कुष्माण्ड हो। महिसासुरको बध गर्ने अभियान अन्तरगत ब्रम्हाण्ड उत्पन्न गर्नका लागि उनले यो रुप धारण गरेको मान्यता रहेको छ। आफ्नो मुस्कानबाट ब्रम्हाण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो। देवीले महिसासुरलाई यस रुपले आफ्नो बसमा ल्याएकी थिइन्। जसलाई शक्तिशालिनी तथा शान्तिदायनी रुप पनि भन्ने गरिएको छ। नवरात्रको यस दिनलाई शक्ति पूजाको विशेष दिन पनि मानिन्छ ।
    ५) स्कन्दमाता – देवताका सेनापति स्कन्द कुमारकी माताको रुपलाई स्कन्दमाता भनिन्छ।दुर्गाले यस रुप धारण गरेर सत्यका लागि असत्यका विरुद्ध लड्न सेना तयार पारेको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।
    ६. कात्ययानी–दुर्गाको छैटौं रुपलाई कात्ययानी भनिन्छ। कात्ययानले घोर तपश्या गरेर दुर्गालाई छोरीको रुपमा प्राप्त गरेकाले यस रुपलाई कात्ययानी भनिएको पाइन्छ। महिसासुरले आफ्नो मृत्यु जल, थल र वायु कहि पनि हुन नसकोस् ।र, कुनै पनि हतियारबाट नहोस् भनि बिष्णुबाट बरदान पाएका थिए। जसले गर्दा उनको बध गर्न असम्भव झै थियो। यस्तो निकै गम्भीर अवस्थालाई दुर्गामाताले यही रुपमा गहन चिन्तन मनन गरेर उसको बध गर्ने सही उपाय पहिचान गरेको विश्वास गरिन्छ।
    ७) कालरात्री–यो दुर्गाको सातौं रुप हो। यो रुपमा दुर्गाको दाँयापट्टि ५ र बाँयापट्टि ४ हात रहेका छन्। उनको यस रुपको बाँया हातमा मुसल र दण्ड र दाँया हातमा त्रिशुल र तरवार सुशुजित छन्। देवीको यस अद्भुत शक्तिको कालरात्री स्वरुपलाई विनाशिनी पनि भनिन्छ। देवीले यस रुपमा महिसासुरलाई आफ्नो काखमा राखेर नङको सहायतामा पेट चिरेर बध गरेकी थिइन्। जसलाई असत्य माथि सत्यको विजय भएको विश्वास गरिन्छ। यसै विश्वासका कारण देवीको असत्यमाथि सत्यको विजय अभियान सफल भएको दिन भन्दै देवीको पूजनीय कर्मको सम्मान स्वरुप बली दिने प्रचलन चलिआएको मानिन्छ। जस अनुसार सप्तमीदेखि महाअष्टमीको दिनसम्म राँगा, बोका, भाले, हाँस, भेडाहरुको बली दिने प्रचलन छ। हिंसा गर्न नचाहनेहरुले भने घिरौँला, लौंका जस्ता तरकारीका कैडालाई पशुको स्वरुप दिएर बली दिने प्रचलन पनि छ।अहिंसावादीहरुले भने नवदुर्गालाई कदर स्वरुप नरिवल चडाउने गरेको पाइन्छ।
    ८) महागौरी–धर्मशास्त्रले नवदुर्गाले महिसासुरको बध गर्ने महाअभियानमा सफलता प्राप्त गरिसकेपछि आफ्नो आठौं रुपमा सबै बस्त्र तथा पहिरण सेतो धारण गरेको बताएको छ। शास्त्र अनुसार यस रुपमा उनले महिसासुर लगायतका दानवहरुको शरिर कुहाउने र उनीहरुलाई शान्ति दिलाउने काम फत्ते गरेको विश्वास गरिन्छ।

    ९) सिद्धिधात्री–नव दुर्गाको अन्तिम रुप सिद्धिधात्री हो। यस रुपमा देवी दुर्गा बाँया हातमा अमृतघडा र दाँया हातमा स्वस्तिक तथा कमल र लिएकी छिन्। देवीले यस रुपमा यस अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने विश्वास गरिन्छ। नवमीको दिन शक्तिपीठ तथा देवीको पूजा, अर्चना, साधना र आराधना गर्नाले देवीको शक्ति र सिद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यहि विश्वासका आधारमा हिन्दु धर्मावलम्वीहरुले यस दिन माता नवदूर्गा भवानीको पूजा, अर्चना, साधना र आराधना गर्ने गर्दछन्।
    बडा दशैंको दशौं दिन (जसलाई ‘विजयादशमी’ भन्ने गरिन्छ) लाई विजयोत्सवको मुख्य दिन मानिन्छ । यो दिन देवताले दानव माथि अर्थात सत्यले असत्यमाथि विजय प्राप्त गरेको विजयोत्सव मनाउने हर्षोल्लासको दिन हो। यो दिन नव दुर्गा दानवी शक्तिमाथि र भगवान रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा हर्षोल्लासका साथ खुसीयाली मनाउदै नव दुर्गा भवानी र भगवान श्री रामको पूजा, अर्चना, आराधन, साधना र प्रार्थना गर्दै विजयको प्रसाद ग्रहण गर्ने गरिन्छ।जस अनुसार, निधारमा विजयको प्रतिक रातो अबिरमा मुछिएको अक्षताको टिका र घटस्थापनाका दिन अर्थात नव दुर्गाले महिसारसुरलाई बध गर्ने अभियान फत्ते गर्न पहिलो रुप धारण गरेको दिन राखिएको जमरा शिरमा लगाउने चलन छ। यो नेपाली पात्रो अनुसार हरेक वर्ष आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिमा पर्दछ। यस दिन एक आपसमा उत्तरोत्तर प्रगति उन्नति, आरोग्य र दिर्घायुको कामनासहित शुभकामना आदानप्रदान गर्नुका साथै आफन्तजन, नातेदार, नाता कुटुम्ब, गुरु, मान्यवरहरुको हातबाट टिका तथा जमरा, दक्षिणा ग्रहण गर्दै अमुल्य गआशिर्वाद लिने प्रचलन चलिआएको छ।
    बडा दशैंमा टिका लगाउदा पुरुषलाई दिने आशिर्वाद यस प्रकार रहेको छ :
    “आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
    ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
    दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
    विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।”

    यसको अर्थ हो :-
    द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु होस्। दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस्।दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस्।हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता होस्।विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कृति वा प्रशिद्धि होस् ।

    महिलालाई दिइने आशिर्वाद यस प्रकार रहेको छ :
    “जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
    दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।”

    यसको अर्थ हो:-
    जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु। क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्यको संकल्प लिनु।

    बडा दशैंको बृहत गरिमा, महिमा र महत्वका कारण टिका, जमरा, प्रसाद, आशिर्वाद र दक्षिणा ग्रहण गर्ने कार्य, पूर्णिमाको दिनसम्म गर्ने गरिन्छ। वर्ष दिनमा एक पटक विषेश र भव्य रुपमा मनाइने यस महान चाडलाई थप रौनक र हर्षोल्लासमय बनाउन शक्तिपीठहरुको दर्शन तथा पूजा आराधन गर्नुका साथै आफन्तजनहरुसंग भेटघाट गर्ने,
    नयाँ नयाँ बस्त्रहरु लगाउने, मिष्ठान्न भोजन गर्ने गराउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती, चोक चौतारो, मठमन्दिर सरसफाइ तथा रंगरोघन गर्ने, पिङ खेल्ने, चङ्गा उडाउने, जस्ता क्रियाकलापहरु पनि गरिन्छ। यस अर्थमा ‘बडा दशैं’ धार्मिक ,साँस्कृतिक, सामाजिक , पारिवारिक , शैक्षिक, ज्ञान, पहिचान, परम्पार, रितिरिवाज, एकता, उत्सव आदिका दृष्टिले बहुआयामिक महान चाड हो। जसले नेपाल र नेपालीको बृहद मौलिक पहिचान बोकेको कुरा पुष्टि गर्दछ।

    यसरी घटस्थापनादेखि नवमीसम्म नव दुर्गाको नौं रुपको पूजा, अर्चना, आराधना, प्रार्थना र उपासना गर्ने र दशमीका दिन टिका, जमरा, प्रसाद, दक्षिणा र आशिर्वाद ग्रहण गर्दै हर्षोल्लासका साथ बृहत रुपमा मनाइने चाड भएकाले यो चाडलाई केबल ‘विजयादशमी’ मात्र नभनेर महान चाड ”बडा दशैं” कै नामले पुकारेर चाडको मूल मर्म अनुसार बृहत् रुपमा नै मनाउनु पर्दछ भनि यस महान शुभ घडिमा सबैलाई अपिल समेत गर्दछु। साथै, बडा दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना !

  • ३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व

    ३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व

    सुपेन्द्र बस्नेत, बोष्टन

    ग्रेटर बोस्टन नेपाली समुदाय'(GBNC-Greater Boston Nepali Community)मा ३४ वर्षपछि क्रमभंग भएको छ। सन् १९८९ मा स्थापित यस संस्थाको आगामी कार्यकाल(२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनले क्रमभंग गरेको हो। यस क्रमभंगले संस्थाको आफ्नै पुरानो इतिहासलाई विस्थापित गरी नयाँ इतिहासलाई स्थापित गरेको छ।

    स्थापनाकालदेखि सन् २०२०-२०२२ को दुइ वर्षीय कार्यकालसम्म सहमति भनिदै नयाँ कार्यसमिति चयन गरिदै आइरहिएको थियो। यस पटक पनि सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्ने भनि भरमग्दूर प्रयास भएकै थियो। तर, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि आकाङ्क्षीहरुका बिच सहमति जुट्न नसकेपछि, छिनोफानो गर्नका लागि मतदान प्रक्रियाको सहायता लिनु परेको थियो। मतदान प्रक्रियाले स्थापना कालदेखि नै सहमति भन्दै नयाँ कार्यसमिति चयन गर्ने गरिएको अभ्यासको क्रमभंग मात्र गरेन, संस्थाको इतिहासमै पहिलो पटक महिलालाई अध्यक्ष पदमा चयन गरेर संस्थाको अभिभारा सुम्पिदिएको छ।

    ८६ वर्षीया जमुना अधिकारी मतदान गर्दै

    मतदाताहरुले अध्यक्ष पदकी प्रत्याशी अन्जु थापालाई आफ्नो अमुल्य मतदान गरेर निर्वाचित गराई नयाँ इतिहास स्थापित गरेका छन्।
    गत सेप्टेम्बर २५ तारिख आइतबारका दिन सम्पन्न निर्वाचनले, आगामी कार्यकालका लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको नेतृत्व लिन अध्यक्ष पदका लागि अन्जु थापा, परशुराम फुयाल र जलप्रसाद घिमिरे चुनावी मैदानमा उत्रिनु भएको थियो। मतदान प्रक्रिया सुरु हुनु अगाडि नै जलप्रसाद घिमिरेले आफ्नो उमेदवारी फिर्ता लिनु भएको थियो भने, थापा र फुयालबिच कुनै एकमा सहमति जुटाउने प्रयास असफल भएपछि नेतृत्व चयनको अन्तिम टुङ्गो लगाउन मतदान प्रक्रियामा प्रवेश गरिएको थियो। विरोचन नेपालको संयोजकत्वमा प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहनु भएको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार, थापाले आफ्नो प्रतिस्पर्धी फुयाललाई ९५ मतान्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुन सफल हुनु भएको हो। निर्वाचन मत परिणाम अनुसार थापाले २५८ मत प्राप्त गरी संस्थाको बागडोर सम्हाल्न सफल हुदा, फुयालले १६३ मत प्राप्त गर्नु भएको थियो। निर्वाचित भए लगतै संक्षिप्त प्रतिक्रिया दिदै थापाले आफ्नो विजय सम्पूर्ण मासाच्युसेट्स वासी नेपाली समुदायको भएको बताउनु भयो।निर्वाचन परिणामप्रति खुशी व्यक्त गर्दै उहाँले भन्नु भयो,’ म खुशी छु। सहयोगी सबैलाई धन्यवाद ! यो मेरो मात्र विजय नभएर सबै नेपाली समुदायको विजय हो।अब हामी सबै मिलेर अघि बढ्नु पर्दछ। त्यसका लागि सबैबाट साथ र सहयोगको अपेक्षा गर्दछु।’ यसै सिलसिलामा थापाले निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सबैलाई धन्यवाद समेत दिनु भयो ।

    निकै रस्साकसी भएको चुनावी मैदानमा, मतदाताहरुको उत्साहसहितको सक्रिय सहभागिता साच्चै मननयोग्य रहेको थियो। उमेदवारहरु र मतदाताहरुले निकै महत्व दिएको मतदान प्रक्रियामा, ८६ वर्षीया जमुना अधिकारीले समेत भाग लिएर मतदान गरेपछि, प्रजातान्त्रिक अभ्यास निर्वाचन र मतदाताहरुको मतदानको महत्व थप उचाइमा पुगेको थियो। निकै उत्साहित रहेको चुनावी माहोलले संस्थाको गरिमा र निर्वाचित हुने नयाँ कार्यसमितिको जिम्मेवारीलाई दर्शाइरहेको थियो। निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष पदमा सन्दिप भट्टराई निर्वाचित हुनु भएको छ। भट्टराईले कुल झरेको ४२३ मत मध्ये ३१८ मत ल्याइ, १०४ मत ल्याउने आफ्नो प्रतिस्पर्धी राज कुमार थापालाई पराजित गर्दै विजय हुन सफल हुनु भयो।

    निर्वाचनले संस्थाको अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध चयन गरेको छ। उपाध्यक्ष पदका लागि भने चिरञ्जीवी आचार्य, नवराज जमकट्टेल र सुनिल नेपाली चुनावी मैदानमा उत्रिनु भएको थियो। मतदान प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै नवराज जमकट्टेलले चुनावी प्रक्रियाबाट आफ्नो उमेदवारी फिर्ता लिएपछि संस्थाको विधान अनुसार दुइ उपाध्यक्ष पदका लागि आचार्य र नेपाली निर्विरोध निर्वाचित हुन सफल हुनु भएको थियो। महिला उपाध्यक्ष पदमा भने सानु बर्मा अधिकारीको एकल उमेदवारी परेकाले निर्विरोध निर्वाचित हुनु भयो। यसैगरी, महासचिव पदमा सोनाम शेर्पा, सचिव पदमा मिलन बस्नेत, कोषाध्यक्ष पदमा अजय कुशवाहा र सह-कोषाध्यक्ष पदमा प्रकाश खड्का पनि निर्विरोध निर्वाचित हुनु भएको छ। संस्थाको विधान अनुसार २४ सदस्य पदका लागि भएको निर्वाचनले, चुनावी मैदानमा उत्रिएका १९ जना सदस्यहरुलाई पनि निर्विरोध निर्वाचित गरेको छ। निर्वाचन समितिका अनुसार, निर्वाचन प्रक्रियाका क्रममा १९ जनाले मात्र उमेदवारी दर्ता गरेकाले उमेदवारी दर्ता गर्ने सबै निर्विरोध निर्वाचित भएका हुन् । सदस्य पदमा निर्वाचित हुनेहरुमा
    भिम प्रसाद आचार्य, युवराज सुवेदी, प्रभा गौतम, प्रमिला धमला बञ्जरा, रोशन यादव, सौरभ अधिकारी, भरत बञ्जरा, दिपक कटुवाल, अभिषेक आचार्य, अजय कुमार ढकाल, नवराज जमरकट्टेल, आङ्दावा शेर्पा, अजित पोखरेल, राज लामा, बिराज गुरुङ, सुनिता भण्डारी, सुवर्ण केसी, अशोक काफ्ले र सजना अधिकारी रहनु भएको छ।

    नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथासक्य काम गर्ने मूल उद्देश्य लिएर स्थापित यस संस्थामा, हाल ६४ जना आजीवन सदस्य र ६६२ जना साधारण सदस्य गरी, जम्मा ७२६ जना सदस्य रहेका छन्।

  • न्युयोर्कमा भव्य इन्द्रजात्रा

    न्युयोर्कमा भव्य इन्द्रजात्रा

    बीके नेवा, न्युयोर्क

    न्युयोर्क । न्युयोर्क नेवा गुठीले तेश्रो पटक न्युयोर्कको ज्याक्सन हाइट्समा इन्द्रजात्रा भव्यरुपमा मनाएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित यो जात्रा यस पटक भने भव्य रुपमा मनाइएको हो ।
    पहिलेका जात्रामा कुमारीको मात्र पूजा गरिन्थ्यो भने यसपालि कुमारी, गणेश र भैरवको रथारोहण गरी परिक्रमा गराइएको थियो । लाखे नाचमा झ्याँलिन्चाले जिस्क्याउने नृत्य धेरै रोचकताका साथ प्रस्तुत गरिएको थियो ।
    कुमारी,गणेश र भैरवको रथयात्रासँगै नेवारहरुले आफ्नो मौलिक पहिरन र महिलाले हाकु पटासीमा सजिएर धिमेसँगै नेवारी नृत्य गरी कार्यक्रमलाई अझ रोचक बनाएका थिए ।

    कार्यक्रमको अन्त्यमा विभिन्न नेपाली संस्थाबाट आएका पाहुना, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणलाई इन्दजात्राको प्रसाद वितरण गरिएको थियो ।
    नेवारहरु जहाँ बसोबास गरे पनि नेपालमा होस् वा सात समुद्रपारिको देशमा होस् उनीहरुले आफ्नो देश, आफ्नो कला, आफ्नो पहिचान, आफ्नो संस्कृतिलाई अति नै माया गर्छन् । यसलाई पुस्ता पुस्ता सम्मका लागि यस्ता कार्यक्रम गरी आउँदा पुस्तालाई देखाउने र सिकाउने गर्छन् । साथै, विदेशी भूमिमा नेपालको कला र संस्कृतिबारे प्रचारप्रसार गर्छन् ।

    यस्तै विदेशमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने साथै प्रचारप्रसार गर्ने उद्देश्यले सन् २००७ मा न्युयोर्क नेवा गुठी स्थापना गरिएको हो ।
    नेवा गुठी स्थापना कालदेखि हरेक वर्ष नेपाल संवतका दिनलाई भव्यरुपमा मनाएर नगर परिक्रमा गरी शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सोही अवसरमा राति सामूहिक म्हःपूजा गर्ने गरिन्छ । समय समयमा आउने चाडपर्वहरु इन्द्रजात्राआदि भव्य रुपमा मनाउने गरिन्छ ।


    यस्तै आफ्ना भावी पुस्ताका लागि नेपाल भाषा र रञ्जना लिपि, धिमे बाजा सिकाउने कार्य गरिँदै आएको छ ।
    नेवा गुठीले हालै एउटा ऐतिहासिक काम पनि सम्पन्न गरेको छ । गएको अगस्ट ५, ६ र ७ मा नेवा गुठीको वर्तमान अध्यक्ष विजयमान सिंहको नेतृत्वमा गुठी परिवार तथा अन्य संघसंस्थाको सहयोगमा चौथो विश्व नेवा सम्मेलन सम्पन्न गरेको छ ।


    उक्त सम्मेलनमा अमेरिकाका विभिन्न राज्यबाट साथै देश विदेशबाट तीन सय जना प्रतिनिधि सहभागी भएका थिए ।
    उक्त सम्मेलनमा नेवारी भोज, नेवारी पहिरन शो, नेवारी चित्रकला प्रदर्शन, नेवारी नृत्य, नेपाल भाषाको सिनेमा प्रदर्शनलगायत विभिन्न कलाकारहरुले नेपाल भाषामा गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

  • उमेर उच्छश्रृखलता र अपराध

    उमेर उच्छश्रृखलता र अपराध

    कल्पना शाक्य
    अधिवक्ता

    शिशु अवस्था, बाल्यकाल, किशारावस्था, यौवन, परिपक्वता र बृद्धावस्था मानिसले जिवनकालमा पार गर्ने उमेरका चरणहरु हुन् । हरेक उमेरको आफ्नै विशेषता छन्, अधिकार र दायित्व छन् । उमेरका यी चरणहरुमध्ये किशोरावस्था सबैभन्दा सम्बेदनशिल मानिन्छ । किनभने बढी रम्ने, रमाउने, मै मात्र ठिक, क्षणिक रमाईलो र आकर्षणमा मात्र भुल्न खोज्ने जस्ता लक्षण यो उमेर समूहमा स्वभाविक रुपमा देखिन्छ ।

    मानिसको शरीरमा निधार पछाडी मस्तिष्कको भागमा रहेको Prefrontal Cord हो जसको मुख्य काम भविष्यको बारेमा नसोची तुरुन्तै मजा आउने काममा रमाउने ईच्छाहरुलाई रोक्नु हो । । २० वर्ष उमेर नपुग्दासम्म आफ्नो लागी सही र गलत छुट्याउन सक्ने गरी यो अङ्ग पूर्ण विकसित भईसकेको हुँदैन । किशोर किशोरीमा यो अङ्गको विकास नभईसकेको हुँदा उनीहरु, तुरुन्तै आनन्द दिने कुराहरुमा आकर्षित हुन्छन् ।

    एउटा ब्यक्ति आफ्नो एउटै जीवनमा धेरै ब्यक्ति, विचार, ठाउँ, चिजबस्तुप्रति आकर्षित हुनु प्राकृतिक विशेषता नै हो । आखाँबाट मनमा उत्रेर ओठबाट वाह शब्द निस्कन्छ भने त्यो नै आकर्षण हो । बाह्य रुप, बिचार बौद्धिकता, ब्यबहार, साहस, लगनशिलता, मिलनसारिता आदी जुनसुकै कुराको आकर्षणले मानिसलाई खिच्दछ तसर्थ बिपरित लिङ्ग र यौनसम्म मात्र आकर्षणलाई सिमीत गरेर बुझ्नु बैचारिक संकुचताको पराकाष्ठ हो तर पनि आकर्षणकै बहकावमा बहकिएर धेरै अपराध घटित भईरहेको परिप्रेक्षमा यहाँ यौन अपराधकै चर्चा गरिएको छ ।

    नैतिकताको कसीमा उभिएर हेर्ने हो भने भरोसा तोड्नु जस्तो ठूलो अपराध अर्को हुन सक्दैन । तर अहिले हाम्रो समाजमा बारबार भरोसा तोडिएका घटनाहरु सार्वजनिक भईरहेका छन् । कहिले आफ्नै संरक्षकबाट त कहिले आफ्नै प्रेमीबाट यौन दुर्व्यवहारको शिकार भएका घटना दिनप्रतिदिन बढ्दै जान थालेपछि आफ्नो प्रभावमा रहेका व्यक्तिबाट आफ्नो स्वार्थ पुरा गराउने कार्यलाई नेपालको कानुनले समेत अपराधको परिभाषाभित्र समेट्यो । यौन सम्बन्ध स्थापित गर्नको लागी योग्य उमेर निर्धारण गर्यो । यसो गर्नुको मकसद ब्यक्ति शारीरिक वा मानसिक रुपमा त्यसको लागी तयार भईसकेको होस् भन्ने नै हो । तसर्थ निश्तित उमेर नपुगेसम्म सहमतीले पनि शारीरिक सम्बन्ध कायम गराउन नहुने व्यवस्था कानुनले गर्यो ।

    वर्तमान कानुनी व्यवस्था अनुसार दुबैको सहमतिमा नै भएको सम्बन्ध पनि जबरजस्ती करणीको अपराध हुने अवस्थाहरु ;

    मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (२) : “कसैले मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा ।

    दफा २१९ को उपदफा (२) (क) : करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

    दफा २२२ को उपदफा (१) आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरेमा ।

    दफा २२३ : कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गरेमा ।

    (तसर्थ विवाह गर्ने झुठो प्रलोभन दिएर केटिको मञ्जुरी लिई सम्बन्ध बनाएता पनि बलात्कार नै ठहर्छ)

    कानुनी व्यवस्थाका विवादीत पाटोहरु : १)​हाम्रो कननुनले १८ वर्ष मुनिका किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध बनाउँदा उमेर पुगेका पुरुषलाई सजाय हुने व्यवस्था भए जसरी १८ वर्ष मुनिका पुरुषसँग उमेर पुगेका महिलाले शारिरिक सम्बन्ध कायम राख्दा सो व्यवहारलाई अपराधभित्र नसमेटेको हुँदा सजायको कुनै गुञ्जायश रहेको देखिदैन । यसले गर्दा कानुन बिभेदकारी देखिन्छ ।

    २)​ बालिग हुने उमेरको हद १६ वर्षबाट १८ बर्षको बनाईदिदा १७ वर्षकी किशोरीसँग सहमतिमा सम्बन्ध बनाउँदा कसुर ठहर्ने कानुनले गर्दा धेरै किशोर तथा युवाहरु बलात्कार जस्तो जघन्य अपराधमा अपराधी घोषित भईरहेको वर्तमान परप्रेक्षसँग धेरैको असन्तुष्टि रहेको ।

    कानुनको स्पष्ट व्यवस्थाको कारण सो कानुन यथावत रहेसम्म परिपालना गर्नुको बिकल्प छैन । भोलिको दिनमा यो कानुन परिवर्तन गर्न जरुरी छ/छैन? भन्ने विषयमा सामाजिक बहस चलाउन सकिन्छ ।

    सामाजिक मनोविज्ञान :

    जैविक बाहेक अन्य सामाजिक, मनोबैज्ञानिक कारणहरुले गर्दा पनि किशोर किशोरीहरु गलत बाटेमा लाग्न सक्छन् । छोरी मान्छेले आँट दिएपछि छोरा मान्छेले बाँकी राख्छ र? किन उत्ताउलो हुनु? , छोटा लुगा लगाउनु ? , राति राति हिड्नु ? किन अहिलेदेखि प्रेम गर्नु ? यसो गरेपछि त, उसो गरेपछि त केटा मान्छेले बाँकी राख्छ त? आफुलाई जोगाएर, लुकाएर राख्न नसक्नुमा दोष केटीकै भएन र ? झट्ट हेर्दा त छोरीलाई भएभरको दोष दिई पुरुषको पक्षपोषण गरेजस्तो देखिए पनि यस्तो मानसिकताले छोरा मान्छेलाई त झन पशुसँग तुलना गरिरहेको छ, वास्तवमा । मान्छेले जसरी बाघ भालुसँग आफुलाई जोगाएर राख्दछ त्यसरीनै महिलाले आफुलाई पुरुषबाट जोगाएर राख्नुपर्ने मान्यताको प्रतिनिधित्व यस्तो मनोविज्ञानले गरिरहेको छ । पुरुषसँग पनि विवेक हुन्छ, गर्न हुने र नहुने काम छुट्याउनु पर्छ, असल पुरुषले कानुन उल्लङ्खन गर्दैन, गर्न हुँदैन भनेर सोच्न सम्म नसक्नुले पुरुषलाई विवेकशिल मानिस होईन बरु आफुभन्दा निर्बललाई झम्टिहाल्ने पशु ठानिरहेको छ ।

    अन्त्यमा;
    जब जब महिला बिरुद्ध पुरुषद्वारा हुने हिंसाका घटना बाहिर आँउछन् तब तब समाज ठ्याक्कै बिपरित दुई ध्रुवमा बाडिन्छन्, एकथरी महिलालाई सत्तोसराप गर्छन् अर्काथरी पुरुषलाई । गल्ति महिलाबाट पनि हुन्छ पुरुषबाट पनि । तर गल्ति र अपराध फरक कुरा हुन् । विश्वास नगर्नुपर्ने मानिसलाई विश्वास गरेर आफ्नो आत्मसम्मानको बली चढाई सजिलैसँग आफुलाई सुम्पदा त्यहाँ गल्ति भईरहेको हुन्छ तर त्यो विश्वासको घाँटी रेट्दा अपराध हुन्छ । गल्ति गर्नेले माफी पाउँछ तर अपराधीले कानुन अनुसारको सजाय भोग्नै पर्दछ ।

    हामीले पक्ष र बिपक्षमा चरमबादी भएर उभिनु भन्दा अगाडी यो बिर्सनु हुँदैन कि हरेक घरमा छोरा पनि छ, हरेक घरमा छोरी पनि छ । छोराछोरी दुबैलाई आत्म सम्मानको बारेमा सिकाउनु जरुरी छ । संसारमा सबै मानिस बिशेष छन्, ऊ जस्तो न कोही थियो न कोही हुनेछ यति कुरा छोरीहरुले जानेका भए कसैलाई भगवान नै सम्झिएर उसका अगाडि लम्पसार पर्ने थिएनन् होला । कसैले विश्वास गरेपछि त्यो विश्वास डगमगाउन दिनु हुँदैन, आफुभन्दा कमजोरलाई सुरक्षा प्रदान गर्नुपर्छ, आफ्नो संरक्षणमा रहेकालाई जोगाउनु मेरो दायित्व हो, ईज्जत छोरा मान्छेको पनि गहना हो भन्ने कुरा छोराले जानेका भए अवश्य पनि बालिका बलात्कारका घटनाहरु बढ्ने थिएनन् होला ।

  • कथाः वान डलर प्लिज

    कथाः वान डलर प्लिज

    विजयदेव खनाल, न्युयोर्क

    सदा झैं आज पनि त्यो बुढो मानिस चाइनिज पार्कको ब्रेन्चमा वाकर समातेर बसेको भेटियो। उसलाई नदेखे झैं गरेर तर्कन लाग्दै थिए। ‘हेल्लो फ्रेण्ड, वन डलर प्लिज,’ भनेर कराइ हाल्यो। मैले नसुने झैं पन्छन खोज्दै थिए, वाकरमा पाइला सार्दै मेरै नजिक आइपुगी हाल्यो। सदा झैं स्वचालित खल्तिबाट एक डलर निकालेर दिएँ। मुसुक्क मुस्कुराउँदै ‘गड ब्लेस यु, गड सेभ यु,’ के के जाति भन्दै वाकर समातेर उभिइरह्यो। म केही नबोलिकन आफ्नो गन्तव्यतिर लागें ! प्राय दैनिक जस्तै यस्तै क्रम चलिरहन्थ्यो।

    म यो स्ट्रिटमा बस्न लागेको करिब एक/डेढ बर्ष भयो। मेरो एपार्टमेन्ट भन्दा पारी पटिको ठूलो बिल्डिंगको बाहिर लेखिएकोछ- ‘Old care center,’ (वल्ड केयर सेन्टर)। त्यहाँ एकसय जनाभन्दा धेरै बृद्ध/बृद्धाहरु राखिएको छ। धेरैजसो वाकरमा र कोही कोही स्ट्रलरमा हिड्ने गर्छन्। केयर सेन्टरको बाहिर रुखको छहारीमुनि लामा लामा बेन्चहरु राखिएका छन्। बृद्ध/बृद्धाहरु दिनभरीनै बाहिरै टहलिइरहेका हुन्छन्। कोही क्यारामबोर्ड, तास र चेसमा रमाइरहेका हुन्छन् भने कोही ठूलो स्वरमा रेडियो/एफएममा गित लगाएर चुरोट तानिरहेका हुन्छन्। मैले बिहान, बेलुका यही बाटो हिड्नुपर्ने भएकोले अधिकांसले मलाई देखेपछि मुस्कुराउँछन्। त्यस मध्ये कै एकजना हुन्- मसंग सधै एक डलर मागिरहने ती बृद्ध।

    अग्लो ज्यान भएका ती बृद्ध व्यक्ति निकै मोटो तर रोगी र कमजोर देखिन्थे। पटकपटक बृध्दाश्रम भवन पछाडितिर चुरोट तान्न गइरहन्थे। मेरो कोठाको झ्यालबाट त्यो भवन पुरै देखिने भएकोले फुर्सद हुनासाथ म झ्यालमा बसेर तिनिहरुका कृयाकलाप हेर्ने गर्थें। बृद्धाश्रमका बिरामी लिन ठुलो स्वरमा साइरन बजाउदै एम्वुलेन्सहरु आइरहन्थे। एम्वुलेन्सको चर्को साइरनले आधारातमा मलाइ धेरैपटक झस्काएर व्युझाइदिएको पनि छ। शुरु शुरुमा त साइरनको एकोहरो कर्कस आवाजले मेरो मुटु जोडले ढुकढुक गर्थ्यो। बृद्धहरु कसलाइ, के भयो होला भनेर डरले पसिनानै आउथ्यो। एकप्रकारले तिनिहरु मेरा दाजुभाइ वा साथीहरु जस्तै लाग्न थालेका थिए। अनि, झ्यालमा गएर नहेरिकन चित्तै बुंझ्दैनथ्योl वास्तवमा भन्ने हो भने मलाई ती बृद्धहरुसंग दैनिक भेटघाट भएन भने नरमाइलो शुन्यताले जकडेको भान हुन्थ्यो।

    सदाजस्तै आजपनि प्रात भ्रमणमा निस्किएको थिएँ। वल्ड केयर सेन्टरको दायाँपटीको कुनामा उनी वाकरमा बसेर झोक्राइरहेका रहेछन्। अनुहार झुकेको थियो, आखाँ रसिला थिए- उनी निकै विरामी जस्ता देखिन्थे। शुन्य भावमा उनका आखाँले मलाइ नियालिरहेको थियो। तर आज उनले मलाइ एक डलरको याचना गरेनन्। आखाँ नझिम्क्याइकन मलाइ हेरिमात्र रहे। सायद केही भन्न खोजिरहेका थिए। उनको अवस्थाको बारेमा मलाइ सोध्ने औधि मन थियो। तर केयर होमको नियम के हो? मिल्ने हो कि होइन आदि दोधारमा मेरा पाइला पार्कतिर मोडिए। विहानभरी उनकै बारेमा सोचिरहें। उनको घर कता होला? परिवार कता होलान, अथवा छैनन् कि! भएमा बेला बेला भेट्न त आउनुपर्थ्यो। जसरी अरुहरुका छोरा, छोरी, नातिनातिनाहरु आइरहेका देखिन्छन्। मन मनमा सोचें- उनको स्वास्थ अवस्था निकै जटिल देखिन्छ- मैले आजै चाहिँ एकडलर उनको हातमा किन राखिदिन सकिन? अनि एउटा अठोट गरे- ‘घर फर्कने वेलामा उनको हातमा पॅाच डलर राखिदिन्छु,’। तर घर फर्कने वेलामा उनी त्यहाँ थिएनन्। वाकर पनि थिएन। मैले चारैतिर उनलाई खोजिगरें, तर फेलापार्न सकिन।

    एम्वुलेन्सको एकनासको चर्को आवाजले निद्रा खुल्यो- घडी हेरेको रातको दुइ बज्दैरहेछ। मन थाम्न सकिन र झ्यालमा गएर केयर होम तर्फ हेर्न लागे। एकजना विरामीलाई भित्रबाट स्ट्रेचरमा ल्याएर एम्वुलेन्समा राखी अस्पताल लैजान लागेका रहेछन्। अध्यारोले गर्दा राम्ररी ठम्याउन सकिन।

    भोलिपल्ट विहानको खाना खाने समय हुदैथ्यो। केयर होमबाट ठुलो स्वरमा एम्वुलेन्सको साइरन बजेको आवाज आयो- मैले झ्यालमा गएर हेरें- तिनै बृद्ध मानिसलाइ सेतो कपडामा पोको पारेर ल्याइएको रहेछ- अवस्था देखेपछि अनुमान लगाउन गाह्रो भएन- सधै मेरा आखाँले पछ्याइरहने उनै बृद्ध व्यक्तिले यो सन्सारबाट सुटुक्क सदाका लागि विदा लिएछन्। न छोरा छोरी, न कुनै आफन्त, न कसैको रुवावासी… केयर होमका उनका केही बृद्ध साथीहरु मलिन अनुहार लगाएर उनका वरिपरी उभिइरहेका थिए। मैले मेरो हाफ पाइन्टको खल्ति भित्र हात घुसारे-पॅाच डलरले मानौं मलाई नै गिज्याइरहे जस्तो लाग्यो।

  • न्युयोर्कमा ओलाङचुङेहरुको बनभात

    न्युयोर्कमा ओलाङचुङेहरुको बनभात

    ससांग लामा, न्युयोर्क

    क्याम्पिङ जानेहरुले आ-आफ्ना टेण्टहरु वलुङ किदुकको भवनमा August 31 मा पुर्याइ सक्नुपर्नेछ ” भनेर उर्दी जारी भाको थियो ।क्याम्पिङको हल्ला त २ महिनाअघि नै पिटिइेएको थियो । न्युयोर्के वलुङेहरु क्याम्पिङ्गको लागि आत्तुरी रहेका थिए । कंक्रिटको जंगलमा बस्दा बस्दा दिक्क भएर, दुइ तिन दिनको लागि भएपनि झोली तुम्बी भिरेर जंगलबास गर्न सुरिरहेका रहेका थिए, बनभात खान तम्सिरहेका थिए ।

    अम्रिकी क्यालेण्डर अनुसार सेप्टेम्बर ३,४,५ Long Weekend अर्थात लामो सप्ताहान्त परेको थियो | लामो सप्ताहान्त भन्नासाथ लामो बिदा भन्ने बुझिन्छ | अम्रिकी लेबर डे ५ सेप्टेम्बरमा परेकोले Long Weekend परेको थियो | कहीँ नभाको जात्रा हाँडी गाउंमा भने झैँ, विश्वभर लेबर डे , अर्थात श्रमिक दिवस, मे महिनाको १ तारिख मनाइन्छ भने, अम्रिकामा चाँहि सेप्टेम्बरमा ! लामो सप्ताहान्त आउनै हुन्न, अम्रिकीहरु लामो यात्रामा निस्कन्छन, हाइवेमा हुइँकिन्छन, बतासिन्छन, ज्यान छाडेर आराम गर्छन् ।

    न्युयोर्के ब्यस्त जिन्दगीको कुराकानी गरेर साध्य छैन | मेरो ब्राजिलियन सहकर्मी रिता शुक्रबारको दिन हतारिरहेकी थिइन | किन यसरी हतारेकी भनेको त, ‘म अहिले कामबाट सिधा एअरपोर्ट गएर ब्राजिलको प्लेन समात्नु छ’ भनिन । आफुले सकाउनु पर्ने Paper Work गर्नमा तल्लिन थिइन । खोइ लेउ, तिम्रो पेपर वर्क म गरिदिन्छु भनेको त शुरुमा त अनकनाइन । पछि उसले नभ्याउने भएपछि, लु है मेरो Username र Password भनेर बाँकी रहेको काम मलाई जिम्मा दिएर हुर्रीइन | तिनदिने लामो सप्ताहान्त र त्यसमाथि केही दिन थपथाप् बिदा स्विक्रित गराइ तिनी भेकेसनको लागि ब्राजिल हान्निइन्। अनि लोग्नेलाई नलाने भन्दा, मुस्काउंदै भनिन : ‘कहिलेकाहीँ एक्लै जानुको मज्जा बेग्लै हुन्छ’!

    क्याम्पिङ्गको कुरो गर्दै, म त मेरो सहकर्मी र सप्ताहान्तको बखान पो गर्न थालेछु । लु लागम अब क्याम्पिङतिर ,, धेरै जसो Camper हरु २ तारिख शुक्रबार नै त्यहाँ पुगेका थिए । Upstate NY स्थित State Park मा अवस्थित क्याम्पिङ साइटमा, डेढघण्टाको ड्राइभमा, भाई कुङ्ग छिरिङ्ग र म चाँहीँ शनिबार बिहानी पुग्यौँ ।मनकारी भाईहरुले हाम्रो पाल पहिले नै टांगिसकेका थिए । हाम्रो पाल संगैको छिमेकी छिमे ग्याजो (भुपु वलुङ किदुक प्रेसिडेन्ट) त धमाधम आफ्नो पाल उखेल्दै पो थियो । “हिजो, तरुनी तन्देरीहरुले रातभर गित गाएर, हल्ला गरेर सुत्नै दिएन” भन्ने उनको गुनासो थियो । हल्लाको कुरो सुनेर पुरानो कुरो पो याद आयो । एकचोटि छोरीले मलाई न्युयोर्कस्थित सेण्ट्रल पार्कमा Open Concert मा लगेकी थिइन | त्यस्तो डाङ्गडाँग र डुङडुङ आवाजमा समेत म निदाएको थिएँ। भनेपछि सुत्न सकिएला भनेर हामी चाँहि ठाउँ सरेनौँ । बेलुकीको बिजुली पानीको असरले होला, हामी दुई दाजुभाइलाई चाँहि हल्लाले हल्लाएन ।

    बिहानको बनभात खाएर, को कहाँ पाल टांगेर बसेको रहेछन भनेर, हामीलाई अनुमति प्राप्त क्याम्पिङ साइटको अवलोकन गरियो । न्युयोर्कैमा बसेपनि लामो समयसम्म भेट नभएका ओलाङचुङ भेगका धेरैसित भलाकुसारी भयो । त्यस क्याम्पिङ साइटमा वरिपरि रुख र बीचमा खुला चउरी भएका रमणिय स्थलहरु रहेछन ।मनमिल्ने, हितचित मिल्ने, बिजुली-पानी मिल्नेहरुको आ-आफ्नो ग्रुप थियो | बाग (म्हाजाङ), स्योपरा, क्यारम, तास नारिसकेका थिए | धार्मिक ग्रन्थ बाचन् गरिरहेका एक ग्रुप महिला पनि देखियो | प्रतेक चउरीमा पार्क ब्यवस्थापनले मोबाइल ट्वाइलेट्हरु पनि राखेका थिए | नत्रभने हामी त झाडिभित्र छिरेर, २ नम्बर दिएर, तितेपातीको झारले पुछ्न रेड्डी थियौँ ! रुखतिर फर्केर लघुशंका गर्न कम्ता मज्जा आउंदैन त ! क्याम्पिङ साइट बुकिङ गर्न जाँदा, पार्कका अधिकारीहरुले, ‘तिमारु हल्लेहरुलाई, यही साइट ठीक छ, अन्यत्र हल्ला गर्न दिँदैन’ भनेर ल्याएछन ।

    SONY DSC

    हाम्रो तिनदिने वलुङ क्याम्पिङमा केवल वलुङेहरु मात्र नभएर, वलुङ, ढोक्पे, लुङथुङ, लेलेप, लेप्चुङ, याङमाक, खाङ्बछेँ, अन्य हिमाली समुदायका सदस्यहरु, Friends of Walung, पनि थिए | बाहिरीय ज्वाँईँ र बुहारीहरु नहुने कुरै भएन । हाम्रो भेलामा तीन भाषा चल्छ । कर्मभुमिको अंग्रेजी भाषा चल्ने नै भयो । जन्मभुमी नेपालको खसभाषा र हाम्रा पुर्खाहरुको उदगम स्थल तिब्बतको तिब्बती भाषा अर्थात सम्बोटा भाषा ! क्याम्पिङ साइटमा पनि यि तिनै भाषामा सुचना जारी गरिएको थियो भने, खाना खान बोलाउंदा चाँहि थाल नै ठट्याइेएको थियो । जंगल भित्र पनि, खानेकुरा राख्ने भण्डार Pantry Room , बफे खानाको टेबल सेटिङ, किचेन आदिको लागि पनि अलग अलग पाल टांगिनु, ब्यवस्थापकहरुको कुशल ब्यवस्थापनलाई मान्नुपर्छ | चुङ्दा उक्यावको नेत्रित्वमा भएको वलुङ किदुक कार्यसमितिको टिमले गरेको कामलाई सबैले सर्हाना गरे ।

    समुह समुहमा अलग अलग बसेको हुनाले, ओलाङचुङ गोला गाउंस्थित टोलको नाम ढोङदे र ढोङमे हामीले सम्झयौं । हामी ढोङमेमा थियौँ भने, अझ ग्याजोको पाल त यारोङमा थियो | समुहगत भेलामा, फिन्जो र मिङमा ग्याबो उर्फ धन बहादुरको क्याम्पामा मैले धेरै समय बिताए ठुलो चउरीको कुनोमा उनारुले गजबको ठाउँ फेला पारेको थियो । त्यहाँ काठको रेडिमेड एकढिक्के बेञ्ची र टेबल पनि थियो । रुखको मुनी नै उनारुले पालहरु टाँगेका थिए । नारायण गोपालको मनमोहक गाना सुन्दै, बिजुली पानी टुन्काउँदै, आफ्नो गाउँ ठाउँलाई सम्झन्दै बेस्मारी रमायौँ ।हाम्रा चेलीहरुले ताराम्तार सेकुवाहरु ल्याएर हामीलाई औधी माया गरे । ब्रेकफास्ट र लन्च चाँहीँ नित्य खायौँ, डिनर चाँहीँ खायौँ कि खाएनौँ अत्तो पत्तो भएन, किनभने बेलुकी पख, पोलेको मासु बेस्मारी खाइेएको थियो | हामी हिमाली भेगका बासिन्दाहरु बिहान तातो पानी पिउने हुनाले, बिहान, त्यहाँ ठुलो थर्मसमा तातो पानी राखिएको थियो । तातोपानी पिइसके पछि, नुन हालेको भोटे नौनी चिया, गुलियो चिया र अन्य बग्रेल्ती जुसहरु, छानि छानि पो थियो त !

    SONY DSC

    Community Outing मा बिहानीपखको समय मलाई औधी मनपर्छ । जहाँ पनि म सखारै उठछु । क्याम्पिङमा पनि सबैजना सुतिरहेको बेला झिसमिसेमा उठदा, एकजना किचेनको भाई, बिहानको चिया नाश्ताको चाँजोपाँजो मिलाउंदै थिए | बातावरण चकमन्न थियो, एकाध चराहरुको चिर्बिर र बेला बेलामा किचनमा भाँडा बजेको आवाज बाहेक केही सुनिदैनथ्यो | कतै जंगलभित्रबाट भालु त फुत्त निस्कन्दैन? भनेर घरि घरि चारैतिर हेर्थें ! मेक्सिकोको रिसोर्ट सिटी कनकुनको समुद्री तटमा बिहानीपख, समुद्रको छालले पखालेको ताजा बालुवामा, नाङ्गै पाइताला हिंडेको रमाइलो क्षण पनि सम्झेँ ।

    हामी बसेको चउरीहरु त आधार शिविर थिए ।बनभात लन्च खाएर सबै लाखापाखा लाग्थे ।कोही ताल तलैयातिर, कोही भालु माउण्टेनतिर, कोही हाइकिङतिर, कोही नजिक रहेको गोम्बातिर लाग्थे । पासँग भाईको नेत्रित्वमा हामीले एउटा सानो सानो माउण्टेनमा खल्खली पसिना आउन्जेल हाइकिङ गर्यौँ | अघिल्लो दिन खाएको डोजरको सेकुवा त खलात्त खुलुत्तै गै गो नि ! एकाध क्याम्परहरुले त तिनै दिन, तासमा रमाए , स्योपारा बजारए, बाग ठट्टाए । तिनले खाना खाए कि खाएनन ! जे होस् ! यसो गर्न पाउनु उनारुको गणतान्त्रिक अधिकार हो ।

    आयोजक वलुङ कार्य समितिले बिभिन्न खेलहरु पनि खेलाएका थिए । हामीले उहिले स्कुलमा खेलेका खेलहरु – आधा जिउ बोरामा हुलेर कुदने, चम्चामा गुच्चा राखेर दाँतले चेपी हिँडने, गाडीको टायरको दुलोमा खुट्टाले हिर्काएर बल छिराउने, डोरी तान्ने खेल र अन्य बग्रेल्ती खेलहरुको आयोजना भएको थियो । दुई दुई चोटि त बिङ्गो पनि खेलियो । लङ्गुरबुर्जा, क्यारेम, ब्याडमिण्टन, मिनी टेबल टेनिस… के मात्र थिएन । डोरी तान्ने खेलमा त डोरी चुंडेर दुवै पक्षका गर्ल्याम गुर्लुम्मै लडेका थिए । आगामी बनभातमा त ओलाङचुङमा खेल्ने ‘टुनो’ खेल पनि समाबेश गर्नुपर्ला । धनुबाण पनि राखिनु पर्छ मेरो जिकिर छ, कारण हाम्रो पुर्खाहरु शिकारी थिए । ‘व’ भन्ने जन्तुलाई खेद्दै खेद्दै अहिलेको वलुङ ठाउँमा पुगेको किंवदन्ती छ | लुङ भनेको ठाउँँ हो | ‘हामीले क्याम्पिङ साइटमा १०० डलर कुनै ठाउंमा लुकाएको छौँ, जसले भेटछ, त्यो पैसा उसैको भयो’ भनेर पनि घोषणा गरेका थिए । तरुना तन्देरीहरुले धुइँपातल खोजे, अन्त्यमा एकजनाले फेला पनि पारे !

    तीन दिनको क्याम्पिङ्ग अर्थात बनभात तुर्याएर हामी फर्केर न्युयोर्के ब्यस्त जीवनमा हेलिइसकेका छौँ । यस् क्याम्पिङले आपासी भाईचारामा अभिवृद्धि भएको छ | एकले अर्कालाई राम्ररी चिन्ने मौका दिएको छ, सामुहिक कार्यगत एकतालाई बढावा दिएको छ । करिब तिसदेखि चालिस धुरी पालहरु थिए | कम्तिमा १०० जना क्याम्पर्स थिए होलान् । कोही पनि कसैसित ठुस्केको, रिसाएको, झगडा गरेको देख्नु परेन | साँझ पखको नेपाली नाचमा सबै रमाए | एउटा गितको बोल यस्तो थियो; “ससुराली जाँदा दिल बस्यो सालीमा… तरुनी तन्देरीहरुले बलिउड संगितमा जिउ हल्लाए । को बैँशे, को अधबैँशे, को तन्देरी , सबै नाचे, सबैले मन पराए । एक किसिमको तरुण बातावरण पो थियो त !

    न्युयोर्केली ओलाङचुङ्गेलीहरु र त्यसको सेरोफेरोकाहरुले मनाएको क्याम्पिङ ब्रितान्त अपुरो हुनेछ यदी मैले एण्डिलाको बयान गरिन भने | उनको नाम एण्डी हो । बयस्क, बच्चा वलुङ्गेहरु सबैले उनलाई मान गरेर एण्डीला भनेर बोलाउँछन । ७० बर्ष नाघिसकेका यी वृद्धा एण्डिला, रुमेनियाबाट सानैमा अमेरिका आएका हुन । न्युयोर्कस्थित वलुङ किदुक अर्थात ओलाङचुङ समाजका भुप प्रेसिडेन्ट छिमे ग्याजोसित एण्डिलाको भेट सन २००८ मा फरेष्ट हिलमा भएको रहेछ । बौद्व धर्ममा आस्था राख्ने एण्डिलाको धर्म गुरु चाँहीँ नाम्खा रिम्पोन्छे रहेछ | ग्याजो र एण्डिलाको हिम्चिम बढदै गै यि दुइजना जिगरी दोस्त नै बन्न पुगेछन । एन्डिला वलुङ किदुक अम्रिकाको सदस्य पनि हो र उनले लेबी पनि बुझाउंदै आएका छन । यसपाली फुटुकको अवसरमा न्युयोर्कबाट वलुङ जाने समुहमा उनी संलग्न पनि हुन चाहेका थिए । तर आफ्नो उमेरका कारण पैदल् हिंडन सकिन्छ कि सकिन्न भने दोधारले गर्दा उनले आफ्नो बिचार हाफ्नु पर्‍यो| तर उनी दुई महिनाको लागि भारतस्थित धर्मशाला जाँदैछन ।

    क्याम्पिङबाट सबैसित अलग्गिने दिन, फिन्जोको कुनोमा बसेर हामीले घेछ्याङ (बिदाइको छ्याङ ) पियौँ । यो बनभात ओलाङ्चुङेहरुको मात्र थिएन । ओलाङचुङको सेरोफेरोमा रहेका थुप्रै बस्तिहरुलाई प्रतिनिधित्व गर्ने पुर्वेलीहरुको बनभोज थियो । हिमाली भेगकै बाहुल्य थियो | यो अपुर्व पुनर्मिलन, भेला, जमघटको सम्झना, निकै समयसम्म मनमा आलै रहनेछ । यही बनभोज सम्बन्धी कथा लेख्ने क्रममा एउटा खुसीको कुरा खुलस्त पार्न चाहें : न्युयोर्कस्थित ओलाङचुङ समाजले, सानै भएपनि, न्युयोर्कमा, सामुदायिक भवन् किन्न सफल भएको छ । यस् समाजका सम्पूर्ण सदस्यहरुले मननयोग्य चन्दा दिएर यो वलुङ घर किनिएको हो । बेबी सिटर, हाउसकिपर, क्याब ड्राइभर, कन्स्ट्र्कशन वर्कर, नेल टेक्निसियन, स्वास्थ्यकर्मी आदिले मनग्गे पैसा दिएर घर जोडिएको हो | पैसा दिनलाई मिलिनियर हुनु पर्दैन रहेछ, मनकारी हुनुपर्दो रहेछ । न्युयोर्कस्थित ठुला नेपाली संस्थाहरुले पनि ओलाङ्चुङेहरुबाट प्रेरणा लेओस ! सानो गाउँ, ठुलो मुस्कान छर्नेबाट सिकोस ! यतिमै बिट मारेँ ।

  • जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो

    जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोवास गर्ने प्रवासी नेपाली तथा नेपाली भाषीहरुको संगठन ‘ग्रेटर बोस्टन नेपाली सामुदय(GBNC-(Greater Boston Nepali Community) लाई यतिबेला निर्वाचन तयारीको चटारो परेको छ। विधान अनुसार प्रत्यक दुइ वर्षमा निर्वाचन गरी नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार, वर्तमान कार्समितिको दुइ वर्षे कार्यकाल (२०२०-२०२२) सकिनै लागेकाले, आगामी कार्यकाल (२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन गर्नु पर्ने चटारो परेको हो। संस्थाले संस्थाको विधान अनुसार आगामी दुइ वर्षे कार्यकाल(२०२२-२०२४) का लागि नयाँ कार्यसमिति चयन गर्न विरोचन नेपालको संयोजकत्वमा, प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेर निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिलाई पूर्ण जिम्मेवारी सुम्पिसकेको छ। सोही मुताबिक निर्वाचन समितिले पनि संस्थाको विधान अनुसार यही सेप्टेम्बर २५, २०२२ तारिखका दिन निर्वाचन सम्पन्न गर्ने भनी सूचना समेत जारी गरिसकेको छ। निर्वाचनको तयारी अन्तर्गत निर्वाचन समितिले निर्वाचन तालिका समेत सार्वजनिक गरेर आवश्यक तयारी थालिसकेको हो।

    निर्वाचन समितिका संयोजक बिरोचन नेपालका अनुसार समितिले आफ्नो तयारीलाई तिब्रता दिएको छ। निर्वाचन तयारीका सम्बन्धनमा जानकारी दिदै संयोजक नेपालले भन्नु भयो, ‘संस्थाको विधान अनुसार निर्वाचन सम्पन्न गरेर संस्थाले दिएको जिम्मेवारी पुरा गर्नमा हामी निर्वाचन समिति प्रतिबद्ध छौं। त्यसका लागि आवश्यक तयारी समेत थालिसकेका छौं।’
    निर्वाचन सम्पन्न गर्न आवश्यक चरण बद्ध तयारी अन्तर्गत निर्वाचन सम्बन्धि सूचना जारी गरिसकिएको र निर्वाचन कार्य तालिका समेत सार्वजनिक गरिसकिएको संयोजक नेपालले जानकारी दिनु भयो।

    निर्वाचन समितिले तोके बमोजिम 594 Washington st, Braintree MA-02184 स्थित पशुपतिनाथ बुद्ध फाउन्डेशनको भवनमा निर्वाचन सम्पन्न गर्न कार्यसमितिले पनि आफ्नो तर्फबाट आवश्यक तयारी थालेको संस्थाका अध्यक्ष मिलन कुमार कार्कीले जानकारी दिनु भयो।

    हुन गइरहेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न म्यासाचुसेट्स वासी नेपाली, आप्रवासी नेपाली तथा नेपाली भाषी समुदायको सक्रिय सहभागिताको खाँचो अौल्याउदै अध्यक्ष कार्कीले सबैको सक्रिय सहभागिताका लागि अनुरोध गर्नु भयो। अधिवेशन मार्फत आगामी कार्यकालका लागि सक्षम नेतृत्वसहितको सक्रिय कार्यसमिति चयन गर्ने मात्र नभई, यो आपसी भाइचाराको सम्बन्धलाई अझ प्रगाढ, सामिप्य र कसिलो बनाउने सुवर्ण अवसर पनि भएको जिकिर गर्दै अध्यक्ष कार्कीले भन्नु भयो, ‘यो केवल औपचारिकताका लागि नयाँ कार्यसमिति बनाउने बेला मात्र नभएर, मुलभूत रुपमा संस्थालाई सही अर्थमा हाँक्न सक्ने सक्षम नेतृत्वसहितको सक्रिय कार्यसमिति चयन गर्ने सुवर्ण अवसर हो। जसमा संस्था र समुदायको भविश्य निर्भर हुनेछ।’
    अध्यक्ष कार्कीले समुदाय बिचको आपसी एकता र सामीप्यतामा जोड दिदै थप्नु भयो, ‘त्यति मात्र हैन, यस अवसरले नेपालीहरुलाई एकताबद्ध बनाएर हामी बिचको आपसी भाइचाराको सम्बन्धलाई अझ सामीप्य, आत्मीय, प्रगाढ र कसिलो बनाउछ। त्यसैले निर्वाचन सही अर्थमा सफल बनाउन निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्बन्धित सबैलाई अनुरोध गर्दछु।’

    अधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिदै अध्यक्ष कार्कीले भन्नु भयो, ’हामीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न, निर्वाचन समिति गठन गरी जिम्मेवारी सुम्पिसकेका छौं। निर्वाचन समितिले आफ्नो काम सुरु गरिसकेको छ।’ निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न कार्य समितिले आफ्नो तर्फबाट पनि तयारी थालिसकेको जानकारी दिदै अध्यक्ष कार्कीले भन्नु भयो, ‘हामी पनि आवश्यक तयारीमा जुटिरहेका छौं। अहिले हामी अधिवेशनको प्रचार प्रसार गर्नमा र संस्थामा धेरै भन्दा धेरै नेपाली समुदायलाई आबद्ध गराउनमा बढी जोड दिइरहेका छौं।’

    आगामी दुइ वर्षे कार्यकालका लागि सम्भव भएसम्म सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने, यदि सर्वसम्मत हुन नसकेमा प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्ने, गरी घोषित तथा सम्भावित आकाङ्क्षीहरुका बिच आवश्यक छलफल चलिरहेको स्रोतले जनाएको छ। बिगतको तुलनामा संस्थाको नेतृत्व लिन र कार्यसमितिमा चयन हुनका लागि महत्वकाँक्षीहरु धेरै बढेकाले यस पटकको निर्वाचन प्रक्रियामा रस्साकासी कडै हुने श्रोतको दावी छ।

    संस्थाको विधान अनुसार अधिवेशनले आगामी दुइ वर्षे कार्यकाल(२०२२-२०२३) का लागि अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१,उपाध्यक्ष(दुइ जना), महिला उपाध्यक्ष-१, महासचिव-१, सचिव-१,कोषाध्यक्ष-१, सह-कोषाध्यक्ष-१ र सदस्य-२४ जना चयन गर्नेछ।

    नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथासक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यस संस्थामा हाल ५० जना आजीवन सदस्य र १८० जना साधारण सदस्य गरी, जम्मा २३० जना सदस्यहरु आवद्ध रहेका छन्। झण्डै बीस हजारको हाराहारीमा नेपाली तथा नेपाली भाषीहरुको बसोवास रहेको अनुमान गरिएको यस म्यासाचुसेट्स राज्यमा, परिमाणात्मक रुपमा हेर्दा संस्थामा आवद्ध हुनेहरुको संख्या भने निकै कम देखिन्छ। यद्यपि, गर्दै आएका क्रियाकलापहरु र चालिएका गुणात्मक कदमहरु भने कदरयोग्य, उत्प्रेरक र उत्साहजनक नै देखिन्छ। आगामी दिनहरुमा संस्थाले बढि भन्दा बढि सम्बन्धित समुदायलाई संस्थामा आवद्ध गराएर, उनीहरुलाई अपनत्व ग्रहण गराउन विशेष अभियान नै सञ्चालन गर्नु पर्ने आवश्यकता देखिन्छ।

  • जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत

    जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत

    न्युयोर्क

    गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाले नेपालबाट अमेरिका भ्रमणमा आएका पत्रकारहरुलाई आफ्नो कार्यालयमा भेटघाट तथा स्वागत गरेको छ ।
    फाउण्डेशनले न्युयोर्क उडसाईडस्थित आफ्नो कार्यालयमा एक बिशेष कार्यक्रम आयोजना गर्दै भेटघाट एवं छलफल सम्पन्न गरेको हो ।

    सेप्टेम्बर एक तारिखका दिन फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट ”आई भि एल पि” कार्यक्रमका लागि अमेरिका भ्रमणमा आएका आठ जना पत्रकारलाई बिशेष स्वागत कार्यक्रम गरेको हो ।
    अमेरिकी सरकार अन्तर्गतको “आई भि एल पि“ कार्यक्रममा नेपालका पत्रकार ८ जना सबै प्रदेशबाट छनौट भएर २१ दिने भ्रमणमा आएको समयमा सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको फाउण्डेशन अध्यक्ष सोमनाथ घिमिरेले बताए ।


    कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बिमला भण्डारी, प्रमिला देवकोटा, शिरोमणी ढुंगाना, जिना कार्की, प्रेमप्रसाद लामिछाने, पृथ्वीमान श्रेष्ठ, बिमला तुम्खेवा, दिर्घराज उपाध्याय, कमल अधिकारी र सौभाग्यलाल श्रेष्ठलाई खादामाला लगाई फाउण्डेशन कार्यालयमा स्वागत गरेका थिए ।
    यस स्वागत कार्यक्रममा जिपि कोईराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यद्वय ध्रुव कुवॅंर क्षेत्री र सुर्य सिमखडाको उपस्थिति रहेको थियो।

    सो अवसरमा फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले फाउन्डेशनका गतिविधि र आगामी कार्यक्रमवारे छलफल गर्दै हामी सबै एक भएर समाजसेवामा लाग्नु पर्छ र फाउन्डेशन अमेरिका च्याप्टरले गरेको कार्य र कृयाशिलता सारा विश्वले नियालि रहेको तथा आगामी दिनमा अझै सशक्त भएर लागिपर्ने प्रतिवद्धता ब्यक्त गरे ।

    कार्यक्रममा नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय बोर्ड अफ ट्रष्टीकीअध्यक्ष गिता खत्रीले श्रीमती बिमला भण्डारी-नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष एवम् गिरिजा प्रसाद कोईराला फाउन्डेशन-केन्द्रीय सदस्यलाई अनेसासले प्रदान गरेको नवरत्न पुरस्कार र नगद दुई सय डलर हस्तान्तरण गरिन । कार्यक्रममा बिमला भण्डारीले अनेसास केन्द्रीय सदस्य शकुन ज्ञवालीलाई रेडियो सफलता पोखराले सम्मान गरेको पुरस्कार नेपालदेखि ल्याएर हस्तान्तरण गरेकी थिईन् ।

    सम्मान कार्यक्रम लगत्तै विशेष अतिथीहरू र उपस्थित सबैले आ-आफ्नो अनुभव साट्दै परिचयात्मक कार्यक्रम राखका थिए ।

  • ओहायो एनआरएन च्याप्टरद्वारा तिज कार्यक्रम भव्यताका साथ सम्पन्न

    ओहायो एनआरएन च्याप्टरद्वारा तिज कार्यक्रम भव्यताका साथ सम्पन्न

    ओहायो

    गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बस शहरमा अगस्ट-२१,२०२२ एनआरएन च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रममा स्थानीय नेपाली/नेपाली भाषी हरूको उलेख्य सहभागिता रहेको थियो ।ओहायोका बिभिन्न शहरहरू एक्रोन ,सिनसिनाटी, क्लिभल्याण्ड आदी सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो।

    ओहायो एनआरएन च्याप्टर कार्यकारी सदस्य वर्षा वलि (निरौला) तथा सदस्य सारदा धितालले आक्रषक रूपमा कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा महिला संयोजक विनीता आचार्यले स्वागत मन्तब्य राख्दै तिजको पर्वको परंपरागत महत्व बारेमा प्रस्ट पर्दै सम्पूर्ण आगन्तुक महानुभावहरू लाई स्वागत गरेकी थिईन। कार्यक्रममा डा.आरति शर्माको नृत्य समुह, योगिता खनाल नृत्य समुह ,मनिसा चापागाई,चन्दा गुरूड़, सृष्टि बास्कोटाको आक्रषक नृत्य तथा स्थानीय गायकहरू सोम गुरूङ, कृष्ण रेग्मी र राजकुमार लोहोनीले गीत मार्फ़त थप मनोरञ्जनात्क गराएका थिए भने अन्य महिला दिदीबहिनीहरू स्वस्पुर्त बिभिन्न तीज गितमा छमछमी नाच्नु भएको थियो।

    ओहायो च्यापटरका अध्यक्ष मोहन न्यौपानेले जनपरिचालन तथा अन्य सहयोग गर्नुभयो ।कार्यक्रमको आर्थिक पाटोको संयोजनमा कोषाध्यक्ष होताराम बिस्वकर्मा साथै सदस्य शान्तीराम अधिकारीले गरेका थिए । कार्यक्रमलाई सफल पार्नको निम्ति च्याप्टरका सचिव रिद्धि खड्का तथा सदस्य रेवती कंडेलले आवश्यक सामग्री संयोजन साथै खानपान ब्यवस्थापनमा बिशेष भुमिका खेल्नुभएको थियो।सह-सचिव लोकेन्द्र देवकोटा तथा सदस्य डिल्ली केरूङको पनि कार्यक्रम सफल पार्न समन्वय गरेका थिए।लक्ष्मी ज्वैलर्सका संस्थापक तथा च्याप्टरका युवा संयोजक भिषण अधिकारीले कार्यक्रमको लागि ५०० डलर आर्थिक सहयोग तथा साउण्ड सिस्टम उपलब्ध गराएका थिए। साउण्ड सिस्टम संयोजन तथा डिजे संचालन अनुज दाहाल र क्षितिज निरौलाले संयुक्त रूपमा गरेका थिए।

    ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालले कार्यक्रमको समग्र ब्याबस्थापन गर्दै अन्तमा नृत्यमा डा.आरती शर्मा नृत्य समुह,योगिता खनाल नृत्य समुह ,मनिसा चापागाई,चन्दा गुरूड़, सृष्टि बास्कोटा तथा गायनमा राजकुमार लोहोनी ,सोम गुरूड़,कृष्ण रेग्मी साथै कार्यक्रम संचालिका सारदा धिताल, साउण्ड सिस्टम कार्यक्रम संयोजन गर्ने अनुज दाहाल र क्षितिज निरौला साथै अन्य बालवालिकाहरू लाई टर्फी बितरण गर्दै सम्मान गरेका थिए ।

    कार्यक्रम आयोजकले यसै समाचार मार्फत कार्यक्रमलाई सफल र भब्य बनाउन सहयोग रूपमा सदस्य संयम सेवी शुभचिन्तक महिलाहरू क्रमस: निर्मला लुईटेल,सन्तोषी खड्का,उर्मिला कंडेल लगायत सबै महिला दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको समेत संस्थाद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । कार्यक्रममा फोटोग्राफी भने बादल निरौलाले गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्नु भएको थियो। भोजन ब्यबस्थापन गर्ने ड्र्यागन एक्सप्रेस किचेनका टंक तिवारीलाई पनि धन्यबाद ब्यक्त गरिएको छ ।

    ओहायो एनआरएन च्याप्टरको निमन्त्रणालाई स्वीकार गरी मनोरन्जनपूर्ण तरिकाले कार्यक्रम सफल पार्न सहयोग गर्ने पत्रकार, बुद्धिजिवी, कलाकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा कार्यसमितिका सम्पूर्ण टिमलाई समेत संस्थाले धन्यबाद ब्यक्त गरेको छ ।

  • न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

    न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

    न्युयोर्क

    हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको संयोजकत्वमा संयुक्त तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा स्याङ्जा समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मंच न्युयोर्क च्याप्टर र दर्शन ठकुरी समाज अमेरिकाको संयुक्त आयोजनामा तीज मनोरञ्जनात्मक कार्यक्रम गरेको हो । प्रवेश नि:शुल्क गरिएको कार्यक्रममा आगन्तुक सबैलाई दर खुवाई सामुहिक मनोरञ्जन गराएका थिए ।

    च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको छोटो औपचारिक सत्रमा न्युयोर्कस्थित वाणिज्यदूत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यता थियो । त्यसैगरी च्याप्टरका सचिव बासु लामिछाने (दण्डपाणी) ले सञ्चालन गरेको कार्यक्रममा सह-आयोजक संस्थाका अध्यक्षहरु मिलन शाही, बिमला हमाल, शंकर पौडेल, सोमेन्द्र रञ्जित, निशा सुनारको उपस्थिति थियो । अध्यक्षले सबैलाई कृतज्ञता जाहेर गर्दै शुभकामना दिएका थिए ।

    किम्वदन्ति अनुसार सत्ययुगमा पार्वतीले निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास गरिएसँगै अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ । सोही पवित्र कार्यको खुसीमा तीजमा नाचगान मनोरञ्जन गर्ने गरिएको हो ।

    तजको दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज समापन हुने चलन छ ।

    अमेरिकाको न्युयोर्क सहरमा मनाइने तीजलाई प्रवासमा मनाइने सबैभन्दा ठुलो तीज कार्यक्रमको रुपमा समेत हर्ने गरिएको छ । अघिल्ला वर्षहरूमा पनि न्युयोर्कमा यस्ता तीज कार्यक्रम निरन्तर गरिंदै आएका थिए ।

  • सरकारसंग प्रदिप गिरी क्यान्सर अस्पताल निर्माणको जोडदार माग

    सरकारसंग प्रदिप गिरी क्यान्सर अस्पताल निर्माणको जोडदार माग

    बिष्णु सिंह, न्युयोर्क

    गत अगष्ट २० तारिख स्वर्गीय हुनु भएका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय प्रदिप गिरीको जनसम्पर्क समिति अमेरिकाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो। सयुक्त राष्ट्र संघको एक कार्यक्रममा भाग लिन आएका नेपालका माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा अगस्ट २३,२०२२ ज्यक्सन्हाईट, न्युयोर्कमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।
    कार्यक्रमको सभापतित्व जनसम्पर्क समितिका महासचिव मुनेंद्र नेम्वाङ्गले गरेका थिए भने कार्यक्रम संचालन अनिता परियारले गरेकी थिइन्।

    कार्यक्रमका बक्ताहरुमा श्यामकाजी गुरुङ, सुबास लामा, बिष्णु सिंह,
    बिनोद शाह लगायतले स्वर्गीय प्रदिप गिरीको स्वच्छ, सादगी जीवन, उच्च बिचार, र देशका सबै जनता र बिशेष गरि दलित, महिला, जनजाति, मधेशी र अन्य पिछडिएका जनतालाई बिकास र उत्थान गर्नुपर्छ भनि अडान लिने व्यक्तित्व भएको र आफ्नो अडानमा क्रियाशील रहेको बिभिन्न उदाहरणहरु बक्ताहरुले प्रस्तुत गरेका थिए। उनि राजनीतिक रुपमा काग्रेस पार्टीसंग जोडिएको भएपनि
    उनको समाजबाद, मार्क्सबाद, लेनिनबाद र बिभिन्न ज्ञान हाशिल गरेका व्यक्तित्व भएकाले सबै पक्षले उनको ज्ञानको लाभ उठाएको बुझिन्छ। त्यसैले उनको अन्त्यष्ठिमा सबै पक्षका नेताहरु उपस्थित भई श्रन्धाजली दिएको स्मरण गरिएको थियो। बास्तवमा उनि नेपाल राष्ट्रका सबै पक्षले मानेका राष्ट्रिय नेता थिए भन्ने स्पष्ट भएको छ।
    अन्तमा खानेपानी मन्त्री उमाकान्त, जो स्वर्गीय गिरीका चेला पनि हुन्, ले बिस्तृत रुपमा स्वर्गीय गिरीको विविध पक्षको सविस्तार बर्णन गर्दा कार्यक्रम सभा हाल निकै सुनसान रुपमा मन्त्रीको भनाईहरु सुनिरहेका थिए। अनि नेपालमा यस्ता त्यागी नेता पनि भएको सुन्दा निकै गर्व गरेका थिए।

    त्यस्तै अर्की स्वर्गीय प्रदिप गिरीकी चेली कार्यक्रम संचालिका अनिता परियारले स्वर्गीय गिरीको जीवनका बिभिन्न पक्षमा प्रकाश पारेको थिइन्। साथै गिरीको परिवार र बिभिनं पक्षका जनताले स्वर्गीय गिरीलाई सदाको लागि यादगार बनाउन सरकारले “प्रदिप गिरि क्यान्सर अस्पताल” स्थापना गर्न मन्त्री चौधरीलाई निवेदन गरिन। बिभिन्न पार्टिका नेताहरु लगायत नेपाली जनताहरु नेपालमा आधुनिक क्यान्सर अस्पतालको
    अभावले विदेश धाउनु पर्ने र आर्थिक अभावले ज्यान गुमाउनु परिरहेकोले देशमा नै गिरीको याद र सम्मानमा एक आधुनिक क्यान्सर अस्पताल स्थापना हुनु जरुरी भएको सभामा उपस्थित सबैले मन्त्री चौधरीलाई जानकारी गराए।
    मन्त्री चौधरीले अस्पताल स्थापनार्थ आफुले सरकार र कांग्रेस पार्टिमा जनताको माग र देशको आवस्यकता र स्वर्गीय गिरीको सम्मानार्थ जोडदाररुपमा प्रस्थाव लैजाने बचन दिनु भएको छ।

  • न्युयोर्क सहरमा एनआरएनएको संयोजनमा तीज कार्यक्रम हुने

    न्युयोर्क सहरमा एनआरएनएको संयोजनमा तीज कार्यक्रम हुने

    न्युयोर्क

    नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा संयुक्त तीज मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।

    यही आउॅदो शनिवार अगष्ट २७, २०२२ का दिन साँझ ६-११ बजेसम्म सत्यनारायण मन्दिरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको संयोजनमा संयुक्त तीज विशेष कार्यक्रम मनाउन लागेको हो ।
    अमेरिकी नेपालीहरुको छाता संगठन एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा हुने कार्यक्रमलाई स्याङ्जा समाज अमेरिका, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मंच न्युयोर्क च्याप्टर र दर्शन ठकुरी समाज अमेरिकाले सहयोग गर्ने भएको छ । न्युयोर्क सहरमा संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम गर्न लागिएको यो पहिलो पटक भएकोले कार्यक्रम भव्य र थप व्यवस्थित हुने संयोजक थापाले बताएका छन् ।

    कार्यक्रममा प्रवेश निशुल्क रहने तथा सबैलाई दर (तीज विशेष खाना) प्रदान गरिने समेत जानकारी गराएका छन् । एकल तथा सामुहिक नृत्यको लागि सबैलाई समान अवसर प्रदान गर्ने भएको छ ।

    तीजका दिन नेपाली महिलाले भगवान महादेवको पूजा आराधना तथा निराहार व्रत बसी यो पर्व मनाउने प्रचलन रहेको छ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गर्दा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो दिन राति दर खाएर महिलाहरुले आज निराहार व्रत राख्छन् । तीजको दिन शिव पार्वतीको पूजा आरधनासँगै नाचगान समेत हुने गर्छ । यसैको निरन्तरता दिन प्रवासमा समेत यस्ता कार्यक्रमहरु आयोजना हुने गरेका छन् ।

    सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास गरिएसँगै अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ ।


    दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    आयोजक संस्थाहरुले विभिन्न सामाजिक संजाल तथा व्यक्तिगत तवरमा सबैलाई उपस्थितिको लागि आह्वान गरेका छन् ।

  • शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन

    शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन

    न्युयोर्क

    शेर्पा संघ अमेरिकाको तेश्रो महाधिवेशनले श्री पासाङ दोर्जी शेर्पालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेका छन् । संघका निवर्तमान अध्यक्ष आङजाङबु शेर्पाको सभाध्यक्षतामा न्युयोर्कको क्वीन्समा सम्पन्न भेलाले कार्यसमितिका अन्य सदस्यहरुसहित सर्वसम्मत चयन गरेको हो ।

    न्यूयोर्कमा नेपाली महावाणिज्यदूतवास कार्यालय अमेरिकाका वाणिज्यदूत गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा बौंद्धधर्मगुरु टुल्कु उर्गेन शेर्पा, शेर्पा संघ नेपालका उपाध्यक्ष पसी शेर्पा, सह-कोषाध्यक्ष बाबुकाजी शेर्पा, एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, शेर्पा किदुग अध्यक्ष छिरिङ शेर्पा, युएस नेपाल क्लाईम्बर्स एशोसियसन अध्यक्ष पासाङ शेर्पा, शेर्पा संघ अमेरिका संस्थापक अध्यक्ष निमा शेर्पा लगायतका व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रममा शेर्पाहरुको मौलिक संस्कृति झल्काउने श्याब्रु नृत्य तथा विभिन्न प्रस्तुतिहरु देखाइएका थिए ।

  • अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय  विश्व आदिवासी दिवस मनाइयो

    अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइयो

    न्यूयोर्क

    नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस अमेरिकाको न्युयोर्क सहरमा भब्यताका साथ मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजक थिए ।

     
    नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको  संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने मूल नारालाई उदघोष गर्दै संचालन गर्नुभएको कार्यक्रममा  फिप्नाको अध्यक्ष  राजकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत बहादुर राई थिए भने विशेष अतिथीहरुमा नेपाल कन्सुलेट जनरल न्यूयोर्कका वाणिज्य दुत गणेश आधिकारी, न्यूयोर्क राज्य विधानसभा जिल्ला ३८ का सदस्य जेनिफर राजकुमार, नेपाल  आदिवासी  जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर  राना मगर थिए ।

    अतिथिहरुमा Democratic Nominee for Assembly District 30 का Steven Raga, Member of New York City Council District 26 का Julie won को प्रतिनिधि chief of Staff Farah, Queens Community Board 2 का Chair person Morry Galonoy को प्रतिनिधि Danielle Asian advisory Council of City Mayor office/ council board district -3 का सल्लाहकार Potri Ranka Manis, न्यूयोर्क शहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र College Point Civic & Taxpayers Association का अध्यक्ष नवराज केसी लगायतका अन्य थुर्पै न्युयोर्क स्थित क्रियाशिल नेपाली संघ संस्थाका अध्यक्षज्युहरु तथा प्रतिनिधिहरुको उपस्थिति थिए ।

    प्रमुख अतिथी राईले आदिवासी जनजातिको विश्व परिवेश, विकाश र महत्वको चर्चा गर्दै नेपाल सरकार पनि आदिवासी जनजातिको विकाश, उत्थान र सहभागिताका लागि प्रतिवद्द रहेको बताए । उनले नेपालको संवैधानिक व्यवस्था र नीति(नियमहरु समेत आदिवासी जनजातिको पक्षमा रहेको बताउनु भयो । 

    बिशेष अतिथि नेपाल कन्सुलेट जनरल न्युयोर्कका बाणिज्यदूत गणेश अधिकारीले आदिवासी उत्थान र आवाजका ज्ञापन पत्रहरुलाई नेपाल सरकार सम्म पुर्याउने र सुनुवाइका लागि भूमिका खेल्ने बताउनु भयो ।

    अतिथिहरुमा न्यूयोर्क सहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र College Point Civic & Taxpayers Association का अध्यक्ष नवराज केसी, विदेशी अथितिहरुमा Democratic Nominee for Assembly District 30 का Steven Raga, Member of New York City Council District 26 का Julie won को प्रतिनिधि chief of Staff Farah, Queens Community Board 2 का Chair person Morry Galonoy को प्रतिनिधि Danielle Asian advisory Council of City Mayor office/ council board district -3 का सल्लाहकार Potri Ranka Manis लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए । कार्यक्रमा विभिन्न आदिवासी समुदायको मौलिक नृत्यहरुको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपिएको थियो ।
     
    औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न आदिवासी जनजाति सम्वद्ध संघ(संस्थाहरुले न्युयोर्क सहरको ज्याक्सन हाइटबाट आ(आफ्नो भेषभूषामा झाँकीसहितको र्याली सहित कार्यक्रम स्थल आएका थिए ।

  • बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

    बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

    तीजको लहर आयो बरी लै…

    बर्षौदेखि नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा एकछत्र गुन्जने गीत हो यो। तीजका अवसरमा अन्य तीज लक्षित गीतहरु पनि गुन्जिने गर्दछन्। जब तीज नजिकिन थाल्छ, तब यस्ता गीतहरुले आफ्नो मौनता तोडदै गाँउदेखि शहरसम्म सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा हर्षोल्लास र उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि हरितालिका तीज नजिकिसकेका कारण तीज लक्षित गीतहरु गाँउदेखि शहरसम्म, देशदेखि बिदेशसम्म गुञ्जिन थालिसकेका छन् । र, नेपाली समुदायमा उल्लास तथा उमङ्ग छाउन सुरु भैसकेको छ। कलाकार तथा संघ संस्थाहरुलाई पनि भ्याइ नभ्याइ हुन थालिसकेको छ। महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई तीजले प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ।यसबाट अमेरिकाको मासाचुसेट्स राज्यमा बसोबास गर्ने नेपाली/नेपाली भाषी समुदाय पनि यसबाट अछुतो रहन सकेका छैनन्।

    केही वर्षदेखि कोरोना कहरका कारण सामूहिक तीज कार्यक्रमहरु प्रभावित हुदै आइरहेका छन्। गत वर्ष मासाचुसेट्स बासी नेपाली/नेपाली भाषी समूदायले सामूहिक तीज कार्यक्रम गर्न निकै तयारी गरेका थिए। तर, दुर्भाग्य ! अन्तिममा गएर तय गरिएको तीज कार्यक्रम कोरोना कहरकै कारण देखाउदै रद्ध गर्न आयोजक बाध्य भएको थियो। यस वर्ष भने अवस्था केही सुध्रिएकाले तीज पर्व सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको थियो। यसका लागि बोस्टन स्थित नेपाली समुदायको संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा ’बोस्टन तीज महोत्सव-२०२२’ भव्य र सभ्य रुपमा मनाउन आवश्यक तयारी तिब्र रुपमा गरिदै छ। उक्त कार्यक्रम वाटर टाउन सिटीको सेन्ट जेम्स अर्मेनियन चर्च भवनमा, यही आउदो अगष्ट २० तारिख (शनिवार)का दिन आयोजना गर्ने गरी आवश्यक तयारीलाई तिब्रता दिइरहेको आयोजकले जनाएको छ।
    तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, साँस्कृतिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्दै मनोरञ्जन गर्ने तीज महोत्सव-२०२२को मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

    आयोजक संस्था गैर आवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भए अनुसार, महोत्सवमा नेपाली पहिचानसहितका विभिन्न मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रम पनि समेटिएको छ। उहाँले भन्नु भयो,‘कोरोना कहर सुरु भएदेखि हाम्रो तीज कार्यक्रम प्रभावित भएको छ। यस वर्ष भने सहज वातावरण भएकाले भव्य र सभ्य रुपमा तीज मनाउन हामी तयारीमा जुटिरहेका छौं। यस वर्षको तीज महोत्सव मार्फत परदेशमा रहेका नेपालीहरु बिच आत्मीय एकताको अपरिहार्यता महसुस गरेर सोही अनुरुप आवश्यक एकताको सन्देश समेत दिने गरी तयारी गरिरहेका छौं।’
    अध्यक्ष तामाङले तीज महोत्सव-२०२२लाई लक्ष्य र उद्देश्य अनुसार सफल बनाउन, आवश्यक सहयोग र सहभागिताका लागि सरोकार वालाहरु र सम्पूर्ण बोस्टन बासी नेपाली/नेपाली भाषीहरुलाई अनुरोध समेत गर्नु भएको छ।

    तीज महोत्सवलाई चाडको मर्ममा केन्द्रिकृत गर्दै सक्दो मनोरञ्जनात्मक तथा उल्लासमय बनाउने गरी आवश्यक तयारीमा जुटेको कुरा अर्को आयोजक संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले जानकारी दिनु भयो। अध्यक्ष कार्कीले भन्नु भयो,’ हरितालिका तीजको मर्ममा केन्द्रिकृत भएर तीज महोत्सव-२०२२ मनाउन सक्दो प्रयास गर्ने छौं।’ अध्यक्ष कार्कीका अनुसार आयोजकले नेपालीहरु बिचको एकता र आत्मीय भातृत्वलाई सुमधुर बनाउनमा कार्यक्रमले अहम भूमिका खेल्ने आशा गरेको छ।’ उहाँले जिकिर गर्नु भयो,’ यो तीज महोत्सव कार्यक्रमले नेपाली/नेपाली भाषीहरुको बिच सामिप्यता, एकता र भातृत्वलाई थप मजबुत बनाउन अहम भूमिका खेल्छ भन्नेमा हामी आशावादी छौं।’

    आयोजकले जानकारी दिए अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि प्रति व्यक्तिले सहयोग स्वरुप अग्रिम टिकट खरिद गरेमा ३५ डलर र कार्यक्रम स्थलमै टिकट खरिद गरेमा ४५ डलर भुक्तान गर्नु पर्ने व्यवस्था गरिएको छ भने, १२ वर्ष मुनिका बाबालिकालाई शुल्क नलाग्ने र १२ वर्ष माथिकालाई पुरा शुल्क लाग्ने छ। उक्त कार्यक्रममा ३५० टिकट बिक्री गर्ने आयोजकको लक्ष्य रहेको छ।

    महोत्सवलाई मनोरञ्जनात्मक तथा हर्षोल्लासमय बनाउन, साँगितिक कार्यक्रमको पनि आयोजना गर्ने गरी तयारी गरिएको आयोजकले दावी गरेको छ। महोत्सवमा स्थानीय नेपाली कलाकारहरुद्वारा नेपालीपन झल्किने तीज केन्द्रित गीतहरु र नृत्यहरु समेत पस्किने छन्।

    हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासका आधारमा सोही अनुसार यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अतिरिक्त यस चाडलाई माइती र चेली बिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ। तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा, भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेकोप्रति भने सर्वत्र चिन्ता बढ्दै गएको छ ।यस प्रति सबै सचेत हुन जरुरी छ।

    –सुपेन्द्र बस्नेत

  • उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार

    उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार

    पेन्सलभेनिया

    विश्व भुटानी सहित्य संगठनले स्थापना गरेको ६ लाख नेपाली रुपैयाँ नगद राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५ कार्यक्रम उक्त पुरस्कार समर्पण गरिएको हो ।


    प्रमुख अतिथि सिक्किमको पूर्व मुख्यमन्त्री तथा कवि पवन चाम्लिङ एवम् विशेष अतिथी डा. गोविन्दराज भट्टराईको बाहुलीबाट संस्थाको संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, वर्तमान अध्यक्ष कर्ण गुरूङ र महासचिव पातलो अन्तरेको उपस्थितिमा पुरस्कार समर्पण गरिएको थियो। भारतको असम, गुवाहाटीमा नै रहनु भएका क्षेत्रीको पुरस्कार कवियत्री दीपा राई पुनले ग्रहण गर्नु भएको थियो ।


    प्रदान गरिएको सम्मान पत्र कवि आख्यानकार गोबिन्द गिरी प्रेरणाजीले पढेर सुनाउनु भएको थियो । यो पुरस्कारको राशी हरेक अनुष्ठानमा बढाउदै लगिने जानकारी संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले बताउनु भएको छ । अर्को अनुष्ठान-६ बाट अन्य बिधामा पनि पुरस्कार राखिने कुरा विशेष महत्वको साथ बताउनु भयो।
    विश्व भुटानी सहित्य सगठनमार्फत स्थापित स्वीकारोक्ति फाउन्डेसन जीवनका जस्तो सुकै आरोह अवरोहलाई स्वीकार गर्दै अघि बड्ने जीवन दर्शनलाई आत्मसाथ गर्दै स्थापित उक्त पुरस्कार अहिलेसम्मको नेपाली राशीको सबैभन्दा ठुलो पुरस्कार हो !

    बसाइँ, ब्रम्हपुत्रको छेउछाउ, अतृप्तजस्ता ओजनदार कृतिका कृतिकार क्षेत्री ‍असममा बसेर आजीवन नेपाली साहित्यका क्षेत्रमा योगदान गर्ने साहित्यकार हुनुहुन्छ । यो पुरस्कार नेपाली साहित्य क्षेत्रमा अनवरत सेवा गर्ने ब्यक्तित्वलाई प्रदान गरिने फाउन्डेसनले बताएको छ ।

  • न्युयोर्कमा चौंथौं विश्व नेवा सम्मेलन शुरु

    न्युयोर्कमा चौंथौं विश्व नेवा सम्मेलन शुरु

    न्युयोर्क । अगष्ट ५, २०२२

    नेवा संस्कृति, भाषा र परंपरालाई प्रवासमा पनि जीवन्त राख्दै निरन्तरता प्रदान गर्नका लागि अमेरिकाको न्युयोर्क सहरमा ३ दिने चौंथौं विश्व नेवा सम्मेलन २०२२ शुरु भएको छ । न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रस्तुति सहित ३ दिने सम्मेलन शुरु भएको हो ।

    नेवा गुठी न्युयोर्क र वर्ल्ड नेवा अर्गनाइजेशन न्युयोर्क च्याप्टरको आयोजनामा भएको सम्मेलनको शुरूवात नेवारी भाषाको चलचित्र “कर्म” को प्रदर्शन सहित गरिएको थियो । फिल्मको निर्माण र मर्म उपर निर्माता राजेन्द्र शाक्यले मन्तव्य राखेका थिए । विशेष अतिथी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा गायक यमन श्रेष्ठले कार्यक्रममा आफ्नो अनुभव तथा गीत प्रस्तुत गरेका थिए ।

    नेवारी भाषामा नै सम्मेलनका महासचिव बिशव राजोपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए भने कन्भेनर समिर महर्जनले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।

    सम्मेलनमा उपस्थित पाहुनाहरुलाई गाला डिनर सहित साँगीतिक माहोलले मनोरञ्जन प्रदान गरेका थिए । सम्मेलनको पहिलो दिन नेपालीहरुको उत्साहजन उपस्थिति देखिन्थ्यो । भोली र पर्सी हुने कार्यक्रमका बारेमा गुठीका अध्यक्ष बिजयमान सिंहले पर्चा सहित जानकारी गराएका थिए ।

  • लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न

    लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न

    न्युयोर्क ।
    गत आईतबार जुलाई ३१,२०२२ का दिन न्युयोर्कको वुडसाईडमा न्युयोर्कमा नेपालीहरुको नेतृत्वमा रहेको दुई वटा क्लबका २०२२-२०२३ नेतृत्वका लागी नयॅा पदाधिकारीहरुको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

    लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको संयुक्त संयोजकत्वमा २०२२-२०२३ का लागी चयन भएका दुबै क्लबका नव पदाधिकारीहरुको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम “Officers Installation Night” सम्पन्न भएको हो । कार्यक्रममा स्वागत नृत्य लाक्पा डोल्माले प्रस्तुत गर्दा बिदेशी पाहुनाहरु उत्हासित बनेका थिए ।

    लायन्स क्लब अफ क्विन्स बुद्धका चार्टर्ड उपाध्यक्ष लायन दिपक राज घिमिरेले संचालन गरेको कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब्स जिल्ला २०-के१, ब्रुक्लिन, क्विन्सका जिल्ला गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथी लायन ईंग्रिड आन्द्रिउ क्याम्पबेलले दुबै क्लबका अध्यक्ष सहितका पदाधिकारीहरुलाई शपथ ग्रहण खुवाएका थिए ।

    कार्यक्रममा बिशेष अतिथीको रुपमा रहनु भएका नेपाल महाबाणिज्य दुतावासको कार्यालय,न्युयोर्कका बाणिज्यदुत गणेश प्रसाद अधिकारी, अन्तराष्ट्रिय लायन्स क्लब्स जिल्ला २०-के१ का पदाधिकारीहरु, लायन्स क्लब क्विन्स बुद्धका चार्टर्ड अध्यक्ष कृष्ण आचार्य र लायन्स क्लब क्विन्स केटिएमका चार्टर्ड अध्यक्ष रुद्र पुनले बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

    कार्यक्रमको सभापतित्व क्विन्स केटिएमका नब अध्यक्ष लायन रश्मी श्रेष्ठ र क्विन्स बुद्धका नव अध्यक्ष लायन खडग बहादुर पुलामी (बिक्की) ले गरेका थिए । कार्यक्रममा गत बर्ष सम्पन्न गरेका कार्य बिबरण दुबै क्लबका निबर्तमान अध्यक्षद्वय लायन रिमाया नेपाली (लायन्स क्लब क्विन्स बुद्ध) र लायन अशोक कार्की (लायन्स क्लब क्विन्स केटिएम)ले बेग्ला बेग्लै कार्य बिवरण प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा लायन्स क्लब अफ क्विन्स केटिएमका सचिव करुणा श्रेष्ठले स्वागत मव्तब्य राखे भने कार्यक्रममा भोट अफ थ्यांक्स क्विन्स बुद्धका सचिव लायन चन्द्र नेपालीले दिदै कार्यक्रमको समापन गरेका थिए ।

    कार्यक्रममा दुबै क्लबका शुरुदेखिका संयुक्त रुपमा गर्दै आईरहेको कार्यक्रममा आर्थिक सहयोग गरेका सहयोगदाताहरुलाई “लेटर अफ एप्रिसियसन” प्रदान गरेका थिए । भने सहयोगदाता मध्ये बाट सम्पुर्णलाई प्रतिनिधित्व गर्दै बुद्ध ट्याक्स एण्ड एकाउन्टिंगका संचालत तथा सिपिए पशुपती श्रेष्ठले शुभकामनाको साथै भबिष्यमा पनि एस्ता खाले सहयोग गकिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए । २०२२-२०२३ कार्यकाल सफलता पुर्बक सम्पन्न गर्न कटिबद्ध भई सेवाभाब लिएर सामुहिक कार्यमा जोड दिदै सामुहिक कार्यबाट मात्र एकता, शान्ति र मानवीय कार्यको सार्थकता पुरा हुने कुराको प्रतिबद्धता जाहेर गर्दै क्विन्स केटिएमकी नबअध्यक्ष रष्मी श्रेष्ठले अग्रजहरुको माया समर्थनले आज यहॅा सम्म आईपुगेको भन्दै धन्यबाद ब्यक्त गरेका थिए । भने अर्का क्विन्स बुद्धका नवाध्यक्ष खडग बहादुर पुलामी (बिक्की)ले आजको यस साक्षी कार्यक्रममा साक्षीको हिस्सा बन्न आउनु भएकोमा धन्यबाद मात्र ब्यक्त गर्दै बाकी अर्को बर्षमा भनेका थिए ।

  • फेरी अर्को एउटा भ्रममा मरौं

    फेरी अर्को एउटा भ्रममा मरौं

    मणी भट्टराई, अमेरिका

    तिमी मलाई प्रेम गरे जस्तो गर
    म तिमीलाई प्रेम गरे जस्तो गर्छु
    आऊ,
    तिमी र म
    एउटा नयाँ भ्रमको सुरूवात गरौं
    भ्रम नै त हो जिन्दगी
    फेरी अर्को एउटा भ्रममा मरौं ।

    ‘भ्रम पहिले नै कति छन् कति
    अभाव भ्रमको होइन
    अभाव मलाई तिम्रो हो’- भन
    म पनि त्यसै भन्छु
    तिम्रा बकबासहरूलाई – म समय दिन्छु
    मेरा बकबासहरूलाई – तिमी समय देऊ
    हामी लिप्त होऊँ
    निर्लिप्त होऊँ
    र यस अघि केही नथाहा पाए झै
    फेरी प्रेममा डुबौं
    आऊ,
    फेरी अर्को एउटा भ्रमको खाल्डोमा
    जानाजान जाकिएर मरौं
    जिन्दगी फोकटमा गइसक्यो
    केही नगरे जस्तै भइसक्यो
    आऊ
    केही त गरौं
    भ्रम नै त हो जिन्दगी
    फेरी अर्को एउटा भ्रममा मरौं ।

    ‘ बिहे गरेर गल्ति गरेछु’ – भन
    म पनि –
    ‘ थुक्क !
    यस्तै हुन्छ भन्ने जानेको भए
    किन पो गर्थें विहे?’ – भन्छु
    तिम्रो र मेरो कुरा मिलाउनु पर्छ
    यी फाटे जस्ता लाग्ने
    एक अर्काका मन सिलाउनु पर्छ
    कफी सप, डान्सबार र नाइट क्लबमा भेट्नु पर्छ
    मनको तृष्णा मेट्नु पर्छ
    आऊ,
    एउटा नयाँ भ्रमको खेती गरौं
    गर्न त यस अघि पनि कति गरियो गरियो
    अब यति गरौं
    भ्रम नै त हो जिन्दगी
    फेरी अर्को एउटा भ्रममा मरौं ।

    ‘ह्या ऽऽ के हुन्छ र ?
    संसार कहाँ पुगिसक्यो !’ – भन
    म पनि – ‘त्यै त , कुन ठूलो कुरा हो र ? ‘ – भन्छु
    आऊ
    जे गर्न मन लाग्छ त्यही गरौं
    भ्रम नै त हो जिन्दगी
    फेरी अर्को एउटा भ्रममा मरौं ।

    साह्रै बोर भयो जिन्दगी !
    आऊ, अलिकति रोमान्टिक बनाऊँ
    तिमी मलाई नखरा पार – ढाँट
    म तिमीलाई नखरा पार्छु – ढाँट्छु
    तर फेरी
    यो केही थाहै नभए झैं
    हामी एक अर्कोलाई हदै विश्वास गरौं
    आऊ
    हामी एक पटक प्रेममा परौं
    अनेक गरियो जिन्दगीमा
    अब यति गरौं
    भ्रम नै त हो जिन्दगी
    फेरी अर्को एउटा भ्रममा मरौं ।

    कस्सम !
    साह्रै बिरक्त भइसक्यो
    म तिम्रा ओठको प्रसंसा गर्छु
    तिमी मेरो आँखाको प्रसंसा गर
    म तिमीलाई – ‘कति मीठो हाँसेकी ! ’ – भन्छु
    तिमी मलाई – ‘बोली नै मीठो हजुरको’ – भन
    म्यासेज छोडी राख
    बेला बेला बोली राख
    आऊ
    एउटा भ्रमको खेति गरौं
    अनेक गरियो जिन्दगीमा
    अब यति गरौं
    भ्रम नै त हो जिन्दगी
    फेरी अर्को एउटा भ्रममा मरौं ।

  • न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने

    न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने

    न्युयोर्क

    नेवा गुठी न्युयोर्क तथा विश्व नेवा संघ अमेरिका च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा “4th World Newah Convention 2022” आगामी अगष्ट ५ देखि ७ तारिखसम्म गरिने भएको छ । नेवारी कला, संस्कृति, सम्पदा र परंपराको निरन्तरता प्रवासमा समेत महत्वपूर्ण भएकोले प्रवासी नेवारी समुदायको बाहुल्यताको आधारमा यसपटक न्युयोर्क सहरमा गर्न लागिएको हो ।

    ३ दिनसम्म चल्ने यस सम्मेलनमा नेपालबाट वरिष्ट कलाकार आदरणीय मदन कृष्ण श्रेष्ठ तथा परिवारलाई आमन्त्रण गरिएको अध्यक्ष बिजय मान सिंहले जानकारी गराएको छ । सम्मेलनमा नेवारी कला नृत्य, भेषभुषा, खाना परिकार, साँस्कृतिक झाँकी, धिमे बाजा, लाखे नाच तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु रहने समेत बताएका छन् ।

    यस सम्मेलनले अमेरिकाभर छरिएर रहेका नेवारहरुलाई एक्यबद्द हुन सहयोग गर्नका साथै नयाँ पुस्तालाई नेपालभाषा, पहिरन तथा संस्कृतिसंग भावनात्मक सामिप्यता कायम राख्न महत्वपूर्ण भुमिका खेल्ने नेवा गुठीका पूर्व अध्यक्ष तथा संरक्षक समिर महर्जनले बताए । सममेलनलाई भव्य बनाउने सबैको भौतिक उपस्थितिको जरुरी भएकोले सबैलाई उपस्थितको लागि आह्वान गरेका छन् ।

    साथै संस्थापक अध्यक्ष आदित्य महर्जनले अमेरिकी भूमीमा नेपाली नेवारहरूको एकता तथा सहकार्यको लागि यस सम्मेलनले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।

  • ‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा

    ‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा

    बोष्टन

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) १५औं साधारणसभाको तयारीमा जुटेको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभालाई, यहीँ आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा सम्पन्न गर्ने गरी तयारीमा जुटेको हो। गत वर्ष भर्जिनियामा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित कार्य समितिले १५औं साधारणसभामा संस्थाले गरेका क्रियाकलापहरु, भावि योजनाहरु र आर्थिक गतिविधिहरुलाई अनुमोदन गराउने गरी तयारी गरेको छ। त्यसैगरी, संस्थाका अध्यक्ष बिकासराज न्यौपानेले दिनु भएको जानकारी अनुसार साधारणसभाबाट, तयार पारिएको विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावली समेत पारित गर्ने गरी आवश्यक तयारी गरिएको छ। अध्यक्ष न्यौपानेले तयारीका सम्बन्धनमा जानकारी दिदै भन्नु भयो, ‘हामी साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न कार्य विभाजन गरी तिब्रताका साथ आवश्यक तयारीमा जुटिरहेका छौं। सबैले आ-आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ।’अध्यक्ष न्यौपानेले सरोकारवालाहरुलाई साधारणसभामा उपस्थितका लागि विशेष अनुरोध गर्दै भन्नु भयो,’ यो वार्षिक साधारणसभा निकै महत्वपूर्ण छ। यसलाई संस्थागत रुपमा बढी भन्दा बढी उपलब्धिमूलक बनाइ सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थितका लागि सम्पूर्ण सदस्यहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुलाई हामी ‘नेजा’ परिवार विशेष अनुरोध गर्दछौं।’

    अमेरिकामा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले व्यवसायीक भन्दापनि सामाजिक पत्रकारितामा बढि केन्द्रिकृत भएर नेपाल र नेपालीको पहिचान तथा उथ्थानमा यथासक्य महत्वपूर्ण योगदान पुर्याउदै आइरहेका छन्। अमेरिकामा क्रियाशिल तिनै पत्रकारहरु आवद्ध रहेको संस्था हो -‘ नेपाल अमेरिका पत्रकार संघ(नेजा)।सन् २००७मा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै सामाजिक क्रियाकलापहरुमा आफ्नो महत्वपूर्ण उपस्थिति जनाउनुका साथै संस्थागत रुपमा स्थापित हुन चरणबद्ध रुपमा काम गर्दै आइरहेको छ।

    संस्थाका महासचिव सुरज भण्डारीले साधारणसभाका बारेमा दिनु भएको संझिप्त जानकारी अनुसार उद्घाटनसत्र, बन्दसत्र र समापनसत्र गरी तीन चरणमा साधारणसभा सञ्चालन गर्ने गरी कार्यक्रम तालिका बनाइने भएको छ। जस अनुसार उद्घाटन पश्चातको महत्वपूर्ण सत्र ‘बन्दसत्र’मा अनुमोदनका लागि प्रस्तुत हुने महासचिवको संस्थागत क्रियाकलापहरुको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, विधान संशोधन र पुरस्कार तथा सम्मान विनियमावली उपर आवश्यक छलफल गरी अन्तिम टुंगोमा पुग्ने लक्ष्य राखिएको छ। यस सम्बन्धमा महासचिव भण्डारीले जानकारी दिदै भन्नु भयो,’ साधारणसभामा महासचिव र कोषाध्यक्षहरुले प्रस्तुत गर्नु हुने प्रतिवेदनहरु उपल छलफल गरिने छ र पारित गरिने छ।’ उहाँले भन्नु भयो,’ यो साधारणसभालाई विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावलीमा पनि विशेष रुपमा केन्द्रिकृत गर्ने छौं।विद्यमान विधान उपर आवश्यक छलफल गरी आवश्यकता अनुसार संशोधन समेत गर्ने छौं भने, पत्रकारितालाई थप व्यवस्थित तथा मर्यादित बनाउन तयार गरिएको आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावली उपर पनि आवश्यक छलफल गरी त्यसलाई मुर्तरुप दिनेछौं। यस अर्थमा यो साधारणसभा निकै महत्वपूर्ण भएकाले सदस्यहरु तथा सरोकारवाहरुको गरिमामय उपस्थिति र भूमिकाका लागि विशेष अनुरोध गर्दछौं।’

    संस्थाले विधान संशोधनका लागि आवश्यक तयारी गर्न भनी, यस अघि नै गिरिश पोखरेलको संयोजकत्वमा, सदस्यहरु कल्पना घिमिरे, सुजन पण्डित, गोकुल श्रेष्ठ, प्रतिमा बाँस्कोटा, रामचन्द्र भट्ट र मधुकर अधिकारी रहेको सात सदस्यीय विधान संशोधन उपसमित गठन गरेको थियो। सोही जिम्मेवारी अनुसार विधान संशोधन उपसमितिले पनि तिब्रताका साथ आफ्नो जिम्मेवारीको काम गरिरहेको र सदस्यहरुलाई पनि अमुल्य सुझावहरुका लागि अनुरोध गरिएको महासचिव भण्डारीले जानकारी दिनु भयो। उहाँले भन्नु भयो, ‘ मेहनतको कदर स्वरुप वितरण गरिने पुरस्कार र योगदानको कदर स्वरुप गर्ने सम्मानलाई व्यवस्थित गर्न पुरस्कार तथा सम्मान विनियमावली पारित गर्ने तयारी गरेका छौं।’
    उक्त विनियमावली तयार पार्न कार्यसमितिले सचिवालयलाई जिम्मेवारी प्रदान गरे अनुरुप, साधारणसभाबाट आवश्यक छलफल गरी पारित गर्ने गरी उक्त विनियमावली तयार पारिसकेको सचिवालयले जनाएको छ।

    सन् २००७मा स्थापना भएको यस संस्थाले यसै वर्षदेखि आफ्नो संस्थागत गतिविधिहरुलाई समेटेर वार्षिक वुलेटिन प्रकाशित गर्ने तयारी पनि गरेको छ। त्यसका लागि बाबुराम दाहाल संयोजक तथा लेखनाथ भण्डारी, राजु आचार्य, सुपेन्द्र बस्नेत, रामचन्द्र भट्ट, प्रतिमा बाँस्कोटा र लेखनाथ गौतम सदस्य रहने गरी गठित सात सदस्यीय प्रकाशन उपसमितिलाई जिम्मेवारी सुम्पिएको छ। जस अनुसार प्रकाशन उपसमिले आफ्नो जिम्मेवारी पूरा गर्न सक्रियताका साथ आवश्यक कार्य गरिरहेको जनाइएको छ।

    साधारणसभाको तयारीका सम्बन्धमा नेजा सदस्य तथा कन्भेनर शिव नेपालले दिनु भएको जानकारी अनुसार तयारी अन्तिम चरणमा पुगेको छ। संस्थाका सदस्य तथा पाहुनाहरुको स्वागत, खाना तथा बसाइ र कार्यक्रम स्थलको व्यवस्थापन लगायत कार्यहरु लगभग पुरा भैसकेको छ। कन्भेनर नेपालले भन्नु भयो,’ हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ। स्वागतका लागि हामी आतुर छौं। सबैलाई पाल्नु हुन अनुरोध छ।’

    यसैबीच, संस्थाले आफ्नो साधारणसभाको अवसर पारेर आमा फाउण्डेशनसंगको सहकार्यमा एक हजार एक सय डलर राशीको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने गरी आवश्यक तयारी गरिरहेको संस्थाले जनाएको छ। त्यसका लागि प्रक्रियामा भाग लिन संस्थाले इच्छुक क्रियाशिल पत्रकार तथा सञ्चार सम्वद्ध संस्थाहरुलाई आव्हान समेत गरिसकेको छ।

  • ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

    ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

    डालास

    गत बर्षको सफलताबाट प्रोत्साहित नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले यस वर्ष पनि स्कूलका विद्यार्थीहरुका लागि निबन्ध प्रतियोगिता गर्ने भएको छ। “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” कार्यक्रममा यो बर्ष पनि किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छ।
    ऐशोसिएसनले आफ्नो फेसबुक पेजमार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताबहरुको लिंक, प्रतियोगिताका नियमहरु, प्रतियोगी निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यहरुको जानकारी दिएको थियो। उक्त प्रतियोगितामा भागलिने विद्यार्थीलाई ४ हप्ताको तयारी समय रहेको छ।
    कार्यक्रमका संयोजक तथा ऐशोसिएसनका सचिव डा नीरज बज्राचार्यले कार्यक्रमको मुख्य उद्देश्य बुद्ध र उनको शिक्षा बारे विद्यार्थीहरुलाई आफै शोधकार्य गर्न लगाई जानकारी दिने भएता पनि यस कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा पनि टेवा पुग्ने जानकारी दिनुभयो। यस कार्यक्रमबाट विद्यार्थीहरुले कसरी सत्य तथ्य कुरा इन्टरनेट र अरु साधन हरुको उचित उपयोग गरी संकलन गर्ने, यसरी संकलित सत्य तथ्यलाई कसरी निबन्धको रुप दिने तथा आफुले तयार पारेको निबन्ध सबैको अगाडि कसरी आत्मविश्वासका साथ मौखिक रूपमा व्यक्त गर्ने भन्ने बारे व्यावहारिक ज्ञान पाउने छ। प्रतियोगिताका सल्लाहकारमा धिरेन गुरुङ हुनु हुन्छ।
    प्रतियोगिताका विजेताहरुलाई इनामको पनि व्यवस्था गरिएको छ।

  • अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

    अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

    मिनेसोटा

    अमेरिकाको मिनेसोटाकी एउटी महिलाले आफ्ना तीन साना छोराछोरी र आफू संगै डुबेर शुक्रबार आत्महत्या गरेकी छिन् । आफ्नो श्रीमानको मृत्युको रिपोर्ट गर्न प्रहरीलाई फोन गरेपछि उनले आफ्ना साना केटाकेटी सहित आत्महत्या गरेको अधिकारीहरूले बताएका छन ।

    रामसे काउन्टी शेरिफको कार्यालयले मंगलबार परिवारका पाँच सदस्यहरूको पहिचान र मृत्युको कारण सहितको बिज्ञप्ति जारी गर्दै तीन बच्चा र उनीहरूकी आमाको शव वडनैस तालबाट फेला परेको जनाएको छ ।

    ४ वर्षीय क्वाड्रिलियन टी. ली, ५ वर्षीय फिनिक्स ली, र ३ वर्षीय एस्टेला जु सियाब ली सबैको डुबेर मृत्‍यु भएको प्रहरीले जनाएको छ । तिनीहरूकी आमा २३ बर्सियामोली चेङको पनि डुबेर नै मृत्‍यु भएको छ भने तिनीहरूको बुबा भनेर चिनिने २७ बर्षका यी लीको भने बन्दुकको गोली लागेर मृत्‍यु भएको छ । मेडिकल परिक्षकले दुवैको मृत्यु आत्महत्या भएको ठहर गरेका छन् ।शुक्रबार बिहान साँढे १० बजे मृतक चेङले आफ्नो पतिले आँफैलाई गोली हानि आत्महत्या गरेको भन्दै प्रहरीलाई फोनबाट उजुरी गरेकी थिईन । पतिको मृत्‍युपछि उनले आफ्ना सबै बालबच्चा समेत तालमा डुबेर आत्महत्या गरेको प्रहरी श्रोतले जनाएको छ ।

    photo; twincities

  • शिकागो गोली काण्डका आरोपि पक्राउ

    शिकागो गोली काण्डका आरोपि पक्राउ

    शिकागो

    शिकागोस्थित हाइल्यान्ड पार्कमा जुलाई ४ मनाउदै गरेको परेडमा ६ जनाको गोली हानि हत्या गर्ने संदिग्ध २२ वर्षीय रोबर्ट ‘बबी’ क्रिमोलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिग्द शूटर जसलाई प्रहरीले पक्राउ गरेको छ उसले आउटफिटिंग स्टोरको छतबाट गोली चलाएको थियो । उसले स्वतन्त्रता दिवसको आतिशबाजीसँग बन्दुकको आवाजलाई मिसाएर भ्रमित पार्दै गोली चलाएको आरोप छ ।
    सन्धिग अपराधी एक र्‍यापर हुँन उनी मोनिकर एवेक नामले चिनिन्छन । क्रिमो हाईल्याण्ड पार्क क्षेत्रको भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । एउटा गीतमा उनले लेखेका छन् “मेरो कार्यहरू साहसी हुनेछन् र मेरो विचार अनावश्यक छ, मलाई थाहा छ मैले के गर्नुपर्छ, मलाई थाहा छ यसमा के छ, मेरो लागि मात्र होइन, अरू सबैको लागि।”

  • सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

    सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

    शिकागो

    शिकागोस्थित अमेरिकि स्वतन्त्रता दिवसको दिन आयोजित एक परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । अधिकारीका अनुसार गोली चलाऊने ब्यक्तिले रुफटपबाट चलाएको अनुमान गरिएको छ । प्रहरीले सुटरको सोमबार व्यापक खोजी सुरु गरेको अधिकारीहरूले बताएका छन्।

    घटनास्थलमा एउटा राइफल फेला परेको छ । प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको छ । गोली प्रहार गरेर ६ जनाको ज्यान लिने ब्यक्ती अन्दाजी १८-२० वर्षको लामो कालो कपाल भएको सेतो व्यक्ति भएको सुरक्षा अधिकारीहरुले जनाएका छन । सीडीटी हाईल्याण्ड पार्कमा बिहान १० बजेर १४ मिनेट जाँदा गोली चलाईएको हो ।
    हाइल्याण्ड पार्क शहरले “सक्रिय शूटर घटना” भएको पुष्टि गरे संगै सबैलाई आ-आफ्नो ठाँऊमा रहन आग्रह गरेको थियो ।

  • रश्मी श्रेष्ठ क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा

    रश्मी श्रेष्ठ क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा

    न्युयोर्क ।

    क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कको भर्चुअली बसेको बैठकले अध्यक्षमा रश्मी श्रेष्ठलाई चयन गरेका छन् ।

    उहाँले यसअघि लायन अशोक कार्कीको कार्यकालमा एक कार्यकाल कोषाध्यक्षको रुपमा काम गरेको थियो ।

    लायन रश्मीसंगै उपाध्यक्ष पदमा लायन राजन आचार्य, सचिब पदमा लायन करुणा श्रेष्ठ र कोषाध्यक्ष पदमा लायन अरुणा लामालाई मनोनित गरेको हो । त्यस्तै गरी मेम्बरशिप चेयरपर्शनमा लायन बिष्णु तामांग, क्लब सर्भिस चेयरपर्शनमा रिना लामिछाने र कम्युनिकेशन/मार्केटिंग चेयरपर्शनमा भगवती कार्की चयन भएका छन् ।

  • बिक्की पुलामीको नेतृत्वमा लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्क

    बिक्की पुलामीको नेतृत्वमा लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्क

    न्युयोर्क

    लायन्स क्लब अफ क्विन्स बुद्धको सम्पुर्ण पदाधिकारीहरुको भर्चुअली बसेको बैठकबाट नयॅा नेतृत्वमा खडग बहादुर पुलामी (बिक्की) सर्बसम्मत चयन भएका छन् ।

    आगामी २ वर्षे कार्यकाल २०२२-२३ को लागी लायन खडग बहादुर पुलामी (बिक्की) लाई सर्बसम्मत अध्यक्ष पदको लागि चयन गरेको हो ।

    भर्चुअली बसेको बैठकबाट प्रथम उपाध्यक्षमा लायन बुद्ध पौड्याल, द्वितीय उपाध्यक्षमा लायन सोनु मल्ल र तृतीय उपाध्यक्षमा लायन शिबजी खड्का चयन हुनुभएको हो । त्यस्तै गरी सचिव पदमा लायन चन्द्र नेपाली, कोषाध्यक्षमा सुरेश कार्की, मेम्बरशिप चेयरमा सांग दोर्जे शेर्पा र सिग्नेचर कार्यक्रम संयोजकमा प्रकाश बस्नेत सर्बसम्मत चयन हुनु भएको हो ।