Author: Vishwanews.com

  • नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप

    नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप

    बिष्णु सिंह (बैजु)

    भारत र नेपाल जातीय विभेदले ग्रसित मुलुकहरुमा पर्दछ । जुन अमानवीय हो । यी मुलुकहरुको समाजमा जातीय बिभेद सदियौंदेखि विद्यमान छन् । मानिस जन्मदा पुरुष, स्त्री र तेस्रो लिंगीको रुपमा जन्मिने भए तापनि पूरातनिक मान्यता अनुसार सृष्टिकर्ता ब्रह्माको मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्रीय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र जन्मिएको भनि सनातनिहरुले चार वर्णको मनगढन्ते वर्गिकरण गरेको पाइन्छ।

    यो मनगढन्ते जातीय वर्गिकरको सिद्धान्त बिकसित गर्दै मानव समाजलाई बिखण्डन गरेपछि केही वर्ग आलसी र धूर्त भई अरुलाई शोषण गर्दै गए भने कोही प्रकृयागत दासत्वलाई स्वीकार्दै अगाडि बढे । त्यसैले यो भेगमा केही अति धनि र सर्वत्र अगाडि छन् भने धेरै जनसंख्या गरिब र पिछडिएका छन। शुरुमा कामको आधारमा बिभाजन गरिएको भनिएतापनि कालान्तरमा अभिजात समुदायकाहरुले बिस्तारै आफ्नो खानपान र रजगज कायम राख्न कमजोर समुदाय जो संगठित भई आफ्नो अधिकारको लागि लडन सकदैन थिए, लाई जातमा बर्गिकरण गरि शोषण गर्ने उद्देश्यका साथ तिनलाई सदाको लागि दास बनाए। शुद्र बनाइएकाहरु आर्थिक रुपमा सक्षम र सीप भएका हुनाले आफुप्रति भएको अन्याय बिरुद्ध बिद्रोह गर्न थाले। ती बिद्रोहीहरुलाई संगठित हुन् रोक्न र तिनको बिद्रोह सदाको लागि दबाउन शैतानिरुपमा उत्रेर शुद्रहरुबीच पनि सानोठुलो जात बर्गिकरण गरि तिनीहरुलाई बहिष्करण गर्दै पाचौं बर्णमा राखिदिए।

    यसरी ब्रह्माको सृष्टि भन्दै चारबर्णको वकालत गर्नेहरुले नै योजनावद्द तरिकाले ब्रह्माको मानव जन्म सिद्धान्त विक्षिप्त पारिदिए। भगवान ब्रह्माको सिद्धान्त कुनैपनि हालतमा मौसम जस्तो बदलिदैन। तर ब्रह्माले बनाएका भनिएका चार बर्णीय मानव जन्म सिद्धान्त भन्नेहरुले पाँच बर्णिय बनाईदिए। यसले पनि यो मगढन्ते मानवकृत सिद्धान्त भनि स्पष्ट बुझ्न सकिन्छ।

    अनि शास्त्रमा उल्लेख भएको भन्दै अनेक प्रकारका मनगढन्ते कथाकुथुंगी बनाएर जबर्जस्ति तरिकाले जातीय विभेदलाई अगाडि बढाएर शोषणलाई मजबुत पारे। त्यसैले अहिले नेपालमा काम लगाएर यथोचित मजदुरी नै नदिने ब्याप्त प्रचलन देख्न सकिन्छ। अनि ति कामदार बधुवा ज्यामी सरह भएका छन।

    शरीरमा कोढ लागे शरीर कुरुप र विक्षिप्त हुन्छ। त्यस्तै समाजमा जातीय बिभेद कायम रहे यसले कोढ कै रुपमा समाज र देशलाई नै विक्षिप्त पार्दछ। देशमा एकता, शान्ति, बिकास र उन्नतिको मार्ग अवरुद्ध हुन् पुग्दछ। नेपालमा यही कोढ कायम रहेको फलस्वरूप देशमा अशान्ति, चरम गरिबी, अस्सी लाख देशका नागरिक विदेस पलायन अनि संसारभरि दासत्व गर्न पुगेका नेपालीहरुबाट पठाईएको रेमिट्यान्सले देश चल्न बाध्य भएको यथार्थता सबैले देखिरहेका छन । यो अवस्थाले देश चाँडैनै असफल राष्ट्रको अवस्थामा पुग्न बाध्य हुन सक्छ। यस्तै अवस्थाको कारण सिक्किमका ९८ प्रतिशत जनताले भारतमा बिलय हुन् चाहेर जनमत संग्रह गरेर नै भारतमा बिलिन भए।

    नेपालमा पनि केही भ्रष्टाचार गरि अकुत सम्पति बटुलेका शासक-प्रशासक र तिनका आसेपासे बाहेक अरु सबै जनताले अन्य देशमा बिलय हुने चाहना नगर्लांन भन्न सकिदैन। त्यसैले देश र शासन-प्रशासन चलाउनेहरुले बेलैमा बुद्धि पुर्याएर देशमा विद्यमान विभेद कठोरताका साथ् उन्मुलन गर्न जरुरी भईसकेको छ। देशको संबिधान र कानुनलाई अझ सशक्त बनाई व्यवहारमा कडाईका साथ् लागू गर्नुपर्छ र सबै जनतालाई समानताको अनुभूति गराउन सक्नु पर्दछ। अन्यथा बिभिन्न समुहका जनता संगठित भई बिद्रोह नगर्लान भन्न सकिदैन। त्यस्तो अवस्था आईपरे देश आफै नै छिन्नभिन्न हुन् पुग्दछ। त्यसैले समय छँदै भबिष्यको संकट आँकलन गरेर होशियारीपूर्वक जनतालाई एकजुट पार्ने कदम चाल्न अति आवस्यक छ। साथै देश-बिदेशमा रहेका संचारकर्मी, विद्वत वर्ग, वकिल, डाक्टर, ईन्जिनियर, प्राध्यापक, समाज सेवी, राजनीतिकर्मी, सबै तह र तप्काका नेपालीले आफ्नो देशको परिस्थिति र त्यसको सुधार र परिवर्तनको जिम्मेवारी लिनुपर्दछ। आफ्नो घर, देश बिग्रदा त्यसको सुधार गर्न आफै अग्रसर हुनुपर्दछ। आफ्नो काम आफैले नगरे, कसैले गरिदिदैन।

    एकातिर हामी नेपाली अलग पहिचान भएको स्वतन्त्र राष्ट्रमा भारतीयले हस्तक्षेप गर्यो भन्ने गर्दछौ । अनि अर्कोतर्फ, उनीहरुकहाँबाट आयातित जातीय विभद अपनाएर आफ्नो सुन्दर देश विकृत पारिरहेका छौ। अनि कसरी स्वतन्त्र अलग राष्ट्रको पहिचान रहिरहन सक्छ ? हामी स्वतन्त्र र अलग राष्ट्र हौं भने भारतीयको बिसंगति र भेदभावपूर्ण प्रथाको नक्कल गर्न हुँदैन । के किराँत, खस राज्यमा, लिम्बुवानमा, मगर राज्यमा र अन्यमा भारतीय हिन्दुको जस्तो अमानवीय जातपात र छुवाछुत थियो र ? के नेपालीको पहिचान जातपात र छुवाछुत नै हो त ? के बुद्धले वा पशुपतिनाथले एक मानवले आफ्नै प्रतिमूर्ति अर्को मानवलाई दया, प्रेम करुणा, मानव कल्याण गर्न सिकाएको छैन ?

    भारतका संबिधान निर्माता बाबा अम्बेडकरको नेतृत्वमा त्यहाँका लाखौलाख दलितहरु भेदभावबाट मुक्ति प्राप्त र्न बौद्धमार्गी बनें। तर नेपालमा उत्पिडित समुदायहरु बुद्धष्टमा जातिपातिको प्रदुषण देखेर त्यति बौद्ध धर्ममा लागेको देखिदैन।

    बिभिन्न सोध अनुसार मानिसहरु दुई तत्वको कारण बिदेशिन बाध्य वा लालायित हुन्छन। एक धकेलिनु र अर्को आकर्षित हुनु। कतिपय मानिसहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, मध्यपूर्व इत्यादि ठाउको बिकास र बिबिधता देखी त्यहाँ बसाई सर्न आकर्षित भएको देखिन्छ। त्यस्तै आफ्नो जन्मस्थलमा विभेद र बिकासको कुनै अवसर नदेखिनुले पनि मानिसहरु आफ्नो ठाउँ छोडन बाध्य भई बसाई सराई गर्दछन। नेपाली-भारतीयहरु स्वदेशमा गरिबी र विभेदको कारण संसारभरि अवसरको खोजी गर्दै पलायन हुन् शुरु भएको देखिन्छ। यो लेखकले अफ्रिकाको ५० डिग्री तापमान हुने बिभिन्न मुलुकमा समेत नेपालीहरु काम गर्न आएको भेटेको छ। अहिले नेपालीहरु बिदेसिन बाध्य हुनुको कारण पनि स्वदेशमा कुरीति, अन्धविश्वास, बिकृति, विभेद, कमाई खाने अवसर नहुनु, सुरक्षाको अभाव, इत्यादि कारणले बाध्य भई दिनहुँ हजारौको संख्यामा नेपालीहरु विदेश जान बाध्य छन। अस्सिको दशकदेखि नेपालीहरु पनि फाट्टफ़ुट्ट विदेश पलायन भएको सुनिन्थ्यो।यसै सन्दर्भमा ८० कै दशकमा एक कानुन पढ्न आएका विद्यार्थी पनि अध्ययन सकेपछि अमेरिकाको अवसरमा लोभिएर अमेरिकामै डेरा जमाई बसेको देखिन्छ। अहिले उनी नै दोहोरो नागरिकताको वकालत गर्ने प्रमुख देखिन्छन्।

    संसारका प्राय सबै देशका मानिसहरु अमेरिकामा देखिन्छ। कतिले निकै एतिहासिक क्षमता बोकी आएकाले अमेरिकालाई विश्मा चिनाउन योगदान पनि पुर्याएको देखिन्छ। जस्तो : न्युयोर्क सहरको ब्रूक्लिन ब्रिज भनेपछि अमेरिकाको राष्ट्रिय एतिहासिक पहिचान बनेको झोलुङ्गे पुल हो जुन जर्मनबाट आएका जर्मन सिविल ईन्जिनियर, जोन ए रोइब्लिङ्गले निर्माण गरेको एक अद्भुत झोलुङ्गे पुल हो। संसारको राजधानी भनिने म्यान्ह्याटन सहर घुम्न आउने पर्यटकहरुले यो पुल अवश्य हेर्ने गर्दछन।अरुले विशिष्ट क्षमता बोकी आएर अमेरिकालाई गौरवान्वित बनाएका छन ।

    तर नेपाली र भारतीयले भने जातपात र कुरीतिको सौगात अमेरिकालाई ल्याईदिएका छन। त्यसैले यहा अनेक जातजातका संस्था र जातीय विभेद बढदै गएको स्पष्ट भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको १२ औं नेपालको जनगणना २०७८ को नतिजा अनुसार अहिले नेपालमा जनसंख्या २ करोड ९१लाख ६४ हजार ५७८, १४२ जातजाति, १२४ मातृभाषा र १० धर्म देखिएको छ। यस मध्ये एक्काईस लाख भन्दा बढी बिदेशमा स्थायी रुपमा बसेको देखाईएको छ। अमेरिकामा नेपालीहरु पनि अस्थायी र स्थायीगरि पाँच लाख भन्दा बढी बसोबास गर्दछन भनि अनुमान गरिएको छ। तर पनि एनआरएन जस्तो संस्थाले समेत यकिन रुपमा तथ्यांक प्रस्तुत गर्न सकेको छैन।

    संयुक्त राज्य अमेरिकामा बिभेद बिरुद्धको कानुन निर्माण गर्दाको बेला जातको आधारमा छूत र अछुत सानो र ठुलो हुन्छ भन्ने अमेरिकी कानुन निर्माताहरुले कल्पना पनि गरेका थिएनन्। यहाँ गोराले कलालाई गर्ने रंगभेद अवश्य थियो, र त्यसैलाई हटाउनु पर्ने थियो । तर कालाहरु गोराको घरमा पसी पकाई तुल्याई, सरसफाई र अन्य घरायसी कार्य गर्न पाउथे। नेपालको जस्तो घर भित्र पस्न नहुने, र छूत र अछुत भन्ने क्रिश्चियन समाजले गर्दैन थियो। त्यसैले अमेरिकामा सबैले घरायसी कामदारी गर्न पाएका छन। अमेरिकामा कानुनले जातलाई औपचारिक रुपमा विभेदको श्रेणीमा राखिएको छैन। यसको कारण हो कानुन लेखिंदाको समयमा जातीय विभेदको घटनाहरु जानकारीमा आएको थिएन। तर हाल आएर जातीय विभेदको घटनाहरु बिभिन्न प्रतिबेदनहरुमा उल्लेख भएको पाइन्छ। साथै अमेरिका मुलत क्रिश्चियन परिवेशमा बिकसित भएको मुलुक भएको र साथै परमप्रभुले सृष्टि गरेको एक पुरुष र एक स्त्रीबाट मानव जाति बिकसित भएको विश्वास गरिने हुनाले जातको कल्पना गरिएको थिएन। क्रिश्चियन धर्ममा आस्था र बिस्वास गर्नेहरु सबै एकै भगवानको सन्तान मानिन्छन। उनीहरु सँगै प्रार्थना गर्दछन् र त्यसै दौरान सबैले सबैसंग अंकमाल गर्दछन। सबैले क्रमवद्ध भएर एकैको हातबाट प्रसाद खान्छन। त्यस्तो समाज भएको देशमा गएकाले अरुको सभ्य सुगन्धित संस्कार, संस्कृति भएको देशमा शरणमा गएर आफुले ल्याएको दुर्गन्ध लादन खोज्दछन। यसैको फलस्वरूप अहिले अमेरिकामा जातीय विभेदको दुर्गन्ध फैलिएर अमेरिका जातीय विभेदलाई निर्ममतापूर्वक दण्डित गर्न अग्रसर भएको देखिन्छ। नत्र तिनको संख्या बढदै जाँदा भविष्यमा चर्चको अगाडि मन्दिर किन बनाएको ? भनि आवाज उठन सक्छ। त्यस्तै अमेरिकी समाजले खादै आएको गाई गोरुको मासु खादा बिरोधको अवाज उठन सक्छ, इत्यादि अमेरिकी समाजलाई मन नपर्ने अनेक उथल पुथल आउँन सक्छन।

    भारतीय र नेपालीहरु अमेरिकाको शरणमा पुग्दा तिनको जातपात र विभेदकारी मानासिकता पनि संगै ल्याएको हुन्छ भनि अमेरिकाले कल्पना समेत गर्न सकेको थिएन। पहिलो पल्ट जे-१ भिसामा आएकी एक भारतीय दलित महिलाले आफ्नो अमेरिकी नागरिक बच्चाहरुसंगै बसी अमेरिकी आप्रवासी भिसाको माग गर्दा युए एस् सी आइ एसले त्यस्तो निवेदन पारित गर्न अमेरिकी अध्यागमन कानुन अनुसार दुईबर्ष भारतमै बसेको हुनुपर्ने भन्दै २००७ मा निवेदन खारेज गरिदियो। तर बच्चाहरुलाई आमासँग भारतमा लाग्दा त्यहाँ अनेक प्रकारको जातीय उत्पिडन हुने सुनेपछि एएओले उनलाई भारत पठाउन नपर्ने गर्न विदेश मन्त्रालयमा निवेदन गरिएको थियो। यसै मुद्धाबाट अमेरिकी अध्यागमनले भारतमा हुने जातीय विभेदको गहराईसम्म जानकारी पाएको थियो।

    अमेरिका मानवअधिकारको पक्षमा निकै सशक्त रुपमा उभिएको मुलुक हुनाले यसले आफ्नो अध्यागमन कानुनमा कसैको जाति, धर्म, राष्ट्रियता, राजनीतिक बिचार वा कुनै सामाजिक समुदाय बिरुद्ध कुनै प्रकारको विभेद गरे वा गर्न सहयोग गरे त्यस्ताको भिसा वा अमेरिकी बसाई समाप्त हुने व्यवस्था रहेको छ। त्यस्तै अरुको धार्मिक क्रियाकलाप सिमित गर्ने वा निषेध गर्न खोजे पनि अमेरिकाको कानुनले दण्डित गर्नेछ।

    हुनत शियाटल नगर सभाले फेब्रुअरी २०२३ मा जातीय विभेद बिरुद्ध कानुन पारित गर्ने पहिलो अमेरिकी नगर बनेको थियो।

    तर अहिले क्यालिफोर्निया राज्यले नै जातको आधारमा मानिसले मानिसलाई विभेद गर्ने हिन्दुहरुलाई कठोर कानुनी सजाय दिन र पिडितलाई थप सुरक्षा प्रदान गर्न अमेरिकाको क्यालोफोर्निया राज्यको संसदको ठुलो बहुमत (३१-५)ले एस-४०३ विधयेक पारित गरेको छ। अब यसलाई गभर्नर गबिं न्युसमले हस्ताक्षर गरेपछि कानुन लागू हुनेछ।
    अब भविष्यमा यस्तो कानुन अरु सबै अमेरिकी राज्यहरुमा बन्दै जाने बिश्वास गर्न सकिन्छ।
    अब नेपालमा पनि नगरपालिका र गाउँपालिकासम्म जातीय बिभेद बिरुद्ध कानुनको कार्यान्वयन गर्न सक्ने व्यवस्था गर्न आवश्यक देखिन्छ। त्यसको निस्पक्षता र प्रभावकारीताको अनुगमन गर्न पनि उत्तिकै आवश्यक छ।

  • अमेरिकामा सकृय पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने

    अमेरिकामा सकृय पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने

    न्युयोर्क

    नेपाली भाषामा पत्रकारिता गर्ने अमेरिकाभरका २१ जना नेपाली पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने भएको छ । नेपाली भाषा, लिपि, साहित्य र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धनमा योगदान पुर्याए बापत फाउण्डेसनले अगष्ट २६, २०२३ शनिवार अपरान्ह १:३० बजे न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा सम्मान कार्यक्रम राखेको विज्ञप्तिमा जनाएको छ ।

    विज्ञप्तिमा उल्लेख गरे अनुसार;

    तारा-किशन फाउण्डेसनले नेपाली भाषा; साहित्य; र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने हेतुले विभिन्न समयमा विभिन्न कार्यक्रम गरिरहेको छ । यसै सिलसिलामा अमेरिकी प्रवासमा रहेर पनि नेपाली भाषामा संचारकर्म गरिरहेका नेपाली मिडियाका प्रधान सम्पादक/सञ्चालकहरुलाई उहाँहरुले नेपाली भाषाको जगेर्ना र प्रवर्द्धन गर्न खेल्नु भएको भूमिकालाई सम्मान गर्न यही अगष्ट २६ तारिख शनिवारको दिन न्यूयोर्क सहरको ज्याक्सन हाईट्स्स्थित सत्यनारायण मन्दिरमा एक विशेष सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छौं। सम्मानित हुनेहरूमा क्यालिफोर्निया, वाशिंङटन डिसी, टेक्सास, भर्जिनिया न्युजर्सी र न्युयोर्कका चिरपरिचित नेपाली भाषामा निरन्तर लेखिरहने २१ जना मिडिया तथा प्रधानसम्पादक हुनुहन्छ।

    सो कार्यक्रममा सुदूरपश्चिम वा कर्णाली प्रदेशमा गाईने प्रचलित डेउडा गीतका बरिष्ठ गायक शंकर विष्ट र गायिका प्राज्ञ चाँदनी मल्ललाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ ।

    अमेरिकाका लागि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत श्री विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुन लागेको सो सम्मान कार्यक्रममा नेपाली समुदायका प्रतिष्ठित व्यक्तिव्यक्तित्वहरु लगायत केही विदेशी पाहुनाहरुको पनि उपस्थिति रहनेछ ।

    कार्यक्रममा उपस्थितिको निम्ति समुदायका सबैलाई खुल्ला निमन्त्रणा गरिएको छ ।औपचारिक कार्यक्रम पश्चात डेउडा नाच, गौ:रा नाच, र तीजका गितहरूले रमाइलो मनोरन्जनका साथ रात्री भोजन गराईनेछ ।

    स्मरण रहोस्, तारा-किशन फाउण्डेशनले यस अघि न्यूयोर्कमा पटक-पटक साहित्यिक र सास्कृतिक कार्यक्रम तथा गौ:रा पर्व सम्पन्न गरिसकेको र गत वर्ष सुदूर पश्चिमको दार्चुलामा जेष्ठ १३ देखि जेष्ठ १५ सम्म तीनदिने बृहत् साहित्य सम्मेलन एवं दार्चुला महोत्सव पनि सफलता र भव्यताका साथ सम्पन्न गरिसकेको थियो भने बिभिन्न समयमा नेपालका बिभिन्न ठाउॅमा खाद्दयान तथा स्कूलका सामाग्री बितरण गर्दै आएको छ ।

  • नेपालको झल्को दिंदै अमेरिकाको बोष्टन सहरमा ‘नेपाल डे’ कार्यक्रम सम्पन्न

    नेपालको झल्को दिंदै अमेरिकाको बोष्टन सहरमा ‘नेपाल डे’ कार्यक्रम सम्पन्न

    सुपेन्द्र बस्नेत, मासाच्युसेट्स

    अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुनेहरुले नेपालकै झल्को दिने गरी कार्यक्रम ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। ‘नेपाल डे’ न्यू इंग्ल्याण्डमा इतिहासमै पहिलो पटक नेपालीहरुको खुला बृहत सहभागिता भएको कार्यक्रम हुन पुगेको उनिहरुको मुल्याङ्कन रहेको छ। कार्यक्रममा फरफराएका नेपालको झण्डाहरु, नेपाली भेषभुषामा सजिएका सहभागीहरु, उनिहरुले बोलेका नेपाली भाषा, प्रस्तुत भएका नेपाली साँगीतिक कोसेलीहरु, नेपाली परिकार तथा सरसामानका स्टलहरु लगायतले कार्यक्रम स्थल नेपालमय भएको थियो। कार्यक्रम बोस्टन स्थित मूलवासी नेपालीहरुको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय'(जिबिएनसि) र एभरेट सिटीको संयुक्त आयोजनामा अगष्ट ६ तारिख आइतवारका दिन सम्पन्न भएको हो। नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, सामुदायिक एकता र मनोरञ्जनलाई केन्द्रमा राखेर गरिएको कार्यक्रम अपरान्ह १२ बजेदेखि साँझ अबेरसम्म एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park)मा आयोजना गरिएको थियो।

    कार्यक्रम आयोजक संस्था जिबिएनसिकी अध्यक्ष अन्जु थापाले पनि सहभागीहरुको प्रतिक्रियालाई आधार मान्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएकी छिन्। नेपाली समुदायले इतिहासमै पहिलो पटक बृहत सहभागिता जनाउदै सामुदायिक एकता प्रदर्शन गरेको अध्यक्ष थापाको ठम्याइ छ। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै उनले भनिन् , ‘कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। हामी सबैको अथक प्रयासबाट मात्र यो इतिहास रचिन सम्भव भएको हो। यसका लागि सहयोगी संस्था एभरेट सिटी, अन्य संघ संस्थाहरु, कार्यसमिति, सदस्यहरु, प्रेस, कलाकारहरुलगायत सबै सहयोगीहरुलाई आयोजकको तर्फबाट हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु।’ कार्यक्रमको दौरानमा कमी कम्जोरी भएको भएमा क्षमा प्रार्थी छौं भन्दै उनले ३४ वर्षको इतिहास रहेको जिबिएनसिको कार्यक्रमलाई सबैको साथ सहयोगमा अझ राम्रो गर्न प्रयास गरिने विश्वास समेत दिलाइन्।

    कार्यक्रममा एभरेट सिटिको तर्फबाट इडिआइ विभागकी निर्देशक (Director of EDI Department) क्याथी ड्राइन(Cathy Draine)को सहभागीता रहेको थियो। उनले कार्यक्रमको सफलताको कामना गर्दै सिटीकी मेयर डेमारिया(Demaria)ले दिएको शुभकामना सन्देशसमेत सुनाएकी थिइन्। यसैगरी, कार्यक्रम स्थलमा समरभिल सिटिकी मेयर क्याट्ज्याना ब्याल्यानटिन(Katjana Ballantyne ( Mayor of Somerville)को पनि उपस्थिति रहेको थियो। उनले आयोजित कार्यक्रम निकै आकर्षक र सबैका लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिदै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेकी थिइन्। संस्थागत प्रतिनिधित्व गरेका दुबैले कार्यक्रमको महत्व, प्रभाव र परिणामको चर्चा गर्दै आगामी दिनहरुमा पनि नेपाली समुदायसंग मिलेर काम गर्ने र सक्दो सहयोग गर्ने विश्वास दिलाएका थिए।

    कार्यक्रमको प्रारम्भमा संस्थाका सचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै संस्थाको संक्षिप्त परिचयसहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। नेपालको राष्ट्रिय गान गाएर र अमेरिकाको राष्ट्रिय गानको धुन बजाएर सुभारम्भ गरिएको साँगीतिक कार्यक्रमको सञ्चलन सन्देश मुनान्कर्मी, अशोक काफ्ले र आर्जु पराजुलीले गरेका थिए भने, प्राविधिकको जिम्मेवारी मुकुन्द पोखरेलले सम्हालेका थिए।

    बृहत् साँगीतिक कार्यक्रमका मूख्य आकर्षण नेपालका चर्चित गायक सुगम पोखरेल रहेका थिए। उनले नेपाली मूलका समुदायसंग साँगीतिक साक्षात्कार गर्दै आफ्ना चर्चित गीतहरु पस्किएर सहभागिहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। पोखरेलले आफ्ना चर्चित गीतहरु-फेरी त्यो दिन संझन चाहन्न…, सम्हालिन्छ कहिले मन…, मेरो एउटा साथी छ…,वर्षमा दिनमा लै लै…लगायत गाएका थिए भने, स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिहरुले कार्यक्रमलाई थप वजसी र मनोरञ्जनात्मक बनाउन सफल भएको थियो। सहभागीहरुले पनि गर्वीलो नेपालीत्व र अपनत्व महसुस गर्दै साँगीतिक माहोलमा भरपूर मनोरञ्जन लिएका थिए।

    कार्यक्रमको अर्को आकर्षणको पाटो थियो नेपाली स्वादका परिकारहरु र नेपाल र नेपालीको पहिचान तथा नेपालीपन झल्काउने स्टलहरु। नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ७ वटा, नेपाली पहिचान बोकेका सामानहरुका ६ वटा र संस्थागत ७ गरी कुल २० वटा स्टलहरु राखिएको थियो। त्यसैगरी, बालबालिकाहरुको मनोरञ्जनका लागि एभरेट सिटीको सहयोगमा खेल्ने सामग्रीहरुको पनि प्रबन्ध गरिएको थियो भने, कार्यक्रममा ७ वटा प्रायोजकहरु रहेका थिए।

    जिबिएनसिका सचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उल्लेखनीय संख्यामा सहभागीहरुको उत्साहजनक उपस्थितिले कलाकारहरु, स्टल राख्नेहरु, आयोजकहरुलगायत सबैलाई निकै खुशी तुल्याएको बताउदै उनले भने, ‘दिन छोटो लाग्यो। पहिला लामो दिन छ, ६/६ घण्टाको कार्यक्रम कसरी गर्ने होला भन्ने लागेको थियो। अहिले चाही समय छोटो भएको अनुभूति भएको छ। यस आधारमा के भन्न सक्छौं भने-‘यो ‘नेपाल डे’ एकदम सफल भएको छ।’ संयोजक शेर्पाले सम्पन्न कार्यक्रमको समिक्षा गर्दै आगामी वर्षमा अझै राम्रो गर्ने जनाए। उनले कार्यक्रम भव्यताका साथ सफल बनाउन प्रतक्ष्य तथा परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।

    जिबिएनसिले समरभिल सिटिको साथमा सन् २०१२ बाट ‘नेपाल उत्सव’ मनाउन सुरु गरेको थियो। बिचमा विविध कारणले रोकिएको कार्यक्रम सन् २०१७ मा दोस्रो र सन् २०१९ मा तेस्रो ‘नेपाल उत्सव’ मनाइएको थियो। सन् २०१९ पछि भने विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि गत वर्ष चौथो ‘नेपाल उत्सव’ मनाइएको थियो। यस वर्ष भने कार्यक्रम स्थल र नाममा परिवर्तन गरि एभरेट सिटिसंगको सहकार्यमा खुला मैदानमा बृहत ‘नेपाल डे’ मनाइएको हो। कार्यक्रममा ४ हजारको सहभागिता रहेको अमुमान गरिएको छ।

  • नुवाकोटको ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन

    नुवाकोटको ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन

    कपिल रिमाल, काठमाडौँ ।

    नुवाकोट जिल्लाको त्रिशूली कोलनी क्षेत्रसँग आबद्ध युवा तथा बुद्धिजीवी एवं व्यवसायीको बृहत् भेलाले ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन गरेको छ ।

    पृथ्वीनारायण शाहले राज्य एकीकरणका सिलसिलामा सैन्य तालिमलगायतका गृहकार्य गरेको नुवाकोट, विदुर नगरपालिकास्थित ऐतिहासिक बाघबगैँचा आसपासका युवा तथा बुद्धिजीवी एवं व्यवसायीको बृहत् भेलाले ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ को गठन गरेको हो।

    युवा समाजसेवी अच्युतराज गौतमका अध्यक्षतामा गठित समाजका लागि विदुर- ८ र ९ का बासिन्दा भई हाल काठमाडौँ उपत्यकामा कामकाज गरिरहेका समाजसेवीसमेत समेटेर १३ सदस्यीय तदर्थ कार्यसमिति चयन गरिएको छ ।

    समाजका वरिष्ठ उपाध्यक्षमा नारायणमान श्रेष्ठ र पुष्कर पौडेल, सचिवमा देबु दाहाल, कोषाध्यक्षमा विमला वैद्य तथा सदस्यमा बद्री फोयल, रामराजा भण्डारी, प्रल्हाद खतिवडा, उमङ्गमान शाक्य, वासु महर्जन, विनोद श्रेष्ठ, रवीन्द्र कर्माचार्य र रमिला डङ्गोल चयन भएका छन् । समाजको सल्लाहकारमा भने सञ्जु पण्डित, मोहन श्रेष्ठ, हरिप्रसाद रिमाल, श्याम केसी, गोपाल घटानी, नवीन बुढाथोकी, श्याम रिमाल, प्रदीप केसी, अमृत महर्जन र सङ्गीना वैद्य रहेका छन् ।

    संस्थाले छिट्टै विधान तयार गरी पृथ्वीनारायण शाहले नुवाकोट एकीकरणका लागि तयारी गरेको त्रिशूली, बाघबगैँचा (कलोनी) मा बृहत् पुनर्मिलन कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ ।

    संस्थाले यस क्षेत्रका जनताका पिरमर्का वा गुनासा सुनी सम्बोधन गर्ने, काठमाडौं तथा अन्यत्र जहाँ रहे पनि आपत्विपद्मा परेकालाई सक्दो आर्थिक, भौतिक र नैतिक समर्थन गर्ने एवं ऐतिहासिक- सांस्कृतिक- धार्मिक पहिचान कायम राखी प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने र यसलाई विशेष पहिचान दिलाउन प्रयत्नशील रहने, पर्यटकीय गतिविधि अभिवृद्धि, स्वास्थ्य सुरक्षा, सरसफाइ, आयआर्जनलगायत विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

    विक्रमको सत्रौँ शताब्दीमा नै राम शाहले गोरखाबाट पूर्व त्रिशूली नदी वारिसम्म नै राज्य विस्तार गरेका थिए भने पृथ्वीनारायणले विसं १८०१ मा बाघबगैँचा, बगुवा आदि क्षेत्रमा खेतीपाती गर्ने निहुँमा सैन्य तालिम दिलाई कान्तिपुरअन्तर्गत पर्ने नुवाकोट इलाका लिन सफल भएका थिए । सोही क्षेत्रमा नै तत्कालीन मुख्तियार भीमसेन थापाले विक्रमको सत्रौँ शताब्दीमा आँपका सात सय बोट लगाएका थिए जसमध्ये केही अहिले पनि कायमै छन् ।

    भेलामा नुवाकोट र काठमाडौँ उपत्यकामा रहेका बाघबगैँचा, बाग्टार, डिही बजार, कलोनी, हात्तीगौँडा, बगुवा बजार र राइसिङेका विद्यार्थी, कर्मचारी, उद्योगी, व्यापारी, बुद्धिजीवी, समाजसेवी लगायतको सहभागिता थियो ।

  • पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

    पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

    न्युयोर्क

    आचार्य पीपलमणि सिग्देलद्वारा लिखित सिर्जना, विचार र आलेखको संगालो विचारपुञ्ज नामक कृति जुम तथा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा आयोजित प्रत्यक्ष समारोहका साथ विमोचन सम्पन्न भएको छ ।
    सो कार्यक्रममा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संस्थापक एवं नेपाली काँग्रेसका महामन्त्री माननीय विश्वप्रकाश शर्माले ‘विचारपुञ्ज’ कृतिको विमोचन गर्नुभएको हो । कृतिको विमोचन गर्दै महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई वाल्मीकि क्याम्पसको प्राङ्गणतिर चिनेको र सँगसँगै साहित्य यात्रामा अगाडि बढेको स्मरण गर्दै सिग्देलले नेपाल देश बाहिर छरिएर रहेका अन्तर्राष्ट्रिय नेपाली मनहरूलाई जोड्न सफल बताउनुभयो । ‘हामी नेपालमा घरमा हुँदा राष्ट्रिय झण्डा भन्दा पनि भिन्नभिन्न दलको झण्डा राख्छौँ । विचारमा, भुगोलमा वर्गमा विभाजित हुँदा रहेछौँ तर, विदेशमा जाँदा सबैको घरमा राष्ट्रिय झण्डा हुने रहेछ । परिचय गर्दा नेपाली भनेर परिचय गर्दा रहेछौँ। त्यसैले हाम्रो राष्ट्रिय परिचय बाहिर हुने रहेछ,’ उहाँको भनाइ थियो । समालोचनात्मक टिप्पणी गर्दा शर्माले कृतिभित्रका कविताका भावयुक्त पङ्क्ति पनि वाचन गरेर सुनाउनुभएको थियो ।


    साहित्यकार एवं महामन्त्री शर्माले नेपालबाट बाहिर गएका नेपालीलाई त नेपालको माटोको, धर्मको, संस्कारको, सँस्कृतिको माया हुन्छ । नेपालको संविधानले पनि तेस्रो पुस्तासम्मलाई नागरिकताको व्यवस्था गर्छ तर नेपालीका विदेशमा जन्मेका छोराछोरी हजुरबा हजुरआमा हुँदा तिनीहरूका नातिनातिनीलाई पनि नेपालसँग जोड्न कसरी सकिन्छ ? यतातिर ध्यान दिनुपर्ने बताउनुभयो ।

    ‘विचारपुञ्ज’ कृतिमाथि टिप्पणी गर्दै नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका पूर्व सभापति प्रा. डा. नवराज कट्टेलले ‘विचारपुञ्ज’ आत्मप्रकाशनको अनुभूति भएको बताउनु भयो । डा. कट्टेलले प्रतिभा सम्पन्न विनयशील र आज्ञाकारी व्यक्तित्व रहेका सिग्देलले आफू जस्तै अन्तर्राष्ट्रिय मनलाई जोडिरहेकोमा धन्यवादसमेत दिनुभयो । भूगोल मात्र राष्ट्रियता होइन रहेछ, राष्ट्रियता त नेपाली मन, नेपाली भावना, नेपाली विचार पनि रहेछ भन्ने लेखक सिग्देलबाट प्रमाणित हुँदै गएको उहाँको भनाइ थियो । प्रा.डा. कट्टेलले साहित्य खण्ड, संस्कृति खण्ड, बौद्ध धर्म-दर्शन खण्ड, संस्कृत खण्डमा संकलित विचारपुञ्जका लेखरचना र साहित्यले कृतिको उचाइ बढेको चर्चा गर्नुभयो । उहाँले राजनैतिक र सामाजिक सन्दर्भलाई बुझ्न अन्तर्वार्ताले पनि कृतिमा भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले ‘विचारपुञ्ज’ विचारप्रधान भइकन राम्रो, राम्रो भइकन मिठो, मिठो भइकन सरल, सरल भइकन बोधगम्य रहेको बताउनुभयो । कृतिमा संस्कृत भाषाको लघुनाटक रहेको प्रसङ्ग उल्लेख गर्दै सो नाटक मञ्चनीय समेत रहेको भनाइ राख्नुभयो । उहाँले कोरोना महामारीबाट मुक्ति पाउन आध्यात्मिक सूत्रलाई अनुसरण गर्नुपर्ने भाव भएको संस्कृत भाषाको सरल एकाङ्की रहेको जानकारी दिनुभयो । कृतिमा संस्कृत भाषामा कविता रचिएका छन् ।कविताका माध्यमबाट नेपाली माटो, नेपाली हिमाल, तराई, मधेस पहाड, नेपाली प्रकृतिलाई समेटिएको छ । प्रा.डा. कट्टेलका अनुसार नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको त्रिवेणी नै हो-विचारपुञ्ज । सोही अवसरमा कट्टेलले सर्जकको कलम कहिल्यै नरोकियोस्, कलम कहिल्यै नझुकोस् वर्षैपिच्छे यस्ता कृति पाइराखौँ भनेर शुभकामनासमेत दिनुभयो।


    ‘विचारपुञ्ज’ कृति आएकोमा सर्जक पीपलमणि सिग्देललाई धेरै श्रष्टाहरूले शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना दिने क्रममा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले सर्जकसँग वाल्मीकि क्याम्पसको स्ववियुमा रहँदाको किशोरावस्थाको स्मरण गर्दै अङ्ग्रेजी, नेपाली र संस्कृतको ज्ञान हासिल गरेकोमा बधाई दिनुभयो । उहाँले यदुनाथ खनालको समेत स्मरण गर्दै संस्कृत र अङ्ग्रेजी भाषामा अझै गहिराइमा पुग्न पनि सिग्देललाई शुभकामना दिनुभयो ।


    परशुराम भण्डारीले जसरी विचारपुञ्जले सबै क्षेत्रलाई समेटेर साझा बनेको छ, त्यसरी नै पीपलमणि सिग्देल पनि सबैको साझा व्यक्तित्व भएको बताउनुभयो । विचारपुञ्जको सर्जक पिपलमणि सिग्देल भए पनि एनआरएनको साझा कृति बनोस् भनी भण्डारीले शुभकामना दिनुभएको थियो ।
    सीता अर्यालले आफ्नो विद्वत्ता प्रस्तुत गरिएको गहन कृति ल्याएकोमा सिग्देललाई  शुभकामना दिनुभयो । त्यस्तै कोमल भट्टले पीपलमणि सिग्देल र उनको कृति ‘विचारपुञ्ज’ कृतिका लागि उपजाति छन्दको मिठो कविता सुनाएर शुभकामना दिनुभयो ।
    पत्रकार गुणराज लुइँटेलले सर्जक सिग्देल पूर्वीय र पाश्चात्य साहित्यलाई बुझ्न सक्ने क्षमता भएका व्यक्तित्व भएको बताउनुभयो । जीवनका विभिन्न पक्षलाई समेट्न सक्ने क्षमता भएका व्यक्तित्व सिग्देल अरूका विचारलाई पहिला सुनेर अनि मात्र आफ्ना विचार राख्ने सुसंस्कृत व्यक्तित्वका धनी सर्जकका रूपमा आफूले बुझेको लुईँटेलको भनाइ थियो ।


    साहित्यकार राजेन्द्र अर्यालले बृहद् ज्ञानराशीले युक्त व्यक्तित्व पीपलमणि सिग्देलमा एटलान्टिक महासागरमा पानी जसरी ढलपल ढलपल गरी छचल्किएको छ, त्यसैगरी सिग्देलमा साहित्य, दर्शन र विचार छचल्किरहेको बताउनुभयो । त्यसैगरी साहित्यकार एवं फ्रेन्च भाषाका ज्ञाता हरिहर अर्यालले अमेरिकामा बसेर पनि संस्कृत भाषामा साहित्य सिर्जना गर्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । त्यस्तै कवि प्रकाश पाण्डेले सिग्देलको कृतिबाट रचना वाचन गर्नुभएको थियो ।
    सो समारोहमा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संयोजक एवं गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी, डा. नीरजमान श्रेष्ठ, योगराज सापकोटा, नरेन्द्र सुवेदी, डा. छत्रपति दाहाल, अग्नि पराजुली, गौतम दाहाल, सुदर्शन सिग्देल लगायतका वक्ताहरूले पीपलमणि सिग्देलको व्यक्तित्व एवं कृतित्वका बारेमा चर्चा गर्नुभएको थियो ।


    विचारपुञ्जका सर्जक आचार्य पीपलमणि सिग्देलले स्वागत मन्तव्य गरी सुरु भएको कार्यक्रममा सर्जक कृष्ण गिरीले कार्यक्रम संचालनकै क्रममा रचनासमेत सुनाउनुभएको थियो ।
    जुम तथा विभिन्न पेजमामा लाइभ गरिएको कार्यक्रम सुरु गर्दा विलटन हिन्दु मन्दिर, क्यानेटिकट, अमेरिकाका संस्थापक एवं कार्यक्रमका सभापति स्वामी श्री १०८ बालगोपाल ब्रह्मचारीले दीप प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नुभयो भने आचार्य चुडामणि पाठकले शान्ति पाठ गर्नुभएको थियो ।
    सो समारोहमा माननीय सांसद प्रतिमा गौतम, प्रा. डा. धनेश्वर नेपाल, प्रा. डा. शान्तिकृष्ण अधिकारी, डा. बद्री पोख्रेल, वंशलाल तामांग, कृष्ण रिजाल, भरत खड्का, नेत्र बन्धु पोख्रेल, अर्जुन मैनाली, परमानन्द खनाल, रीता रिजाल, रेवतीराज अधिकारी, मेनका पराजुली, विनोद रोका, प्रकाश नेपाल, शिव लामिछाने, दुर्गेश जंग कार्की, रविन संग्रौला, बलराम दाहाल, सरिता होमागाईँ पाण्डे, राजन गौली, ज्ञानल थापा, उर्मिला निर्दोषी, गीता बजगाई, विमला निरौला, गोपाल घिमिरे, ध्रुव दाहाल, दिलाराम, मुरारी गुरागाईं, शरद ढकाल, टेकनाथ दाहाल, नारायण सापकोटा, इन्द्र लम्साल, प्रतिमा खनाल सिग्देल लगायतका साहित्यानुरागी एवं सर्जकहरूको उपस्थिति थियो ।

    विभिन्न देशमा रहेका करिब ५५/६० जना नेपालीको सहभागितामा भएको जुम सभा सभामा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा प्रत्यक्ष कार्यक्रममा पनि जोडिएको थियो !
    निरन्तर शनिबारको आयोजनामा भएको कार्यक्रममा विमोचनपछि संस्थापक संयोजक मनोजमणि आचार्य, वाल्मीकि विद्यापीठका प्राचार्य भागवत ढकाल, अतिथि वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल, संयोजक डिल्लीराम सुवेदी, प्रमुख अतिथि एवं संरक्षक विश्व प्रकाश शर्मा, सोझो गाउँले लगायतका वक्ताले विचार राख्नुभएको थियो । सो समारोहमा पूर्णिमा प्रतिविम्ब, रत्न बिरही घिमिरे, कृष्ण रिजाल, गणेश सिग्देल, अर्जुन बाबु दाहाल, सुशान्त आचार्य, उमानाथ खनाल, भावना अधिकारी लगायतका सयौंको सहभागितामा १५ जना सर्जकले रचना सुनाउनुभएको थियो ।

    २४५ पेजको कृतिभित्र समय-समयमा कान्तिपुर दैनिक, राजधानी दैनिक, नेपालब्रिटेन डटकम, विश्व सन्देश साप्ताहिक, हलिउडखबर डटकम लगायतका मिडियामा प्रकाशित सामग्री तथा थप रचना समेटिएका छन् !

  • न्युयोर्कमा फोन्नाको पहिलो सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्णु मगर

    न्युयोर्कमा फोन्नाको पहिलो सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्णु मगर

    अगष्ट ५, न्युयोर्क,

    फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, फोन्नाले न्युयोर्कस्थित कोरोना पार्कमा संस्थाको पहिलो सम्मेलन सम्पन्न गरेको छ । तदर्थ समितिद्वारा अगष्ट ५ मा आयोजित भेलाको सर्वसम्मतिले अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सम्मेलनले प्रत्यक्ष संलग्न र सरोकार रहने पद्दति अनुसार बिज्ञान खनाल, अच्युत सिग्देल, बुद्धिमान तामाङ, निरञ्जन पाण्डे, हरि अधिकारी गरी ५ जना सल्लाहकारमा निर्विरोध गरेको छ ।

    सन् २०२१ मा बिज्ञान खनालको पहलमा गठित तदर्थ समितिलाई बिस्तारित र मजबुत बनाउने सहमतिमा निर्बिरोध निर्वाचन सम्पन्न भएको थियो । खनालले नुवाकोटबाट न्युयोर्कमा आई बसोबास गरिरहेका जिल्लाबासीको एकता र सहकार्यको महत्व प्रवासमा अझ रहने आवश्यकता महसुस गरी सांगठनिक हुने पहलको शुरुवात गरिएको थियो ।

    न्युयोर्क निवासी नुवाकोटबासीको पहिलो एवम् ऐतिहासिक अधिवेशनको प्रस्तावित बुँदाहरु उपर निम्नानुसार निर्णय गरेका छन् ।
    १, नवनिर्वाचित कार्यसमितिले कम्तिमा बर्षको १ सामुहिक बृहत कार्यक्रम र १ सामुदायिक कार्यक्रम सम्पन्न गर्नेछ ।
    २, फोन्नाको भेलामा उपस्थित सम्पूर्णलाई सदासयता र सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्ने ।

    फोन्ना अधिवेशनमा अच्युत सिग्देल, शाश्वत सिग्देल, शार्दुल सिग्देल, पल्लवी सुबेदी, बिज्ञान खनाल, भगवती खनाल, आबृती खनाल, अग्रज्ञान खनाल, रामेश्वर खनाल, बिष्णुप्रसाद खनाल, लीला अर्याल खनाल, आकृती खनाल, विलिप खनाल, शिक्षा खनाल, हरीप्रसाद अधिकारी, बिष्णु राना मगर, फिलिक्स राना मगर, किशोर आचार्य, संगिता अधिकारी, साकार आचार्य, शिव शंकर डंगोल, योगेश आदी, उमेश राई, राज गुरुङ्ग, दिपक कुमार खड्का, बाला राई, सम्बिर राम्दान, प्रख्यात दोङ्, चित्र बस्नेत, दिनेश महर्जन, संगिता महर्जन, यादव तिमिल्सिना, पुष्पा लामा, सोनाम याङ्दी, तेन्जिङ लोडे भुटिया, सजबिना लामा, भुवन मान डंगोल, बुद्धमान तामाङ, देबेन्द्र लामा, उत्तम पाण्डे, राज लामिछाने, सरस्वती पराजुली, ईन्द्र प्याकुरेल, निरञ्जन पाण्डे, शान्तजी पन्त, देवकी पाण्डे पन्त,चिरन्जिवि पन्त, समृद्ध पन्त, आदर पन्त, सान्ता तामाङ, लगायतको उपस्थिति रहेको थियो ।

    फोन्नाले प्रवासी नुवाकोटबासीको हितका अलावा नुवाकोट जिल्लाको हितमा समेत कार्य गर्ने उद्देश्य राखेको नवनर्वाचित अध्यक्ष बिष्णु मगरले बताएको छ । फोन्नाको ऐतिहासिक/पहिलो अधिवेसनबाट निम्नानुसारको निर्बिरोध निर्वाचित कार्यसमिति तय भएको छ ।
    अध्यक्षः बिष्णु राना मगर
    उपाध्यक्षः भुवन मान डंगोल
    सचिवः देवकी पान्डे पन्त
    कोषाध्यक्षः देबेन्द्र लामा
    सदस्यः लीला अर्याल
    सदस्यः इन्द्र प्याकुरेल
    सदस्यः रामेश्वर खनाल
    सदस्यः दिपक पण्डित
    सदस्यः उत्तम पान्डे
    सदस्यः किशोर आचार्य
    सदस्यः योगेश आदी

    फोन्ना अधिवेशनको समापन नवनर्वाचित उपाध्यक्ष भुवनमान डंगोलले गरेका थिए। कार्यक्रममा उपस्थितलाई आयोजकले कर्टेसी बर्बेक्यू खानपिन गराएका थिए ।

  • एनआरएन अमेरिका नेतृत्वको प्रतिस्पर्धामा पराजुली-अधिकारी समुह

    एनआरएन अमेरिका नेतृत्वको प्रतिस्पर्धामा पराजुली-अधिकारी समुह

    बिष्णु सिंह (बैजु)
    एनआरएन आजीवन सदस्य

    आगामी जुलाई २२ तारिख २०२३-२५ अवधिका लागि एन आर एन अमेरिकाको पदाधिकारीहरुको चुनाव हुदैछ। सोका लागि बिगतमा एनआरएनको तल्लो तहमा कार्य गरिसकेका दिलु पराजुली अध्यक्ष र रामहरी अधिकारी महाससचिव पदका प्रत्याशी हुन् र उनीहरुको बिगतको कार्य उपलब्धि चर्चामा छन। त्यस्तै अन्य प्रत्यासीहरुमा अन्जन कुमार चौलागाई बरिष्ठ उपाध्यक्ष; चार उपाध्यक्ष पदमा क्रमश राजीव श्रेष्ठ, सन्तोष पहारी, राज ढुंगाना र भानु खरेल रहेका छन। त्यस्तै महिला उपाध्यक्षमा सुन्दरी गुरुङ, युवा उपाध्यक्ष अनुप खनाल, एकदेव शर्मा सचिव, महिला सचिव उर्मिला श्रेष्ठ, कोषाध्यक्ष सरोज सिन्ग्देल, सह-कोषाध्यक्ष रवि सिंह बस्नेत, महिला संयोजक मुवा तिवारी, युवा संयोजक बिकी थापा प्रत्यासी छन।
    बोर्ड सदस्यहरुमा क्रमश: इन्द्रराज पाण्डे, बिष्णु बराल, लक्ष्मण दर्लामी मगर, डा गंगाधर आचार्य, नवराज नेउपाने, मोहन कुसारी, बलराइ, बासुदेव भट्ट, र दिवाकर भट्ट रहेका छन। अनि महिला बोर्ड सदस्यहरुमा क्रमश: दुर्गा तिवारी, सरस्वती शर्मा, रितादेवी प्रधान र सारिका थापा प्रत्यासी रहेका छन।

    ज्याक्सन हाईट्स न्युयोर्कस्थित सत्यनारायण मन्दिर हलमा गत जुलाई १५ मा २१ बुंदे घोषणा पत्र सहित डिलु-रामहरी प्रत्यासी समुहले आफ्नो परिचय कार्यक्रम आयोजना गरिएको थियो। बेद खरेलको प्रमुख अतिथ्यमा कार्यक्रम संचालन गरिएको थियो। साथै डेढ दर्जन बिभिन्न क्षेत्रका काग्रेसी व्यक्तित्वहरु ड्यासमा विराजमान गराईएको थियो।

    शुरुमा अध्यक्ष पदका प्रत्यासी डिलु पराजुलीले आफ्नो भनाइहरु प्रस्तुत गरे। तत्पश्चात महासचिवका प्रत्यासी रामहरी अधिकारीले आफ्नो भनाई राखे। साथै उनले सबै पदका प्रत्यासीहरुको परिचय गराउन सबैलाई ड्यास पछाडि उभ्याएर आफ्नो परिचय दिन लगाए। तर दुई मिनेटमा आफ्नो छोटो परिचय दिन भनिएकोमा छेउ न टुप्पोको लामो भाषण गरे। केहीले भने छोटो परिचय दिदै आफ्नो समुहलाई अत्याधिक मत दिएर जिताउन अपिल गरे। एकातर्फ दुई बजे शुरु गर्ने भनिएको कार्यक्रम ४ बजे शुरु गरिएको थियो। अर्को तर्फ अनावश्यक भाषण गराएर समय बर्बाद गरियो।

    त्यसपछि ड्यासमा बसेकाहरुलाई बोल्न लगाइयो। तिनलाई बोल्न समयको पावन्दी थिएन। तिनले जे मन लाग्यो, जति मनलाग्यो बोले। कसैले जोडदार रुपमा भनि दिए “नेपालको समानुपातिक प्रतिनिधि छनौट गर्ने व्यवस्था ठिक नभएकोले तिनीहरु प्रभावकारी नभएको” भनि ठम्माई दिए। तर ती नेताले योग्य, बिज्ञहरुलाई नछानि सिर्फ आफ्ना आसेपासे, स्वास्नी, नातेदार नियुक्त गरेकोले प्रभावकारी नभएको भन्न सकेनन। उदाहरणको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक बिज्ञ सन्तोष परियार समानुपातिकबाट ल्याएर कति प्रशंसा पाएको बारे बताउन सकेनन। कांग्रेसी धर्मको पालना गरेको बुझिन्थ्यो।

    त्यस्तै अर्का बक्ता, जो पुर्व नेपाल बारका सभापति हुन्, ले संविधानको भाग २, धारा १४ मा सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता दिन सकिने बारे पढेर सुनाए। अनि उनले अब गैर आवासीय च्याप्टरले सिफारिस गरि नागरिकता दिनुपर्ने बारे सुझाए। अहिले नेपालमा अदालतबाट नागरिकता दिन निर्णय भैसकेको छ। “एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ” भन्ने प्रतिबद्दता उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले जाहेर गरिसकेका छन। त्यसैले यी पुर्व बारका सभापतिका भाषण पनि कुनै तुकको देखिएन।

    त्यसपछि पूर्व प्रधानमन्त्री शुसिल कोइरालाकी सल्लाहकार मृदुला कोइरालालाई बोल्न निम्त्याईयो। उनले एनआरएनको यथार्थता प्रकाश प़ार्दै निम्नस्तरको क्रियाकलापले गैर-आवासीयहरुमा निराशा छाएको स्पष्ट प़ारिदिइन। त्यसैले अब पदमा जाने चाहने प्रत्याीहरुले गैर-आवासीयहरुको मन जित्न निकै मिहेनत गर्नु पर्ने कुरामा जोड दिदै सफलताको शुभकामना दिईन।

    त्यसपछि जातजातिका संस्थाका प्रतिनिधिलाई बोल्न दिने क्रममा दर्शनधारी ठकुरी समाजका मिलन शाहीलाई बोल्न दिईयो। उनले नेपालले अब बशंजको आधारमा नेपाली नागरिकता दिनु पर्ने जोडदार माग राखे। नागरिकता नभएको कारण नेपालमा भएको घरबार बेची अमेरिकामा रकम ल्याउन नसकिएकोले अनेक मुश्किलका बावजुद बल्ल ल्याएको कुरो पनि सुनियो। एकातिर नेपाललाई बिदेशी मुद्रा अभाव भएर बेहाल छ। त्यसैलाई मध्यनजर गरेर गैर-आवासीय नागरिकता दिन तत्परता देखाएको छ। अर्को तर्फ नागरिकताको अभावले बिदेशमा रकम लैजान नसकिएको कुरा सुन्दा कस्तो लाग्छ होला (?) यस्तै कुरो भारत, बर्मा, बंगलादेश र अन्य देशमा रहेका दुई करोड भन्दा बढी नेपाली छन। तिनले यस्तै सोचे वा गरे भने नेपालको अवस्था के होला ? के नेपालको नागरिक बन्न चाहनेले यस्तै सोच्न सुहाउला ? किनकि घरबार बेचेको नेपाली रुपिया त तीनले लैजाने होइनन ? अनेक तिक्डम गरेर बिदेशी मुद्रा नै लानु पर्ने हुन्छ। अनि नेपालको हालत के होला ?

    अनि एनआरएनका पुर्व पदाधिकारी बन्दना कोइरालालाई बोल्न दिईयो। उनले एनआरएनको पदाधिकारी भएर आफुलाई आर्थिक घाटा भएको प्रकाश पारिन। अनि सिता खरेलले आफ्नो भनाइ राख्दै समुहलाई जितको शुभकामना दिइन। त्यस्तै अन्य महिलाहरुले पनि मौकामा चौका हान्दै निकै लामालामा जोडदार भाषण गरे। महिलाहरु निकै कुशल र दमदार भएको जोडदाररुपमा प्रस्तुत गरे। कतिले बुझे, कतिले बुझेनन् थाहा भएन।

    कसैले हर्क साम्पंगसंग तुलना गरेको पनि सुनियो। कसैले बालेन शाहसंग तुलना गरे। अनि आफुलाई तिनैको समकक्षमा राखि बढी से बढी मतदान गर्न माग गरे।

    एकाजना कांग्रेसी बक्ताले सक्षम बिज्ञहरु बिदेशमा रहेकाले नेपालमा फर्की बिकास गर्न आवश्यक भएको बताए। तर तीनले नेपाल भ्रष्टका नेताहरुले गर्दा नै बिज्ञहरु नेपालबाट पलायन भएको नबुझेका रहेनछन्।

    समग्रमा कार्यक्रमलाइ नियाल्दा यो एनआरएनको कार्यक्रम भन्दा पनि काग्रेस कार्यक्रम जस्तो देखिन्थ्यो। यसअघि जितेका पूर्व अध्यक्षत्रय पनि कांग्रेसी नै थिए। अनि तिनले पनि चुनाव पुर्व त्यही सत्यनारायण मन्दिरमा परिचय कार्यक्रम गरेका थिए। त्यहाँ भाषण भट्याउने र सुन्ने नेता नै थिए। अनि चुनावमा उठ्ने र शुभकामना दिने पनि नेता नै थिए। त्यहाँ एनआरएनका आजीवन सदस्यको कुनै मर्यादी थिएन। तिनले एनआरएन सदस्यहरुको मर्का बारे केही कुरा राख्ने समय माग गर्दा पनि बेवास्ता गरिएको थियो।

    स्पष्ट रुपमा कार्यक्रम आयोजक वा संचालक असक्षम र एनआरएन नबुझेका नै देखियो। बाढ्न ल्याइएको घोषणा पत्र समेत बाडिएको देखिएन। न त घोषणा पत्रमा लेखिएको बारे ब्याख्या विश्लेषण नै गरियो।

    एकातिर घोषणा पत्रमा नेपालमा रेमिट्यान्स बढाउने कुरा लेखिएको छ। साथै नेपालमा रेमिट्यान्स पठाउन एनआरएन आईसीसीले आह्वान पनि गरिएको छ। अर्कोतिर गैर-आवासीयले रेमिट्यान्स पठाउँदा बिकृति उत्पन्न भएको र बैंकमा पठाएको रकम सहकारी तिरे पुगेर गैर-आवासीयले दुख खाएको कुरा कुरा आजीवन सदस्यले उठान गर्न समय माग गर्दा पनि समय नदिएर लण्ठाएको पाइयो। त्यस्तै गैर-आवासीयको सुचनाको हक अनुरुप अहिले ललिता निवास काण्डमा के भएको हो सो बारे सदस्यहरुलाई जानकारी गराउन कसैले बोलेको सुनिएन। प्राय: एनआरएनसंग असंबन्धित कुरो मात्र सुनियो।

    यसरी तुक न ताकको छ घण्टा लामो कार्यक्रम गरि बेलुकी ८ बजे सभाध्यक्ष बेद खरेलले कार्यक्रम समापन गरे। अब सर्वसाधारण एनआरएन सदस्यले नभएर नेताहरु र सत्यनारायण्ले नै आशिर्बाद दिएर प्रत्यासी सबैलाई पदाधिकारी बनाई दिउन भन्ने शुभ कामना ! ॐ श्री केशवाय नम:

  • नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

    नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

    न्यूयोर्क

    नेजाले उत्तर अमेरिकाबाट सञ्चालित सञ्चारमाध्यमका सम्पादकहरूसँग भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । उत्तर अमेरिकामा रहेको नेपाली समुदायलाई सूचना सम्प्रेषण गर्न उत्तर अमेरिकामा सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रममा औंल्याइएको छ ।

    उत्तर अमेरिकाबाट सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमका सम्पादकहरूसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जुलाई ९, २०२३ मा आयोजना गरेको “उत्तर अमेरिकामा सञ्चालित सञ्चारमाध्यमको अवस्था, सम्भावना र चुनौती” विषयक भर्चुअल अन्तरक्रियामा सहभागीहरूले लक्षित वर्गका लागि सूचना सम्प्रेषणमा प्रभावकारी भूमिका निभाएका सञ्चारमाध्यमहरूको व्यावसायिक विकासको सवाल भने चिन्ताको विषय रहेको धारणा राख्नुभयो । समुदायमा रहेर पत्रकारिता गरिरहँदा र समुदायसँग केन्द्रित सञ्चारमाध्यम सञ्चालन गरिरहँदा व्यावसायिक विकासविना यसको निरन्तरताको विषय अहम् चुनौतीको रूपमा रहेको सहभागीहरूको भनाइ थियो ।

    नेपाली भाषाको विस्तार,डायस्पोरामा हुर्कंदो नेपाली पुस्तालाई नेपाली भाषासँग जोड्न, संस्कृति प्रवर्धन र समुदायलाई एकताबद्व बनाउने दिशामा नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूले भूमिका खेल्दै आए पनि अपेक्षाकृत रूपमा गुणात्मक विकास हुन नसकेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गर्नुभयो । नेजाले सञ्चारमाध्यमको व्यावसायिक विकास तथा समयसापेक्ष रूपमा प्रविधियुक्त पत्रकारितामा अभ्यस्त बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि लक्षित कार्यक्रम गर्न सहभागीहरूको सुझाव थियो ।

    नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, उपाध्यक्ष सुजन पण्डितको स्वागत मन्तव्य र महासचिव बाबुराम दाहालको सञ्चालनमा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा नेपाली पोष्ट डट कमका प्रधान सम्पादक गिरीश पोखरेल, संघका पूर्वअध्यक्ष तथा एभरेष्ट टाइम्स न्युजका प्रधान सम्पादक आङछिरिङ शेर्पा, नेजाका पूर्वअध्यक्ष एवं ग्लोब नेपाल डट कमका प्रधान सम्पादक गौतम दाहाल, नेजाका पूर्वअध्यक्ष एवं रियल खबर डट कमका प्रधान सम्पादक भोला आचार्यको सहभागिता रहेको थियो ।

    यसैगरी, बीआरटी नेपाल डट कमका प्रधान सम्पादक लोकमणि राई, क्यानाडा खबर डट कमका सम्पादकद्वय बद्री तिमल्सिना र प्रकाश क्षेत्री, डीसी नेपालका विशेष संवाददाता अर्जुन दाहाल, दुरबिन नेपालका सम्पादक शिव नेपाल, घन्टेश्वर अनलाइन डट कमका प्रधान सम्पादक शंकर थापा, हिमालय खबर डट कमका प्रधान सम्पादक बिजय घिमिरे, खसोखास डट कमका सम्पादक दीपक परियार, नेप्लिज डायस्पोरा डट कमका प्रधान सम्पादक सतीश चापागाईं, नेपाल टच डट कमका सम्पादक बेनुप भट्टराई, ओएस नेपाल डट कमका सल्लाहकार सन्दीप चौधरी, सञ्जाल खबर डट कमका प्रबन्ध सम्पादक हरि सुवेदी, यूएस खबर डट कमका प्रधान सम्पादक किशन रेग्मी, सम्पादक ओम आचार्य, विश्व न्युज डट कमका निर्देशक योगेश आदी सहभागी हुनुहुन्थ्यो ।

    यस्तै, अन्तरक्रियामा नेजाका सचिव प्रतिमा बाँस्कोटा, क्षेत्रीय संयोजहरू रोशन अधिकारी, सुपेन्द्र बस्नेत, शंकर थापा, सिर्जना काफ्ले, गोकर्ण लामिछाने, कार्यसमिति सदस्य ईश्वरी न्यौपाने, नेजाका सदस्यहरू सन्तोषी अधिकारी, गोपाल गर्तौला, सञ्चारकर्मी लक्ष्मी क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।

  • साहित्य-सौरभ विमोचित

    साहित्य-सौरभ विमोचित

    पीपलमणि सिग्देल

    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, नेपाली संस्कृति संरक्षण तथा संवर्धन समितिद्वारा प्रकाशित साहित्यिक कृति “साहित्य-सौरभ” को जुम कार्यक्रमका माध्यमबाट बिहीवार विमोचन गरिएको छ । आचार्य पीपलमणि सिग्देलको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि शहरी विकास मन्त्री माननीय सीता गुरुंग तथा विशिष्ट अतिथि हाउस अफ जनरल असेम्बली डेलिगेट मेरिल्यान्ड राज्य अमेरिकाका माननीय डा. ह्यारी भण्डारीले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको थियो । समितिका संरक्षक एवं अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले दीप प्रज्वलन गरी प्रारम्भ भएको कार्यक्रममा प्रधान सम्पादक राजेन्द्रप्रसाद अर्यालले स्वागत मन्तव्यका साथ विषय प्रवेश गराउनुभएको थियो !
    प्रमुख अतिथि माननीय मन्त्रीज्यूले परदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा निरन्तर कृयाशील एनआरएनए अमेरिकालाई बधाई र धन्यवाद दिनुभयो साथै नेपाल राष्ट्र्को सर्वतोमुखी विकासमा हातेमालो गर्न सबैसँग आग्रह गर्नुभयो।


    अर्का वक्ता कार्यक्रमका विशिष्ट अतिथि डेलिगेट माननीय डा. ह्यारी भण्डारीले मन्तव्यका क्रममा अमेरिकाको मेरिल्याणड राज्यलगायत अन्य केही राज्यहरुमा नेपाली भाषामा पनि ड्र्ाईभिंगको परीक्षा दिन पाईने भएकोमा खुसी व्यक्त गर्नुभयो। साथै उहाँको राज्य मेरिल्याण्डले नेपालीहरुको ठुलो पर्व दशैँमा विदा दिने बिल पास गरेको र स्कूलहरूमा नेपाली संस्कृतिको पनि पढाई सुरू हुन थालेको विषय जानकारी दिनुभयो।समारोहमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, समितिका संरक्षक सर्वज्ञ वाग्ले, अनेसासका अध्यक्ष गोवर्धन पूजा, बिओटिका सभापति पदम विश्वकर्मा, समीक्षक डा़ छत्रपति दाहाल, साहित्यकार निलम कार्की नीहारिका, साहित्यकार एवं फ्रेन्च भाषा विज्ञ हरिहर अर्याल, समाजसेवी परशुराम भण्डारी लगायतका वक्ताहरूले धारणा राख्नु भएको थियो ।


    सम्पादक आचार्य चूडामणि पाठकले मंगलाचरण गरी प्रारम्भ भएको कार्यक्रममा सम्पादक कोमल भट्ट र प्रकाश पाण्डेले शुभकामना कविता सुनाउनुभएको थियो । सम्पादकहरू कृष्ण गिरी र गीता बजगाईले संचालन गर्नुभएको समारोहमा साहित्यकारहरु उर्मिला निर्दोषी, मोहन सिटौला, अग्नि पराजुली, मेनका पराजुली, रेवतीराज अधिकारी लगायतले विचार राख्नुभएको थियो ।
    सो कार्यक्रममा साहित्यकार सुदीपभद्र खनाल, वसन्त श्रेष्ठ, डा. ऋषी वस्ताकोटी, तीर्थ अधिकारी, अर्जुन पराजुली, डा. बद्री पोख्रेल, प्रा डा नवराज कट्टेल, उपप्रा. टेकनाथ दाहाल, सम्पादक डा. नीरजमान श्रेष्ठ, गोविन्द श्रेष्ठ, गौतम दाहाल, गोविन्द गिरी प्रेरणा, शरद ढकाल, राजु कोइराला, सरोज अर्याल, आविष्कार भारती, पूर्ण श्रेष्ठ, अयोध्या बाटाजु , लेखनाथ काफ्ले, खिमान्द पोख्रेल, अभिमन पसछे, अर्चना धाख्वा, दिपक थापा , युवराज पोख्रेल, सुरेन उप्रेती, अर्जुन मैनाली , गोविन्द श्रेष्ठ, विश्वराज बास्कोटा, लगायतका अतिथिहरूको उपस्थिति थियो ।
    विशेषतः अमेरिका लगायत विभिन्न मुलुकमा रहेका १२० जना साहित्यकारहरूको सिर्जनाहरू समावेस साहित्य सौरभ कृतिमा २०४ पेजको रहेको छ।

  • जीवन एक प्रयोग

    जीवन एक प्रयोग

    योगेश आदी

    जीवन मात्र होइन जगत पनि प्रयोग रहेछ । करिव २६०० वर्ष पहिले बुद्धले ज्ञानको प्राप्तिपश्चात कल्याणकारी समाजको स्थापना गर्नआफ्नो संघको माध्यमबाट कम्यूनिजम् प्रयोग गर्न खोजे । वर्ग संघर्षको कारक तत्व विभेदी सामाजिक परिपाटी रहेको ठहर गर्दैपरिवर्तको मार्ग द्वन्द र हिंसा होइन कि सत्मार्ग र सत्संग हो, भन्ने निष्कर्ष निकाले । समाजको निरन्तरता एवम् अस्तित्वको लागि त्याग वाप्राप्ति मात्र पनि होइन कि मध्यमार्ग अवलम्वन गर्नुपर्छ भन्ने सुझाव पनि दिए । 

    बुद्ध दार्शनिक मात्र बने, ज्ञान बाँडे । कालान्तरमा उनको तानाशाह बिहिन रहने साम्यबादी तरिकाले चल्ने सामाजिक व्यवस्थाको प्रयोगराज्यस्तरमा व्यवहारिक देखिएन । ज्ञान र विवेकको प्रचुर चर्चा भयो । राजा अशोक जस्ता अन्यायीहरुले उनको ज्ञान फैलाए ।त्रिपिटकको रुपमा लिपिबद्ध गरे । थुप्रै उपग्रन्थ बनाइए । अहिले धर्मको रुप लियो ।

    करिव २५०० बर्ष पहिले बुद्ध जस्तै दर्शनका ज्ञाता सोक्रेट्सको चर्चा युनान (हालको ग्रिस) बाट फैलिदै तात्कालिन स्पार्टासम्म हुन थाल्यो। उनको तार्किक र बौद्धिक प्रश्नहरुबाट तात्कालिन राज्यसत्ता झस्किन्थ्यो । राज्य सत्ता इतिहास र धर्मको आडमा चल्नु हुदैन भन्ने उनकोअडान थियो । प्रजातन्त्रमा पनि थुप्रै अवगुण हुन्छ किनकि जनमत र समावेसीको नाममा विवेकहिन र ज्ञानहिन असक्षम व्यक्ति पनि राज्यसञ्चालनमा पुग्छ भनेर सर्वप्रथम भन्ने व्यक्ति सोक्रेट्स नै थिए । कुनैपनि व्यक्तिले दोश्रो व्यक्तिलाई सोच्न लगाउन मात्र सक्छ, यस्तो नैगर भन्न सक्दैन भन्ने उनी अग्रगामी सोच राख्थे । उनको बौद्धिक प्रयोग समाजले पचाउन सकेन । उनी सेनामा हुँदा राम्रो नगरेको रएथेन्सले स्पार्टासँग युद्ध हार्नुमा उनले युवाहरु भट्काएको भन्ने आरोपमा उनलाई दुई तिहाको बहुमति सभाले दिइएको दुई सजायकोविकल्पमा उनले बिष सेवन रोजेका थिए । 

    एउटै किताब नलेखेका दार्शनिक सोक्रेट्सका कट्टर भक्त दार्शनिक प्लुटोले भने उनको दर्शनमा आधारित ३३ पुस्तक लेखें। त्यसैगरिप्लुटोकै लयमा एरिस्टोटलले पनि उनको बिचारमा माथि ३०० भन्दा बढी पुस्तक लेखे । पछि अलेक्जेण्डरले सोक्रेट्सै विचारलाई फैलाए। ईतिहासको कालखण्डमा पनि बिचारको प्रयोग गर्ने बारे सबैभन्दा ठुला युद्धहरु भए ।

    त्यसपछिको लामो कालखण्ड युद्ध, जीत र सिमा बिस्तारको प्रयोगमा रुमल्लियो । भारत वर्षमा मुगल साम्राज्यसम्म र पश्चिममा सन्१८१८ मा कार्ल मार्क्सले जन्म लिनुअघि नै युनिभर्सिटीहरुमा राज्यसंयन्त्र र दर्शनको अध्यापन हुन थालिसकेका थिए । मार्क्सका वकिलपिताले उनलाई दर्शनको महत्व सानैमा बुझाइसकेका थिए। लामो समय मार्क्सको दुई पुस्तक “कम्युनिष्ट मेनिफेष्टो र क्यापिटल” लेसबै प्रयोग माथि प्रश्न उठाए । 

    मार्क्सले बुद्धले जस्तै समाजमा ‘हुने र नहुने’ (बोर्ज्वाजी र प्रोलिटेरिएट्) बीचको वर्गसंघर्ष नै दुखको कारण देखाए। समाजबाद मार्फतसाम्यबाद नै निकास हो भन्ने तर्क राखे । एङ्गेल्सले सघाए । तर परिवर्तनको लागि द्वन्दको बाटो देखाए । भौतिक परिवर्तनको लागिद्वन्दको आवश्कता महसुस गरे । जबकि उनी भन्दा २२०० वर्ष अघिनै बुद्धले भक्ति मार्गबाट बर्ग हट्न सक्छ भनिसकेका थिए । जबकिमार्क्स धर्मलाई अफिम मान्दथे । भारतका डा. अम्बेडकरले भने जस्तै बुद्ध र मार्क्सको बिचारको फ्यूजनको प्रयोग चाहिँ मध्यमार्गी प्रयोगबन्न सक्ला ।

    कार्ल मार्क्सको साम्यबादी समाज निर्माणको परिकल्पना कतिपय देशले लागू गर्न खोजे शुरमै अव्यवहारिक ठहरिए । चीनले आंशिकलागू गर्न खोजे । रुसले १९औं शताप्दीको शुरुमा गरेको मार्कसिजम् र लेलिनिजमको प्रयोगबाट नै अव्यवहारिक ठानिसकेका थिए ।आखिर सबैबाद र सिद्धान्तहरु एक प्रयोगकै रुपमा चलिआएका छन्। 

    कसैले कुनै पद्दति मात्रै ‘ठीक हो’ भन्छ भने त्यो सबैभन्दा ठुलो झुठो साबित हुन्छ । जगत नै प्रयोगमा चल्छ, जीवन जस्तै।  ठीकलागुन्जेल अस्तित्वमा रहन्छ । हाम्रो जीवन पनि हामीले रोजेको बिभिन्न प्रयोग मघ्ये सहज लागेको अवस्थामा रोकिएको पेशा वाव्यवसायलाई कर्म मानेर बाँच्ने क्रिया मात्र हो । के थाहा भोली के प्रयोग गर्न मन लाग्छ ।

  • नेजाद्वारा टीपीएस र आप्रवासी सम्वन्धि कानुनबारे अन्तरक्रिया सम्पन्न

    नेजाद्वारा टीपीएस र आप्रवासी सम्वन्धि कानुनबारे अन्तरक्रिया सम्पन्न

    जुन १८, अमेरिका

    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) एवम् आप्रवासी सम्वन्धि कानुनका बारेमा जुम अन्तरक्रिया सम्पन्न गरेको छ ।
    जुन १८, २०२३ साँझ भएको उक्त अन्तरक्रियामा अमेरिकी आप्रवास कानुनविद् रमेश श्रेष्ठ र अमेरिकामा सक्रिय अधिकार संस्थाकी अभियान संयोजक प्रार्थना गुरुङ एवं अनिल शाहीले टीपीएस र अमेरिकी आप्रवास कानुनबारे प्रकाश पार्दै सहभागीहरूका प्रश्नको जवाफ दिनुभएको थियो ।
    सो अन्तरक्रियामा कानुनविद् श्रेष्ठले टीपीएसमा रहेका व्यक्तिहरूले आफन्तहरूलाई अन्य भिसामा आएका व्यक्तिसरह नै आफन्तहरूलाई अमेरिकामा आमन्त्रण गर्न सक्ने जानकारी दिनुभयो । फरक प्रसंगमा उहाँले भन्नुभयो, ‘टीपीएसमा रहेकाहरूले छोटो अवधिका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाएर अमेरिका बाहिर भ्रमणसमेत गर्न सक्नेछन् ।’
    अधिकारकी अभियान संयोजक गुरुङले टीपीएस नवीकरणका लागि अधिकारले अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया, टेक्सासलगायकाका स्थानमा निःशुल्क टीपीएस क्लिनिक सञ्चानलनको तयारी गरेकोसमेत जानकारी दिनुभयो ।
    यस्तै, अभियानकै अनिल शाहीले टीपीएसको समयावधि थपका लागि मात्र नभई टीपीएस वाहकलाई स्थायी रुपमा अमेरिका बस्ने प्रबन्धका लागि दबाबमूलक अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
    अमेरिकाले नेपाललगायत चार मुलुकका टीपीएसधारीका लागि १८ महिनाको समयावधि थप गरेको सन्दर्भमा नेजाले सो अन्तरक्रिया आयोजना गरेको हो । हाल टीपीएस प्राप्त १४ हजार ५ सय नेपाली रहेका छन् । सन् २०१५ मा नेपालमा महाविनाशकारी भूकम्प गएपछि सो समयमा अमेरिकामा रहेका नेपालीहरूका लागि टीपीएस सेवाको घोषणा गरेको थियो ।
    म्याद सकिन केही महिना बाँकी रहँदा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी डीएचएसले गत १३ जुन, २०२३ मा १८ महिनाका लागि टीपीएसको अवधि थप गर्ने घोषणा गरेको हो । नेपालसँगै एल साल्भाडोर, होन्डुरस र निकारागुवाको पनि टीपीएस सुविधाको म्याद थप गरिएको छ । अब आउँदो २४ अक्टोबरदेखि २३ डिसेम्बरभित्र टीपीएस स्टाटसमा रहेकाहरूले म्याद थपका लाग पुनः दर्ता गर्नुपर्ने छ ।
    नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको सो अन्तरक्रियाको सञ्चालन महासचिव बाबुराम दाहालले गर्नुभएको थियो भने उपाध्यक्ष सुजन पण्डितले स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्यलगायतले धारणा राखेका थिए ।

    अन्तरक्रियामा नेजाका पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति पदाधिकारी तथा सदस्य एवं विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

  • नेपालमय बन्यो नेपाली क्लास बोस्टनको अभिभावक दिवस

    नेपालमय बन्यो नेपाली क्लास बोस्टनको अभिभावक दिवस

    सुपेन्द्र बस्नेत, बोष्टन

    नेपाली क्लास बोस्टनले जुन १८ तारिखका दिन अभिभावक दिवस भव्यताका साथ मनाएको छ। अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको ‘अभिभावक दिवस’ नेपालमय भएको थियो। जहाँ नेपाली क्लासमा अध्ययनरत बालबालिकाहरुले नेपाली क्लासमा अध्ययन गर्ने क्रममा सिकेका ज्ञान तथा सीपहरुलाई गीत, संगीत तथा कलाको माध्यमबाट आफ्ना अभिभावकहरुको माझमा पस्किएका थिए।


    बालबालिकाहरुले नेपाली राष्ट्रिय गान सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली …गीत गाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। भने अमेरिकाको राष्ट्रिय गान बजाएर साथ दिइएको थियो। बालबालिकाहरुले नेपाल र नेपालीको इतिहास, भूगोल, राष्ट्रियता , नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, नेपाल प्रेम तथा देश भक्तिले उत्प्रोत राष्ट्रिय गीत ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…’ गीत गाउदा सहभागीहरु भावनामा बगेर निकै गर्व महसुस गर्दै बालबालिकाहरुलाई साथ दिएका थिए। कार्यक्रमकै दौरानमा गाइएको ‘रातो र चन्द्र सूर्य…’ नेपाली राष्ट्रिय गीतले नेपालीत्वलाई थप प्रस्फुटित गरेको थियो। नेपालीहरुमा विविधतामा एकता रहेको नेपाली पहिचानको गतिलो प्रमाण दिने विभिन्न जातजातिहरुको मौलिक पहिरनहरुमा सजिएर बालबालिकाहरुले आफ्नो प्रस्तुति दिइरहेको दृश्यहरु साच्चै नमनयोग्य थिए। कलाकारहरु, आयोजक तथा अभिभावकहरु नेपाल र नेपालीप्रतिको माया मोहमा डुबेको त्यो माहोलले कार्यक्रम स्थल अमेरिका नभएर, नेपाल नै हो भन्ने भान पारेको थियो। कार्यक्रममा नेपालको भूगोल , इतिहासका साथै नेपाली भाषा, धर्म, संस्कृति, रितिरिवाज, परमपरा, रहनसहन, पहिचान, राष्ट्रियता आदिलाई सक्दो झल्काउने प्रयास गरिएको थियो। जसका कारण कार्यक्रम स्थल नेपालमय बन्न पुगेको थियो।

    अमेरिकाको वार्षिक क्यालेण्डर अनुसार कार्यक्रमको दिन ‘फादर्स डे’ परेकाले कदर स्वरुप समस्त पिताहरुप्रति समर्पित गर्दै ‘पिता’ शिर्षकको कविता वाचन गरिएको थियो। कार्यक्रममा बालबालिकाहरुले नेपाल र नेपाली परिवेशलाई समेटेर तयार पारिएका छोटो मिठो सन्देशमुलक नाटकहरु : ‘ के नेपाल सानो छ ?, अभिभावक र चोरको खुट्टा काट’ प्रस्तुत गरेका थिए।


    कार्यक्रमको तालिका अनुसार बालबालिकाहरुले नेपाली गीत/संगीत क्षेत्रमा चर्चित रहेका त्यो डाँडा पारी, लेकाली गाँउकी, गोजीमा दाम छैन, मायाले बाँध्यो, माया जदौ, आज हाम्रो भेट भाको दिन, टाकन टुकन, दर्शन सलाम, छिटको गुन्यु, चरी जस्तै लगायत गीतहरुमा आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए। भने, कार्यक्रमको अन्त्यतिर नेपाली क्लासमा आवद्ध रहेर स्वयंसेवीको भूमिका निर्वाह गर्दै आइरहेका शिक्षक/शिक्षिकाहरु तथा सहयोगीहरुले आफ्नो प्रस्तुति पस्किएपछि साँस्कृतिक कार्यक्रमलाई बिट मारिएको थियो।

    भिन्न परिवेश र परिस्थितिमा पनि बालबालिकाहरुले आफ्नो कलाको माध्यमबाट अमूल्य सन्देशसहित नेपाल र नेपालीप्रतिको आघात प्रेम, नेपालीपन, नेपाली पहिचान र नेपालीत्व झल्काउन सफल भएकोमा आयोजक तथा अभिभावकहरु बालबालिकाहरुप्रति आभारी भएका थिए। समग्रमा साँगीतिक कार्यक्रमसहितको ‘अभिभावक दिवस’ भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

    कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै नेपाली क्लासकी स्वयंसेवी शिक्षिका तथा कार्यक्रम संयोजक संझना गुरुङ श्रेष्ठले भनिन्, ‘कार्यक्रम एकदमै राम्रो भयो। बच्चाहरुको मेहनत सहयोग, हाम्रो शिक्षक समूहको पहल र अभिभावकहरुको सहयोग भएर यति सफल कार्यक्रम भयो। हामी एकदमै खुशी छौं। र, हाम्रो बच्चाहरुप्रति धेरै नै गर्व छ।’ बच्चाहरुलाई आफ्नो देश र आफ्नो उद्गम स्थलसंग जोड्ने उद्देश्यले प्रारम्भ गरिएको अभियानले सार्थकता पाएको प्रतिक्रिया दिदै श्रेष्ठले यस अभियानमा साथ दिने सबैलाई धन्यवाद समेत व्यक्त गरिन्।
    कार्यक्रमको बारेमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा नेपाली क्लासमा स्वयंसेवी शिक्षकको भूमिका निर्वाह गर्दै आएका परशुराम फुयालले भने, ‘कार्यक्रम सफल भएको महसुस गरेका छौं। भाइबहिनीहरुले निकै मेहनत गरे। अभिभावकहरुको अमूल्य साथ र सहयोग रह्यो। त्यसका लागि धन्यवाद ! ‘ उनले थपे, ‘हरेक वर्ष गर्दै आएको ‘अभिभावक दिवस’ आज समयमा सुरु गरेर समयमा सम्पन्न भयो। र, सबै अभिभावकहरुले जसरी प्रशंसा गर्नु भयो। हाम्रा भाइबहिनीहरुले जसरी प्रस्तुति गरे। त्यो हिसाबले हामीले नयाँ पुस्तालाई केही नयाँ कुराहरु नेपाली भाषा, संस्कृति, परम्परा, नेपालको भूगोल, इतिहासको बारेमा केही जानकारी दिन आज सफल भयौं भन्ने आजको अभिभावक दिवसले देखायो।’
    फुयालले साबैको साथ सहयोगमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताउदै त्यसका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बालबालिकाहरु, अभिभावकहरु, सहकर्मीहरु, पत्रकारहरु, फोटोग्राफरहरु, समरभिल पब्लिक स्कूल, समरभिर आर्ट्स् काउन्सिल, साउण्ड इन्जिनियरहरुलगायत साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

    कार्यक्रम मनोरन्जनात्मक, उत्प्रेरक, ज्ञान वर्धक र नेपाल र नेपालीप्रति समर्पित रहेको भनी अभिभावकहरुले पनि प्रतिक्रिया दिएका छन्। अभिभावक दीन बन्धु भट्टले कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै भने, ‘विविध कारणले हाम्रो तन नेपालदेखि टाढा पक्कै छ। तर, मनमा भने नेपाल र नेपालीप्रतिको माया निकै गाढा छ। जो यस कार्यक्रमले पनि पुष्टि गरिदिएको छ।’
    उनले भने, ‘नेपालदेखि निकै टाढा भिन्न परिवेश र परिस्थितिमा रहेर पनि नेपाली भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, चालचलन आदिलाई भुल्न सकिन्न। र, भुल्नु पनि हुदैन।’ भट्टले कार्यक्रम अत्यन्तै सफल र उदाहरणीय रहेको जनाउदै भने, ‘कार्यक्रम अत्यन्तै सफल रह्यो। नेपाली भाषा सिकाउने भनिएतापनि, नेपाली क्लास बोस्टनले नेपाली पहिचान र नेपालीपनको मुख्य आधार स्तम्भहरु भाषा, धर्म, भेषभूषा, संस्कृति, संस्कार, रितिरिवाज आदिका बारेमा र जीवन उपयोगी अमूल्य ज्ञान तथा सीपहरु सिकाइरहेको छ। जो अत्यन्त उदाहरणीय र कदरयोग्य कार्य हो। यसबाट अन्य संघ संस्थाहरुले पनि सिक्नु पर्दछ।’

    कार्यक्रममा सहभागी अभिभावक मिलु शर्माले पनि कार्यक्रम साह्रै राम्रो र मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएकी छिन्। उनले बालबालिकाहरुलाई निकै समय दिएर र मेहन गरेर
    नाटक, नृत्यहरु सिकाउने शिक्षकहरु र समस्त स्कूल परिवारप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरिन्। शर्माको भनाइमा सहमति जनाउदै कार्यक्रममा सहभागी रहेकी अभिभावक दिप्ती भट्टराईले पनि बालबालिकाहरुले गरेको प्रस्तुतिहरुप्रति प्रसन्नता व्यक्त गरिन्।बालबालिकाहरुले प्रस्तुत गरेको गीत, नृत्य तथा नाटकहरु र नेपालको बारेमा गरेको प्रस्तुतिहरु प्रशंसनीय रहेको उनको प्रतिक्रिया थियो। नेपालदेखि निकै टाढा भएर पनि बालबालिकाहरुले आफ्नो भाषा, भेषभुषा, नाँच, कला, संस्कृति, उद्गम स्थान आदिको बारेमा अमूल्य ज्ञान तथा सीपहरु नेपाली क्लासका कारण सिक्न पाइरहेको उनको ठम्याइ थियो।

    तीन घण्टा बढी सञ्चालन भएको विविध साँस्कृतिक कार्यक्रममा , ४ सय बढीको सहभागिता रहेको थियो। बोस्टन तमु समाज, समरभिल आर्ट्स् काउन्सिल, समरभिल पब्लिक स्कूल र स्थानीय स्वयमसेवी/सहयोगीहरुको सहयोगमा नेपाली क्लास बोस्टनले नेपाली मूलका बालबालिकाहरुलाई सन् २०१४ देखि नै नेपाली भाषा बोल्न, पढ्न र लेख्न सिकाउदै नेपालीपन, नेपाली पहिचान र नेपालीत्वमा केन्द्रित रहेर बालबालिकाहरुका बिच अतिरिक्त क्रियाकलापहरु पनि गर्दै आइरहेको छ। वर्षमा झण्डै ९ महिनासम्म हप्ताको हरेक आइतवार ३ घण्टा निशुल्क अध्यापन गर्ने गरिएको नेपाली क्लासमा, हाल नेपालको पहिचान दिलाउने सगरमाथा, बाग्मती, गण्डकी, कोशी, कर्णाली, लुम्बिनी र महकाली नामाकरण गरिएको ७ वटा कक्षाहरु सञ्चालन भइरहेका छन्। यस शैक्षिक सत्र (२०२२-२०२३)मा २२५ बालबालिकाहरुले सहभागिता जनाएका थिए। सहभागी हुने बालबालिकाहरुको संख्या बढ्दो छ।

  • न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति

    न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति

    म्यानचेष्टर

    न्यूह्यामसायर राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यूह्यामसायर नेपाली समाजमा लाक्पा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

    शनिबार म्यानचेष्टरमा सम्पन्न समाजको साधारण एवं अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो। समितिका उपाध्यक्षमा माधव गुरुङ, महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई, सह कोषाध्यक्ष जुनु कडरिया एवं सदस्यहरुमा रन गुरुङ, सुदिप पन्त, प्रदिप कार्की, राम श्रेष्ठ, एलिजा कार्की, जंग गुरुङ, शंकर श्रेष्ठ र मिङ्मा शेर्पा खापा चयन भएका छन् ।

    नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समिति संयोगक शम्भु गुरुङले प्रमाणपत्र वितरण एवं सपथ ग्रहण गराएका थिए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष शान्ता विष्टले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै राज्यमा बसोबास गर्ने सबै नेपालीहरुलाई अझ बृहत दृष्टिबाट समेट्न सुझाव दिएका दिएकी थिइन् ।

    नव निर्वाचित अध्यक्ष शेर्पाले न्यूह्यासायरमा बसोबास गर्ने सबै उमेर, वर्ग, क्षेत्र, एवं पेशाका नेपालीहरुलाई समेट्ने एवं अग्रजहरुको सर सल्लाह बमोजिम समाजलाई अझ गतिशिल र प्रभावशाली बनाउँदै लैजाने प्रतिवद्धता जनाएका थिए । ‘संस्थाले जुन उचाइ हासिल गरेको छ त्यसलाई खुम्चिन नदिइ अझ व्यापक बनाउने हाम्रो प्रयन्त रहनेछ’ शेर्पाको भनाइ थियो ।

    संस्थाका पूर्व अध्यक्षहरु मिन गौतम, रोविन थापा, सोम गुरुङले नयाँ कार्यसमितिलाई सुझाव एवं हौसला प्रदान गरेका थिए । गैर आवासीय नेपाली संघ अमेरिका न्यूह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुङ्गाना, गुरुङ समाज न्यूह्यामसायरका महासचिव विकास गुरुङ एवं नेपाल सरकारका अवैतिक पर्यटन दूत शिव राईले पनि संस्थाको उत्तरोत्तर प्रगतिको कामना समितको मन्तव्य व्यक्त गरेका थिए ।

    निर्वाचन प्रकृयाभन्दा अगाडि समाजका निवर्तमान महासचिव माधव गुरुङले पेश गरेको सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्ष भेषराज शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको थियो । सन् २०१० मा स्थापित संस्थाले राज्यमा बसोबास गर्ने नेपालीहरुलाई समेटेर दशैं, तिहार, नेपाली नयाँबर्ष, तीज जस्ता उत्सव सामुहिक रुपले मनाउँदै आएको छ भने बिभिन्न समयमा खेलकुद एवं सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गरेको छ ।

  • एनआरएनए, अमेरिकाको चुनावि मैदानमा अर्जुन र डिलु आमनेसामने

    एनआरएनए, अमेरिकाको चुनावि मैदानमा अर्जुन र डिलु आमनेसामने

    सुपेन्द्र बस्नेत, बोष्टन

    गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको चुनावी मैदानमा डाक्टर अर्जुन बन्जाडे र डिलुराम पराजुली आम्ने साम्ने भएका छन्। संघको राष्ट्रिय परिषदको नेतृत्वको बागडोर समाल्ने प्रतिस्पर्धाको दौरानमा अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै यि दुइ आम्ने साम्ने भएका हुन्। यस क्रममा संघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा गत निर्वाचनमा पनि अध्यक्ष पदका प्रत्याशी बनेका डा. अर्जुन बन्जाडेले आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२५)का लागि अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेका छन्। उनले जुन ११ तारिख आइतवार टेक्सास राज्यको अर्भिङमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो उमेदवारी घोषणा गरेका हुन्। संघको संस्थागत विकासका लागि अझ बढी पारदर्शी, समावेशी, विश्वसनीय र अपनत्व महसुस हुने गरी रूपान्तरण गर्न आवश्यक भएको र त्यसका लागि आगामी निर्वाचन मार्फत कुशल नेतृत्व चयन गर्नु अपरिहार्य भएको जिकीर गर्दै डाक्टर बन्जाडेले त्यसका लागि आफू योग्य भएकाले नै नेतृत्व लिन तयार भएर उमेदवारी घोषणा गरेको प्रस्टिकरण दिएका छन्। ‘पारदर्शी, समावेशी र विश्वसनीय -‘परिवर्तन अपरिहार्य छ’ भन्ने मूल नाराका साथ बन्जाडे चुनावी मैदानमा उत्रिएका छन्। उनले पारदर्शीता, समावेशीता, विश्वसनीयता र अपनत्वलाई आफ्नो चुनावी प्रमुख मुद्दा बनाएका छन्। यस पटकको अधिवेशनले एनआरएनए, अमेरिका संस्था विभाजनको कारक नभइ एकताको संवाहक हो भन्ने सन्देश विश्वव्यापी रुपमा पुर्याउनु पर्ने ऐतिहासिक जिम्मेवारी भएकाले सोका लागि एकता र सहमतिबाटै अधिवेशन सम्पन्न गर्नु पर्दछ भन्नेमा डा. बन्जाडेले जोड दिएका छन्। उनले उमेदवारी घोषणासभालाई सम्बोधन गर्दै भने, ‘ अब अमेरकाको एनआरएनएले एकताको सन्देशदिन जरुरी छ। फुटाउने हैन, जुटाउने अभियानमा जोडिन जरुरी छ।’ सकेसम्म सर्वसम्मत भएर अघि बढ्न सबैलाई अनुरोध गर्दै उनले त्यसका लागि आफू सदैव तयार रहेको बताएका छन्।

    उनले उमेदवारी घोषणाका क्रममा आफ्ना भावी अल्पकालीन तथा दिर्घकालीन लक्ष्य तथा कार्ययोजनाहरुको संक्षिप्त खाकासमेत सार्वजनिक गरेका थिए।उनले सार्वजनिक गरेको भावी लक्ष्य तथा कार्ययोजनाहरुमा संस्थाको नाम तथा पहिचान, एनआरएनए कार्ड, स्वास्थ्य,शिक्षा, व्यापार, संस्थागत विकास, नेपाली नागरिकताको निरन्तरता, गैर आवासीय नागरिकता, संघको सदस्यताको आवश्यकता तथा त्यसको मूल्य, नेपालबाट आउने र अमेरिकामै रहेका नेपाली/प्रवासी नेपालीहरुका लागि हेल्प डेस्कको व्यवस्था लगायत विषयहरुलाई प्राथमिकताका साथ उठाएका छन्।

    डा.बन्जाडेको प्यानलबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास उप्रेतिले वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्। भने वर्तमान कार्यसमितका अर्का उपाध्यक्ष गोपेन्द्र भट्टराईले महासचिव पदमा उमेदवारी घोषणा गरेका छन्। त्यसैगरी, विधानले व्यवस्था गरे अनुसार ४ उपाध्यक्ष पदका लागि उमेदवारी घोषणा गर्नेहरुमा प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ र रामचन्द्र पन्त रहेका छन्। डा.बन्जाडेकै प्यानलबाट महिला सचिव पदमा शान्ति पौडेल र युवा संयोजक पदमा तेज पौडेल(बिनोद)ले उमेदवारी दिने घोषणा गरेका छन्।

    त्यसैगरी, वर्तमान
    कार्यसमितिका उपाध्यक्ष डिलुराम पराजुलीले पनि संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले जुन १० तारिख शनिवारका दिन आफ्नै गृह राज्य केन्टकीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उमेदवारी घोषणा गरेका हुन्। यो संगै सहमति र सहकार्यबाटै अघि बढ्ने दुबै पक्षले बताए पनि, दुबै पक्ष जोडतोड चुनावी मैदनमा आम्ने साम्ने भएकाले सर्वसम्मत नेतृत्व चयन हुने अशा भने निकै कम रहेको देखिन्छ। पराजुलीले आफ्नो उमेदवारी घोषणाका क्रममा गैर आवासीय नेपाली नागरिकताको उपलब्धतालाई सहज बनाउन र वंशजको आधारमा नेपाली नागरिकता दिलाउन पहल गर्ने, अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको एकिन विवरण तयार पार्ने र उनीहरुलाई सक्दो सहयोग गर्ने, अमेरिकी सरकारसंग सहकार्य गर्ने, नेपाली र अमेरिकी स्थानीय निकायहरुका बिच समन्वय गराउन पहल गर्ने, नेपाल र नेपालीलाई सहयोग जुटाउने लगायत विषयहरु समेटिएका २१ बुँदे चुनावी घोषणापत्र समेत जारी गरेका थिए। गैर आवासीय नेपालीका साझा सरोकार र संस्थागत विकासलाई थप उचाइ दिन सक्षम, गतिशील र प्रतिबद्ध नेतृत्व आजको आवश्यकता भएको जिकीर गर्दै उनले त्यसका लागि आफू पूर्ण रुपमा योग्य रहेको दावी गरेका छन्। सामाजिक कार्य गर्नका लागि पर्याप्त इच्छा शक्ति, समय, साधन, श्रोत र पारिवारिक सहयोग चाहिने र त्यस हिसाबले आफू नेतृत्व लिन योग्य भएकाले मतदाताले नेतृत्व सुम्पिने विश्वास व्यक्त गरे। संघले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा मेम्बरसीप ड्राइभको चियरका हैसियतले विभिन्न राज्यहरुमा पुगेर आफ्नो जिम्मेवारी पुरा गरेको र त्यही क्रममा मतदाताहरुको मनोभावना बुझेरै संस्थाको नेतृत्व लिन आफू अघिबढेको पराजुलीको भनाइ छ।
    उमेदवारी घोषणासभामा आफूले अध्यक्ष पदमै उमेदवारी दिनु पर्नाको कारण प्रस्ट्याउने क्रममा पराजुलीले आफू पदको लोभी नभएतापनि, संस्थालाई परिवर्तन गर्न, पारदर्शी र परिणाममुखी बनाउन आधिकारिक पद नै चाहिने रहेछ भन्ने महसुस गरेकाले अध्यक्ष पदमा उमेदवारी दिनु परेको तर्क प्रस्तुत गरेका थिए। ‘गफ होइन काम, समर्पण र साथ सहयोगले मात्र समाजको सुख दु:खमा सच्चा सारथि बन्न सकिन्छ’ भन्ने चुनावी मुल नारा बनाएर चुनावी मैदानमा उत्रिएका पराजुलीले, उमेदवारी घोषणा कार्यक्रममा आफू एकलैले आफ्नो उमेदवारी घोषणा गरेका थिए। संस्थाको विधान अनुसार विभिन्न पदहरुमा आफ्नो उमेदवारी घोषणा गर्ने क्रम जारी छ।

    संस्थाका अनुसार, सन् २०२१ को मे
    २९ (शनिवार) र मे ३० (आइतवार) का दिन दुइ वर्षीय कार्यकाल(२०२१-२३)का लागि भएको निर्वाचनमा अमेरिकाको २९ राज्यमा रहेका कुल २० हजार १ सय ३८ सदस्यहरु मध्य कुल १५ हजार ७ सय ६८ ले मात्र मतदानमा भाग लिएका थिए। तर, यस पटक भने विविध कारणले संस्थाको सदस्य संख्या ७ हजार २ सय ४३ ले घटेको छ। हाल संस्थामा १२ हजार ८ सय ९५ जना सदस्यहरु रहेका छन्। यस मध्य के कतिले मतदानमा भाग लिने हुन् ? र कस कसले बाजी मार्ने हुन् ? त्यो भने हेर्न बाँकी नै छ।

  • बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम सम्पन्न

    बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम सम्पन्न

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)ले आयोजना गरेको ४ दिने कार्यक्रम मे २७ तारिखमा शुभारम्भ भई मे ३० मा सम्पन्न भएको हो।


    कार्यक्रम बोस्टन सहरको ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street, Braintree) स्थित प्याब्फोन(PABFONE) को आफ्नै सामुदायिक भवनमा आयोजना गरिएको थियो। मे २१ तारिख आइतावारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसंगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलापहरु गरिएको थियो।

    ४ दिने मुख्य कार्यक्रम अन्तर्गत सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा, सामूहिक ईही पूजा, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान, बौध्द गुरुहरुबाट धम्म ज्ञानको प्रवचनलगायत धार्मिक कार्यहरु सम्पन्न गरिएको थियो। यही शुभसाइतमा लघुरुद्री(१२१ पाठ) लगाउने, होम गर्ने, ब्रतबन्ध गर्ने, लाखबत्ती बाल्ने कार्य पनि सम्पन्न गरिएको थियो भने, हरेक दिन साँझ आरती गरिनुका साथै भक्तजनहरुले कलाकारहरुको साथमा भजन कीर्तन गरेका थिए।

    पशुपतिनाथ मन्दिरतर्फ हरिप्रसाद काफ्ले(शैव) र बुद्ध मन्दिरतर्फ समन्त बज्राचार्यले पूजा संयोजकको जिम्मेवारी सम्हालेका थिए। कार्यक्रम तालिका अनुसार धार्मिक क्रियाकलापहरु सम्पन्न गरिसकेपछि सबैले भगवानको नाम लिदै एकै चोटी ताली बजाएर सामूहिक रुपमा सामुदायिक भवनको उद्घाटन गरिएको थियो। उद्घाटनसंगै सहभागीहरुले एक आपसमा बधाई तथा शुभकामना आदानप्रदान गरेका थिए।कार्यक्रममा श्रध्दालु भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

    सन् २०१२ मा गठन गरिएको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फोन- PABFONE) को लामो अथक नेतृत्वदायी भूमिका र समुदायको अमूल्य साथ र सहयोगको कारणले संस्था यो चरणसम्म आइपुग्न सफल भएको हो। धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने, सामुदायिक अचल सम्पत्ति जोड्ने, नेपाली समुदायलाई एकताबद्ध गराउने, नेपाली पहिचान,नेपालीपन र नेपालीत्वलाई अक्षुण्ण राख्ने र भावी सन्ततिहरुका लागि पहिचानको आधार स्तम्भहरु स्थापित गर्ने मुख्य उद्देश्यहरु राखेको प्याब्फोन(PABFONE)ले स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जसले अन्ततोगत्वा समुदायकै अथक साथ, सहयोग र सक्रियतामा सार्थकता पाएको छ। कार्यक्रम अपेक्षा गरे भन्दा पनि बढी प्रभावकारी, उत्साहजन, उत्प्रेरक, आनन्ददायी र फलदायी भएको आयोजकले जनाएको छ।

    बृहत् कार्यक्रमका संयोजक प्रल्हाद केसीले कार्यक्रम सफलतापूर्वक संम्पन्न भएसंगै संस्थाको काँधमा थप जिम्मेवारीको भार थपिएको प्रतिक्रिया दिएका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गर्दै उनले भने, ‘आज हामी निकै खुशी भएका छौं। जसले हामीलाई उत्साहित र उत्प्रेरित समेत गरेको छ।र, सबै भन्दा महत्वपूर्ण कुरा संस्थाको काँधमा थप जिम्मेवारीको भार थपिएको छ।’
    मुख्य गरी सबैलाई समेटेर प्राप्त उपलब्धिहरु जोगाउनु, अवसरहरुलाई सदुपयोग गर्नु र संस्थागत विकास गर्नु नै कार्यक्रम समापनले दिएको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै संयोजक केसीले थपिएको जिम्मेवारी पूरा गर्न थप एकता, सक्रियता, इमानदारिता र लगनशिलताको खाँचो भएको जिकीर गरे। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समुदायको अहम भूमिका रहेको स्मरण गर्दै उनले प्रतक्ष्य परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

    संस्थाको बोर्ड अफ ट्रष्टिका अध्यक्ष सुशिल पौडेलले कार्यक्रम अत्यन्त सफल भएको टिप्पणी गरेका छन्। भक्तजनहरुमा निकै प्रसन्नता र उर्जा देखिएको जनाउदै अध्यक्ष पौडेलले भने,’ कार्यक्रम अत्यन्त सफल भएको मैले अनुभव गरेको छु। किन भने जतिपनि भक्तजनहरु आउनु भएको छ।उहाँहरु सबैमा प्रसन्नता र उर्जा देखिएको छ। सबैजना खुशी हुनुहुन्छ। कतिजना आउनु भयो भन्ने लेखाजोखा नै राख्न सकिएको छैन।’ उनले संस्था स्थापना काल भन्दापनि अगाडिदेखि अहिसम्मको विभिन्न काल खण्डमा प्रत्यक्ष परोक्ष रुपमा योगदान पुराउने सबैलाई स्मरण गर्दै जति नै धन्यवाद दिए पनि अपुग हुने बताए।

    संस्थाले प्राप्त गरेको उपलब्धिहरुप्रति सबैले गर्व गर्नु पर्ने र अपनत्व ग्रहण गर्नु पर्ने बताउदै बोर्ड अफ ट्रष्टिका अध्यक्ष पौडेलले भने, ‘लामो समयदेखिको सबैको निरन्तर प्रयासले हाम्रो सपना साकार भयो। यसमा सबैले गर्व गरौं। र, अपनत्व ग्रहण गरौं।’

    यस सम्बनधमा संस्थाको कार्यसमितिका अध्यक्ष बिष्णु कार्कीले कार्यक्रम सोचेको भन्दा पनि बढी भव्यताका साथ सम्पन्न भएको बताए। अध्यक्ष कार्कीले प्रत्यक्ष अप्रतक्ष्य रुपमा अहोरात्र खटेर कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रम धार्मिक र सामाजिक रुपमै सफल भएको बताउदै उनले भने, ‘कार्यक्रम धार्मिक र सामाजिक दुबै कोणबाट भव्य सफल भयो। तन,मन, धन दिदै अहोरात्र खटेर सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु।’ कार्यक्रम सम्पन्न भएसंगै मन्दिर र सामुदायिक केन्द्रलाई प्रभावकारी रुपमा नियमित सञ्चालन गर्न चुनौति थपिएको अध्यक्ष कार्कीको बुझाइ छ। उनले थपे,’ कार्यक्रम त भव्यताका साथ सम्पन्न गर्यौ।अब यसलाई प्रभावकारी रुपमा नियमित सञ्चान गर्ने चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न समुदायको निरन्तर साथ रलसहयोगको खाँचो छ। त्यसकालागि सबैलाई अनुरोध गर्दछु।’

    कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको संस्थाको बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष मिलन गुरुङको बुझाइ छ। उपाध्यक्ष गुरुङले बुद्ध फाउण्डेशनको स्थापनासंगै मन्दिर र सामुदायिक केन्द्र बनाउने सबैको चाहना पुरा भएको प्रतिक्रिया दिए।
    सबैको साथ सहयोगले उक्त चाहना पूरा गर्न सम्भव भएको जीकीर गर्दै उनले यस अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। कोरोना कालमा निकै समस्याहरु झेल्नु परेको स्मरण गर्दै उपाध्यक्ष गुरुङले कुनै पनि योजना बनाउदा कुनै परिस्थितिमा छोड्न नहुने पाठ सिकेको बताए। कोरोना कालको विषम परिस्थितिमा पनि योजनालाई नथाकि, नछाडि सम्पन्न गर्न निरन्तरन्त लागिपरेकाले, अन्ततोगत्वा सफलता हात परेको उनको ठम्याइ थियो।

    संस्थाको बोर्ड अफ ट्रष्टिका अर्का उपाध्यक्ष बिरोचन नेपालले पनि संस्थाले देखेको महत्वाकांक्षी सपना, लामो समयदेखिको एकिकृत अथक प्रयासका कारण पुरा भएको र त्यसले उत्साहित गराउनुका साथै थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको कस्तो रह्यो भन्ने कुरा समाजले मुल्याङ्कन गर्ने कुरा भएको बताउदै उनले आयोजकको तर्फबाट सकेको राम्रो गरेको बताए।उनले भने, ‘अब समग्रमा मुल्याङ्कन त समाजले गर्ने हो। हामी आयोजकको टिमबाट हामीले सकेको राम्रो गर्यौ भन्ने हाम्लाई लाग्छ।’ सकेसम्म सबै विधिहरु पूरा गरेर भगवानहरुलाई प्राण दिने कार्य भएको बताउदै उपाध्यक्ष नेपालले दशकौंदेखिको अभियान सफल भएको बताए।

    मूर्ति प्राण प्रतिष्ठा एवम् सामुदायिक भवन समुद्घाटन कार्यक्रम सम्पन्न गरिएसंगै अब श्रध्दालु भक्तजनहरुका लागि मन्दिर पूजा, पाठ, दर्शन आदि गर्न नियमित रुपमा खोलिने भएको छ। त्यसैगरी, कार्यक्रमहरु गर्न चाहनेहरुका लागि पनि कार्यक्रम हल सशुल्क लिएर उपलब्ध गराइने भएको छ।

  • समिक्षाले जीवनदासको गीत मार्फत दिलको कठघरामा उभिन चुनौति दिइन्

    समिक्षाले जीवनदासको गीत मार्फत दिलको कठघरामा उभिन चुनौति दिइन्

    (गीत सहित)

    न्यूयोर्क

    पछिल्लो समय सिने पत्रकार प्रकाश सुबेदीको “द प्रकाश सुबेदी शो” को अन्तर्वार्तापछि अडान र आत्मविश्वासको उपमा पाएकी गायिका समिक्षा अधिकारीको आफ्नै जीवनसापेक्ष गीत ‘म चन्द्रमा हुँ’ चर्चामा चुलिएको छ ।

    गीतकार जीवनदास सुनारले गीतमा पल-समिक्षा काण्डपछि जनमानसमा समिक्षाउपर परेको भ्रमलाई समेत चिर्न खोजेको छ । गहनभाव पोख्न सिपालू गीतकार सुनारले यसपटक सही मौकामा सान्धर्विक शब्दशिल्पि कोरेका छन् । गजलशैलीको गीतलाई संगितकार बिजया अधिकारी र एरेन्जर राजु कार्कीको सांगितिक समुहले सुमधुर बनाउन मेहेनत गरेको प्रतित हुन्छ ।

    गत २९ मे, सोमबार संगीतकार बिजयको युट्यूब मार्फत सार्वजनिक भएको गीतको “आफ्नै ईज्जत लिलाम गरें, तिम्रो लागि जिउँदै मरें” गीति अंश टिकटकमा भाइरल बनेपछि गीतले पहिलो दिनमा नै झण्डै मिलियनको लक्ष तय गर्ने संकेत देखाएको छ ।

    गीत बिषयक छोटो कुराकानिमा गीतकार जीवनदासले प्रकाश सुबेदी शो हेरेपछि समिक्षाकै लागि शब्दहरू कोरेको बताएका छन् ।

  • पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

    पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको ऐतिहासिक सहर बोष्टनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री(१२१ पाठ) लगाउनुका साथै “विशेष होम” गर्ने धार्मिक कार्य सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ अन्तर्गत मे २९ तारिख सोमवारका दिन उक्त धार्मिक कार्य सम्पन्न गरिएको हो। मे २७ तारिखदेखि शुभारम्भ भएको मुख्य कार्यक्रमको तेश्रो दिन, पूर्व कार्यतालिका अनुसार नै लघुरुद्री गरिएको थियो। एकादशिनि रुद्रीको एघार पटक पुनरावृत्ति पाठ गर्नुलाई लघुरुद्री भनिन्छ। यसअघि नै, धार्मिक कार्य सम्पन्न गर्ने जिम्मेवारी सम्हालिरहेका पण्डितहरुले पशुपतिनाथ र बुद्ध मन्दिरमा नियमित पूजा पाठ गर्नुका साथै धार्मिक विधि अनुसार भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा विशेष पूजा गरेका थिए। बृहत कार्यक्रम अन्तर्गत पशुपतिनाथ मन्दिर तर्फको पूजा पाठको मुख्य जिम्मेवारी सम्हाल्दै आएका पूजा संयोजक हरिप्रसाद काफ्ले(शैव)ले सोमवार सम्पन्न कार्यक्रमको संक्षिप्त जानकारी दिए अनुसार सोमवार घृताधिवासमा रहेका भगवान पशुपतिनाथलाई अन्नाधिवास, औसध्याधिवास र पु्ष्पाधिवासमा राखिएको थियो। मे ३० तारिखमा भगवानलाई बस्त्राधिवास र सैय्याधिवासका लागि अनुरोध गरिने छ।

    सोमवारको कार्यक्रम निकै उत्साहजनक, गर्विलो, प्रभावकारी र फलदायी भएको जिकीर गर्दै काफ्लेले भने,’ कार्यक्रम निकै उत्साहजनक र गर्व गर्न लायक रह्यो। सारमा भन्नु पर्दा सोमवारको कार्यक्रम निकै प्रभावकारी र फलदायी भयो।’

    कार्यक्रममा श्रध्दालु भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेकोमा हर्ष व्यक्त गर्दै उनले भने, ‘चुम्बकमा फलाम घोटिरह्यो भने त्यो फलामले पनि चुम्बकको काम गर्न थाल्छ। त्यस्तै झल्को देखियो साोमवारको कार्यक्रममा। बोस्टन सप्ताहको झल्को दिने गरी नेपाली समुदायले कार्यक्रमलाई सफल बनाउन साथ, सहयोग दिनुका साथै सक्रिय सहभागिता जनाइरहेका छन्। जो अत्यन्त कदरयोग्य छ। त्यसका लागि नमन गर्न चाहन्छु।’

    पशुपतिनाथ मन्दिरतर्फका पूजा संयोजक काफ्लेका अनुसार सोही दिन मन्दिरको बाहिरपट्टीको प्राङ्गणमा हिन्दू धार्मिक विधि अनुसार विशेष होम गर्ने कार्य पनि सम्पन्न गरिएको थियो।

    कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागी भएका श्रद्धालु भक्तजनहरुले मन्त्रमुग्ध भएर पूजा, पाठ, ध्यान, जप, आराधन गर्दै धार्मिक कार्यमा सक्रिय सहभागिता जनाएका थिए। यसै सिलसिलामा भजन कीर्तन टोलीले भजन कीर्तन गरेका थिए। भने, श्रद्धालु भक्तजनहरुले पनि मन खोलेर नाँच्दै गाउदै भजन कीर्तन टोलीलाई साथ दिएका थिए। साँझ पख दैनिक गरिने आरती सम्पन्न गरिएको थियो।र, अन्तमा भगवान गौतम बुद्धलाई श्रध्दाका साथ स्मरण गर्दै ५ मिनट ध्यान गरेर २९ तारिखको कार्यक्रमलाई बिट मारिएको थियो।

    ४ दिने बृहत धार्मिक तथा सामाजिक कार्यक्रमको अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवारका दिन, पशुपतिनाथ, गौतम बुद्ध लगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने, ब्रतबन्ध गर्ने लगायत धार्मिक कार्य सम्पन्न गर्ने गरि कार्यक्रम तालिका बनाइएको छ। त्यसैगरी, सोही दिन औपचारिक कार्यक्रम गरी सामुदायिक भवनको विधिवत् समुद्घाटन गरिनेछ ।र, साँझ भजन कीर्तनसहित उत्सव मनाउदै खुशीयाली साटासाट गर्ने योजना रहेको आयोजकले जनाएको छ।

  • अलबिदा प्रमिला !

    अलबिदा प्रमिला !

    कृष्ण सादगी, भर्जिनिया

    प्रमिला- भारी मन मटुले
    ‘भावपूर्ण श्रद्धाञ्जली’ लेख्दैछु
    आज तिम्रो अन्तिम बिदाईमा
    असह्य गहिरो पीडाबोध गर्दैछु।

    तिम्रो प्रेम-प्रतिज्ञा, प्रयास
    र प्रयोगलाई सलाम छ।
    तिम्रो निष्ठा, त्याग, साहास
    र संघर्षलाई सम्मान छ।

    जन्मेपछी मर्नु त निश्चित छ
    र, यो साश्वत सत्य नबुझ्ने को छ ?
    रहस्यमयी पर्दामा छिपेको यो मोक्ष-यात्रा
    आज किन यति निष्ठुर र निर्मम बन्न पुग्यो?

    बिगत् सम्झदैछु
    जब तिमी रामसंग प्रेमको
    अंकुरण अवस्थामा थियौ
    कति प्रष्ट! कति निडर ॥
    कति सरल! कति सहज॥
    तिम्रा ती हरेक कदमका
    हरेक सुख र दुख क्षणका
    साक्षी बनेर मैले जे अनुभुत गरें
    त्यो आज मन मुटु मथिंगल रित्याएर
    अलबिदा लेख्न सामर्थ्य जुटाउँदैछु।

    भरखरै अंकुरित पवित्र प्रेम सहित
    जब तिमी रामसंग धेरैधेरै पटक
    मलाई भेट्न आई रहन्थ्यौ,
    तिमीले चालेका ती हरेक कदममा
    म- रामको आँखामा आनन्द देख्थें
    तिमीले दिएको साथ र भरोषामा,
    म- रामको सधै हित भेट्थें
    तिम्रो बोलीको हरेक शब्दमा
    म- रामको मिठो गित सुन्थे।

    तिमी दुईको प्रेम कथा
    उम्दा उदाहरण थियो
    तिमी दुईको सम्बन्ध-गाथा
    कहिले हिमाल झै अग्लो अटल हुन्थ्यो
    कहिले हिमनदिको पानी झै
    पवित्र निर्मल जल बन्थ्यो
    जबजब तिमीहरुका बिगतका ती दिनहरु
    एक पछी अर्को गर्दै मेरो स्मृतीको ऐनाबाट
    हर-घटनालाई आज पुन: नियाँली रहेछु
    मेरा आँखामा आँशुको झरी बर्षिरहेछ।

    तिमी निडर थियौ-
    रामसंग प्रेमको सागरमा डुबिसकेकी थियौं
    प्रष्टसँग अपरिवर्तित चट्टान झै उभिन सक्थ्यौ।
    घर परिवारका लागि तिमी उज्यालो नक्षत्र थियौ
    तिमीमा अदम्य साहास कहाँबाट अउथ्यो कुन्नी
    तिमी आम नेपाली महिलाहरु भन्दा
    सोचाई, बुझाई र काम गराईमा फरक थियौ ।

    ज्वारभाटा झै बेजोडको हुटहुटी थियो तिमीमा
    तिमीले सधैं नयाँ सम्भावनाहरुको खोजी गर्यौ
    त्यसैले तिमीहरु धेरै राज्यमा बसाई सरीरह्यौ
    नयाँ ठाउँ र बिषय क्षेत्रमा निरन्तर लागिरह्यौ
    कंचनजंघा-फेदीको कन्चन बृक्ष बनेर तिमी
    सिंग्गो महादेश जत्रै देशको पुर्व पश्चिम उत्तर दक्षिण
    चारै तिर आफुहरुलाई सधैभरी एक्सप्लोर गरिरह्यौ।

    मेरो मित्र रामको तिमी सिता थियौ,
    महाभारतमा अर्जुनको सारथी कृष्ण झै
    राम, प्रमिस र मानवको जिवन-यात्रामा
    तिमी बढो बलियो र गर्विलो सारथी थियौ।

    निस्ठुरी दैवले
    राम-प्रमिस र मानवबाट यतिचाँडै
    यसरी हरेर लैजान सक्छ भन्ने
    किन्चित संकेत मात्रै हुँदो हो त
    आज हामीहरु
    तिमीलाई अल्पायुमा अन्तिम बिदाई गर्न
    किन बाध्य हुन्थ्यौ होला र?

    जन्मेपछी सबैले मर्नु पर्छ एक दिन
    ढिलो-चाँडो र अघी-पछी मात्रै हो
    तर तिमी करेन्टको झड्का झैं
    निमेश भरमै बिलुप हुन पुग्यौ
    सबैबाट अचानक बिदा लियौ।

    लाग्छ- जिवनको अर्थ राम्रो बुझेकी थियौ-
    त्यसैले सामाजिक कर्ममा पनि सक्रिय बन्यौ
    केही गरेर देखाउने हुटहुटी थियो तिमीमा
    त्यसैले तिमी जिवनभर
    कहिल्यै थाकेनौ! कहिल्यै गलेनौ।
    कहिं कतै किंचित डगमगाएनौ
    प्रमिला- तिमीले बास्तवमा
    एक सार्थक जिवन बाँचेर गयौं।

    अलबिदा प्रमिला!
    तिम्रो प्रेम-तिम्रो प्रतिज्ञा,
    र तिम्रो प्रयासलाई सलाम छ।
    तिम्रो निष्ठा, तिम्रो साहास
    र तिम्रो संघर्षलाई सम्मान छ।

    मे ८,२०२३

  • अमेरिकाको बोस्टनमा २५६७ औं बुद्ध जयन्ति मनाइयो

    अमेरिकाको बोस्टनमा २५६७ औं बुद्ध जयन्ति मनाइयो

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा शान्तिका अग्रदूत मानिने शिद्धार्थ गौतम बुद्धको २५६७ औं जन्म जयन्ति मनाइएको छ। यस वर्ष गत बैशाख २२ गते शुक्रवारका दिन २५६७ औं बुद्ध जयन्ती परेको थियो। यसै अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी बैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धको स्मरण गर्दै ग्रेटर बोस्टन न्यू इंग्लैण्डबासी नेपाली समुदायले बुद्ध जयन्ति मनाएका हुन्। यस अवसरमा गत मे १३ तारिख शनिवारका दिन पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड (प्याब्फोन-PABFONE) र ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)ले, ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street,Braintree) स्थित प्याब्फोन(PABFONE)को आफ्नै सामुदायिक भवनमा संयुक्त रुपमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो।

    कार्यक्रम तालिका अनुसार गुरु समन्त श्रीरत्न बज्राचार्यले बुद्धधर्मको विधि अनुसार बुद्ध पूजा गर्नुका साथै मन्त्र ध्यान गरेका थिए। धार्मिक विधि र प्रक्रिया अनुसार पूजा,ध्यान, पाठ, जप आदि गरिसकेपछि लामा धिर गुरुङले बुद्धका दिव्य ज्ञान तथा वचनहरु, उपदेशहरु र बुद्धका योगदानहरुमा केन्द्रित रहेर बुद्धधर्मका बारेमा प्रवचन दिएका थिए। यसैगरी, बुद्ध धर्मका जानकार तथा भिक्षु कोन्चोक लामा शोनामले पनि शाक्य मुनी गौतम बुद्ध तथा बौध्दधर्मका बारेमा चर्चा परिचर्चा गरेका थिए। यसै अवसरमा, प्याब्फोन(PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम मूल आयोजक समिति’का संयोजक प्रल्हाद केसीले यही आउदो मे २७ देखि ३० तारिखसम्म हुने ४ दिने बृहत धार्मिक तथा सामुदायिक कार्यक्रमका बारेमा प्रकाश पारेका थिए। उनले कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाली समुदायलाई चुले निम्तो दिदै कार्यक्रम उत्सवका रुपमा मनाउन अनुरोध गरेका थिए। कार्यक्रममा प्याब्फोन(PABFONE)का बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशिल पौडेल, जिबिएनसि(GBNC)की अध्यक्ष अञ्जु थापालगायतले कार्यक्रमको औचित्य, महत्व, सान्दर्भिकता र सामुदायिक सहभागिताका बारेमा प्रष्टिकरण दिदै आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा सहभागीहरुले भगवान बुद्धको ध्यान, जप, पूजा, पाठ तथा आराधना गरेका थिए। उनीहरुले गुरु तथा वक्ताहरुले बुद्ध र बौध्दधर्मका बारेमा व्यक्त गरेका अमूल्य वचनहरु श्रवण गर्नुका साथै विश्व शान्तिको कामना गर्दै एक आपसमा शुभकामना समेत आदानप्रदान गरेका थिए। प्याब्फोन(PABFONE)को कार्यसमितिकी उपाध्यक्ष एलिना श्रेष्ठले संयोजनकारी भूमिका निर्वाह गरेको कार्यक्रममा जिबिएनसि(GBNC)की अध्यक्ष अन्जु थापाको नेतृत्वको टोलीले, प्याब्फोन(PABFONE) भवन परिसरभित्रै प्रसाद(खिर,सेलरोटी,पुरी,चिया आदि) पकाएर भक्तजनहरुलाई खुवाएको थियो।
    कार्यक्रमका बारेमा जानकारी दिदै संस्थाका बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मिलन गुरुङले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। संस्थाको आफ्नै भवनमा पहिलो पटक मनाइएको बुद्ध जयन्ती अन्तर्गत गरिएका धार्मिक तथा प्रवचन कार्यक्रमले सहभागीहरुलाई जीवन उपयोगी अमूल्य सकारात्मक सन्देश दिन सफल भएको उनले जिकीर गरे।

    नेपाली पहिचान र नेपालीत्वका लागि विविध धार्मिक तथा सामाजिक कार्यहरु गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको प्याब्फोन(PABFONE)ले, स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जस अनुसार उक्त समुदायिक भवनमा अहिले भगवान शिवको मूर्तिसहित पशुपतिनाथ मन्दिर र भगवान बुद्धको मूर्तिसहित स्तूपा निर्माण गरिएको छ। संस्थाले भवनमा स्थापित भगवान शिव तथा बुद्धलगायत अन्य देवी देवताहरुको मूर्तिहरुमा प्राण प्रतिष्ठा गर्ने तथा सामुदायिक भवनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ। यही मे २७ देखि ३० तारिखसम्म विविध धार्मिक तथा सामाजिक क्रियाकलापहरु हुने यस कार्यक्रमलाई उत्सवका रुपमा मनाउदै सफलतापूर्वक सम्पन्न गर्न यतिबेला आयोजक अहोरात्र खटिरहेको छ। र, तयारीलाई प्राथमिकताका साथ तिब्रता दिइरहेको छ।आयोजकले यस अवसरलाई उत्सवका रुपमा मनाउने उद्देश्यले सक्रिय सहभागिताका लागि सम्पूर्ण नेपाली समुदायलाई चुले निम्तो समेत दिएको छ।

  • एनआरएनएको सदस्यता विस्तार अभियान कार्यक्रम बोस्टनमा

    एनआरएनएको सदस्यता विस्तार अभियान कार्यक्रम बोस्टनमा

    सुपेन्द्र बस्नेत, बोस्टन

    अमेरिकाको बोस्टन सहरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले संस्थाको सदस्यता विस्तार अभियान कार्यक्रम गरेको छ। पुराना सदस्यहरुको सदस्यता नवीकरण गर्न र नयाँलाई सदस्य बन्न उत्प्रेरित गर्ने तथा संस्थाले यसवर्षदेखि प्रयोगमा ल्याएको स्मार्ट सदस्यताका बारेमा जानकारी दिने मुख्य उद्देश्यले एनआरएनए मासाच्युसेट्स च्याप्टरले आयोजना गरेको कार्यक्रम, गत अप्रिल २३ तारिख आइतवारका दिन गरिएको हो।

    यतिबेला संस्थाको अधिवेशन नजिकिदै गरेकाले एनआरएनए राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले उपाध्यक्ष दिलुराम पराजुलीको नेतृत्वमा अमेरिकाभर सदस्यता विस्तार गर्ने अभियानलाई तीव्रता दिइरहेको छ ।
    मासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङको अध्यक्षता तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्, अमेरिकाज क्षेत्रकी महिला संयोजक तृष्णा काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    प्रमुख अतिथि काफ्लेले संस्थामा गुट–उपगुट भएका कारण संस्था गम्भीर समस्यामा परिरहेको बताउदै उक्त समस्याबाट संस्थालाई मुक्ति दिलाउन सबै एकजुट भएर गुट–उपगुटको अन्त्य गर्नुपर्ने बताइन्। संस्था भित्र हुने राजनितिक नै समस्याको मूल जड भएको उनको ठम्याइ थियो। ‘हामी मुखले संस्थाभित्र राजनीति गर्नु हुन्न भन्छौँ। तर, मनमा चाहिँ हुन्छ। मनबाट पनि राजनीतिलाई फाल्नु पर्दछ।’ भन्दै प्रमुख अतिथि काफ्लेले संस्थामा राजनितिलाई प्रशय दिन नहुनेमा जोड दिइन्।

    कार्यक्रमका अतिथि तथा एनआरएनए राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जिबी पन्थले संस्थाले सम्पन्न गरेका क्रियाकलापहरु र प्राप्त उपलब्धिहरुका बारेमा जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी हुने महाधिवेशन एकताको महाधिवेशन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘अब हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ। त्यसैले एकताको सन्देश दिन चाहन्छु। विभाजित नहौं। सबैले आ–आफ्नो कमिकमजोरीहरु सच्याएर एकताको महाधिवेशनमा जोडिन अनुरोध गर्दछु।’

    कार्यक्रममा एनआरएनए(NRNA) राष्ट्रिय समन्वय परिषद, अमेरकाका उपाध्यक्ष तथा सदस्यता बिस्तार अभियानका प्रमुख दिलुराम पराजुलीले कार्यक्रमको औचित्य र सदस्यताको महत्वका बारेमा प्रकाश पारेका थिए। ढिलो नगरी संस्थाको स्मार्ट सदस्यता लिन सबैलाई अनुरोध गर्दै उनले भने, ‘ खुशीको कुरा स्मार्ट एनआरएनए(NRNA) बनाउने अभियानले सार्थकता पाएको छ। यो अत्यन्त सुरक्षित छ। विश्वस्त रहेर आफू सदस्य बनी आफ्नो परिवार, साथी भाइ, छरछिमेकीहरुलाई पनि सदस्य बनाउन अनुरोध गर्दछु।’

    कार्यक्रममा एनआरएनए(NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत गठित नागरिकता समितिका सदस्य रुद्र अर्याल, एनआरएनए (NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष गोपेन्द्र राज भट्टराई, संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे, प्रवासी नेपाली मञ्च(प्रनेम), अमेरिकाका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश ओली र एनआरएनए(NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाकी महिला संयोजक सुन्दरी गुरुङले कार्यक्रममा सम्बोधन गरेका थिए। वक्ताहरुले गैर आवासीय नेपालीहरुको सामूहिक मुद्दाहरुलाई संबोधन गराउन, संस्थामा देखा परेका समस्याहरु समाधान गर्न, सदस्यहरुको हित गर्न र संस्थाको गरिमा बढाउन सबै एकजुट भएर अघि बढ्नु परेमा जोड दिएका थिए।

    मासाच्युसेट्स च्याप्टरका सचिव प्रचण्ड श्रेष्ठले सञ्चान गरेको कार्यक्रमा संस्थाका उपाध्यक्ष राजु(खुम)गुरङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अन्तमा, मासाच्युसेट्स च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष प्रेम तामाङले कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु र सहभागीहरुलाई धन्यवाद दिदै आगामी दिनमा एकबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरेका थिए।

    कार्यक्रममा नेपाली नयाँ वर्ष २०८० को शुभकामनासमेत आदानप्रदान गरिएको थियो।

  • गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता अभिवृद्धि कार्यक्रमको प्रभावकारिता

    गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता अभिवृद्धि कार्यक्रमको प्रभावकारिता

    बिष्णु सिंह ‘बैजु’ (आजीवन सदस्य )

    कुनै पनि मानव, पशुपन्छी, किरा फ़ट्याङ्ग्रा कुनै न कुनै अन्य बस्तु, सेवा, सुबिधा, लाभ, मनोरंजन इत्यादि प्राप्त हुने आशाले कुनै संस्था, बस्तु, स्थान, प्रकृतिसंग आकर्षित हुने गर्दछन । जस्तो: रंगीचंगी फुलहरुले आफ्नो सुगन्ध फैलाएर माहुरीलाई आफूतर्फ आकर्षित गर्दछन। नेपालका सुन्दर हिमाल, झर्ना, ताल, पशुपन्छी, कला संस्कृतिले बिदेशी पर्यटकलाई आकर्षित गर्दछ। मिठो गीत संगीतले श्रोतालाई आकर्षित गर्दछ। त्यस्तै बुढखाडाहरुबाट वाक्क दिक्क भएका नेपालीहरु अहिले युवाहरुको आकर्षणले राष्ट्रिय स्वन्तन्त्र पार्टिमा स्वतस्फुर्तरुपमा सदस्यता लिईरहेका छन। त्यसैले भन्न सकिन्छ कि आफूतर्फ आकर्षित गर्नेले आफुमा केही न केही गुण निहीत गरेको हुन्छ।

    गैर आवासीय नेपाली संघ (एन आर एन) अन्तराष्ट्रिय, राष्ट्रिय र राज्य तिन तहमा विभाजित छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले अमेरिकामा रहेका नेपालीहरुलाई आफूप्रति आकर्षित गरि आफ्नो सदस्य संख्या बढाउन प्रयत्न गरेको छ। त्यसैका लागि अहिले प्रत्येक राज्यमा सदस्यता अभिबृद्धि कार्यक्रम गर्न बरिष्ठ उपाध्यक्ष कृष्ण जीवि पन्थ, मेम्बरशिप ड्राईभ चियर (उपाधक्ष्य) दिलु पराजुली, उपाध्यक्ष गोपेंद्र भट्टराई लगायत अन्य पदाधिकारीहरु देश दौडाहामा छन।

    “जब भर्यो राति अनि बुढि ताँति” भन्ने उखान चरितार्थ गर्ने एनआरएनएको सदस्यता अभिबृद्धि कार्यक्रम हरेक दुई-दुई बर्षमा ठिक चुनाव ताका गरिन्छ। अरुबेला को, को हुन् र कहाँ छन केही सिमितलाइ बाहेक, अरु सदस्यहरुलाई थाहा हुदैन।

    यसै सन्दर्भमा गत अप्रिल १५ मा गैर आवाशीय नेपाली संघ (एनआरएनए) अमेरिकाले न्युयोर्कमा आफ्नो न्युयोर्क च्याप्टर मार्फत सदस्यता अभिबृद्धिको लागि एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। यो कार्यक्रम आगामी जुलाईमा २०२३-२५ कार्यकालको लागि हुने निर्वाचनलाई लक्षित गरि गरिएको हो। एनआरएनएको नयाँ सदस्यता लिने म्याद मे १५, २०२३ सम्म तोकिएको छ।

    न्युयोर्क च्याप्टरमा को को पदाधिकारी छन, कहिले आए र कहिले तिनको म्याद सकिदैछं, त्यही न्युयोर्कका सदस्यहरुलाई जानकारी छैन। यसको मुख्य कारण सोच बिचार नगरी पद ओगटन पदमा आउने च्याप्टरका पदाधिकारीले गर्दा उनीहरुलाई सदस्यहरुले चिन्दैनन्। अनि केही गर्न नसकेपछि सदस्यहरुले उनीहरुलाई चिन्ने अवसर नै भएन। यस्तै रोग गैर आवाशीय नेपाली संघ अमेरिकामा पनि छ।

    एक ८२ बर्षीय बृद्धको मुख्य आतिथियमा अन्तरक्रिया कार्यक्रम न्युयोर्क च्याप्टरले संचालन गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि एन आर एन का संरक्षक खगेन्द्र जिसी, अतिथि आनन्द बिष्ट, आई सिसी सदस्य संजिव श्रेष्ठ, बिस्वराज बास्तोला, दुर्गेश जंग कार्की, बिकास उप्रेती,रामहरि जोशी, मृदुला कोइराला अनि गोर्खा समाज, दर्शन ठकुरी समाज, पर्वत समाज, शेर्पासंघ, तामाङ्ग संघ यस्तै बिभिन्न जातिय, संघ सस्थाबाट आएका केहि व्यक्तिहरुको उपस्थिति थियो। तर “नेपालको लागि नेपाली भन्ने” नारा बोकेको एनआरएनएमा नेपालको लागि आवाज उठाउने नेपालीलाई आवस्यक ठानिएको थिएन। तिनको आशंन ग्रहण हुने कुरो नै भएन।

    एन आर एन अमेरिकाले अप्रिल १५ मा कार्यक्रम गरेको सत्यनारायण मन्दिरको हलमा अप्रिल १४ मा ४८ वटा जात जातिका संघ संस्थाहरुले संयुक्त नयाबर्ष २०८० शुभकामना आदान-प्रदान कार्यक्रम गरेका थिए। जसमा दुई दर्जन मिडियाले स्पोन्सर गरेको भनिएको थियो। तर कार्यक्रम हुदा मुश्किले ४० जना देखिए । अझ अच्चम्म लाग्ने कुरो त ४८ सस्था मध्यका एक जीपी फ़ाउण्डेशन उपस्थित नै भएको थिएन। बरु सोही समयमा नजिकै अर्को स्थानमा फ़ाउण्डेशनले आफ्नो छुट्टै कार्यक्रम गरि ४८को कार्यक्रमलाई काउण्टर दिएको थियो।

    आईसिसि, एन सी सीदेखि च्याप्टरसम्म सबैको आ-आफ्नो गुनासो:
    नेपालमा बिभिन्न पार्टीहरुको संयुक्त गठबन्धन सरकार बने झैँ अहिले एन आर एन अन्तराष्ट्रिय संघ, काठमाण्डौंमा पनि गैर आवासीय भनाउँदाले पनि बिभिन्न पार्टीकै प्रतिनिधित्व गर्दै गठबन्धन कार्य समिति बनाएका छन र तिन संयुक्त अध्यक्षहरु बनेका छन। त्यहाँ सिमित गुटका व्यक्तिको बोलबाला चल्ने र अरु चुनिएर गएका सदस्यहरुको अवहेलना हुने तथ्य आईसिसि सदस्य संजीव श्रेष्ठले कार्यक्रममा व्यक्त गरे। उनलाई मिटिङ्गमा समेत नडाक्ने र डाकिहाले पनि ८ -९ घण्टा पछि बल्ल छोटो समय दिएर बोल्न दिने गरेको बताए।

    एनसिसिका बिभिन्न बक्ताहरुले बोल्दा पनि चुनाव ताका हुने बिभिन्न धाँधली, पैसा दिएर वा आफैले सदस्य शुल्क तिरेर सदस्य बनाउने र आफ़्नो पक्षमा मतदान गर्न लगाउने बारे बताए। साथै कार्यक्रमको लागि आवश्यक खर्च नगरिने तर बिना कामको फजुल खर्च गर्ने बारे पनि गुनासो सुनियो।

    कार्यक्रम आयोजक न्युयोर्क च्याप्टरका सभापतिले पनि कार्यक्रम समापन गर्दा केन्द्रले बजेट नदिने अनि आर्थिक अभावले केही गर्न नसकिएको गुनासो पोखे। सानोतिनो कार्यक्रम गर्न फ़ण्डरेज पनि गर्न नजान्नेले एन आर एनको नेतृत्व गर्नु त “नाच्न न नजान्नेलाइ आगन टेड़ो” भन्ने उखान चरितार्थ भयो। २०२० साल ताका कोभिडको महामारी चल्दा त्यतिबेलाका न्युयोर्क च्याप्टर सभापति रामहरी अधिकारी आफुले सक्दो औषधि र फलफुल लिएर बिरामी सदस्यहरुको ढोका ढोकामा पुगेको उदाहरण एक आजीवन सदस्यले (यो लेखक) बताए। त्यसैले “खाने मुखलाई जुंगाले छेक्दैन” त्यसैले एन आर एनको नेतृत्व गर्न काम गर्ने क्षमता र जाँगर दुवै चाहिन्छ। पद ओगटनको लागि पदमा जाने होईन।

    नेपालको लागि बोल्ने नेपालीले बोल्दा प्रशंगवस जनसम्पर्क समितिको कुरो बोल्दा न्युयोर्क च्याप्टरका सभापतिले लौ माईकको लाइन काटिदिनु भन्न पछि परेका थिएनन। तर पछि त जनसम्पर्क समितिकै आनन्द बिष्टलाई बोल्न अनुरोध गरे। अनि उनले लामो भाषण गर्दै बिदेशी नागरिकता लिएको रविको एकै दिनमा नेपाली नागरिकता पाउने । तर उनले ग्रिनकार्ड छोडेर तिन महिना कुर्नुपर्ने तर्कसंगत नभएको ब्याख्या गरिदिए। उनलाई कुनै दवाब नदिएर न्युयोर्क च्याप्टरका सभापतिले बोल्न दिई नै रहे। त्यस्तै अरु ठुलाले बोल्दा पनि समयको कुनै पावन्दी थिएन। यसबाट के बुझियो भने च्यप्टरकाले सिर्फ चाकडी देखाउन जानेका रहेछन।

    नेपालको संबिधान २०७२ को भाग २, धारा १४ मा दक्षिण एशिया बाहेकको बिदेशी मुलुकको नागरिकता लिएको नेपालीलाई संघीय कानुन बमोजिम सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सहितको नागरिकता दिने सकिने व्यवस्था छ। तर दिने पर्छ भन्ने बाध्यता छैन। त्यस्तै संविधानको कुनै धारा संशोधन गर्नुपर्ने भए सम्बिधानको भाग ३१, उपधारा २ बमोजिम संसद्को कुनै समितिमा प्रस्ताव प्रेश गर्न सकिन्छ। एन आर एनका संरक्षक खगेन्द्र जिसी नेपाल सरकारको परराष्ट्र मन्त्रालय र एन आर एनबीच सयोजन गर्ने कार्यमा नियुक्त छन। तर उनले संबिधानमा भएको व्यवस्था अनुरुप परराष्ट्र मन्त्रालय मार्फत के कार्य गरे भनि यो लेखकले प्रश्न गर्दा उनले केही जवाफ दिएनन। बरु उनि त अमेरिकाको नागरिकता र नपालको पनि बंशजको नागरिकता हुनुपर्ने भन्ने अडानमा छन। सपना देखेर मात्र त भएन नि ! साकार पार्नलाइ समय , परिस्थिति मिल्नु पर्यो र केही गर्नु पनि सक्नु पर्यो नि।

    मेम्बरशिप ड्राईभ चियर (उपाधक्ष्य) दिलु पराजुलीले त आफुलाई दिएको जिम्मेवारी बहन गर्न हरसम्भव सदस्यता अभिबृद्धि कार्यक्रमको औचित्य पुष्टि गर्ने भईहाले। र उनले बिभिन्न तर्कका साथ् पुष्टि गरे पनि।

    सुझाव :

    भ्रष्टाचारीहरुले कब्जा जमाएको ललिता निवासको सरकारी जग्गामा एन आर एन आइसिसिको भवन ठडिनु नै नेपाली जनताको आखामा एन आर एन कसिंगर बनेको छ। ललिता निवासको सरकारी जग्गा हडप्ने बिरुध्ध अख्तियार अनुसन्धान आयोगको मुद्दा चलिरहेको छ। एन आर एन ए ले सो भवनमा नेपाल सरकार र अन्य दात्रि संस्थासंग मिलेर सर्वसाधारण नेपालीको लागि एक आधुनिक निशुल्क अस्पताल बनाई बार्षिक बजेट नियमित दिन सके एन आर एन को “नेपालको लागि नेपालि भन्ने नारा ” सफल हुन्छ। अनि एन आर एन को सम्मान नेपाली जनतामा स्वत बढेर जानेछ। एन आर एन ले अनावस्यक खर्च गरेर काठमाण्डुमा कार्यालय राख्नु कुनै औचित्य छैन। अनि एन आर एन अमेरिकाले यस्ता आलुपाणे सदस्यता अभिबृधि कार्यक्रम गर्नुपर्ने जरुरत पर्दैन। एन आर एन लाई खोजि खोजि यसको सदस्य बन्न गैर आवाशियहरु लालायित हुनेछन।

    एक सफल सदस्यता अभिबृधि कार्यक्रमले लक्षित समुदायलाइ आकर्षित गरि नया सदस्य बनाउन सक्छ। त्यस्तै भईरहेका सदस्यहरुको संस्था भक्ति, आस्था बिस्वास जगाउन सक्छ, र तिनैको सिफारिसमा भविष्यमा नया सदस्यहरु संस्थामा जोडिन आउछन। तर यो तथ्यलाई सदस्यता अभिबृधि कार्यक्रम गर्नेहरुले बुझेको जस्तो देखिएन। बिभिन्न जात जात्तिका समुदायको आ-आफ्ना गुठि भोज भत्तेर, स्वार्थ, मान्यता हुन्छन। अनि ति जातिय संस्थामा पनि गुट उपगुट देखिन्छ। त्यसैले हेर्नोस पहिले एक नेवा गुठि थियो। अहिले त्यो कतिवटा भयो थाहा छैन। अनि आफ्नो स्वार्थ र फाईदाको लागि एनजीओ खोलि बसेकालाइ लक्षित गरि सदस्यता अभिबृधि कार्यक्रम गर्न बिना क्षमताका पद मात्र ओगटि बसेका न्युयोर्क च्याप्टर मार्फत गरिनुले सदस्यता अभिबृधि कार्यक्रमको कुनै प्रभावकारिता देखिएन।

  • किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न

    किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न

    न्युयोर्क

    किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशनले आगामी ( २०२३- २०२५ ) २ बर्षे कार्यकालको निमित्त दिपक थेबे लिम्बुको नेतृत्वमा २६ सदस्यीय कार्य समिति चयन गरेको छ । आज सम्पन्न भएको महाधिवेशनको खुलासत्र निवर्तमान अध्यक्ष सुमन थाम्सुहाङले अध्यक्षता गरेका थिए भने महासचिव सुर्य लिङ्देनले चुम्लुङको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यक्रम संचालन गरेका थिए ।कार्यक्रममा हालै मात्र पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका सहिद लाजेहाङ लिम्बु उर्फ पदम लिम्बुको फोटोमा माल्यार्पण गरीएको थियो । कार्यक्रममा लोक चेम्जोङ, पुर्ण थेबे, दिपेश खाम्बेक र देबेन्द्र सम्बाहाङ्फेले पहिचानको मुद्धामा चुम्लुङ अमेरिकाले खेल्ने महत्वपूर्ण भूमिकाको बारेमा आफ्नो भनाई राखेका थिए । मुनिन्द्र नेम्बाङ प्रमुख दिपेश लिम्बु र वीरेन्द्र लाबुङ सदस्य रहेको निर्वाचन समितिले निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरी सफल कार्यकालको शुभकामना दिएका थिए ।

    चुम्लुङको नयाँ कार्य समितिमा अध्यक्ष दिपक थेबे, बरिष्ठ उपाध्यक्ष सरोज थाङ्देन, उपाध्यक्षहरु बिबस माङ्मु ( म्यासाचुसेट्स ), निलम जबेगु ( न्युयोर्क ), पुर्ण कुबेर थक्लुङ ( मेरील्याण्ड ), महासचिव बिमल चेम्जोङ, सह- सचिवहरु बन्दना तुम्बाहाङ्फे, घनेन्द्र माबो ( मेरील्याण्ड ) र कोषाध्यक्ष निर्मला कन्दङ्वा चोङ्बाङ, सहकोषाध्यक्ष जीवन खजुम चयन भएका छन् त्यस्तै सदस्यहरु क्रमश दिक्षा जबेगु ( न्युजर्सी ), सागर हाङसरुम्बा, केपी शेर्मा, निरु थेबे ( न्युजर्सी ), नविना मादेन, धन योङहाङ, सन्तोष लाबुङ, सरस्वती कन्दङ्वा, सजना लिम्बु, सुर्य थेबे ( मेरील्याण्ड ), किर्तन लिम्बु ( मेरील्याण्ड ), सोनिया फागो यकयक ( मेरील्याण्ड ), सुरेन्द्र थेगिम ( ओहायो ), त्रिमेन माबो ( मेरील्याण्ड ), बिपिन बिक्रम नेम्बाङ ( भर्जिन्या ) र साबि लिङ्देन (न्युयोर्क) लाई चयन गरेको छ ।

  • सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय

    सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय

    सुपेन्द्र बस्नेत, बोष्टन

    नेपाली पात्रो अनुसार नयाँ वर्ष २०८० साल प्रारम्भ हुन अब केही दिन मात्र बाँकी छ। नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरु पनि नयाँ वर्षलाई उत्साह र उमङ्गका साथ मनाउदै नयाँ साललाई स्वागत गर्ने तयारीमा छन्। यसै सन्दर्भमा अमेरिकाको मासाचुसेट्स राज्यको ऐतिहासिक सहर बोस्टनमा रहेका नेपालीहरुले पनि नेपाली साँगीतिक माहोलमा नयाँ वर्ष मनाउदै २०८० साललाई स्वागत गर्ने तयारी गरिरहेका छन्।यस अवसरमा बोस्टन स्थित नेपाली समुदायको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय (जिबीएनसी-GBNC)’ले नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते तदनुसार अप्रिल १४ तारिख सुक्रवार साँझ साँगीतिक कार्यक्रम ‘बैशाखी साँझ -२०८०’ को आयोजना गरेको छ। संस्थाले गर्ने आफ्नो प्रमुख वार्षिक क्रियाकलापहरुको तालिका अनुसार नै ‘बैशाखी साँझ -२०८०’ को आयोजना गरिएको हो। जसलाई संस्थाले लामो समयदेखि निरन्तरता दिदै आइरहेको छ।

    नेपाल र नेपालीप्रतिको आत्मीय सामिप्यता दर्शाउदै र नेपाली साँगीतिक माहोलमा रमाउदै एक आपसमा शुभकामना आदानप्रदान गर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रम,
    बोस्टन सहरको 400 Cardinal Medeiros Avenue, Cambridge मा हुदैछ। साँझ ५ बजेदेखि राती साँडे ११ बजेसम्म सञ्चान हुने यस कार्यक्रमको मुख्य आकर्षकका रुपमा, नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक ‘प्रकाश सपुत’ रहने आयोजकले जनाएको छ।

    कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष अन्जु थापाका अनुसार
    सपूतलाई ‘बैशाखी साँझ-२०८०’ मा विशेष अतिथिका रुपमा निम्त्याइएको छ। र, कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु गाउदै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउने छन्। उनले भनिन्, ‘यस पटकको बैशाखी साँझको विशेष अतिथिका रुपमा, चर्चित गायक प्रकाश सपुत हुने छन्। उनले नेपाली साँगीतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै विशेष अतिथिका रुपमा निम्त्याएका छौं। जो बोस्टनवासी नेपाली समुदायको मनोभावना अनुसारकै निर्णय हो।’ अध्यक्ष थापाले भनिन् , ‘आसा छ, कार्यक्रमले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाउनुका साथै सपूतले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको पनि कदर हुनेछ।’

    यस कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुदै आफ्ना चर्चित साँगीतिक कोसेलीहरु पस्कने तयारीमा रहेका सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष भव्य र सभ्य रुपमा मनाउन बोस्टनवासी नेपाली समुदाय निकै आतुर रहेका छन्।

    पछिल्लो समय मार्मिक सन्देशसहित भरपूर मनोरञ्जन दिलाउने सपूतका गीतहरु – मायाको मुखैमा चिनी…, किन सर्छेउ पर…आउन वर वर, हे जोतिसेले तिम्रै हुने भने अहिले… (तीज गित), गलबन्दी च्यातियो तिम्ले तानेर…
    बोल माया …, बदला बरिलै…, मेरो पनि हैन र यो देश…, ‘कुरा बुज्न पर्च… ,पीर …निकै चर्चामा रहेका छन्।

    कार्यक्रम आयोजक संस्था जिबिएनसि(GBNC)का वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्दिप भट्टराईले दिएको जानकारी अनुसार, कार्यक्रममा स्थानीय नेपाली
    कलाकारहरु बिराज गुरुङ, संयक अधिकारी, पूजा घिमिरे, राज लामा, निरज खत्री, नित्य शर्मा, सोनाली राभण्डारी, सुदा गुरुङ, रोनिशीका थापा लगायतले पनि आ-आफ्नो साँगीतिक कोशेली पस्कने तयारी गरिरहेका छन् भने, डिजे मुकुन्द र डिजे डिले कार्यक्रमलाई थप रौनक र मनोरञ्जनात्मक बनाउन महत्वपूर्ण योगदान गर्ने भएका छन्।
    उनका अनुसार कार्यक्रमको तयारी लगभग पुरा भैसकेको छ। ४ सय वटा टिकट बिक्री गर्ने लक्ष्य राखिए अनुसार नै सम्पूर्ण टिकटहरु पनि बिक्री भैसकेको छ।
    कार्यक्रमलाई नेस्ट रियल स्टेट (NEST real estate) ले मुख्य प्रायोजन गरेको छ भने, सनसेट डेकोर (SUNSET Decor), जेनट्राभल डट कम(Zentravels .com) लगायतले पनि आर्थिक सहयोग रहेका छन्।
    कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न हुनेमा आयोजक विश्वस्त रहेको छ।

  • संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रमको प्रभावकारिता

    संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रमको प्रभावकारिता

    बिष्णु सिंह (बैजु)

    देशको सामाजिक आर्थिक कारणले राजनीतिक बिद्रोह हुन्छ। अनि राजनीतिक परिवर्तन भए लगतै सामाजिक आर्थिक परिवर्तनको लागि शिघ्र अगाडि बढ्नु जरुरी हुन्छ । नत्र राजनीतिक परिवर्तनको उपलब्धि शुन्य हुने र झनै बढी सामाजिक आर्थिक बिकृति र बिचलन बढ्ने हुन्छ। नेपालको सन्दर्भमा त्यस्तै भएको छ। २०४६ को परिवर्तनले केही सामाजिक आर्थिक परिवर्तन दिन सकेन। त्यसैले २०५२ फागुन १ मा राजतन्त्र हटाई गणतन्त्र स्थापना गर्ने उद्देस्यका साथ् माओबादीको जन्म भई बिद्रोह सुरु भयो। २०६३ मङ्सिर ५ मा बृहतर शान्ति सम्झौता गरि बिद्रोह टुङ्गियो। अनि जेठ १५, २०६५ मा राजतन्त्र हटेपछि भाद्र २, २०६५ बहुमतले प्रचण्ड प्रधानमन्त्री बने। अनि अर्थमन्त्रि बाबुराम बन्न पुगे। बिद्रोह र क्रान्ति गरि आएका नेताहरुबाट जनताले ठुलो सामाजिक आर्थिक परिवर्तनको आशा र भरोशा गरेका थिए। त्यतिबेला यिनले न्युनतम प्राथमिकता र न्युनतम सामाजिक आर्थिक परिवर्तनमा ध्यान दिनुको सट्टा सेनापति कटुवाल हटाउन प्राथमिकता दिदा नौ महिनामै प्रधानमन्त्री खुस्किन पुगे, र जनता निराश हुनु स्वाभाविक भयो। साथै राष्ट्रपतिले पनि आफ्नो सिमा नाघी प्रधानमन्त्रीको सिफारिसलाई लत्याईदिदा त्यो चलन राष्ट्रपति भण्डारी सम्म आईपुग्यो। सरकार सधै अस्थिर भएर जनताको सामाजिक आर्थिक परिवर्तनमा निकै ठुलो कुठाराघात भई हाल देश निकै ठुलो आर्थिक संकटमा देखिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारले तिन महिनाअघि संयुक्त सरकारको साझा कार्यक्रम प्रस्तुत गरेको थियो। तर गत चैत्र २३, २०२३ मा दोस्रो साझा कार्यक्रम प्रस्तुत गरिएको छ। यसरी एउटै नेतृत्वले तिन महिना भित्रै अर्को साझा कार्यक्रम प्रस्तुत गर्नुको मुख्य कारण भनेको संयुक्त सरकारको साझेदारहरु फेरिनु नै हो भन्ने स्पष्ट बुझ्न सकिन्छ। यद्यपि अहिले सरकारबाट बाहिरिएका एमालेले कार्यक्रमको बिरोध गरेको छ। तर अहिले सत्ता गठबन्धन फेरिएको छ। गत मंगसिर ४ को चुनावमा जनतालाई बिभिन्न कार्यक्रम देखाई जनतासंग भोट मागेको काग्रेसलाई जनताले पहिलो पार्टि बनाईदिए। प्रथम पार्टी बनेको नेपाली कांग्रेस अहिले सरकारको साझेदार बनेको अवस्थामा कांग्रेसले घोषणापत्रमा जनतासंग बाचा गरेको कुराहरु कार्यक्रममा समावेश नै नगरी सरकारमा जानुको कुनै औचित्य हुदैन। साथै अन्य आठ पार्टीहरु पनि गठबन्धन सरकारमा छन। तिनका पनि केही न केही कार्यक्रम आगामी पाच बर्ष भित्र गर्नु नै पर्छ। नत्र तिनलाई पनि अर्को चुनावमा जनतताले प्रश्न गर्ने नै छन। तसर्थ सबैलाई चित्त बुझ्ने गरि दश पार्टिहरुले आपसी छलफल गरि संबिधानमा स्थापना भएको व्यवस्था र बिगतमा संसदले घोषणा गरेको कुराहरुलाई समावेश गरि संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रम जारी गरिएको छ। तापनि एमाले गठबन्धनमा रहदाको धेरै सयुक्त कार्यक्रमहरुलाई निरन्तरता दिएको छ। यसको कारण हो नेपालको संबिधान सबै पार्टीहरुले समान रुपमा कार्यान्वन गर्नु अनिवार्य हुन्छ। संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रम बनेको हुनाले एमाले सरकारमा रहे पनि र नरहेपनि कार्यक्रमले निरन्तरता पाएको छ।

    उदाहरणको लागि जनआन्दोलनपछिको पुन:स्थापित एमाले लगायत सबै पार्टिहरुको संयुक्त संसदले २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यस्तै व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको थियो । कानूनमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको अधिकारकर्मीको भनाई छ । साथै नेपालमा दैनिक रुपमा जातीय भेदभाव सम्बन्धि घटना घटेको समाचार देश-बिदेशमा बस्ने सबै नेपाली र बिदेशीहरुले समेत पढिनै रहेकाछन। यसले सबै पार्टीहरु, समाज र देशलाई निकै लज्जास्पद, अपमानित, असभ्य र मानवअधिकारबिहींन राष्ट्र बनाएको छ।

    त्यसैले अहिले दशैँ पार्टिहरुले संयुक्त हस्ताक्षर गरि प्रकाशित यो साझा न्युनतम कार्यक्रमको प्राथमिकतामा समाजमा विद्यमान सबै प्रकारका जातिय, बर्गीय, क्षेत्रीय बिभेदहरु हटाई स्वतन्त्र एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने उल्लेख गरिएको छ।

    बिदेशमा बस्ने नेपाली नागरिकहरु सक्षम र चेतनशील छन भन्नेमा दुइमत छैन। त्यस्ता नेपाली नागरिकहरुले बिदेशमा श्रम गरी पठाएको
    रेमिट्यान्स नेपालको बिदेशी मुद्राको मुख्य आम्दानीको श्रोत बनेको छ। तर हालसम्म उनीहरु मतदान गर्ने आफ्नो सबैधानिक अधिकारबाट बन्चित छन। जसले गर्दा केही योगदान नभएका, सक्षमता नभएका, गलत व्यक्तिहरु दोह्रिएर चुनाव जिति आईरहेका छन। यदि बिदेशमा बस्ने नेपालीले मतदान गर्न पाए भने यो अवस्थामा परिवर्तन आउने छ।

    बिगत २०१२ देखि २०२२ सम्म, १० बर्षको भ्रष्टाचारको तथ्यांक हेर्ने हो भने नेपालको भ्रष्टाचार बर्षेनि बढेको छ। १८० भ्रष्टाचारी मुलुकहरु मध्ये नेपाल भ्रष्टाचारको ११० स्थानमा पर्दछ। मरेको सिनोलाई बिभिन्न जनावरहरुले लुछेको झैँ देश भ्रष्टाचारिहरुले लुछेर अब देश ठुलो ऋणमा डुबेको छ। सन् २०२१/२२ आर्थिक सर्वेक्षण अनुसार नेपालमा जन्मने बच्चाले जन्मदा नै टाउकोमा ६३,३१० रुपियाको रिण बोकेर जन्मन्छ। मानिस नांगो जन्मन्छ र नांगै यो धर्तीबाट बिदा हुन्छ भन्ने गलत साबित भएको छ। किनकि नेपालमा ऋण बोकेर जन्मन्छ र ऋण नतिरिकनै मरेर जान्छ।
    भ्रष्टाचारले देश थान्गथिलो भएको छ। त्यसैले भ्रष्टाचारलाई छानबिन गरि कडा कारवाही गर्ने पनि यी पार्टिहरुले प्राथमिकतामा राखेका छन।

    बिकास, निर्माण, उद्योग धन्दा, ब्यापार ओरालो लागेको छ। तर भ्रष्टाचारीहरुलाई समाएको, बिगो, दण्ड जरिवाना असुलउपर गरेको, जेल हालेको कहिले सुनिदैन। शिक्षामा लगानी गर्नु भनेको बेरोजगार हुन् लगानी गर्नु जस्तो भएको छ। त्यसैले अहिले नेपालका अधिकांस युवा-युवतीहरुलाई नेपालमा बस्न मन नलागी पलायन भईरहेका छन।

    नेपालीहरुले आफ्नो देशको नेपाली नागरिकता पाउन निकै कठिनाइ भोग्नु परेको छ । सरकारी कामकाजमा ढिलासुस्ती भई जनतालाई सास्ति भोग्नु परिरहेको छ। पारदर्शी नियम, कानुन, कार्यविधि बनाई सो अनुसार जनतालाई सुसुचित गरि सरकारले कार्य गर्नु पर्ने अनिवार्य छ। अनिमात्र जनताले सरकारी सेवा लिन सुबिधा हुनेछ।

    देशलाई आर्थिक कठिनाइ भएको बेला अनावस्यक पुरुस्कार र तक्मा दिनुको कुनै औचित्य छैन। त्यस्तै सरकारी खर्च एकदम अनियमित भएको छ। करोडौको सरकारी गाडिहरु, फर्निचर, अनेकौ सामानहरु प्रयोग नगरी थन्किरहेको छ। मन्त्रि आएपछि नयाँ गाडी, फर्निचर किन्ने र कमिशन खाने प्रचलन छ। यस्ता वाहियात खर्च कटौति गर्न एकदम जरुरि भएको छ। बिदेशी आयात नियन्त्रण गरि, स्वदेशी उत्पादन बढाउने र निर्यात प्रवर्धन गर्ने तर्फ जोडदिनु जरुरि छ।

    यी र यस्तै अनेकन सबिधान र देशको बर्तमान परिस्थितिले निर्देश गरेको बिषयहरुलाई दश पार्टिहरुले संयुक्त सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रम निर्धारण गरिएको छ। यो साझा कार्यक्रम पाँच बर्षसम्म निरन्तर आलोपालो हुने सबै प्रधानमन्त्रीहरुले निरन्तर चलाउन भन्ने जनताले अपेक्षा गरेको बुझिन्छ। अब पनि सत्ताको लागि कुकुरले तुर्तुरी झारेको जस्तो सरकार बन्ने जनताको नजरमा ति घृणाको पात्र मात्र हुनेछन। त्यसैले साझा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पार्टीहरुले साझा कार्यक्रममा लेखिए बमोजिम गठबन्धन्लाई सही सलामत राखी पाँच बर्षमा जनताको सामाजिक आर्थिक अवस्था परिवर्तन भएको महशुस गराउन सके मात्र यो कार्यक्रम कागजको खोष्टो नभई साच्चिकै कार्यक्रम रहेछ भन्ने जनताले महशुस गर्नेछन।

  • शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?

    शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?

    सरोज सिग्देल, टेक्सस

    सेयर बजारको राम्रो पक्षः यसले लगानी गर्ने र पैसा बनाउने अवसर दिन्छ । पैसा बन्न सकेन भने त्यसको कारण बजारमा नभइ आफैमा खोज्नु राम्रो हुन्छ । सामान्यतया माग तथा आपूर्तिले बजारको मूल्य निर्धारण गर्ने गर्दछ लगानीकर्ताहरु कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गर्दै बजारबाट मनग्य नाफा कमाउन चाहन्छन् यसैबीच हरेक गर्ता र विक्रेताबीच हुने घम्साघम्सी माटो नै सेयर बजारका धर्काहरु निर्धारण हुन थाल्छ तसर्थ शेयर बजार बन्द भएको अवस्थामा वाहेक कहिले पनि स्थिर हुन सक्दैन ।

    माग र आपूर्ति बजारमा आधारित तत्व भएतापनि यसमा नीति-नियमहरुले प्रभाव पारिरहेका हुन्छन् तसर्थ बजारको विषयमा कसैले पनि पूर्वानुमान गर्न सक्दैन, यदि कसैको अनुमान मिल्यो भने त्यो संयोग मात्र हो । यस्तो अनुमान पटक पटक मिल्न पनि सक्दैन । शेयर बजार स्थिर भएन र स्थिर बनाउन सरकारले केही यस्ता कदमहरू चालेन भन्ने गुनासा धेरैको मुखबाट सुनिन्छ । वास्तबमा जुन बजार स्थिर हुन सक्दैन त्यसलाई स्थिर बनाउन के कदम चाल्नु पर्यो र ? बरु केही त्यस्ता केही कदमहरु चाल्न सकिन्छ जसले शेयर बजारमा लागेका र लाग्ने सोच बनाएका व्याक्तिहरुलाई सजिलो होस्, सुबिधायुक्त होस् र बिकल्पहरुको छनौट गर्ने सुविधा होस् ।

    पूँजीबजार एक यस्तो बजार हो जसले कुनै लगानीकर्ताको जिन्दगी बदल्न सक्छ र लगानीकर्ताले साँचो सफलता तथा स्थायी सुखको महसुस तब गर्छन, जब उनीहरु शेयर बजार बारे केही सिकेर, बुझेर लगानी गर्दछन् । केही यस्ता कारकहरु छन् जसले शेयर बजारलाई अत्याधिक अस्थिर बनाई दिन्छ । सेयरको मूल्य घटेर तल आउँछ, त्यसबेला सोही रकमले बढी कित्ता सेयर किन्छ र गलत समयमा सेयर किन्दाको जोखिमलाई कम गरिरहेको हुन्छ ।
    शेयर बजारको धर्का तलमाथि पार्ने कारकहरू:

    आर्थिक तथा मौद्रिक नीतिहरु:

    आर्थिक तथा मौद्रिक नीतिहरु, जस्तै तरलता, ब्याज दर, मुद्रास्फीति र कुल ग्राहस्थ उत्पादन (जीडीपी) को वृद्धि आदिले शेयर बजारमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। यी कारकहरूमा भएको परिवर्तनले शेयर बजारमा सम्भावना र अनिश्चितता निम्त्याउछ फलतः शेयर बजारमा धेरै नै अस्थिरता आउछ । जस्तै गत बर्षदेखि देखिएको तरलता संकटका कारण ऋण पाउन मुस्किल, ब्याजदर बृद्धि, नियमाकीय बन्धन आदिले शेयरबजार तिव्र ओरालो लागेको कुरा भुल्न हुदैन ।

    कम्पनीहरूको वित्तीय अवस्था र इतिहास:

    कम्पनी सम्बन्धि निर्णयहरु सञ्चालक समितिले आवश्यकताअनुसार लगानीकर्ताहरूको हितमा नै गर्ने गर्दछन् तर कम्पनीहरूको कार्य सम्पादनले पनि शेयर बजारलाई असर गर्दछ । कम्पनीको ब्यवसाय, आय, ब्यय, व्यवस्थापन परिवर्तन र अन्य कम्पनी सम्बन्धित विशेष समाचारहरूले शेयर मूल्यमा उतार चढाव ल्याउछ । जस्तो कि हालै भारतमा भारतीय अर्बपति गौतम अडानीको अडानी ग्रुप माथि हिंडेनबर्गले लगाएका आरोपहरुका कारण पछिल्लो समय यो ग्रुपका लिस्टेड कम्पनीहरुको भ्यालुएसन आधा भन्दा धेरैले घटेको मात्र छैन कि भारतीय वित्तीय क्षेत्रमा उत्पन्न तरंगले विश्वमा भारतीय अर्थतन्त्रको ‘इमेज’ मा कुनै असर पर्दैन है भनेर भारतीय बित्त मन्त्री निर्मला सीतारमणले बताउनु परेको छ ।

    राजनैतिक परिवेशहरु:

    रोजगारी, अर्थतन्त्र, उद्योग , ब्यापार, जनताको जीवन स्तर, निर्यात, बिकाश, राजनीतिक घटनाक्रम र नीतिहरूले पनि शेयर बजारलाई असर गर्छ । सरकारी निति, नियम, निर्वाचन र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा भएको परिवर्तनले शेयर बजारमा अनिश्चितता, अस्थिरता र सम्भावना सिर्जना गर्छ । जस्तैः नयाँ सरकार बनेपछि आएका अर्थमन्त्रीका कारण लगानीकर्ताको मनोविज्ञानमा परिवर्तन देखिएको छ । त्यसैगरी केन्द्रिय बैंकका गर्भनरको शेयर बजार प्रतिको भाषा पनि फेरिएको छ ।

    बजार भावनाः

    लगानीकर्ताहरूको समग्र मूड र मनोवृत्तिले पनि शेयर बजारलाई असर गर्छ । कुनै कालखण्ड वा क्षण भरमा जब लगानीकर्ताहरू आशावादी हुन्छन्, शेयरको मुल्य बढ्छ, तर जब तिनीहरू निराशावादी हुन्छन्, तब शेयरको मुल्य घट्छ । जस्तै भारतीय अर्बपति गौतम अडानीको अडानी ग्रुप माथि हिंडेनबर्गले लगाएका आरोपहरु (जुन पुष्टी हुनै बाँकी छ) का कारण पछिल्लो समय यो ग्रुपका लिस्टेड कम्पनीहरुको भ्यालुएसन आधा भन्दा धेरैले घटेको छ ।

    लगानीकर्ताहरूको मनोबल:

    यो एउटा भनाइ छ, अर्थतन्त्रमा सुधार आउनु अगाडि नै सेयर बजार बढ्न सुरु गर्छ भने मन्दी आउनु अगाडी नै सेयर बजार घट्न सुरु गर्छ । कतिपय सिकाइहरु धेरै महँगो हुन्छ,लगानीकर्ताहरूको भावनाहरू जस्तै डर, लोभ र झुण्ड मानसिकताले शेयर बजारलाई असर गर्छ । यस्ता भावनाहरूले अत्यधिक प्रतिक्रिया र तर्कहीन व्यवहार निम्त्याउन सक्छ जसले शेयरको मुल्यमा उतारचढाव ल्याउछ । जस्तै शेयर बजार छिटो छिटो बढिरहेको बेला नयाँ नगानीकर्तालाई यस्तो लाग्दछ कि सबै भन्दा चाडै पैसा कमाउने ठाँउ शेयर बजार नै हो र उनीहरुमा यति धेरै लोभ उत्पन्न हुन्छ कि शेयरको सही मुल्य पाउदा पनि बेन्च सक्दैन् बरु ऋण लिएर खरिद गर्न हौसिन्छन् । त्यसैगरी बजार झर्दा पनि उनीहरु असाध्यै धेरै डर मान्छन् ।

    प्रतिकूल प्राकृतिक अवस्था:

    लगानी गर्ने या नगर्ने भन्ने विकल्प हुन सक्छन तर ऋण लिएर तिर्दिन भन्ने विकल्प हुन सक्दैन । आँधी, भूकम्प र महामारी जस्ता प्राकृतिक प्रकोपहरूले पनि शेयर बजारलाई असर गर्छ । तिनीहरूले आपूर्ति शृङ्खलाहरू अवरुद्ध गर्न सक्छन्, जसले गर्दा सुचिकृत कम्पनीहरूले आय गुमाउन सक्छन र शेयरको मुल्यमा कमी आउन सक्छ । यसको अर्को पाटो यस्तो प्राकृतिक प्रकोपमा अन्य आर्थिक गतिबिधीहरु ठप्प हुँदा सेयर बाजारलाई भने फाईदा मिलेको छ । जस्तो कि कोरोना महामारीमा अन्य आर्थिक गतिविधि ठप्प हुँदा सिर्जित पर्याप्त तरलताको कारण शेयर बजारमा प्रशस्त लगानीकर्ता थपिए, सहुलियत ऋण पाएको कारण शेयरको माग अत्याधिक बृद्धि भई शेयरको मुल्य बढ्यो ।

    मूल्य निर्धारण अनुमान:

    सबै लगानीकर्ताहरु आफैंमा पनि एक प्राविधिक र आधारभूत विश्लेषक पनि हुन् । लगानीकर्ताहरु जहिलेपनि आफैले स्वःअध्ययन वा बिष्लेषण विश्लेषण गरी बजारबाट मुनाफा कमाउँछु भन्ने उद्देश्यले प्रवेश गरेका हुन्छन् तसर्थ सबै लगानीकर्ता आफैंमा प्राविधिक तथा आधारभूत विश्लेषक पनि हुन् ।
    माथि उल्लेखित कारणहरूलाई नियमित अध्ययन र त्यसमा हुन सक्ने परिवर्तनको विषयमा केही हदसम्म बुझ्ने भएकाले उनीहरुमा एक किसिमको मूल्य पूर्वानुमान गर्ने क्षमताको विकास भएको हुन्छ सोही कारण निश्चित विन्दुमा प्रवेश गर्ने र बाहिरिने प्रक्रिया निरन्तर चलिरहन्छ यसैकारणले पनि सेयर बजारको शेयरबजार धारका हरुलाई नियमितरुपमा माथि तल माथि तल गराइरहन्छ ।

    योजना र लगानी:
    पैसा खर्च गर्नका लागि मात्र हैन लगानीका लागि पनि हो । आफ्नो लगानी र जोखिम नियन्त्रण गर्न सके पनि सरकारी नीति नियन्त्रण गर्न सकिन्न । नियमित रुपमा तालिका बनाएर सेयर किन्दा जुन बेला सेयरको मूल्य माथि हुन्छ, त्यसबेला हाम्रो पैसाले कम कित्ता सेयर किन्छ । तर, जब सेयरको मूल्य घटेर तल आउँछ, त्यसबेला सोही रकमले बढी कित्ता सेयर किन्छ र गलत समयमा सेयर किन्दाको जोखिमलाई कम गरिरहेको हुन्छ । यो रणनीतिले आवेश र उत्तेजनाका कारण गलत समयमा एकमुष्ट लगानी गर्छु भन्ने सोचले पनि धर्काहरु तलमाथि गरिरहन्छन्।

    निष्कर्ष;

    शेयर बजार एक प्रणाली हो जसले सुतेको मान्छे र सुस्ताएको अर्थतन्त्र उठाउने काम गर्दछ। मार्केटलाई सही अनुमान लगाउन सक्ने हो भने यसबाट धेरै पैसा बनाउन सक्छौ । लगानीकर्ताले बजार कुन बेला बढ्छ र कुन बेला घट्छ भन्ने सहीअनुमान लगाउन सक्छन र सोहि अनुसार बजार न्यूनतम विन्दुमा पुगेका बेला किन्ने गर्छन र उच्चतम विन्दुमा पुगेका बेला बेच्छन ।के वास्तव मै मार्केट टाइमिङ गर्न सकिन्छ त भन्ने बारेमा भिन्न भिन्न तर्क र अनुसन्धानहरु भएकाछन । विभिन्न अनुसन्धानकर्ता र विद्धानहरु भन्छन ‘मार्केट टाइमिङ गर्नु असम्भव प्राय नै हुन्छ । एक पटक वा दुइ पटक गर्न सक्नु बेग्लै कुरा हो तर एउटा निश्चित समय सम्म मार्केट टाइमिङ गरि रहन सक्नु असम्भव प्राय हुन्छ ।’ यस्तै विचार पिटर मालोक आफ्नो कितावमा व्यक्त गर्छन । उनी भन्छन ”मार्केट टाइमिङले काम गर्दैन । बजारमा राम्रो नाफा कमाउनका लागि मार्केट टाइमिङ गर्ने जस्तो गल्ति लगानीकर्ताले गर्नु हुदैन ।” मार्केट टाइमिङ गर्ने काम सामान्य मानिसको कल्पना भन्दा बाहिरको कुरा पनि हो । तर अल्पकालिन कारोबारहरु मार्केट टाइमिङलाई लगानीको प्रमुख रणनीतिका रुपमा लिन्छन ।
    कारोवार वा लगानी जहिले पनि आफैले स्वअध्ययन वा बिष्लेषण गरेर वा बित्तीय जानकारको सहयोगमा मात्र गर्नुपर्दछ । आवश्यक नीति, नियम तथा कार्यक्रमहरुको तर्जुमा, भएका नीति, नियम, निर्देशिकाहरुको परिमार्जन, कार्यान्वयन, नियमन, निरिक्षण तथा सुपरिवेक्षण गर्ने क्षमतामा ह्स आउने गरी नियमाक निकायले खुला आगमन र खुला वर्हिगमन भन्दै वास्तबिक आवस्यकता र दीर्घकालीन दृष्टीकोणलाई ध्यान नदिई वा बिस्तृत अध्ययन विनै लहडको भरमा ईजाजतपत्र बाँढेर पुँजी बजारलाई थप भद्रगोल पार्नु पनि हुदैन तसर्थ शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ।

    (लेखक:नेपाली समाज टेक्सासका आर्थिक कार्य समिति संयोजक का साथै आधारभूत विश्लेषक पनि हुन्।)

  • वर्तमान समाजको यथार्थ पाटो उजागर गर्दै अस्ताउने कृष्ण दाइप्रति भावपूर्ण श्रद्धासुमन

    वर्तमान समाजको यथार्थ पाटो उजागर गर्दै अस्ताउने कृष्ण दाइप्रति भावपूर्ण श्रद्धासुमन

    सुपेन्द्र बस्नेत, बोष्टन

    जन्म, जीवन र मृत्युवरण प्रकृतिको नियम हो। जब जो कोही प्राणी वा बनस्पतिले जन्म लिन्छ, तब उसले जीवन हुदै मृत्युको बिन्दुसम्म पुगेर जीवनको चक्र पुरा गरेकै हुन्छ। जो शाश्वत सत्य हो। प्राणी जगतमा मानवलाई सबैभन्दा विवेकशील तथा चेतनशील गुण भएको प्राणी मानिन्छ। जसले जीउने क्रममा प्राप्त गरेको सैध्दान्तिक र व्यवहारिक ज्ञान, शिक्षा, दिक्षा र सीपको उच्चतम उपयोग गरेर आफ्नो र अरुको पनि जीवन आनन्दमय बनाउन सक्दछ भन्ने मान्यता विभिन्न कालखण्डका विद्वान तथा दार्शनिकहरुले स्थापित गरिदएका छन्। तर, यो कुरा आमा मानिसका लागि भने अव्यवहारिक मान्यता र सैदान्तिक दर्शन मात्र भएको छ। विभिन्न दार्शनिकहरुका अनुसार जीवन बुझ्न त्यति सजिलो पक्कै छैन। जो कोहीले बुझ्न पनि सक्दैन। समयमा नै बुझ्न सक्यो र सही पाथ पहिल्याउन सक्यो भने आनन्द प्राप्ति सहज छ। जबसम्म जीवन बुझिदैन, तबसम्म आनन्दको बाटो पहिल्याउन नै सकिदैन। अनि आनन्दमय जीवनको खोजी गर्दा गर्दै जीवनचक्र सामाप्त हुन पुग्दछ। विद्वानहरुका अनुसार जीवनका सुख र दु:ख दुइ पाटाहरु हुन्छन्। जसको स्वरुप भौतिक अर्थात शारीरिक र अभौतिक अर्थात मानसिक हुन्छ। अधिकांश मानिसले आनन्दमय जीवन जिउनका खातिर भौतिक पाटोमा आफूलाई बढी केन्द्रीकृत गरिरहेका हुन्छन्। र, मानसिक पाटो ओझेलमा परिरहेको हुन्छ। जसका कारण उसको जीवन दु:खको भुमरीमा रुमल्लिरहन्छ। यसो हुनुमा विभिन्न आन्तरिक र वाह्य कारक तत्वहरुको प्रभाव हुन सक्छ।

    भगवान गौतम बुद्धले जीवनलाई दर्शाउन चार आर्य सत्य बताएका छन्। उनका अनुसार संसार दुःखमय छ, दु:ख हुनुको कारणहरु छन्, दु:खबाट पार पाउने उपायहरु पनि छन् र दु:खबाट पार पाउने मार्गहरु पनि छन्। उनका अनुसार दु:खबाट पार पाउन मानिसले जीवनमा आठ पद्धतिहरु सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक, सम्यक कर्मांत, सम्यक आजीव, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिलाई अवलम्बन गर्नु पर्दछ। बौध्द दर्शनका अनुसार जीवन दु:खदपूर्ण छ। जीवन भनेको दु:ख हो भन्ने कुरा बुझ्न जरुरी छ। त्यही सत्य ज्ञान नभएका कारण मानिस भौतिक सुख प्राप्तिका लागि अनेक खाले प्रपञ्च, संघर्ष, जोखिम, लोभ, लालच, अपराध आदि इत्यादिको भुमरीमा रुमलिन पुग्छ। र, अन्तत्वगत्वा: उसको दुखान्त अन्त्य हुन्छ। त्यसैले, मानिसले समग्र दु:खमय जीवनबाट मुक्ति पाउन बाह्य भौतिक दु:ख मात्र नभएर आन्तरक मानसिक दु:खबाट पनि मुक्ति पाउनु अपरिहार्य छ।

    जीवन दर्शनका सन्दर्भमा दार्शनिक रजनिस ओशोले भनेका छन्, ‘जन्म त पाइन्छ। तर, जीवनलाई भने खोज्नु पर्दछ। जीवनलाई खोजी गर्नु एउटा कला हो। यसको अर्थ जिउनु अर्थात भोग्नुमा हुन्छ। यसको कुनै परिभाषा हुदैन। भोगाइको के परिभाषा हुनु। यो यसै हुन्छ। त्यसै हुन्छ। जे छ, हुन्छ र हुनेछ। त्यो नै सार्थकता हो।’

    रजनिसले जीवनलाई सार्थक बनाउन जिउने सही कलालाई सक्दो उपयोग गर्नु पर्ने जिकीर गरेका छन्। जिउने कलाले जीवनलाई कसी नलगाए, जीवन व्यर्थ हुन्छ भन्ने उनको तर्क छ।
    यस्तै, जीवनका सन्दर्भमा वैज्ञानिक स्टीफन हकिङको बुझाइ अनुसार जन्म र मृत्युबिचको समय नै जीवन हो। त्यो जीवन पनि कति सार्थक रह्यो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ। उनले भनेका छन्, ‘ मृत्यु त निश्चित छ। तर,
    जन्म र मृत्युबिच कसरी जिउने त्यो हामीमा निर्भर हुन्छ।’उनका अनुसार समर्पणको जीवन नै सार्थक जीवन हो।

    जीवनलाई विभिन्न धार्मिक ग्रन्थहरुले पनि आआफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ। यद्यपि, सबैको सार भने एउटै छ। हिन्दू धर्मग्रन्थ श्रीमद भगवत गीताले जीवनलाई सरल र स्पष्ट ढंगबाट परिभाषित गरेको छ। गीताको सारमा भनिएको छ कि, ‘परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ।
    मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ति रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।’

    यि र यस्ता धेरै जीवनका बारेमा गरिएका चर्चित व्याख्या र परिभाषाहरुको सार भनेको सार्थक जीवन जिउनका लागि भौतिक सुख प्राप्तिमा नभइ, मानसिक सुख प्रातिमा केन्द्रीकृत हुनु अपरिहार्य छ। जो त्याग र समर्पणमा आधारित छ। जसले जति भौतिक सुखका कारक तत्वहरुप्रतिको आसक्ति घटाउदै ध्यानको माध्यमबाट मानसिक सुखका तत्वज्ञान प्राप्त गर्दै जान्छ, उसले उति नै सुखानुभूति र आनन्दानुभूति प्राप्त गर्दछ। जो सार्थक जीवनको सूचक हो।

    तर, यि माथिका भनाइहरु विविध कारणले गर्दा हिजोआज केबल भन्ने-भनाउने, पढ्ने-पढाउने, लेख्ने-लेखाउने कुरा जस्तो मात्र भइरहेको छ। यो सत्य तथ्य थाहा हुँदा हुदै पनि मानिस यो सत्मार्गबाट दिन प्रतिदिन बिचल्लित हुदैछ र जीवन झन झन दु:ख पिडाको जटिलतातिर धकेलिदैछ। शिक्षा, ज्ञान, ध्यान, धन, सम्पत्ति, शक्ति, सामाजिक हैसियत, पद प्रतिष्ठा, जीवन शैली आदि इत्यादिका कारण बाहिरबाट हेर्दा र सुन्दा ‘वा…वा…’ जस्तो लाग्ने व्यक्तिहरुको जीवनको भित्रि पाटो निकै कहाली लाग्दो र दर्दनाक बन्दै गइरहेको छ। यसको प्रतिनिधि पात्रहरुको पङ्तिमा स्वर्गीय कृष्ण लामिछाने दाइ पनि उभिनु भएको छ। उहाँको जीवन र मृत्यु वरणको घटनाले दुनियाँलाई आश्चर्यचकित मात्र पारेको छैन कि, जिब्रो काट्दै जीवनका बारेमा घोत्लिएर चिन्तन मनन गर्न बाध्य पारिदिएको छ। त्यति मात्र नभएर यस घटनाले दुनियालाई स्तब्ध पार्दै वर्तमान समाजको भित्री पाटोको यथार्थ अवस्थालाई पनि उजागर गरिदिएको छ। भौतिक पिडा भन्दा मानसिक पिडा कयौं गुणा पिडादायी र निर्मम हुन्छ भन्ने कुरा यस घटनाबाट बुझ्न कठिन छैन। स्वर्गीय कृष्ण दाइले यस लोक त्याग गरेर परलोक प्रस्थान गर्नुको जे सुकै कारण भएतापनि, बुझ्न चाहने र चिन्तन मनन गर्न चाहनेहरुका लागि मर्मस्पर्शी सन्देशसहितको अमूल्य पाठ छाडेर जानु भएको छ।

    यस कलियुगका सांसारिक मोहमा अल्झिएका र भौतिक सुखमा बल्झिएका मानिसहरु बिषम परिस्थितिबाट जिन्दगी गुजारिरहनु परेको भएतापनि, कसै न कसैको आशा वा आड भरोसा वा माया ममताका कारण मृत्युको बाटो रोच्दैन/रोज्न सक्दैन। यदि कथन कदाचित विविध कारणले मृत्युको बाटो रोजेर मुखैमा पुगिसकेको छ भने पनि, आशा वा आड भरोसा वा माया ममता दिलाउनेलाई स्मरण गरेर फर्कन बाध्य हुन्छ। भलै चुनौती र दु:ख कष्टको भूमरीमा फेरी ऊ रुमलिन किन नपरोस्। त्यो आशा वा आड भरोस वा माया ममता दिने, जीवन साथी वा सन्तान वा माता पिता वा गुरु वा परिवारका अन्य सदस्यहरु वा साथी संगी वा समाज वा देश वा जनता वा जिवात्मा वा आदि इत्यादि जो कोही हुन सक्छ। जब उसले कसैको(कुनै एक) पनि आशा वा आड भरोसा वा माया ममता पाउन नसकेको र नसक्ने निर्क्योल गर्दछ, तब बाच्ने आधारै नभेटेर मृत्युको बाटो रोज्न पुग्दछ। सायद यस्तै अवस्थाबाट स्वर्गीय कृष्ण लामिछाने दाइले पनि गुज्रिनु पर्यो कि भन्ने लागिरहेको छ। विडम्बना ! उहाँको मृत्यु पश्चात् शोकमा डुबेका यति ठूलो जमात मध्ये कुनै एक व्यक्ति पनि उहाँलाई मृत्यु वरण गर्ने अन्तिम निर्णयबाट रोकेर फर्काउन सक्ने आशा वा आड भरोसा वा माया ममता भएको व्यक्तित्व रहेनछ। नत्र उहाँ मृत्युको मुखमा पुगेकै भएपनि सम्झिएर अवश्य फर्किनु हुन्थ्यो।

    जीवन छदा मानिसको व्यक्तित्वले पारेको प्रभाव र मृत्यु पश्चात् उसको अभावले पार्ने प्रभावको मात्राका आधारमा उसलाई स्मरण गर्ने गरिन्छ। स्वर्गवासी लामिछाने दाइसंगको मेरो चिनजान धेरै पुरानो त छैन। तर, जे छ त्यो अमुल्य, चीर स्मरणीय र कदरयोग्य छ। दुइ वर्ष अगाडि एनआरएनए(NRNA)को निर्वाचनको दौरानमा उहाँ अध्यक्षको प्रत्याशी हुनुहुन्थ्यो। यसै दौरानमा हामीबीच आत्मीय सम्बन्ध स्थापित भएको थियो। समाचार लेख्ने, अन्तर्वार्ता लिने र प्रेसविज्ञप्ति सार्वजनिक गर्ने क्रममा र निर्वाचन पश्चात भएका अमूल्य भलाकुसारीहरु आज झल्झली यादिदै छु। हालसालै पनि समाचार लेख्नका लागि सम्पर्क गर्ने योजनामा थिएँ। तर, दुर्भाग्य मेरो ! सदाका लागि मेरो चाहना अधुरै रह्यो। उहाँ एक मृदुभाषी, भद्र, स्पष्ट वक्ता, सक्रिय सामाजिक अभियान्ता, सहयोगी, सकारात्मक सोचका धनी, परोपकारी जस्ता छवि भएको व्यक्तित्व रहेको भन्ने ममा छाप पर्न गएको छ। यतिबेला, अप्रत्याशित रुपमा उहाँको मृत्युको खबरले सारालाई स्तब्ध पारिरहेको छ। र, म पनि त्यसबाट अछुतो छुइन नै। उहाँको भौतिक शरीरले यस लोकलाई छोडेर परलोकको भोगचलनका लागि महाप्रस्थान गरेको दु:खद घडिमा अन्यथा अरु केही नसोची, उहाँका सत्गुणी व्यक्तिको स्मरण गर्दै उहाँको आत्मालाई चीर शान्ति मिलोस् भनी भगवानसंग प्रार्थना गर्दछु। र, श्रध्दाका यिनै शब्दहरुको साहारा लिदै हृदयदेखि नै हार्दिक श्रध्दासुमन अर्पण गर्दछु। साथै, साँचो अर्थमा शोकमा डुबेका परिवारका सदस्यहरु तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु।

  • कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गरिने

    कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गरिने

    सुबास अर्याल, कनेक्टिकट

    संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच दौत्य-सम्बन्ध स्थापना भएको ७५औं वर्षको उपल़क्ष्यमा कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गर्न लागिएको छ । “नेपाल फेस्टिभल २०२३
    : प्रेस विज्ञप्ति” जारी गर्दै उक्त कार्यक्रम सोसाइटी अफ नेपालिज इन अमेरिका (Society of Nepalese in America) ले आयोजना गर्ने लागेको हो । सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच दौत्य-सम्बन्ध स्थापना भएको थियो ।


    नेपाली कला-संस्कृति, खानपान, भेषभूषा र मौलिकताको प्रवर्धन गर्ने उद्देश्य राखेर पहिलो पटक कनेटिकट राज्यमा हुन लागेको उत्सवमा सिंगो नेपालको झझल्को दिने प्रयास गरिनेछ । कनेक्टिकट राज्य, अमेरिकाको एउटा उत्तर-पूर्वी राज्य हो भने ब्र्यानफोर्ड सहर, न्युयोर्कबाट करिव ७४ माइल उत्तर-पूर्वमा छ । ब्र्यानफोर्डमा उल्लेख्य संख्यामा नेपालीको बसोबास छ ।
    ब्र्यानफोर्ड सहरको ग्रिन पार्क (Green Park) मा जुलाई १५, २०२३ शनिबारका दिन हुने उक्त उत्सव हामी नेपालीहरूको विभिन्न भेषभूषा एवं संस्कृति झल्काउने पहिरनका साथ झाँकी एवम् परेडबाट बिहान ९:३० बजे कार्यक्रमको सुभारम्भ गरिनेछ । परेडमा कनेटिकट राज्यसहित वरपरका विभिन्न राज्य तथा सहरमा बसोबास गर्ने नेपाली संघ-संस्था तथा स्थानीय समुदायहरूको समेत बाक्लो सहभागिता हुने विश्वास आयोजक समितिले गरेको छ ।
    महोत्सवमा कनेक्टिकट तथा वरपरका राज्यहरूका उच्च-पदस्थ अधिकारीलाई पनि सहभागी गराउने प्रयास गरिनेछ । उक्त कार्यक्रमा नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारका खानाका स्टल, बालबालिकालाई रमाउने स्टलहरू राखिनेछन् ।
    उक्त महोत्सवमा स्थानीय कलाकारका साथै नेपाली कलाकारहरूले गीत, संगीत एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालीहरूको पहिचानलाई विश्व समुदायमाझ पुर्याउने अभियानका रूपमा नेपाल महोत्सव आयोजना गर्न लागिएको हो । यो महोत्सवमा ३ हजारदेखि ४ हजारसम्म नेपाली तथा स्थानीय समुदायहरू सहभागी हुने विश्वास गरिएको छ । यस महोत्सवलाई भव्यताका साथ सफल हुनेछ भन्नेमा आयोजक “सोसाइटी अफ नेप्लिज इन अमेरिका” विश्वस्त छ । यस कार्यक्रमबारे अन्य थप विस्तृत विवरणसहितको जानकारी उक्त सोसाइटीको वेबसाइट, फेसबुक पेज तथा स्थानीय संयोजक प्रतिनिधिहरूबाट उपलब्ध हुनेसमेत जानकारी गराइन्छ ।

    नेपाल फेस्टिभल मूल आयोजक समितिले उपरोक्त व्यहोराको प्रेस विज्ञप्ति जारी गरेको छ ।

  • जन्मदिवस; तिथी, मिति र जंको

    जन्मदिवस; तिथी, मिति र जंको

    योगेश आदी

    जन्मदिन मनाउनु भनेको जन्मेको दिनको सम्मान र आफुप्रतिको गर्वानुभूति प्रकट गर्नु हो । पश्चिमा संस्कृतिमा बलिरहेको मैनबत्ति फुकेर मैनबत्तिको धुँवाले ‘प्रार्थना’ भगवानसम्म पूर्याउँछ भन्ने मान्यतासँगै मुख मिठो पार्न केक काटेर मनाउँने गर्दछन् भने नेपालमा अभिभावकको हातबाट सगुन र आशिर्वाद थापेर मनाइने चलन छ । विश्वको अधिकाँश देशमा जन्मदिन जन्मेको मितिमा मनाउँने गर्दछन् भने नेपालमा अझैपनि कतिपयले जन्मतिथीको आधारमा मनाउँने गर्दछन् ।

    तपाई जन्मदिन जन्मेको तिथी पारेर मनाउनु हुन्छ कि कागजपत्रमा भएको मिति पारेर ?

    नेपाल र भारतमा वैदिक समयतालिका अर्थात पञ्चाङ्ग अनुसार जन्मेको तिथी पारेर जन्मदिवस मनाउनेहरु मनग्ये भेटिन्छन् । मेरै बुवाको जन्मदिन पनि तिथीमा मनाउँने भएकोले वर्षैपिच्छे फरक मितिमा पर्ने गर्दछ किनकि ‘समये बजी पूर्णीमा’ हरेक वर्ष फरक मितिमा पर्ने गर्दछ । जतिबेला जन्मको अभिलेख राख्ने चलन थिएन त्यतिबेला तिथी सम्झिनलाई सजिलो माध्यायम थियो । घाम हेरेर महिना र छायाँ हेरेर समय अनुमान लगाउने पुस्तालाई तिथी सजिलो र भरपर्दो उपाय थियो । मितिमा मनाउने हरेक वर्ष एकैदिन जन्मदिवस् मनाउँछन् भने तिथीमा मनाउँनेले फरक दिनमा ।

    आखिर के हो तिथी ?

    तिथी एउटा अवधि हो । पृथ्वीबाट चन्द्रमाको दुई वटा अनुहार देखिन्छ; कृष्ण पक्ष र शक्ल पक्ष । हरेक दिन सुर्य र चन्द्रमाबीचको देशान्तर दुरी १२ डिग्रीले फरक पर्दै १५ दिनमा पूर्ण चन्द्रमा हुनेतर्फ जानेक्रम शुक्ल पक्ष हो भने औंसीतर्फ बढ्ने अवधि कृष्ण पक्ष हो । शुक्ल पक्ष र कृष्ण पक्ष दुबैको १५ दिनलाई प्रथमा, द्वितिया, तृतिया… गर्दै पूर्णिमा र औंसीसम्म गरी १ महिना पुरा मानिन्छ । जसअनुसार परापूर्वकालमा जन्ममिति सम्झिने आधार तिथी थियो । बर्तमान अवस्थामा मिति लोकप्रिय बन्नुका कारण सहज र प्रभावकारी भएर नै हो । जन्मदिन मनाउनु भनेको जन्मेको दिनको सुखद स्मरण गर्नु हो । तिथी र मिति जुन छानेपनि स्मृतिमा एक उत्सव मनाउनु न हो ।

    कुन आधिकारिक र प्रभावकारी ?

    उमेर एक नम्बर मात्र हो । क्रोनोलोजिकल उमेरले केही म्याटर गर्दैन भन्ने जमानामा तिथी र मितिले खासै फरक पार्दैन । यद्यपि ग्रह न नक्षत्रको प्रभाव हेरेर धातु र पत्थर लगाउने जमातले तिथीमात्र वास्तविक उमेर हो भन्ने तर्क राख्दछन् । वास्तवमा नेपालको हकमा प्रायश: नेवारी समुदायले तिथी अनुसार जन्मोत्सव मनाउँछन् । तिथी अनुसार जन्मदिन र जन्मबर्ष गणना गर्ने भएकोले नै नेवार समुदायले जंको मनाउँने गरेको भेटिन्छन् ।

    जंको के हो ?

    जंको नेवारी परंपरागत शब्द हो । यसलाई “बुढा पास्नि” पनि भन्ने गरिन्छ । यो लोग्नेको उमेरको आधारमा श्रीमान श्रीमतीको सामुहिक मनाइने गरिन्छ । नेवार पुरुषको उमेर ७७, ८१, ८८, ८९ र १०५ वर्ष पुग्दै गए अनुसार एकै व्यक्तिको ५ पटकसम्म मनाउने गरिन्छ । जन्को नेवारी पुरेत अर्थात गुवाजूका अनुसार लुनार पात्रोको आधारमा तय गरिन्छ । जंकोमा पनि दोश्रो जन्कोलाई जीवनकालमा १००० वटा पूर्ण चन्द्रमाको दर्शन गरिएको भन्ने आधारमा ‘चन्द्ररथारोहण’ नाम दिएर मनाइन्छ । “सहस्र चन्द्र दर्शन” नै हजार चन्द्रमाको दर्शनको प्रतिकात्मक अवसर हो । लुनार पात्रो अनुसार एक महिनामा २९.५३ दिन हुन्छ । जसअनुसार १००० पूर्ण चन्द्रमा बन्न २९५३० दिनहरु आवश्यक पर्दछ । यसरी ८० वर्ष १० महिना बन्न जान्छ । ८१ बर्षको जन्को मनाउनु पूर्व देखिने थप ३ पूर्ण चन्द्रमाले शारिरीक र आध्यात्मिक शक्ति प्रदान गर्दछ भन्ने मान्यता पनि रहेको छ ।

  • अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी

    अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी

    न्युयोर्क

    पर्यटन र भ्रमणलाई लक्षित गरी अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ।
    लामो समयको अन्तरालमा कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको ट्राभल्स शोमा सहभागी भएका हुन् ।

    विश्व कै आर्थिक राजधानी र संसारका सबैभन्दा धेरै पर्यटक आउने सहरमा भएको “न्युयोर्क अन्तर्राष्ट्रिय ट्राभल शो”मा नेपालका लागि आधिकारिक कम्पनी ट्राभल ब्युरो अफ नेपाल सँगको सहकार्यमा भएको कायक्रममा नेपालका विभिन्न कम्पनीहरूले सहभागिता जनाएका थिए।

    उक्त ट्राभल्स शोमा नेपालको पशुपति मन्दिर र स्वयंभूको स्तुपा संगै बिभिन्न जातजातिका सांस्कृतिक भेषभुषा, कुमारी नृत्य, नेपाली लोक भाकाका सांस्कृतिक नृत्य, हिमाल आरोहणका समय प्रयोग गरिने सामग्रीहरु प्रदर्शन गरिएको थियो ।

    उक्त ट्राभल शोको संयोजक नेपाल पर्यटन बोर्डका अमेरिकाका लागि पर्यटन दूत प्रदिप श्रेष्ठले गरेका थिए । उक्त प्रदर्शनिमा मा विभिन्न देशका १२० भन्दा धेरै कम्पनीहरु सहभागी भएका थिए । हरेक बर्ष अक्टोबर महिनामा हुने उक्त शोको आयोजकले नेपालका लागि आधिकारिक एजेन्टमा ट्राभल ब्युरो अफ नेपाललाई नियुक्त गरेको उक्त कम्पनीका सिईओ साथै पर्यटन दुत प्रदिप श्रेष्ठले जानकारी दिएका थिए ।

    न्युयोर्कमा नै आगामी जनवरी २८-२९ , २०२३ मा ट्राभल एण्ड एडभेन्चर शो आयोजना गरिने भएको छ । उक्त शोको आयोजक कम्पनीले पनि ट्राभल ब्युरो अफ नेपाललाई नै नेपालका लागि आधिकारिक एजेन्ट नियुक्त गरेको पर्यटन दुत श्रेष्ठले जानकारी गराएका छन् ।

  • नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै

    नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको न्युयोर्क सहर आउदो नोभेम्बर ५ तारिखका दिन ‘समता साँझ’ मय बन्ने भएको छ।

    न्युयोर्कस्थित आर के फाउन्डेशन, अमेरिकासंगको सहकार्य र सहयोगी भूमिका निर्वाह गर्ने अन्य स्थानीय संघ संस्थाहरुको आतिथ्यता रहने यस साँस्कृतिक कार्यक्रम, ग्लोबल समता सिनेटको आयोजनामा हुन लागेको हो। सोही कार्यक्रमलाई लक्षित गर्दै १ तारिख मंगलबार साँझ आयोजकले प्रेस मिटको समेत कार्यक्रम तय गरेका छन् ।

    मातृभूमिमा रहेका शिक्षाबाट बन्चित बालबालिकाहरुलाई सहयोग जुटाउने हेतुले साँस्कृतिक कार्यक्रम ‘समता साँझ’को आयोजना गरिएको आयोजकले जनाएको छ।
    कार्यक्रम यही आउदो नोभेम्बर ५ तारिखका दिन न्युयोर्क सहरको Woodhaven manor caters & Banquet,96-01 Jamaica Avenue, Woodhaven मा हुने गरी आवश्यक तयारी थालिएको हो ।

    कार्यक्रमका बारेमा जानकारी दिदै ग्लोबल समता सिनेटका बरिष्ठ उपाध्यक्ष तथा साँस्कृतिक कार्यक्रम ‘समता साँझ’का संयोजक टिका ढकालले भन्नु भयो, ‘कार्यक्रम भव्य रुपमा सफल पार्न हामी तयारीमा जुटिसकेका छौं। यो साँस्कृतिक कार्यक्र भएतापनि, यसको मुख्य उद्देश्य भनेको मातृभूमि नेपालमा रहेका शिक्षाबाट बन्चित बालबालिकाहरुलाई सर्वसुलभ गुणस्तरीय शिक्षा दिलाउने अभियानलाई टेवा पुर्याउन सक्दो सहयोग जुटाउनु नै हो।’ संयोजक ढकालका अनुसार कार्यक्रमबाट उठेको रकम नेपाल स्थित समता शिक्षा निकेतनद्वारा सञ्चालित समता शिक्षा अभियानलाई टेवा पुर्याउनका लागि सदुपयोग गरिने छ। ‘हामी नेपालमा सञ्चालित समता शिक्षा निकेतनको समता शिक्षा अभियानसंग जोडिएर नेपालको शैक्षिक क्षेत्रमा सक्दो सहयोग गर्नका लागि जुटेका छौं। आसा छ कि, न्यु योर्कवासी नेपालीहरुले सक्दो साथ र सहयोग दिनुहुनेछ।’ संयोजक ढकालले भन्नु भयो, ‘यो अमेरिकामा रहेका नेपाली/गैर आवासीय नेपालीहरुका लागि, मातृभुमिप्रतिको ऋण तिर्ने सुवर्ण अवसर हो। आऔं ! सक्दो सहयोग गरेर मातृभूमिको ऋण तिरौं ! र पुण्य कमाऔं ! ”

    आयोजकका अनुसार समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकाल ‘समता साँझ’ का मुख्य आकर्षक रहनु हुनेछ। उहाँहरुसंगै लोक दोहोरी गायक बिमल डाँगी, गायिका निसा सुनार र गायक मुकेश घिमिरेले गीत गाएर कार्यक्रममा सांगीतिक माहोल शृजना गर्ने छन् भने, नृत्यमा पारङ्गत कलाकारहरु गोबिन्द राई(नृत्य निर्देशक), लाक्पा डोल्मा लामा चेन र लोचना सुवेदीले आआफ्नो खारिएको नृत्यकला पस्किएर साँगीतिक माहोललाई थप रौनक र मनोरञ्जनात्मक बनाउने छन्। उक्त कार्यक्रममा दर्शकहरुलाई खानाको पनि व्यवस्था गरिएको जानकारी दिदै कार्यक्रम संयोजक ढकालले साँगितिक कार्यक्रममा सहभागी भइ भरपुर मनोरञ्जन लिन सम्पूर्ण न्यु योर्कवासी संगीत प्रेमीहरुलाई अनुरोध गर्नु भयो।

    कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क स्वरुप प्रति टिकट सय डलर दर तोकिएको छ भने, कार्यक्रममा व्यवसायको व्यानर राख्नका लागि एक हजार डलर सहयोग शुल्क तिर्नु पर्ने छ। आयोजकले कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै कूल नौं सय टिकट बिक्री गर्ने लक्ष्य राखेको छ।

    समता साँझ कार्यक्रम
    ‘सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ समता सिनेटर बन्ने/बनाउने अभियानसंग जोडिएको कार्यक्रम हो । यसै कार्यक्रमका बिच
    अमेरिकामा रही समभावले समता शिक्षा अभियानमा जोडिएका समता सिनेटरहरुलाई सम्मान गरिने भएको छ।
    समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका प्रमुख अभियान्ता उत्तम संजेल र प्रमुख संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले समता सिनेटरहरुलाई समता शिक्षा उपाधिसहित सम्मान गर्न लागिएको ग्लोबल समता सिनेटका वरिष्ठ उपाध्यक्ष तथा समता साँझका संयोजक ढकालले जानकारी दिनु भयो। ढकालले शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुलाई ‘समता सिनेटर’ बनेर समता शिक्षा अभियानमा जोडिन हुन अनुरोध समेत गर्नु भएको छ ।

    आयोजकका अनुसार, सिल्भर समता सिनेटर बन्नका लागि ६ सय लडर, समता सिनेटर बन्नका लागि एकहजार डलर र गोल्ड समता सिनेटर(कार्यक्रममा आफ्नो व्यवसायको व्यानर पनि राख्न पाँउने)बन्नका लागि दुइहजार डलर सहयोग शुल्क तिर्नु पर्नेछ। सिनेटर बन्ने र कार्यक्रमा व्यानर राखेर सहयोग गर्नेलाई दुइवटा टिकट निशुल्क उपलब्ध गराइने जनाइएको छ। आवश्यक शुल्कसहित रितपूर्वक निवेदन दिएकाहरुको संस्थाको समभावप्रतिको प्रतिबद्धता प्रमाणित भएमा, उनीहरु समता सिनेटर बन्न सफल हुनेछन्। समता सिनेटरको उपाधि दिने वा नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्ने जनाइएको छ।

    गत वर्ष अमेरिकामा स्थापना गरिएको ‘ग्लोबल समता सिनेट’ संस्थामा यस वर्षको अन्तसम्ममा अमेरिका भरीबाट दुई सय जना सिनेटरहरु आवद्ध हुने आशा गरिएको छ।

    समता शिक्षा निकेतनको समता शिक्षा अभियानलाई सहयोग जुटाउने हेतुले न्यु योर्क राज्यसहित अमेरिकाको ९ राज्यहरुमा यस प्रकारको साँस्कृतिक कार्यक्रमसहितको सुशोभन समारोह हुन गइरहेको आयोजकले जनाएको छ। जस अनुसार नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर- १३ मा मासाचुसेट्स, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासमा आयोजना गरिने गरी समय तालिका तय गरिएको छ।

    समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता-उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २१ वर्ष अघि २०५८ सालमा काठमाण्डौं जोरपाटीको नयाँ बस्तीबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रति विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेको छ। हाल यस संस्थाले नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन गरिरहेको छ। यसका अलावा संस्थाले आफ्नो अभियानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ भारत, श्रीलंका र बंगलादेशमा समेत आफ्नो शाखा बिस्तार गरेको छ। अन्य देशहरुमा पनि पुग्न आवश्यक पहल गरिरहेको छ। समता शिक्षा निकेतनले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।