Author: Vishwanews.com

  • गजल

    गजल

    होसियार ! देश माफियाहरुको खजाना हुँदैछ
    सरकार भ्रष्टचारी उत्पादनको कारखाना हुँदैछ

    देवरहरुको सासमा भाउजूको गन्ध आउने
    बा ! भन्नुस् त यो कस्तो जमाना हुँदैछ

    चौका छक्का हान्ने जनता भकुण्डो मान्ने
    के नयाँ रंगशाला अब पुलिसथाना हुँदैछ?

    भाग्य बलियो हुँदैमा डोकोमा दुध रहँदैन
    खबरदार ! तिम्रा निधार जनताको निशाना हुँदैछ

    होसियार ! देश माफियाहरुको खजाना हुँदैछ
    सरकार भ्रष्टचारी उत्पादनको कारखाना हुँदैछ ।

  • नेजाद्वारा मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न

    नेजाद्वारा मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न

    अमेरिका ।

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा दुईदिने मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न भएको छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क (निम्जिन)सँगको सहकार्यमा नेजाले अनलाइन प्रविधिमार्फत वर्कसपको आयोजना गरेको हो । वर्कसपमा मल्टिमिडिया जर्नालिस्ट रजनीश भण्डारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । भण्डारीले “मल्टिमिडिया स्टोरीटेलिङ” विषयमा प्रशिक्षण दिने क्रममा सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षलाई समेट्नुभएको थियो ।

    प्रशिक्षक भण्डारीले मल्टिमिडिया जर्नालिजमको विविध आयामबारे जानकारी दिनुका साथै वर्कसपमा मल्टिमिडिया रिपोर्टिङ तथा सम्पादनसम्बन्धी सीपसमेत सिकाइएको थियो । ३५ जनाको सहभागिता रहेको सो कार्यक्रममा विद्यमान प्रविधिको उपयोगिता र यसको प्रयोगात्मक रूपबाट सिक्ने अवसर प्राप्त भएको र यसका कारण प्रविधिको प्रयोगमार्फत पत्रकारिता पेसालाई छिटो र गुणस्तर रूपमा प्रवाह गर्न सहयोग पुग्ने सहभागीहरूले बताएका थिए ।


    सो अवसरमा मल्टिमिडिया जर्नालिस्ट लीना दुवाडी तथा बेनुप भट्टराईले मल्टिमिडिया स्टोरीटेलिङका सम्बन्धमा आफ्ना अनुभवहरु बताउनुभएको थियो । नेजाका महासचिव बाबुराम दाहालले सहजीकरण गर्नुभएको सो दुइदिने वर्कसपमा नेजाका अध्यक्ष सुरज भण्डारीले प्रशिक्षक, वक्ता तथा सहभागीहरुमा धन्यवाद दिँदै पत्रकारको हितअनुकूल समय-समयमा यस्ता क्षमता अभिवृद्धि गर्ने तालिम सञ्चालन आवश्यक रहेको यसलाई नेजाले निरन्तरता दिने बताउनुभयो ।

  • गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाकोखाद्यान्न वितरण कार्यक्रम

    गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाकोखाद्यान्न वितरण कार्यक्रम

    बिष्णु सिंह , न्युयोर्क / डिसम्बर ४,२०२४

    गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले हिजो न्युयोर्क उडसाईडस्थित आफ्नै कार्यालय परिसरमा ४८औं पटक निःशुल्क खाद्यान्न वितरण गरेको छ। अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा आउॅंदै गरेको क्रिसमसको अवसरमा २८० जनालाई निःशुल्क सुख्खा खानाहरू, फलफूलसहित तरकारी बाँडेको हो।

    यस कार्यक्रमवाट विभिन्न समुदायहरु क्रमश: नेपाली, बंगाली, स्पानिस, तिब्बती, भारतीय, पाकिस्तानी समुदायका मानिसहरू लाभान्वित भएका थिए।
    फाउन्डेसनले गएको कोरोना कहर समयमा खाद्यान्न अभावमा परेका व्यक्तिहरुलाई खाद्यान्न वितरण कार्यक्रम शुरु गरेको थियो र हालसम्म पनि र हालसम्म पनि जारी राखेको छ।

    वितरण कार्यक्रममा फाउन्डेशन अमेरीका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाको सकृयतामा केन्द्रीय सदस्यद्वय रेखा श्रेष्ठ र ध्रुव कुवंर, कृयाशील सदस्यहरु क्रमश: पुर्व एसपी दान बहादुर मल्ल, शेखर कार्की, बिकाश कुंवर, अमिता श्रेष्ठ, पासांग शेर्पा गोपर्मा, ध्रुव कुंवर क्षेत्री, दिपक रायमाझी, योगेन्द्र अधिकारी, नविना श्रेष्ठ, अष्ट श्रेष्ठ, सतनाम लाल, साजन थापा, बिल तामांग, ध्रुव ज्योति श्रेष्ठ, सुर्य ब. कार्की, बिरेन्द्र मानन्धर, रमेश तुलाचन लगायतका महानुभावहरू संलग्न थिए।

  • ओलीबा अब कीर्तिपुरको एमाले राजनीति शुन्यबाट सुरु गर्न दिनुस्

    ओलीबा अब कीर्तिपुरको एमाले राजनीति शुन्यबाट सुरु गर्न दिनुस्

    • प्रेमकृष्ण श्रेष्ठ

    ओलीबा, नेकपा एमालेको एक क्रियाशील सदस्य एवम कीर्तिपुरबासीको नाताले, अझ भनुँ आफ्नो जनमतको हत्या भएको दुखेसोमा, पत्रपत्रिकाले मुखर गरिसकेको अभिब्यक्ति सापटी लिँदै फेरि एकपटक जानकारी दिएँ की कीर्तिपुर नगरपालिकामा सम्पन्न भएको ८१ को उपनिर्वाचनमा एमालेको मेयरसहित दुइटै वडा अध्यक्ष हार भएर फेरि एकपटक ‘क्लिन स्वीप’ भएको छ । फेरि एकपटक हामी यहाँ लज्जित भएका छौँ । फेरि एकपटक हाम्रो झण्डाको मुण्टो निहुरिएर कांग्रेसी झण्डा फर्फराएका छन् ।
    कीर्तिपुर जस्तो एमालेको गढ ठाउँमा नेकपा एमालेको दुईपटक यो लगातार हारलाई सामान्यरुपमा लिन सकिँदैन । यस्को घोर समिक्षा हुनैपर्छ । यदि समिक्षा बैठकको जिम्मा लिनेको ओठ काँप्दछ, हात थर्थराउँछ भने उस्लाई जिम्मा दिनुस, जस्ले बैठकको सृुरुवात नै अप्रिय शब्द अर्थात ‘अन्र्तघात’ बाट गर्नेछ । अन्र्तघात बिना यो पराजय अवश्य भएको होइन । अवको समिक्षा बैठकको मुख्य एजेण्डा नै अन्र्तघात हुनुपर्छ । ७९ को अन्र्तघातीलाई आममाफी नै अहिलेको चुनावी नतिजा हो । बृद्धभता खाइरहेका जेष्ठ नागरिकको जनमतको हत्या गर्ने अधिकार हामीलाई छैन । सेतो वस्त्र लगाएर भोट दिएका एकल महिलाको जनमतको हत्या गर्ने अधिकार पनि हामीलाई छैन । हामी त्यस्ता संवेदनशील भोटका हत्यारा हौँ । हामीमध्य जो अपराधी भए पनि संगठनभित्र छानी छानी कारवाही होस् । यो चुनावी नतिजामा ७९ चुनावी नतिजाकै छायाँ परेको हो । यो हारसँगै कीर्तिपुरको एमाले अव सँधैको लागि खण्डहर भएको छ र यो खण्डहरलाई ओली बाबाटै हराभरा नगर्ने हो भने एमालेको उम्मेदवारको जनमत अर्को चुनावमा सानो भन्दा सानो दलको जनमतले कुल्चिनेछ, यो प्रष्टयाएँ ।
    दोस्रो विश्वयुद्धमा यदि हिरोसिमामा बम नपडकाएको भए आज हिरोशिमाको स्वरुप कस्तो रहन्थ्यो होला म कल्पना गर्न सक्दिनँ, तर खण्डहरबाट शुरु भएको हिरोसिमा आज संसारकै एक विकशित शहर हो । खण्डहर नयाँ सुरुवातको अवसर हो । अव कीर्तिपुरमा नेकपा एमालेको राजनीति सुन्यबाट सुरु गनुपर्छ । भर्खर जन्मेको शिशुलाई जस्तो तातो हातले सेक्दै हुर्काउन जरुरी छ । पुराना पात्रहरु सबै अस्वीकृत भएका छन् । नयाँ पात्रलाइ अवसर दिँदै अगाडि जानुपर्छ । यसरी आपसी टकरावको विरक्तीमा, सामाजिक सञ्जालमा हालको लागि नगर सदस्यबाट नैतिकतामा राजीनामा दिने निस्किएका छन् । यसरी सबैले नैतिकतामा राजीनामा दिँदै जाने हो कीर्तिपुरमा भोलि नेकपा एमाले कस्ले सम्हाला ? ओली बालाई यस कुरामा ध्यान आकृष्ट गरेँ । सबै कम्युनिष्टहरुले अव बिर्सनुपर्छ, कीर्तिपुरको निर्वाचनको इतिहासमा ५४ र ७४ सालमा लगातार दुईपटक एमालेले जितेका थिए साथै ७९ र ८१ को चुनावमा लगातार हारेका छन् । जित्ने र हार्ने पात्र इतिहासमा अंकित गर्नुको सट्टा अव कीर्तिपुरमा एमालेको इतिहास नयाँ पुस्तालाई कोर्न दिनुपर्छ ।
    वास्तवमा भन्ने हो भने, कीर्तिपृुर नगरपालिकामा सम्पन्न भएको चुनाव नेकपा एमालेले जित्नै पर्ने थियो । यो भन्दा अघि अढाइ वर्ष कांग्रेसले यहाँ कुनै ‘रामराज्य’ चलाएका थिएन । तर, एकले अर्कोलाई घात गर्ने सिलसिला फेरि दोहोरिए । एमालेको नेता भन्दा मतदाताको मन दुख्ने यो कस्तो निर्वाचन हो ? किन अन्र्तघातमा अन्र्तघात भैरहेको छ ? किन एकले अर्कोलाई सिध्याउने खेल निरन्तर जारी छ । यस्को एउटै विकल्प भनेको, अव पुराना पुस्ताले स्वीकारेको नयाँ पुस्ताको एक असल प्रतिनिधिलाई कीर्तिपुर नगरमा एमालेको नेतृत्व दिने नै हो । जुन नेतृत्वको पाउमा घातको सबै हतियार विसर्जन होस् । सहमतिको फूल फुलोस् । अँगालोहरु साँच्चिकै दिल जोडेको होस् ।
    ओलि बालाई प्रष्टयाउँ, अहिलेको नगर कमिटीको नेतृत्वले अन्र्तघातको समिक्षा गर्न सक्दैन । यस्को लागि नगर कमिटीको स्वरुप नै फेरेर अन्र्तघातको समिक्षा गर्न दिनुपर्छ । ओलि बा आफैले नै अव प्रत्यक्ष हस्तक्षेपमा, बौद्धिक ब्यक्तिले खचाखच भरिएको कीर्तिपुरमा देशकै सर्वाधिक लोकप्रिय पार्टीको लगातार पटक पटकको लज्जास्पद हारलाई असामान्य रुपमा लिएर ब्यवस्थापन गरिदिनु होला । कतै छिद्ध देखियो भने टालिदिनु होला । यो समस्यालाई सँधैका लागि समाधान गदिदिनु होला । यो हारसँगै हाम्रो ‘आत्मग्लानी’को फेरि एकपटक तीस महिनाको लागि नवीकरण भएको छ । हामी फेरि फेरि आत्मग्लानीको म्याद थप्न चाहानौँ । हामीलाई म्याद थप्नु नपर्ने वातावरण सृजना गरिदिनु होला ।
    ‘हुने हार, दैव नटार’ भनिन्छ । यो हारमा म पनि ब्यक्तिगतरुपमा भागिदार छु । अब एकले अर्कालाई आरोप प्रत्यारोपको सट्टामा सबैले एकमुष्ठ हारको नैतिक जिम्मेवारी लिनैपर्छ । कसैलाई सिद्धान्त मन पर्यो, ब्यक्ति मन परेन त कसैलाई ब्यक्ति मन पर्यो सिद्धान्त मन परेन, साथै सिद्धान्तको अनुहारको चहकमा ब्यक्तिको अनुहार धुमिल हुनुपर्छ भन्ने दलगत मान्यताबाट हामी स्खलित भयौँ । अव कीर्तिपुर नगरको नेकपा एमाले समिक्षासहित अगाडि जानुपर्छ । प्रष्ट कुरा हो, यो चुनावी नतिजाले यो कुरा अभिब्यक्त हुन्छ कि कीर्तिपुरको एमालेमा केही थान नेताको हालिमुहाली थिए, तिनीहरु कार्यकता र जनताबाट नै अस्वीकृत भएका छन् र अव तिनीहरु नैतिकताले हटनुपर्छ । अब नेतृत्व नयाँ पुस्तालाई नसुम्पिने हो भने यो हारको सिलसिला यसरी नै चलिरहने छ । हामी अर्को चुनावमा कीर्तिपुरमा नेकपा एमालेलाई जिताउन चाहान्छौँ र त्यो जीतमा हामी पनि जित्न चाहान्छौँ ।

    ( राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठ कीर्तिपुरमा बसेर राष्ट्रिय स्तरमा कलम चलाउने युवा साहित्यकार पनि हुन् ।)

  • योगेश आदीको ‘तिम्रै बजारमा’ बजारमा आउँदै गर्दा

    योगेश आदीको ‘तिम्रै बजारमा’ बजारमा आउँदै गर्दा

    दीपकराज पाण्डे, न्युयोर्क

    बजारमा निस्कने थुप्रै गीतहरुको माझ योगेश आदीको रचना र स्वरमा “तिम्रै बजारमा” युट्युब मार्फत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । बियोगान्त भावको गीत उनले रक शैलीमा गाएको छ । न्युयोर्कका संगीतकर्मी ओम कर्माचार्यको संगीत र छायाँकन रहेको गीतको सम्पुर्ण कार्यसम्पादन न्युयोर्क सहरमा गरिएको हो ।

    योगेशसँग संगत गरेको करिव ३० वर्षमा मैले उसलाई नेपाल ‘ल’ क्याम्पसको छतदेखि पार्टी पिकनिकसम्म सुनेको छु । ऊ लेख्ने मान्छे हो भन्ने धेरैलाई थाहा हुनसक्छ तर “तिमीले गाउन पनि सक्छौ, गाऊ !” भनेर उत्प्रेरणा गर्ने मध्ये म पनि हुँ । समग्रमा योगेश सम्भावनाको खानि हो । उसले के के जान्दैन ? भन्दापनि ‘के चाहिँ जान्दैन ?’ भनेर म सधै भनि राखेको हुन्छु । उनको हरेक प्रयासले त्यो बिधालाई न्याय गर्ने कुरामा म विश्वास राख्छु ।

    तिम्रै बजारमा…

    आजभन्दा करिव ११ वर्ष अघि योगेशको रचनामा निस्किएको गीति एल्बम् “शाश्वत संसार” मैले कैयौ पटक सुनिसकेपछि तिमीले अरुपनि गीतहरु लेख्नुपर्छ भनेर भनिराख्थें । आज गाएर नै संगीत प्रतिको थप समर्पण पेश गरेको छ ।

    योगेशको रचना सधै यथार्थपरक हुने गर्छ । उनले लेखेको सयौं लेख रचनाहरु मात्र होइन कि उनको करिव १८ बर्ष पहिले प्रकाशित कविता संग्रह “मेरो दुरबिनबाट” नै तथ्य पुष्टि हुन्छ ।

    योगेशको नयाँ कृतिले उनलाई थप उर्जा प्रदान गर्नेछ । यो ट्रेजेडी रक गीतले नयाँ पुस्ताको मात्र होइनकि सबैको मन छुनेछ भन्ने विश्वास लिएको छु । शुभकामना !

  • संगीत नै जीवनसार, संगीत नै आधारमान्ने ओम कर्माचार्यसँग गफिदैं जाँदा

    संगीत नै जीवनसार, संगीत नै आधारमान्ने ओम कर्माचार्यसँग गफिदैं जाँदा

    “संगीत मेरो लागि जीवनको सार हो । संगीतले मेरो मन मस्तिष्कमा स्वस्तिशान्ति कायम भइ रहन्छ, त्यसैले म बिगत ३० वर्षदेखि यसैमा व्यवसाय एवम् साधक भएर लागिरहेको छु । कहिले गाएर, कहिले बजाएर, त कहिले अरुलाई गाउन लगाएर बसेको छु।” रुचि र रहरलाई व्यवसायमा परिणत गर्न सफल न्युयोर्क सहरका एक संगीत साधक ओम कर्माचार्यको यो अभिव्यक्तिले सबैलाई गीत संगीतप्रति लाग्न प्रेरित गर्दछ ।

    नेपालमा लामै समयदेखि गीतसंगीतको व्यवसायमा लागेतापनि न्युयोर्क सहरमा भने सन् २०१४ देखि ॐ मेगा अडियो भिडियो प्रडक्सन् स्टुडियो सञ्चालन गर्दै आइरहेका छन्, जुन अमेरिकामा नेपालीले संचालन गरेको पहिलो एक मात्र रेकर्डिङ स्टुडियो हो । कर्माचार्यले हालसम्म अमेरिकामा मात्र अनगिन्ति गीत रेकर्ड गराइ सकेका छन् । उनको स्टुडियोमा हिन्दी, भुटानी, टिबेटन र नेपाली मात्र होइन कि, हेसियन्, स्पानिश एवम् अंग्रेजी लगायत धरै भाषाका गीतहरु समेत उनको स्टुडियोमा रेकर्ड भएका छन् ।

    टेलिभिजनमा समेत कार्यक्रम चलाएका ओमको जीवनक्रम हेर्दा उनी म्युजिक, मिडिया र मनोरञ्जनकै लागि जन्मिएको जस्तो प्रतित हुन्छ । विभिन्न कार्यक्रमहरुमा स्टेज समेत गर्ने उनले बिभिन्न कार्यक्रममा सम्मान समेत ग्रहण गरिसकेका छन् ।

    काठमाडौं डिल्ली बजारको नेवार परिवारमा जन्मेहुर्के पनि शुद्ध खस नेपाली भाषा बोल्ने उनको वाक्पटुताले पनि यो व्यवसायमा सहयोग गरेको उनको अनुभव छ । संगीतमय जीवनको बारेमा जिज्ञासा राख्दा ‘जीवन अनुभवको संगालो’ रहेको कर्माचार्यको ठहर छ ।

    आफ्नै शब्द, स्वर र संगीतमा समेत दर्जनौं गीत रेकर्ड गराई सकेका उनलाई चर्चा र प्रशिद्धिको बारेमा प्रश्न गर्दा ‘काम गर्दै जाने हो, चर्चा भए पनि नभएपनि गुनासो नरहेको’ हाँसेर बताउँछन् ।

    नेपालीको रेकर्डिङ् स्टुडियोमा यदाकदा बिदेशीहरुपनि गीत रेकर्ड गर्न आउँदा गर्व महसुस् गर्ने ओमको निकट भविष्यमा नै न्युयोर्क सहरको जीवनमा आधारित एउटा नेपाली फिल्म बनाउने योजना रहेको बताए ।

    शुरुका दिनमा गरिखाने वर्गको बाहुल्यता रहेको न्युयोर्क सहरको ज्याक्सन हाइट्समा रेकर्डिङ् स्टुडियो सञ्चालन गर्न लाग्दा नजिकका चिनेजानेका साथीभाइले नै ‘हुँदैन / सक्दैन’ भनेर कटाक्ष गरेको सम्झँदै “आफ्नो लगनको अगाडि भगवान पनि झुक्छ । म आफुलाई मेहेनती छु जस्तो लाग्छ” भन्दै मुस्कुराउँछन् ।

    “अमेरिकाको भिसा लागेपछि अब मैले परदेशको व्यस्त जीवनशैलीमा संगीत श्रृजना र रेकर्डिङ व्यवसायलाई कसरी निरन्तरता दिन सकुँला र ? भनेर चिन्तित भएको थिएँ, तर यतिबेला मैले चाहेको जस्तो गर्न सकेको छु। यो पनि मेरो अन्तरमनको जीत हो” कुरै कुरामा पनि संगीतको भोक देखिने ओमलाई रेडियो नेपाल तथा टिभीदेखि अमेरिकासम्मको संघर्षको कथा लेख्न मन भएको पनि सुनाए ।

    मेरो निष्कर्षमा ओम संगीत बिना बाँच्न नसक्ने एउटा उम्दा सर्जक र साधक हो । ओमले लेखेका गीतहरु पढ्दा, उनले संगीत भरेका गीतहरु सुन्दा र उनले बनाएका म्युजिक भिडियोहरु हेर्दा उनले नछोएका संगीत र गीत सम्वन्धि बिधा नै बाँकी छैन जस्तो भाहान हुन्छ ।
    उनको यो उर्जा र समर्पणले आगामी दिनमा नेपाली संगीतले थप फक्रने वातावरण पाओस् । शुभेक्षा !

  • नेपालीको उद्दार कार्यमा एनआरएनए एनसिसी पेन्सिलभानिया च्याप्टरको सक्रियता

    नेपालीको उद्दार कार्यमा एनआरएनए एनसिसी पेन्सिलभानिया च्याप्टरको सक्रियता

    न्युयोर्क

    नेपालको बेरोजगारीले आजित भएर संसारभरी काम खोज्दै हिडेका नेपाली युवायुवतीहरुले प्रदेशमा अनेकन दुख कष्ट भोग्नु पर्ने निश्चित नै छ। यसै शिलशिलामा अमेरिकाको पिट्स्बर्ग, पेन्सिलभानिया आएका एक युवा क्षितिज बहादुर सिंह कामबाट डेरा फर्कदै गर्दा बाटोमा अकस्मात बेहोस् भई आफ्नो पासपोर्ट, केही पैसा र अन्य समान गुमाएर अस्पतालको बिस्तारामा पुगेर होस् प्राप्त गरेका थिए। गत सेप्टेम्बर महिनामा आफु बेसाहारा भएपछि उनले नेपाली महाबाणीज्य दुतावास न्युयोर्कमा ट्रावल डकुमेण्टको लागि अनुरोध गरे। साथै उनले सो ट्रावल डकुमेण्ट लिन आवस्यक शुल्क लगायत सहयोग गरिदिन न्युयोर्कबासी एन आर एन अमेरिकाका आजीवन सदस्य एवं पत्रकार बिष्णु सिंह बैजुलाई अनुरोध गरे। समाजसेवी पत्रकारले तुरुन्तै नेपाली महाबाणीज्य दुतावासका अधिकृत नवराजसंग सम्पर्क गरि आवस्यक पर्ने सबै कागजात र सरकारी दस्तुर समेतको जानकारी लिए। तत्पश्चात उनले सबै कागजात र शुल्क तयार गरि दुताबासलाई बुझाए। अधिकृत नवराजले पनि ढिला नगरी ट्रावल डकुमेण्ट तयार गरि पत्रकारलाई दिए।

    एनआरएनए अमेरिकाका आजीवन सदस्य एवं पत्रकार बिष्णु सिंह बैजु


    तर बिरामी युवाको बिमारी लम्बिएपछि युवालाई पत्रकारले डकुमेण्ट पठाउन सकेनन। अनि पत्रकारले एन आर एन अमेरिका, पेन्सिलभानिया च्यापटरका अध्यक्ष जयन्द्र लामालाई सम्पर्क गरि युवाको रेखदेख र जानकारी लिन आग्रह गरे। अध्यक्ष लामाले पनि आफ्नो च्याप्टरका बोद्पुर्न बिस्वकर्मालाइ युवाको हालचाल बुझ्न पठाए। अनि आफैले पनि क्षितिजसंग फोनमा सम्पर्क गरि कुरा गरे। अनि अत्तालिएका युवाले अलि ढाढस पाएको अनुभूति हुन् थाल्यो।

    तिन महिना लामो बिमारी उपचारपछि गत हप्ता नोवेम्बर २२ मा युवालाई हस्पिटलले डिस्चार्ज गरिदियो। तर युवाको खल्तीमा न खाने पैसा थियो, न बस्ने ठेगाना नै थियो। उनले आफ्नो अवस्था पत्रकारलाई बताए। पत्रकारले अध्यक्ष लामासंग सम्पर्क गरि युवालाई उद्दार गर्ने बारे छलफल गरे। लामाले युवालाई नेपाल पठाउन आवस्यक पर्ने हवाई जहाज टिकट एन आर एनबाट दिलाई दिने बचन दिए। अनि पत्रकारले पनि युवालाई आवस्यक पर्ने केही रकम पोस्ट अफिसको मनि अर्डर, ट्रावल डकुमेण्ट, नोटबुक, कलम र केही सप्लाइज तुरुन्तै अस्पताल पठाईदिए। साथै अध्यक्ष लामासंग कुरा भएअनुसार कतार एरवेजको जहाज टिकट पनि पठाइ दिए। अनि पत्रकारले अस्पताललाई अनुरोध गरेर युवालाई अस्पतालबाट सिधै पिट्स्बर्ग एरपोर्ट पठाईदिन अनुरोध गरे। अनि युवाले खाने खर्च, टिकट, लुगा, फोन, ब्याग इत्यादि पाएपछि उनी अहिले सकुशल नेपाल पुगे ।
    उनी हवाई जहाजमा उड्नुअघि पत्रकारलाई फोन गरेर मुरीमुरी धन्यबाद भनि आभार व्यक्त गरे । साथै अध्यक्ष जयन्द्र लामा, बोद्पुर्ण बिस्वकर्मा, अध्यक्ष डा बन्जाडे र कोषाधक्ष्य सरोज सिग्देललाई हृदयदेखि धन्यबाद दिदै एन आर एन अमेरिकाले आफु लाचार र विवश हुदा पुर्याएको सहयोग जिन्दगीभारी याद रहने बताए।

    अध्यक्ष जयन्द्र लामाले केन्द्रका एन आर एन सभापति डा बन्जाडेसंग कुरा गरि युवाको लागि जहाज टिकट खरिदका लागि आवस्यक रकम संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे।
    अध्यक्ष लामाको सल्लाह अनुसार पत्रकार बिष्णु सिंह बैजुले युवालाई अस्पतालबाट नेपाल फर्काउने सम्मको सबै कार्य हृदय खोलेर गरिदिए। एन आर एनको सबै च्याप्टरहरुमा यस्ता नेपालीहरुलाई आपद विपद पर्दा यस्ता सहयोगी उद्दार कार्यहरु गर्न सके संस्थाप्रति नेपालीहरुको अगाध श्रद्धा बढ्ने देखिन्छ।

  • अनेसास न्युयोर्कको लक्ष्मी जयन्तिमा डा. गोविन्द कोईरालाको “सानो मास्टर” को समिक्षा

    अनेसास न्युयोर्कको लक्ष्मी जयन्तिमा डा. गोविन्द कोईरालाको “सानो मास्टर” को समिक्षा

    बिष्णु सिंह – न्युयोर्क

    अन्तराष्ट्रिय नेपाली साहित्य समाज , न्युयोर्क च्याप्टरले आईतवार नेभेम्बर १० अपरान्ह १२ देखि ४ सम्म महाकवि लक्ष्मी प्रसाद देवकोटा, ११६ औं लक्ष्मी जयन्ती भब्यरुपमा आयोजना गर्यो। कार्यक्रममा साहित्यकार डा. गोविन्द कोईरालाको “सानो मास्टर” उपन्यासको विवेचना गरिएको थियो।
    च्याप्टरकी उपासभापति जानुका वस्तीले कार्यक्रमको शुरुवात उपस्थित सहभागीहरुलाई आशंन ग्रहण गराएकी थीइन। अध्यक्ष लक्ष्मी श्रेष्ठले प्रमुख अतिथि कमला प्रसाई, डा गोबिन्द कोइराला, मंजु खनाल र शुसिल नेपाललाई खादा ओडाई ड्यासमा आशंन ग्रहण गराएकी थिइन।


    ततपस्चात दिप प्रज्वलन गरिएको थियो। अनि सहभागीहरुले नेपाली र अमेरिकी राष्ट्रिय गर्न गाएका थिए। त्यसपछि च्याप्टरकी महासचिव नदिया लिवान्गले कार्यक्रममा पाल्नु हुने सबैलाई सहृदय स्वागत अभिवादन गर्नु भएको थियो।
    ततपस्चात सहभागी साहित्य कर्मिहरुबाट लक्ष्मी प्रसाद देवकोटाको बारे केही प्रकाश पार्ने र आफ्नो रचना प्रस्तुत गर्ने क्रम चल्यो।
    सर्वप्रथम बिकास बिष्टले तिलमाधव देवकोटाको छोरा लक्ष्मी प्रसाद देवकोटाले काठमाण्डुको दरवार हाईस्कुलमा पढेकोदेखि लिएर देवकोटाको अग्रेजी भाषादेखि अन्य १४-१५ बिबिध भाषाहरुमा दखल भएको बारे प्रकाश पारे। साथै बिष्टले अन्त्यमा दार्जलिंगका पुष्पन प्रधानले गाएको “पैसा होईन पासो छ परदेशमा’ साग र सिस्नो खाएर बस्नु जस्ता देवकोटा लिखित गितहरु गाएर बिदा भएका थिए।

    त्यसपछि साहित्यकार रामचन्द्र अधिकारीले देवकोटाबारे आफ्नो मन्तब्य राख्दै देवकोटाको गहिरो साहित्य अनुरागको कारण उनलाई “आशु कवि” महाकवि, “पागल” समेत भनिने गरेको उल्लेख गरे। साथै देवकोटा ज्यादै भावुक र सहृदयी भएकोले आफ्नो घरमा पकाउन खरिद गरि लगेको काउली बाटोमा भोको गाईले ब्वावा गरि कराएको सुन्दा तिनै गाईलाई काउली खुवाईदिएको किस्सा ज्यादै मर्मस्पर्सी थियो। यसबाट देवकोटा मानिस मात्र नभएर पशुलाई समेत माया गर्ने कवि थिए भन्ने बुझियो।

    त्यसपछि अर्का साहित्य अनुरागी बैजुले डा गोबिन्द कोइराला लगायत बिभिन् कवि साहित्यकारहरुले समाजमा रहेको बिभिन्न बिकृति र विसंगति हटाई एक उन्नतशील नेपाली समाज बनाउन लेखिएका कृतिहरु सिर्फ पढ्ने र दराजमा सजाउनेमा मात्र सिमित हुदा नेपाली समाज आजपनि बिकृति ग्रस्त रहेको प्रकाश पारे। यसै सन्दर्भमा सहभागीहरुले च्यापटरले १० बर्ष अघि १०६ औ लक्ष्मी जयन्तिको अवसरमा “परिवर्तनको बाहक छोरी” नाटक मन्चन गरि देवकोटाको जातिय विभेद अन्त्य गर्ने संदेश दिनुहुने बिकाश बिष्ट, शकुन ज्ञवाली, नदिया लिवाङ्ग लगायतलाई थपडी बजाई सम्मान गरेका थिए। बिगत् ९ बर्षदेखि असक्षम नेतृत्वको कारण साहित्यिक गतिबिधि शुन्य रहेको च्याप्टरमा हाल लक्ष्मी श्रेष्ठले च्यापटरको नेतृत्व सम्हाले पछि साहित्यिक गतिबिधि अगाडि बढेकोमा सभापतिको प्रशंसा गरे। आफ्नो तलको छोटो रचना प्रस्तुत गर्दै बिदा भए।
    टुक्रिन्छन शिसा अनेकन टुक्रा भई,
    तर ति जोडिञ्छन सबै ,
    रशायनिक प्रक्रियाले एक ढिक्का भई ।
    अज्ञानता र अहमताले आफ्नोलाइ,
    पराया ठानिदा टुक्रिन्छ मन ,
    तर जोडिन्छन झन् दरिलो भई ,
    भए स्वच्छ सदभाव र प्रेम।।

    त्यसपछि गीतकार, गजलकार “आनन्द श्रेष्ठले “मान्छे होईन मान्छे चरी नठान्नु ” गजल प्रस्तुत गर्नु भएको थियो। समयाभावले गर्दा उनको मिठामिठा गजलहरु सुन्ने चाहना पुरा नभएको धेरैले अनुभूति गरे। अनि पछि उनको एकल कार्यकर्म राख्न पनि अनुरोध गरियो।

    त्यसपछि बरिष्ठ कवियत्री तथा कार्यक्रमकी प्रमुख अतिथि कमला प्रसाईले आफु यस कार्यक्रमा सहभागी हुदा निकै गौरवान्वित भएको महशुस गरेको भन्दै अनेसास च्याप्टरको तर्फबाट डा कोइरालालाई सम्मान-पत्र प्रदान गरिएको थियो।

    त्यसपछि साहित्यकार पुनम काफलेकी श्रीमान किरण काफलेले “सोनो मास्टर” आत्मा कथाको विवेचना गर्नु भएको थियो।
    सर्वप्रथम उनले आफु बालकह हुदा नै देवकोटाको कृति सुनेर त्यसमा रुचि बढेको उल्लेख गरे। अनि केहि कृतिहरु प्रकाश पर्दै आफ्नो मनमा शब्दहरु टास्सिएर बसेको उल्लेख गरे। जस्तो “क्षेत्रीको छोरा यो खुट्टा छुन्छ, मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन।” “साग र सिस्नु खाएर बस्नु”

    त्यसपछि बरिष्ठ कवियत्री तथा कार्यक्रमकी प्रमुख अतिथि कमला प्रसाईले आफु यस कार्यक्रमा सहभागी हुदा निकै गौरवान्वित भएको महशुस गरेको भन्दै अनेसास च्याप्टरको तर्फबाट डा कोइरालालाई सम्मान-पत्र प्रदान गरिएको थियो।

    त्यसपछि साहित्यकार पुनम काफलेकी श्रीमान किरण काफलेले “सोनो मास्टर” आत्मा कथाको विवेचना गर्नु भएको थियो।
    सर्वप्रथम उनले आफु बालक हुदा नै देवकोटाको कृति सुनेर त्यसमा रुचि बढेको उल्लेख गरे। अनि केहि कृतिहरु प्रकाश पर्दै आफ्नो मनमा शब्दहरु टास्सिएर बसेको उल्लेख गरे। जस्तो “क्षेत्रीको छ्रो यो खुट्टा छुन्छ, मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन।” “साग र सिस्नु खाएर बस्नु”
    वास्तवमा “सानो मास्टर” डा कोइराला आफै हुन्। उनि भोजपुरको गाउमा आफु स्कुलमा पढ्द्थे र साथै बच्चैदेखि पढाउन पनि थालेका थिए। सानो मस्तेर नै अहिलेका अमेरिकाको विश्व बिद्यालयमा पढाउने डा कोइराला ठुलो मास्टर हुन्। काफलेले शब्द शब्द केलाएर निकै गहन तरिकाले पुस्ताको विवेचना गरिदिए। पाठकले यो आत्म कथा पढेर आफ्नो प्रयाशलाई निरन्तरता दिन सकिने, त्रिभुवन बिस्वबिद्यालय जस्तो सस्थामा लेखक डा कोइरालाल विभेदमा परि बिदेशिन बाध्य भएको देशमा विद्यमान अनेकन विसंगति, बिकृति सुधारका लागि लेखक अनवरत रुपमा सक्रिय रहेको इत्यादि बिषयहरु काफलेले श्रोताहरुलाई ध्यान मागन पारि सुनाई दिए। उनको विवेचना निक प्रसंसित भयो।”

    त्यसपछि कवि कृष्ण सिंह धामीले “सानो मास्टर” को विवेचना गरेका थिए। उनले भने, “यो पुस्तक २००९ देखि २०८१ बिचको डा कोइरालाको सांसारिक जीवनको आत्म कथा हो” लेखकले निकै ईमान्दरिका साथ् लेखिएको शिक्षाप्रद पुस्तक भएकोले पाठकले यसलाई नपढी त्यसै नथन्क्याउने बिस्वास व्यक्त गरे।

    त्यसपछि कवियत्री ज्योति पौडेलले डा कोइरालालाई पठाउन भएको शुभकामना संदेश केन्द्रीय सदस्य शकुन ज्ञावालीले पढेर सुनाउनु भएको थियो। ज्ञवालीको वाचनशैली प्रभाव्कारि भएकोले निकै कर्णप्रिय लागेको थियो।

    त्यसपछि शुभकामना दिन भनि ड्यासमा उभिएका राजेन्द्र श्रेष्ठले बिगतमा कवियत्रीहरुले अनेसासलाई आफ्नो बपौति बनाएको गुनासो गरे। साथै पत्रकारको पनि खेदो खाने। शायद उनको आफ्नो पालामा केही गर्न नसकेको तर अहिले अरुले केही गरेको देखी तितो पोखेको भान हुन्थियो।
    त्यसपछि डा कोइरालाले आफ्नो पुस्तक बारे केही चर्चा गर्नु भयो र पत्रकारले मागेको स्पष्टिकरण पनि दिनु भएको थियो। कार्यक्रममा बिभिन् साहित्य अनुरागीहरु आनन्द बिष्ट,पदमा लिखा मगर,पुनम काफ्ले, बिस्व थापा, कृष्ण सिंह धामी, अन्य धेरै सहभागीहरु हुनुहुन्थियो
    अन्तमा सभापति लक्ष्मी श्रेष्ठले देवकोटाको “कुन मन्दिरमा जान्छु यात्री प्रस्तुत गर्दै कार्यक्रम बिसर्जन गरिन।

  • न्युयोर्कमा न्हू दँया भिंतुना र नेसं. ११४५ याली सम्पन्न

    न्युयोर्कमा न्हू दँया भिंतुना र नेसं. ११४५ याली सम्पन्न

    न्युयोर्क ।

    नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा गत नोभेम्बर २ तारिख शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्‍यालीको आयोजना गरिएको थियो । २०८१ कार्तिक १७ गते शनिबार, प्रतिपदा तिथि तदनुसार नेपाल सम्वत ११४५ को नयाँ बर्षको पहिलो दिन हो । नेपाल सम्वत नेपालको राष्ट्रिय सम्वत हो ।

    तिहारको चौथौं दिन म्ह पूजा अर्थात् गोवर्धन पूजाको दिनमा पर्ने नयाँ वर्ष नियमित रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ मनाउँदै आइरहेको छ । न्हू दँया भिंतुना कार्यक्रम सुरु हुनु अगाडि उपस्थित सबैलाई परम्परागत रुपमा सगुन स्वरुप टीका, फूल र कोखा वितरण गरिएको थियो ।

    नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै सुरु भएको न्हू दँया भिंतुना कार्यक्रमको सञ्चालन नेवाः नखः न्युयोर्कका महासचिव श्री तुलसी नारायण चित्रकारले गर्नु भएको थियो । कार्यक्रममा नेवाः गुठीका अध्यक्ष श्री विजय मान सिंले उपस्थित सबैलाई स्वागत गर्नुका साथै सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भयो । उहाँले नेपाल सम्वतको महत्त्व र औचित्यको बारेमा जानकारी गराउनु भएको थियो । शंखधर साख्वाले तत्कालिन समयमा सबैको ऋण तिरेर सबैजनालाई ऋणमुक्त गरेको अवसरमा नेपाल सम्वत सञ्चालनमा आएको जानकारी दिनु भयो ।

    नेपाल जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष श्रीमति कृष्णा महर्जनले नेपाल सम्वत नेपाली सबैको सम्वत भएको बताउनु भयो । कार्यक्रममा नेवाः गुठीका सदस्य राजेन्द्र महर्जनले न्हू दँया भिंतुना र्‍यालीको नाराको बारेमा जानकारी गराउनु भएको थियो ।

    कार्यक्रमको अन्त्यमा नेवाः नखः न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले नेपाल सम्वत कसरी सञ्चालनमा आएको हो भन्ने जानकारी गराउँदै यसको महत्त्व भावी पुस्तासम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले कार्यक्रममा उपस्थित सबै सहभागी, सहयोगी र स्वयंसेवकहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    तत्पश्चात न्हू दँया भिंतुना र्‍याली सुरु भयो जसमा सयौं जनाको सहभागिता थियो । शंखधर साख्वाको फोटो भएको व्यानर सहित विभिन्न प्लेकार्डका साथमा नेपाल सम्वत सम्बन्धि विभिन्न नारा लगाउँदै न्युर्योकको ज्याक्सन हाइट्स् परिक्रमा गरेको थियो । जातिय पहिरणमा उपस्थित भएका सहभागिहरुका साथमा परम्परागत बाजागाजा सहित भिंतुना र्‍यालीले नगर परिक्रममा गर्दा धेरैजसो नगरवासीको ध्यान आकर्षण गरेको थियो । कतिपय अमेरिकन तथा अमेरिकामा बसोबास गर्ने अन्य देशका नागरिकहरुले भिंतुना कार्यक्रम र नेपाल सम्वतको बारेमा जानकारीका लागि सोधपुछ गरेका थिए । अमेरिकामा बसोबास गर्ने गैर नेपालीहरुले समेत अभिरुचिपूर्वक र्‍याली अवलोकन गर्नुका साथै र्‍यालीको भिडियो रेकर्ड गरेका थिए ।

    प्रत्येक बर्ष दुबै संस्थाले संयुक्त रुपमा नेपाल सम्वतको उपलक्ष्यमा भिन्तुना र्‍याली गर्दै आएको कुरा नेवा: नख: न्युयोर्कका पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णुमान प्रधानले जानकारी दिनु भयो।

  • केप कड, मासाचुसेट्समा भब्य देउसी-भैलो

    केप कड, मासाचुसेट्समा भब्य देउसी-भैलो

    केप कड नेपाली समाजले आयोजना गरेको २०८१ को तिहार शुभकामना तथा देउसी-भैलो कार्यक्रम, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही नोभेम्बर महिनाको १ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो।

    समाजका महासचिव इच्छा खड्काद्वारा संचालित उक्त कार्यक्रम दुवै देशको राष्ट्रीय गानका साथै स- साना नानीबावुहरूले दीप प्रज्वलन गरि औपचारिक रूपमा शुरूआत गरिएको थियो ।

    समाजका वरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै २०८१ सालको तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्वको उपलक्ष्यमा, केप कड बासी र संसार भरीरहनु भएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

    यसैगरि तिहार विशेष कार्यक्रमका संयोजक क्षेजी शेर्पाले यस कार्यक्रममलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद दिदै सबैमा दीपावली २०८१ को शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

    यस कार्यक्रमको खाना ब्यवस्थापन समुहकी संयोजक कुमुदा पोख्ररेलले पटलकमा सहभागी भएर आ-आफ्नो घर घरबाट विभिन्न परिकारहरू बनाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको नाम पढेर सुनाउनुको साथै समाजको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो। समन्वय गर्नेक्रममा कुनै कमी कमजोरीहरू भएको भएमा आगामी दिनहरूमा सुधार गर्दै लैजाने कुरा प्रष्ठ पार्दै कार्यक्रममा उपस्थित सबैलाई तिहारको शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

    समाजका आजीवन सदस्य डा. सरिता बज्राचार्यले विगतका दिनहरूको स्मरण गर्दै केप कडमा नेपाली समुदायको संख्या दिनानुदिन बढे संगै समाजले आयोजना गर्ने गरेका यस्ता कार्यक्रमहरूको महत्व अझै बढ्दै गइरहेको र सोही अनुसार केप कड नेपाली समाजले सह्रानिय काम गर्दै आएकोमा खुशी ब्यक्त गर्नुभएको थियो। अन्त्यमा वहांले उपस्थित सबैलाई तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्वको शुभकामना दिनुभयो। त्यसैगरि समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले पनि सबैलाई तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्वको शुभकामना ब्यक्त गर्दै समाजको संस्थागत विकास र प्रभावकारीतालाई बढाउन युवा पुस्ताहरूलाई प्रोत्साहित गर्दै लैजानुपर्ने बताउनुभयो।

    तिहार विशेष देउसी- भैलो कार्यक्रमका सांस्कृतिक संयोजक खगेन्द्र राई, सदस्य सिताराम राई र ठग बहादुर तिमल्सिनाको अगुवाईमा समाजका सबै पदाधिकारीहरूलाई तिहारको स्वागत गीतमा सहभागी गराई देउसी भैलो सत्रको शुभारम्भ गर्नुभएको थियो। यसको साथ-साथै समाजका पदाधिकारीहरूबाट देउसी भैलोलाई दक्षिणा प्रदान गर्ने कार्य शुरू गरिएको थियो। समाजका पदाधिकारीहरू, आजीवन सदस्य लगाएत उपस्थितअन्य महानुभावहरूबाट देउसी भैलोलाई दक्षिणा प्रदान गर्ने क्रम कार्यक्रम भरी निरन्तर चलिरहयो।
    यसैगरि स-साना नानीबावुहरूले तिहार विशेष देउसी भैलो साथै अन्य गीतहरूमा सामूहिक तथा एकल नाचहरू प्रदर्शन गरि कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाएका थिए। यसरी नंया पुस्ताका नानी बावुहरूले आफ्नो कला संस्कृति प्रति देखाएको चासो, जोस जाँगर र अग्रसरताले यस्ता कार्यक्रमहरूको आवश्यकतालाई थप पुष्टि गरेको छ। स्थानीय कलाकार दिदीबहिनीहरूको धमाकेदार नाचगानका प्रस्तुति पनि अत्यन्त प्रशंसनीय थियो।

    समाजका कोषाध्यक्ष विमल खड्का र सदस्य अजय खतिवडाको अगुवाईमा देउसी भैलोको दक्षिणा संकलन तथा ब्यवस्थापन गरिएको थियो। कार्यक्रममा नयाँ बनेका आजिबन सदस्य हरुलाई संस्थाका अध्यक्ष केबी राई र सचिब सरस्वती खनाल ले खादा माला लगाएर सम्मान गरी प्रमाण पत्र बितरण गर्नु भएको थियो भने सचिब खनाल ले आफैले रचना गरेको देउसी भैलोको गीत गाएर सबैलाई मनोरन्जन दिनु भएको थियो।

    कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष साथै यस कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई तिहार २०८१, नेपाल सम्वत् ११४५ र छठ पर्वको शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने सबै महानुभावहरू र कार्यक्रममा तिहारको मिठो मिठो खाना उपलब्ध गराउनु हुने सम्पूर्ण सदस्यज्यूहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो। उक्त कार्यक्रममा २०० जना भन्दा बढी केप कड बासीको उपस्थिति रहेको थियो ।

  • जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरको दशैँ दिपावली शुभकामना कार्यक्रम

    जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरको दशैँ दिपावली शुभकामना कार्यक्रम

    बिष्णु सिंह, न्युयोर्क

    जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरले अक्टोबर २४ अपरान्ह ज्याक्सन हाईटस्थित आफनै कार्यालय प्राङ्गणमा २०८१ दशैँ र दिपावलीको नेपालीबीच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा बिभिन्न तह र तप्काका नेपालीहरुको उपस्थिति रहेको थियो।


    कार्यक्रममा बिभिन्न वक्ताहरुले नेपालमा हालै भएको बाढी पहिरो प्रकोपबाट पिडित आफ्ना नेपाली देशबासीहरु प्रति गहिरो समबेदना प्रकट गरेका थिए। दशैको अवसरमा चियापान कार्यक्रम आयोजना गरि नेपालीबीच भातृत्व बढाउने उद्देस्य सहित नेपाली काग्रेसले शुरु गरेको यो कार्यक्रम अहिले नेपालका बिभिन्न पार्टीहरुले पनि अनुशरण गरि रहेकाछन। तर पनि नेपालीबीच भातृत्व बढ्नुको साटो बैमनस्य बढेको स्पष्ट देख्न सकिन्छ।
    प्रवास आएर पनि नेपालीहरुले आफुलाई नेपाली नभनि कसैले दोलखा समाज, कसैले तामांग समाज, कसैले डोटी समाजका फलानो र ढिस्कानो भनेको सुनियो। यहाँ लेटिनो समाज, बंगलादेशीको समाज र अन्यहरुको समाज कति बलियो संगठित देखिन्छ। तर नेपालीको भने नेपालमा जस्तै जातपात कै समाज कायम छ। अनि नेपालीहरुको भेटघाट सिर्फ एकछिन चियापान र गफगाफ अनि सकियो। परेको बेला कुनै नेपालीलाई अर्को नेपालीले सहयोग सहायता गर्ने गुञ्जायस देखिदैन। त्यसैले अब अमेरिकामा सबै जातपात छोडेर नेपाली एक बलियो संगठन बनि नेपालीहरुको सबै एक दरिलो आशा र भरोसाको केन्द्र बन्नु पर्ने कुरामा बक्ता बैजुले जोड दिए।

    कार्यक्रममा उपस्थित सबैलाई धन्यावाद दिदै सभापति सोमनाथाले कार्यक्रम बिसर्जन गरेका थिए। कार्यक्रमको संयोजन सुबर्ण लामाले गरेका थिए भने रामचन्द्र अधिकारिले कार्यक्रम संचालन गरेका थिए।

  • केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न

    केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न

    म्यासाच्युसेट्स

    केप कड नेपाली समाजले आयोजना गरेको बडा दशैं २०८१ को “दशैं शुभकामना साँझ”, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा अक्टूबर महिनाको ११ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा संचालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता ग्रहण, विशेष अतिथि लगायत दशैं विशेष कार्यक्रमका संयोजकहरूको आशनग्रहण गरी दुवै देशको राष्ट्रीय गानबाट औपचारिक रूपमा कार्यक्रम शुरू गरिएको थियो ।

    समाजका वरिष्ठ उपाध्यक्ष तथा दशैं विशेष कार्यक्रमका प्रमुख संयोजक बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै विजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा विशेष अतिथिको रूपमा किथ रोजरीज इन्टरनेशनलका मार्शल आर्ट्स एकेडेमीका Grand Master, Sensi Keith Rosary को पनि उपस्थिति रहेको थियो। वहांले नेपालीहरूको महान चाडमा आमन्त्रण गरेकोमा धन्यवाद दिंदै उपस्थित सबैलाई दशैंको शुभकामना पनि दिनुभयो।

    यस कार्यक्रमलाई सभ्य अनि भव्यताका साथ सफल बनाउनको लागि आर्थिक सहयोग प्रदान गर्नुहुने ध्रुव थापा, Asian Bristo, Nantucket का भरत/प्रमिला बन्जारा, Barnstable Market का टेक लामा, क्षितिज गौतम, Pepper’s Pantry का घनश्याम रैला, अशोक पराजुली लाई खादा ओडाएर सम्मान गरिएको थियो। आर्थिक सहयोग समितिमा संयोजक प्रमिला धमला बन्जारा र सदस्यहरूमा केवी राई र कृष्ण तिमलसिना थिए ।

    युवा संयोजक कुमार तामाङको संयोजकत्वमा स-साना भाई-बहिनी खेलाडीहरूले एकल तथा सामूहिक रूपमा मार्शल आर्ट्सको प्रदर्शन गरेका थिए भने, स्थानीय कलाकार दिदी-बहिनी र स-साना नानीबावुहरूको धमाकेदार नाचगानका प्रस्तुतिहरूले भरिएको दशैं विशेष सांस्कृतिक कार्यक्रमलाई समाजका सल्लाहकार, संस्थापक अध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक, हरि राई एवं समाजका कार्यकारी सदस्य सीताराम राईले संयुक्त रूपमा बेजोड ढंगले संचालन गर्नुभएको थियो। उक्त कार्यक्रममा सांस्कृतिक समितिमा सदस्यहरू पार्वती चालिसे, ज्योति बुढाथोकी लिवांग र रवीना लामा थिए। खाना ब्यबस्थापन को संयोजन उपाध्यक्ष कुवेर विन्दुकार, हलको ब्यबस्थापन कार्यकारी सदस्य ज्योती केसी ईच्छा खड्का, विमल खड्का र ध्रुव थापा थिए भने सहभागीको दर्ता कोषाध्यक्ष विमल खड्का, सह-कोषाध्यक्ष सुशिला सिंह र कार्यकारी सदस्य अजय खतिवडाले गरेका थिए र स्वयंसेवक समितिमा संयोजक कुमार तामाङ र सदस्यहरूमा हर्कुलस कन्द्ङवा लिम्बु, कुमुदा पोख्रेल र खगेन्द्र राई थिए।

    कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई विजया दशमीको शुभकामना ब्यक्त गर्नुको साथै आर्थिक सहयोग प्रदान गर्नुहुने सबै प्रायोजकहरू, सांस्कृतिक कार्यक्रमका कलाकारहरू, मार्शल आर्ट्सका खेलाडीहरू, स्वयमसेवीहरू लगाएत कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने सम्पूर्ण ब्यक्तिहरु, ब्यवसायीहरू र कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरू लाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो। उक्त कार्यक्रममा २५० जना जतिको सहभागिता थियो ।

  • न्युयोर्कमा हिमालय साँस्कृतिक प्रतिष्ठानको ‘साँस्कृतिक साँझ’ भव्य

    न्युयोर्कमा हिमालय साँस्कृतिक प्रतिष्ठानको ‘साँस्कृतिक साँझ’ भव्य

    दीपकराज पाण्डे, न्युयोर्क ।

    नेपाली गीत तथा नृत्यको आकर्षक प्रस्तुतिहरु रहेको “दशैं तिहार विविध साँस्कृतिक साँझ -२०२४” न्युयोर्कको ज्याक्सन हाइट्सस्थित धर्म हाउसमा भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली कलाकारहरुको उम्दा कलाकारिता प्रस्तुत गरिएको कार्यक्रमको आयोजना ‘हिमालय साँस्कृतिक प्रतिष्ठान’ले दशैं तिहारको अवसर पारेर गरेको हो ।

    गत शनिबार २८ तरिख साँझ ७ बजे शुरु भएको मनोरञ्जनात्मक कार्यक्रम रातको १ बजेसम्म चल्यो । कार्यक्रममा नेपाली कलाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । सञ्चारकर्मी प्रदीप थापा मगरले सञ्चालन गरेको कार्यक्रमको शुभारम्भ प्रतिष्ठानका संस्थापक अभय ढुंगेलको स्वागत सम्बोधनबाट शुरु भएको थियो ।

    स्टेज बाद्यबादनको किबोर्डमा डेभिड सुरवि ढकाल, गिटारिष्टत्रयमा हेमराज राई; शिशिर श्रेष्ठ; आयुस श्रेष्ठ तथा ढोलक मादल तबलामा न्हुच्छे डंगोल रहेका थिए भने गायक गायिकाहरुमा सपना श्री, जगदिश समाल, संगीता मुखिया, अभय ढुंगेल, बिमल डाँगी, निसा सुनार, राजेन्द्र राई, सानु शेर्पा, सुभास दाहाल, हजुरी शाह कँडेल र सलिना श्रेष्ठले साँझको माहोल साँगीतिक बनाए ।

    कार्यक्रमलाई सफल बनाउन लागिपर्ने सहयोगीहरु गीतकार तथा सल्लाहकार अनिता थापा, सहयोगी दिपक श्रेष्ठ, कलाकार इत्ना कार्की र भिमसेन श्रेष्ठलाई आयोजकले धन्यबाद व्यक्त गर्दै न्युयोर्क सहरका मेयर एरिक एडम्सका एसियन मुलका सल्लाहकार नबराज केसी र बरिष्ठ कलाकार नबिन दुंगेलबाट हिमालय कल्चरल एकेडेमीको यस कार्यक्रममा प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई प्रसंसापत्र बितरण गरिएको थियो ।

    अमेरिकाको र नेपालको राष्ट्रियगानबाट शुरु भएको कार्यक्रममा करिव १५ ओटा गीतहरु लाइभ गाइएको र ३ ओटा लोक नृत्य प्रस्तुत गरिएको थियो ।

  • न्युयोर्कमा उपमेयर सुनिता डंगोल सम्मानित

    न्युयोर्कमा उपमेयर सुनिता डंगोल सम्मानित

    बी.के. नेवा, न्युयोर्क

    न्युयोर्क । काठमाडौँ महानगरपालिकाका बहुप्रतिभाशाली व्यक्तित्व उपमेयर सुनिता डंगोललाई नेवा गुठी न्युयोर्कले भव्य स्वागत गरी सम्मान गरेको छ ।
    संयुक्त राष्ट्रसङ्घको हाल चलिरहेको महासभामा नेपालबाट युवापुस्ता र नेतृत्वबारे विशेष बैठकमा भाग लिन आउनुभएकी उपमेयर डंगोललाई स्वागत एवं भेटघाट कार्यक्रममा सम्मान गरिएको हो ।


    कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर डंगोलले आफू संयुक्त राष्ट्रसङ्घको महासभामा विशेष गरी नेपालबाट युवा नेतृत्वबारे भाग लिन आएको भन्दै यसबाट आफूले केही सिक्ने अवसर पाएको र हाम्रा युवा राजनीतिमा लागी सिष्टम बनाउनतिर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवालाई सामाजिक साथै राजनीतिमा लाग्न आग्रह गर्नुभयो ।


    उपमेयर डंगोलले आफूले चुनाव जितेर आएदेखि अहिलेसम्म महानगरले गरेका कार्यबारे विस्तृत जानकारी पनि दिनुभयो ।
    नेवा गुठी न्युयोर्कले आफूलाई यसरी स्वागत गरेकोमा खुसी व्यक्त गरी धन्यवाद दिँदै भन्नुभयो, “मैले सन् २०२२ देखि नेवा गुठी न्युयोर्कलाई रञ्जना लिपि सिकाएकोमा आज गुठीका केही सदस्यहरुले यो लिपि सिकेको र अरुलाई पनि सिकाएको सुन्दा खुसी लाग्यो । यसमा मैले सक्दो सहयोग गर्नेछु ।”


    उहाँले कार्यक्रममा सोधिएका विभिन्न प्रश्नको पनि जवाफ दिनुभएको थियो ।
    सजना महर्जनले स्वागत भाषण गर्दै उपमेयर डंगोलजस्तै बहुप्रतिभाशाली व्यक्तित्वलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुका साथै उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रममा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जनले नेवा गुठी स्थापना कालदेखि हालसम्म आफ्नो कला, संस्कृतिको प्रचार प्रसार गरी आउँदो पुस्तालाई सिकाउने र सिक्ने काम जारी राखेको बताउनुभयो ।


    त्यस्तै अर्का भूपू अध्यक्ष समिर महर्जनले पनि नेवा गुठीले गरेका कामबारे जानकारी गराउनुभएको थियो ।
    कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले उपमेयर डंगोललाई मायाको चिनो दिई सम्मान गर्दै डंगोलले रञ्जना लिपि सिकाउन लगाएको गुन कहिल्यै पनि विर्सन नसकिने बताउनुभयो । कार्यक्रमको व्यस्तताबीच पनि गुठीको कार्यक्रममा आउनुभएकोमा उपमेयर डंगोलप्रति आभार व्यक्त गर्नुभयो ।
    कार्यक्रमको सञ्चालन गुठीका महासचिव सुवर्णकुमार शाक्यले गर्नुभएको थियो भने कार्यक्रम गर्न स्थान उपलब्ध गराउने उड साइड क्याफेका सञ्चालक पुरुषोत्तम खड्गीलाई धन्यवाद दिइएको थियो ।

  • कवि एवं गीतकार दीपा राईको ‘कुनै मधुर धुन’ सार्वजनिक

    कवि एवं गीतकार दीपा राईको ‘कुनै मधुर धुन’ सार्वजनिक

    काठमाडौँ । कवि एवं गीतकार दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समय अनुसार असोज तीन गते बिहिवार बिहान आठ बजे र अमेरिकी समय अनुसार बुधबार राति दश बजे गीतकार स्वयंको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा दीपा राई पुनको शब्दमा मेलिना राईको स्वर रहेको छ । 

    आधुनिक सुगम शैलीको गीतमा सचिन सिंहले सङ्गीत संयोजन गरेका छन् । अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने दिनेस पराजुलीको छायाङ्कन र बिकास पराजुलीको सम्पादन रहेको छ ।

    सर्जक दीपा राईको सिर्जना…

    राजबाबु चौधरीले रेकर्ड गरेका यस गीतको प्रस्तुति गीतकारकी आमा बिमला राईले गरेकी हुन् । फर्पिङ र उत्तर बाहिनीका सुन्दर ठाऊँहरूमा छायांकन गरिएको यस गीतमा श्रास र रक्षाको सुन्दर र कलात्मक अभिनय हेर्न पाइन्छ । म्युजिक भिडियोमा प्रेमिल जोडीका माया पिरतीका विभिन्न क्षणहरू, प्रेम प्रतिको समर्पण र आत्मीय प्रेमको नमुनालाई प्रस्तुत गरिएको छ ।

    प्रवासमा बसेर नेपाली गीत, संगीत र कविताको क्षेत्रमा आफ्नो कलम अनवरत रुपले चलाउँदै आएकी राईका दर्जन भन्दा बढी गीत ख्याति प्राप्त गायक गायिकाको आवाजमा रेकर्ड भइसकेका छन् भने उनका कविता कृतिहरू पनि बजारमा छन् ।

    यो भन्दा अगाडि ‘प्रतिरुप’ गीति एल्बम र तिम्रो सपनाको म, स्पन्दनका रागहरू, छुटेको बागदाता, दीयोको अन्तिम लप्का र शरदका पहेंला पातहरू, जस्ता कविता कृति बजारमा ल्याईसकेकी राईले आगामी दिनमा फरक खालका गीत र कविता कर्मलाई निरन्तरता दिने बताएकी छिन् । 

  • न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा

    न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा

    बी.के. नेवा, न्युयोर्क ।

    हरेक वर्षझैँ यस पटक नेवा गुठी न्युयोर्कले न्युयोर्कमा भव्यरुपमा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाएको छ ।
    न्युयोर्कका ज्याक्सन हाइटमा नेवारी परम्पराले सिँगारिएको समयबजीको प्रतिक जसमा चिउरा, माछा, उसिनेको अण्डा, बारा, उसिनेको आलु, छोइला, अदुवा, मिठाई र फलफूलले सजाएको चिन्ह राखिएको थियो । उक्त प्रतिक हेर्न र फोटो खिच्न ठूलो संख्यामा मानिसको भिड लागेको थियो ।


    उक्त कार्यक्रममा कुमारीलाई रथमा राखेर चार जनालेले रथ बोकेर परिक्रमा गराएका थिए । कुमारीको अगाडि लाखेले नाच्दै कुमारीको रथलाई अगाडि बढाएको थियो ।
    कुमारीलाई रथबाट ओराली सिँगारेको आसनमा विराजमान गराएपछि मुख्य जात्राको कार्यक्रम सुरु भई लाखेले खुसी भई कुमारीलाई ढेगेपछि नाच्दै दर्शकसित रमाएको थियो ।
    इन्द्र देवताको बाहन पुलुकिसी(ऐरावत हात्ती)ले पनि कुमारीको दर्शन गरेपछि खुसीले आफ्नो नाच देखाएको थियो ।


    कार्यक्रम संयोजक सुवर्ण शाक्यले स्वागत भाषण गरेपछि शुरु भएको कार्यक्रममा सन्तोष महर्जन, राजेन्द्र महर्जनलगायतले धिमे नृत्य प्रस्तुत गर्नुभएको थियो भने धिमय बजाउनेहरुमा न्हुच्छेनारायण डंगोल, नारायण महर्जन, मिन नकर्मी आदित्य महर्जन हुनुहुन्थ्यो ।


    लाखेको भूमिकामा देविस श्रेष्ठ, कुमारी हुनेमा माया महर्जन र पुलुकिसीमा निराज महर्जन र आरब महर्जन हुनुहुन्थ्यो ।
    कबिना महर्जनले कार्यक्रमको सांस्कृतिक पक्षको जानकारी दिएको थियो समिर महर्जनले कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्रमको महत्ववारे प्रकाश पार्नुभएको थियो ।


    कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
    कार्यक्रममा उपस्थित सम्पूर्णलाई कुमारीको प्रसाद स्वरुप समयबजी वितरण गरिएको थियो ।

  • सुरक्षाको कारण प्रम ओली र पम राणाको न्युयोर्कमा नेपालीहरुसंगको कार्यक्रम रद्द

    सुरक्षाको कारण प्रम ओली र पम राणाको न्युयोर्कमा नेपालीहरुसंगको कार्यक्रम रद्द

    बिष्णु सिंह, न्युयोर्क ।

    संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन न्युयोर्क आएको मौका पारि प्रधानमन्त्री के पी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउबासंग नेपालीहरुले आफ्ना सरोकारका बिषयहरुमा भेटघाट गरि जानकारी गराउने र त्यसको समाधान प्राप्तिका लागि आईतबार, सेप्टेम्बर २२ बेलुकी ५:३० बजे, उड्साईड न्युयोर्कस्थित गुलसन टेरेस हलमा कार्यक्रम आयोजना गरिएको थियो।
    सुरक्षाको कारण प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउबाको न्युयोर्कमा नेपालीहरुसंगको भेटघाट कार्यक्रम रद्द भएको छ ।

    नेपाली बाणिज्य दुताबास न्युयोर्क, जनसम्पर्क समिति, प्रवाशी नेपाली मंच, नेपाल आदिबासी जनजाति महासंघ, मधेसी एशोसियसन अफ अमेरिका, गैर आवासीय नेपाली संघ, न्युयोर्क, र अन्य नेपाली संघ संस्थाहरु मिलेर सयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न बिषयहरु जस्तै: बिभिन्न ठाउहरुमा कन्सुलेट कार्यालयको फिल्ड अफिस नहुदा सेवाग्राहीलाई सेवा पाउन कठिन भएको, गैर आवासीय नागरिकता पाउन झन्झटिलो भएको, नेपालमा लगानी गर्न पर्याप्त नियम कानुन नभई कठिनाई भएको, नेपालमा प्रशासनिक झन्झट भई लगानी गर्न कठिनाई भएको; नेपालीहरुले अमेरिकाको प्रभु मनि ट्रान्सफर गरि प्रभु बैंकमा पठाएको रकम प्रभु सहकारीमा पुर्याई रकम फिर्ता गर्न आनाकानि गरिएको लगायत बिभिन्न नेपालीहरुले भोग्दै आएका बिभिन्न सवालहरुमा छलफल र अवगत गराउने गरि अमेरिकाको बिभिन् क्षेत्र र बेलायका समेत नेपालीहरु जमघट भएको कार्यक्रम अन्तत: सुरक्षाको कारणले प्रधानमन्त्री र परराष्ट्रमन्त्री उपस्थित हुन् सकेनन् ।

    आयोजकका पदाधिकारीहरु आनन्द बिष्ट, संजय थापा लगायतका सबै संस्थाका बक्ताहरुले बताए अनुसार अमेरिकी सुरक्षा निकायले कार्यक्रम स्थलको २-३ घण्टा अगाडिदेखि निगरानी गरिरहेको बुझियो। कार्यक्रममा प्रधानमन्त्री आउदा केही समुदायले कालो झण्डा देखाई बिरोध गर्न लागेको पनि बुझियो। अन्तत: सुरक्षा निकायले कार्यक्रम गर्न उपयुक्त नभएको जानकारी गराएपछि आयोजकहरूले ठुलो संख्यामा उपस्थित भएका सहभागीबीच कार्यक्रम रद्द गरिएको जानकारी गराउदै क्षमा याचना गरि कार्यक्रम रद्द गरियो।

  • नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको ११औं साधारणसभा सम्पन्न

    नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको ११औं साधारणसभा सम्पन्न

    ज्ञानमणी न्यौपाने, ललितपुर

    नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडले आफ्नो ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघले आफ्नो ११ औं साधारणसभा गत शनिबार ललितपुरमा सम्पन्न गरेको हो । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले १५ सदस्यीय संचालक समिति चयन गर्नुका साथै तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको सभाहलमा सम्पन्न साधारणसभाको सभापतित्व संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले गरेका थिए ।


    साधारणसभाको औपचारिक शुभारम्भ संघका संचालक हरिशरण गिरीले उपस्थितहरुलाई स्वागत स्वागत गर्दै गरिएको थियो ।
    औपचारिक कार्यक्रमका क्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सहकारी मार्फत पर्यटनको विकास र प्रर्वद्धन गर्न सकिने कुरामा सबै सरोकारवालाहरु विश्वस्त हुनपर्ने बताएका थिए ।सहकारी र पर्यटन लाई हातेमालो गर्दे अगाडी बढ्नुपर्ने कुरामा जोड दिनु पर्ने कुरा मन्त्री महर्जनले बताए ।
    साधारणसभाको औपचारिक कार्यक्रमका क्रममा राट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाई, नेपाल पर्यटन केन्द्रीय सहकारी संघका संस्थापक उपाध्यक्ष मुकुन्द दाहाल, बागमती प्रदेश सहकरारी संघ लि.का लेखा सुपरिवेक्षण समिति संयोजक नेत्रराज पौडेल तथा नेपाल पर्यटन बोर्डका निर्वतमान उपाध्यक्ष चन्दप्रसाद रिजाल लगायतले संघको उत्तराेत्तर प्रगतिको कामना सहित शुभकामना ब्यक्त गरेका थिए ।


    साधारणसभामा संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन तथा विविन्न प्रस्तावहरु उपर छलफल गरि पारित गरिएको थियो भने निर्वाचनबाट चन्द्रप्रसाद रिजालको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति र बुद्धिमान विश्वकर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रुपमा गठन भएको छ । उपाध्यक्षमा टिकाराम भट्राई, महसचिवमा तेजबहादुर बोहोरा, सचिवमा ज्ञानमणि न्यौपाने, कोषाध्यक्षमा तेजबहादुर खड्का, संचालक सदस्यमा क्रमश : रुपेश तिमल्सिना, हरिशरण गिरी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, जंगबहादुर शाह, बिकेश कुमार श्रेष्ठ, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबी राजभण्डारी, शम्भुप्रसाद शर्मा निर्वाचित भएका छन् । त्यसै गरी लेखा सुपरिवेक्षण समितिको सदस्यमा क्रमश : अर्जुन नेपाल र राजन रिमाल निर्वाचित भएका छन् ।

  • न्युयोर्कमा सरल नेपाली भाषा तथा संकृति केन्द्रले आठौँ वार्षिक उत्सव मनायो

    न्युयोर्कमा सरल नेपाली भाषा तथा संकृति केन्द्रले आठौँ वार्षिक उत्सव मनायो

    दिपक राज पाण्डे, न्युयोर्क ।

    बिगत ८ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (www.SNLCC.org) ले सेप्टेम्बर ०८, २०२४ आइतबारका दिन संस्थाको आठौँ वार्षिक उत्सव एवम् वार्षिक पटलक वनभोज कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्ष कक्षामा सहभागी हुने विद्यार्थीहरु तथा परिवार सहित मनाउँदै आएको वार्षिक कार्यक्रम यो वर्ष पनि न्युयोर्कस्थित फरेष्ट पार्कमा सम्पन्न गरेको हो ।

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    २ जना शिक्षिका सरस्वती राई सहित ८ जना विद्यार्थीहरूबाट एउटा स्टुडियोमा शुरु भएको यस भाषा पाठशालामा हाल प्राविधिक, शिक्षक, बोर्ड, स्वयंसेवक गरी करिव २५ जनाको टिम छ भने १८० को हाराहारीमा अमेरिका, युरोप, फ्रान्स लगायतका विद्यार्थीहरू अनलाइनमा नै अध्ययन गर्दै आएका छन् । केन्द्रले नेपालवाहेक कुनै पनि राष्ट्रबाट विद्यार्थीहरूले नि:शुल्क अध्ययन गर्न पाउने व्यवस्था समेत मिलाइएको छ ।

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    शिक्षकको हकमा भने नेपालबाट पनि लिने गरिएको छ । विद्यार्थी शिक्षक दुवैमा प्रतिवद्धताको भने अवश्यकता देखिन्छ । शिक्षकको हकमा कुनै आकस्मिक अवस्थाबाहेक कम्तिमा एक वर्ष र ८० प्रतिशत हाजिर हुनै पर्ने नियम छ । त्यसैगरी विद्यार्थीहरूको हकमा कुनै खबर नगरी ३ पटकसम्म अनुपस्थित रहेमा स्वत: कक्षाबाट हटाउने नियम छ | किनकि हाजिर अनियमित हुँदा स्वयमको पढाइ छुट्ने तथा नियमित पढाइमा रहेका अन्य विद्यार्थीलाई पढाइमा वाधा पुग्ने देखिन्छ ।प्राविधिक समस्याले कुनै बाधा नहोस् भनेर एउटा लिड र एउटा सहायक (संस्थाकै पूर्व विद्यार्थी) गरी हरेक कक्षामा २ जना शिक्षकहरू रहन्छन् । सम्पूर्ण शिक्षकहरू स्वयंसेवक भएकोले नि:शुल्क पठनपाठन हुने यो संस्थामा इच्छुक शुभचिन्तक/ अभिभावकहरूले जुनसुकै ठाउँमा स्वेच्छाले सहयोग भने गर्न सक्छन् |

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    कार्यक्रममा भाषा स्कुलबाट यही महिना भएको वार्षिक परिक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाण पत्र तथा गुडी व्याग वितरण गरिएको थियो । यसैगरि हरेक कक्षामा सबैभन्दा नियमित उपस्थित हुने र गृहकार्य गर्ने विद्यार्थीहरुलाई उनीहरूले प्राप्त गरेको स्टारको आधारमा पुरस्कार समेत बितरण गरिएको थियो । केन्द्रमा केही वर्ष यताबाट अहिलेसम्म स्वयंसेवक भइ सहयोग पुर्याउनु भएकोमा पूर्व विद्यार्थी निनिमा राई, पूजा श्रेष्ठ, समुन्द्र दाहाल एवं शुरुमा कक्षा संचालन गर्न स्थान उपलब्ध गराउनु हुने कराँते गुरुहरू (सेनसिइ शान्ता थोकर र पर्खी राई) लाई स-धन्यवाद मायाको चिनो प्रदान पनि गरिएको थियो ।

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    कार्यक्रममा अभिभावकहरू, वाणिज्यदुत बिष्णु कुमारी अधिकारीज्यू, सह-वाणिज्यदुत संगीता न्यौपानेज्यू लगायत, भाषा/ साहित्यको अभिभावक संस्था अनेसास बोर्ड अफ ट्रष्टी, न्यूयोर्क च्याप्टर, फोटोग्राफर अशोक पन्त, सन्चारकर्मीहरु लगायत न्यूयोर्कमा रहेका विभिन्न संस्थाका विशेष व्यक्तित्वहरूको पारिवारिक उपस्थिति राम्रै थियो ।

    यो कुनै औपचारिक कार्यक्रम नभइ नितान्त स्कुल परिवार र साथीभाइको जमघट कार्यक्रम भएकोले गर्दा संस्थागत नभइ पारिवारिक रूपमा नै सबैको सहभागिता रहेको थियो । करिव २५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रम विहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो ।

    फोटो सौजन्य: हाम्रो फोटो डट् कम्

    कार्यक्रमको उद्घोषण संस्थाकी उपाध्यक्ष यशोदा राईले गर्नु भएको थियो भने सदस्य हजुरी शाह कंडेलले गीत गएर तथा विद्यार्थीहरू गरिमा राना, आभा भण्डारी, प्राची बिसुन्के लिम्बू र एन्जेला शाहले नृत्य प्रस्तुत गरेर श्रोता/ दर्शकहरूलाई मनोरन्जन दिएका थिए । आठौँ वार्षिक उत्सवको केक काटेर कार्यक्रमको समापन गरिएको थियो ।

  • लायन्स क्लब न्युयोर्कको “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” सम्पन्न

    लायन्स क्लब न्युयोर्कको “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” सम्पन्न

    न्यूयोर्क ।

    हरितालिका तीजको अवसरमा अमेरिकाको न्यूयोर्कमा लायन्स क्लब न्युयोर्कद्वारा आयोजना गरिएको “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” सम्पन्न भएको छ । गत अगस्ट ३१, शनिबार सॅाझ न्युयोर्कको क्विन्सस्थित सत्यनारायण मन्दिरको प्रांगणमा क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा भएको नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “तीज बिशेष कार्यक्रम तथा नृत्य प्रतियोगिता” मा तीज नृत्य प्रतियोगितामा रिजवुड नेपाली समाज प्रथम हुन सफल भएको हो । 


    उक्त प्रतियोगितामा रिजवुड नेपाली समाज प्रथम, नेपाली अमेरिकन कलाकार संघ द्वितीय र म्याग्दी समाज न्युयोर्कले तृतीय स्थान हात पार्दै क्रमशः  नगद उपहार अमेरिकन ५०० डलर, ३०० डलर र २०० डलर सहित ट्रफी र प्रमाण-पत्र प्राप्त गरेको हो । 
    सो नृत्य प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई, बरिष्ठ नृत्य निर्देशक शिव बिक र नृत्यंगना बसन्ती राईले निर्णायक मण्डलको भुमिका खेल्नु भएको थियो ।
    “प्रवासमा नेपाली कला संस्कृति भेषभुषा र रितिरिवाजको संरक्षण तथा प्रबर्धनको अभियान” भन्ने नाराका साथ दुई क्लबको आयोजनामा न्यूयोर्कको क्विन्समा “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” को आयोजना गरिएको हो । 


    क्विन्स केटिएम लायन्स क्लबकी अध्यक्ष तथा जोन चेयर लायन रश्मी श्रेष्ठ र क्विन्स बुद्ध लायन्स क्लबका अध्यक्ष चन्द्र नेपालीको अध्यक्षता तथा नेपाली महाबाणिज्य दुतावासको कार्यालय, न्युयोर्कका सहायक बाणिज्यदुत संगिता न्यौपानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । भने क्विन्स केटिएम लायन्स क्लबका अफिसरद्वय चार्टर अध्यक्ष रुद्र पुन, नेपालकी पुर्ब सांसद तथा क्लबकी सल्लाहकार शान्ती जिरेल, उपाध्यक्ष रुपा शाह, सचिब करुणा श्रेष्ठ, कोषाध्यक्ष अरुणा तामांग, मेम्बरशिप चेयर आशा पाण्डे, सर्भिस चेयर निशा बुढा, क्लब डिरेक्टर निक्की गौचन, क्लब सब-डिरेक्टर देबी गौत्तम, मार्केटिंग चेयर भगवती कार्की, लायन टेमर बिष्णु तामांग, टेल ट्विस्टर अनिता केसी र सदस्यद्वय अनिता कार्की र कृष्ण देवी लोप्चनको सकृय सहयोग र उता क्विन्स बुद्ध लायन्स क्लबका तर्फबाट अफिसरद्वय रिजन चेयर दिपक राज घिमिरे, पुर्ब जेन चेयर तथा पुर्ब अध्यक्ष अर्जुन गौडेल, चार्टर अध्यक्ष कृष्ण आचार्य, पुर्ब अध्यक्ष बेगम पंडित, पुर्ब अध्यक्ष रिमाया नेपाली, उपाध्यक्षद्वय बुद्ध पौडेल, सोनु मल्ल, सांग दोर्जि शेर्पा र शिबजी खड्का, मेम्बरशिप चेयर पुर्ण ब. पाईजा मगर, कोषाध्यक्ष चिनु घले र सदस्य सुदिप श्रेष्ठको सकृय सहयोगार्थमा कार्यक्रममा समाजका सामाजिक अगुवा, संचारकर्मी लगाएत ४०० जनाको उपस्थितीमा कार्यक्रम भब्य सम्पन्न भएको हो । 
    नृत्य प्रतियोगितामा क्विन्स बुद्ध लायन्स क्लब, क्विन्स केटिएम लायन्स क्लब, जमैका नेपाली समाज, रिजवुड नेपाली समाज, म्याग्दि समाज न्युयोर्क, नारी एकता न्युयोर्क र नेपाली अमेरिकन कलाकार संघ गरी जम्मा ७ वटा टिमले भाग लिएको थियो । 
    सो कार्यक्रममा नेपाली महिला रेस्लर, गायिका तथा मोडल अस्मिता जुरेली र मिस कस्मोपोलिटन वर्ल्ड २०१९, मोडल तथा ईभेन्ट कोरियाग्राफर प्रिया रानी लामालाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन क्विन्स बुद्ध लायन्स क्लबका पूर्व अध्यक्ष, जोन चेयर, कलाकर तथा संचारकर्मी विक्की पुलामीले  गरेका थिए ।

  • लायन्स क्लब न्युयोर्कले “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” गर्ने

    लायन्स क्लब न्युयोर्कले “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” गर्ने

    न्युयोर्क ।

    न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा क्लबले “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” को आयोजना गर्दैछ । 
    आगामी अगस्ट ३१, शनिबार सॅाझ ६ः३० बजेदेखि १२ः०० बजेसम्म क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा नेपाली महिलाहरुको महापर्व हरितालिका तिजको बिशेष अवसरमा “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिताको आयोजना न्युयोर्कको क्विन्स, वुडसाईडस्थित सत्यनारायण मन्दिरको प्रांगणमा गर्न लागेको हो ।

    उक्त कार्यक्रम ब्यवस्थापनको सहजता एवम् आयोजनाको आर्थिक भार संस्थालाई कम होस् भनि अनुदान स्वरुप आमन्त्रित चेलिबेटी तथा पाल्नुहुने सबैको लागि समान लागू हुने गरी $२० शुल्क पनि राखिएको छ ।

    उक्त दिन तीज बिशेष दरको साथै नृत्य प्रतियोगिताको आयोजन हुनेछ, जहाँ न्युयोर्कका ७ संस्थाले एकल वा सामुहिक तीज गीत नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । 
    नृत्य प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई, शिव बिक र न्युयोर्कमा रही बिगत २ दशकदेखि नृत्य गर्दै आएकी नृत्यंगना बसन्ती राई निर्णायकको भुमिकामा रहने छ ।

  • एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

    एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

    हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज पर्वको रौंनक घरदेशदेखि परदेशसम्म शुरू भइसेको छ । हिजोआज अरू जातिका महिलाले पनि यो चाड मनाउन थालेको पाइन्छ । मान्छे जति आधुनिक बने पनि जन्मसॅगै लिएर आएको संस्कार र संस्कृति छोड्न सक्दैन । हामी जहाँ गएपनि जहाँ रहेपनि हाम्रो संस्कार र संस्कृति हामीसॅगै गएको हुन्छ ।

    हिमालयपुत्री पार्वतीले भगवान शिवजी पतिको रूपमा पाउॅ भनी ब्रत बसेको र त्यसैअनुरूप शिवजीलाई पतिको रूपमा प्राप्त गरेको दिनलाई तीजको स्वरूप दिइएको भन्ने पौराणिक कथामा उल्लेख भएको पाइन्छ ।

    यही अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए) न्युयोर्क च्याप्टरको मूल आयोजनामा संयुक्त “हरितालिका तीज २०२४” कार्यक्रम आयोजना हुन गइरहेको छ।

    यसै क्रममा सह- आयोजक बाग्लुङ सेवा समाज अमेरिका, फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाज न्युयोर्क रहेका छन्।

    विगतका वर्षहरूमा सत्यनारायण मन्दिरमा हुने गरेको यो कार्यक्रम दिदीबहिनीहरूको उल्लेख्य सहभागिता अनुसार हलको क्षमता कम भएकोले दिदीबहिनीहरूले भोग्नु परेको समस्यालाई ध्यानमा राखेर यो पटकको हरितालिका तीज कार्यक्रम दिव्यधाम मन्दिरमा हुन गइरहेको छ ।

    यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु हॅुदैन । यसो गर्नाले तीजको खास अर्थ र महत्व ओझेलमा पर्छ । यद्यपि तीज पर्वलाई हामीले परम्परागत् विधि र मान्यता अनुसार परिष्कृत गर्दे लैजानु पर्दछ ।

    यस बर्षको न्युयोर्केली तीज पनि गत बर्षहरु जस्तै भव्य, सभ्य र सांस्कृतिक हुने विश्वास लिएकी छु । सम्पूर्णमा सामाजिक, धार्मिक र सांस्कृतिक एक्यबद्दता र सद्भावको लागि मिलेर रमाएर तीज मनाउन आउनहुन समेत आमन्त्रण गर्दछु ।

  • फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्नाको) भेला सम्पन्न; ५० हजार डलर अक्षय कोषको लक्ष्य

    फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्नाको) भेला सम्पन्न; ५० हजार डलर अक्षय कोषको लक्ष्य

    न्युयोर्क

    अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नुवाकोटबासीको संस्था फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्ना) ले आफ्नो वार्षिक भेला सम्पन्न गरेको छ । इष्ट रिभर किनारमा अवस्थित क्वीन्स ब्रिज पार्कमा सम्पन्न भेलामा उपस्थित करिव डेढ सय नुवाकोटेहरुले जिल्लाबासीहरुको समस्या समाधानको लागि भविष्यमा ५० हजार डलरको अक्षय कोष स्थापना गर्ने लक्ष्य समेत तय गरेको छ ।

    संस्थाको अध्यक्ष विष्णु राना मगरको अध्यक्षता तथा संस्थापक अग्रजद्वय बिज्ञान खनाल र बसन्त पाण्डेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रमले डायस्पोरिक नुवाकोटबासीको यो संस्थालाई प्रवासको सुखदुख बिसाउने गैह्र राजनैतिक संस्थाकोरुपमा लैजानु पर्ने भनाई उपाध्यक्ष भुवनमान डंगोलले जोडका साथ राखेका थिए ।

    सचिव देवकी पाण्डे पन्तले सञ्चालन गरेको भेलामा खानपान तथा स्थानको व्यवस्थापन सक्रिय सदस्य रामेश्वर खनाल तथा कोषाध्यक्ष देबेन्द्र लामाले गरेका थिए ।

    कार्यक्रममा एउटै जिल्लाबासीको रुपमा हुर्किएकोले हामी भावनात्मकरुपमा नजिक भएको तथा प्रवासमा हुर्किरहेका हाम्रा बालबच्चाहरुबीच पनि एकापसमा नजिक र भातृत्व बनाइ राख्न यस्तो भेलाले महत्वपूर्ण भूमिका खेल्ने भनाई पण्डित हरि अधिकारीले राखेका थिए । आपसी सदभाव बढाउन कार्यक्रममा बिभिन्न खेलकुद तथा नाचगान समेत गरिएको थियो ।

    कार्यक्रमको अन्त्यमा अध्यक्षले प्रतिकुल मौसमका बाबजुद पनि उत्साहजनकरुपमा उपस्थित भई जिल्लाबासी तथा नेपालीको हितमा कार्य गर्ने उद्देश्यले देखाएको जिल्लाबासीको उर्जाउपर सराहना गर्दै समापन गरेका थिए ।

  • यथार्थवादी उपन्यास–रोबोट जर्ज

    यथार्थवादी उपन्यास–रोबोट जर्ज

    बी.के. नेवा, न्युयोर्क

    गीता खत्री नेपाली साहित्यमा चर्चित नाम हो । उहाँ आख्यानकार, कवि, गजलकार, गीतकार, नियात्राकार, नाटककार, सम्पादक हुँदै अब एक सफल उपन्यासकार बन्नु भएको छ ।
    उहाँको पहिलो उपन्यास रोबोट जर्ज पाठकसामु आएको छ । विज्ञान र प्रविधिले मानिसको जीवनमा पारेको प्रभावसहित आजको सामाजिक यथार्थवादका साथै यौन मनोवादमा आधारित यो उपन्यायले पाठकलाई भरपुर तिर्खा मेटाउँछ ।
    विसं २०२० सालमा काठमाडौँमा जन्मेर हाल अमेरिका बस्दै आउनुभएकी खत्रीले यो उपन्यासमार्फत अमेरिकामा बस्ने नेपालीको दिनचर्यालाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्नुभएको छ । उहाँले नेपाली समाज र अमेरिकी समाजको तुलना गर्दै श्रीमान् र श्रीमतीबीचको सम्बन्ध, प्रेम, विवाद, यौनसम्बन्ध, सम्बन्ध विच्छेदआदि कारणले जीवनमा परेको प्रभाव, त्यसका विज्ञान र प्रविधिले खेलेको भूमिका र प्रभावबारे सूक्ष्म विश्लेषण गरी अन्त्यमा मोहजालबाट मुक्त भई सामाजिक र मानवीय सेवामा लाग्न नारी पात्र तारामार्फत सन्देश दिनुभएको छ ।


    उमेरले पचास काटेकी चार छोरीकी आमा ताराको लाग्ने गोवर्धनसँग एकएक डिभोर्स हुन्छ । उनीहरुको तीस–पैतिस वर्ष लामो प्रेम कहानि एक झड्कामा टुङ्गिन्छ । लोग्नेका लागि जन्मदिने बाबुआमा र घरबार त्यागेर हिँडेकी तारालाई उसले पैसा, नोकरी र कामुकताको उडानमा नचाहिँदो आरोप, यातना, पीडा र दर्द दिन्छ । सहनशीलताको सीमा पार गरेपछि ताराले अदालतको सहारा लिनुपर्यो । अदालतको अगाडि आफूले जन्माएका छोरीहरुको डिएनए परिक्षणसमेत गर्नुपर्यो । अदालतले डिभोर्स गरिदिएपछि ताराको जीवनले नयाँ मोड लिनपुग्छ ।
    तारासित डिभोर्स भएपछि अर्की महिलासँग सम्बन्ध गासेको गोवर्धनलाई ताराको सराप लाग्छ । उनले अनेका कष्ट भाग्नुपर्छ । अनेकौँ हन्डर र ठक्कर खाएपछि उसले विगतमा गरेका पापकर्मको पश्चाताप गर्छ ।
    डिभोर्सपछिको एक्लो महसुस गरेकी तारालाई जीवन खुसी र सुखी बनाउन छोरीहरुले भरपुर सहयोग गर्छन् । इच्छा र चाहना दबाएर नबस्न उनीहरुले तारालाई बारम्बार सम्झाउँछन् ।
    ताराले जर्सी सिटी निवासी एक जना पुरुष जर्जसित फेसबुकबाट चिनजान गरिन् । ऊ पेसाले डाक्टर रहेछन् । उसको एउटी छोरी पनि छन् । श्रीमती क्यान्सर लागेर मरेपछि जर्ज पनि एक्लो महसुस गर्दै कसैको माया खोजिरहेका रहेछन् । तारालाई पनि समय कटाउन बोल्ने साथीको अभाव भइरहेको थियो । साथीका रुपमा बस्न सकिन्छ कि भनेर ताराले उसित कुरा अगाडि बढाएकी थिइन् ।
    केही समयपछि बार्नेस एन्ड नोबलमा तारा र जर्जको भेट हुन्छ । त्यसपछि बेलाबेलामा फोनमा कुरा हुने र कहिले काँही उपहारसहित तारालाई भेट्न जर्ज आउने क्रम जारी हुन्छ । दुवैजनाबीच आत्मीयता बढ्छ । एक अर्काबीच प्रेम सम्बन्ध गाढा हुँदै जान्छ । जर्जले एकदिन तारालाई जोन्स बिचमा घुम्न जाने विचार गरेर फोन गर्छन् । जर्जको गाडीमा दुवै जना जोन्स बिचमा घुम्न जान्छन् ।
    फर्केर आउँदा जर्जको गाडी अर्को गाडीसँग ठोकिएर गम्भीर दुर्घटना हुन्छ । दुवै जना गम्भीर घाइते हुन्छन् । अस्पताल पुर्याएलगत्तै जर्जको मृत्यु हुन्छ भने तारा बेहोस अवस्थामा आइसियुमा भर्ना गरिन्छ । ताराको होस खुल्दैन । बेहोस अवस्थामै उनले बेला बेलामा ‘जर्ज मलाई भेट्न किन आउँदैनौँ, तिमी कहाँ छौँ’ भन्ने गर्छिन् । अरु कसैलाई पनि उनी चिन्दिनन् । ताराले सबै कुरा बिर्सिए पनि जर्जलाई बिर्सेकी छैनन् ।
    लामो समयसम्म पनि ताराको होस खुलेन । उनका दुवै खुट्टाले काम नगर्ने भए नक्कली खुट्टा राख्नुपर्ने भयो । नक्कली खुट्टा राखियो । ताराका छोरीहरुले जर्जजस्तै रोबोट बनाए । रोबोट जर्जलाई तारासँग भेट गराइयो । रोबोट जर्जलाई भेट गरेपछि तारामा पूर्वस्मृति भयो । दुवै जनाको बिहे हुने कुरा पनि चल्यो तर चीनबाट फैलिएको कोरोना महामारीले बिहे पर धकेलियो ।
    एक दिन तारा र रोबोट जर्जबीच प्रणयका कुरा भइरहेका थिए तर रोबोट मानवीय व्यवहार गर्न चुक्यो अनिमात्र उनलाई यो जर्ज होइन रोबोट हो भन्ने अनुभूति भयो त्यसपछि तारालाई जर्जप्रति शङ्का लागेछ । उनलाई जर्ज पहिलेको जस्तो लाग्नै छाडेछ । तारालाई एक किसिमको झड्का लागेछ । हिराले हिरा काटेजस्तै नयाँ झड्काले पुरानो झड्कालाई काटिदियो । तारालाई दुर्घटनाबारे स्मरण भयो । जर्जको घाउ र चोटको सोधखोज गरिन् तर रोबोट जर्जले मानिसले जस्तो तारालाई सन्तुष्ट जवाफ दिन सकेन । त्यसपछि ताराले छोरीहरुसँग फोनमै जर्ज र आफ्नो दुर्घटनाको बारे कुरा गरिन् ।
    ताराले भनिन् – जीवनमा चाहेका सबै कुराहरु पूरा हुँदैनन् । जीवन अगाडि बढाउन मानिसले धेरै किसिमका नातागोता जोड्नुपर्छ । मायाका बन्धनहरु बाँध्नुपर्छ र तोड्नुपर्छ । यस क्रममा कति सफल हुन्छन् त कति असफल पनि हुन्छन् । असफल हुनेले पनि बाँच्नै पर्छ । मेरो जीवनका बन्धनहरु कहिल्यै नजोडिने समूहमा परेछन् । त्यसैले जोडिँदै र टुट्दै गए र अन्त्यमा शून्य ।
    ताराले बल्ल जीवनलाई राम्रैसँग बुझिन् । बरु अब बाँकी जीवन सामाजिक सेवामा अर्पण गर्ने, दीनदुःखी र असहायहरुको सेवामा लगाउने निर्णय गरिन् । त्यसपछि उनले माया मोहबाट अलग भई असहायहरुको सेवा गर्ने सोच बनाइन् ।

  • नेवाः नखः न्यूयोर्कले गर्यो आध्यात्मिक गुरु रुपेश्वर गौर दाससँगको अन्तरक्रिया

    नेवाः नखः न्यूयोर्कले गर्यो आध्यात्मिक गुरु रुपेश्वर गौर दाससँगको अन्तरक्रिया

    ज्याक्सन हाइट्स, न्युयोर्क ।

    नेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो । कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको उक्त कार्यक्रम पहिलो थियो ।

    गुरु रुपेश्वर गौर दास, माता सुरुची, डा. राहुल र विमल तामाङलाई हलमा दर्शकहरू छेउमा उभिएर उहाँहरुलाई स्वागत गरेका थिए । मञ्चलाई फूल र ब्यानरले सजाइएको थियो । कार्यक्रमको सञ्चालन नेवाः नखः न्युयोर्कका महासचिव श्री तुलसी नारायण चित्रकारले गरेका थिए ।

    नेवाः नखः न्युयोर्ककी कार्यकारिणी सदस्य श्रीमती राधिका श्रेष्ठले गुरु र अन्य टोलीका सदस्यहरूलाई माल्यार्पण गरि स्वागत गर्नु भएको थियो । नेवाः नखः न्युयोर्कका कार्यकारिणी सदस्य एवम् उक्त कार्यक्रमका सम्योजक सुश्री नम्रता प्रधानले अतिथीहरु लगायत उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने नेवाः नखः न्युयोर्कका निवर्तमान अध्यक्ष तथा सल्लाहकार श्री महेन्द्र वीर बज्राचार्यले संस्थाको संक्षिप्त परिचय दिनु भयो । त्यस्तै नेवाः नखः न्युयोर्ककी कार्यकारिणी सदस्य श्रीमती शोभना शाक्यले गुरु रुपेश्वर गौर दासको जीवनीबारे प्रकाश पार्नु भएको थियो ।

    आध्यात्मिक गुरुजीले आफ्नो जीवनकथाबाट प्रवचन सुरु गर्नु भयो । आफ्नो संस्कार, बालक मनोविज्ञानदेखि आफ्नो देशमा पढाइको बारेमा जानकारी दिनु भएको थियो । त्यसपछि विदेशमा अध्ययन गर्न गएको र त्यहाँको संस्कारले बस्न मन नलागेको उल्लेख गर्दै धर्म र भगवानमा विश्वास नभएको मानिस कसरी आध्यात्मिक बन्न पुग्यो भन्ने बारेमा प्रकास पार्नु भयो । हरेक मानिसका जीवनमा सुखी र आनन्द सँगसँगै दुःख र पीडा आएको हुन्छ भन्दै बाँच्नु र आनन्दपुर्वक बाँच्नुको भिन्नता आकास जमिनको जति भएको बताउनु भयो । जसरी हामी बाहिरी संसार देख्छौँ त्यो भन्दा अझ बृहत संसार हरेकको मनभित्र हुन्छ । मनले नै बुद्धिलाई नियन्त्रणमा राखेको हुन्छ भन्दै आध्यात्मिकतालाई वैज्ञानिक तर्कबाट प्रमाणित गर्नु भयो । मान्छेको प्रकृति फरकफरक हुन्छ र यसलाई सबैले बुझ्न जरुरी छ भन्दै मानिसले आफूलाई कसरी चिन्न सकिन्छ र आफ्नो कर्म कसरी निर्धारण गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गर्नु भयो ।

    आध्यात्मिक प्रवचनको निर्धारित समयभन्दा अगाडि नै आगन्तुकहरु उपस्थित भएका थिए । दुई सय भन्दा धेरैजनाको प्रत्यक्ष उपस्थित रहेको उक्त कार्यक्रम नेवाः नखः न्युयोर्कको फेसबुक मार्फत लाइभ प्रसारण गरिएको थियो । शान्त वातावरणमा अति नै रमाइलो पारामा गुरुले प्रवचन दिनु भएको थियो । एक घण्टाभन्दा बढी समयको प्रवचनमा उपस्थित सबैजना यस्तो मग्न थिए की समय बितेको पत्तै पाएन ।

    कार्यक्रमको दोश्रो सत्र, प्रश्न उत्तरको थियो । धेरै जनाले आफ्ना प्रश्न र जिज्ञासा गुरुसामु राखेका थिए । करिव एक घण्टाको प्रश्नउत्तर पछि गुरुसँग सामुहिक फोटो खिच्ने कार्यक्रम सुसम्पन्न भयो ।

    कार्यक्रमको अन्त्यमा नेवाः नखः न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले गुरुजी लगायत नेपालबाट आउनु भएका तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गर्नु भएको थियो ।

  • न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने

    न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने

    न्यूयोर्क ।

    न्यूयोर्क सहरका मेयर एरिक आडम्सले आफ्नो निवासमा आयोजना गरेको मिथिला हेरिटेज रिसेप्सनमा मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष अमित प्रताप शाहले न्यूयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाईने घोषणा गरेका छन् ।


    म्यानहाटनस्थित ग्रेसी म्यानसनमा न्यूयोर्क सहरका मेयरद्वारा आयोजना गरेको ऐतिहासिक कार्यक्रममा मिथिला हेरिटेज रिसेप्शनले मिथिला क्षेत्रको समुदाय र सांस्कृतिक महत्वलाई जीवन्त बनाएको थियो ।

    कार्यक्रममा मिथिला क्षेत्रको परम्परा झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका बारेमा सामुदायिक सचेतना एवं मिथिला कलाको भूमिकालाई उजागर गर्ने कला देखाइएको थियो ।

    न्यूयोर्कका अधिकांश निर्वाचित पदाधिकारीहरू एवं जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल र भारत सरकारका उच्चस्तरीय अधिकारीको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा न्यूयोर्कका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रममा न्यूयोर्क सहरकी उपमेयर मीरा जोशीले सांस्कृतिक विविधतालाई आफूले सधै संरक्षण गर्ने भन्दै मिथिलाको सांस्कृतिक महत्व र पहिचानलाई संरक्षण गर्न सबै लाग्नु पर्ने बताए । न्यूयोर्क सहरले ४०० औं जन्मदिवस मनाई रहँदा यस्ता सांस्कृतिक विविधतालाई अर्को पुस्तासम्म हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताए । कार्यक्रममा न्यूयोर्क राज्यसभाकी सदस्य जेनिफर राजकुमार, न्यूयोर्क सिटी काउन्सिल सदस्य जुली वोनलगायतले मिथिला कला र संस्कृतिको महत्वका बारेमा बोलेका थिए ।

    त्यस्तै मिथिला सेन्टर अमेरिकाका संस्थापक तथा अध्यक्ष अमित प्रताप शाहले मिथिलाको समृद्ध एवं सांस्कृतिक सम्पदालाई मान्यता दिन मेयर एरिक एडम्सल र स्थानीय सरकारले ऐतिहासिक कार्यक्रम गरेकोमा धन्यवाद दिए । सेन्टरले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको छ ।

    मिथिला सेन्टर अमेरिकाका सह–संस्थापक तथा मिथिला हेरिटेज म्युजियमका अगुवा नवलकिशोर यादवले मिथिला सम्पदा संग्रहालयले न्यूयोर्क शहरको सांस्कृतिक विविधतालाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने दाबी गरे ।

    कार्यक्रममा मिथिला कला र सम्पदामा योगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्थालाई न्युयोर्क शहरका मेयर एरिक एडम्सले हस्ताक्षर गरेको प्रशंसापत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा मधेशी एसोसिएसन इन अमेरिका, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा), विहार–झारखण्ड एसोसिएसन अफ नर्थ अमेरिका, रिजवुड नेपाली समाज, मिथिला सेन्टर अमेरिकाका संस्थापक सदस्य नवलकिशोर यादव र आशा शाहलगायत रहेका छन् ।

    जनकपुर उपमहानगरपालिकाका मेयरका तर्फबाट मिथिला सेन्टर अमेरिकाको टोलीसहित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका उपस्थायी प्रतिनिधि कौशल किशोर रोय र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीले न्यूयोर्क शहरका मेयर एरिक एडम्सको कार्यालयलाई सीता मन्दिरको प्रतीक चिन्ह प्रदान गरे ।

    संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ साताव्यापि प्रदर्शनी गरिएको हो । मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा गरिएको प्रदर्शनी जुलाई १७ सम्म चलेको थियो ।

    संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए । प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता थियो ।

    प्रदर्शनीमा एस के सुमन, प्रतिक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनिशा शाह सिं लगायतका चित्रकारको चित्रकला प्रदर्शनी गरिएको थियो । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादाव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो ।

    प्रदर्शनीले मिथिलाका कलाकारहरूको जटिल र प्रतिकात्मक कलाकृतिहरूमार्फत वातावरण संरक्षणको सशक्त सन्देश र जलवायु परिवर्तनले पार्ने असरका बारेमा सचेत पारेको थियो ।

  • न्युयोर्कमा जोडी खोज्ने नयाँ तरिका

    न्युयोर्कमा जोडी खोज्ने नयाँ तरिका

    योगेश आदी…🖌️

    सावधान ! श्रीमान वा श्रामती अथवा कसैसँग सम्वन्धमा हुनुहुन्छ भने कुन रंगको कपडामा घरबाट निस्कँदै हुनुहुन्छ, विचार पुर्याउनुहोस् । नत्र अफ्ठेरो परिएला । खासगरी तलमाथि नै कालो रंगको रनिङ सुटमा त निस्कदै ननिस्कनु । भारतमा देवानन्द भन्ने कलाकारलाई सन् १९५८ मा कालापानी भन्ने फिल्म रिलिज भएपछि कालो सुट् लगाउन बन्देज लगाएजस्तै सन्वन्धमा भएकाहरुलाई आफ्नै जोडीले कालो पहिरनमा मर्निङ् वाक वा जिम जानसमेत बन्देज लगाउने अवस्था आउनै लागेको छ । यसैपनि कालो रंगको पहिरनलाई अपिलिङ् र रोमान्टिक मानिन्छ ।

    केहीले बुझ्नु भयो होला तर अधिकांश पाठकलाई के सन्धर्व होला ? भन्ने लाग्न सक्छ । सन्धर्व अलि रोचक छ । डेटिङ् एप वा सोसल मिडियाको कुरा भन्दा बेग्लै प्रयोगको शुरुवात केही बर्षयता अमेरिकी सहरहरुमा गरिन थालिएको छ । हाल “रन क्लब फर सिङ्गल्स” अमेरिकाको सबैजसो सहरहरुमा सञ्चालनमा आएका छन् । यस्तै क्लबहरुले नै सबै चाँजोपाँजो मिलाएको हुन्छ । परिमार्जन र प्रयोग बर्तमान समाजको गुण हो । प्रविधिसँगै परम्परा पनि नयाँ बसाल्न थालिंदै छ । पुराना रुढीबाद र जडहरु उखालिंदै पनि छन् । स्वागत गर्नुपर्छ नविनतम् प्रयोगहरुलाई । कति प्रयोग टिकिएला, कति फेरी झिकिएला । त्यो समयलाई छोडौं । अहिलेलाई पुन: विषयवस्तुमा फर्किउँ । जो सिङ्गल वा डिभोर्स्ड अवस्थामा छ र मिङ्गल् बन्न चाहन्छ भने तलमाथि नै कालो रंगको रनिङ् सुटमा बजारमा निस्कनुस् ।

    समरको सिजन भएकोले होला करिव २०० भन्दा बढी केटाकेटीहरु ‘बिलो द बेल्ट’ कालो कट्टु वा स्टकिङ्मा र टपमा कालो भेष्टसहित न्युयोर्क सहरको म्यानह्याटनमा कुद्दै थिए । सबै अपिचितहरु तोकिएको रुटमा करिव १ डेढ घण्टा जति सँगै कुदे । जगिङ् गरे । कुद्दै, थकाई मार्दै कतिपयले परिचय र नम्बर पनि साटासाट गरे । दुबै पक्षलाई सहज के थियो भने सहभागी सबै सिङ्गल छन् र मिङ्गल् गर्ने चक्करमा आएका हुन भन्ने बोध ।

    पहिले पहिले नेपालमा रोधि बस्ने, दोहोरी खेल्ने र जात्रामा लाप्पा गरेर केटी तान्ने छुट भएजस्तै त्यो महोलमा नजदिक भएर बोल्न जान कुनै धक थिएन । एकैछिनमा नै केटा वा केटीले इन्ट्रेष्ट देखाएको नदेखाएको भाहान भएपछि बिस्तारै छड्किन गाह्रो थिएन् । जगिङ्को एण्डिङ् पोइण्ट कुनै ठुलो बारमा राखिएको हुन्छ । जहाँ पसेपछि केटाहरुले मनपरेको केटीलाई ड्रिङ्क अफर गर्ने गरिन्छ । एकाध घण्टा सांगितिक मादक माहोलमा कयौं प्रेम अंकुरण हुन्छन् । कति बासनामा बदलिन्छन् । कतिपय बारमा नै अधरपानसम्म पुग्छन् ।

    आधुनिक सहरहरुमा स्वस्थ शरीरधारीलाई स्वास्थ्यसम्वन्धि चेतना भएका र मेहेनति ठानिन्छ । स्वस्थ जोडी पाइने प्लेटफर्मको रुपमा सिङ्गल्स रन क्लबलाई लिनेहरु पनि छन् । जो व्यक्ति अर्धखुला शरीर देखाएर एकाध घण्टा जगिङ् गर्ने अवस्थामा हुन्छ, त्यो उसको शारीरिक आत्मविश्वास मानिन्छ ।
    कतिपय डेटिङ् एपमा ‘हेल्थ कन्सस्’ नभएको भनेर रिजेक्ट भएकाहरुले यता अनुभव लिंदा हुन्छ ।

  • नेजाद्वारा क्यानाडामा अन्तरक्रिया;नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल

    नेजाद्वारा क्यानाडामा अन्तरक्रिया;नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल

    क्याल्गेरी, क्यानाडा ।

    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानाडाको क्याल्गेरीमा समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ । गत शुक्रबार भएको अन्तरक्रियामा सहभागीहरूले समुदायका लागि सामुदायिक पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिता गर्ने माध्यम फेरिएको तथा त्यसले अवसर र चुनौति थपेको बताउँदै सहभागीहरूले समुदायले पनि सामुदायिक पत्रकारिताको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले सामुदायिक पत्रकारिता गर्न गाह्रो रहे पनि समयसँगै सामुदायिक पत्रकारिता व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
    सो अवसरमा बोल्दै क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाल बाहिर बढिरहेको नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्ति भएको बताउनुभयो । राजदूत पौड्यालले डायस्पोरा बलियो, समृद्ध र एकताबद्व हुँदा त्यसले नेपाललाई सदैब फाइदा पुग्ने उल्लेख गर्नुभयो । राजदूत पौड्यालले नेप्लिज डायस्पोराको एउटा बलियो आधार सामुदायिक पत्रकारिता भएकाले यसलाई जोगाउनु सबैको जिम्मेवारी भएको बताउनुभयो ।


    कार्यक्रममा युनिभर्सिटी अफ ओट्टवाका प्राध्यापक डा. भानुभक्त आचार्यले विषयवक्ताको रुपमा प्रस्तुति दिँदै समुदायसँग सरोकार राख्ने र समुदायलाई सूचना दिने सामग्रीहरू सामुदायिक पत्रकारिताले उठाउनुपर्ने बताउनुभयो । विषयवक्ता डा. आचार्यले ‘न्युज मिडिया’ र ‘सोसल मिडिया’ बीच रहेको फरकका सम्बन्धमा प्रस्ट पार्नुभएको थियो । डा. आचार्यले समुदायले पनि पत्रकारिता र प्रचारकारिताबीचको फरक थाहा पाई पत्रकारिताको विकासमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रमको अध्यक्षता गर्नुभएका नेजाका अध्यक्ष सुरज भण्डारीले नेजाले समुदायलाई आवश्यक पर्ने सूचना एवं विषयवस्तुलाई नियमित रुपमा भर्चुअल माध्यममार्फत आमसमुदायबीच प्रवाह गर्ने बताउनुभयो । अध्यक्ष भण्डारीले नेजामा उत्तर अमेरिकामा बसोवास गर्ने नेपाली पत्रकारहरूको संलग्नता रहेको हुँदा सबैले हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट समाजसेवा गर्न सबै पत्रकारलाई आग्रह गर्नुभयो ।
    नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन र सदस्य प्रकाश क्षेत्रीको स्वागत रहेको कार्यक्रममा एनआरएनए, क्यानाडाका अध्यक्ष माधव दुलाल, पूर्वअध्यक्ष विनोद केसी, दीपक गौतम, सम्राट थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डेय, नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष प्रकाश बस्याल, पूर्वअध्यक्ष श्रीकान्त अर्याल, उपाध्यक्ष सूर्य अधिकारी, क्याल्गेरी नेप्लिज कम्युनिटी एसोसिसएसनका पूर्वअध्यक्ष दिनेश घिमिरे, अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष समीर पाण्डे, उपाध्यक्ष दिवस ढकाल, गुल्मेली समाज क्याल्गेरीका अध्यक्ष राजेन्द्र गौतम, नेवा सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष हेमन्त महर्जन, सामाजिक अभियन्ताहरू राजेन्द्र पोखरेल, अनन्त आचार्य, शर्मिला रानाभाट, जानुका अर्याल, स्पन्दना आचार्य, बबिता अधिकारी, छवि अर्याल, विकास ढकाल, जगदीश चापागाईं, नरेश पोखरेल, सुमन चौलागाईं,राजीव शर्मा, विश्व भण्डारी, डम्बर सिन्च्युरी, विष्णु बजगाईं, टेक क्षेत्रीले समुदायको तर्फबाट धारणा राख्नुभएको थियो । यसैगरी, कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहर बालमुकुन्द नेपाल, उमा ढकाल, सोमेश बर्मा, प्रमोश पोखरेल, एसपी गौतम, नरेश पोखरेल, कुसुम ज्ञवाली, युवराज पौड्यालले धारणा राख्नुभएको थियो । नेजाका क्यानाडा संयोजक गोकर्ण लामिछाने र सदस्य प्रकाश क्षेत्रीको संयोजनमा कार्यक्रम भएको थियो ।

  • नेपालको फेसन दुनियाँको नायक–फुपू तेन्जिङ शेर्पा

    नेपालको फेसन दुनियाँको नायक–फुपू तेन्जिङ शेर्पा

    प्रेमकृष्ण श्रेष्ठ, काठमाडौं ।

    बलिवुडमा सन १९६९ मा एउटा चलचित्र आएको थियो—‘प्रिन्स’ । जस्मा त्यसबेलाका चकलेटी हिरो शम्मि कपुर बैजयन्ती मालालाई हेदै गीत गाउँछन् ‘बदन पे सितारे लपेटे हुए ओ जान ए तमन्ना किधर जा रही हो’ । त्यतिबेला गीतकार हसरत जयपुरीको शब्दले, बैजयन्ती मालाले लगाएको झिमिमिली साडीमा धेरैको नजर गएको थियो । ‘प्रिन्स’ चलचित्र प्रदर्शन भएपछि त्यो समयमा त्यस्तो साडी खुब बिक्री भयो भनिन्छ । आज भन्दा ५५ वर्षअघि नै फेसनले त्यस्तो प्रभाव पारेको थियो भने अहिले झन प्रविधिको विकासले फेसनको शक्तिशाली प्रभावको सहजै अनुमान लगाउन सकिन्छ ।
    सन १९६५ मा ‘आरजु’ चलचित्र आएपछि ‘साधना हेयर कट’, सन १९९०मा ‘आशिकी’ आए पछि ‘राहुल राय’ कट सँगै नायक, नायिका र मोडलले लगाउने विसिन्न वान्कीको पोशाकलाई दुनियाँले दिवाना भएर पछ्याएका हामीले सुनेका छौँ, हेरेका छौँ । हलिवुड, बलिवुडमा मात्र होइन, कलिवुडमा पनि फेसनको प्रभाव हामीले देख्दै आएका छौँ ।

    आजको समय नै फेसनको हो भन्दा अत्युक्ति नहोला । शब्द भन्दा संगीत बढी सुनिने, संगीत भन्दा भिडियो बढी हेर्ने र भिडियोमा पनि मोडलको फेसनलाई नियाल्ने प्रवृति बढदै गएको छ । चलचित्र हेरिसकेपछि आम दर्शकमा फलानो गीतमा मिरुना मगरले लगाएको पोशाक कस्तो राम्रो थियो भन्नेखालको धारणा पनि समिक्षासँगै उनिनु स्वभाविक हो । अहिलेको समयमा, सौन्दर्यमा अझ सौन्दर्यको जोड गर्ने फेसनलाई हामी नजरअन्दाज गर्न सक्दैनौ ।
    नेपालको फेसनमा योगदानको हिसाबले सँधै स्मरणमा लिपिक्क टाँसिराख्नु पर्ने एक गौरवशाली नाम हो–फुपू तेन्जिङ शेर्पा । तेन्जिङ शेर्पाका रुपमा परिचित उनको परिचय यतिमै काफी हुन्न । इभेन्ट व्यवस्थापक हुँदै गायन र अभिनयमा समेत अनुभव सँगालिसकेका फुपू तेन्जिङ शेर्पा पछिल्लो समय फेसनबारे अध्यापन गराउनेतर्फ बढी उन्मुख छन् । जसको श्रेय उनी आफै हुन् । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका प्रबन्धक निर्देशकसमेत रहेका उनी भन्छन् –“सौन्दर्य प्रतियोगिता आयोजना र व्यवस्थापन गरेको झण्डै दुई दशकको अनुभवलाई फेसन इन्स्टिच्युटमार्फत शेयर गर्दैछु ।”
    पछिल्लो समय प्यासिफिक इभेन्ट म्यानेज्मेन्टमार्फत फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएका उनले करिब पाँच वर्ष यता भने आईआईएफटीमार्फत फेसन डिजाइनर उत्पादन गर्दै आएका छन् । जसले नेपाली फेसन दुनियाँमा इँटा थप्ने काम गरेको छ ।
    यति मात्र होइन, नेपालमा पहिलोपटक जातीय एवं क्षेत्रीयरुपमा सौन्दर्य प्रतियोगिताको ट्रेण्ड भित्रयाउने पनि उनी नै हुन् । जतिखेर नेपालमा नगन्यरुपमा मात्र सौन्दर्य प्रतियोगिताहरु हुने गर्दथ्यो । त्यतिखेर फुपू तेन्जिङ शेर्पाले ‘मिस टिन शेर्पा’ आयोजना गरे । सन २००४ मा ‘मिस टिन शेर्पा’ आयोजना गर्दा ‘मिस नेपाल’ बाहेकका सौन्दर्य प्रतियोगिता नियमित थिएनन् । तर त्यो अवस्थामा समेत विभिन्न जात एवं समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताहरु उनले आयोजना गरे ।
    सन २००३ मा ‘किड क्वीन पोखरा’ आयोजना गरेर ब्युटी पेजेन्टमा हात हात हालेका फुपू तेन्जिङ शेर्पा भन्छन्, “जतिखेर सौन्दर्य प्रतियोगिता गर्न सुरु गरेको थिएँ, त्यो समय गार्मेन्ट व्यवसायी धरासायी अवस्थामा थियो । त्यस्तो अवस्थामा समेत ब्युटी पेजेन्ट गर्नु आफैमा चुनौति थियो । तर, मैले नियमित ब्युटी पेजेन्ट गर्दै आएँ ।”
    पूर्वी नेपालको विकट जिल्ला ताप्लेजुङको लेलेप –५ ( हाल फक्ताङलुङ –६ मा पर्छ ) मा जन्मिएर पनि सौन्दर्य प्रतियोगिता र फेसनलाई व्यवसायीरुपमा अँगाल्न सफल फुपू तेन्जिङ शेर्पा आफ्नो विगतलाई स्मरण गर्दै भन्छन्– “पाटन हाइस्कुलबाट एसएलसी उतीर्ण गरेपछि नमुना कलेजमा व्यवस्थापन विषय लिएर अध्ययन सुरु गरेँ, त्यससँगै फेसन डिजाइनिङ कोर्स गरेँ । फेसन डिजाइनिङको कोर्स सकेलगत्तै सौन्दर्य प्रतियोगितामा हात हालेको हुँ ।”
    ‘किड क्वीन पोखरा –२००३’ पछि सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिएका उनले त्यसपछि धरान, विराटनगर, चितवन र काठमाडौंमा सौन्दर्य प्रतियोगिता आयोजना गरे । त्यसबीचमा उनले ‘मिस टिन शेर्पा–२००४’ आयोजना गरेर जातीय सौन्दर्य प्रतियोगितातिर उनी लम्किए । जसले नेपालमा सौन्दर्य प्रतियोगिताको नयाँ ट्रेण्ड नै ल्यायो । ‘किड क्वीन पोखरा’, ‘किड क्विन विराटनगर’, चितवन, काठमाडौं गरिरहेकै अवस्था सन २००५ मा ‘मिस नेवा’ आयोजना गरे जुन अहिले नियमित छ । ‘मिस टिन शेपार्’, ‘मिस नेवा’, ‘मिस लिटिल नेवा’ हुँदै सन २०१७ मा आएर ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ गरे । जतिखेर अन्य आयोजकहरु पनि फुपू तेन्जिङ शेर्पाले प्रारम्भ गरेको जातीय तथा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगितालाई पछयाउँदै विभिन्न जात, वर्ग, समुदाय, कलेज हुँदै टोलसम्मको नाममा सौन्दर्य प्रतियोगिता सुरु गरे । सन २००३ देखि सन २०२४ सम्म आइपुग्दा तीन सयभन्दा बढी सौन्दर्य प्रतियोगिता, फेसन शो म्युजिकल इभेन्टहरु आयोजना गरिसकेका छन् ।
    उनी इभेन्ट तथा सौन्दर्य प्रतियोगिताहरुमा मात्र सिमित रहेनन्, गीतसंगीत तथा चलचित्रमा समेत देखिए । केही चलचित्र र म्युजिक भिडियोमा मोडलिङ गरेका उनी शेर्पा समुदायका प्रथम अभिनेतासमेत हुन् ।
    ‘राहदानी’ नामक नेपाली फिल्ममा अभिनय गरेर वाहवाह कमाएका उनले कलाकारितालाई सौख र रहरको रुपमा मात्र लिए । गायन, अभिनय र मोडलिङबारे उनी भन्छन् –“मलाई हरेक मान्छे कलाकार जस्तो लाग्छ । त्यही सोचेर मैले आफूलाई परीक्षण मात्र गरेको हुँ, व्यवसायिकरुपमा अँगाल्ने सोच आएन । अहिले पनि छैन ।”
    करिब सात वर्ष यता काठमाडौंको बागबजारस्थित बागबजार प्लाजामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन सञ्चालन गर्दै आएका छन् । आईआईएफटीको कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा समेत ब्राण्ड खुलिसकेको छ । आईआईएफटीले करिब तीन वर्षकै बीचमा एक हजारभन्दा बढी युवायुवतीलाई फेसन डिजाइनिङको प्रशिक्षण दिइसकेको छ ।
    आईआईएफटी काठमाडौंकै उत्कृष्ट फेसन इन्स्टिच्युटको रुपमा स्थापित छ, जसले ‘मिस नेपाल’, ‘मिस मंगोल नेपाल’ लगायतका दजनौँ गन्तिका सौन्दर्य प्रतियोगिताका लागि आफ्नो डिजाइनिङ पहिरण उपलब्ध गराइसकेको छ ।
    आईआईएफटीले सन २०२० मा ‘बेस्ट फेसन एकेडेमी अवार्ड’ पाएको थियो भने हालैमात्र ब्युटी पेजेन्ट एसोसिएसन नेपाल ( बिपान ) का भाइस प्रेसिडेन्ट तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यकारी सदस्यसमेत रहेका फूपु तेन्जिङ शेर्पाले आईआईएफटीमार्फत ‘कर्पोरेट विजिनेस एक्सेलेन्स अवार्ड–२०२२’ पाए । फेसनप्रतिको के्रज बढदै जाँदा आईआईएफटी सहरकै उत्कृष्ट इन्स्टिच्युटमा दर्ज भएको छ । जसबाट फूपु तेन्जिङ शेर्पा उत्साहित छन् । उनी भन्छन्–“आईआईएफटी अझ गुणस्तरीय फेसन इन्स्टिच्युटका रुपमा अगाडि बढाउने प्रयास हुँदैछ । फेसन के्रज बढदै जानु र इन्स्टिच्युटले स्तरीय डिजाइनिङ शिक्षा प्रदान गर्न सके स्वरोजगारी बढने उनको विश्वास छ ।”
    शेर्पा ग्रुपको अध्यक्षको रुपमा कार्यरत शेर्पाले काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा विगत लामो समयदेखि ‘फुड कोर्ट’समेत संचालन गर्दै आएका छन् ।

  • अनेसासको २११ औं भानुजयन्ति कार्यक्रममा शारदा क्षेत्रीको गजल र मुक्तक संग्रह बिमोचित

    अनेसासको २११ औं भानुजयन्ति कार्यक्रममा शारदा क्षेत्रीको गजल र मुक्तक संग्रह बिमोचित

    बिष्णु सिंह (बैजु) न्युयोर्क ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले २११ औं भानु जयन्ति मनाएको छ । कार्यक्रमका प्रमूख अतिथि डा. गोबिन्द कोईराला, र बिशेष अतिथीहरुमा राजेन्द्र श्रेष्ठ, आनन्द श्रेष्ठ र शारदा क्षेत्री थिए। साहित्यकार शकुन ज्ञवालीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता च्याप्टरकी अध्यक्ष लक्ष्मी श्रेष्ठले गरेकी थिइन्। प्रमूख अतिथीले पानसमा दियो प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमलाई अघि बढाउनु भयो, र उपस्थित सबैले आदिकवि भानुभक्तको तस्बिरमा फूलमाला अपर्ण गरेका थिए । उक्त अवसरमा नेपाल र अमेरिकाका राष्ट्रिय गान गाइएको थियो।

    कार्यक्रममा अनेसास कार्यसमिति सदस्य साहित्यकार शारदा क्षेत्रीद्वारा लिखित “स्मृतिका पानाहरु” गजल संग्रह र “आँशुको उपहार” मुक्तक संग्रह” दुई कृतिहरुको समिक्षा गरि बिमोचन गरेका थिए। बिमोचित संग्रहको समीक्षा साहित्यकार आनन्द श्रेष्ठले गरेका थिए ।

    समिक्षक श्रेष्ठजले अत्यन्त निस्पक्ष भइ पहिले मुक्तक संग्रहको विविध पक्षबाट समिक्षा गरिदिनु भयो। शब्द र ब्याकरण नमिलेकोदेखि लिएर अन्य शब्द चयन नमिलेको समेत औल्याई दिनु भयो। त्यसपश्चात गजल संग्रहको समिक्षा गर्नु भयो। ‘गजल’ गीत वा कविता होईन। तर गजल गाउँन लायकको हुनुपर्ने स्पष्ट पारिदिनु भयो। उनले दुवै संग्रहरुबाट केही मुक्तक र गजलहरु निकै मार्मिक, केही मध्यम स्तरको र केही निम्नस्तरको भएको उदाहरण सहित स्पष्ट ब्याख्या गरिदिनु भयो। उनको यो विश्लेषण आफ्नो लेखहरुमा निकै उपयोगी हुने ठानि उपस्थित साहित्य अनुरागीहरु निकै ध्यानमग्न भएर सुनिरहेका थिए। सहभागीहरुले समिक्षक श्रेष्ठलाई यसको लागि कक्षा संचालन गरि सहयोग गरिदिन समेत अनुरोध गरेका थिए।

    कृतिको समिक्षापछि सहभागीहरुले भानु जयन्तिको शुभकामना दिदै आफ्ना रचनाहरु प्रस्तुत गरे ।यसक्रममा कवियत्री पुनम काफ्लेले कविता, गायक अभय ढुंगेलले मार्मिक गीत, जिपिकेका सभापित सोमनाथ घिमिरेले कविता प्रस्तुत गरेका थिए ।त्यसैगरी सुभकामना दिदै शान्ता घिमिरेले गीत प्रस्तुत गरिन। कुन्ती थापाले कविता सहित शारदा क्षेत्रीकै गजल वाचन गरिन। बेदा खरेलले पनि शुभकामना दिदै कविता प्रस्तुत गरिन।

    मलाई पनि आदिकविप्रति शुभकामना अर्पण गर्ने अवसर दिएकोमा मैले “भाषाले भूमिलाई नियन्त्रण” गर्ने बिचार राख्दै नेपाली खश भाषाले नेपालको सिमापारि समेत प्रभाव पर्ने हुनाले नेपाली भाषालाई स्तरीय, सबैले बुझ्ने र प्रयोग गर्न उत्साहित हुने गरि बिकास गर्नुपर्ने विचार राखें ।

    त्यसैगरि साहित्यकारहरु मिना देवकोटा, जीवन तिमल्सिना, जानकी वस्ती ढकाल पनि शुभकामना दिदै पनि शारदाकै गजल वाचन गरेकी थिइन्।
    तत्पश्चात “स्मृतिका पानाहरु” गजल संग्रह र “आँशुको उपहार” मुक्तक संग्रहकी लेखिका शारदा क्षेत्रीले आफ्नो कृति बारे प्रकाश पार्दै, एक्लै यात्रा गर्दा गर्दै बोलको गजल प्रस्तुत गर्दैगर्दा ड्यासमा भक्कानियर रुन थालिन। उनले कोरेका रचनाहरु मन हल्का पार्न आफ्नो हृदय भित्र गुम्सिरहेको आफ्नै बेदनालाई कापिमा उतारिएको बुझ्न गाह्रो भएन। शब्दहरु हृदय विदारक थिए। उनको बेदनालाई बुझेर अध्यक्ष लक्ष्मी श्रेष्ठ र अन्य कवियित्रीहरुले पनि आँखा पखाले। संचालिका ज्ञवालीले आफ्नो आमा उमेरकी साहित्यकर्मीको शब्दहरु सुनेर मन गरुङ्गो पार्दै बोलेकी थिइन। यो दृष्यले सबैलाई भावविह्वल परिदिएको थियो।

    तत्पश्चात मुख्य अतिथि डा गोबिन्द कोइरालाले अहिले देखिने भानुको तस्बिर साहित्यकार बालकृष्ण समले कल्पना गरि तयार परिएको बताए। साथै खश भाषा एकीकृत नेपाली समाज र सन् १९९२ तिर एलाईन्स फर डेमोक्र्यासी एण्ड ह्युम्यान राईट्स हरि अधिकारी नामक व्यक्तिले त्यतिबेला शुरु गरेको जानकारी गराए। पछि अन्तराष्ट्रिय नेपाली साहित्य समाज जन्मेपछि हराएर गएको ईतिहास बताए। शारदा क्षेत्रीले कोइरालालाई पनि ज्वाई भन्ने भएकोले डा कोइरालाले सासुकै सम्मानमा एक कविता वाचन गरि बिदा भए।

    कार्यक्रममा विश्व थापा, बिकास बिष्ट, महासचिव नदिया लिबांग र अन्य कवि कवियत्रीहरुको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा संचालिका ज्ञवालीले;
    “नेपाल प्यारो भन्दा भन्दै,
    प्रवाश मै फसे,
    आफ्नै गुडमा फर्कने छु ,
    संसार जति डुले पनि”
    उदागारका साथ् बिदा भईन।

    सभाध्यक्ष लक्ष्मी श्रेष्ठले कार्यक्रममा उपस्थित बहुमुल्य बिचारहरु प्रस्तुत गर्नु भएकोमा सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो।

    (कार्यक्रम नेपाली भान्छा घर ज्याक्सन हाईट्समा अपरान्हदेखि साँझसम्म चलेको थियो। सर्जक क्षेत्रीले खाजाको व्यवस्था बिमोचित सग्रह बिक्रबाट उठेको रकम अनेसास न्युयोर्क च्याप्टरलाई हस्तान्तरण गरिन्।)