बिष्णु सिंह (बैजु) ३ जुलाई, ज्याक्सनहाईट्स न्युयोर्क।
नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईरालाको शताब्दीऔं जन्मजयन्तीको पावन अवसरमा गिरीजाप्रसाद कोईराला फाउन्डेशनले न्युयोर्कको क्विन्सस्थित ज्याक्सनहाईट्समा निःशुल्क खाद्यान बितरण कार्यक्रम आयोजना गरेको छ ।
गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनामा क्विन्स टुगेदर, टेष्टअफ नेपाल रेष्टुरेन्ट, भेराईटी व्वाईज एण्ड गर्लस् क्लब अफ क्वीन्स् र मेट्रोपोलीटान पार्क नामक संस्थाहरुको संयुक्त सहप्रायोजनमा सो कार्यक्रम सम्पन्न भएको हो। स्थानीय समय अनुसार मध्याह्न करिब १२ः३० बाट करिव १ घन्टासम्म टेष्ट अफ नेपाल रेष्टुरेन्टको प्रांगणबाट सो वितरण कार्यक्रम गरिएको थियो।
लाममा पंक्तिबद्ध करीब २०० स्थानीय आगन्तुकहरूलाई पालैपालो ताजा सागसब्जी एवं तरकारी बितरण गरिएको थियो। सो वितरणबाट स्थानीय नेपाली अमेरीकी लगायत,बंगलादेश, भारत, पाकिस्तान, मेक्सीको सहित करीब १४ राष्ट्रवाट आई स्थानीय समुदायमा वसोवास गर्ने मानिसहरू प्रत्यक्ष लाभान्वित भएका थिए।
सो वितरण कार्यक्रममा फाउन्डेशन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र रेखा श्रेष्ठको सकृयता रहेको थियो भने क्विन्स टुगेदरका प्रमुख जोनाथन फोर्गोस्, न्युयोर्क मेयर अफिसबाट शुक्रानि दनपत, फाउन्डेशनकै केन्द्रीय सदस्य अम्बीरराज जोशी, नेका युवा नेताद्वय राजु रौनीयार र समाजसेवी लायन नवराज आचार्य र नेतृ कमला पन्त, पार्कर खेलाडी दिनेश सुनार, फाउन्डेशनका आजीबन सदस्य पुर्ण तामाङ लगायतले स्वयंसेवकको भुमीका निर्वाह गरेका थिए ।
स्मरण रहोस् स्व. गिरीजावावुको शताब्दीऔं जन्मजयन्तिको पावन अवसरमा नेपाल, अमेरिका लगायत विश्वभरबाट स्मरण स्वरूप यी र यस्तै पुण्य कार्यहरू निरन्तर भैरहेका समाचारहरू प्राप्त भएका छन्। यसै अवसरमा फाउन्डेशन अमेरीका च्याप्टर एवं आजको यस कार्यक्रमसँग आबद्ध संघसंस्थाहरूले स्व. कोईरालाप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका थिए ।
नेपालकै चर्चित लोक रक समुह नेपथ्यले न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभमा सांगितिक प्रस्तुति दिने भएको छ । तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यले आगामी अगष्ट ३० को साँझमा सांगितिक प्रस्तुति दिने भएको हो ।
टर्मिनल फाइभ न्ययोर्कको ठूलो सांगितिक कार्यक्रमहरु हुने ठाउँ हो । न्यूयोर्कमा याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले नेपथ्यको ऐतिहासिक साँझ कार्यक्रम गर्न लागेको हो । ‘नेपथ्य जस्तो लामो इतिहास भएको लोकप्रिय नेपाली ब्याण्डलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा हामी एकदमै उत्साहित छौं,’ इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङले भनिन्, ‘यो ऐतिहासिक सांगितिक कार्यक्रमलाई सार्थक बनाउन यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गरेका छौं । आयोजकले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि नेपथ्यको सांगितिक कार्यक्रमबारे जानकारी दिएको हो । नेपथ्य भएकैले म्यानह्याटनको टर्मिनल फाइभमा कार्यक्रम गर्न लागेको याक प्रोडक्शनकी छोमो डसेलले बताइन् । ‘स्पिकिङ फ्र्याङ्क्ली, इट्स अ भेरी एक्पेन्सिभ प्रोजेक्ट, बट्, वि क्यान्नट डु इन अ स्मल भेन्यू,’ उनले भनिन्, ‘अगेन, दे आर नेपथ्य, वि रेस्पेक्ट द्याट।’
उनले ‘इन पर्सन’ टिकट ज्यादै कम भएको भन्दै नेपाली गीत संगीतका पारखी र नेपथ्यका फ्यानहरुलाई अनलाई टिकट किन्न अनुरोध गरिन् । ‘जति सस्तोमा बेच्न सकिन्छ अहिले त्यति सस्तोमा टिकट अनलाइन उपलब्ध छ,’ उनले भनिन्, ‘अहिले फस्र्ट फेजमा टिकट नकिने पछि फेज टुमा टिकटको मुल्य बढ्छ ।’ अहिले टिकटको अनलाइन मुल्य करिब १ सय ५ डलर छ । त्यसमध्ये ८० डलर आयोजकले पाउने छन् ।
‘नेपथ्य आफैमा ठूलो नाम हो,’ डिजे रितका ठिले थकालीले भने, ‘नेपथ्यले २०१६ मा एक पटक कन्सर्ट गर्नुभएको थियो । यति धेरै वर्षपछि आफैँले कन्सर्ट आयोजना गर्न पाउँदा गर्व लागिरहेको छ ।’ कार्यक्रम आयोजनास्थलमा पार्किङ पाउने सम्भावना कम छ, साथै, पे पार्किङ महंगो भएकाले सार्बजनिक सवारी साधन प्रयोग गर्नु उपयुक्त हुने आयोजक ठिले थकालीले जानकारी दिए ।
टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्यूआर कोड स्क्यान गर्नु गरेर टिकट बुक गर्न सकिने छ। साथै, टर्मिनल फाइभको वेवसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिंक सजिलै भेटिन्छ ।
टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन् । कार्यक्रमस्थलमा नेपाली खानाको स्टल समेत हुने छ । आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन, तर टर्मिनल फाइभ ब्यबस्थापनको बार भने खुला रहने छ । नेपथ्यले लोक संगितलाई रक शैलीमा गाएर नेपाली संगितलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो ।
कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेको छ । नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने छ । दर्शकको भावनालाई बुझेर स्टेजमा प्रस्तुती दिने साथै नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ब्ली स्टेडियम लगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ । नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थियटरबाट सुरु हुने छ । नेपथ्यले हालसम्म अगस्ट ६ र ७ मा पेन्सिलभेनियाको द फोरम अडिटोरियम, अगस्ट ९ र १० मा सान फ्रान्सिस्कोको द वारफिल्ड, अगस्ट १६ र १७ मा ओहायोको केम्बा लाइभ तथा अगस्ट २३ र २४ मा टेक्सासस्थित अर्भिङको टोयोटा म्युजिक फ्याक्ट्रीमा सांगितिक प्रस्तुति दिने तय भइसकेको छ । त्यस्तै अगस्ष्ट २३ मै बस्टनको रोयलमा पनि नेपथ्यको सांगितिक कार्यक्रम राखिएको छ ।
गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालयमा अमेरिकी हाउस कांग्रेस प्रतिनिधि कंग्रेसवुमन ग्रेस मेंग नेपालीहरुको ईमिग्रेसन समस्याबारे जानकारी लिन उपस्थित भएका छन् । कंग्रेसवुमन मेंगलाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाई कार्यालयमा स्वागत गरेका थिए। कांग्रेसवुमनले करीब डेढ घण्टाको समय दिनु भएको यस ऐतिहासिक, विशेष भेटघाट एवं समसामयिक विषयहरूमा छलफल एवं ध्यानाकर्षण कार्यक्रममा समसामयिक विषयहरू एवं अमेरीकामा भएका आप्रवासीका विविध समस्याहरू तथा सोका समाधानका विषयमा छलफल भएको थियो । नेपाली समुदायका सदस्यहरुले कांग्रेसवुमन ग्रेस मेंगसॅंग प्रत्यक्ष आ-आफनो अध्यागमनका मुद्दाहरू कसरी प्राथमिकता पाउॅंछ भन्ने प्रश्न गरेका थिए।
कतिपय सदस्यहरुको अध्यागमनका मुद्दा ७ बर्ष देखि १५ बर्षसम्म पनि कुनै सुनुवाई नभएको जिकीर गरे। यसैक्रममा कांग्रेसवुमन मेगंले, तपाईहरुको समस्याका समाधानका लागि म आफै अध्यागमनका प्रतिनिधिहरूसॅंग प्रत्यक्ष संलग्नता हुदै तपाईहरुको मुद्दालाई छिटो र सजिलो बनाउॅंन कसरत गर्ने छु, भन्नु भयो र तपाईहरुको कुनै पनि कार्यका लागि मेरो कार्यालयमा फ्लसींग या फोरेस्ट हिल्सको कार्यालय समयमा स्वागत छ भन्नु भयो। उहाँलाई स्वागत गर्न फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरू ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, सुर्य सिंमखडा, फाउन्डेशनका सदस्य बिकास कुवॅंर, पुर्ण तामागं, सुजल सिंमखडा, समाजसेवि ईन्द्र तामांग, कोरियोग्राफर गोविन्द राई, UKROAकी पुर्व अध्यक्ष एंव समाजसेवी मुना राई, एनआरएनए युएसए न्युयोर्ककी महिला सचिव एंव समाजसेवी गिता अधिकारी, हामी नेपाली ग्लोवल अमेरिकाका अध्यक्ष शोभाकान्त पाण्डे, कलाकार महादेव त्रिपाठी, गिनीज बुक विश्व रेकर्ड होल्डर दिनेश सुनार पार्कर, महिला उद्यमी सुष्मिता श्रेष्ठ लगायत ५७ जनाले कार्यालयका टोलीसॅंग भेटघाट एंव आ-आफ्ना समस्यावारे समाधानका लागि प्रत्यक्ष कुराकानी गरेका थिए।
कार्यक्रमको शुरूवात गर्दै अध्यक्ष घिमीरेले आफ्नो टीमका सदस्यहरूको परिचय गराई वहाँलाई फाउन्डेशनमा स्वागत गर्नुको उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो। वहाँले फाउन्डेशनले विशुद्ध सामाजिक गतिविधि गर्दै आएको र स्थापनादेखि कोरोनाकहरको डरलाग्दो अवस्था व्यहोर्दै हालसम्म गर्दै आएका सामाजिक गतिविधिवारे प्रष्ट पारेका थिए । अध्यक्ष घिमिरेले अमेरिकामा रहेका लाखौं आप्रवासी कानुनत बस्न र काम गर्न योग्य भएता पनि स्थायी वसोवासको अनुमति पाउन अनेकौं सास्ति व्यहोरेको भन्दै कांग्रेसवुमन ग्रेस मेंगलाई ध्यानआकर्षण गराउॅंनु भयो।
परिचयका क्रममा वरिष्ठ समाजसेवी ईन्द्र तामांगले वर्षौंदेखि परिवारसँग छुट्टीएर वस्नुपरेको कारणले मानसिक यातना व्यहोरीरहेको हुँदा एक जिम्मेवार सांसदको हैसीयतले यथासक्य शिघ्र कानुनी रूपमा हल गरीदिन वहाँसमक्ष अपिल गर्नु भयो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिकाबीच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिनहरूमा अझ सुमधुर रहोस भन्ने चाहना रहेको बताउनुभयो। सदस्य ध्रुव कुँवर क्षेत्रीले आफ्नो ज्यानको पर्वाह नगरी आफु यु एस ऐम्बेसी अफगानिस्तानमा सुरक्षाकर्मीको रूपमा तैनाथ हुंदा अमेरिकी सरकार प्रति वफादार भएर गरेको रोचक कार्यहरु सुनाएका थिए । त्यस्तै अर्का सदस्य रेखा श्रेष्ठले आफुले यसै फाउन्डेशन मार्फत विविध सामाजिक कार्यहरूमा समाजको सेवामा खटीँदै आएको र आवश्यक पर्दा भोलीका दिनहरूमा पनि खटीरहने प्रण गर्नुभयो र वॅंहाले आफ्नै रेस्टुरेन्ट टेस्ट अफ लाहोरबाट चिया र समोसा प्रायोजन गर्नु भएको थियो।
व्यक्तिगत एवं सामूहिक समस्याहरूका बारे प्रत्येकले आपसी अन्तर्कृया एवं छलफलगरि माननीय कांग्रेसवुमन आदरणीय ग्रेस मेंगसँग खुलेर छलफल गरीएको सो कार्यक्रममा आफ्नो धारणा राख्दै माननीय मेंगले आफु यहाँका जनताद्वारा चुनीएको एक जनप्रतीनीधिको हैसीयतले कुनैपनि पार्टी र व्यक्ति एवं समुदायप्रती निष्पक्ष भै कानुन अनुसार क्रमशः यथासक्य समस्याहरू समाधान गर्न लागिपरेको प्रष्ट पार्दै सरकार समक्ष यथेष्ट बजेटको मागगरी विशेषगरी जटील बन्दैगईरहेको आप्रवासी समस्या समाधान गर्न वर्तमान वाईडेन सरकारलाई घच्घच्याईरहेको प्रष्ट पार्नुभयो। वहाँले आफुले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने र मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने ईच्छासमेत जाहेर गर्नुभयो। कांग्रेसवुमन आदरणीय ग्रेस मेंगले अमेरीकामा जीपि फाउन्डेशनले गरेको सामाजिक सेवाको उच्च प्रशंसा गर्दै आफुले फाउन्डेशनको कार्यालय भ्रमण गर्न पाउॅंदा निकै हर्षित भएको र यति राम्रो कार्यालय रहेछ भन्दै प्रसंसा गर्नु भयो र अबदेखि प्रत्यक महिनामा एक पटक यसरी नै भलाकुसारी गर्दै प्रत्यक्ष संम्वाद, आवस्यकता अनुसार फाउन्डेशनकै कार्यालयमा आप्रवासीहरुको समस्या समाधान गर्न घुम्ति सिविर संचालन गरी नेपाली लगायत स्थानीय समुदायका सेवाग्राहीहरूका समस्या हलगर्न लागीपर्ने बचनबद्दता समेत व्यक्त गर्नुभयो। अन्त्यमा फाउन्डेशनको तर्फवाट अध्यक्षले कांग्रेसवुमन ग्रेस मेंग र वॅंहाको ५ सदस्य टोलीलाई फाउण्डेशनको कार्यालयमा उपस्थित भई अमेरिकी संघीय एजेन्सीहरूसँग के कसरी सहायता प्राप्त गर्ने भन्ने बारे बृहत छलफल गर्न पाएकोमा फाउन्डेशले आभार व्यक्त गरेका थिए ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने धार्मिकस्थल गोसाईंकुण्डमा जेठ २५ गतेबाट गंगादशहरा मेला लाग्ने भएको छ । सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, “जोडी मिलोस्” भनेर भाकल गर्दा जोडी मिल्ने धार्मिक किंवदन्ति रहेको छ।
जीवनमा सके ३ पटक, नसके १ पटक भएपनि पुग्नै पर्ने ठाउँ गोसाईंकुण्ड ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । गोसाईंकुण्ड चौंथाइ माइल फराकिलो निलो पानीको सरोवर हो । यस वरपर १ सय ८ वटा कुण्डहरू रहेका छन् । जसमध्ये पार्वतीकुण्ड पनि हो । मुख्य गोसाईंकुण्ड चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक बनावट र कुण्डहरूले नै यसलाई आकर्षक बनाइदिएको छ । यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले मन तानिन्छ । गोसाईंकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ ।यस कुण्डलाई सन २००७ सेम्टेम्वरमा रामसार सूचिमा समावेश गरिएको छ ।
जेठ २५ गतेबाट १० दिनसम्म लाग्ने गंगादशहरा मेला भर्न देश विदेशबाट मानिसहरूको विशेष भिड लाग्छ । बर्सेनि दुई चोटी दशहरा मेला र जनैपुर्निमाको वेला मेला लाग्छ तर ९ वर्ष यता १२ महिना नै मानिसहरू आवतजावत गरिरहन्छन् । कोही हाइकिङका लागि, कोही तामाङ संस्कृति हेर्न कोही धार्मिक हिसाबले जोडी मिलोस् सन्तान प्राप्त होस भन्नका लागि कोही सुख शान्तिका लागि कामनाका लागि आउने गर्छन् ।
भगवान् शिवले कालकुट विष सेवन गरेर सम्पूर्ण प्राणी जगतलाई बचाउन आफुले खाएर घाँटीमा अडकिएपछि पानीको खोजीमा हिडिरहदा सारा ब्रह्माण्ड नै घुम्दा कहीँ शुद्ध र चोखो ठाउँ नभेटेपछि हिडदै जाँदा बेत्रावतीमा आइपुगेर पानी खान लाग्दा वेतको लौरो छोडिएकोले बेत्रावती भएको भन्ने गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डियम बताउँछन् । त्यसपछि शिव भगवान् उकालो लागेर गोसाईंकुण्ड पुगेर समाहित भएको हो भन्ने भनाई रहेको छ ।
गोसाईंकुण्ड नेपालको दोस्रो ठुलो पदमार्ग अन्तर्गत पर्दछ । धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थीहरू यस क्षेत्रमा अध्ययन तथा अन्वेषणका लागि पुग्ने गर्दछन् । आफूलाई बाघको डमरु भनि अङ्ग्रेजहरूलाई थरथर बनाउने नेपालका राष्ट्रिय विभूति श्री अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाईंकुण्ड मै आएर गरेका थिए । त्यसैले गोसाईंकुण्डमा अहिले राष्ट्रिय विभूति अमर सिंह थापाले बास बसेको स्थानमा उहाँको सालिक बनाइएको छ। यसै कारण स्वदेशी तथा विदेशी पर्यटकहरू धार्मिक एवम् प्राकृतिक सौन्दर्यता र प्रकृतिलाई नजिकबाट नियालेर यससँग लुकामारी खेल्न यस क्षेत्रमा पुग्दछन्।
यस क्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ । तसर्थ तामाङ समुदायको भेषभुषा, रहनसहन र संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो। तामाङ संस्कृति अनुसार गोसाईंकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्य समेत देख्न सकिन्छ। यसै कारण यस क्षेत्रको चर्चा परिचर्चा दिन प्रतिदिन बढ्दो क्रममा छ।
• कसरी पुग्ने ?
काठमाडौँको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानव शास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । गोसाईंकुण्ड जाने विद्यार्थी, शिक्षक र अन्वेषकहरू सुन्दरीजल ९१८९५ मिटरबाट यात्रा आरम्भ गर्छन् । हुन त धेरैजसो यात्रीहरू त्रिशूलीबाट जान्छन् तर सुन्दरीजलको बाटो छोटो मानिन्छ। सुन्दरीजल कट्नासाथ कतै पहेँलो त कतै रातो र कमेरे माटोको चिप्लो बाटो पार गर्नुपर्छ, अनि आउँछ, तामाङ बस्ति, मूल खर्क। गुराँस र दियार सल्लाका वनमा वैशाख(जेठमा गुराँससँग प्रीति लगाउँदै उक्लिएपछि आइपुग्छ, बोड्लाङ भन्ज्याङ। यो भन्ज्याङ काटेर अझै उकालो लागेपछि पहिलो बास चिसापानी पुगिन्छ।
पूर्वबाट आउने जाने मुख्य मार्ग पाटी भन्ज्याङ । यहाँबाट ठाडै उकालो हिँडेपछि साँझ बास बस्न कुटुम्साङ पुगिन्छ। कुटुम्साङबाट हिँडेको दिन लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरिन्छ र साँझ थाडेपाटी पुगिन्छ।
गोसाईंकुण्ड क्षेत्रको पहिलो कुण्ड, सूर्यकुण्ड यहाँबाट केही तल झरेपछि आइपुग्छ, गोसाईंकुण्ड । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाईंकुण्ड त्रिशूली नदीको उद्गम हो। विषले निस्लोट भएका शिवले जमिनमा गाडेको त्रिशूलबाट तीन वटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ। गोसाइँकुण्डमा सबैभन्दा ठुलो मेला गङ्गा दशहरा र जनपूर्णिमामा मेला लाग्छ।
गोसाईंकुण्ड स्नान गरेर तल रुझ्दै गर्दा भैरव नाग कुण्ड देखिन्छ। वैशाख जेठमा जाँदा चोल्याङ र तेन्जे डाँडाको काखैकाख हिँड्दा सेतो गुराँसका फूलहरू देखिन्छ। काठमाडौँबाट माछापोखरी बालाजु कंलकि,गल्छी देविघाट, वट्टार, त्रिशूली, बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै गोसाईंकुण्ड पुगिन्छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको मज्जा पनि लिन सकिन्छ। धुन्चेबाट उत्तरतिर लागे तातोपानी पुगिन्छ। कार्तिकमा मेला लाग्ने यहाँको तातोपानीमा नुहाए बाथ र कुष्ठरोग निको हुने विश्वास गरिन्छ। तर यहाँसम्म पुग्नका लागि थप तीन दिन लाग्छ। चिलिमे जलविद्युत् आयोजना बाटैमा पर्छ। धुन्चेबाट गाडी र बेत्रावतीतिरको पैदल यात्रा दुई विकल्प छन् ।
सन् १९४९, १० फ्रेबुअरीको दिन दिल्लीको लालकिल्ला जेलमा नाथुराम गोड्से ऐतिहासिक फैसलाको प्रतिक्षमा थिए, दिल्लीमा एक दिन अगावै कर्फ्यू लागेको थियो । दिल्ली हाई कोर्टमा कडा सुरक्षा व्यवस्था कायम गरिएको थियो । परिचय पत्र देखाएर मात्र अदालत परिसरभित्र पस्न पाईन्थ्यो । प्रहरी र अन्य सुरक्षा बल तैनाथ थिए । सिआइडीहरु सादा बर्दीमा घुमिरहेका थिए । गान्धी हत्यामा फैसला सुनाउने न्यायाधिशको ईजलास खचाखच भरिएको थियो । केहीबेरमै नाथुराम गोड्से सहित सबै आरोपीलाई ईजलासमा उपस्थित गराइयो । महात्मा गान्धीलाई गोली हानि हत्या गरेको अभियोगमा नाथुराम गोड्सेको पूरा पाँच घण्टा लामो बयान लिइयो । बयानमा गान्धी हत्याको कारण खुलाइयो, जुन भोलीपल्टको राष्ट्रिय अखबारको पहिलो पेजमा छाँपिदै थियो । बयानको अंश यस प्रकार थिए “गान्धीजीको नीति तथा कार्यक्रमले भारतमा लाखौं हिन्दूहरुको जिन्दगी बर्बाद हुँदैथियो । कुनै पनि महात्मालाई भारतलाई टुक्रा टुक्रा पार्ने अधिकार थिएन तर गान्धीले राष्ट्रवादको नारा लगाउँदै व्यवहारमा भने अंग्रेजहरुको नीति “बाँड र राज गर” लागू गरे, पाकिस्तानलाई ७८ करोड भारु सहयोग प्रदान गर्न तत्कालीन भारत सरकारमाथि दवाव दिए जुन ७८ करोड पाकिस्तानले भारतसँगको युद्धमा खर्च गर्नेवाला थियो । जुरीलाई यदि फैसला गर्ने अधिकार दिइएको हुन्थ्यो भने गोड्सेले सफाई पाउने निश्चित थियो । भारतका तत्कालीन कानुन मन्त्री डा. अम्बेडकरको फाँसीबाट बच्न माग गर्न सक्छौ भन्ने प्रस्तावलाई नाथुराम गोड्सेले अश्विकार गरे । उनले आफुले गान्धी हत्या गरेको कुरा बिना पश्चाताप स्वीकार गरे उनको एक मात्र दलिल यो थियो उनी कट्टर हिन्दूबादी, कट्टर देश प्रेमी भारतीय हुन् । यदि कट्टर हिन्दू हुनु भारतीय हुनु भारतीयलाई माया गर्र्नु अपराध हो भने फाँसी चढ्न तयार छु । माफी माग्न नमानेपछि गोड्सेलाई फाँसीको सजाय तोकियो, फाँसी सुनाउने न्यायाधिश रोए, वकिलहरु रोए ।
माफीनामाको चलन परापूर्वकालदेखि नै अस्तित्वमा रहेको थियो । हिन्दू धर्मग्रन्थमा गल्ती र माफीका धेरै किस्साहरु छन् । ऋषीमूनीहरु कठोर श्राप दिनमा माहिर नै हुन्थे श्रापितले पश्चाताप गरेर माफी माग्न थालेपछि एउटा अवस्थामा पुगेर श्रापबाट मुक्ति मिल्ने आशिर्वाद पनि दिन्थे । करुणा, प्रेम, दया, माफीलाई जुनसुकै धर्मले पनि प्रोत्साहन नै गरेको छ । पहिले पहिले राजा रजौटाको जन्मदिन वा विवाहोत्सवको खुसीयालीमा कैदी बन्दीहरुलाई आम माफी दिईने चलन थियो । अहिले विश्वभरिनै कुनै राष्ट्रिय दिवसको मौका पारेर आम माफी दिईने संवैधानिक तथा कानुनी प्रकृया नै रहेको छ । यसअर्थमा संसारभरिनै कैदीहरुलाई आममाफीको चलन सदियौंदेखि चल्दै आईरहेको देखिन्छ तर पछिल्लो समय आममाफीको विषयलाई लिएर नेपालको राजनीतिक, सामाकजिक बृत्तमा हलचल मच्चियो । प्रसंग थियो नेपाल प्रहरीलाई ड्यूटीको समयमा लखेटी लखेटी भाला र खुकुरी खुँडा प्रहार गरेर मार्ने रेशम चौधरी र एक साधारण नेपाली नागारिकको छोरो जसले आफ्नो परिवारको जिम्मेवारी बहन गरिरहेको थियो त्यस्तो निहत्था व्यक्तिलाई बीच बजारमा लखेट्दै खूकुरी प्रहार गरेर मार्ने रिगललाई गणतन्त्रको अवसर पारेर राष्ट्रपतिद्वारा दिइएको माफी ।
नेपालको संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकायले गरेको सजायलाई कानुन बमोजिम माफी वा कम गर्न सक्नेछ । दफा १५९ को (१) अनुसार अदालतको फैसला बमोजिम सजाय पाएको ब्यक्तिले माफी पाउन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपति समक्ष निवेदन दिन सक्नेछ । (२) उपदफा १ बमोजिम निवेदन दिदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
उपदफा (१) बमोजिमको निवेदन आवश्यक कारवाहीको लागि राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएमा सो मन्त्रालयले कसूरको प्रकृति र कसूर गर्दाको अवस्था, कसूरदारको उमेर तथा शारीरिक अवस्था, कसूरदारलाई तोकिएको सजायको हद, कसूरदारले सो सजाय पाउनुअघि कुनै कसूर गरी कैदको सजाय पाएको वा नपाएको वा पाएको भए त्यस्तो कसूरको प्रकृति र निजले भोगेको सजाय, कसूरदार थूनामा रहेको या नरहेको कुराहरु बिचार गरि निजलाई भएको सजाय माफी गर्ने वा कम गर्ने सम्बन्धमा निणर्यको लागि नेपाल सरकार समक्ष पेश गर्न सक्नेछ तर भ्रष्टाचार, यातना, जबरजस्ति करणी, क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, जाती हत्या, बिष्फोटक पदार्थ, अपहरण, शरीर बन्धक वा ब्यक्ति बेपत्ता, मानव बेचबिखन तथा ओसार पसार, सम्पत्ति शुद्धिकरण र तीन वर्ष भन्दा बढी कैद सजाय हुने लागू औषधको ओसार पसार वा कारोबारमा परेका कसूरदारलाई भएको सजाय माफी गर्ने, मूल्तवी गर्ने वा कम गर्ने कारवाही गर्न सकिने छैन भनि १५९ को (४) ले व्यवस्था गरेको छ ।
दफा १५९ को उपदफा (७) असुसार उपदफा (३) बमोजिम निणर्य गर्दा निवेदकलाई भएको सजाय पुरै वा आंशिक रुपमा माफी हुनु पर्ने, परिवर्तन गर्नुपर्ने वा कम गर्नुपर्ने मनासीव कारण देखेमा नेपाल सरकारले त्यस्तो आधार खुलाई आफ्नो राय सहित राष्ट्रपति समक्ष सिफारिस गर्नेछ ।
यसरी मौजूदा संविधान र कानुन हेर्दा सजाय कम, माफीको माग दावी र आम माफी सम्बन्धि व्यवस्थालाई सकारात्मक र जनभाबना अनुकुल बनाउन हरसम्भव प्रयास गरिएको देखिन्छ । “माफी” को सही सदुपयोग गर्न बनेको कानुनको आँखैअगाडि नेपाल सरकारले “माफी” को दुरुपयोग गरि दफा १५९ को (४) (घ) को “क्रुर तथा अमनवीय तरिकाले नियन्त्रणमा लिई ज्यान मारेको कसूरदारलाई सजाय माफी गर्न वा कम गर्न सकिदैन भन्ने व्यवस्थाको ठाडै बिपरीत गएर अदालतले क्रुर अपराधि ठहर गरेको व्यक्तिहरुलाई आममाफी दियो । त्यसकारण जनभावना यो आममाफीको बिरुद्धमा गयो ।
नेपालमा गणतन्त्रको सरकारले जनभावनाको कदर गरेको देखिदैन । राजनीति भारतद्वारा परिचालित भएपनि जनभावनाको कदर गर्ने संस्कार भारतीय राजनीतिबाट कहिल्यै सिकेनन् । गोड्सेलाई फाँसी नसुनाईएको भए गान्धी समर्थकको बिरोधलाई दमन गर्ने सामर्थ्य भारत सरकारसँग थिएन त्यसैले फँसीलाई कसैले टार्न सकेन अर्कोतर्फ गोड्सेको बयान छापियो भने गान्धी बिरोधीहरुले आगो बाल्न सक्थ्यो त्यसैले आम जनताको आक्रोशबाट बच्न जे जति नीति अख्तियार गर्यो त्यसले नाथुराम गोड्सेको भागमा परेको न्यायको बत्ति निभ्यो तर पनि भारत सरकारको जनताको भावना प्रतिको कदर भने देखियो । हुन त एक व्यक्ति प्रति भएको अन्याय सारा ब्यक्तिप्रति भएको न्यायको लागि बेइज्यति हो, यहाँ गान्धीको हत्या हुनु पनि सही थिएन तर राष्ट्रभक्तिले ओतप्रोत गोड्सेलाई फाँसी दिईनु पनि सही थिएन तर यो प्रसंगलाई जनभावना कति बलियो हुन्छ भन्ने सन्दर्भमा नेपालको गणतान्त्रिक सरकारले सिख लिन आवश्यक छ । पुरा नेपाली जनता सडकमा नओर्लेको भए माओवादीले मात्र २५० वर्ष पुरानो राजतन्त्र फ्याक्न सक्ने थिएन । राजतन्त्र लखेट्ने नेपालीले भोली गणतन्त्र लखेट्न कुनै आईतबार कुर्न पर्दैन होला त्यसैले जनभावनाको कदर गरौं । गणतन्त्रले के दियो भन्दा “बोल्न दियो” मात्र अब नभनौं किनकि जब बोलीको कुनै सुनुवाई नै हुँदैन भने त्यस्तो बोल्ने अधिकार औचित्यहिन हुन्छ । हुलको आवाज सुनेर फैसला या घोषण गर्न हुँदैन तर सिधै कानुनको शाब्दिक उल्लंघन नै गरेर पद र पैसाको दुरुपयोग गरि कानुन विपरित आममाफी भएपछि जनता निराश हुनु स्वभाविक हो । जनतामा निराशा छायो भने शासकमाथि केसम्म हुन्छ ईतिहास साक्षी छँदैछ । तसर्थ जनभावनाको कदर गर्न कानुन अनुरुप मात्र काम गरौं, गणतन्त्र दिवस २०८१ को शुभकामना ।
केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८४ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको साउथ डेनिस शहरमा अवस्थित जोन ए केली पार्कको मैदानमा मे १९, २०२४ (बि. स. २०८१ जेष्ठ ६ गते) आइतबारका दिन भब्यताका साथ सम्पन्न भयो ।
केप कड नेपाली समाजका अध्यक्ष केवी राईको सभापतित्व र United Kirat Rai Organization of America (UKROA) का भूतपूर्व अध्यक्ष,पासुंग बिष्णु राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको साकेला उभौली कार्यक्रमको सञ्चालन समाजका महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले गर्नु भएको थियो। उक्त कार्यक्रममा केप कड नेपाली समाजको निमन्त्रणालाई स्वीकार गरि आफ्नो अमुल्य समय दिएर कार्यक्रममा सहभागी भैदिनुहुने अतिथिहरुको गरिमामय उपस्थितिले कार्यक्रमको रौनक र शोभा बढेको थियो।
केप कड नेपाली समाजका वरिष्ठ उपाध्यक्ष बिष्णु मान प्रधानले कार्यक्रममा बिभिन्न संघ- संस्था बाट प्रतिनिधित्व गर्नु भएका अतिथिहरु, समाजका सम्पूर्ण सदस्यज्यूहरु तथा केपकड बासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र साना नानीबावुहरूलाई साकेला उभौली पर्व हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै कार्यक्रममा हार्दिक स्वागत गर्नुभएको थियो। उहॉंले सबैलाई साकेला उभौलीको शुभकामना पनि दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा पासुंग बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा प्रष्ट पार्दै उपस्थित सबैलालाई उभौली को हार्दिक मंगलमय शुभकामना संदेश दिनुभयो। यसैक्रममा उहॉंले अमेरिका भरिमै नेपाली समाजले पहिलो पटक यसरी बृहत् रूपमा यहाँ बसोबास गर्नुहुने सबै नेपालीहरूलाई एकजुट गराएर साकेला उभौली कार्यक्रमको आयोजना गरेर एउटा नंया इतिहास रचेको छ भन्दै यसले आउने भावी पुस्तालाई राम्रो संदेश दिनेछ भन्दै आयोजकलाई धन्यवाद दिनुभयो। UKROA का केन्द्रीय महासचिव मुक्ति नारायण राई र पशुपति बुद्ध फाउन्डेशनकी बरिष्ठ उप सभापति एलिना श्रेष्ठ ले साकेला उभौली को बारेमा आ-आफ्नो मन्तव्य राख्नुको साथै सबैलाई शुभकामना दिनुभएको थियो।
उक्त कार्यक्रमका सांस्कृतिक संयोजक सिताराम राईले उभौली पर्वको बारेमा आफ्नो मन्तव्य राख्दै सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभएको थियो। त्यसैगरी नयॉं पुस्ताका भाईबहिनी, छोराछोरी हरूलाई लक्षित गरि साकेला उभौली पर्वको बारेमा अंग्रेजी भाषामा लेखेर तयार पारिएको सामाग्री संस्थाका कार्य समिति सदस्य कुमुदा पोखरेलले वाचन गरेर सुनाउनु भएको थियो।
यस कार्यक्रमको प्रमुख आकर्षण र महत्वपूर्ण पक्ष “साकेला- उभौली पुजा” प्रमुख अतिथि तथा पासुंग बिष्णु राईज्यूबाट शुभारम्भ गरिएको थियो र यसमा केप कड नेपाली समाजका संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरि राईले उभौली पुजामा गीत गाएर नाच्दै उपस्थित सबैलाई त्यो सांस्कृतिक नाचको माहौलमा सहभागी हुन उत्प्रेरित गर्नुभएको थियो।
उभौलीको पुजा सम्पन्न गरि खानपान गरि दोस्रो चरणको कार्यक्रमको बीचमा साना नानी बावुहरूले सामूहिक रूपमा नेपाली गीतमा नाचेर र मार्सल आर्ट प्रदर्शन गरेर आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। सामूहिक नृत्यमा रिया चालिसे, दिप्ती अधिकारी, आशा आचार्य र विभूती सिटौला सहभागी हुनुभएको थियो भने मार्सल आर्ट कराते तर्फ बिष्लेक्स मान प्रधान, मिलन तामाङ, विधान खड्का र आर्य थापा सहभागी हुनुभएको थियो। त्यसैगरि बाल स्वयंसेवक आभाश्री खतिवडाले कार्यक्रम स्थल मैं लेमोनेड र स्न्याक्स को पसल राखी त्यसबाट आएको सबै रकम (नगद $ १२१.८२) केप कड नेपाली समाजलाई दान गरेर सबैको लागि प्रेरणादायी काम गरि एउटा राम्रो उदाहरण प्रस्तुत गरिन्।यस्ता नेपाली मौलिक परंपरागत र सांस्कृतिक कार्यक्रमहरूमा नंया पुस्ताका नानीबावुहरूको सक्रिय सहभागिता भए मात्र संस्थाले राखेको लक्ष्य (नेपाली भाषा, संस्कृति र संस्कारको पुस्तान्तरण (linguistics and cultural transformation to new generation) मा पुग्न मदत पुग्छ । यसै कुरालाई मध्यनजर राखी कार्यक्रममा प्रतिभा प्रदर्शन गर्नुहुने सबै नानी बावुहरूलाई प्रशंसा प्रमाणपत्र प्रदान गर्नुको साथै खादा लगायर उहॉंहरुको योगदानको कदर गरिएको थियो।
त्यसैगरी, केप कड नेपाली समाजको कार्य समितिको बोर्ड बैठकको निर्णय बाट कार्य समिति सदस्यमा मनोनित छेजी शेर्पा तथा सल्लाहाकारमा मनोनित संस्थापक अध्यक्ष हरि राई लाई संस्थाका अध्यक्ष केबी राईले प्रमाणपत्र प्रदान गर्नुको साथै खादा ओडाएर स्वागत गर्नु भएको थियो ।
यस बृहत् कार्यक्रम को लागि आवश्यक खानपान को सम्पूर्ण ब्यवस्था केप कडबासी नेपालीहरूले स्वयंसेवक को रूपमा जिम्मा लिएर घर घरमै तयार पारिएका स्वास्थ्यकर साथै स्वादिष्ट परिकारहरू उपलब्ध गराउनुभएको थियो।
समाजका कोषाध्यक्ष बिमल खड्काले कार्यक्रममा सहभागी सबैको उपस्थिति दर्ता गर्नुको साथै संस्थाको सदस्यता लिन इच्छुक ब्यक्ति हरूलाई सदस्यता वितरण समेत गर्नुभएको थियो। उक्त कार्यक्रममा १७५ जना जतिको सहभागिता थियो ।
कार्यक्रमको अन्त्यमा, समाजका अध्यक्ष केबी राईले नेपालको किरांत संस्कृतिले भरिभराउ नेपाली राष्ट्रीय चाड साकेला उभौली २०२४, केप कड नेपाली समाजले पहिलो पटक आयोजना गरेको जानकारी गराउंदै यस पर्वमा आमन्त्रित सबै पाहुनाहरू, समाजका सदस्यहरु र सम्पूर्ण केप कड बासीहरूलाई उहॉंहरुले दिनुभएको अमुल्य समय, साथ र सबै खाले सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै, साकेला उभौलीको शुभकामना दिनु भएको थियो ।
केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सन् २०११ मा केप कड म्यासाचुसेट्स, अमेरिकामा स्थापना गरिएको एक गैर नाफामुलक सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधारण सभालाई भव्यताकासाथ सफल बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारीहरु अन्तिम चरणमा पुगेको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जनाएका छन्। उक्त साधारण सभा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा हुनगइरहेको छ। कार्यक्रम तालिका असार मे २५ तारिख शनिवार साँझ ५ बजे साधाण सभाको उदघाटन गर्ने गरी आवश्यक तयारी गरिएको छ।
तयारीका सम्बन्धमा जानकारी दिदै संयोजक बस्नेतले भने, ‘साधारण सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। साधारण सभालाई सक्दो उपलब्धिमूलक बनाउनका लागि उपलब्ध साधान, श्रोत र क्षमताले भ्याएसम्म आवश्यक पर्ने तयारीमा कुनै कसर बाँकी राखिने छैन।’ उनले थपे, ‘यो संस्थाको महत्वपूर्ण उत्सवको क्षण हो। यसलाई हामीले सोही मुताबिक मनाउने गरी तयारी गरेका छौं। आशा छ कि हामी यसमा सफल हुनेछौं। र, साधारण सभाले भावि यात्राका लागि सही र ठोस मार्ग निर्देश गर्ने नै छ।’
साधारण सभा मूल आयोजक समितिका संयोजक बस्नेतका अनुसार बासस्थान, कार्यक्रम स्थल, भोजन र यातायातको व्यवस्थापकीय कार्य पुरा भैसकेको छ। कार्यक्रमका लागि चाहिने व्यानरहरु तयार भैसकेका छन् भने, आवश्यक मसलन्दहरुको पनि व्यवस्था गरिसकिएको छ। त्यसैगरी प्रमुख अतिथि, अतिथिहरू, संस्थाका सदस्य ज्यूहरुलगायत सरोकारवाहरुलाई आधिकारिक निमन्त्रणा गर्ने कार्य पनि सम्पन्न भैसकेको छ।
साधारण सभामा प्रस्तुत हुने प्रतिवेदनहरु तयार भैसकेको र संस्थाले हरेक साधारण सभाको अवसर पारेर प्रकाशित गर्ने स्मारिक ‘प्रयास’ पनि प्रकाशनको अन्तिम चरणमा रहेको संयोजक बस्नेतले जानकारी दिए। उनले नेजा सदस्यहरुलाई बोस्टनमा स्वागत गर्न आफू, नेजा परिवार र स्थानीय नेपाली समुदाय आतुर रहेको जनाउदै तयारीका क्रममा प्रत्यक्ष परोक्ष साथ सयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन्।
नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १७औं साधारण सभा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुनगइरहेको छ। उक्त साधारण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) गर्ने निधो गरिएको छ। नेजाले उक्त साधारण सभालाई व्यवस्थित गरी सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी गर्दै सहभागिताका लागि रजिष्ट्रेशन खुला गरिसकेको छ। नेजाले आफ्ना सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागी हुन आव्हान गर्दै रजिष्ट्रेशन खुला गरेको हो। संस्थाको विधानको धारा ९.३.२ मा व्यवस्था भए बमोजिम साधारण सभा वा अधिवेशनमा भाग लिन चाहने सदस्यहरुले तोकिएको साधारण सभाको मिति भन्दा ७ दिन अगाडि नै रजिष्ट्रेशन गरिसक्नु पर्दछ। सोही बमोजिम संस्थाले रजिष्ट्रेशन खुला गरिसकेको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिए। रजिष्ट्रेशनका बारेमा जानकारी दिदै संयोजक बस्नेतले भने, ‘साधारण सभाको मिति निकै नजिकिसकेको छ। त्यसैले विधानले व्यवस्था गरे बमोजिम रजिष्ट्रेशन खुला गरिसकिएको छ। यथासिघ्र रजिष्ट्रेशन गरेर साधाण सभामा सहभागिताको सुनिश्चितता गर्न सबै सदस्य ज्यूहरुलाई विनम्र अनुरोध गर्दछु।’
संस्थाले जनाए अनुसार १७औं साधारण सभामा भाग लिनका लागि रजिष्ट्रेशन गर्ने अन्तिम म्याद यही आउदो मे १७ तारिख सुक्रबार रातको १२ बजे(अमेरिकाको पूर्वीय समय अनुसार) सम्म मात्र रहेको छ। रजिष्ट्रेशनका लागि सदस्यहरुले संस्थाले उपलब्ध गराएको विद्युतीय फारम भरी तोकिएको शुल्क तिरेर आफ्नो नाम दर्ता गर्नु पर्नेछ। संस्थाले रजिष्ट्रेशनका लागि एकल सदस्यलाई प्रति सदस्य १ सय पचास अमेरिकी डलर र परिवारसहितका लागि दुइ सय अमेरिकी डर रजिष्ट्रेशन शुल्क तोकेको छ। रजिष्ट्रेशनका लागि लिंक;
रजिष्ट्रेशन खुला भएसंगै सदस्यहरुले पनि साधारण सभामा सक्रिय सहभागिता जनाउन रजिष्ट्रेशन गर्दै आवश्यक तयारीमा जुट्न थालेका छन्। संयोजक बस्नेतले जानकारी दिए अनुसार साधारणसभाको मिति नजिकिदै गर्दा साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न नेजा परिवार उत्साह, उर्जा र उमङ्गका साथ आवश्यक अन्य तयारीमा पनि जुटिरहेको छ।
गत मे ४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) न्यूयोर्क च्याप्टरले नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०८१ को शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा साहित्यकार कुन्ती थापाद्वारा लिखित “ फेसबुकको मान्छे” उपन्यासको छोटो समिक्षा र परिचय पनि गर्यो । कार्यक्रमको शुरुवात सभापतिको आसन ग्रहण गर्न अध्यक्ष लक्ष्मी श्रेष्ठ तथा भूपू अध्यक्ष ज्योति पौडेल र उपन्यासकार कुन्ती थापालाइ ड्यासमा निम्त्याईयो। पछि कार्यक्रममा ढिलो आईपुगेका भूपू अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि ड्यासमा बसाईएको थियो।
तत्पश्चात च्याप्टरका महासचिव नदिया लिबांगले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै आ-आफ्नो स्थानमा आशन ग्रहण गराउनु भयो। यसैगरी च्याप्टरका कोषाध्यक्ष सृजना लामा र अन्य सदस्यले कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा बिशेष अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो। अनि प्रमूख अतिथि र बिशेष अतिथिहरुले पानसमा दियो प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमलाई अघि बढाउनु भयो। उक्त अवसरमा नेपाल र अमेरिकी राष्ट्रिय गान पनि गाईएको थियो।
तत्पश्चात बिभिन्न सहभागीहरुले नव बर्षको शुभकामना मन्तब्य दिन शुरु गरियो। शुभकाना मन्तब्य दिने क्रममा कवि-कवियित्रीहरु बिकास बिष्ट, संजय थापा, कमला प्रसाई, शकुन्तला ज्ञवाली, पुनम काफले लगायतले छोटो कविता प्रस्तुत गर्दै शुभकामना दिएका थिए। शुभकामना दिने क्रममा बिष्णु सिंहले अनेसास न्युयोर्क च्याप्टरले जारी गरेको कार्यक्रमको सुचनामा सदस्यहरुलाई निम्तो गर्न छुटाएको जानकारी गराउदै अनेसास व्यवस्थापनले यस्तो त्रुटि नदोहर्याउन सतर्क हुनुपर्ने सुझाव गर्दै आफ्नो शुभकामना अर्पण गरेका थिए।
उपन्यासकार कुन्ती थापाको अनुरोधमा डा. गोबिन्द कोइरालाले “फेसबुकको मान्छे” उपन्यासको छोटो समिक्षा र परिचय गरिदिएका थिए। छोटो समयमा अनुरोध आएकोले बिस्तृत रुपमा समिक्षा गर्न नसकिएको प्रकाश पारे। साथै उपन्यासले बिबिध पक्षको समस्या पहिचान गरेको तर समाधानको पहिचान गर्न केही कमी रहेको स्पष्ट पारे। तर लेखिका कुन्ती थापाले यस उपन्यासको दोस्रो भाग चाडै नै आउँन लागेको जानकारी गराएकोले सायद त्यस खण्डमा समाधानको उपायहरु पनि पहिचान हुने अपेक्षा गर्न सकिन्छ।
लेखिका कुन्ती थापाले पनि “फेसबुकको मान्छे” उपन्यासको छोटो परिचय गरेकी थिइन्। उनले आफ्नो प्रकाशित रचनाहरु बितरण गरि आएको सहयोगबाट नेपालमा केही गरिब बालबालिकाहरुलाई अध्ययनकोलागि सहयोग पुर्याउदै आएको जानकारी गराईन। उनको यस्तो सहयोगी हृदयको सहभागीहरुले प्रशंसा गरेका थिए। कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरका महिला उपाध्यक्ष लक्ष्मी थापा लगायत बिश्व थापा, शारदा क्षेत्री अन्य गण्यमान्य व्यक्तित्वहरुको उपस्थिति थियो । तर समग्रमा उपस्थित सहभागीहरुलाई हेर्दा ९५ प्रतिशत महिला र ५ प्रतिशत मात्र पुरुष देखिन्थे। निम्तो नपाएर हो कि निम्तोमा त्रुटी भएर हो, त्यसको अनुसन्धान व्यवस्थापनले गर्नुपर्ने देखिन्छ।
अन्त्यमा अध्यक्ष लक्ष्मी श्रेष्ठज्युले उपस्थित सम्पूर्ण अतिथिज्युहरुलाई धन्यबाद मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी बिरुवामा पानी राखेर गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले समुदायमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रमुख अतिथि थापाले समुदाय र प्रेसको सुमधुर सम्बन्धपश्चात् मात्र स्वतन्त्रतालाई पूर्ण रुपमा अगाडि बढाउन सक्ने बताउनुभयो । थापाले मिडियामा ठूलो चुतौती आएको बताउँदै हिजो जोसँग सूचना हुन्थ्यो त्यो शक्तिसाली हुने गरेको थियो भने आज सूचनाको स्पष्टता नहुँदा समाजमा कन्फ्युजनको वातावरण बढेको बताउनुभयो ।
‘विश्वमा बढ्दै गएको सोसल मिडियाले पनि समुदायमा सूचनासम्बन्धी विभिन्न कन्फ्युजन उत्पन्न गर्ने गरेको छ,’ प्रमुख अतिथि थापाले बताउनुभयो । थापाका अनुसार गलत समाचारले समाजमा गलत धारणा उत्पन्न गर्ने हुँदा समाज गलत बाटोतिर गएको पाइने गरेको छ । समाजमा व्याप्त गलत सूचनामार्फत चुनौती सिर्जना गरिरहेको हुँदा यसलाई चिर्नका लागि नेजालाई युएनको मिसनसँग मिलेर अगाडि बढ्नसमेत आग्रह गर्नुभयो । नेपालको विकास, राजनीति, जलवायु परिवर्तन, स्वास्थ्य क्षेत्र, शान्ति स्थापनालगायतका क्षेत्रमा मिडियाको ठूलो भूमिका रहेको हुँदा यूएनसँग मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो । साथै, अहिले यूएनले नेपालमा जलवायु परिवर्तनबाट पर्न सक्ने असरका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको छ बताउँदै यस्ता खाले कार्यक्रममा नेपालको मुद्दालाई अभिव्यक्त गर्नका लागिसमेत आग्रह गर्नुभएको थियो । प्रमुख अतिथि थापाले प्रवासमा रहेका पत्रकारहरूलाई समग्रमा नेपाल र डायस्पोरालाई जोड्ने कार्यमा सक्रिय रुपमा अगाडि बढ्नसमेत आग्रह गर्नुभयो ।
नेजा अध्यक्ष सुरज भण्डारी अध्यक्षता एवं महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा विषयवक्ताको रुपमा अमेरिकाको ओहायो राज्यमा रही पत्रकारिता विषयमा विद्यावारिधि गरिरहनुभएका पत्रकार प्रकाश आचार्यले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ को बारेमा प्रकाश पार्नुभएको थियो । आचार्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालबीच ठूलो भिन्नता रहेको बताउनुभयो । साथै, आचार्यले समाचार प्रकाशन गर्ने तरिका फरक-फरक हुने हुँदा समाजमा असर पर्ने खालका विषयवस्तुलाई समाचार बनाउनु उपयुक्त नहुने बताउनुभयो । साथै, विषयवक्ता आचार्यले समाजमा विकृति ल्याउने खालका समाचारलाई प्राथमिकता नदिनसमेत आग्रह गर्नुभयो ।
सो कार्यक्रममा सामुदायिक पत्रकारिताका चुनौतीका सन्दर्भमा बोल्दै नेजाका पूर्वमहासचिव किरण मरहट्ठाले प्रवासमा रहेका पत्रकार र नेजाले सामुदायिक पत्रकारिताको नमुना पेस गर्न सफल भएको बताउनुभयो । यस्तै, समुदायले पत्रकार र पत्रकारले समुदायलाई सम्मान गर्न सक्दा मात्रै दुवै पक्षलाई फाइदा पुग्ने बताउनुभयो ।
नेजाका अध्यक्ष सुरज भण्डारीले कार्यक्रमको उद्देश्य, नेजाका योजना एवं समुदाय र पत्रकारितालाई जोड्न नेजाको भूमिकाका सन्दर्भलाई जोडेर आफ्ना धारणा राख्नुभएको थियो । अध्यक्ष भण्डारीले नेजा उत्तर अमेरिमा रहेका पत्रकारहरूको संस्था नेजा भएकाले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै नेजाले आफ्नो योजना तथा कार्यक्रम अगाडि बढाएको बताउनुभयो । यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले नेजाले समुदायमा भएका कार्यक्रम एवं गतिविधिका बारेमा प्राप्त समाचार एवं समुदायलाई आवश्यक पर्ने सूचना नेजाले अमेरिकाबाट प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने गरेको बताउनुभयो । महासचिव दाहालले समुदायमा गरिने गतिविधिका बारेमा विस्तृत जानकारी समेटेर नेजालाई उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको थियो ।
यसैगरी, कार्यक्रममा बोल्दै नेपाल सरकारका पर्यटन प्रवर्धक गोकुल श्रेष्ठले सन् २०२४ मा १२ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष रहेको बताउनुभयो । साथै, अमेरिमा बसेर नेपाललाई नेपाली आँखाले होइन अमेरिकी आँखाले हेर्न आग्रह गर्दै आफू र आफ्ना सन्ततिलाई छुट्टीको समयमा नेपाल जाने वातावरण मिलाउनसमेत आग्रह गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले निष्पक्ष पत्रकारिताका आवश्यकतामा जोड दिनुहुँदै प्रवासमा रहेका पत्रकारहरूले गैरआवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरताका बुलन्द आवाज उठानुपर्ने बताउनुभयो । यस्तै, नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले लोकतन्त्रमा लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउँदै समुदायका गतिविधि मिडियामार्फत आमजनसमुदायमा पुर्याउन मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । यसैगरी, अधिकारकी निर्देशक नर्बदा क्षेत्रीले व्यक्ति र संस्था हेरेर भन्दा कामका आधारमा रिपोर्टिङ गर्न र निष्पक्षता देखाउन पत्रकारसमक्ष आग्रह गर्नुभयो । यस्तै, एनआरएनए अमेरिका उत्तर-पूर्व क्षेत्रीय संयोजक आङछिरिङ शेर्पाले सकारात्मक प्रवाभ पार्ने समाचार सामग्री संप्रेषण गर्न विशेष जोड दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामाले वातावणीय संकट अहिलेको मुख्य समस्या भएको हुँदा पत्रकारले यस विषयलाई महत्त्व दिएर समाचार सामग्री प्रकाशन एवं प्रसारण गर्न अनुरोध गर्नुभयो ।
यसैगरी, नेजाका सदस्य कल्पना घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले नेजाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा मे २५ र २६, २०२४ हुने १७औं साधारण सभाका बारेमा जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्नुभएको थियो ।
नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा नेजाका सल्लाहकार मच्छेदेवी गुरुङ, नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, पत्रकारहरू लोकमणि राई, मोहनसिंह लामा, प्रेमिला गौचन, सुनिता कोइराला, सन्तोष शर्मा, किरण पाण्डे, बद्री गौतमलगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।
रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । उक्त मन्दिरले काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो । मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, डा. विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई रामगीता प्रोत्साहन पुरस्कार अर्पण गरेको हो । डा. विमललाई उनको भरखरै प्रकाशित कृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी क्रमशः ५०–५० र २५ हजार नगदसहित सम्मानपत्र रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष गीता खत्री, संरक्षक कमलबहादुर खड्का र मखमली खड्का तथा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेल रहेका थिए । उनीहरुसहित पुरस्कार स्थापित व्यक्तित्वहरु अशेष मल्ल, सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा पुरस्कार संस्थापक राम खत्री र गीता खत्रीले संयुक्त रुपमा ती पुरस्कारहरु स्रष्टालाई अर्पण गरे ।
अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुले उपस्थितलाई स्वागतसहित संस्था र संस्थापक राम—गीताको बारेमा चर्चा गरिन् भने महेश पौड्यालले सम्मानित स्रष्टाको बारेमा गहन परिचय व्यक्त गरेका थिए । पुरस्कार हस्तान्तरणपछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रुपमा पुरस्कार राख्ने परम्परा भन्दा यो फरक रहेको भन्दै प्रशंसा गरे ।
गीता खत्रीले धेरै वर्ष अघिनै यो पुरस्कार स्थापना गर्ने सोच बनाएको तर दुई वर्ष अघि मात्र संस्था स्थापना गरेको तथा अहिले पुरस्कार वितरण गर्न सफल भएको बताइन् । अशेष मल्लले अरु अशेष मल्ल जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएकोले उहाँहरुको नाममा पुरस्कार स्थापना गरिएको उनले बताइन् । आफूले गरेको कामबाट कहिल्यै पनि घमण्ड नआओस् भन्दै सधैभरि कर्म गरिरहन पाए आफू खुसी हुने पनि उनले बताइन् ।
परम्परागत ढर्रालाई तोड्दै कार्यक्रम अत्यन्त फरक तरिकाले व्यवथापन भएको थियो । मञ्चमा भिडाम्भिड अनि दर्शकदिर्घातिर कुर्सी खाली जस्ता असुहाउँदो दृष्य यहाँ देख्नुपरेन । उपस्थित सबैजनालाई समान स्तरमा बस्ने व्यवस्था मिलाइएको थियो । मञ्च र दर्शकको कित्ताकाट यस प्रोग्राममा थिएन । त्यसैगरी पानसमा बत्ती बाल्ने अनि कार्यक्रम समुद्घाटन गर्ने दृष्य पनि यहाँ देखिएन । बरू गीता खत्रीका ८९ वर्षीय बुबाले गणेश स्तुति गाउनुभएर कार्यक्रमको समुद्घाटन र समापन भयो । प्रमुख अतिथि, गीता खत्री र राम खत्रीको हातबाट सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण भयो । सम्मानित सबै व्यक्तित्वहरूले राम-गीता वाङ्मय प्रतिष्ठान र राम गीता दम्पत्तिप्रति हृदयत: आभार व्यक्त गरे ।
प्रा.डा. सावित्री मल्ल कक्षपतिका अनुसार यसरी ज्यूँदा व्यक्ति त्यो पनि दम्पत्तिको नै नामबाट पुरस्कार स्थापना गर्ने कार्य विश्वमा नै यो पहिलो हो । मान्छे ज्यूँदो रहँदा नै उसका कर्मका बारेमा सम्मान गर्ने यो प्रचलनको शुरुवाति गर्ने यस सत्कर्मको सबैले खुलेर प्रशंसा गरे । यो गरिमामय कार्यक्रम सञ्चालनको भूमिकामा भवानी खतिवडा थिइन् ।
प्रत्येक वर्ष न्युयोर्क नेवाः गुठीले गर्दै आएको सामूहिक इही कार्यक्रम अहिले ७ औँ पटक भव्यताका साथ सम्पन्न गरेको छ । नेवाहरुको इही भनेको कन्यालाई विधि अनुसार सौभाग्यका रुपमा भगवान्लाई साक्षी राखी गरिने एउटा महत्वपूर्ण कार्य हो । इही पूजा सम्पन्न गर्न आठदेखि दस घण्टासम्म लाग्छ । कन्याहरु निराहार बसेर पूजामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लामो विधि अनुसार पूजा सम्पन्न भएपछि कन्यालाई एक किसिमको विविध धागोले बनाइएको साडी र सिन्दुर लगाइदिएर विभिन्न उपहार दिने गरिन्छ ।
यसपालीको ७ औँ इही पूजामा ६ जना कन्याको पूजा गरिएको थियो । न्युयोर्क निवासी, लंग आइल्याण्ड निवासी र बोस्टन निवासी पूजामा सहभागी भएका थिए । न्युयोर्कको ज्याक्सन हाइटस्थित धर्म हाउसको हलमा भएको उक्त पूजाको पुरोहित बाशल राजोउपाध्याय हुनुहुन्थ्यो ।
सजना महर्जनको प्रमुख व्यवस्थापन, सुरजलक्ष्मी श्रेष्ठको सहव्यवस्थापन र पूजामा पुरोहितलाई साथ दिने र विशेष किसिमको परिकार राखी थाय भुको व्यवस्थापन हृदय तुलाधर र अनिता नकर्मीले गर्नुभएको थियो । पूजामा महत्वपूर्ण सहयोगीको भूमिका कृष्णमाया महर्जन, मुना डंगोल र सरिता श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा नेवाः गुठी न्युयोर्कका अध्यक्ष विजयमान सिंहले इहीमा सहभागी ६ जना कन्या एलिसा थांजु, सिचु श्रेष्ठ, युरिका डंगोल, नेहा श्रेष्ठ, अटुमन राई श्रेष्ठ, र जयदा अमात्यलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
अध्यक्ष सिंहले सहभागीहरु र कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेवाः गुठीले नेवाहरुको कला, संस्कृतिलाई बचाइराख्न, भावि पुस्तालाई देखाउने, सिकाउने र प्रवर्दन गर्दै आएको बताउँदै प्रत्येक वर्ष आफ्नो कार्यक्रम गर्दै आएकोले यसलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।
नेवाः गुठी न्युयोर्कले नयाँ वर्षको भिन्तुना कार्यक्रम, इन्द्रजात्रा कार्यक्रम, म्हपूजा, रञ्जना लिपि सिकाउने धिमय बाजा सिकाउने, धिमय नाच सिकाउने लगायत प्रत्येक वर्ष सामूहिक व्रतबन्ध(कायता पूजा) र इही पूजा गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा झन्डै १५० जनाको सहभागिता थियो । कार्यक्रमको अन्त्यमा नेवारी भोजको आयोजना गरिएको थियो ।
बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि न्युयोर्क सहर म्यानह्याटनमा नेपाल डे परेड २०२४ आयोजना गरिने भएको छ । सन् २०१६ देखि सुरुवात भएको “नेपाल डे परेड” २०२४ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, न्युयोर्क च्याप्टरको आयोजनामा हुन लागेको हो ।
मे १९,२०२४ मा हुने “नेपाल डे परेड”का लागी गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन ब. मल्ल अध्यक्ष र शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा कन्भेनर रहने भएको छ । कार्यसमितिमा को-कन्भेनरको जिम्मेबारी राजेश सापकोटा, तुलसी राम आचार्य, नबिन कुमार ओझा, सुवास साह, ओम बिश्वकर्मा, कुल (राजन) गौली, श्याम पौडेल, अजित शाह र कृष्ण गुरुंगले पाएका छन् । भने अन्य बिभागमा आर्थिक बिभागको संयोजकको लागी दिन दयाल (दिनेश) भण्डारी र सदस्यहरुमा बाबुराम शर्मा, टक ब. रुवाली, देबेन्द्र लामा र ध्रुबराज पौडेल रहकेा छन् ।
मिडिया संयोजकका लागी बिक्की पुलामी, प्रचार प्रसार संयोजकका लागी चमेली खाती परियार, सांस्कृतिक संयोजकका लागी बसन्ती राई, झाकी प्रदर्शन संयोजकका लागी शंकर पौडेल, स्वयंसेवक परिचालन संयोजकका लागी दावा शेर्पा, सह-संयोजकका लागी दान बहादुर मल्ल, र्याली ब्यवस्थापन संयोजकका लागी पुनम बसेल, कार्यक्रम ब्यवस्थापन संयोजकका लागी बासु लामीछाने, अतिथी सत्कार संयोजकका लागी नवराज केसी, सह-संयोजकका लागी रश्मी श्रेष्ठ, ट्रक ब्यवस्थापन संयोजनका लागी लंग आईल्याण्ड नेपाली समाज र स्टेज ब्यवस्थापन संयोजकका लागी छिरिंग शेर्पाले जिम्मेवारी पाएका छन् ।
त्यस्तै गरी प्रदेश संयोजकहरुमा कोशी प्रदेशकालागी टिका ढकाल, मधेश प्रदेशका लागी दिनेश यादव, बाग्मती प्रदेशका लागी पासांग नुर्बु शेर्पा, गण्डकी प्रदेशका लागी कृष्ण भट्ट, लुम्बिनी प्रदेशकाली आश बहादुर घर्ती, कर्णाली प्रदेशका लागी तिलक पुरी र सुदुर पश्चिम संयोजकका लागी दान सिंह बिष्टले जिम्मेबारी पाएका हुन् ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले आफ्नो १७औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रमको आयोजना गर्यो । सन् २००७, अप्रिल २१ र २२ गते भर्जिनिया राज्यको आर्लिङटनमा भएको प्रथम अधिवेशनको मितिलाई आधार मानी संघले यो वर्षदेखि अप्रिल २१ लाई नेजा स्थापना दिवस अर्थात् ‘नेजा डे’ को रुपमा मनाउन सुरु गरेको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।
नेजाले स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघका पदाधिकारी, नेजाका संस्थापकहरू, संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्ष, पूर्वकार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, संस्थाका सदस्यहरू, गैरआवासीय नेपाली संघका अभियन्ताहरूको सहभागितामा अप्रिल २१ आइतबार विद्युतीय माध्यम जुममार्फत बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो अन्तरक्रियामा प्रवासको पत्रकारिताका विविध आयाममाथि सहभागिहरूले धारणा राख्नुभएको थियो । नेजाले क्षेत्रगत रुपमा समेत अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, टेक्सास राज्यको युलेस र म्यासाच्युसेट्स राज्यको बोस्टनमा स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइयो ।
नेजा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था हो । रचनात्मक ढंगका कार्यक्रम गरी संघको स्थापना दिवस मनाइएको बताउँदै नेजाका अध्यक्ष सुरज भण्डारीले आगामी दिनमा संघमार्फत अमेरिका र नेपालमा पत्रकारिताको गुणात्मक विकासका लागि विझिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको र सक्रिय पत्रकारका लागि फेलोसिप कार्यक्रम सुरु हुन लागेको बताउनुभयो । अध्यक्ष भण्डारीले नेजा र नेपाल पत्रकार महासंघबीचको सम्झौता र सहकार्यबाट धेरै कुरा गर्न सकिने बताउनुभयो । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेजाले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको छ ।
नेजाले स्थापना दिवसको अवसरमा अप्रिल २० मा ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा टेक्सासको युलेस सहरमा रहेको नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यसैगरी, अप्रिल २१ मा टेक्सासको डालसमा रहनुभएका पत्रकारसँग शुभकामना साटासाट गरेको थियो भने म्यासाच्युसेट्स राज्यको बोस्टनमा शुभकामना आदान-प्रदान कार्यक्रम गरेको थियो । यस्तै, अप्रिल २२ मा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 2-x1, डालास एभरेस्ट लायन्स क्लबसहितका लायन्स क्लबहरूसँगको सहकार्यमा टेक्सासको अर्भिङ सहरमा रहेको जेफरसन पार्कमा वृक्षरोपण गरिएको थियो ।
केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन अप्रिल १३, २०२४ का दिन, मेरियट होटल, केप कड, मासाच्युसेट्स अमेरिकामा सम्पन्न भयो। समाजका अध्यक्ष केवी राईको सभापतित्वमा शुरु भएको साधारण सभाको सञ्चालन सचिव ईच्छा खड्काले गर्नु भएको थियो भने उपस्थित सबैलाई सदस्य कृष्ण तिमल्सिनाले स्वागत गर्नु भएको थियो। सभाको उद्घाटन साना वालिकाहरूले बत्ति वालेर गरेका थिए ।
सचिव ईच्छा खड्काले पेश गर्नु भएको संस्थाको प्रगति विवरण र भए गरेका गति-बिधिहरूको प्रतिवेदन तथा कोषाध्यक्ष विमल खड्काले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो।
सभामा, समाजका सल्लाहाकार तथा विधान समितिका अध्यक्ष विष्णु मान प्रधानले प्रस्तावका लागि पेस गर्नु भएको संस्थाको विधान, उपस्थित सदस्यहरूबाट सर्वसम्मत रूपमा ताली बजाएर पारित गरिएको थियो । प्रधानले विधान माथी उठेका केही प्रश्न तथा जिज्ञासाहरूका जवाफ दिएर प्रष्ट पार्नु भएको थियो। उहाँले हामी मानव जाति सामाजिक प्राणी हो, हामी जता गएपनि हामीलाई हाम्रो समाज चाहिन्छ भन्दै, समाजका सवै सदस्यहरू मिलेर बिधानले दिएको अधिकार प्रयोग गरेर संस्थालाई अझ राम्रोसंग अगाडि बढाउनु पर्ने कुरामा जोड दिदैं कार्यक्रम सफलताको शुभकामना सहित सबैलाई नेपाली नयॉं बर्षको २०८१ को शुभकामना व्यक्त गरेका थिए ।
बन्द सत्रमा, केप कड नेपाली समाजको नयाँ कार्य समितिको निर्वाचन प्रयोजनका लागी गठित निर्वाचन समितका अध्यक्ष हरी राई, सदस्य प्रदिप बज्राचार्य र सदस्य मनोज क्षत्रीले संस्थाको विधान बमोजिम विधिपूर्वक प्रकृया पुरा गरी अधिवेशनवाट नयाँ कार्य समितिको निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियो। नयॉं कार्यसमितिको अध्यक्षमा केवी राई, बरिष्ठ उपाध्यक्षमा विष्णु मान प्रधान, उपाध्यक्षहरुमा कुवेर विन्दुकार र कृष्ण तिमल्सिना, महासचिवमा इच्छा खड्का, सचिवमा सरस्वती खनाल, सह- सचिवमा हर्कुलस कान्दंगवा, कोषाध्यक्षमा विमल खड्का, सह-कोषाध्याक्षमा सुशिला सिंह, महिला संयोजकमा प्रमिला धमला बन्जारा र युवा संयोजक कुमार तामाङ निर्विरोध निर्वाचित भएका छन् भने कार्यसमितिको सदस्यहरुमा, अजय खतिवडा, ध्रुव थापा, ज्योति केसी, खगेन्द्र राई, कुमुदा पोख्रेल, पार्वती चालिसे, समीर ओझा, सिताराम राई र टिका तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
विधान अनुसार २१ जना रहने कार्यसमितिमा २० जना निर्वाचित भएका छन् । नव निर्वाचित कार्य समितिले बाँकी १ सदस्य पछि वोर्ड मिटिंगको निर्णयबाट मनोनित गर्ने छ।
संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका अध्यक्ष हरी राई, सदस्य प्रदिप बज्राचार्य र सदस्य मनोज क्षत्रीले नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई, प्रमाण पत्र प्रदान गरी पद तथा गोपनियताको सपथ गराउनु भएको थियो भने निर्वाचन समितिका अध्यक्ष राईले निर्वाचित कार्यसमिति सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू लाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।
साधारण सभामा केही सदस्यहरू मध्यबाट ठगबहादुर तिमल्सिना र हेम चालिसेले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। सभामा उपस्थित सबैले एक आपसमा नयॉं बर्षको शुभकामना पनि आदान प्रदान गरेका थिए।
सभाले आयोजना गरेको रात्री भोजमा बिभिन्न परिकार बनाएर ल्याउनु हुने सम्पूर्ण सदस्य तथा स्वयंसेवीहरूलाई सम्मान गरेर प्रमाण पत्र पनि प्रदान गरिएको थियो। उक्त सभामा ४६ जनाले आजिवन सदस्यता पनि लिएका थिए ।
अन्तमा, नव निर्वाचित अध्यक्ष केवी राईले सभामा उपस्थित सबै सदस्यहरूलाई उहॉंहरूको सहयोग, समर्थन र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । उहॉंले विधान समिति, निर्वाचन समिति, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, स्वयंसेवकहरू र प्रत्यक्ष-अप्रत्यक्ष रुपमा साधारण सभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई विशेष धन्यवाद दिनुभएको थियो। अध्यक्ष राईले नब निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना ब्यक्त गर्दै केप कडबासी हामी सबै नेपाली मिली हातेमालो गरेर संस्थालाई अगाडि बढाउदै जाने कुरामा जोड दिदै आफ्नो प्रतिबद्धता ब्यक्त गर्दै सबैलाई नेपाली नयाँ बर्षको २०८१ को शुभकामना दिनुभएको थियो।
केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न २०११ मा केप कड, मासाच्युसेट्स, अमेरिकामा स्थापना गरिएको सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका (Mithila Festival USA with Art & Culture Celebration) २०२४ आगामी अप्रिल महिनाको १४ देखि २० तारिखसम्म अमेरीकाको न्यूयोर्क सहरमा आयोजना गरिने भएको छ ।
आयोजकको घोषणा; मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गरनुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (United Nations Sustainable Goals-SDGs) को प्रदर्शन गर्ने हाम्रो यो निरन्तर प्रयास हो। यसवर्षको मिथिला महोत्सव अमेरिकाको मुल नारा “दिगो विकास लक्ष्यको लागि कला: मिथिला सम्पदा (Art for SDGs: the Mithila Heritage)” भएकोले दिगो विकास लक्ष्यको लक्ष्य १३ (जलवायु सम्बन्धि कारबाही) लाई केन्द्रित गरि जलवायु परिवर्तन तथा यसका प्रभावहरू, प्रभाव न्यूनिकरण तथा पूर्व चेतावनि दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने सम्बन्धमा सामुदायिक जागरूकता बढाउने तर्फ अग्रसर हुनेछौं ।तसर्थ, यो कार्यक्रममा सहभागी हुन चाहने सबै ईच्छुक कलाकारहरुलाई यस वर्षको मुख्य नारालाई ध्यानमा राखि तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय हाम्रो ईमेल [email protected] मा १६ मार्च २०२४ सम्ममा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।
प्रथम मिथिला महोत्सव अमेरीका (Mithila Festival USA) सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा Arts for SDGs: the Mithila Heritage शिर्षकमा प्रारम्भिक चित्रकला प्रदर्शनी उच्च सफलताकासाथ सम्पन्न भएकोले हामी उत्साहित भएका छौं र हाम्रो प्रयासलाई निरन्तरता प्रदान गर्न हामी अझ क्रियाशील भएका छौं । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजनाले यु. एस. ए. तथा अन्य राष्ट्रहरूस्थित हाम्रो समुदायले सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहासिल गर्ने सन्दर्भमा मिथिला सम्पदाबाट हुनसक्ने योगदान बारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ । साथै, मिथिला राजा सलहेश जयन्ति समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धि कार्यक्रमहरू पनि यस वर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।
दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ, किनकी रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो ।देवी सीता र भगवान रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता(जानकीको नामले पनि चिनिने) को विवाह भारतको अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो । मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो, किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् ।यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको प्रवर्द्धन गरेकोछ। यु.एस.ए.मा सबैभन्दा बढी मिथिला समुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास गरेका न्यूयोर्क र न्यूजर्सी सहरहरू हुन् ।
मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धि ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु (Canvas) माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुका लागि आय आर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।
विगतमाझैं, मिथिला महोत्सव अमेरिका (Mithila Festival USA) २०२४ को पनि सफलतापूर्वक आयोजना गर्न यहाँहरूको सहभागिता, सहयोग , समर्थन तथा सुझाव हामीलाई प्राप्त हुने नै छ भन्ने विश्वास लिएकाछौं।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको शुभकामना हित आयोजकले सम्पूर्णलाई कार्यक्रममा निमन्त्रणा गरेको छ ।
नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाले ५ औं अधिवेशन गत फेब्रुवरी १० शनिबार न्यूयोर्कको क्विन्समा सम्पन्न गरेको छ । अधिवेशनले कलाकार बसन्ती राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रमको उदघाटन तथा अधिवेशनको प्रमुख अतिथी गायक जगदिश समाल र कार्यक्रम सभापति गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलित गरी शुभारम्भ गरिएका थिए ।
अधिवेशनले बसन्ती राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा बिमल डॅागी, ५ उपाध्यक्षहरुमा शंकर बिसी, बिक्की पुलामी, राजेन्द्र राई, मधुर गिरी र एट्ना कार्कीलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी महासचिव संगीता थापा मगर, सह–सचिव प्रेम सेन्चुरी, कोषाध्यक्ष नबिन श्रेष्ठ, सह-कोषाध्यक्षमा पुष्पा बस्नेत युवा संयोजक दिलिप श्रीसमगर र मिडिया संयोजकमा पुष्कर बराल सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी बोर्ड सदस्यहरु वीर घर्ति मगर, माया मेलिसा राई, चिनिलाल श्रेष्ठ, दिनेश सुनार र कुमार थापा मगर रहेका छन् ।
कार्यक्रमको समापन जिपि फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशबराम राई, साहित्यकार गिता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले गरेका थिए ।
महाअधिवेशनमा पर्यवेक्षकको भूमिका बिष्णु राना मगर, शोभाकान्त पाण्डे र डा. शंकर बिसुन्केले गरेका थिए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात् ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्समितिले संस्था स्थापनाका आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो ।
यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफलबमोजिम अप्रिल २१-२२, २००७ मा अमेरिकाको वासिङटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोहीअनुसार कार्यसमितिको संस्थापक/पूर्वअध्यक्ष एवं सल्लाहकारज्यूहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको संघका महासचिव बाबुराम दाहालले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन् । साथै, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्त्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने बैठकबाट निर्णय गरिएको छ । साथै, नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हितअनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर सो दिवस मनाउने नेजाको उद्देश्य रहेको बताईएको छ ।
नेवारी गीतको बजार अहिले राम्रो हुँदै गएको छ । ‘सालुगु गाचा’ र ‘अयला लुवया’ पछि सांगीतिक फडको लिएको बजारमा अहिले नेवारी गीतको संख्या बढदै गएको छ । यही मेसोमा राजनीतिक विश्लेषक तथा गीतकार प्रेमकृष्ण श्रेष्ठको शब्द र गायक ईश्वर मागियाको नयाँ नेवारी गीत ‘थ्वं छ खोला’ बजारमा आउने तर्खरमा छ । नेपाली भाषाको गायकहरु पनि विस्तारै नेपाल भाषाको गीतमा प्रवेश गर्नुलाई सुखद पक्षको रुपमा लिन सकिन्छ ।
नेपाल संवत ११४४ प्वहेलागाः अष्ठमी,शनिबार (Saturday, February 3, 2024) का दिन नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट संस्थाको पाँचौं साधारण सभा संचालन गरेका छन् । साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए । प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत गरेका थिए । नख:का प्रमुख अतिथि, संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानले नेवाः नखः न्युयोर्कको स्थापना, यसको महत्त्व र इतिहासको बारेमा प्रकाश पारेका थिए ।
उहाँले “Teamwork Makes A Dream Work” भनेर सबै सदस्यहरू मिलेर संस्थालाई अझ राम्रोसंग अगाडि बढाउनु पर्ने कुरामा जोड दिदैं कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । द्वितीय उपाध्यक्ष श्रुती अमात्यले नखःको बारेमा बोल्नुका साथै सबै मिलेर काम गरि नयाँ पु्स्तालाई समेटेर नेवाः संस्कार र संस्कृति सिकाउँदै लानु पर्ने र सदस्यहरूलाई लाभान्वित हुने खालको कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिंदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागीताको दर्ता कार्य, सचिव अनित श्रेष्ठ र सह-कोषाध्यक्ष मेनी श्रेष्ठले गरेका थिए । कार्यक्रममा उपस्थित सबै सदस्यहरुले आ-आफ्ना परिचय दिएका थिए ।
खुल्लासत्रमा, महासचिव तुलसी नारायण चित्रकारले संस्थाको दुई वर्षको कार्यप्रगति विवरण तथा संस्थाले भए गरेका गतिविधिहरू प्रस्तुत गरेका थिए भने कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । पेश गरिएको सो प्रतिवेदन सभाले सर्वसम्मत पारित गर्यो ।
सभामा, दिवंगत भएका नखःका प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यका पिता श्री कर्ण मान शाक्यको सम्झनामा एक मिनेट मौन धारणा गरि उहाँको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धांजली अर्पण गरिएको थियो ।
बन्द सत्रमा, नेवा: नख: न्यूयोर्कको चौंथो निर्वाचन, निर्वाचन आयुक्त विष्णु मान प्रधानले विधिपूर्वक सम्पन्न गरेका थिए । नयाँ कार्यसमितिको अध्यक्षमा डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्षमा श्रुती अमात्य, द्वितीय उपाध्यक्षमा महेन्द्र कुमार बज्राचार्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा अनित श्रेष्ठ, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ र सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने कार्यसमितिको सदस्यहरूमा, दिपक कुमार प्रधान, नम्रता प्रधान, राधिका श्रेष्ठ, किरण कुमार रंजित, शोभना शाक्य, उजिला प्रधान, राजीव बाटाजु र सबिना शाक्य निर्विरोध निर्वाचित भएका थिए । १५ जनाको कार्यसमितिमा ८ जना महिलाहरू निर्वाचित भएका थिए ।सभाले विष्णु मान प्रधान र महेन्द्र बीर बज्राचार्यलाई सल्लाहाकारमा मनोनीत गरे ।
अध्यक्ष महेन्द्र बीर बज्राचार्यले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए भने सभामा उपस्थित सबै सदस्यहरूलाई उहाँहरूको सहयोग, सपोर्ट र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । उहाँले आफ्नो कार्यकालमा नखःको विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, संघ-संस्था, महिला तथा पुरूष, स्वयंमसेवी र सहयोगीहरूलाई विशेष धन्यवाद दिएका थिए । अन्तमा, नेवा: कला संस्कृतिको क्षेत्रमा सबै समुदायसँग सहकार्य गर्दै संस्थालाई अगाडि बढाउने र आधुनिक प्रविधि प्रयोग गरि भावी कार्यक्रमहरू संचालन गर्नु पर्नेमा जोड दिंदै नव निर्वाचित अध्यक्ष डा. नरेश मान शाक्यले सबैलाई धन्यवाद दिई सभाको अन्त्य गरेका थिए । अन्य पदाधिकारीहरू तथा सदस्यहरूले पनि आ-आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए।
नेवा: नख: न्यूयोर्क – नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पिढिमा पुस्तान्तरणका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
कतिलाई लाग्दै होला कि हरेक दिन मन्दिर मस्जिद चर्च सिनेगाग गुम्बामा आआफ्ना आस्थाकृत भगवानको प्रतिमूर्तिको प्राण प्रतिष्ठा भइनै राखेका हुन्छन् तर यतिबेला अयोध्यामा हुन गइरहेको राम मन्दिरको चर्चा चाहिँ किन यति धेरै ? अर्को पक्षलाई लाग्दै होला कि मोदीको यही बर्षान्तमा हुने चुनावी चाल । केहीलाई लाग्दै होला अतिबादी हिन्दुको धार्मिक आशक्ति । एकाथरी सोच्दै होला अनावश्यक धार्मिक चर्चा । जसले जसरी पनि सोच्न बुझ्न पाइयो यद्यपि अलिकति बुझेर पुनर्विचार गर्दा तथ्यको नजदिक पुग्न अलि सजिलो हुन्छ ।
छोटकरीमा भन्नु पर्दा; करिब ४९६ बर्षअघि हालको उत्तर प्रदेश भारतको घाघरा नदि किनारस्थित अयोध्यामा अवस्थित राम मन्दिर तात्कालिन मुगल बादशाह बाबर खानले भत्काएर सोही स्थानमा आफ्नै नामबाट बाबरी मस्जिद बनाएपछि हिन्दु मुस्लिम बिबाद शुरु भएको हो । अंग्रेजको इष्ट इण्डिया कम्पनीले सन् १८५८ मा भारतमा कब्जा नजमाउन्जेलसम्म हिन्दुको आवाज दबाइयो । बीचमा दुबैतर्फका धेरै रगत बगे । अंग्रेजले पनि सन् १९४७ मा भारत स्वतन्त्र हुनु अघिसम्म सो मुद्दामा सुनुवाई गरेन ।
तत्पश्चात सयौं मुस्लिम धर्मगुरुले बाबरी मस्जिद भएको स्थानमा मन्दिर भएतापनि अतिबादीको डरले सो स्थान सुम्पिन सकेन । अदालतमा सयौं बर्ष मुद्दा चल्यो । दुबै धर्म समर्थक पुरातत्वबिदको उत्खननले हिन्दुको दाबी पटक पटक पुष्टि गर्यो तर पुन: मन्दिर बन्न सकेको थिएन । अन्तत: सन् २०१९ को नोभेम्बरमा भारतको सर्बोच्च अदालतले मन्दिर बनाउने अनुमति प्रदान गरेपछि राममन्दिर पुनर्स्थापनको कार्य शुरु भएको थियो।
सन् २०१४ मा मोदी आएपछि सो मुद्दाले चासो पाउनु, युपिका मुख्यमन्त्री आदित्य नाथ हिन्दुबादी हुनु तथा यसैबर्ष चुनाव परेकोले २०२५ मा सकिने लक्ष राखेको मन्दिरको प्राण प्रतिष्ठा अहिले नै गरिनुले राजनीति जोडिएको भनेर केही हिन्दु धर्मगुरु बेखुस देखिएपनि संसारभरका अन्य धर्मगुरुहरुले समेत सत्यको जीत मानिसकेको परिप्रेक्ष देखिन्छ ।
मेरो लागि भने धर्म अनुशासन र डर पैदा गर्ने माध्याम भएकोले अपरिहार्य छ । धर्म मानवको अस्तित्व धर्तिमा रहुन्जेल रहने निश्चित भइसकेकोले म मन्दिरमा कृतन गरेर बस्ने समुहमा नभएपनि कर्म र फलसँग जोडिएको ‘कर्मा’ लाई अनुशरण गर्दछु र गर्दा हुन्छ भन्छु । धर्मले दाल भात तरकारी नदिएपनि सत्कर्म गरेर दाल भात तरकारी जुटाउनु पर्छ भनेर सिकाउँछ । खोसेर होइन सकेसम्म बाँडेर खानुपर्छ भन्ने सिकाउँछ । सहअतित्वमा दाल भात तरकारी जस्ता खानाहरुलाई सम्मान गर्न सिकाउँछ ।
त्यसैले जसले जुन धर्ममा आस्था राखेपनि धर्मको रक्षा गर्नुपर्छ । ‘धर्मो रक्षति रक्षित:’ को अर्थ हुन्छ; ‘जसले धर्मको रक्षा गर्छ, धर्मले उसैको रक्षा गर्छ’। धर्म भनेको सत्कर्म हो । सत्कर्म भनेको सत्य कर्म र परोपकार हो । परोपकार भनेको नै ‘पुण्य कर्म’ हो । अरुलाई दु:ख दिनु नै पाप हो । महर्षि बेदव्यासले अठारौं पुराणमा लेखेको छन्; “परोपकार: पुण्याय पापाय परपीडनम्”
नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ तारिख शुक्रबार कमेडी नाइट हुने भएको छ । “अब हाँस्छ अमेरिका” नारासहित अमेरिकाका विभिन्न सहरमा दर्शकलाई हँसाउन कलाकारहरुको जम्बो टोली अमेरिकाको यात्रामा छ । न्युयोर्कमा हुने “अब हाँस्छ न्युयोर्क” कमेडी नाइटको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको हो ।
बिदेशमा कामको तनाव, समयको अभाव, सबै प्रकारको समस्यालाई केही छिन भएपनि हास्य मनोरञ्जनको माध्यामबाट मन मस्तिस्कलाई शान्त पार्दै मज्जाले हाँस्नको लागि यो सोले मद्द्त गर्ने आयोजकले बताएको छ । उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्सस्थित उडसाइडमा रहेको टिबेटेन कम्युनिटी सेन्टरमा हुने स्थानीय आयोजक विनिता तामाङ र मनिता गुरुङले बताएका छन । बेलुका ७ बजेदेखि राति १२:०० बजेसम्म हुने कार्यक्रममा हास्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कार्की, विष्णुप्रसाद गौडेल, साजन श्रेष्ठ, कैलाश कार्की, सन्तोष थापा, भरतमणी पौडेल, सुमन कोइरालाको प्रस्तुति रहनेछ। साथै कार्यक्रमको ध्वनि नियन्त्रण र साँगितिक समायोजन न्युयोर्कका चर्चित डिजे एलएसले गर्ने भएको छ ।
जनरल टिकटको मूल्य ७० डलर र भीआईपी १०० डलर तोकिएको छ । भीआईपी १०० डलरको टिकटमा मिट एण्ड ग्रिट र एउटा नि:शुल्क पेयपदार्थ समावेश रहेको छ । टिकट र सामुहिक प्याकेजका लागि विनिता तामाङ र मनिता गुरुङलाई ३४७ ५१० २१७३ र ६४६ ९२५ ७२३७ मा पनि सम्पर्क गर्न सकिन्छ । साथै नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ । एक महिना बढी चल्ने यात्रा न्युयोर्क लगायत अमेरिकाको १९ विभिन्न राज्यहरुमा कार्यक्रम हुने बताइएको छ। बिशुद्ध मनोरञ्जनात्मक कार्यक्रमको सफलताको लागि स्थानीय व्यवसायीहरुले पनि सहयोग गरेका छन् ।
नेवा गुठी न्युयोर्कको नवौँ महाधिवेशन ज्याक्सन हाइट्सस्थित उडसाइड रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । महाधिवेशनमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयनलगायत बितेका कार्यको प्रतिवेदन पेस गरिएको थियो ।
गुठीका संस्थापक बीके नेवाले पानसमा दियो बाली सुरु गरिएको उक्त कार्यक्रममा संस्थापक नेवाले नेवा गुठी किन र केका लागि स्थापना गरेको र त्यसको उद्देश्य के हो भन्नेबारे प्रकाश पार्दै गुठीलाई यहाँसम्म ल्याई योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले हुन लागेको निर्वाचनमा सबैलाई संयमित भई एक आपसमा सदभाव कायम गरी जान अनुरोध गर्नु भएको थियो ।
उक्त समारोहमा संस्थापक अध्यक्ष आदित्य महर्जन, पूर्वअध्यक्ष समिर महर्जनले नेवा गुठीबारे प्रकाश पार्दै सबैजना मिलेर गुठीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सजना महर्जनले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हृदय तुलाधरले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्यले गुठीका सबै पदाधिकारीलगायत सबैलाई आफूलाई सम्मान स्वरुप स्थान दिइएकोमा धन्यवाद दिँदै आगामी कार्य समितिका सबैलाई अग्रिम बधाई दिनु भएको थियो ।
गुठीका अध्यक्ष विजयमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भद्र र सभ्य रुपमा रामकृष्ण महर्जनले गर्नुभएको थियो । उक्त कार्यको सबैले प्रशंसा गर्दै रामकृष्ण महर्जनलाई बधाई दिएका थिए । कार्यक्रमको दोश्रो सत्रमा नयाँ कार्यसमितिका लागि चुनाव गराइएको थियो । अन्जन श्रेष्ठ निर्वाचन आयुक्त रहनुभएको उक्त कार्य सम्पन्न गर्न राजेन्द्र महर्जन र रोसन महर्जनले सहयोग गर्नुभएको थियो । अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिनुभएको थियो । कार्य समितिका अरु पदाधिकारीलाई भने निर्विरोध निर्वाचित गरिएको थियो ।
अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका गुठीका वर्तमान अध्यक्ष विजयमान सिंह र पूर्वउपाध्यक्ष सिर्जना तुलाधरलाई आआफ्नो कुरा राख्न लगाई सम्पन्न गरिएको निर्वाचनमा विजयमान सिंह १०६ मत ल्याई विजयी हुनुभयो । सिर्जना तुलाधरले ६२ मत ल्याउनु भयो । सोही दिन विहान नेवा गुठी र नेवा नख दुबै संस्था मिली नेपाल संवत् ११४४ को उपलक्ष्यमा भिन्तुना र्यालीको आयोजना गरी नेवारी बाजा बजाई नाचगान गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
भिन्तुना कार्यक्रमका पाहुनाहरुलाई उसिनेको अण्डा र माछाको सगुन दिई रातो टीका लगाई दिएर नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा अरु जातिका मानिसहरुको पनि ठूलो संख्यामा सहभागिता रहेको थियो ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा-NEAJA)ले अमेरिकाको बोस्टनमा आयोजना गरेको ‘संस्थागत परिचय एवम् समन्वयात्मक बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर १५ तारिख आइतवार घटस्थापनाको दिन मासाच्युसेट्स राज्यको ब्रेनट्री स्थित मूलवासी नेपालीहरुको सामूदायिक भवनमा सम्पन्न भएको हो। मासाच्युसेट्स राज्यमा क्रियाशील रहेका मूलवासी नेपालीहरु आबद्ध संघ संस्थाहरुका बिच स्थापित भातृत्व, एकता र सहकार्यको सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउने मूल उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरुले सामुदायिक हितार्थ क्रियाशील संघ संस्थाहरुका बिच एकता, समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका थिए। न्यू इंग्याल्याण्ड क्षेत्रका धेरै नेपाली संघ संस्थाहरु क्रियाशील भइरहेको तर विविध कारणले आपसमा यथोचित चिनजान, एकता, समन्वय र सहकार्य हुन नसकिरहेको स्विकार गर्दै सहभागीहरुले नेजाले चालेको पहलकदमीको खुलेर प्रशंसा गरेका थिए। नेजाका कारण इतिहासमै पहिलो पटक विभिन्न संघ संस्थाहरुका बिच संस्थागत परिचय र समन्वयात्मक बैठक हुन सकेको जिकीर गर्दै सहभागीहरुले भावी दिनहरुमा पनि यसप्रकारको क्रियाकलापलाई प्राथमिकताका साथ निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए। मनतव्य व्यक्त गर्ने क्रममा सहभागीहरुले संघ संस्थाहरु र समुदायको उत्थानका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहने स्मरण गर्दै प्रेसले खेलिरहेको सक्रिय भूमिकाका लागि धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)का क्षेत्रीय (उत्तर-पूर्व)संयोजक सुपेन्द्र बस्नेतले संस्थाको ध्येय, लक्ष्य, उद्देश्य र क्रियाकलापहरुका बारेमा प्रकाश पार्दै संस्थागत संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।सूचनाको हक तथा मानव अधिकारको सुनिश्चितता, स्वतन्त्र, निर्भिक र निश्पक्ष पत्रकारिता, व्यावसायिक पत्रकारिता जस्ता मूलभूत विषयहरु नै प्रेस जगतको मूल मर्म भएको बताउदै संयोजक बस्नेतले त्यसप्रति नेजा प्रतिबद्ध रहेर अघि बढिरहेको प्रस्ट्याएकाथिए। उनले प्रेस जगत र अन्य संघ संस्थाहरुको मूल उद्देश्य नेपाली समुदायको भलो चिताउने/ गर्ने नै भएकाले आपसमा एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए। कार्यक्रमको दौरानमा उनले आउदै गरेका नेपाली चाड पर्वहरु बडा दशैं, तिहार, न्यू दया: भिम्तुना, छठलगायतको शुभकामनासमेत व्यक्त गरेका थिए। कार्यक्रमका अन्य सहभागीहरुले पनि आफ्नो र आफ्नो संस्थाको संक्षिप्त परिचयसहित आ-आफ्ना धारणाहरु राख्दै शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रममा मासाच्युसेट्स तथा न्यू इंग्ल्याण्ड क्षेत्रका मूलवासी नेपालीहरु आबद्ध रहेका १५ वटा क्रियाशील संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो।
केही महिनाअघि नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य, डा चन्द्र भण्डारी आफ्नै घरमा खाना पकाउने ग्यास पड्किएर जलनमा परि सख्त घाईते भएका थिए। उनको हालत निकै चिन्ताजनक भएर उनलाई उपचारका लागि भारत लगिएको थियो। उनी देश र जनताको चिन्ता गर्ने एक गहिरो चिन्तक हुन् । खरो बक्ता र युवा पिडिमा निकै लोकप्रिय भएका कारण स्वदेश र विदेशमा उनको स्वास्थ लाभको कामना गरिएको थियो। उनी अहिले अन्तराष्ट्रिय जलन पिडितहरुको सम्मेलनमा भाग लिन अमेरिका आएको मौका पारि जनसम्पर्क समिति अमेरिकाले ज्याक्सन हाईट्समा एक छलफल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
अन्तरक्रिया कार्यक्रम आनन्द बिष्टको सभापतित्वमा भएको थियो। मुख्य अतिथि सांसद भण्डारी थिए र उनैले छलफलको बिषय उठान गर्ने र ति बिषयहरुमा सहभागीहरुले आफ्नो प्रतिक्रिया दिने र बिषयलाई उदाहरण सहित बिस्तार गर्दै सुझाव प्रस्तुत गर्ने सवाल थियो। सांसद भण्डारी एक विद्वत व्यक्तित्व हुनुहुन्छ। उनले बिभिन्न फोरमहरुमा बोलेको देश र बिदेशमा नेपालीहरुले सुनेका छन। उहाँ देश र देशबासीको कसरी अवस्था सुधार्न सकिन्छ भन्ने बारे सधै चिन्तन मनन गर्ने व्यक्ति भएकोले अमेरिकामा रहेका नेपालीहरु माझ नेपालको अवस्था बारे बिस्तृत जानकारी गराउँदै त्यसको निराकरणको लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने धारण पत्ता लगाउन उनले बिस्तृत रुपमा नेपालको पार्टीहरु, बिशेष गरि कांग्रेस र एमाले, व्यवस्था परिवर्तन र त्यसको उपादेयता, संबिधान र त्यसको सही कार्यावन नहुनु, समाबेशिता र त्यसको बिकृति, नाताबाद फरियाबादको बिगबिगी, भ्रष्टाचार इत्यादि बारे लामो समय लिएर बिषय उठान गरि दिए। त्यस्तै जातीय विभेद प्रकाश पार्दै भने, ” एक दलित बिस्वकर्माले निर्माण गरेको त्रिशुल, घण्टा र अनेक सामाग्री मन्दिरमा चढाइन्छ । तर त्यही बिस्वकर्मालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ। ” यसबाट सामन्ति व्यवस्था कायमै रहेको स्पष्ट पारे। काग्रेसले सामन्ति व्यवस्ता बिरुद्ध हतियार उठाएर ल्याएको प्रजातान्त्रिक व्यवस्थामा यद्यपि समाजमा सामन्ति व्यवस्था नै कायम रही रहनु सम्पुर्ण नेपालीहरुको लागि लजास्पद बिषय भएको स्पस्ट पारे।
डा भण्डारीले बिबिध बिषयहरु उठान गरि आफ्नो भनाई अन्त्य गरे पश्चात सहभागीहरुले ति बिषयहरुमा आफ्नो प्रतिक्रिया र सुझाव प्रस्तुत गर्न फ्लोर खुल्ला गरिएको थियो। अनि सहभागीहरुले हात उठाउदै आफ्नो प्रतिक्रिया र सुझाव दिन थाले। यसै क्रममा बिष्णु सिंहले जनप्रिय सांसद भण्डारी जलनमा परि ज्यान जोखिममा पर्दा उनको सुरक्षा र स्वास्थ लाभको लागि अमेरिकाको चर्चमा भगवानसंग प्रार्थना गरेको र अहिले भगवानको कृपाले अमेरिकामा देख्न पाउदा अत्यन्त खुसी लागेको बताए। तत्पश्चात उनले नेपालको संबिधान आफै नै समाजबाद उन्मुख हुने व्यवस्था गरेकोले अहिले बिभिन्न पार्टिहरुले मिलेर समाजबादी मोर्चा गठन गर्नुको कुनै तुक नभएको स्पस्ट पारे। साथै देशबाट सामन्ति व्यवस्था हटाउन संबिधानमा जात निरिपेक्ष व्यवस्था हुनुपर्ने, र राज्यले धार्मिक स्वतन्त्रताको व्यवस्था गर्दै धर्म निरिपेक्ष हटाएर आफुलाई धर्मबाट अलग राख्नु पर्ने अमेरिकाको उदाहरण सहित आफ्नो सुझाव पेश गरे। अन्तमा सभापति बिष्टले कार्यक्रममा पाल्नु हुने सबैले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम बिसर्जन गरे।
गत सेप्टेम्बर २३ शनिवार न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित भान्छा घरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले सकुनको ‘खबरमा छु प्रिय!’ कृतिको विमोचन गरेको छ । च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य एवं साहित्यकार शकुन ज्ञवालीको “खबरमा छु प्रिय!” मुक्तक संग्रहको लोकार्पण सम्पन्न भएको हो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथी कानूनविद् तथा आध्यात्मिक चिन्तनमा लागिरहनु भएका साहित्यकार बिनोद रोकाले गरेको थियो । अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष साहित्यकार राजन महर्जनको सभापतित्वमा भएको कार्यक्रमको शुरूमा च्याप्टरका महासचिव जानुका वस्ती ढकालले गरेको थियो भने च्याप्टरकै उपाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत मन्तन्यका साथ निरन्तरता दिएको थियो । साहित्यानुरागीले खचाखच भरिएको कार्यक्रममा कलाकार अभय ढुंगेलले नेपाली राष्ट्रियगान र मिली श्रेष्ठले अंग्रेजी राष्ट्रियगान गाउनुको साथै प्रमुख अतिथिले पानसमा बत्ति बोलेको थियो ।
विशेष अतिथिहरूमा अनेसासका केन्द्रीय उपाध्यक्ष तथा साहित्यकार राजेन्द्र श्रेष्ठ, अनेसास बोर्ड अफ ट्रष्टिजका पूर्व अध्यक्ष एवं गीता खत्री, अनेसास बोर्ड अफ ट्रष्टिजका सदस्य तथा समालोचक रश्मी भट्ट, श्रष्टा ज्ञवालीका श्रीमान् बिमल सापकोटा र नेपालबाट आएका लोक गायिका /प्राज्ञ हरिदेवी कोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति गायक पदम राज ढकाल, सॅगितकर्मी /साहित्यकार हनिफ मियॅा र राम बहादुर कोइराला हुनुहुन्थ्यो। अनेसास न्यूयोर्क च्याप्टरले श्रष्टा शकुन ज्ञवाली र श्रीमान् बिमल ज्ञवालीलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै मायाको चिनो प्रदान गरेको थियो।
यसै क्रममा स्रष्टालाई तारा-किशन फाउन्डेसनकी संरक्षक तारा धामीले मायाको चिनो प्रदान गर्नुभएको थियो भने सप्तरङ्गी साहित्य प्रतिष्ठान पोखराले नेपालबाट ल्याएको सम्मान-पत्रले सम्मान गरेको थियो। उपस्थित सबै महानुभावहरूले फूल, खादा र मालाबाट बधाई तथा शुभकामना दिएका थिए।
प्रतिकूल मौसमको बाबजुद पनि न्यूयोर्क वरिपरिबाट मात्र नभई न्यूयोर्क बाहिरबाट पनि साहित्यानुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बोस्टनबाट आएका अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, पूर्व अध्यक्ष याम पौड्याल, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, टुटुल्को डट कमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठ, खसोखासका प्रधान सम्पादक किशोर पन्थी, गुल्मी समाजका अध्यक्ष भिम पन्थ, न्यूयोर्क मेयरका दक्षिण एसियाली सल्लाहकार नवराज केसी, गोर्खा समाज समाजसेवि खाम भट्ट, डा राजन थपलिया, कवि किशन सिॅह धामी, शेर्पा एशोसियनका पूर्व अध्यक्ष उर्गेन शेर्पा, एनआरएनए न्यूयोर्क च्याप्टरका महिला उपाध्यक्ष लक्ष्मी थापा, एनआरएनए न्यूयोर्क च्याप्टर पूर्व महासचिव दण्डपानी लामिछाने प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय महिला विभाग प्रमुख साहित्यकार कुन्ति थापा, अनेसास न्यूयोर्क च्याप्टर पूर्व महासचिव वन्दना कोईराला, साहित्यकार कमला प्रसाई, पूनम पाण्डे, कलाकार संगीता उप्रेती, फोटोग्राफर अशोक पन्त, नवराज खड्का, पूष्पा अधिकारी नेपाली भाषा तथा सॅस्कृति केन्द्रका सन्चालिका साहित्यकार पद्मा लिंखा मगर, साहित्यकार डा. गोविन्द कोईराला, न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष शान्ता घिमिरे अधिकारी, पूर्व अध्यक्ष ज्योति पौड्याल, पूर्व कोषाध्यक्ष बेदा खरेल, कलाकार बिमल डॅागी, निशा सुनार , साहित्यकार विजया सिंखडा, तुल्सी चित्रकार , लेखक पासाङ शेर्पा, सुनिता हमाल, च्याप्टरका कार्यकारिणी सदस्यहरू गायिका सिर्जना लामा, साहित्यकार शारदा क्षेत्री, कोषाध्यक्ष मेनका पराजुली, सचिव नादिया लिवाङ्, ज्योति राई, हरिष हमाल, समाजसेवी राम पन्त, सुनिता हमाल , सूर्य सिॅखडा, भावना सिंखडा, पुष्पा अधिकारी, जीवन तिमिल्सिना, कलाकार महादेव त्रिपाठी, इरिना श्रेष्ठ, विश्व थापा, मेनुका रोक्का, काशी श्रेष्ठ , अनुज श्रेष्ठ, अनुष्का ज्ञवाली , आज्ञा ज्ञवाली , पवित्रा दास, कन्चन शर्मा, गीता पोखरेल, खुमा अधिकारी, उत्तम पान्डे, लेखक ससाङ् लामा लगायतको उपस्थिति थियो ।
स्रष्टा शकुन ज्ञवालीको यसभन्दा अगाडि आयुष, तिमी र म, भन्दिनु है बा र पालुवा र मन्जरी गरि पॅाचवटा पुस्तकहरू प्रकाशित भैसकेका छन् । प्रष्टवक्ता समालोचक रश्मी भट्टले ‘खबरमा छु प्रिय!’ को संक्षिप्त रूपमा समीक्षा गर्नुभएको थियो । कार्यक्रमको अन्त्यतिर वरिष्ठ लोक गायिका / प्राज्ञ हरिदेवी कोईराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ गायक पदम ढकालका मीठा मीठा गीतहरुले रौनकता थपेको थियो । प्रतिकूल मौसम र व्यस्त समयको बावजुद पनि उपस्थित भएर कार्यक्रम सफल पारिदिनु भएकोमा सबैलाई धन्यवाद दिॅदै सभापति राजन महर्जनले कार्यक्रम समापन भएको घोषणा गरेको थियो ।
अमेरिकाको बोस्टन सहर स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा नेपालीहरुको महान पर्व ‘हरितालिका तीजको अवसरमा तीज विशेष ‘सामूहिक पूजा’ सम्पन्न भएको छ। सेप्टेम्बर १८ तारिख सोमवार ब्रतको दिन न्यू इंग्ल्याण्डमा रहेका नेपाली मुलवासी हिन्दू धर्मावलम्बी ब्रतालु तथा श्रद्धालु भक्तजनहरुले तीज विशेष ‘सामूहिक पूजा’ गरेका हुन्। उनीहरुले सामूहिक पूजासंगै तीजको महत्व र मर्मलाई आत्मसात् गर्दै धार्मिक विधि अनुसार भगवान शिव पार्वतीको विशेष दर्शन, पूजापाठ तथा अर्चना गरेका थिए। मन्दिर व्यवस्थापन समितिले ब्रतालु तथा श्रद्धालु भक्तजनहरुका लागि विहान ८ बजेदेखि बेलुका साँझ ८ बजेसम्म मन्दिर खुला गरेको थियो। व्यवस्थापन समितिले ब्रतालु तथा श्रद्धालु भक्तजनहरुको सुविधाका लागि सामूहिक रुपमा ‘हरितालिका तीज’ विशेष पूजा धार्मिक विधि अनुसार सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाएको थियो। उक्त धार्मिक कर्ममा सहभागी हुन चाहनेहरुको संख्या उत्साहजन देखिएपछि, मन्दिरमा उपलब्ध स्थान र सहभागी हुनेहरुको समयलाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापन समितिले चार चरणको समयतालिका बनाएर ‘सामूहिक पूजा’ को व्यवस्थापन गरेको थियो।
मन्दिरमा आबद्ध पण्डितहरुले ब्रतालु तथा श्रद्धालु भक्तजनहरुलाई धार्मिक विधि अनुसार हरितालिका तीज विशेष ‘सामूहिक पूजा’ गराएका थिए। उक्त कार्यक्रमको नेतृत्व मन्दिरका दैनिक पूजारी युवराज गजुरेलले गरेका थिए भने, रमेश पराजुली, महेश सुवेदी, मनोहर धिताल, गोपालप्रसाद आचार्यलगायतले ‘सामूहिक पूजा’ कार्यक्रमलाई धार्मिक विधिपूर्वक प्रभावकारी रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ब्रतालु तथा श्रद्धालु भक्तजनहरुले हिन्दू धार्मिक ग्रन्थ अनुसार आफ्नो, जीवन साथीको, सन्तानको, परिवारलगायतको सुख, शान्ति, स्वास्थ्य, दिर्घायू, उत्तरोत्तर प्रगति, उन्नति, समृद्धिको कामना गर्दै आफ्नो आराध्य देवी देवताहरुको दर्शन, पूजापाठ तथा आराधना गरेका थिए।यसैक्रममा, सहभागीहरुले तीज विशेष गीतहरु गाउदै नाच्दै हर्षोल्लास मनाउदै एकाएक आपसमा शुभकामना समेत आदानप्रदान गरेका थिए।
सामूहिक पूजा कार्यक्रम निकै प्रभावकारी र उत्साहजनक रहेको भनि मन्दिरका दैनिक पूजारी युवराज गजुरेलले प्रतिक्रिया दिएका छन्। उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जिकीर गर्दै उनले भने, ‘ सामूहिक पूजा कार्यक्रम निकै प्रभावकरी र उत्साहपूर्ण रहेको थियो। पूजामा सहभागीहरु, गुरुहरु, मन्दिर व्यवस्थापन, सहयोगीहरुलगायतको साथ सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। सबैलाई धन्यवाद व्यक्त गर्दछु।’ उनले थपे, ‘मन्दिर सञ्चालन पछि तीज पर्वको अवसरमा पहिलो पटक आयोजना गरिएको ‘तीज विशेष पूजा’ के कस्तो होला भन्ने चिन्ता थियो। तर, निकै राम्रो भयो।’ पूजारी गजुरेलले दिएको जानकारी अनुसार चार चरण गरी सम्पन्न गरिएको सामूहिक पूजा कार्यक्रममा ५ सय महिलाहरुको सहभागिता रहेको थियो। सेप्टेम्बर १९ तारिख मंगलबार पञ्चमीका दिन पनि मन्दिर व्यवस्थापन समितिले ‘सामूहिक पञ्चमी पूजा’को व्यवस्था गरेको र उक्त पूजा कार्यक्रम बिहान १० बजेबाट सुरु हुने गरी आवश्यक तयारी गरिएको जानकारी दिए।
गत मे २७देखि मे ३० तारिखसम्म सामूहिक भवनमा स्थापना गरिएको मन्दिरमा आयोजित ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएसंगै, नियमित रुपमा मन्दिर सञ्चालन हुदै आइरहेको छ भने, मन्दिरमा हिन्दू धार्मिक पात्रो अनुसार पर्ने धार्मिक तथा सांस्कृतिक चाड पर्वहरुमा विशेष कार्यक्रमहरुको आयोजना गरिदै आइरहेको छ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासमा यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा, अर्चना, स्तुति र प्रार्थना गरी यो चाड हर्षोल्लासका साथ मनाउने गरिन्छ।यसका अतिरिक्त यस चाडलाई माइती र चेली बिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ। तर, पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा, भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्मलाई नै मार्दै गएकोप्रति भने सर्वत्र चिन्ता बढ्दै गएको छ।
नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्युयोर्क च्याप्टरले फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका (फोन्ना), बाग्लुङ सेवा समाज अमेरिका, नारी एकता, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर, पर्वत सेवा समाज न्युयोर्क र बलेवा सेवा समाजसँगको सहकार्यमा संयुक्त तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
गत शनिवार सेप्टेम्बर १६ तारिखको साँझ ६ बजेदेखि १२ बजेसम्म सत्यनारायण मन्दिर न्युयोर्कमा बर्षेनि मनाउँदै आइरहेको अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम यस वर्ष पनि एनआरएनए न्युयोर्क च्याप्टरको तर्फबाट महिला उपाध्यक्ष लक्ष्मी थापाको संयोजनमा सम्पन्न गरिएको हो ।
तीजको नाचगान, दर खुवाउने र शुभकामना आदानप्रदान भएकोले छोटो औपचारिक कार्यक्रमको अध्यक्षतामा एनआरएनए न्युयोर्क च्याप्टरको अध्यक्ष हेमन्तबहादुर मल्ल, प्रमुख अतिथिमा महावाणिज्यदूत बिष्णु गौतम, Honorable Guest New York State Assembly woman Jenifer Rajkumar लगायतले कार्यक्रमा उपस्थित सबैलाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको बारेमा सहआयोजक फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका (फोन्ना) का अध्यक्ष विष्णु राना मगरले यो बर्ष करिव १५ सयको हाराहारीमा महिला दिदीबहिनीहरुको उपस्थिति भएको र सबैलाई दर खुवाएर सौहार्द र रमाइलो वातवरणमा खुसी साटासाट गर्दै समापन भएको समेत बताएका छन्। यो बर्षको तीजमा बहिर सडक पेटीमा समेत महिला दिदीबहिनीहरु नाचगान गरिरहेको दृष्य प्रवासमा गर्विलो देखिन्थ्यो ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँने गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले तीजमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।
सेप्टेम्बर १७ तारिखमा जनसम्पर्क समितिले नेपालका परराष्ट्रमन्त्री एन पी सावद र भूपू मन्त्री जितेन्द्र देवको स्वागत कार्यक्रम आयोजना गर्यो। संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन आएका मन्त्री अति ब्यस्त भएकोले समयाभावको कारण सबैलाई ठिक अपरान्ह २ बजे उपस्थित हुन सुचना जनसम्पर्कका स्थायी महामन्त्री मुनेन्द्र नेम्वाङले सुचना जारी गरे। अनि अमेरिका जस्तो संसारको प्रमुख बिकसित देशमा समयको मूल्य र महत्व बुझेका बिभिन्न डाक्टर, वकिल, म्यानेजर, प्रोफेसर, जात जातका संस्थाका प्रतिनिधि, बिभिन्न संस्थाका बर्तमान र भुतपुर्व पदाधिकारीहरु, पत्रकारहरु मन्त्रीहरुको दर्शनार्थ २ बजे अगावै कार्यक्रम स्थल पुगे। तर मन्त्री त ३:३० सम्म पनि आईपुगेनन। बल्ल मन्त्री आईपुगे । सबैजना हतार गर्दै हल भित्र प्रवेश गरे। जनसम्पर्कका सभापति र महामन्त्रीले पाहुनाहरुलाई खादा माला लगाएर केही बोल्न दिएर चियापान गराई कार्यक्रम गर्लान भनि उपस्थितले सोचेका थिए। तर मन्त्रीको व्यस्त समयको बावजुद महामन्त्रीले सहभागीहरुको लामो परिचय गराए। अनि सहभागीहरुले मन्त्रीलाई खादामाला ओडाई स्वागत गर्न समय छुट्ट्याईयो। दर्शनार्थीहरुले खादामाला सहित उपस्थित हुनुपर्ने सुचना नपाएकोले केही समय त्यसै अलमलमा परे। अनि जनसम्पर्कको तर्फबाट एक गुण्टो खादा ल्याएर बीपीको फोटो छेउ थुपारियो। तर एक दुइ जनाले मात्र मन्त्रीलाई खादा लगाई दिए।
त्यसपछि २ मिनेटको समय दिएर मन्तब्य राख्न बक्ताहरु डाकियो। तर बक्ताले अहिले अल्पमतको प्रचण्ड सरकार भएको ठिक भएन। प्रजातन्त्रमा बहुमतको अथवा प्रमुख पार्टीले शासन चलाउन पर्छ। त्यसैले काग्रेस अगाडि बढी सरकार आफुले चलाउनु पर्छ भनि दिए। ति बक्तालाई अहिले माओबादी, समाजबादी र कांग्रेसले आलोपालो ५ बर्ष सरकार चलाउने सहमति अनुसार सरकार चलेको थाहा रहेनछ। अहिले कति त्याग तपस्या गरी बल्ल प्रचण्ड सरकारमा एन पी सावद मन्त्री हुन् पाएका छन। अब सरकार नै हटाउने माग भएपछि मन्त्री सावदको स्वागतको सट्टा बिदाईको कार्यक्रम गरे जस्तो सुनिएपछि मन्त्री सावदलाई आफ्नै सरकारको बद्खुवाई सुनेर हर्ष हुने त् कुरो नै भएन। त्यस्तै अर्का एन आर एन आई सी सीका पदाधिकारीले दोहोरो नागरिकता दिन निवेदन गरे। तिनलाई अहिले नागरिकता बाड्ने प्रक्रिया शुरु भएको समेत जानकारी रहेनछ। त्यस्तै अन्य बक्ताले युएनमा के बोले ठिक हुन्छ भनि मन्त्रीलाई सल्लाह सुझाव बिन्ति चढाए।
त्यस्तै जनजाति महासंघले बोले पनि अनेक जातजातकाले फेरी बोल्ने पालो आयो। अनि अनेक के के समयको पावन्दी बेगर बोलियो। यस्ता बकम्फुसे नेपालको गाउँ पाखातिर गर्न जस्तो कार्यक्रममा आएको महसुस भएपछि बिज्ञ ब्यक्तित्वहरु बिस्तारै बाहिरिदै गए। मन्त्रीले बोल्ने बेलासम्म त करिब करिब हल खाली हुन् पुग्यो । जनसम्पर्कका नेतृत्वकारीहरु मन्त्रीलाई एयरपोर्टमा स्वागत गर्न गएका थिए। फेरी यो अर्को कार्यक्रम गर्नुको पछाडि रहस्य बुझ्दा त चाकडी देखाउन मनसाय रहेको धेरैले बुझे। अमेरिका जस्तो देशमा आएर समयको महत्व र कार्यक्रमको प्रभावकारिता जानकारी नभएकाले के कार्यक्रम गर्नु भन्ने धेरैको भनाई रह्यो।
गत मार्च ८ तारिख नारीहरुका लागि निकै महत्वपूर्ण दिन थियो। जुन दिन यस वर्षका लागि तय गरिएको मूल नारा ‘Embrance Equity’ लाई मुख्य केन्द्रबिन्दु बनाउदै संसारभर विविध क्रियाकलापहरु गरी ‘११३ औं अन्तर्राष्ट्रिय नारी दिवस’ मनाइयो। यस दिवसको उद्गम थलो अमेरिकाको न्युयोर्कलाई मानिन्छ। जहाँ सन् १९०८ मा १५ हजार भन्दा बढी श्रमिक नारीहरू नारी कामदारहरुको तलब तथा सेवा सुविधा बढाउन, काम गर्ने घण्टा घटाउन र मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा होमिएका थिए। यस आन्दोलनलाई अमेरिकाको सोसलिष्ट पार्टीले समर्थन गरेसंगै सन् १९०९ देखि अमेरिकामा नारी दिवस मनाउन थालिएको हो। यस दिवसलाई अन्तर्राष्ट्रियकरण गर्नमा भने नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनको महत्वपूर्ण योगदान छ। उनले सन् १९१० मा कोपेनहेगेनमा भएको नारीहरुको अन्तर्राट्रिय सम्मेलनमा मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस घोषणा गर्न प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्तावलाई सम्मेलनले पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा वैधता पाउन सफल भयो। र, सन् १९११ देखि हरेक वर्ष मार्च ८ तारिखका दिन औपचारिक रुपमा यो दिवस मनाउन थालियो। संयुक्त राष्ट्र संघले सन् १९७५ मा यस दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस विश्वव्यापी हुन पुग्यो।
यसै शिलशीलामा नेपालमा पनि यस वर्षको राष्ट्रिय नारा ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ का साथ यो दिवस विविध क्रियाकलापहरु गरेर मनाइयो। नेपालभित्र रहेका नारीहरुले मात्र नभएर नेपाल बाहिर रहेका नारीहरुले पनि यो दिवस मनाए। कार्यक्रममा उनीहरुको मूख्य चासो र चिन्तासहितको वकालती नारी अधिकार, स्वतन्त्रता, नारी हिंसा, न्याय, नारी सशक्तिकरण, समान अवसर, समान सहभागितालगायत विषयहरुमा केन्द्रीकृत रहेका थिए।
नेपाली नारीहरुले यी मुद्दाहरुलाई लामो समयदेखि निरन्तर उठाउदै आइरहेका छन्। जसले नेपाली नारीहरुको यथार्थ अवस्था अझै चिन्ताजनक नै रहेको छ भन्ने दर्शाउछ। यसो हुनुमा कुनै एक कारण मात्र नभइ, नारी सशक्तिकरणमा प्रभाव पार्ने समग्र कारक तत्वहरु जस्तै राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, कानूनी आदि जिम्मेवार छन्। नेपाली नारीको यथार्थ चित्रण गर्नका लागि एक अर्काका बिच अन्योन्याश्रित सम्बन्ध भएका यि कारक तत्वहरुको विकास क्रमलाई सुक्ष्म अध्ययन गर्न जरुरी छ।
जनताको जीवनस्तरको अवस्थालाई राज्य सञ्चानको व्यवस्थाले निकै ठूलो प्रभाव पार्दछ। नेपालमा व्यवस्थित रुपमा राज्य सञ्चालन गर्ने गरी लिखित कानूनीको व्यवस्था गरिएको इतिहास त्यति धेरै लामो छैन। राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरे पश्चात् बनेको नयाँ नेपालमा, राणाकालसम्म हुकुमी शासन नै हावी थियो। वि.सं १९१० मा पहिलो पटक लिखित कानून बन्यो। जसलाई मुलुकी ऐन भनिन्छ। यही मुलुकी ऐन नै नेपालको पहिलो लिखित कानून हो। यसैलाई नेपालको कानूनी राज्य सञ्चालन गर्ने अभ्यासको कोशेढुङ्गा मान्न सकिन्छ। यद्यपि यसमा हुकुमी शासनको प्रभाव भने पर्याप्त नै थियो। लामो समयको अन्तराल पछि नागरिकका केही आधारभूत मौलिक हकहरुको व्यवस्था गरिएको ‘नेपाल सरकारको वैधानिक कानून- २००४’ बन्यो । त्यसपछि बिस्तारै कानूनी राज्य सञ्चालनले गती लिन थाल्यो। र, एक पछि अर्को गरी वैयक्तिक स्वतन्त्रता सम्बन्धि ऐन २००६, अन्तरिम शासन विधान २००७, बन्दीप्रत्यक्षिकरण सम्बम्धि ऐन २००८ र नागरिक अधिकार ऐन २०१२ बन्यो। जसले नेपालमा कानूनी राज्य स्थापना र कानूनी शासनको अभ्यासलाई महत्वपूर्ण योगदान पुर्यायो। नेपाल अधिराज्यको संबिधान-२०१५ ले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनायो।त्यसैगरी नेपालको संविधान-२०१९ ले लिङ्गको आधारमा हुने भेदभावको अन्त्य गर्नुका साथै वालिग मताधिकारको व्यवस्था गर्यो। त्यसैगरी, २०४६ सालमा भएको प्रजातन्त्र पुनर्स्थापनाले नेपाली जनतालाई हक अधिकार र दायित्वसहित थप उचाइमा पुर्यायो। यो संविधानले नेपाली नारी सशक्तिकरणमा ठूलै हलचल ल्याइदियो। समाजका हरेक पाटाहरुमा नारीहरुको उल्लेखनीय सक्रियता र पहुँच बढ्न थाल्यो। २०६२/०६३ को जनआन्दोन पश्चात् बनेको अन्तरिम संविधान-२०६३ ले नारीका अधिकारलाई मौलिक हकको रूपमा नै व्यवस्था गरिदियो। पछि २०७२ सालमा संविधानसभाबाट बनेको नेपालको संविधान-२०७२ ले अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउदै समावेशी मूल्य र मान्यताका आधारमा नारी अधिकारलाई थप परिस्कृत, परिमार्जित र व्यवस्थित गर्यो। जसमा यि विषयबस्तुहरु प्राथमिकताका साथ व्यवस्था गरिएको छ; समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने, लैंगिक विभेद अन्त्य गर्ने । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने लगायतका नागरिकता सम्बन्धी विषयमाथि नागरिकताको शिर्षक अन्तर्गत उल्लेख गरे बमोजिम हुने । सामान्य कानुनको प्रयोगमा उत्पति, धर्म, वर्ण, जात , लिङ्ग वा अन्य कुनै आधारमा भेदभाब नगरिने । सामाजिक वा संस्कृतिक दृष्टिले पिछडिएका महिला लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुन बमोजिम विशेष व्यवस्था गर्ने । महिलालाई लैंगिक भेदभाबविना समान वंशीय, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक हुने । महिला विरुद्द धार्मिक, सामाजिक , सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक , यौनजन्य , मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने र त्यस्तो कार्य दण्डनीय हुने तथा पीडितले क्षतिपुर्ति पाउने । राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशी सिद्दान्तको आधारमा सहभागिता रहने । महिलाले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधरमा विशेष अवसर प्राप्त गर्ने । सम्पति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने । सामाजिक रूपले पछाडि परेका महिला समेतले समावेसी सिद्दान्तका आधारमा राज्यको निकायमा सहभागी हुन पाउन सामाजिक न्यायको हक हुने । आर्थिक रूपले विभिन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिलासमेतले सामाजिक सुरक्षा पाउने हक हुने । मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता सुनिश्चित गर्ने राज्यको राजनीतिक उदेश्य हुने । प्रजनन् अस्वस्थ्यतामा आवश्यक सेवा सुविधाको उपभोगको सुनिचितता गर्ने । आर्थिक रूपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने । राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने ।
यसरी नेपालको संवैधानिक तथा कानूनी विकास क्रमका दृष्टिकोणबाट हेर्दा नारीको पक्षमा उठाइएका कदमहरु र चालिएका कदमहरुलाई विश्व परिवेशलसंग तुलना गर्दा छोटो समयमा प्राप्त भएका सकारात्मक उपलब्धिहरुका रुपमा चित्रण गर्न सकिन्छ। तर, यि सैध्दान्तिक पक्षहरुको व्यवहारिक पक्ष निरासाजनक नै रहेको तथ्य भने कसैकासामु छिपेको छैन। जसका कारण नेपाली नारीहरुले अझै पनि आफ्नो अधिकार, समानता, अवसर, सुरक्षा र सशक्तिकरणका लागि लडाइँ लडिरहनु परेको अवस्था छ। यसले सैध्दान्तिक पक्ष र व्यवहारिक पक्षमा तारतम्यता नमिलिरहेको र नारीको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकिरहेको बुझिन्छ। नेपाली समाजमा नारीहरु शोषित, पिडित, हिंसाको सिकार, अवसरबाट बन्चित हुनु र नारीको यथोचित सशक्तिकरण हुन नसक्नुमा पितृसत्तात्मक सोच र व्यवहार नै प्रमुख कारक हो भनि पुरुषहरुलाई मात्रै दोषी ठहराउने भास्य स्थापित भएको अवस्था छ। जसले गर्दा अन्य कारक तत्वहरुले प्रमुख भूमिका निर्वाह गरिरहेको भएतापनि, त्यसलाई जानी नजानी बेवास्ता गर्ने गरिन्छ।
नेपाली समाजमा हिंसा, शोषण, अपहरण, बन्धक, विभेद, बलत्कार, चरित्र हत्या आदि भन्ने बित्तिकै नारीको भोगाइ संझेर बुझ्ने/बुझाउने गरिन्छ। तर, पछिल्लो समयमा नेपाली समाजमा प्रतक्ष्य तथा परोक्ष रुपमा नारीहरुको संलग्नता भएका हत्या, हिंसा, शोषण, अपहरण, बन्दक, विभेद, बलत्कार आदि सम्बन्धी उजागर भइरहेका घटनाहरुको सुक्ष्म अध्ययन गर्दा नारीबाटै नारी र नारीबाट पुरुषहरु पनि निकै प्रताडित भैरहेका छन्। जसले आम नारीको वर्तमान अवस्था हुनुमा पुरुष मात्र हैन, महिलाहरुको भूमिका पनि उत्तिनै जिम्मेवार छ भन्ने दर्शाउछ। आफ्नो र परिवारको उज्वल भविश्यको सपना देखेर बैदेशिक रोजगारीमा गएका पुरुषहरुको परिवारमा बेमेल बढ्ने, घात प्रतिघात बढ्ने, घरबार बिग्रिने, बहुविवाह र पारपाचुके गर्ने, आर्थिक अवस्था तहसनहस हुने गरी भैरहेका दु:खद घटनाहरुले त झन दिन प्रतिदिन विकराल रुप लिदैछ। नेपाली समाजमा नारी प्रयोग भएर वा नारीबाटै नारी ठगिएको, लुटिएको, प्रताडित भएको, शोषित भएको, हिंसामा परेको जस्ता छरपस्ट भैरहेका घटनाहरुले पनि अब उपरान्त नारीका हरेक मुद्दाहरुमा नारीको भूमिका, अधिकार र जिम्मेवारीका पाटाहरुलाई पनि सुक्ष्म रुपले केलाउनु पर्ने आवशयकता देखिन्छ। र, प्रभाकारी नारी सशक्तिकरणका लागि नारी-पुरुष दुबै जिम्मेवार हुनु पर्दछ।
तसर्थ, यतिबेला नेपाली नारीहरु नारी केन्द्रीत विशेष धार्मिक पर्व ‘हरितालिका तीज'(जसलाई नारी सशक्तिकरणको विशेष अवसरको रुपमा लिइन्छ) धुमधामका साथ मनाउन जुटिरहेका छन्। यो अवसरमा नारी सशक्तिकरणका लागि प्रमुख मानिएका पाटाहरुसंगै ओझेलमा परिरहेका नारीका भूमिका र जिम्मेवारीका पाटाहरुलाई पनि केलाउन र सोही मुताबिक आवश्यक कदमहरु चाल्न सबैको ध्यान केन्द्रीत हुन सकोस्। र, नारी सशक्तिकरणको अभियानलाई नयाँ ढंगबाट थप उचाइमा पुर्याउन यथोचित ज्ञान, सीप, उत्प्रेरणा, शक्ति र एकतासहितको सामर्थ्यता जुटाउन सकियोस् भन्ने सदिक्षासहित ‘हरितालिका तीज’को सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।