Author: Vishwanews.com

  • न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

    न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

    न्युजर्सी

    अमेरिकाको न्युजर्सी राज्यको नेवार्क सहरमा बिहीबार साँझ भएको गोलीकाण्डमा एक किशोर सहित कुल नौ जनालाई गोली हानिएको अधिकारीहरूले बताएका छन्।

    घटना बिहीवार  साँझ ६ बजेर २० मिनेट जाँदा भएको थियो। गोलीकाण्ड बोडेगाको बाहिरपट्टी शेफर्ड र क्लिन्टन प्लेसको कुनामा भएको हो ।

    गोली लागी घाईते भएका चार वयस्क र एक १७ वर्षीया किशोरिलाई नेवार्क बेथ इजरायल मेडिकल सेन्टरमा घाईते अवस्थामा उपचारको लागि ल्याईएको थियो ।

    अन्य चार वयस्क पीडितहरूलाई पनि बन्दुकको गोली लागेर युनिभर्सिटी अस्पतालमा लगिएको थियो। सबै नौ घाइतेको अवस्था स्थिर रहेको अधिकारीहरूले जनाएका छन्।

    नेवार्कका अधिकारीहरूका अनुसार घटनास्थलमा जर्सी सिटीबाट चोरी भएर खोजीमा रहेको सेतो होन्डा पाइलट कार भेटिएको छ ।
    अधिकारीहरुको प्राम्म्भिक अनुमानमा गाडी भित्रबाट गोली चलाएको देखिन्छ ।

    Photo: FoxTV

  • कविता : भ्रान्त पथिक

    कविता : भ्रान्त पथिक

    डा- दीनबन्धु शर्मा

    निस्तब्ध रात्रिमा
    रूख पहाड र नदीको समाधि देखें
    आकाश स्थिर छ
    बादल चञ्चल देखें
    मृत्यु स्थिर छ
    प्राणीहरू छटपट गरेको देखें
    विशाल ब्रह्माण्ड स्थिर छ
    ताराहरू खसेको देखें
    दु:खी-सुखी भागाभाग छन्
    स्थितप्रज्ञ शान्त देखें
    धमिरो लागेको काठमा
    हतार हतार दौडने कमिलो भएको छ मान्छे
    जति धेरै चलाख हुनेछ
    उति धेरै लाटो हुनेछ
    जति धेरै दौडिनेछ
    उति ढिलो पुग्नेछ
    कतै माथि पछारिनेछ क्लान्त भई
    काशी हिँडेको छ कुतिको बाटो।

  • उत्प्रेणात्मक “थिङ्क पोजेटिभ ग्लोवल क्याम्पिय” सम्पन्न

    उत्प्रेणात्मक “थिङ्क पोजेटिभ ग्लोवल क्याम्पिय” सम्पन्न

    काठमाडौं

    स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा. लि.को प्रस्तुति रहेको `थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ यही असार, १०, ११, र १२ गते बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भयो। नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित सो कार्यक्रम नगरका १०, ८ र ३ नं वडामा सञ्चालन गरिएको थियो। कार्यक्रममाको प्रमुख अतिथी क्रमश: वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई, नगरप्रमुख मिठाराम अधिकारी र पूर्व नगरप्रमुख उद्धबराज खरेल रहनुभएको थियो। कार्यक्रममा उप-प्रमुख अनिता लामा सहित वडाअध्यक्षहरु, कृष्ण शाह (ठकुरी), श्रीराम केसी, रवि खड्का, बसनारायण महर्जन, शम्भु प्र भट्टराई, राजु अधिकारी, सुमित्रा त्रिपाठी (पाण्डे) सहित नगरका अधिकांश वडा सदस्यहरु, पूर्व जनप्रतिनीधिहरु, नगरका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्र. दाहाल लगाएतका अतिथिहरुको उल्लेख्य सहभागीता रहेको थियो। नगरपालिका भित्रका वडाका कर्मचारी, बुढानीलकण्ठ स्कुल, बुढानीलकण्ठ माध्यामिक विधालय, सेन्ट जेभियर स्कुल, हिमालय माध्यामिक विधालय, फ्युजन स्कुल, रिलायन्स इन्टरनेशनल स्कुल, जोसेफ स्कुल, बाल उद्धार मा. वि, भ्याली पब्लिक स्कुल, अमरदीप स्कुल, नेशनल युनाइटेड ऐकेडमी लगाएतका दर्जन भन्दा बढि सामुदायिक र निजी शैक्षिक संस्थाका शिक्षक प्रतिनीधिहरु र विधार्थीहरुको सहभागिता रहेको सो अभियानमा स्वास्थ्यकर्मी, अभिभावक, सामाजसेवी, महिला अधिकारकर्मी, महिला तथा आमा समुहका प्रतिनिधि, सुरक्षाकर्मी, युवायुवती जेष्ठ नागरिक, सुरक्षाकर्मी, सहकारीका प्रतिनीधि, टोलसमूहका प्रतिनीध, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनीधि, विधालय सञ्चालन समितिका प्रतिनीधि, मजदुर, स्थानीय व्यावसायी, राजनीतिज्ञ, सामाजिक सरोकारवाला सहित सञ्चाकर्मी लगाएतको उत्साहजनक उपस्थिति रहेको थियो। अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारेर सञ्चालित अभियानमा १३/१४ वर्षका बच्चादेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकहरुको संलग्नता रहेक‍ो थियो। ३ अ‍ोटा कार्यक्रममा गरेर ५०० जना भन्दा बढि सहभागीहरुको उपस्थिति रहेको कार्यक्रम हरेक दिन विहान १० बजेदेखि साँझ ५:३० सम्म चलेको थियो। अतिथि तथा सहभागीहरुका लागि खाजा तथा खानाको समेत व्यवस्था गरिएको कर्यक्रम ज्ञान र सचेतनाका हिसावले निकै फलदायी र आकर्षक रहेको प्रतिक्रिया सहभागीहरुले दिनुभएको थियो। नगर प्रमुख मिठाराम अधिकारीले यस्ता कार्यक्रम अब नगरपालिकाभित्र हरेक ४/४ महिनामा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। यसरी नै पूर्व मेयर उद्धवराज खरेलले आफैं पनि सकरात्मक सोचका अभियानमा सरिक हुन अत्यन्तै रुचि राख्ने भएकाले आफु र समाजले खोजेजस्तै कार्यक्रम ल्याएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो भने नगरका उप प्रमुख अनिता लामाले यस्ता कार्यक्रम बुढानीलकण्ठ नगरपालिका सहित देशका ७५३ ओटै स्थानीय तहका टोलटोलमा पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो।
    स्वास्थ्य मन्त्रालय (NCASC) वाट Award Of Excellence प्राप्त ‘ थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ यसभन्दा अगाडि पनि देशका विभिन्न जिल्लाहरुमा सञ्चालन भैसकेको थियो।
    नेपालीहरुमा रहेका गिरवी , अशिक्षा, पछौटेपन, बसाईँसराईँ, बेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले युवाहरुमा नकरात्मक सोच, हीन भावना, देखासिकी, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा कुलतमा लाग्ने प्रक्रिया तीव्र रूपमा वढ्दै गएको छ। विभिन्न सम्वन्धित निकायहरुले गरेका अनुसन्धान अनुसार यो क्रम दुर्गम क्षेत्रमा भन्दा शहरी र शहरोन्मुख क्षेत्रहरुमा बढी देखिन्छ। यसलाई केही हदसम्म भए पनि निस्तेज पार्न सकिने उद्देश्यका साथ विभिन्न Drug, HIV प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा स्कुल फाउण्डेशनले सोही विषयमा वनाइएको चलचित्र सिग्नेचर प्रदर्शन, मनोपरामर्श, जनजागरण र उत्प्रेरणा जस्ता कार्यक्रमका साथ यो अभियानलाई अत्यन्तै प्रभावकारी तरिकाले अगाडि वढाएको छ।
    यो अभियान र चलचित्रलाई यूएनएआइडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालय लगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटीले एक्नलेज्ड गरेका छन् ।
    अभियानको मुख्य आकर्षणको रूपमा रहेको वास्तविक जीवन कथामा आधारित चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव, व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही बमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पार्ने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। परिवारको सहि निगरानीको अभाव र खराब सङ्गगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र जीवन क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ। अत: एकै वाक्यमा भन्नुपर्दा समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ।
    ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज), सभ्य सिर्जना प्रा.लि र स्कूल फाउन्डेसनका अध्यक्ष रहेका सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । पछिल्लो समयका चर्चित गीतकार तथा चलचित्र निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र स्कुल फाउन्डेसनका महासचिव पनि हुन्।
    सो कार्यक्रममा सिनेमा थेरापीसँगै चर्चित मोटिभेसनल स्पिकर सुदन ज्ञवालीद्वारा मोटिभेसनल सेसन, चर्चित मनोविश्लेषक बासु आचार्यद्वारा मनोपरामर्श सेसन र ई. राजेन्द्र चटौतद्वारा डिजिटल एडिक्सन र सामाजिक सञ्जाल र इन्टरनेटको सहि सदुपयोगका लागि थिङ्क पोजेटिभ, थिङ्क डिजिटल सेसन सञ्चालन गरिएको थियो। स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिएको सो कार्यक्रममा, ब्लड सुगर, रक्तचाप, तौल परिक्षण सहित , जीवनजल लगाएत औषधि, महिलाहरुको लागि निशूल्क सेनीटरी प्याड र पुरुषहरुका लागि कण्डम वितरण गरिएको थियो।
    स्वदेश तथा विदेशमा सञ्चालन गर्ने योजना बनाइएको यस अभियान विभिन्न चरणहरु गरि प्रत्यक्ष रूपमा म १ सहभागी २० लाख मा म पनि नाराका साथ सहभागी माझ पुर्याई सम्पूर्ण सहभागीहरुको प्रतिवद्धता सहितको हस्ताक्षर र प्रतिक्रिया संकलन गर्ने लक्ष्य आयोजकको रहेको छ।

          

  • अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न

    अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न

    सुपेन्द्र बस्नेत, बोष्टन

    ‘जहाँ नेपाली तन, त्यहाँ नेपाली पन’
    भन्ने मुल मर्मलाई आत्मसात् गर्दै, अमेरिकामा रहेका नेपाली भाषीहरुद्वारा आयोजित बृहत् कार्यक्रम ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न भएको छ।

    ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम, आज जुन २५ तारिख शनिबारका दिन अमेरिकाको मासाचुसेट्स् राज्यको समरभिल सिटीमा विविध क्रियाकलापहरु गरी सम्पन्न गरिएको हो ।


    उत्सवमा तन अमेरिकामा भएपनि, मन भित्र नेपाल र नेपालीको माया सङ्गालेका आप्रवासी नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
    नेपाल कक्षा, बोस्टन (NCB)मा आबध्द बालाबालिकाहरुले नेपाली राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली …’ गाएर शुभारम्भ गरिएको नेपाल उत्सव-२०८९ मा, कलाकारहरुले नेपाल र नेपाली पन झल्काउने आ-आफ्ना कलाहरु प्रस्तुत गरेका थिए।

    ग्रेटर बोस्टन नेपाली समाज, समरभिल कला परिषद र समरभिभा: आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त उत्सवले, मासाचुसेट्सवासी नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा , पहिरन, खानपिन आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने मुख्य लक्ष्य राखेको थियो ।

    कार्यक्रममा समरभिल सिटीका मेयर काट्जाना बाल्लानटाइन (Katjana Ballantyne)प्रमुख आतिथ्यता रहेको थियो। नेपाल र नेपालीको पहिचानलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमलाई प्राथमिकता दिदै प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका बालानटाइनले, सामाजिक क्रियाकलापहरुमा नेपाली समुदायले देखाउदै आएका सकारात्मक सामाजिक क्रियाशीलताको प्रशंसा गर्दै, कार्यक्रमको सफलताको कामना गर्नु गरेको थियो। कार्यक्रममा उहाँले आगामी दिनमा पनि समरभिल सिटीले नेपाली समुदायसंग मिलेर काम गर्ने र आवश्यक पर्दा सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो।

    समग्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कुरा आयोजकले जनाएको छ। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै आयोजक संस्था ग्रेटर बोस्टन नेपाली समाजका उपाध्यक्ष तथा समरभिभा: आप्रवासी मामिलाको कार्यालयका नेपाली सेवा संयोजक परशुराम फुयालले, कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो। कार्यक्रम सफल भएकोप्रति खुशी व्यक्त गर्दै फुयालले भन्नु भयो,’ सबैको अथक प्रयासमा लक्ष्य अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। हामी सारै खुशी छौं। कार्यक्रम सम्पन्न गर्न प्रतक्ष्य अप्रतक्ष्य रुपमा सहयोग गर्नु हुने सबैलाई आयोजकहरुको तर्फबाट धन्यवाद !’ मासाचुसेट्स् राज्यमा बसोबास गर्ने आप्रवासी नेपाली तथा नेपाली भाषीहरुको संख्या निकै रहेको जिकिर गर्दै उहाँले भावी दिनहरुमा अन्य शहरहरुमा पनि नेपाल र नेपाली पहिचानमा केन्द्रिकृत भएर विविध कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रमको सफलताले उत्साहित हुनु भएका फुयालले, आगामी दिनमा पनि आयोजना हुने विविध कार्यक्रमहरुमा यस्तै साथ सहयोगका लागि सबैलाई अनुरोध समेत गर्नु भयो।

    सन् २०१२ बाट मनाउन थालिएको नेपाल उत्सव, सन् २०१७ पछि विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि आयोजना गरिएको यस बृहत् ‘नेपाल उत्सव’ मा, विभिन्न नेपाली वेशभूषामा सजिएर आएका सहभागीहरुको उत्साहजनक सहभागिताले,
    नेपाल र नेपालीको मुख्य पहिचानको विशेषता ‘विविधताका बिच एकता’ झल्काउन सफल भएको आयोजकको दावी छ।

    कार्यक्रममा कलाकारहरुले नेपाल र नेपाली संझाउने र नेपाली पन तथा पहिचान झल्काउने मनोरञ्जनात्मक विविध साँस्कृतिक कलाहरु(वाद्यवादन, गायन तथा नृत्य) प्रस्तुत गरेका थिए।साथै, नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ३ वटा, नेपाली पहिचान बोकेका सामानहरुका १२ वटा र संस्थागत ३ वटा गरी कुल १५ वटा स्टलहरु रहेका थिए ।
    करिब १५ देखि २० हजारसम्म नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको अमेरिकाको यस म्याचेच्युसेट्स राज्यमा नेपाली भाषीहरुका विभिन्न संघ संस्थाहरुले, लामो समयदेखि नेपाल र नेपाली भाषीहरुको पहिचान तथा उथ्थानका लागि संगठित भएर विविध सामाजिक क्रियाकलापहरु गर्दै आइरहेका छन्। तिनै कार्यक्रमहरु मध्यको यो ‘नेपाल उत्सव’ कार्यक्रमलाई प्राथमिकताका साथ बृहत् रुपमा मनाउदै आइरहिएको छ।

  • नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

    नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

    न्यूयोर्क


    नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४२ तछलाथ्व: एकादशी (Saturday, 11 June 2022) का दिन, सातौं सामुहिक ईही न्यूयोर्क स्टेटमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) श्री समन्त बज्राचार्यज्यूले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख:का अध्यक्ष श्री महेन्द्र बीर बज्राचार्यज्यूले जजमान (मुख्य कर्ता) भै सहयोग गरि पुजा सम्पन्न गर्नु भएको थियो ।

    न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगंको भवनमा आयोजना गरिएको सामुहिक ईहीमा ४ वटा राज्यहरु न्युयोर्क, कनेटिकट, म्यासाचुसेट्स् र न्युजर्सीबाट जम्मा १२ जना बालिकाहरूको सहभागी थियो । सोफी सिंह, नेश्मा मास्के, इभलिन राजकर्णिकार, साम्राज्ञी सिंह, मलीहा श्रेष्ठ, आर्या श्रेष्ठ, तीसा श्रेष्ठ, सह्राना स्थापित, तिशा शाक्य, उर्वीना श्रेष्ठ, रोमा प्रधान र आब्या श्रेष्ठ सहभागी रहेका उक्त कार्यक्रममा सहभागी बालिकाका अभिभावक-आफन्तकहरू गरि सयौं जना जनाको उपस्थिति थियो ।

    नख:का महा-सचिव श्री तुलसी नारायण चित्रकारज्यूले सम्पूर्ण अतिथि र सहभागीहरूलाई स्वागत गरि सुरू गरिएको उक्त कार्यक्रममा नख:का प्रथम उपाध्यक्ष्य डा. नरेश मान शाक्यद्वारा इहीमा सहभागी बालिकाहरु, बालिकाहरुका अभिभावक-आफन्तकहरू, पाहुनाहरू तथा कार्यसमितिका पदाधिकारीहरूको परिचय गरिएको थियो भने नखःका कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गराउनु भएको थियो।उक्त कार्यक्रममा नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य, प्रथम उपाध्यक्ष नरेश मान शाक्य, महा-सचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सदस्यहरू नम्रता प्रधान, महेन्द्र कुमार बज्राचार्य तथा किरण रंजितज्यूले ईही गर्ने बालिकाहरूलाई प्रशंसा-पत्र प्रदान पनि गर्नुभएको थियो । अन्तमा, अध्यक्ष बज्राचार्यले कार्यक्रममा उपस्थित सबै अतिथि बालबालिका, अभिभावक, गुभाजु, गुरुमा, नखःका सम्पूर्ण सदस्य तथा सहयोगी, स्वयमसेवीहरूलाई धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूलाई उज्जल भविष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

    नखःका दितिय उपाध्यक्ष श्रुति अमात्यको संयोजनमा, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सदस्य नम्रता प्रधान, अनिता बज्राचार्य, लघु शाक्य, मैना बज्राचार्य, लक्ष्मी शोभा चित्रकार, मोहिनी कर्माचार्य तथा उजिला प्रधानले इहीको पुजा सामाग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लसकुस गरि इही गर्ने स्थलमा भित्र्याएको थियो । साथै वहाँहरूले सगुन सहित “थायभु” तयार गरेर बालिकाहरूलाई वितरण गरेका थिए । संस्थाका सदस्यहरू गौतम कर्माचार्य, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, मृगेन्द्र बज्राचार्य, जेनिश कर्माचार्य, तुलासा चित्रकार, रोहण चित्रकार, ह्यारिसन बज्राचार्य र सिद्धार्थ बज्राचार्य, प्रज्वल रंजित, निराजन पाण्डेले अतिथीहरूको सत्कारका साथै नेवारी खाना समयबजीको व्यवस्थापन गर्नु भएको थियो । नेवा: नख: न्युयोर्क, नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन् २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवा: संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अमेरिकामा रहेर पनि आफ्नो परम्परा र संस्कृतिक कार्यक्रम जगेर्ना गर्न र न्युयोर्कमै यसरी गरिएको नेवारी परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृति र परम्परा समेत संरक्षण र जगेर्ना हुने नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णुमान प्रधानले जानकारी दिनुभयो।

  • उषा केसीको माकुरी सार्वजनिक

    उषा केसीको माकुरी सार्वजनिक

    समाचारदाता।ललितपुर

    साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह माकुरीको विमोचन भयो।

    विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले लोकार्पण गर्नुभएको थियो ।

    स्रष्टा केसीले आफ्नी आमाको ९० औं जन्मदिनको उपलक्ष्यमा सो कृति प्रकाशित गर्नुभएको हो। यसमा ३०३ वटा मुक्तक छन्। कार्यक्रममा स्रष्टाका आमालाई जन्मदिनको उपलक्ष्यमा अभिनन्दन गर्दै उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना पनि गरिएको थियो ।

    साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनले मुक्तकको छुट्टै पहिचानमा समस्या देखिएपछि प्रतिष्ठानले मुक्तक चतुश्पदीय शैलीमा लेखिनुपर्ने भनी एउटा मानक बनाएको बताउनुभयो ।

    वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ पत्रकार राजन कार्की र समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले समिक्षात्मक मन्तव्य राख्दै केसीका मुक्तकहरू चतुश्पदीय शैलीमा लेखिएका र तिनले राजनीतिक विकृति, देशप्रेम, माया र आमालाई विषय बनाएको बताउनुभयो।

    वरिष्ठ साहित्यकार पवन आलोकले आमाप्रति समर्पित छोरीबाट हामीले पनि धेरै कुरा सिक्नुपर्ने चर्चा गर्नुभयो। यसैगरी साहित्यिक पत्रकार संघका सदस्य नियात्राकार डा. दामोदर पुडासैनी र साहित्यकार मुरारि सिग्देलले पनि बोल्नुभएको उक्त कार्यक्रममा कविहरू निशा के.सी. र शान्ति शर्माले लोकार्पित कृतिबाट मुक्तकहरू वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा लेखिकाकी माता माकुरी पौडेलले फ्रेस नेपाल नामक सामाजिक संस्थाका लागि धन लोहारलाई १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा साहित्यकारहरू रुकु कार्की, दिब्य गिरी, ललिता दोषी, विधान आचार्य, राजबाबु श्रेष्ठ सागर, ललिता दोषी, रुद्र पौडेल, रिता खत्री, राजन नेउपाने, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल, जानु धिताल, विमला अधिकारी, सावित्री श्रेष्ठ, नम्रता उप्रेती, लगायत ५० जना भन्दा बढी सर्जकहरूको उपस्थिति रहेको थियो।

  • बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

    बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संगठन ‘प्रवासी नेपाली मञ्च, अमेरिका’ को राष्ट्रिय अधिवेशन अमेरिकाको म्यासाचुसेट्स् राज्यको बोस्टन सहरमा हुन गइरहेको छ। बोस्टनस्थित होटल म्यारियटमा यही जुन १७ देखि १९ सम्म सञ्चालन हुन गइरहेको तीन दिने राष्ट्रिय अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ। ‘सवल प्रवासी, समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ आयोजित मञ्चको तेश्रो अधिवेशनमा भाग लिनका लागि अतिथिहरु तथा प्रतिनिधिहरु बोस्टन आउनेक्रम जारी छ।

    कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटिका सदस्य, विदेश विभाग प्रमुख यवं प्रवास इन्चार्ज तथा परराष्ट्र विज्ञ डाक्टर राजन भट्टराई र विशेष अतिथीद्वय नेकपा (एमाले) संसदीय दलका सचेतक एवं सांसद शान्ता चौधरी र पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे बोस्टनमा आइपुगिसक्नु भएको कुरा मञ्चका सचिव कृष्ण लामिछानेले जानकारी दिनु भयो। उहाँले जनाए अनुसार तीन दिने अधिवेशनलाई मुख्य गरी स्वागत तथा उद्घाटन सत्र , बन्द सत्र, निर्वाचन सत्र तथा समापन सत्रको ढाँचामा कार्यक्रम तालिका तय गरिएको छ। जस अनुसार स्वागत तथा उद्घाटन सत्रमा प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत गर्नुका साथै मनोरञ्जनात्मक विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। बन्द सत्रमा मञ्चका आर्थिक तथा साँगठानिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरिने, त्यस उपर छलफल गरिने र पारित गरिनेछ। भने, निर्वाचन कार्यक्रम तालिका अनुसार आगामी कार्यकालका लागि प्रजातान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन गर्ने र नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै अधिवेशनको समापन गरिने कार्यक्रम तालिका रहेको सचिव लामिछानेले प्रस्ट्याउनु भयो।
    आयोजकले जनाए अनुसार अधिवेशनमा अमेरिकाको २४ राज्यहरुबाट १६३ जना प्रतिनिधिहरुले भाग लिदैछन्। अधिवेशनमा अतिथि, प्रतिनिधि, सदस्य, पत्रकार, परिवेक्षक तथा सुवेच्छुकहरु गरी कुल दुई सय भन्दा बढीको सक्रिय सहभागिता रहने आयोजकको अनुमान छ।
    मञ्चको विधान अनुसार प्रत्यक तीन वर्षमा अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्नु पर्ने भएतापनि, विविध कारणले समयमा गर्न नसकिएको मञ्चका अध्यक्ष प्रभु थापाले बताउनु भयो। सन् २०१२ मा स्थापना भएको मञ्चले दोश्रो अधिवेशन सन् २०१७ मा सम्पन्न गरेको थियो। विधानत: तेश्रो अधिवेशन सन् २०२२ मा सम्पन्न गर्नु पर्ने थियो। तर, कोरोना कहरसंगै अन्य विविध कारणले समयमा अधिवेशन गर्न नसकिएकोप्रति दुःख प्रकट गर्दै अध्यक्ष थापाले पाँच वर्षपछि हुन गइरहेको संस्थागत यस कुम्भ मेलामा सक्रिय सहभागिता जनाइ अधिवेशनलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गरिदिन हुन सम्बन्धित सबैलाई अनुरोध गर्नु भएको छ। अधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिदै अध्यक्ष थापाले भन्नु भयो ,’अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको छ। कार्य विभाजन अनुसार साथीहरुले सम्पूर्ण तयारी पूरा गरिसक्नु भएको छ। अतिथि, प्रतिनिधि, पत्रकार, परिवेक्षक तथा शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागिताका लागि निम्तो पुगिसकेको छ।र, कार्यक्रम स्थलमा पुग्ने क्रम सुरु भैसकेको छ।’ अध्यक्ष थापाले भन्नु भयो,’ सबैलाई स्वागत गर्न हामी आतुर छौं। कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल बनाइदिन हुन सबैलाई अनुरोध गर्दछु ।
    ‘
    आन्तरिक विधानलाई संसोधन गरेर दुइ वर्षे कार्यकाल बनाएको मञ्चले, आगामी दुइ वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्न आन्तरिक रुपमा आवश्यक तयारी समेत थालिसकेको छ। सर्वसम्मत हुन नसकेको खण्डमा प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्न मञ्च तम्तयार अवस्थामा रहेको जनाइएको छ।

  • एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    ओहायो

    “रक्तदान नै जीवनदान” भन्ने मुल भावनालाई आत्मासाथ गर्दै एनआरएन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभावमा कसैले पनि अमूल्य जीवन गुमाउनु नपरोस भन्ने उदेश्यका साथ बिश्व रक्तदान दिवसको अवसरमा एन आर एन ओहायो च्याप्टरले ब्लड डोनर्स एफ अमेरिकासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

    ओहायो राज्यको कोलम्बसस्थित होटल हिल्टनमा गत शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्ययक्रम स्थल स्थानीय होटल हिल्टनले निसुल्क उपलब्ध गराएको आयोजकहरुले जनाएका छन् । कार्यक्रममा ओहायो राज्यका बिभिन्न् सहरहरूवाट बिभिन्न पेशा ब्यवसाय तथा संघसंस्थासँग आबद्ध नेपाली भाषीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालको संयोजकत्व तथा सौजन्यमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा एन आर एन अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई तथा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष लिलाराज दाहाल आतिथीको रूपमा रक्तदानमा सहभागी भएका थिए । त्यस्तै The Ohio State University मा कार्यरत Soil Carbon Post Doctoral Scholar उमेश आचार्य, Chase Bank Columbus मा कार्यरत IT Vice President मनिश ढकाल ,Nationalwide Children Hospital मा कार्यरत Research Scientist महेश केसी तथा Ohio State University मा अध्ययनरत बिधार्थीहरूको पनि व्यापक सहभागीता रहेको थियो। स्थानीय समाजसेवी यादव दुलालले कार्यक्रमको शुरूमा रक्तदान गर्दै सबै सहभागीलाई रक्तदान गर्न उर्जा थप्नु भएको थियो।

    ओहायो च्यापटरका अध्यक्ष मोहन न्यौपानेले जनपरिचालन तथा अन्य सहयोग गर्नुभयो। सचिव रिद्धी खड्का, कोषाध्यक्ष होताराम बिस्वकर्मा, सहसचिव लोकेन्द्र देबकोटा सदस्य डिल्ली केरूङले कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष रूपमा उपस्थित रक्तदान गर्दै अन्य सहयोग गर्नु भयो । महिला संयोजक बिनिता आचार्य, युवा संयोजक तथा लक्ष्मी ज्वयलर्सका संस्थापक भिषन अधिकारी तथा सदस्यहरू हरिहर दाहाल, वर्षा वली निरौला, गोकुल बाँनिया, रेवती कँणेल र दिपेद्र दाहालले औनौपचारिक रूपमा सहयोग गर्नु भएको थियो। कार्यक्रममा फोटोग्राफी भने अनुज दाहालले गरेका थिए।

    ओहायो एनआरएन च्याप्टरको निमन्त्रणालाई स्वीकार गरी बृहत रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने पत्रकार, बुद्धिजिवी, कलाकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा कार्यसमिति र सल्लाहकार समितिका सम्पूर्ण टिमलाई समेत संस्थाले धन्यबाद ब्यक्त गरेको छ ।

  • नेपालको समृद्धिको लागि दोहोरो नागरिकता प्रणाली

    नेपालको समृद्धिको लागि दोहोरो नागरिकता प्रणाली

    योगेश आदी

    विषयवस्तुको उठानले नै पाठकको मनमा अनेकन प्रश्नहरु उठोस् भन्ने चाहन्छु । यसले नेपाललाई के फाइदा हुन्छ ? के बेफाइदा हुन्छ ? नेपाललाई किन आवश्यक छ ? नेपाल जस्तो भूराजनैतिक पृष्ठभूमि भएका अन्य देशमा के छ ? यो कति प्रकार र किसिमले गर्न सकिन्छ ? विश्वका कति देशले लागू गरे ? किन गरे ? यावत सन्दर्भको अध्ययन गरी उत्तर खोज्ने प्रयास गरेको छु।

    संसारमा नेपाल जस्तै तेश्रो विश्वका सूचिमा दरिएका करिव १५२ देशहरू छन् । दोश्रोमा परेका लगभग १०० देशहरू छन् भने केवल ३१ देशहरू मात्र मानव सचेतना, भौतिक विकास र आर्थिक समुन्नतको मापदण्ड पुरा गरी पहिलो विश्वको दर्जा प्राप्त गरेका छन् । त्यसो त विश्वमा १९५ देशहरू छन् । प्राय देशहरु माथि उक्लिने र तल झर्ने क्रममा भएकोले गणित अमिल्दो लाग्दछ । जे भएपनि नेपाल लगायतका अधिकांश देशहरू भने तेश्रो मुलुकमा नै छन् । गरिब देशहरु अन्य विषयमा अल्मलिएर महत्वपूर्ण तथा राष्ट्रको समृद्धिसँग जोडिएका विषय ओझेलमा परेकाले बहस उठान गर्न जरूरी परेको हो ।

    नेपाल जस्तै आर्थिक अवस्था र भूराजनैतिक पृष्टभूमि भएका बंगलादेश, पाकिस्तान र फिलिपिन्सले शर्तसहित दोहोरो नागरिकता प्रणाली लागू गरेर देशमा बर्षेनि अरबौं डलर भित्र्याएको दृष्टान्तबाट हामीले सिक्न जरूरी छ ।”

    देश भनेको जमिनको सिमाना मात्र होइन । त्यो जमिनसँग सरोकार राख्ने जनसंख्या हो । जनभावना हो । भावना जोडिएका जनसंख्यालाई सम्बोधन गर्न सकेन भने देश नाम र दस्तावेज मात्र रहन जान्छ । जनसंख्या र जनभावना नै समग्रमा राष्ट्र हो । त्यो देशसँग मुलजरा जोडिएका भाषीहरु असहज अवस्थामा फर्किने भुमि नै वास्तवमा देश हो । हामी टाढा पुग्नु पर्दैन । करिब १५ लाख रोहिङ्गा मुस्लिम रहेको म्यान्मारबाट आधा बंगलादेश फर्किनु परेको घटना र भुटानबाट डुकको अत्याचारमा परेर नेपाल लखेटिनु परेको दशौं लाख नेपाली भुटानी दाजुभाइ अनि पाकिस्तानबाट भारत फर्किनु परेका भारतीय सिन्धियाको कथा नै काफी छ । मुलदेशसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने तर विभिन्न कारणले बिदेशमा बसोवास गर्दै आएका जन्मसिद्ध र बंसजका आधारमा अधिकार भएका आफ्ना नागरिकलाई देशसँग जोडिराख्न देशले यस विषयमा गम्भिर भएर सोच्नु पर्दछ । त्यसै गरी बिदेशमा रहेका नेपालीले पनि अफ्ठ्यारो अवस्था आइपरेमा फर्काइने वा फर्किने देश भनेको नेपाल नै हो । त्यसैले दोहारो नागरिकता प्रणालीको विषयमा देशले उचित सम्बोधन गर्नुपर्दछ । यसले देशलाई आर्थिक र सामाजिक रुपमा केवल फाइदा मात्र छ।

    दोहोरो नागरिकता पद्दति अन्तर्गत नेपालको चर्चा गर्दा नेपाल र नेपाल जस्तै भूराजनैतिक अवस्थामा रहेका देशहरू जसले दोहोरो नागरिकता प्रणाली अपनाएका छन्, तीनका पहिले र अहिलेको आर्थिक अवस्था एवम् दोहारो नागरिकता प्रणाली अपनाएका पहिलो विश्वका देशहरूको परिणाम हेर्नुपर्ने हुन्छ । संसारमा हालसम्म ६६ देशहरुले पूर्ण रूपमा दोहारो नागरिकता प्रणाली लागू गरेका छन् । केही देशहरुले तोकिएका देशहरु बाहेक भनेका छन् भने केहीले शर्तहरु लगाएका छन् ।

    नेपाल जस्तै आर्थिक अवस्था र भूराजनैतिक पृष्टभूमि भएका बंगलादेश, पाकिस्तान र फिलिपिन्सले शर्तसहित दोहोरो नागरिकता प्रणाली लागू गरेर देशमा बर्षेनि अरबौं डलर भित्र्याएको दृष्टान्तबाट हामीले सिक्न जरूरी छ । नेपालको सम्पूर्ण जनसँख्याको १४% अर्थात ३५ लाख नेपालीहरू अन्य देशमा रहेको कारणले पनि देशले यस विषयमा यथासक्य चाँडो सम्बोधन गर्न जरुरी छ । ती १४% ले पठाएका वार्षिक ११ अर्ब विप्रेषण (रेमिटेन्स) को टेवा र योगदानलाई राष्ट्रले भुल्न हुँदैन । प्रायश देशहरुले १०% भन्दा बढी जनसँख्या देश बाहिर रहेपछि यस विषयमा निर्णय गरेको देखिन्छ । बंगलादेशले २००८ मा अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा र सम्पूर्ण यूरोपका देशहरूलाई मात्र मान्य हुनेगरी दोहोरो नागरिकता प्रणाली लागू गरेपछि ती देशमा रहेका बंगालीहरूले बंगलादेशमा रहेका सम्पत्ति बेचेर बिदेश लैजानुको साटो बंगलादेशमानै थप लगानि गरे । यसले बंगलादेशको अर्थतन्त्रमा राम्रो प्रभाव पर्यो । त्यस्तै पाकिस्तानले बंगलादेशले गरेका सम्पूर्ण देशहरुसहित थप बहराइन, इजिप्ट, जोर्डन, सिरियामा भएका पाकिस्तानिलाई देशसँग पुन: जोडे । त्यस्तै फिलिपिन्सले बिदेशमा रहेका फिलिपिनोहरूलाई देशमा निर्धक्क उद्योगधन्दा गर्ने बाटो खोल्दिएका छन् । यी सबै देशका नागरिकहरू इच्छा अनुसार दुई वा एक पासपोर्ट बोकेर यात्रा गर्छन् ।

    प्रविधिको पहुँच र यातायात सुविधाले विश्वनै एउटा गाउँ जस्तो अवस्थालाई मध्यनजर राख्दै हालै नर्वे जस्तो सम्पन्न र लाइबेरिया जस्तो बिपन्न देशले पनि दोहोरो नागरिकता प्रणाली अर्थात दुई पासपोर्ट सहितको आवतजावतलाई मान्यता दिइसकेको अवस्थामा नेपालले तोकिएका देश र शर्त तोकेर लागू गर्दा राम्रो हुने देखिन्छ । त्यसो त जसले जन्मको आधारमा नागरिकता प्राप्त गरेको छ उसको जन्मसिद्ध अधिकारलाई अर्थात प्राप्त गरी सकेको नागरिकतालाई अर्को देशको नागरिकता लिएकै आधारमा जन्मसिद्ध अधिकार नै खोस्ने पुरातनबादी सोच, आरिस, संकिर्ण मानसिकता र भेदभावबाहेक कुनै वैज्ञानिक आधार छैन । हेर्ने नै हो भने हाल धेरै देशहरुले ३ फरक देशका पासपोर्टलाई र केहीले ४ वटा समेत स्वीकार गरिसकेको अवस्था छ ।

    दोहोरो नागरिकता प्रणाली लागू गरेमा नेपाल जस्तो देशलाई कुनै पनि बेफाइदा देखिएको छैन । त्यसो त नेपाललाई फाइदा के के हुन्छ ?
    १, विप्रेषणका अलावा लगानि भित्रिने छन् ।
    २, नेपालमा भएका सम्पत्ति बेचेर बिदेश लैजाने छैनन् ।
    ३, जारी गरिने पासपोर्ट र नागरिकताबाट राजस्व बढ्नेछ ।
    ४, दोहोरो कर लगाउन पाउने छन् ।
    ५, आवश्यक परेमा सेनाको लागि अनिवार्य गर्न सक्नेछन् ।
    ६, कानुनको अधिनमा राख्न पाउने छन् ।

    संसारका श्रोत र साधनले सम्पन्न ‘पहिलो विश्व’ कहलिने अमेरिका-युरोपका देशहरुले र कयैन नेपाल जस्ता विकासोन्मुख देशहरूले समेत दोहोरो नागरिकता पद्दति लागू गरेर दिर्घकालिन आर्थिक र सामाजिक सेतु निर्माण गरिसकेको अवस्थामा नेपालले अलमलिरहनु पर्ने कारण देख्दिन । भूराजनीतिक अवस्था र खुला सिमानाको असहजतालाई मनन गरेर सार्क राष्ट्र लगायतका देशउपर शर्त राखेर गर्दा नेपाललाई कुनै बेफाइदा छैन ।

  • अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

    अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

    सुपेन्द्र बस्नेत, बोष्टन

    तन अमेरिकामा भएपनि मन भित्र भने ‘मेरो देश, मेरो गौरव’ भन्ने आत्मीय भावना सुरक्षित राखेका गैर आवासीय नेपालीहरुले, नेपालीपन झल्काउदै नेपाल उत्सव मनाउने भव्य तयारी थालेका छन्। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ यही आउदो जुन २५ तारिख शनिबारका दिन अमेरिकाको म्याचेच्युसेट्स राज्यको समरभिल सिटीमा’ नेपाल उत्सव-७९’ (Nepal festival-2022) मनाउन आवश्यक तयारी थालिएको हो।

    ग्रेटर बोस्टन नेपाली समाज, समरभिल कला परिषद र आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा हुन गइरहेको उक्त कार्यक्रम, समरभिलस्थित युनियन स्क्वायरमा दिउसो ३:३० बजेदेखि प्रारम्भ हुने आयोजकले जनाएको छ। बोस्टनबासी नेपाली भाषीहरुलाई संगठित गर्नु, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, पहिरन, खानपिन आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्नुका साथै, समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था ग्रेटर बोस्टन नेपाली समाजका अध्यक्ष मिलन कुमार कार्कीले बताउनु भयो।कार्कीले भन्नु भयो,’विश्व सामु नेपाल र नेपाली समुदायको पहिचान झल्काउने गरी कार्यक्रमको आवश्यक तयारी गरिएको छ। कार्यक्रम मनोरञ्जनात्मक, प्रभाकारी र फलदायी हुने छ।’

    सन् २०१७ देखि मनाउन सुरु गरिएको महोत्सव, विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि आयोजना गरिएको यस बृहत् खुल्ला महोत्सवमा आप्रवासी नेपालीहरुको उत्साहजनक उल्लेखनीय सहभागिता रहने आयोजकले विश्वास लिएको छ। कार्यक्रमलाई मनोरञ्जनात्मक, प्रभाकारी र फलदायी बनाउन नेपाली भाषी समुदायको सक्रिय सहभागिताका लागि आयोजकले चुले निम्तोसहित कार्यक्रम सफल बनाउन आवश्यक साथ सहयोगका लागि अनुरोध समेत गरेको छ।’यो कार्यक्रम नेपाली भाषी समुदायकै उथ्थानका लागि केन्द्रिकृत भएकाले, कार्यक्रमलाई सफल बनाउन यथासक्य सहयोगका लागि म्याचेच्युसेट्सबासी सबै नेपाली भाषीहरुलाई अनुरोध छ। साथै, कार्यक्रममा उल्लेखनीय सक्रिय सहभागिताका लागि चुल्है निम्तो छ।’ अध्यक्ष कार्कीले भन्नु भयो ,’ सकेसम्म नेपाली पहिचान झल्काउने पहिरन लगाएर कार्यक्रममा उपस्थित भइदिनहुन पनि हामी सबैलाई अनुरोध गर्दछौं।’
    कार्यक्रममा नेपाली पहिचान झल्काउने मनोरञ्जनात्मक विविध साँस्कृतिक कार्यक्रम, नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरु र नेपाल र नेपाली संझाउने स्टलहरुको व्यवस्था गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।

    करिब १५ देखि २० हजारसम्म नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको अमेरिकाको यस म्याचेच्युसेट्स राज्यमा, नेपाली भाषीहरुका विभिन्न संघ संस्थाहरु लामो समयदेखि संगठित भएर सामाजिक क्रियाकलापहरु क्रियाशिल रहदै आइरहेका छन्।र, उनीहरुले नेपाल र नेपाली भाषीहरुको पहिचान तथा उथ्थानका लागि बेला बखतमा आवश्यक यथासक्य विविध क्रयाकलापहरु गर्दै आइरहेका छन्। यद्यपि, कार्यक्रमहरुमा लक्षित समुदायहरुको सक्रिय सहभागिता भने सन्तोषजन हुन सकिरहेको देखिदैन।

  • गाराचा किराँतको ‘घर फर्क साथी हो’ सार्वजनिक

    गाराचा किराँतको ‘घर फर्क साथी हो’ सार्वजनिक

    शान्तिराज राई न्युयोर्क

    गाराचा किराँतको रचना एवम्अभिनय रहेको “घर फर्क साथी हो” बोलको म्युजिक भिडियो आमा पदम कुमारी चाम्लिंग फ्लिमस मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जीवनशैलीका वावजुद पनि समाजसेवी किराँतले विभिन्न समयमा नेपाली गीत संगीतप्रति समर्प्रित हुँदै आएका छन । यही क्रममा स्वदेशको माया हुदाँहुदै आफ्नो परिवार, प्रेमीप्रेमिका छाडेर विदेशीनुको पिडालाई गीतको माध्यामबाट उजगार गर्न खोजेका छन । उनले गीत मार्फत विदेशीएका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका हुन ॥

    अमेरिकाको न्युयोर्कमा रहेर समाजसेवामा व्यस्त गाराचाको यही फ्राइडे “घर फर्क साथी हो” बोलको गित सार्वजनिक भएको हो ।

    “घर फर्क साथी हो” गायक देवेश राई र आशिष ताम्राकारको स्वरसंगै आशिष ताम्रकारकै संगीतमा तयार गरिएको हो । उक्त गीतको एरेंज, महाराज थापा मिक्स मास्टरिंग मित्र लामाको रहेकोछ ।

    यो गीतको म्युजिक भिडियोमा शम्भु मोक्तान र श्याम तमांगको छायाँकन, भरत रेग्मीको सम्पादन, यस गीतकै गीतकार गणेश राई गाराचा किराँतको निर्देशन रहेको छ। गीतको भिडियोमा गाराचा किरात, रोशन राई, शौरभ राई, अनुशा जीरेल लगायतको अभिनय रहेको छ ।

  • एनआरएन ओहायो च्याप्टरको विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन

    एनआरएन ओहायो च्याप्टरको विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन

    कोलम्बस, ओहायो

    गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित बनभोज लगायका विविध मनोरञ्जनात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बसमा एनआरएन च्याप्टरद्वारा पहिलो पल्ट आयोजित बनभोज लगायतका मनोरञ्जनात्मक कार्यक्रममा स्थानीय नेपालीहरुको उलेख्य सहभागिता रहेको थियो ।
    ओहायोका बिभिन्न शहरहरू एक्रोन  , सिनसिनाटी, क्लिभल्याण्ड आदि सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो।

    ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालले स्वागत मन्तब्य राख्दै ओहायो च्याप्टरद्वारा भईरहेका कार्यक्रम तथा भावि कार्यक्रमको बारेमा जानकारी दिएका थिए । कार्यक्रम एनआरएन एनसिसी अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथी भट्टराईले एनआरएन एनसिसीको महत्व तथा भइरहेका गतिबिधिका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको सन्चालन एनआरएन च्याप्टरका कोषाध्यक्ष होताराम बिस्वकर्माले गरेका थिए । होताराम बिस्वकर्मा र सहसचिव लोकेन्द्र देबकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको आर्थिक पाटोको संयोजनमा भने सचिव श्रीदी खड्का तथा सदस्य डिल्ली केरूडले गरेका थिए ।

    ओहायो एनआरएन च्याप्टरका अध्यक्ष मोहन न्यौपानेले नृत्यमा डा.आरती शर्मा तथा समुह तथा बाल कार्यक्रम संयोजक अनुज दाहाल र ओएसिस न्यौपानेलाई पुरस्कार सहित सम्मान गरेका थिए ।

    कार्यक्रम आयोजकले यसै समाचार मार्फत कार्यक्रमलाई सफल र भब्य बनाउन सहयोग गर्नु हुने निर्मला लुईटेल, देवका कंडेल ,सन्तोषी खड्का, एलिसा ढकाल लगायत सबै महिला दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको समेत संस्थाद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । कार्यक्रममा फोटोग्राफी गर्ने बिक्रम तामाड़ तथा भोजन ब्यबस्थापन गर्ने ड्र्यागन रेस्टुरेन्टका टंक तिवारीलाई पनि धन्यबाद ब्यक्त गरिएको छ ।

    ओहायो एनआरएन च्याप्टरको निमन्त्रणालाई स्वीकार गरी मनोरन्जनपूर्ण तरिकाले कार्यक्रम सफल पार्न सहयोग गर्ने पत्रकार, बुद्धिजिवी, कलाकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा कार्यसमिति र सल्लाहकार समितिका सम्पूर्ण टिमलाई समेत संस्थाले धन्यबाद ब्यक्त गरेको छ ।

  • न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न

    न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न

    कृष्ण आचार्य, न्युयोर्क

    संसारकै राजधानीको रुपमा परिचित एवम् पर्यटनको केन्द्र न्युयोर्क सहरमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०२२ सम्पन्न भएको छ । यो परेड न्युयोर्कको लागि पाँचौं संस्करण हो ।



    परेड एनआरएनए एनसिसी न्युयोर्क च्याप्टरको मुल आयोजनामा नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ यही मे २२, २०२२ मा न्युयोर्क सहरको म्यानह्याटनमा गरिएको हो ।



    कार्यक्रमको सभापतित्व एनआरएनए एनसिसी अमेरिका ,न्युयोर्क च्याप्टरका अध्यक्ष तथा नेपाल डे परेडका अध्यक्ष आंग छिरिङ्ग शेर्पाले गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि- संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि महामहिम राजदुत अमृत बहादुर राई तथा कन्भेनर-विकाश रुवाली
    बिशेष अतिथि- डेप्यूटी कमिस्नर अफ मेयर अफिस फर इण्टरनेशनल अफेअर्स दिलिप चौहान साथै महावाणिज्यदुत बिष्णु गौतम, वाणिज्यदुत गणेशप्रसाद अधिकारी, एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष बुद्दिसागर सुबेदी, एनआरएनए अमेरिका पुर्ब अध्यक्ष खगेन्द्र जीसी, नेपाल डे परेड पूर्व अध्यक्ष निमा शेर्पा लगायत न्युयोर्क सिटीका प्रतिनिधि समेतको उपसिथिति थियो ।


    प्रवासी नेपालीहरुको उल्लेख्य उपस्थितिमाझ नेपाली मौलिकता झल्किने झाँकीहरु सहितको प्रदर्शनीमा सहभागी विभिन्न संघ संस्था प्रतिनिधि पत्रकार तथा बुद्दिजीवी, अतिथि सबैको सहभागिताले कार्यक्रम सफल पारेको थियो।

  • वरिष्ठ गायिका डेजी बराइली र गायक प्रेम सेन्चुरीको नयाँ गीत सार्वजनिक

    वरिष्ठ गायिका डेजी बराइली र गायक प्रेम सेन्चुरीको नयाँ गीत सार्वजनिक

    काठमाडौँ ।

    अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको सुमधुर स्वरमा रास्ट्रिय भावानाले ओतप्रोत ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द संगीत स्वयम् गायक सेन्चुरीको रहेको छ। गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्।

    सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान र नेपाली संस्कृतिलाई जोगाएर राख्न आह्वान यस गीत मार्फत गरिएको छ। लिरिकल भिडियोको रुपमा सार्वजनिक यस गीतलाई प्रोमोशन नेपाल संगको सहकार्यमा तयार पारिएको हो। यसअघि गायक सेन्चुरीको स्वरमा समावेश गर्मीमा एसी जाडो हिटर चुम चुम ‘जीवन यहाँ यस्तै छ’ ‘परदेशीले मलाई रुवायो’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। गायक सेन्चुरीले नयाँ गीतलाई सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

  • कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो

    कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो

    धन लामा, मे २३, २०२ कनेक्टिकट

    कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) ले २५६६ औं बुद्ध जयन्ति एक समारोहको आयोजना गरी मनायो । स्थानीय न्यू हार्टफोर्डमा अवस्थित अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रमा आयोजित बुद्ध जयन्ति कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उलेख्य मात्रामा सहभागिता थियो ।


    कार्यक्रमको सभापतित्व कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) का अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि शेर्पा किदुक, न्यूयोर्कका भूतपूर्व अध्यक्ष तथा हिमालयन बुद्धिष्ट इन अमेरिकाका पूर्व उपाध्यक्ष उर्गेन शेर्पा, शेर्पा सोसाइटी अफ कनेक्टिकटका अध्यक्ष सोनाम शेर्पा र नेकोनका प्रमुख सल्लाहकार कृष्ण अधिकारीको आसन ग्रहण पश्चात नेकोनका उपाध्यक्ष रघु गिरीले स्वागत मन्तव्य दिनु भएको थियो ।

    लामा धर्मगुरु गेलु शेर्पाले सामूहिक मन्त्रपाठ गराईसकेपछि औपचारिक रूपमा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि उर्गेन शेर्पाले भगवान गौतम बुद्धको जीवनी, बौद्ध दर्शन र पन्चशील, शील समाधि र वर्तमान विश्व परिवेशमा विश्व शान्तिको लागि बुद्ध शिक्षाको अपरिहार्यताको विषयमा सुन्दर प्रवचन प्रस्तुत गर्नु भएको थियो ।

    कवि तथा गीतकार धन लामाले “झरनाको पानी जस्तै स्वच्छ सफा शुद्ध बन, असत्यले ढाक्यो जगत अब तिमी बुद्ध बन” शिर्षकको कवितालाई नेपाली भाषा, अंग्रेज़ी अनुवाद र गीति लयमा प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरी निमा शेर्पाले बुद्ध धर्म र भगवान गौतम बुद्ध सम्बंधि कविता वाचन गरेका थिए । अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रका आवसीय भिक्षुहरू ह्यान सा सुनिम र सुयान सुनिमले क्रमश: केन्द्रमा उपस्थित सहभागीहरूलाई स्वागत र ध्यान प्रक्रियामा समन्वयको भूमिका खेलेकी थिईन । अन्त्यमा सम्पूर्ण सहभागीहरूले भगवान गौतम बुद्धको विशाल प्रतिमाहरूमा पुष्प अर्पणका साथै बालक सिद्धार्थलाई जलले स्नान सकेपछि कार्यक्रमका सभापति नेकोनका अध्यक्ष नारायण पौडेलले कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सन्चालन संक्षिप्त रूपमा नेकोन सचिव राजन तिम्सिना र बाँकी सम्पूर्ण कार्यक्रम २५६६ औं बुद्ध जयन्ति समारोहका संयोजक रोमी योन्जनले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा ध्यान केन्द्रको तर्फबाट सम्पूर्ण सहभागीहरूलाई प्रसाद स्वरूप शाकाहारी भोजन प्रदान गरिएको थियो ।

  • ड्यालसमा दुई दिने बुद्ध जयन्ति कार्यक्रम सम्पन्न

    ड्यालसमा दुई दिने बुद्ध जयन्ति कार्यक्रम सम्पन्न

    ड्यालस

    २५६६ औ बुद्ध जयन्तिको उपलक्ष्य ड्यालसस्थित नेपाली मन्दिरमा दुइ दिने बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रदेय भन्ते शान्तिदेवले पहिलो दिन बुद्ध पुजा, धम्मचक्क पबत्तन सुत्त वाचन तथा निर्देशित ध्यान र दोश्रो दिन परित्रान पाठ र धर्मदेशना देशना दिनु भएको थियो।

    पहिलो दिन नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासको साप्ताहिक बुद्ध बन्दना कार्यक्रमको क्रममा भन्ते शान्तिदेव ज्युले बुद्ध जयन्तिको शुभ अवसरमा धम्मचक्क पबत्तन सुत्तको वाचन तथा ब्याख्या गर्नु भएको थियो। त्यसै दिन साँझ ‘२ घण्टा निर्देशित ध्यान शिविर’ कार्यक्रम अन्तर्गत उपस्थित सबैलाई ध्यानको महत्व वर्णन गर्दै चरणबद्ध रूपमा ध्यान गर्ने तरिका सिकाउनु भएको थियो।

    त्यस्तै दोश्रो दिन बुद्ध जयन्तिको बिशेष कार्यक्रम अन्तर्गत भएको सभामा प्रमुख अतिथि श्रदेय भन्तेले परम्परागत रुपमा भगवान बुद्धको अनुष्ठान गर्दै कारनिय मेत्ता सुत्त पाठ, परित्रान सुत्र पाठ र ‘चतु आर्य सत्य’ बिषयमा धर्मदेशना देशना दिनु भएको थियो। उक्त कार्यक्रममा ऐशोसिएसनका अध्यक्ष स्वोयम्भु शाक्यले स्वागत भाषाणको क्रममा ऐशोसिएसनको गतिविधिको बारेमा छोटो परिचय दिनु भएको थियो। त्यस्तै यूलेसमा बन्दै गरेको नयाँ पशुपतिनाथ तथा बुद्ध बिहारको परिचय दिंदै ऐशोसिएसनका सदस्य तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरका सदस्य मकर बज्राचार्यले उक्त नया मन्दिरको प्रमुख अंग स्वोयम्भु स्तुपामा स्थापनको लागि गजुर, पंच बुद्ध, बज्र तथा १०८ माने दान दिन वचन दिनु हुने सम्पूर्ण दानीहरुको नाम उल्लेख गर्दै अन्य दाताहरुलाई दानको लागि प्रोत्साहन गर्नु भयो ।

    ऐशोसिएसनका सचिब डा नीरज बज्राचार्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा ऐशोसिएसनका उपाध्यक्ष तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरका कोषाध्यक्ष शैलेन्द्र मानन्धरले धन्यवाद ज्ञापन गर्दै सोही दिन बिहान ग्रहण गर्नु भएको अष्ट शीलको बारेमा जानकारी दिनु भएको थियो। उक्त दिन अष्ट शील ग्रहण गर्नेमा अध्यक्ष स्वोयम्भु शाक्य, उपाध्यक्ष शैलेन्द्र मानन्धर, सचिब डा नीरज बज्राचार्यका साथै ऐशोसिएसनका सदस्यहरु अमर बज्राचार्य र जुनु बज्राचार्य पनि हुनु हुन्थ्यो।

  • आमाको शानलाई शुभकामना

    आमाको शानलाई शुभकामना

    मृदुला आचार्य
    ओमाहा, नेव्रास्का

    छोरा शान
    नाम जस्तै त छौ तिमी
    मेरो जीवनको मीठो उपहार
    तिमी मेरो सानो छोरा, मेरो शान
    हिजो जस्तै लाग्छ
    तिम्रो स साना कोमल हातहरू
    सुम्सुम्यादै चुमेर
    टपक्क छातिमा टॉसेको ।

    आहा !
    तिम्रा ती पहिलो मुस्कान
    तोते बोली
    आमा आमा भन्न्दै पछि पछि लागेको ।
    तिम्रा ती अवोध बालापन
    हाम्रो सुनशान घरलाई
    स्वर्ग नै बनायौ छोरा तिमीले ।

    थाहै नपाई सुटुक्कै
    तिमी फूल झै फक्रियौ छोरा,
    हातेमालो गरेर भाइ खेलायौ
    हजुरबा हजुरआमाको साथी
    बाबा आमाको आज्ञाकारी तिमी
    हामीलाई गौरवान्वित बनायौ ।
    सुमधुर हाम्रो सहयात्रामा
    तिमीले गौरव कमाएका छौ
    हाम्रो शान बढाएको छौ ।
    तिम्रो आफ्नो लक्ष्यमा प्रतिवद्द छौ
    नयॉ पिडीको मार्गदर्शक बनेका छौ बाबु !
    तिम्रो अविभावक बन्न पाउदा
    हामीलाई गौरव छ छोरा !

    छोरा,
    अब तिम्रो जीवनको बाटोमा
    अलिकति मोडिने बेला भएको छ
    तिमी स्वतन्त्र पँक्षी बनेर
    नयॉ अकासमा उडान भर्ने छौ ।
    तिम्रा गन्तव्य विशाल र फराकिलो हुनेछन
    केही कठिनाई आउन सक्लान
    तर तिमी बिचलित हुने छैनौ ।
    तिमी सधै सफलताको बाटो हिड्ने छौ
    सदा सही सही मार्ग रोज्ने छौ तिमी ।

    जब तिमी हाम्रो आगन छोडेर
    केही पर हुनेछौ
    तिम्रो यादमा घर बेचैनि हुनेछ
    तिमीसँग बिताएका
    सुनौला पलहरूको स्मृतिमा
    खुसी खोज्ने छौं हामी
    तिम्रो सुन्दर भविष्यको
    कल्पनामा रमाएर
    रोमान्चित बन्नेछौ छोरा
    सुर्ता नमान्नु है,
    रून्चे हाँसोमा मुस्कुराउने छौं हामी
    तिम्रो आगमनको प्रतिक्षा गर्दै
    स्वागत गर्न तयार रहने छौ छोरा।

    तिमीलाई कुनै बाधा अडचन नपरोस छोरा
    तिमीसँग अपठ्यारो पार गर्ने क्षमता छ
    जीन्दगी अनुभवको पाठशाला हो
    तिमी छिट्टै सफलताको सिखर चुम्नु
    तिमीलाई हृदय भरिको शुभकाममा
    तिम्रो दीर्धायूको मँगलमय कामना !
    छोरा !
    तिमीलाई मुरी मुरी शुभकामना !
    तिमीलाई दिक्षान्तको शुभकामना !!

  • साहित्यानुरागी पासाङको ‘कोरोना कथा’ न्युयोर्कमा बिमोचित

    साहित्यानुरागी पासाङको ‘कोरोना कथा’ न्युयोर्कमा बिमोचित

    न्युयोर्क

    युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाजको अमेरिकाको संयुक्त आयोजनामा गत मे ०८-२०२२ मा न्युयोर्कको क्वीन्सस्थित धर्मा हाउसमा साहित्यकार पासाङ शेर्पाको नयाँ कृति “कोरोना कथा”को बिमोचिन सम्पन्न भएको छ ।


    लेखकले यसअघि सोही कृति नेपालमा बिमोचन गरिसकेकाले यसलाई सर्जकले “कोरोना कथाको प्रवास लोकार्पण” नाम दिएका छन् ।

    संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी प्रतिनिधि महामहिम अमृत राईज्यूको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतम, धर्म गुरु लोपेन गुर्मे छोड्रक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री, एनआरएन, ऐन सी सीका केन्द्रीय उपअध्यक्ष बि आर लामा, नेपाल आदिवासीजनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्ट, अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष राजन महर्जन, साहित्यकार एवं अनेसास न्युयोर्क च्याप्टरका निवर्तमान अध्यक्ष सकुन ज्ञवाली एन आर एन ए न्युयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पा, लेखक तथा विश्व सन्देश साप्ताहिकका प्रवन्ध निर्देशक योगेश आदी, शेर्पा संघ अमेरिकाको अध्यक्ष आङ जाङ्वु शेर्पा लगायत कार्यक्रममा आफ्ना भावना व्यक्त गरेका थिए ।

    साहित्यकार मणी वाङ्देलले संचालन गरेको कार्यक्रममा सहभागी पाठकहरुले पुस्तक उत्साहपूर्वक सहयोग दस्तुर सहित खरिद गरेका थिए। कृतिको बारेमा सबै वक्ताहरूले पुस्तक पठनीय र मननीय रहेको प्रतिकृया दिएका थिए ।

  • भेडा होइनन् आजका नेपाली

    भेडा होइनन् आजका नेपाली

    बीके नेवा, न्युयोर्क

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा गैर कानुनी अभिव्यक्तिका कारण चरम विवादमा परेका छन् । अहिले सामाजिक सञ्जाललगायत सबै ठाउँमा उनीहरुको विरोध भएको छ । उनीहरुले अहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिकलाई भेडा ठानेका छन् । तर अब जनता भेडा होइनन् आफ्नो अधिकारका लागि आफै सचेत छन् । कसलाई चुनावमा हराउने र कसलाई जिताउने भन्नेमा उनीहरु निर्णय गर्न सक्छन् ।
    यतिखेर मुलुक चुनावमय छ । चुनाव त देशका दुई करोड ९२ लाख जनता र एक करोड ७७ लाख मतदाता सबैका लागि आएको छ । तर, अहिले सत्तामा भएका प्रचण्ड र राणाको उन्मादी अभिव्यक्ति मतदाताका अगाडि भद्दा मजाक मात्र होइन, संघीय लोकतन्त्रका लागि त्रासदपूर्ण चेतावनी पनि हो । यसले लोकतन्त्रप्रति आशावादी समुदायलाई बेचैन बनाएको छ ।
    पाँच दलीय सत्ता गठबन्धनले बिहीबार भरतपुरमा गरेको सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई फड्के किनाराको साक्षी राखेर माओवादी अध्यक्ष प्रचण्डले काँग्रेस कार्यकर्तालाई धम्क्याउँदै भने, रेनु र चित्रसेनको टिम विजयी भए म निकै उत्साहित हुनेछु, तर हँसिया–हतौडामा भोट हाल्दिनँ भन्नुभयो भने, मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ, तर देश दुर्घटनामा पर्ने खतरा छ । खासमा उनी भरतपुरमा छोरीलाई जिताउन, त्यही आधारमा तौल बढाउन र संसदीय निर्वाचनमा आयातनसमेत फैलाउन चाहन्छन् । आफू, आफ्ना सन्तान वा आफ्नो दलले चुनाव हारेमा देश दुर्घटनामा पर्छ भन्नु प्रचण्डको घोर आपत्तिजनक अभिव्यक्ति हो जसले दुनियाँको सुरुवात र अन्त्य आफ्नै शक्तिबाट हुन्छ भन्ने घनघोर भ्रम पाल्छ । तर प्रचण्डले बुझ्नुपर्ने तथ्य के हो भने, भोलि संसदीय निर्वाचनमा उनी आफैँले त्यही चितवनबाट हारे र झोक छुटेर काशी गइदिए भने पनि देशलाई कुनै क्षति हुने छैन, देश अविराम चल्नेछ । किनभने जवाहरलाल नेहरूपछि भारत, माओत्सेतुङपछि चीन, नेल्सन मण्डेलापछि दक्षिण अफ्रिकाको जीवन अनवरत चलिरहेको छ । प्रचण्ड नभए पनि यो मुलुक मजाले चल्छ, यसमा कुनै शंका गर्नु पर्दैन ।
    देशले प्रचण्डकी छोरीको मात्र चिन्ता नगर्न सक्छ । त्यसले प्रचण्डको राजनीतिक यात्रा दुर्घटनामा पर्न सक्छ, तर त्यसको जवाफदेहिता चितवनको काँग्रेस, नेपालको काँग्रेससँग माग्न मिल्दैन । त्यसको जवाफ खोज्ने हो भने प्रचण्डले भरतपुरका काँग्रेसका दैला–दैलामा होइन, खुमलटारस्थित आफ्नै निवासको कोठा–चोटामा खोज्नुपर्छ ।
    त्यही दिन डडेलधुरामा प्रधानमन्त्री पत्नी राणाले मतदातालाई तर्साउँदै भनिन्, ‘हामीले जित्यौँ भने शेरबहादुर दाइ, आरजु भाउजूलाई फोन गरेर समस्या भन्न सक्नुहुन्छ, तर जहाँ काँग्रेसको मेयर नै हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ ? कसले पैसा पठाउने ? देउवा शासनमा आएदेखि लगातार छ पटक विजयी भएकाले होला, आरजुलाई मतदाता बधुवा दास लागेका हुन सक्छन् त्यसैले कैलाली झरेर स्थानीय तह निर्वाचनपछि ५ र ६ जना युवालाई मलेसिया पठाइदिने प्रलोभन पनि वितरण गरिन् । आरजु, जसको परिवार तीन दशकदेखि राज्यशक्तिको केन्द्रमा छ, उनले आफ्नै निर्वाचन क्षेत्रका बेरोजगार युवालाई जम्मा गरेर बिनासंकोच भन्दै छिन् , मलाई कसैले कोटा दिन्छु भनेको छ, त्यसैले केही युवालाई मलेसिया पठाउन सक्छु । आफ्ना छोरालाई बेलायतको युनिभर्सिटीमा भर्ना गराउने तर मतदाताका छोरालाई मलेसिया पठाइदिन्छु भनेर सार्वजनिक घोषणा गर्ने प्रधानमन्त्री पत्नीलाई खास देश कसको हो भन्नेमा भ्रान्ति देखिन्छ । आरजुले के बुझ्नुपर्छ भने, लोकतन्त्र र निर्वाचन भनेको साधारणजनको असाधारण शक्ति प्रदर्शन हो । फेरि, चुनावी जित नै शाश्वत हो भने डडेलधुराकै सीमावर्ती जिल्ला बैतडीबाट लोकेन्द्रबहादुर चन्द, धनकुटाबाट सूर्यबहादुर थापा र सिन्धुपाल्चोकबाट पशुपतिशमशेर जबराले त्यस्ता अभिलेख जमानामै बनाएका थिए । मतदाताको सम्मान र लोकतन्त्रको प्रवद्र्धनको इतिहासमा चन्द, थापा र जबराको अभिलेख कुन रूपमा छ ? मुख्य प्रश्न यो हो ।
    आरजु आफ्नो विषयमा सुपठित हुन सक्छिन् तर राजनीतिक रूपमा उनीजस्ता नेताले प्रौढ शिक्षा कक्षामा भर्ना लिनु आजको अपरिहार्य आवश्यकता हो । पहिलो विषय त राष्ट्रको ढुकुटी कुनै व्यक्ति, दल वा शक्तिको बपौती होइन, त्यो सर्वसाधारणले नुनदेखि सुन किन्दा तिरेको करको भकारी हो । सरकार भनेको भकारीको पहरेदार हो, अधिपति होइन । दोस्रो, हाम्रो व्यवस्थाअनुसार केन्द्रले राजस्व कमाउने र स्थानीय तहलाई खटनपटन गराउने होइन । काठमाडौँका हरेक उपभोक्ताले पिउने पानीको करमा काठमाडौँ महानगरपालिकाको स्वयंसिद्ध अधिकार छ, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उठ्ने राजस्वमा दोलखाको बिगु गाउँपालिकाको अधिकार अकाट्य छ । सगरमाथा चढ्दा विदेशीले डलरमा तिर्ने रोयल्टीमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिको अधिकार अटुट छ । हाम्रो व्यवस्थामा बजेट विनियोजन भनेको स्थानीय पालिकाले आफैँ वा केन्द्रीय संयन्त्रमार्फत उठाएर सञ्चित कोषमा राखेको रकमको बाँडफाँट हो, अनुदान होइन ।
    आरजुको भनाइ राजनीतिक रूपमा अनैतिक र कानुनी रूपमा अवैध छ, तर संघीय ढाँचाको दोहोलो काड्ने उनी पहिलो र एक्लो नेता होइनन् । यही निर्वाचनमा प्रमुख दलहरूले जसरी टिकट बाँडेका छन्, त्यो आधारमा उनीहरू संघीयताका हिमायती होइन, केन्द्रीयताका पक्षपोषक हुन् भन्ने प्रस्ट भएको छ । संघीयता भनेको अधिकार प्रत्यायोजन होइन, शक्ति बाँडफाँट हो । तर, ताप्लेजुङको सिरिजंगा गाउँपालिकादेखि दार्चुलाको महाकाली नगरपालिकासम्मको टिकट वितरण गर्न बालुवाटार र खुमलटारका पीठाधीशहरू कैंची र टिपेक्स लिएर बसे, स्थानीय तह र प्रदेशले गरेका सिफारिस विसर्जन गरिदिए । हामी लोकतन्त्र हुँदै संघीयताको अभ्यासमा छौँ, तर नेताहरूको अभ्यास पञ्यायतकालको जस्तै पश्चगामी छ । हिजो दरबारले गाउँ फर्क अभियानका नाममा जिल्ला–जिल्लामा अड्डा राखेर आमनिर्वाचनमा को उम्मेदवार बन्न पाउँछ र को पाउँदैन भनेर योग्यता निर्धारण गथ्र्ये । जनस्तरमा लोकप्रिय भए पनि दरबारको कमान्डमा रहेको गाउँ फर्कबाट नोटरी नपाउने व्यक्तिको उम्मेदवारी दर्तासमेत हुँदैनथ्यो । आज मुख्य दलका मुख्य नेताहरू लाहुरे बन्न इच्छुक तन्नेरी उठाउन आएका गल्लावालजस्ता भएका छन् र धरातलमा पार्टी बचाइरहेका कार्यकर्तालाई लाइनमा उभ्याएर मनी एन्ड मसलका आधारमा ठोकपिट गर्दै अपमानित गरिरहेका छन् ।
    हिजो पञ्चायतमा पनि स्थानीय तह थिए र जनप्रतिनिधिहरू सीडीओ र अञ्चलाधीशका घोडाका पछिपछि धूलो खाँदै म्याराथन गर्थे । जनताका सुविधाको पक्षमा निर्णय लिन उनीहरूसँग अधिकार थिएन र पूर्वाधार निर्माण गर्न बजेट थिएन । स्थानीय प्रतिनिधिसँग अधिकार नहुने र माथिको सत्तासँग जनमानसको पहुँच नहुने अवस्था अन्त गर्न संघीयता आएको हो । स्थानीय तहमा भ्रष्टाचार नभएको होइन तर यो पाँच वर्षमा कुनै पनि स्थानीय तहका प्रमुखले मलाई काम गर्ने वातावरण भएन भनेर गाउँपालिका नै विघटन गरेको समाचार हामीले सुन्नुपरेन । कुनै नगरपालिका भङ्ग भएको मुद्दामा अदालतको अमूल्य समय बर्बाद भएको देख्नुपरेन । भ्रष्टाचारको हेडक्वार्टर हिजो नारायणहिटी थियो र आज सिंहदरबार हो, जसको मुख्य शाखा कार्यालय बूढानीलकण्ठ र खुमलटारमा अपार भीडका साथ चलिरहेको छ । जनप्रतिनिधि भ्रष्ट भएकाले व्यवस्था नै फाल्ने हो भने संसद्, सिंहदरबार र बालुवाटार नै अविलम्ब विघटन गर्नुपर्ने हुन्छ । होइन, व्यक्तिको दोष भने जनताले आफ्नो ब्रह्मास्त्र प्रयोग गर्ने मौका निर्वाचन नै हो । जनतासँग विवेक छैन भनेर मान्ने हो भने, निर्वाचन र लोकतन्त्रलाई नै मिथ्या भन्नुपर्नेछ । हामीसँग विवेक छैन, हामी न्याय–अन्याय छुट्ट्याउन सक्दैनौँ, महाराजका छोरा स्वतः महाराज हुने व्यवस्था गरिबक्स्योस्, हामी आज्ञाकारी रैती बन्छौँ भनेर आधुनिक इतिहासमा कुनै पनि देशका जनताले घुँडा टेकेका छैनन् । अब पनि टेक्ने छैनन् । त्यसैले पाल्नुपर्ने संघीयता र लोकतन्त्र नै हो, फाल्नुपर्ने नेताहरूको हुकुम प्रमाङ्गी हो । जनताले मति प्रयोग गरेर मत दिने बेला यही हो ।

  • नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

    नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

    धन लामा,कनेक्टिकट

    नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन ) युएसए प्रमुख आयोजक र कनेक्टिकट राज्यमा भएका नेपालीहरु आवद्ध विभिन्न संघ संस्थाहरु (NRNA CT Chapter, HCEC Lions club, WHL Lions club, SNA Branford) को सह आयोजनामा यही अप्रिल २४ तारिख आइतवारका दिन कनेक्टिकटको इतिहासमा नै पहिलो पटक नेपाल डे समारोह तथा परेड सम्पन्न भएको छ ।

    स्थानीय समाजमा नेपाली-अमेरिकन समुदायको पहिचान, विभिन्न नेपाली भेषभुषा, सँस्कृति र बाजागाजा सहितको बलियो उपस्थिति रहेको सो समारोहमा सबैले आ-आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान पुर्याएका थिए ।

    कनेक्टिकटको West Hartford लगायत विभिन्न शहरहरु Branford, Storrs, Windsor locks र अन्य Town बाट समेत आ-आफ्नो भेषभुषा सहित कार्यक्रममा ठूलो संख्यामा नेपालीहरू सहभागी भएका थिए ।

    उक्त दिनमा नेकोनको विशेष पहलमा West Hartford Town Mayor Ms. Shari G Cantor द्वारा अध्यक्ष नारायण पौडेललाई Proclamation letter हस्तान्तरण गरिएको थियो भने स्थानीय नेपाली बासिन्दाहरूको सम्मानमा West Hartford town ले officially आफ्नो प्राङ्गणमा अमेरिकी झण्डा संगै नेपाली राष्ट्रिय झण्डा पनि कनेक्टिकटको इतिहाँसमा पहिलो पटक फहराएको थियो ।

    कार्यक्रममा नेकोनको निमन्त्रणामा अमेरिकाको न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत महामहिम बिष्णु प्रसाद गौतम, वेस्ट हार्टफोर्ड Town Mayor Shari G Cantor, State Reps Kate Farrar र RTM Branford श्री राम चन्द्र श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो ।

    त्यस्तै गरी यस कार्यक्रमलाइ सफल बनाउन महत्वपुर्ण भूमिका खेल्ने नेकोन उपाध्यक्ष तथा यस कार्यक्रम उपसमितिका संयोजक श्री रघुनाथ गिरी तथा सदस्यहरु , नेकोनका पदाधिकारीहरु, NRNA CT chapter का अध्यक्ष श्रीमती मुना तिवारी, HCEC lions club का अध्यक्ष श्री प्रकाश ठाकुर, WHL lions club का अध्यक्ष श्री नरेन्द्रदेव पन्त, SNA Branford का अध्यक्ष श्री पूर्ण लिम्बु लगायत उपस्थित समस्तजन प्रति नेकोन कार्यसमितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

    यस कार्यक्रमको प्रत्यक्ष प्रसारण नून चिनी पानी-अमेरिकाको अभियन्ता संचारकर्मी श्री अर्जुन दाहाल, चिया नास्ताको निशुल्क व्यवस्था इश्वरी आचार्य, कल्पना दाहाल कार्की, माया अर्याल र टेस्ट अफ इंडियाले गरेको थियो भने कार्यक्रमको MC रुपेश पराजुली र साँस्कृतिक झाँकीमा सहभागीहरुको फोटोग्राफी एवम समाचार सम्प्रेषणमा सहयोग नेकोनका मिडिया को-अर्डिनेटर धन लामा रहेका थिए ।

  • नयाँ उचाइमा नेपाल—अमेरिका सम्बन्ध

    नयाँ उचाइमा नेपाल—अमेरिका सम्बन्ध

    बीके नेवा, न्युयोर्क

    नेपाल र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ । सन् १९४७ मा नेपालको अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसै सन्दर्भमा अमेरिकी संसदीय टोलीले नेपाल भ्रमण गरेर द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिएको छ । नेपालले अमेरिकी मिलेनियम सहयोग एमसीसी पास गरेर लगानीका लागि विश्वासको वातावरण बनाएको छ ।
    विश्वको महाशक्ति राष्ट्र अमेरिकासित सम्बन्ध सुमधुर बनाउनु नेपालजस्ता विकासशील राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । नेपालको आर्थिक विकासका लागि ठूलो मात्रामा विदेशी सहयोग आवश्यक छ । त्यसका लागि लगानीमैत्री वातावरण बनाउन जरुरी छ । एमसीसी सम्झौता गरेको ३१ महिनापछि नेपालको संसद्बाट यो सम्झौता पारित भएको हो । समयमै एमसीसी पास नहुँदा विभिन्न खाले आशंका उत्पन्न भएको थियो । सम्झौता पारित गरेर नेपालले ठूलो कूटनीतिक उपलब्धि हासिल गरेको छ ।
    प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष सक्रियतामा एमसीसी पास भएसँगै नेपाल र अमेरिकाबीच नयाँ विश्वासको वातावरण बनेको हो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि अहिलेसम्म अमेरिकाले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग दिँदै आएको छ । अमेरिकी सहयोग र समर्थनले नेपाललाई ठूलो टेवा पुगेको छ । नेपाल र अमेरिकाबीचको सम्बन्ध सुधार गर्न बेलाबेलामा द्विपक्षीय भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
    पहिलोपटक औपचारिक भ्रमणमा नेपाल आउने अमेरिकी अधिकारी जर्ज आर मेरेल हुन् । त्यसबेला भारतको दिल्लीस्थित अमेरिकी दूतावासमा चार्जे डि’अफेयर रहेका मेरेल सन् १९४५ नोभेम्बर १६–२२ मा नेपाल आई तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबरासमक्ष दोस्रो विश्वयुद्धमा नेपालका गोर्खा सैनिकले बेलायती सेनाका तर्फबाट पु¥याएको योगदानको कदरस्वरूप अमेरिकी सेनाको लेजन अफ मेरिट चढाएका थिए ।
    त्यसअघि सन् १९४४ मा नयाँ दिल्लीबाट फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनमा कार्यरत एन्ड्रयु कारी नेपाल आएका थिए । त्यस्तै सन् १९४५ मा फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनकै ह्यारी विट र अमेरिकी सेनाका लेफ्टिनेन्ट अल्फ्रेड ब्राउन वाणिज्य सम्बन्ध स्थापनाका लागि छलफल गर्न नेपाल आएका थिए । सन् १९४५ मा अफगानिस्तानका लागि अमेरिकी मिनिस्टर कर्नेलियस वान एच इन्गर्ट नेपाल आएका थिए भने कलकत्ताका भाइस कन्सुल हेलेन निकोल्स १९४६ मा आएका थिए । इन्गर्ट र निकोल्स दुवै बेलायती मन्त्रीको पाहुनाको रूपमा यहाँ आएका थिए ।
    अमेरिकामा पहिलो नेपाली अधिकारीको भ्रमण चाहिँ सन् १९३९ को अन्त्यतिर भएको थियो । लण्डनस्थित नेपाली मन्त्री जनरल कृष्ण राणा घर फर्कने क्रममा अमेरिका हुँदै आएका थिए । उनका उत्तराधिकारी जनरल सिंह राणा १९४५ को अन्त्यतिर अमेरिका पुगेका थिए । सन् १९४६ को गृष्म ऋतुमा कमान्डिङ जनरल बबरशमेशर जबराको नेतृत्वमा अमेरिकी विदेश र सामरिक मन्त्रालयहरूको पाहुना भई गएको नेपाली मिसनले केही हप्ता अमेरिकामा बिताएको थियो । उक्त टोलीले जुलाई २५ देखि अगस्ट १ सम्म वासिङ्टनको भ्रमण गरेको थियो ।
    सन् १९४७ मार्च २२ तारिखमा विदेश मन्त्रालयले नेपालका लागि एक विशेष कूटनीतिक मिसन पठाउने घोषणा गरेको थियो । मिसनमा जोसेफ इकोनोमिक अफेयर्स काउन्सेलर, नयाँ दिल्ली, रेमन्ड ए हेयर, विलियम सी जोन्स्टन जुनियर प्रमुख सार्वजनिक मामिला अधिकारी, नयाँ दिल्ली, लेफ्टिनेन्ट कर्नेल नथानियल आर हास्कट सहायक सैनिक सहचारी, नयाँ दिल्ली, जे जेफर्सन जोन्स तृतीय भाइस कन्सुल, बम्बई, र चाल्र्स डब्लू बुथ भाइस कन्सुल, कराँची सम्मिलित थिए ।
    स्याटर्थवाइट अमेरिकी राष्ट्रपतिको व्यक्तिगत प्रतिनिधिका रूपमा मिनिस्टर स्तरीय हैसियतमा नेपाल मिसनमा आएका थिए । उनी अप्रिल १३ तारिखमा काठमाडौँ आइपुगेका थिए र अप्रिल २१ मा उनले राजा त्रिभुवनलाई अमेरिकी राष्ट्रपति ह्यारी एस टुम्यानको पत्र चढाएका थिए । यसरी अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो ।
    सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खोलेको थियो, साथै अमेरिकी नागरिकप्रति गरिने व्यवहारको मापदण्ड स्थापित गर्दै भविष्यका वाणिज्य सम्बन्धहरूमा पक्षपातरहित व्यवहार अपनाइने नीति अवलम्बन गरेको थियो ।
    त्यही दिन गरिएको अर्को सहमतिले भारतका लागि अमेरिकी राजदूतलाई नेपालका लागि पनि मिनिस्टर तोकेको थियो । त्यस्तै, नयाँ दिल्ली र कलकत्तामा भएका अन्य कर्मचारी पनि नेपाल हेर्नेगरी तोकिएका थिए । त्यसैगरी नेपालले पनि वासिङ्टनमा चार्जे डि’अफेयरको नेतृत्वमा नेपाली लिगेसन र न्यूयोर्कमा कन्सुलेट स्थापना गर्ने सहमति भएको थियो ।
    स्याटर्थवाइटले नेपालमा मिसन खोल्ने कुराको वर्णन गर्दै ‘मिसन टु नेपाल’ लेखेका थिए जुन अमेरिकन फरेन सर्भिस जर्नलको अगस्ट १९४७ को अंकमा पृष्ठ ८–१०, ३२–४० मा प्रकाशित भएको थियो । उनका अनुसार त्यस बेला विदेशीहरू तत्कालीन प्रधानमन्त्रीका पाहुना भएर वा उनीहरूको अनुमति लिएर मात्र देशभित्र प्रवेश पाउँथे । नेपालमा आधिकारिक मिसन हुने एक मात्र युरोपेली राष्ट्र बेलायत थियो । नेपालसँग जोडिएको कुनै पनि सीधा मार्ग थिएन । उनीहरूको मिसन यहाँ आउँदा रेल र रोडको यात्रा तय गरी अन्तिममा घोडा र खच्चर साथै डोलीमा चढेर काठमाडौँसम्म आउनुपथ्र्यो ।
    १९४८ फेब्रुअरी ३ मा अमेरिकी विदेश मन्त्रालयले नेपाल र अमेरिका दुवैले एक अर्को देशमा मिनिस्टरहरू राख्ने घोषणा ग¥यो । बेलायतका लागि नेपाली राजदूत कमान्डिङ जनरल केशरशमशेर जबराले वाशिङ्टनमा पनि नेपालको प्रतिनिधित्व गर्ने निधो भयो । उनले वाशिङ्टनमा आफ्नो ओहदाको प्रमाणपत्र सन् १९४८ फेबु्रअरी १९ तारिखमा बुझाएका थिए ।

    १९४८ मे ३ तारिखमा भारतका लागि अमेरिकी राजदूत हेनरी एफ ग्रेडीले नेपालका लागि पहिलो मिनिस्टरका रूपमा ओहदाको प्रमाणपत्र बुझाए । सन् १९५९ सम्म नेपाल हेर्ने जिम्मेवारी पाएका अमेरिकी कूटनीतिक अधिकारीहरू भारतको पनि जिम्मेवारीमा हुन्थे र त्यहीँ बस्थे ।
    १९४८ डिसेम्बर ३ मा भारतका लागि अमेरिकी राजदूत र नेपालका लागि मिनिस्टर लोय डब्लू हेन्डर्सनले काठमाडौँमा ओहदाको प्रमाणपत्र बुझाए । उनको नियुक्ति जुलाई १४ मा भएको थियो ।
    अतः नेपाल र अमेरिकाबीचको सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउनुपर्छ । अमेरिकासित असल सम्बन्ध स्थापना गरी नेपालले भरपुर फाइदा लिन सक्नुपर्छ । सानो मुलुक नेपालले सन्तुलित परराष्ट्र सम्बन्धबाट मुलुकलाई हित हुने काम गर्नुपर्छ । यसैमा नेपालको भलो हुन्छ ।

  • ढुक्क हुनुहोस् नेपालको अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने छैन

    ढुक्क हुनुहोस् नेपालको अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने छैन

    सरोज सिग्देल, टेक्सस

    कोरोना महामारी पश्चात थलिएको विश्व अर्थतन्त्रमा युक्रेन र रसियाको युद्धले अझै अस्थिर बन्दै गइरहेको छ । पेट्रोलियम पदार्थमा भएको व्यापक मूल्यवृद्धिका साथै श्रीलंका र पाकिस्तान जस्तै पो भई हाल्ने होकि भनेर नेपालीहरुलाई मनौबैज्ञानिक हिसाबले त्रास सिर्जना गरिरहेको अवस्थामा राष्ट्र बैंक गभर्नरको निलम्बन समाचारले के साँच्चै नेपाल पनि आर्थिक संकटको संघारमा त छैन ? भन्ने कुराले चर्चा पाउन थालेको छ । अर्थशास्त्रीहरु पनि यही बिषयलाई लिएर बहसमा गम्भीर बहसमा उत्रिने गरेका छन् ।
    एसियलन डेभलपमेन्ट बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ जबकि आर्थिक वर्ष ०७६-०७७ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक भएको थियो । यसैगरी नेपालको मुद्रास्फिति चालु आर्थिक वर्ष ६.५ प्रतिशतको सीमाभित्रै रहने छ । सन २०२० मा ६.२ प्रतिशत रहेको मुद्रास्फिति गत आर्थिक वर्ष ३.६ प्रतिशतमा खुम्चिएको थियो ।

    हाल बैंकहरूमा तरलता अभावका कारण मागअनुरूप ऋण दिने सक्ने अवस्थामा छैनन्। विदेशी मुद्रा सञ्चिति छ–सात महिनाको आयात धान्न सक्ने स्थितिमा झरेको छ। रेमिटेन्स आम्दानी पनि स्थिर रहँदै आएको छ, कुनै कुनै महिना त रेमिटेन्स वृद्धिदर घटेको देखिन्छ यसका साथै ऊर्जा संकट,मूल्यवृद्धि, अमेरिकी डलरको खरिददर मा आएको वृद्धि , तेलको मूल्यमा अनिश्चिता ले गर्दा विश्वमा नै अर्थतन्त्र अनिश्चय भएको त्यसको प्रभाव नेपालमा पनि पर्ने स्वभाविकै हो ।

    श्रीलंकाको आर्थिक संकट कारण हरुकासंग तुलना गर्दा
    श्रीलंकाको आर्थिक सङ्कट उनको मुख्य कारण छोटो समयलाई लिएको बैदेशिक ऋण र पर्यटनमा आधारित अर्थतन्त्र जुन कोरोना महामारीका कारण पूर्णरुपमा प्रभावित हुनपुग्यो तर नेपाली अर्थतन्त्रको चरित्र अलिकति फरक छ ।
    श्रीलंकाको कुल ग्राहथ्य उत्पादन(जीडिपी)को केबल ८-९ प्रतिशत कृषिले ओगटेकाे छ भने नेपालमा कुल ग्राहथ्य उत्पादन अहिले पनि २५-२६ प्रतिशत कृषिले ओगटेकाे छ दूध, माछा-मासु,अण्डा लगायत अन्य केही कृषिजन्य उत्पादनमा आत्मनिर्भर समेत भइसकेको छ ।
    श्रीलंकाकाे अर्थतन्त्रमा १६-१७ प्रतिशत पर्यटनले याेगदान गरेकाे छ नभने यसको तुलनामा नेपालको केही कम नै छ ।श्रीलंकालाई छोटो समयका का लागि लिएको बैंक लोन अहिले गलाको पासो बन्न पुगेको छ तर नेपालको यस्तो अवस्था छैन । रेमिटयान्स पनि श्रीलंकाको मुख्य आम्दानीको श्रोत हो जुन पछिल्लो समय निकै प्रभावित हुन पुग्यो यसका साथै चुलिँदो मूल्यबृद्धि र बढ्दो विदेशी ऋणका कारण त्यहाँको अर्थतन्त्र खस्किँदै गएको छ भने, तर नेपालको अवस्था यो भन्दा निकै फरक छ । नेपालको लागि सबैभन्दा राम्रो पक्ष भारतीय मुद्रासँगको स्थिर बिनिमय दर पनि हो।


    बढ्दो व्यापार घाटा र बिदेशी मुद्राको सञ्चिति अहिलेको मुख्य समस्या हो तसर्थ :
    १) कृषि क्षेत्र मा लगानी वृद्धि गरी प्रतिस्थापन गर्दै आत्मनिर्भर उन्मुख हुने ।
    २) पर्यटन क्षेत्रलाई रोजगारी सृजना र बैदेशिक मुद्रा भित्र्याउने माध्यमको रुपमा विकास गर्ने।
    ३) अहिले मौद्रिक नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने।
    ४) बैधानिकरुपमा रेमिटान्स भित्र्याउने गएर वैदेशिक रोजगारीमा रहेकाहरूलाई विशेष सुविधा प्रदान गर्ने । उदाहरणको लागि करमा छुट, महसुल दर मा छुट, का साथै शेयरको प्रारम्भिक निष्कासन मा कोटा छुट्याउने भनी ल्याइएको प्रस्तावलाई प्रभावकारीरुपमा कार्वान्वयन गर्ने ।
    ५) अत्यावश्यक बाहेकका व्यापारीका बस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगरिने व्यवस्था लागू गर्ने ।
    ६) नेपाल भ्रमण वर्ष जस्ता कार्यक्रमलाई कार्यक्रमहरूलाई आगामी वर्षको लागि घोषणा गरी सञ्चालनमा ल्याउने ।७) नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई भिसा तथा नवीकरण शुल्क, प्रवेश शुल्क, रोयल्टी जस्ता भुक्तानी तथा सेवाहरू तत्कालै अनलाइन माध्यमबाट सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउने ।
    ८) पुजिगत खर्चमा वृद्धि गरी तत्कालको तरलता अभावलाई सहजीकरण गर्ने ।
    ९) विद्युतको घरेलु उपयोग बढाउन महशुल घटाउने तथा घरेलु विद्युतीय उपकरण इन्डक्सन चुल्हो, हिटर, कुकर आदीको खरिदमा अनुदान प्रदान गर्ने, एलपी ग्यासमा रहेको अनुदान तत्काल खारेज गर्ने ।
    १०) विलासिताका बस्तुहरु टेलिभिजन, मोबाइल सेट, मदिरा लगायतका विलासिताका सामानको आयातलाई भन्सार तथा करका माध्यमबाट नियन्त्रण गर्ने ।

    पछिल्लो दशकमा नेपालमा जलविद्युत परियोजनाहरु, पूर्वाधार विकास, स्वास्थ, शिक्षा र बैंक तथा वित्तीय क्षेत्रमा ठूलो लगानी वृद्धि हुनु, कोरोना महामारी का कारण वैदेशिक रोजगारी र रेमिटान्स गिरावटले गर्दा केही
    तरलता संकट भएतापनि भविष्यमा यसले सकारात्मक प्रभाव पार्दै आर्थिक उन्नतिको बाटोमा अग्रसर हुने कुरामा कुनै दुई मत छैन खर्च कम गर्नेतिर मात्र होइन कि विदेशी मुद्रा भित्र्याउने तर्फपनि लाग्यो भने हामी अझै श्रीलंकामा नै पुग्ने अवस्थामा पुगिसकेका छैनौं ।
    श्रीलंकाको वर्तमान अवस्थाबाट पाठ सिक्दै, नेपालले आफ्नो अर्थतन्त्रलाई सच्याउने एक ठूलो अवसर पाएको छ तसर्थ खर्च कम गर्नेतिर मात्र होइन कि विदेशी मुद्रा भित्र्याउने तर्फपनि लाग्यो भने हामी अझै श्रीलंकामा नै पुग्ने अवस्थामा पुगिसकेका छैनौं ।


    (लेखक नेपाली समाज टेक्सासका कार्यकारी, आर्थिक कार्य समिति संयोजक का साथै आधारभूत विश्लेषक पनि हुन्।)

  • नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

    नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

    धन लामा, कनेक्टिकट

    कनेक्टिकट नेपाली समाज, नेकोन-युएसएले गत अप्रिल १७ तारिखमा “वार्षिक मुखपत्र कनेक्टिकट चौतारी” को विमोचन नयाँ वर्ष २०७९ को स्वागत सहित मनायो ।

    कोरोनाको विश्वव्यापी महामारीपछि “कनेक्टिकट नेपाली समाज, नेकोन युएसएले मनाएको यो नै वृहत कार्यक्रम हो । करिव ३०० जना कनेक्टिकटबासी नेपालीहरुको उपस्थितिमा मनाईएको सो नयाँ वर्ष कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो। कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि तथा अतिथिहरुबाट संस्थाको मुखपत्र कनेक्टिकट चौतारी विमोचन गरिएको थियो भने, कार्यक्रमको दोस्रो चरणमा अतिथी कलाकारहरु वरिष्ठ गायिका कुन्ती मोक्तनको गायन, वरिष्ठ संगीतिकार शिला बहादुर मोक्तानको गायन, न्यूयोर्कका चर्चित नृत्यांगना बसन्ती राईको नृत्य तथा गायन र अन्य स्थानीय कलाकारहरु गायिका पुस्ताका खड्का, गायक तथा संगीतकर्मी केशव शर्मा दाहाल, साँस्कृतिक कार्यक्रम संयोजक रोमी योञ्जनको गायन, शंभी आचार्य, प्रकृति गिरी, प्रसंशा अर्याल, जेनी योञ्जन, रिदिमा खतिवडा, कुसुम कार्की, रिहाना घिमिरे, डोना गुरुङ र बाल-कलाकारहरु निश्चल दाहाल, कुशल दाहाल लगायतका सांगीतिक र नृत्य प्रतुतिहरु रहेका थिए ।

    महामारी पछिको विशाल कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित गायिका कुन्ती मोक्तानको प्रस्तुतिमा सम्पूर्ण सहभागीहरु झुमेर नाँचेका थिए। साँस्कृतिक कार्यक्रमको अन्त्यमा डिजे जाङ्गबु को डिजे म्युजिकले विश्वव्यापी महामारीको पिडालाई केही समयको लागि भए पनि राम्ररी भुलाएको थियो ।

    नेपाली र अमेरिकी राष्ट्रिय गाना बजाएर शुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका कायम मुकायम महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले पानसमा बत्ति बालेर औपचारिक रुपमा शुभराम्भ गरि सकेपछि नयाँ वर्ष २०७९ को शुभकामना दिनु हुँदै वर्तमान परिप्रेक्षमा नेपाललाई विदेसिएका नेपालीहरुको अझ बढी माया र सहयोगको जरुरत रहेको बताउनु भयो । त्यस्तै गरि महावाणिज्यदूतावासबाट प्रदान गरिने सेवाहरु छिटो छरितो र प्रभावकारी बनाउन आफू प्रतिवद्ध रहेको जानकारी दिनु भयो ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र अतिथिहरु एनआरएन कनेक्टिकट च्याप्टरका अध्यक्ष मुना तिवारीले नयाँ वर्ष २०७९ को उपलक्षमा शुभकामना मन्तव्य दिनु भएको थियो भने कनेक्टिकट चौतारी २०७९ का प्रधान सम्पादक पंकज पनेरुले मुखपत्र प्रकाशनले नेपाली समाजलाई दिएको सम्भावना र अवसरको बारेमा बोल्नु भएको थियो ।

    संस्थाका वर्तमान अध्यक्ष नारायण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको औपचारिक सत्रको संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु थियो भने साँस्कृतिक कार्यक्रमको संचालन सानुमाया महर्जन र पंकज पनेरुले गर्नु भएको थियो । अन्त्यमा संस्थाका अध्यक्ष नारायण पौडेलले सम्पूर्ण कनेक्टिकट निवासी तथा स्वदेश र विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

    कार्यक्रममा नयाँ आजीवन सदस्य हिक्मत ब. थापा, कनेक्टिकट चौतारी २०७८ का सम्पादक तथा मिडिया कोअर्डिनेटर धन लामा, कनेक्टिकट चौतारी २०७९ का सम्पादक पंकज पनेरु, नयाँ वर्ष तथा बुद्ध जयन्ति संयोजक रोमी योञ्जन, नेपाली भाषा विद्यालय संयोजक दिपेश भट्ट, सम्मर पिकनिक संयोजक तेजेस बि. मल्ल, दशैं भलिबल संयोजक रिंकु श्रेष्ठ, तिहार कार्यक्रम संयोजक कुलदिप अधिकारी, कोभीड-१९ सहयोग तथा रक्तदान कार्यक्रम संयोजक संजय पन्त, पार्क रोड परेड संयोजक नारायण मिश्र, भानु जयन्ति संयोजक लक्ष्मी बजगाईं र दशैँ कार्यक्रम संयोजक बालकृष्ण कार्की लगायतलाई प्रमुख अतिथीको हातबाट प्रशंसा पत्र प्रदान गरिएको थियो।

  • नेपालको आर्थिक संकट र एनआरएनप्रति राज्यको व्यवहार

    नेपालको आर्थिक संकट र एनआरएनप्रति राज्यको व्यवहार

    प्रभात भट्टराई, अमेरिका

    केही दिन अघि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको भाइरल भनाइ मिडियामा आयो- ‘विदेशमा बस्ने आमा बुबा दाजुभाइहरुलाई नमस्कार साथ अनुरोध गर्न चाहन्छु की नेपालमा डलर खाता खोलेर विदेशी मुद्रा जम्मा गरिदिनुहोस्, देशको लागि केही कन्ट्रीब्युट गर्ने अवसर हो यो ।’
    नेपाल अहिले आर्थिक संकटको जोखिममा छ । विदेशी मुद्रा सञ्चिती घटेको छ । व्यापार घाटा बढेको छ । विदेशी मुद्राको मुख्य स्रोतको रुपमा रहेको विदेशमा बसेका नेपालीहरुले कमाइ गरेर पठाउने रेमिट्यान्सको बृद्धिदर सन्तोषजनक छैन । दक्षिण एसियाकै छिमेकी देश श्रीलंकामा बिदेशी मुद्राको चरम संकट हुँदा सर्वसाधारणले पेट भरि खान नपाएको खबर आइ रहेका बेला नेपाली अर्थतन्त्र माथि मडारिएको जोखिमको बादलले नीति निर्माताहरुलाई चिन्तित बनाउनु स्वाभाविकनै हो ।
    डेपुटी गभर्नर मिश्रको आग्रहलाई त्यही रुपमा बुझ्न सकिन्छ । तर, हात जोडेका भरले लगानी आइदिने भए श्रीलंकाको हालत त्यहाँ पुग्थ्यो होला ? श्रीलंकनहरु पनि हामीजस्तै झुकेर नमस्कार गर्छन् कसैप्रति सम्मान दर्शाउँदा । त्यो विनम्रताले उनीहरुको देश टाट पल्टिने अवस्थामा पुग्नबाट बचाएन र हामीलाई पनि बचाउनेवाला छैन । डलरमा खातानै खोलि सकेपछि नेपालमा केही न केही गर्छु भन्ने सोचेरै विदेशमा बस्ने नेपालीहरुले निर्णय लिएका हुन्छन् । आफुले लगानी स्वरुप लगेको रकमको सुरक्षा र आत्मसम्मान स्थायी रुपले विदेशमा बसाइँ सरेका नेपालीहरुको अपेक्षा हो । राज्यले आफ्नै दाइ भाइ दिदी वहिनीलाई हात जोड्ने दुःख गरि रहनै पर्दैन उनीहरु अटाउने गरि नीति बनाइदिए पुग्छ ।
    नेपालको संविधानले विदेशको नागरिकता लिएका नेपालीहरुका लागि गैर आवासीय नेपाली नागरिकताको प्रत्याभूती गरेको छ । तर, संविधान बनेको साढे छ बर्ष नाघिसक्दा पनि उक्त व्यवस्था कार्यान्यनबारे ठोस प्रगति छैन । संसदमा लगिएको नागरिकता विधेयकलाई दलहरुको भोट राजनीतिको माध्यम बनाइएको छ । अगाडि बढाइएको छैन । यो परिदृश्यमा आफ्नो मातृभूमीमा केही गर्ने सोचाइ भएकाहरु दोधारमा पर्नु स्वाभाविक हो ।
    नेपाली नागरिकता निरन्तरता एनआरएनहरु संगठित हुनुको पहिलो आधार थियो र अहिले पनि विश्वभर छरिएर रहेका नेपालीहरुलाई यही भावनाले एउटै मालामा गाँसीरहेको छ । काम, अवसर या वाध्यताले विदेशिँदा र त्यहाँको नागरिकता लिने अवस्थामा पुगेकै भरले आफु जन्मेको माटो पराई हुन नसक्ने यथार्थ एनआरएनहरुले पटक पटक पुष्टि गरि सकेका छन् । जब जब नेपाललाई दुख्छ विदेशमा रहेका नेपालीको छाती चिरिएको छ । महा भूकम्पमा होस् या कोरोना महामारीमा विदेशमा रहेका नेपालीले सक्दो हैंसे गरेर मातृभूमीप्रतिको सद्भाव दर्शाएका छन् । यस्ता कुनै पनि संकटमा राज्यले विदेशमा बस्ने नेपालीलाई नमस्कार गर्नु परेन । आफैँ सकेको सहयोगको पोको लिएर स्वदेश फर्किए ।
    विदेशमा रहँदा सबैभन्दा धेरै सम्झना आउने भनेकै आफ्नो माटो हो । जब विदेशमा पसिना बगाएर केही रकम जम्मा हुन्छ जो कोही नेपालीको मनमा एउटा कुरा खेल्छ- यो पैसा नेपालै लगेर केही गर्न पाए हुन्थ्यो । व्यवसायको लत र मेसो नभएकाहरु पनि कम्तिमा एउटा घडेरी भए पनि जोडौँ न भनेर मरिमेट्छन् । तर, मेहनतको कमाइ आफ्नै भविश्यका लागि लगानी गर्ने बेलामा भावनात्मक नाताले मात्र भने पुग्दैन । मान्छेले धेरै कोणबाट सोच्छ । त्यो पैसाको सुरक्षा, प्रतिफलसँगै एक लगानीकर्ताको रुपमा आफ्नो पहिचानसम्मको खोजि गर्छ ।
    संविधानले गैर आवासीय नेपाली नागरिकताको रुपमा त्यही पहिचानलाई प्रत्याभूतीको ग्यारेन्टी गरेको हो । तर त्यसलाई कार्यान्वयनमा लैजानु साटो झन् बिलम्ब र अलमल गरिँदा बढेको संशय नमस्कार गरेका भरले हट्दैन ।
    सबैलाई थाहा छ विदेशमा अस्थायी श्रमिकको रुपमा गएका नागरिकहरुले पठाएको पैसाले सधैँ देश चल्न सक्दैन । खाडी क्षेत्र र मलेसिया लगायत गन्तव्यमा जनशक्ति माग घट्ने वित्तिकै हाम्रो रेमिट्यासको आधार खलबलिन्छ । त्यससँगै अर्थतन्त्रको जग हल्लिन थाल्छ । अहिले भएको त्यही हो । गत बर्ष कोभिड उत्कर्षमा रहेका कारण एकातिर श्रम बजारबाट माग भएन भने लकडाउनले गर्दा छुट्टिमा फर्किएका कामदारहरु पनि जान सकेनन् । अन्ततः अहिले रेमिट्यान्सको ग्राफ ओरालो लाग्यो । पछिल्ला महिनाहरुको तथ्यांक हेर्दा फेरी काम गर्न विदेशीनेको संख्या बढ्न थालेको छ । यसले केही समय पछि रेमिट्यान्स बढाउन मद्दत गर्छ । जब सहज हुन्छ त्यसबेला अहिले नमस्कार गर्न तम्तयार हातमा फेरि दम्भ भरिन्छ । यो सहजता क्षणिक हो भन्ने यथार्थ पटक पटक बिर्सिइएको तथ्य हामी भुल्न सक्दैनौँ ।
    जति अस्वीकार गरे पनि नेपालका लागि अमेरिका, क्यानडा, युरोप एवं अष्ट्रेलिया लगायत मुलुकमा स्थायी बसोबासको मनसायले गएका नेपालीहरुले पठाउने रेमिट्यान्स सबैभन्दा दिगो र भरपर्दो हुनसक्छ । पछिल्लो समय यी देशबाट बढेको रेमिट्यान्सले त्यसको संकेत पनि गरि सकेको छ । किनभने यी देश जाने नेपालीको संख्या निरन्तर बढ्दो मात्र छैन कमाइ पनि राम्रो छ । अझ कतिपय नेपालीले त्यहीँको ब्यापार व्यवसायमा हात हालेर धन आर्जनको गुणात्मक बाटो अवलम्बन गरि सकेको अवस्थामा लगानी प्रवर्धनका उपायप्रति नीति निर्माताले ध्यान केन्द्रित गर्नु पर्ने हो । एकैपटक ठूलो परिमाणमा लगानी गर्न नसक्नेहरुलाई केन्द्रमा राखि पूँजी बजार मार्फत स-सानो लगानी आकर्षित गर्न सकिन्छ । तर, सरकारले न्यूनतम लगानीको सीमालाई ५० लाखबाट बढाएर पाँच करोड पुर्याएको छ ।
    यस्ता नीतिगत व्यवस्थामा सुधारसँगै संविधानले सुनिश्चित गरेको आर्थिक, सामाजीक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रवाहमा ढिला नगरे ‍विदेशमा बसेका नेपालीहरुमा अपनत्वको भावना जागृत हुन्छ । नेपालमा लगानी गर्दा होस् या अरु कुनै गतिविधी विदेशीको रुपमा नभइ नेपालीकै रुपमा व्यवहार हुन थाल्यो भने नेपाली अर्थतन्त्रमा गुणात्मक प्रभाव विदेशमा बस्ने नेपालीहरुले पार्न सक्छन् ।

  • सहमत

    सहमत

    किशनसिॅह धामी, न्युयोर्क

    तिम्रो सहमतिमा
    तिम्रै भारी बोक्ने चाहनाले
    तिमीले हिडने बाटोमा
    तिमीलाई खोज्न गएको थिए
    त्यो तिम्रो सहरमा ।
    सहर !
    तिमीले नाप्न त नापेकै थियौ,
    जोख्न पनि जोखेकै थियौ
    किलो, ग्राम र पाउण्डले होइन
    ईन्च, फुट र मिटरले पनि होइन
    पत्र-पत्र भित्र लुकाएको
    पुरानो त्यो अथाहा सम्पति
    तोला, छटाक, नाली, माना, पाथी र सेरले
    जोखेको होइन र ?
    बित्ता, हात र औंलाले नापेको होइन र ?

    त्यो ठुलो आगनको
    लम्पसार परेको गुद्री माथि
    सेतो फरिया बिछ्याएर
    तिमीले भित्र्याउॅन लागेको नयाँ बाली
    सामुन्ने बसेर भरेको होइन र ?
    औंलाका गाठाहरू भाँचिने गरी
    ओल्टाई पल्टाई,
    जिब्रोले औला चिसो पारी पारी
    गनेको होइन र ?

    लिने र दिने सहमतिमा
    तिम्रो ईमान्दारिता
    तमसुक बनेको थियो,
    तिमीले बेइमानी लुकाउन
    कयौं हातका औंठाहरु
    साँची राखेका थियौ ।
    तर
    तिम्रा कोमलताका स्वार्थहरू
    मुटु भाँचिने गरी
    म अस्ताएपछि
    तिम्रा अक्षरहरू उदाई रहे ।

  • पतनको बाटोमा नेपाली काँग्रेस

    पतनको बाटोमा नेपाली काँग्रेस

    बीके नेवा, न्युयोर्क

    नेपाली काँग्रेसले आरोह र अवरोहका सात दशक पार गरिसकेको छ । स्थापनकालमै २००३ सालको मजदुर आन्दोलनको नेतृत्व गरेको काँग्रेसले प्रजातन्त्र प्राप्तिका लागि मुलुकमा भएका सबै आन्दोलनको नेतृत्व गरेको छ ।
    २००३ सालमा विराटनगरमा मजदुर आन्दोलन होस् वा राणा विरोधि २००७ सालको क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत संग्रह, २०४२ को सत्याग्रह अनि २०४६ को ऐतिहासिक जनआन्दोलन अनि २०६२–६३ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म काँग्रेसको विगत गर्विलो छ ।
    तर अहिले काँग्रेसको विगतलाई सम्झिएर मात्रै बस्नुपर्ने बेला आएको छ । गुटको द्वन्द्वले काँग्रेसले राणाकाल र पञ्चायतकालमा पनि पिरोलेको थियो । तर पनि विगत गौरवमय थियो । अहिले भने काँग्रेस निरीह छ , पतनको बाटोतर्फ उन्मुख छ । अहिले आफ्नो खुट्टामा उभिन नसकेर प्रचण्ड र माधव नेपालजस्ता अवसरवादी पतित नेतासित तालमेल गरेर चुनावमा जाने अवस्थामा पुगेको छ ।
    नेपाली काँग्रेस भन्न वित्तिकै प्रजातन्त्रको पर्यावाची हो भन्ने बुझिन्छ । तर कसरी भन्यो भने यसको जवाफ निकाल्न गहिरो चिन्तन मनन गर्नुपर्ने हुन्छ । सबै काँग्रेसीहरूले यो बुझ्न जरुरी छ कि नेपाली काँग्रेस भनेको आफैमा एउटा सामाजिक आन्दोलन हो । भौगलिक रुपमा आधुनिक नेपालको निर्माण जसरी पृथ्वीनारायण शाहले सुरुवात गरे त्यसैगरी सामाजिक रुपमा आधुनिक नेपालको निर्माण गराउने अवसर बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताहरुलाई प्राप्त भयो । २००७ सालको क्रान्तिभन्दा अगाडि नेपाली समाजमा सामाजिक रुपमा सबैखाले विकृति र विभेद थियो । महिलाहरुले पढ्न लेख्न नपाउने, दलितहरु विद्यालय जान नपाउने र ब्रामणहरुले हलो जोत्न नहुने जोतेमा जनै फाल्नु पर्ने अवस्था थियो । लमजुङ जिल्लाको दुरा डाँडामा २००८ साउन ११ गतेका दिन करिब २८ जना उपाध्याय ब्रामणहरुले पण्डित तोयनाथ अधिकारीको अगुवाइमा हलो जोतेर हलो क्रान्ति गरेको इतिहास नेपाली काँग्रेसको इतिहासमा बिर्सन सकिँदैन ।

    १७ हजार नेपाली मार्ने माओवादीलाई जंगलबाट सुनपानी छर्केर सदन र सरकारमा ल्याउने गिरिजाप्रसाद कोइरालाकै कारण काँग्रेस जनताको नजरमा गिरेको हो । अहिले शेरबहादुर देउवाले पनि माआवादीलाई बोकेर तालमेल गरी चुनावमा जाँदा काँग्रेसले झन जनमत गुमाई पतन हुनेछ ।”


    नेपाली काँग्रेसको जन्म सामाजिक आन्दोलनको लागि नै भएको हो र यो आन्दोलन अविच्छिन्न चलिरहन्छ । नेपाली काँग्रेसको पहिचान भनेको सहभागिता र समावेशी हो किनभने समावेशी र सहभागिताबिना नेपाली काँग्रेसको पहिचान बन्न सक्दैन । बीपी कोइरालाका पिताजी धनी व्यापारी भइकन पनि कृष्णप्रसाद कोइरालाले भएको सुखसयल मोजमस्ति त्याग गरेर राणाको विरुद्धमा लाग्ने अठोट गरे । जसको कारण ज्यान जोगाउनका लागि भारततिर पसेका हुन् । बडाकाजी रत्नमानसिंहका नाति गणेशमान सिंह जस्ता नेताहरुको जीवन सुखसयल र मोजमस्ति गरेर पनि आनन्दले बित्न सक्थ्यो तर गौतम बुद्धलाई जस्तै भौतिक सुख सुविधाले शान्ति दिन नसके जस्तै नेपाली काँग्रेसका नेताहरुलाई नेपाली जनताको अधिकारका लागि लडन पर्ने बाध्य बनायो ।
    कुनै पनि राजनीतिक दलहरुलाई चिन्न र जान्नका लागि त्यसको आदर्श के हो थाहा पाउनुपर्ने हुन्छ । नेपाली काँग्रेसको आदर्श राष्ट्रियता,लोकतन्त्र र समाजवाद हो । यसैबाट थाहा हुन्छ कि नेपाली काँग्रेसको पहिचान भनेको राष्ट्रियता बलियो बनाउने, लोकतन्त्र स्थापना गर्ने र समाजवादलाई कार्यान्वयन गर्ने दावित्व हो भन्ने कुरा कुनैपनि काँग्रेस अभिन्यताले बिर्सनु हुँदैन । हामीले कुनै पनि राजनीतिक दल माथि विश्वास र मतदान गर्नका लागि अन्य राजनीतिक दलसँग के फरक छ ? यसको उत्तर खोज्नुपर्ने हुन्छ ।
    काँग्रेस आफैमा सामाजिक जागरण आन्दोलन भएको हुँदा २००७ सालको क्रान्ति सामाजिक परिवर्तनको आन्दोलन थियो । नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसको स्थापना लगभग एकै समयमा भएको हो । २००६ सालमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्तामा नै भएको हो । १०४ वर्षे राणा शासन फालेर आधुनिक नेपालको सुरुवात गराउने कार्यमा नेपाली काँग्रेसको तुलनामा नेकपा नगन्य रुपमा नै छ । २००७ सालको क्रान्तिको नेतृत्व,२०१४ सालको भद्र अवज्ञा आन्दोलन गरी २०१५ सालको संसदीय आमनिर्वाचन गराउन राजा महेन्द्रलाई बाध्य गराउने काम, २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला भएका हुन् ।
    २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फिर्ति नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । २०३६ सालको जनमत संग्रहमा बहुदललाई जिताउने उद्देश्य नेपाली काँग्रेसको थियो । २०४२ सालको पञ्चायतको विरुद्धमा सत्याग्रह, २०४६ सालमा नेपाली काँग्रेसको नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायत फाल्ने जनआन्दोलन, माओवादीलाई वार्ता गरी जंगलबाट सहर र सदनमा ल्याउने काम पनि नेपाली काँग्रेसले नै गरेको हो । २०६२÷६३ सालको जनआन्दोलनको अगुवाई, २४० वर्षको शाह वंशीय राजतन्त्रको अन्त्य र २०७२ साल असोज ३ गते नेपाली काँग्रेसको तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको अगुवाइमा नेपालको संविधान जारी गर्ने काम पनि नेपाली काँग्रसको नेतृत्वमा भएको ऐतिहासिक प्रमाण छन् ।
    नेपाली काँग्रेसको चार तारे झण्डा भन्ने बित्तिकै यसको पहिचान आफ्नै प्रकारले बनेको छ । नेपाली काँग्रेसले फहराउने चारतारे नेपालकै झण्डा हो र नेपालकै डन्डा हो । नेपाली काँग्रेसले झण्डाको निर्माण गरी नेपाली काँग्रेसको स्थापना भएको दिन २००६ साल चैत २७ गते सार्वजनिक गरिएको हो । तीन तहमा निर्माण गरिएको झण्डाको माथि रातो, बीचमा सेतो र तल रातो छ । बीचको भागमा चारवटा ताराहरु छन् । रातो भागले अन्यायको विरुद्धमा राजनैतिक क्रान्ति गर्ने अर्थात् लोकतन्त्रको स्थापना गर्ने, बिचको सेतो भागले शान्ति र अहिंसा स्थापना गर्ने र तलको रातो भागले पुन निर्माण र रोजगारको लागि आर्थिक क्रान्ति गर्ने संकेत गरेको छ । चार वटा ताराहरु मध्य पहिलो ताराको अर्थ राजनैतिक स्वतन्त्रता, दोस्रो ताराको अर्थ आर्थिक स्वतन्त्रता,तेस्रो ताराको अर्थ धार्मिक स्वतन्त्रता र चौंठो ताराको अर्थ वाक स्वतन्त्रता र भयबाट मुक्त हो । नेपाली काँग्रेसले फहराउने चारतारे झण्डा नेपालको नेपाली काँग्रेस पार्टी बाहेक कसैले पनि प्रयोग गरेको पनि छैन र प्रयोग गर्न पनि पाउदैन । यो झण्डाले राष्ट्रियता लोकतन्त्र र समाजवादको प्रतिनिधित्व गर्दछ ।
    नेपाली काँग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवाद आज संसार भरी अनुसरण भैरहेको छ । नेपाली काँग्रेस पूर्णरुपमा लोकतन्त्र प्रति प्रतिवद्धता राख्दछ । बीपी कोइरालाको भनाइमा समाजवादमा प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्छ अर्थात् समाजवाद प्रजातन्त्र.साम्यवाद हुन्छ भने साम्यवादं प्रजातन्त्र. समाजवाद हुन्छ । नेपाली काँग्रेसको विचार भनेको वाक स्वतन्त्रता,प्रेस स्वतन्त्रता र शान्ति र अहिंसा हो ।
    नेपाली काँग्रेस नेपालको अन्य राजनैतिक दलहरु भन्दा विचारको हिसाबले,नारा र नीतिको हिसाबले मात्र नभएर इतिहास एवं संघर्षलाई अध्ययन गर्दा धेरै उच्च देखिन्छ । किनभने नेपालका मधेशवादी पार्टीले क्षेत्रीय नारा लगाउछन् भने केही जातको आधारमा खोलिएका पार्टीले साम्प्रदायिक नारा लगाउछन् । राप्रपा जस्ता पार्टीले राजाको वकालतदेखि एकल धर्मको वकालत गर्छन् भने कम्युनिस्ट विचार बोकेका दलहरु पनि झण्डा एकै किसिमको भए पनि नारा र नीति फरक फरक लगाउछन् र लोकतन्त्र प्रति पूर्ण बफादार देखिन्न । अत्यन्तै जनतालाई दिग्भ्रमित पार्ने कुरा गर्छन् । नेपाली काँग्रेसको विचारले मात्रै हिमाल,पहाडर तराईलाई समेट्न सक्छ ।
    अब प्रश्न उठ्छ नेपाली काँग्रेसको सबै कुरा राम्रो हुँदा हुँदै पनि किन जनताको मन जित्न सकेको छैन ? भन्ने यक्ष प्रश्न पनि छ । नेपाली काँग्रेस आफैमा सामाजिक आन्दोलन भएको हुँदा सबै जिम्वेवार काँग्रेसीहरु सामाजिक परिवर्तनका अभियन्ता हौँ भन्ने कुरा बिर्सेको देखिन्छ । सिद्धान्त जतिसुकै राम्रो भए पनि व्यवहार राम्रो भएन भने नेपाली काँग्रेस जनताको नजरमा ठिक देखिन सक्दैन । नेपाली काँग्रेस आफैमा लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्र भनेको आफैमा समावेशी र सहभागिता हो भन्ने कुरा काँग्रेसीहरूले बिर्सनु हुँदैन । नेपाली काँग्रेसका नेताहरु व्यक्तिगत स्वार्थको कारण नेपाली काँग्रेसको विचारलाई आफ्नो अनुकुल बंग्याएर ब्याख्या गर्न सक्छन् तर नेपाली काँग्रेसको विचार सोझो नै छ कालजायी नै हुने छ । नेपाली काँग्रेसको विचार ठिक छ भन्ने सावित गर्नका लागि काँग्रेसीहरुले व्यवहार सुधार्नु आवश्यक मात्रै होइन अनिवार्य छ ।
    १७ हजार नेपाली मार्ने माओवादीलाई जंगलबाट सुनपानी छर्केर सदन र सरकारमा ल्याउने गिरिजाप्रसाद कोइरालाकै कारण काँग्रेस जनताको नजरमा गिरेको हो । अहिले शेरबहादुर देउवाले पनि माआवादीलाई बोकेर तालमेल गरी चुनावमा जाँदा काँग्रेसले झन जनमत गुमाई पतन हुनेछ । काँग्रेस आफ्नै खुट्टामा उभिन सकेन भने यसको साख अरु गिरेर जानेछ ।

  • लेलेको पाथिभरा र वज्रवाराहीको यात्रा

    लेलेको पाथिभरा र वज्रवाराहीको यात्रा

    –महेन्द्र चालिसे

    हामीलाई कसैले घर कहाँ भनेर सोध्यो भने हामी फुर्तिसंग भनि दिन्छौं – काठमाडौं । काठमाडौंको कुनै अनकन्टार गाऊँमा घर भए पनि काठमाडौंको मुटुमै जन्मिए जसरी भन्छौं “काठमाडौं” । तर त्यही काठमाडौं वरीपरीका अधिकांस ठाउँहरु कता पर्छन्, कस्तो छ भनेर हामीले न त सुनेका नै छौं न त गएका नै छौं ।

    गत एक डेढ वर्षदेखि सायद काम नभएर बढी फुर्सदिलो भएर हो कि अथवा घुम्न हिड्ने साथी समूह मिलेर हो कि, यसो साथीहरुसंग कुरा गर्यो घरबाट निक्ली हाल्यो गर्न अनुकुल मिलेर काठमाडौंका विभिन्न स्थानहरु जुन हाम्रो वासस्थानदेखि एक दुई घन्टाको ड्राइभिंगमा जान थालियो ।

    यसरी घुम्न हिड्ने हाम्रो २–३ समूह वनेको छ । १ समूहमा हामी ५ जना हुन्छौं अर्को समुहमा हामी त्यो ५ जनामा अर्को ५ जना थपिएर १० जनाको समुह छौं र तेस्रो समूह त्यो १० जनामा अर्को १२ देखि १४ जना थपिएर २२–२४ जनाको समूह वन्छौं र हामी कहिले ५ जनाको कहिले १० जनाको कहिले २२–२४ जना मिलेर विभिन्न स्थानमा घुम्न जाने गर्छौं ।

    यही घुम्न जाने क्रममा २०७८ साल फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको दिन म, श्रीमती इन्दिरा, नारायणी जोशी, तारा जोशी, पूर्णचन्द्र जोशी, पुरु चालिसे, सुधा चालिसे, रामेश्वर ढुङ्गाना र उषा ढुङ्गाना ललितपुर जिल्लाको लेले स्थित पाथिभरा देवी, टिका भैरब र वज्रवाराही पुग्यौं । माथि भनिए झैं म काठमाण्डौंको आरुबारीमा जन्मेको मान्छे, उमेरले साठी नाघिसकेको, आजसम्म लेले र टिकाभैरब पुगेको रहेनछु, भला वज्रवाराही कसो एउटा विहेको जन्तिमा पुगेको रहेछु ।

    ललितपुर जिल्लाको मध्य भागमा पर्ने सानो उपत्यका लेले, पाटनबाट करिब १२–१३ किलोमिटरको दुरीमा रहेको लेलेमा धेरै नै ऐतिहासिक सम्पदाहरु रहेको छ । लेलेमा रहेको सरस्वती कुण्डमा श्रीपञ्चमीको दिन ललितपुर मात्र नभएर काठमाण्डौं, भक्तपुर र त्यो भन्दा पनि टाढा टाढाबाट सरस्वती पूजा गर्न आउँछन् । त्यसैगरी त्यो सरस्वती कुण्डमा उमेर पुगेका तर बोल्न नथालेका बच्चाहरुलाई कुण्डमा पुजा गरेर त्यहाँको जल खान दिएमा बोल्न थाल्छन् भन्ने मान्यता पनि रहेको छ । लेलेबाट करिब ९५ किलोमिटरमै हेटौंडा पुग्न सकिन्छ ।

    भन्न त लेले क्षेत्रलाई इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणी धाम पनि भनिन्छ । चारैतिर हरिया डाँडा, विचमा गाउँले बस्ती जहाँ खाद्यान्न र तरकारी राम्रो उब्जनी हुन्छ । लिच्छवी र मल्लकालीन पुरानो नेवार बस्ति भएको लेलेको महत्वपूर्ण सम्पदाको रुपमा सरस्वती कुण्ड रहकोछ ।

    लेलेको बारेमा प्राचिन विभिन्न किम्वदन्तीहरु भेटिन्छ । जस अनुसार देवताका गुरु वृहस्पतिले कालो तीलको थुप्रो लगाएर भगवान शिवको तपस्या गरे रे । तपस्याको तेश्रो दिन संक्रान्तीमा त्यो तिलको थुप्रो ढुंगामा परिणत भई भगवान शिवले दर्शन दिदै भने ल मेरो मात्र हैन सरस्वतीको पनि आराधना गर्नु । भगवान शिवको उक्त भनाई अनुसार वृहस्पतिले सरस्वतीको पनि तपस्या आराधना गर्न थाले । वृहस्पतिको आराधनापछि सरस्वती प्रसन्न भएर जलको रुपमा प्रकट भइन् र वृहस्पतिले सो जल पिए । जल पिएकोले सरस्वती वृहस्पतिको कण्ठमा बस्न गईन । त्यस अघि सरस्वती दैत्य गुरु शुक्राचार्यको कण्ठमा बस्ने गरेकी थिइन् । आफ्नो कण्ठ छाडी वृहस्पतिको कण्ठमा सरस्वती बस्न गएकोले शुक्राचार्य रिसाएर सरस्वतीलाई “तिमीले जलको रुपमा यही कुण्डमा बस्नु परोस् भनि श्राप दिए। आफुले श्राप पाएपछि सरस्वतीले रिसाएर शुक्राचार्यलाई “तिमीले पनि शुक्रकिटको रुपमा संसार सृष्टि गर्न सगाउनू परोस्” भनेर श्राप दिइन् ।”

    यही किम्वदन्ति र अन्य जनश्रुति अनूसार सरस्वतीको श्राप पाएर शुक्राचार्य पहेंलो पानीमा परिणत भइ त्यहां अर्को कुण्ड वन्यो र त्यो कुण्डलाई त्यही वेलादेखि ज्ञानकुण्डको रुपमा पूजा अर्चना गर्न थालियो । तिलको थुप्रोबाट ढुंगाको रुपमा शिवजी उत्पत्ति भएकोले तिलेश्वर महादेव भनियो भने जलको रुपमा सरस्वती उत्पन्न भएकोले सरस्वती कुण्ड भनियो । यो कुण्ड नजिक सरस्वतीका साथै गणेश, कुमार, नव दुर्गाहरुको मूर्ति छन् । तिलेश्वर महादेव र सरस्वती कुण्डसंगै उत्तरपट्टी पशुपतिनाथको मन्दिर छ । भनिन्छ काठमाण्डौंमा रहेका आराध्यदेव पशुपतिनाथ भन्दा यो मन्दिर अझ पुरानो हो, जुन विक्रम संवत् ५२६ मा नै स्थापना गरिएको थियो ।

    ‘यहांबाट करिब ६ किलोमिटर पर २ हजार मिटर अग्लो भन्ज्याङ्ग पर्छ जस्लाई नल्लु भन्ज्याङ्ग भनिन्छ र त्यही पाथिभरा देवीको मन्दिर छ । त्यो भन्ज्याङ्गबाट हेर्दा माथि माथि हिउँ टलक्क टल्किएर झलमल्ल देखिएको हिमाल, तल तल कचौरा रुपी काठमाडौं उपत्यकाको आकृति, अनि चारैतिर फनक्क घुमेर हेर्दा हरिया डाँडा र ती डाँडालाई नयाँ दुलहीले सिउंदो भरी हालेको सिन्दुर झैं झपक्क ढाकेको राताम्मे लालि गुराँस । हो यो दृष्य हो महाभारत श्रंखलामा पर्ने छैन दक्षिणी ललितपुरको एक भाग नल्लु भन्ज्याङ्ग र त्यही नजिकको लामिडाँडाबाट देखिने दृष्य ।

    हामी यी दृष्यहरु भ्याएसम्म मोवाइलको क्यामेरामा भित्र्याउँदै र नभ्याएको जती आँखाभित्र सजाउँदै पाथिभरा देवीको दर्शन गर्न पुग्यौं । हुन त पाथिभरा देवीको खास मन्दिर त पुर्वि नेपालको ताप्लेजुंग जिल्लामा पर्छ । पाथीभरा देवीलाई आधीकाली, महामाया, महारुद्री जस्ता नाउँबाट पनि सम्बोधन गरिन्छ । वर्षैपिच्छे हजारौं तिर्थयात्री सारो कठिनाईसँग पाथीभरा पुग्ने गर्छन् । दरो ईच्छा श्क्तिको अभावमा ताप्लेजुंगस्थित पाथीभरा देवी जान नसक्नेहरुलाई पाथीभरा देवीको दशन गर्न सरल होस भनि ललितपुर नल्लुवासीहरुले नल्लुको टुप्पोमा २०६७ सालमा पाथीभरा देवीको स्थापना गरे ।

    लेले स्थित पाथिभरा देबी

    ताप्लेजुंगमा हामीले दर्शन गरेको जस्तै पाथीभरा देवीको मूर्ति त्यहाँपनि देखियो । सपक्क पारेर रातो धोती लगाएकी गलामा हरियो पोतेमा उनेको तिलहरी र मोतिको माला लगाएर, टम्म चुरा लगाएर सजिएकी र सुनौलो मुहार कान्तिले धपक्क बलेको अनुहार आशिर्वादको रुपमा ठडिएको एक हात अर्को हातमा शंख अनि अरु हातमा विभिन्न हतियार सहित सिंहमाथि चढेकी देवीको मूर्ति अहिल्यै वोलिहाल्छकि जस्तो भान हुन्छ । यस्तै पाथी भराको मूर्ति भक्तपुरको गुण्डुमा पनि स्थापना गरिएको छ रे, तर हामी अहिलेसम्म पुगेका छैनौं ।

    हामी सवैजना पाथिभरा देवीको दर्शन गरेर बज्रवाराहीको दर्शन गर्न ओरालो झर्यौं । बज्रवाराहीको मन्दिर एउटा शक्तिपीठको रुपमा हिन्दु धर्मावलम्बीहरुले पूज्ने गर्छन् । चारवटा बाराही मन्दिर मध्ये वज्रवाराही पनि एक हो भने बाँकी ३ वटामा नीलवाराही, स्वेतवाराही र धुम्वाराही मन्दिर पर्दछन् । यी देवीहरुलाई तान्त्रीक देवी पनि भन्ने गरिन्छ र यिनीहरुको नित्य पूजा पनि तान्त्रिक विधीबाटै गुभाजुहरुबाट गरिन्छ । बज्रवाराहीलाई आठ र मात्रिका कै जसरी पूजा गरिन्छ भने अष्ट भैरवको रुपमा पनि पुजिन्छ ।

    वज्रवाराहीको अहिले भैरहेको मन्दिर सत्रौं शताब्दीमा वनेको हो जुन पुरानो देखिन्छ र मन्दिरको ढोकाको दायाँबायाँ २ वटा ठुलो कलात्मक ढुंगाबाट वनेका सिंहको मुर्ति देखिन्छन् ती सिंह वज्रवाराहीको संरक्षक हुन् भन्ने मान्यता पाइन्छ । वज्रवाराहीको पहिलेको संरचना चाहिं विक्रम संवत् ७८४ मा श्री निवास मल्लले वनाएका थिए भनिन्छ । जनश्रुती अनूसार वज्रवाराही देवी हाल मन्दिर भएको ठाउँमा जहाँ पहिला ठूलो पोखरी थियो, त्यहाँ प्रकट भएकी थिइन् भन्ने विश्वास गरिन्छ ।

    वज्रवाराही मन्दिर भएको ठाउँ चारैतिर वाक्लो जंगलले घेरिएको छ र त्यो ठाउँ विभिन्न जातका चराहरु हेर्नका लागि पनि प्रख्यात छ । त्यो ठाउँ अहिले सम्म प्राकृतिक सौन्दर्यताले घेरिएको छ, जहाँ भूमाफियाहरुले विनास गर्न पाएका छैनन् ।

    साँच्चै भन्ने हो भने त्यो वज्रवाराही मन्दिर क्षेत्र धार्मिक कारणले मात्र नभएर प्राकृतिक सौन्दर्य र मनमोहक वातावरणको कारणले पनि प्रख्यात भएको र त्यहाँ विदामा पिकनिक मनाउन आउनेहरुका लागि यथेष्ट स्थान छ भने हिन्दू धर्म संस्कृति अनुसार गरिने विवाह पनि त्यहाँ हुने गर्दछ । यो पंतिकार स्वयं २ चोटी त्यस जंगलमा जन्ती गएका छ ।

    त्यसैगरी वज्रवाराही मन्दिरमा गाईं भैंसी पाल्ने कृषक हुन् या सामान्य व्यक्तिहरु हुन् आफ्नो घरमा पालेको गाईं भैंसी पहिलो पल्ट व्याएपछि त्यो दुध लगेर बज्रवाराही मन्दिरमा चढाउने गर्छन् । यसरी त्यहाँ दूध चढाएपछि आफ्नो गोठमा कहिल्यै दुनो गाई भैंसीको अभाव हुंदैन भन्ने जनश्रुती पाइन्छ र त्यहाँ सिसीमा दूध लिएर चढाउनेको भिड देख्न सकिन्छ ।

    नेपालमा भएका अधिकांश मन्दिर भन्दा वज्रवाराही मन्दिर अलिकति फरक शैलीको देखिन्छ । किनकि हाम्रा धेरै जसो मन्दिरहरुमा मन्दिरको टुप्पामा गजुर हालिएको हुन्छन तर वज्रवाराही मन्दिरमा गजुर हालेको देखिंदैन । जनश्रुती अनुसार मन्दिरमा राख्नका लागि पाटनमा गजुर वनाइएका थियो । जुन दिन गजुर राख्ने भनिएको थियो । त्यस्को अघिल्लो रात मन्दिरको पूजारीले एउटा डरलाग्दो सपना देखे । सपनामा जो व्यक्ति गजुर राख्न जान्छ उ आगोले जलेर मर्छ । जव पुजारीले आफ्नो यो सपना सवैलाई वताउँछन् त्यसपछि सबैको सल्लाहमा मन्दिरमा गजुर राख्ने विचार त्यागेर विना गजुुर नै मन्दिर बनाइयो ।
    दुर्गा कवचमा वाराही देवीको धेरै ठाउँमा उल्लेख गरिएको कारण पनि हिन्दू धर्मावलम्बीहरुका लागि वज्रवाराही देवीको पूजा अर्चनाको ठूलो महत्व हुन्छ भनेर त्यहाँका पुजारी पनि बताउँछन् ।

    जे होस् अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा राष्ट्रले दिएको राष्ट्रिय विदामा हामिले लेले स्थित पाथीभरा देवी, टिका भैरब र वज्रवाराही देवीको दर्शन गरेर आफुहरुले बोकर गएको खाना त्यो मनोरम स्थानमा बसेर खाइवरी मनभित्र सकुञ्जेलका प्राकृतिक दृष्यहरु संगालेर घरतर्फ फर्कियौं ।

  • ‘पिर’ गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )

    ‘पिर’ गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )

    सुपेन्द्र बस्नेत, बोष्टन

    २०६१ साल फाल्गुन २९ गते शनिवारको साँझ स्मरण गर्दै विषय प्रवेशको ढोका खोल्न चाहन्छु।त्यति बेला म जिडब्लुपि/सेभ द चिल्ड्रेनमा आबध्द भइ कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लासम्म सञ्चालित कार्यक्रममा कार्यरत थिएँ। शाखा कार्यालयहरु कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुरमा थिए। र, ति सबैको मुख्य कार्यालय नेपालगञ्जमा थियो। जुन कार्यालय पहिला दाङको घोराहीमा थियो। तत्कालिन माओवादीले दाङ घोराही आक्रमण गरेपछि शाखा कार्यालय त्यही रहने गरी मुख्य कार्यालय नेपालगञ्ज सारिएको थियो।त्यतिबेला माओवादीको गतिविधिहरु निकै उत्कर्षमा पुगिरहेको थियो। खास गरी नेपालको पश्चिमी क्षेत्र निकै प्रभावित थिए। २०६१ साल फाल्गुन २९ साँझ ६ बजे म खाना खानका लागि नियमित खाना खाने होटलमा गएको थिएँ। ७ बजेदेखि कर्फ्यु लाग्ने भएकाले उज्यालैमा खाना खाएर वासस्थान पस्नु पर्ने बाध्यता थियो।होटल र बासस्थानको दुरी ५ मिनटको थियो।होटमा पुगेर हात मुख धोइ टेबुलमा बस्दै होटल साउजीलाई खानाको तयारीका लागि अनुरोध गरें । बेलुकाको छाक रोटी खाएर टार्ने बानी परेकाले होटल साउनीले पनि टेबलमा सलाद राखिदिएर रोटो पकाउन सुरु गर्नु भयो। यतिकैमा होटलको फोनको घण्टी बज्यो।र, साउजीले फोन उठाएर छोटो कुरा गर्नु भयो। म नजिक आएर आत्तिदै भन्नु भयो ”सर हजुरको फोन रहेछ। हस्पिटलबाट आएको।तुरुन्त जानु पर्यो रे ।” म त झसङ्ग भएँ। कसले फोन गरेको हो…? को बिरामी भएको हो …? अत्तोपत्तो भएन। थप बुझ्नका लागि फोन पनि कटि सकेको थियो।मैले अरु थप केही नसोची होटल अगाडिबाट रिक्सा चडेर अस्पतालतिर हानिएँ। यति बेला लगभग साँझको ६:३० भैसकेको थियो। रिक्साचालकलाई आफ्नो हतारो दर्शाएर सक्दो छिटो चलाउन अनुरो गरें।अस्पताल जादै गर्दा नेपालगञ्ज मेडिकल कलेज अगाडि के पुगेको थिएँ।चल्दै गरेको रिक्सामा एउटा बस्तु ड्र्याम्म ठोकिदै सडक पारी पुग्यो।रिक्सा चलाक रिक्साबाट हाम्फालेर कुलेलाम ठोक्यो। म रिक्सा संगसंगै लडिबुडी गर्दै सडकको पूर्वी किनारामा पछारिन पुगें।हत्तनपत्त उठेर कुलेलाम ठोकें। किनकी त्यहाँ ज्यान जोगाउने सवाल थियो। त्यतिबेला माओवादीहरुले मेरो पछाडि आउदै गरेको पुलिसको भ्यानलाई लक्षित गरेर ग्रिनेट प्रहार गरेका रहेछन्। समयको तालमेल नमिल्दा मेरो रिक्सामा ठोकिन पुगेको थियो। प्रहरीको भ्यान फुत्कियो। भाग्यले भनु या दिन नआइपुगेकाले भनु, मेरो रिक्सामा ठोकिएको उक्त ग्रिनेट पड्किएन। र, म बालबाल बाँचें।ज्यान जोगाएर हस्पिटल पुगेको म, ७ बजे पछि कर्फ्यु लाग्ने भएकाले बासस्थान फर्किन सकिन। आँखा वरिपरि घटनाका दृश्यहरु झल्किरहेका र मन भरी अनेक खाले डरत्रासको राँको दन्किरहेकाले, त्यो रात अस्पतालमै आँखा झिमिक्कै नपारी बिताएँ। भोली पल्ट २०६१ साल फाल्गुन ३० गते आइतवार धनगढी जानु थियो। कर्फ्यु खुलेपछि बासस्थान पुगेर झोला बोकी धनगढी शाखा कार्यालयले तय गरेको तालिम र सरोकारवालाहरुसंग हुने बैठकमा भाग लिन भारतको बाटो हुँदै धनगढी पुग्ने गरी रुपेडियातिर लागें। त्यति बेला सशस्त्र द्वन्द्वकारण कोहलपुर हुदै पश्चिम जाने बाटो अत्यन्त जोखिमयुक्त, कष्टकर र लामो समय लाग्ने भएकाले धनगढी , महेन्द्रनगर जानु पर्दा प्राय भारतकै बाटो मेरो पहिलो प्राथमिकतामा पर्ने गर्दथ्यो। त्यो घटनाको एक एक संझना अहिले पनि ताजै छ। यो त एक प्रतिनिधि घटना मात्र हो । पिर गीत सार्वजनिक भएकै समयमा परेकाले यसलाई संझेर प्रस्तुति गरेको हुँ ।त्यस्तो कयौं कहाली लाग्दा घटनाहरु भोग्नु परेको थियो सशस्त्र द्वन्द्व कालमा। अहिले संझदा आङ नै सिरिङ्ङ हुन्छ। साच्चै सशस्त्र द्वन्दमा होमिएकाहरु(राज्य पक्ष र विद्रोही पक्ष)को झन कति दर्दनाक र काहाली लाग्दा घटनाहरु होलान् भन्ने अनुमान लगाउन गाह्रो छैन।

    तत्कालीन माओवादीले राज्य विरुध्द प्रारम्भ गरेको विद्रोहलाई १० वर्ष भित्र सशस्त्र द्वन्द्वको उच्चतम विन्दुसम्म पुर्याउन साँगितिक क्षेत्रको अहम भूमिका छ। खासमा नेपालका कम्युनिष्ट भन्नेहरुका लागि जनतालाई सचेत गराउने, आकर्षित गर्ने र विद्रोहमा होमिन तयार गराउने सशक्त र प्रभावकारी माध्यम बनेको थियो साँगितिक क्षेत्र । सशस्त्र विद्रोहका बेला गायक रामेश श्रेष्ठको रचना , संगीत र स्वर भरिएका क्रान्तिकारी गीत भनेर चिनिने बहुचर्चितहरु : गाँउ गाँउबाट उठ…, एक जुगमा एक दिन…, आऊ मिलाऊ हाम्रा हातहरू…, संघर्ष हो जीवन…, रोक्ने को हो दूरदर्शी विचारका धारा…, गाई त बाँध्यौं ढुंग्रोमा मोही छैन…जस्ता गीतहरु निकै महत्वका साथ चर्चामा रहे। जसको चर्चा अझै पनि ताजै र उस्तै छ। विद्रोहका लागि छेडिएको साँगितिक अभियानमा रामेशसंगै रायन, मञ्जुल, जेबी टुहुरे, जीवन शर्मा, माइला लामा, अमृत गुरुङ लगायतको योगदान पनि कम कदरयोग्य छैन। नेपाली गीत, संगीत र साहित्यमा पृथक पहिचान सहित महत्वपूर्ण योगदान पुर्याएका कारण रामेशलाई जनगायक(जनताको पिर लेख्ने, बोल्ने, गाउने, बुझ्ने र बुझाउने)को उपमाले सम्मान गर्ने गरिन्छ। उनका साँगीतिक शृजनाहरुले सोझा सिधा जनताका आधारभूत जल्दो बल्दो समस्याहरुसंग सम्बन्धित विषय वस्तुको उठान गर्ने, सूचना तथा जानकारी दिने, चेताना जगाउने, संगठित हुन उत्प्रेरित गर्ने, संगठित गराउने र लक्ष्य प्राप्तिका लागि आवश्यक सक्रियाता जगाउन सक्ने ल्याकत राख्दथ्यो।तिनै प्रभावशाली कलाकारहरु र परिवर्तनकामी गीतहरुको उत्प्रेरणाका कारण कैयौँ कलाकारहरु र गीत संगितहरु जन्मिए। र, जन्मिने क्रम पनि जारी नै छ। तिनीहरुकै पछिल्लो एक परिणाम हो प्रकाश सपूतको ‘पिर’ गीत पनि।

    तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र विद्रोहलाई केन्द्रमा राखेर तयार पारिएको यो गीत, अहिले चर्चाको शिखरमा छ। मैले पनि समय जुराइ जुराइ झण्डै दर्जन बढी पटक यो गीत गम्भीर भएर सुनें/ हेरें। जसबाट आफ्नो अलि भिन्न बुझाइ हुन गएकाले ‘पिर गीतको तिर’ उपर व्याख्यात्मक टिप्पणी गर्ने इच्छा जाग्यो। पिर गीतको तिरको तिखोपन साच्चै सुन्न, हेर्न र मनन गर्न लायक छ। हुन त यस गीतलाई विवादास्पद भन्ने र बनाउनेहरुको पनि कमि छैन। तर, यो गीत विवादास्पद भन्दापनि विषय उठानका हिसाबले महत्वपूर्ण जनसरोकारको बहसको विषय भने पक्कै छ भन्ने लागेको छ। शृजनात्मक कला, गम्भीर विषयको उठान, वजसी शब्द चयन तथा समायोजन, निखारिएको अभिनय कला, मुटु दुखाउने आँखा रसाउने र भावनामा बगाउने दृश्य तथा सम्वादहरु यस गीतका आकर्षक तथा सबल पक्षहरु भएको मैले पाएँ। खासमा भन्नु पर्दा साँगितिक प्रस्तुतिका हिसाबले यो गीत दमदार र कदरयोग्य नै छ। विषय उठानको हिसावले अति नै संवेदनशील तथा महत्वपूर्ण र सूचना तथा जानकारीका हिसाबले अत्यन्त गम्भीर भएर सोच्दा टाउको समाउनु पर्ने, जिब्रो काट्नु पर्ने र लामो सास लिएर सुस्केरा हाल्दै भूईमा थचक्कै बस्नु पर्ने अवस्था छ। भने सन्देशका हिसाबले थकथक मान्नु पर्ने अवस्था छ। गीतको उठानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लगायतलाई सशस्त्र युद्धको ऐतिहासिक उपलब्धि मानेको छ।तर, तिनै उपलब्धिका योद्धाहरुलाई धोका दिने नेतृत्वहरुलाई भने गद्दार ठानेको छ। यदि माओवादीको सशस्त्र विद्रोह ‘जनविद्रोह’ थियो। त्यो जनविद्रोहले जन्माएको सशस्त्र द्वन्द्व, जनक्रान्ति तथा जनयुद्ध थियो। त्यो जनक्रान्ति तथा जनयुद्धको नेतृत्व कर्ता ‘जननेता’ थिए।र, त्यस युद्धमा संलग्न लडाकुहरु सच्चा क्रान्तिकारी योद्धा थिए भनेर भन्ने हो भने, त्यो कुरा गीतले पुष्टि गर्न सकेको देखिन्न। क्रान्तिबाट खारिएका योद्धाहरु (उनिहरुकै भनाइ अनुसार ) निरासावादी, पश्चागामी, समर्पणवादी वा विसर्जनवादी हुनै सक्दैनन्। सच्चा क्रान्तिकारी योद्धा त मृत्युको अन्तिम स्वास लिदासम्म पनि क्रान्ति सफल हुनेमा पूर्ण आशावादी हुदै अग्रगामी विगुल फुकिरहन्छन्।र, क्रान्तिको यात्राका दौरानमा चाहे वाह्य होस् या आन्तरिक बाधा अड्चन, चुनौती, विकृति, विसङ्गतिहरुलाई पन्छाउदै धोकेबाज, अवसरवादी, कुल द्रोही, राष्ट्रघाती, दलाल, देश द्रोही आदि इत्यादि बिरुद्ध उत्साहका साथ जीवन पर्यन्त लडिरहन्छन्। तर, सशस्त्र विद्रोहलाई समेटेर बनाइएको गीतको कथा अनुसार सशस्त्र विद्रोहमा होमिएका योद्धाहरु संघर्षबाट थाकेको, संघर्षबाट भागेको, परदेशिएको, देह व्यापारमा लागेको, पिर बिसाउने ठाँउ खोजिरहेको, दाम जुटाएर देह व्यापारी कहाँ पुगेको आदि कथा, दृश्य तथा सम्वादहरुले क्रान्तिकारी योद्धाको पहिचान, परिभाषा, निष्ठा, त्याग, समर्पण, निरन्तरता र भूमिका माथि नै निकै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ। सामाजिक र कानूनी हिसाबले साह्रै संवेदनशील र वर्जित देह व्यापारमा हुने खानेहरुको संलग्नतालाई ओझेलमा पारेर तिनै योद्धा मानिएका प्रताडित लडाकुहरुलाई नै कथामा समेटेर पस्किदा, त्यस सूचनाले दिएको सन्देशले समग्र लडाकुहरुलाई नै मुछिदिएको र असंलग्नहरुलाई थप पिडा बोध गराउन सक्ने सम्भावनालाई नकार्न सकिन्न। पस्किएका कथा, शब्द, संवाद, संगीत, दृश्य र अभिनयहरुमा भावनामा बगाउन सक्ने आकर्षक बेजोड शक्ति पक्कै छ। तब त भावनामा बग्नेहरुबाट प्रतिक्रियाहरु सोही अनुरुप आइरहेका छन्। जसले पिडित योद्धाहरुप्रति समानूभूति दर्शाउन उत्प्रेरित गर्नुको सट्टा, विना कन्जुस्याइँ सहानुभूति देखाउन सफल भएको छ। गीतमा बच्चाले ‘देश’ भनेको के हो भनि अमुल्य जिज्ञासा राख्दा, देश भक्त ठानिएको एउटा क्रान्तिकारी योद्धा नै अलमलमा परेको र पछि दिएको देशको परिभाषाले पनि क्रान्तिकारी योद्धाको देशप्रतिको बुझाइप्रति नै संशययुक्त प्रश्न खडा गरिदिएको छ। एकातिर देशमा बाँच्ने आधार नदेखेपछि विदेशिएकी श्रिमतिको बिचल्ली र स्वदेश फर्काइदिन सहयोगको याचना गर्दै गरेको दृश्य देख्दा देख्दै त्यस समस्यालाई बेवास्ता गरेको देखिन्छ भने, अर्कोतिर, भावनामा बगेर हेर्दा, एउटा क्रान्तिकारी योद्धा भनिएको व्यक्तित्वले तिनै बेइमान, धोकेबाज, क्रान्तिका बाधक, कूल द्रोही, देश द्रोही ठानिएकाहरुलाई नै देश सुम्पिएर, एक मुठी देशको माटो पोको पारी परदेश पलानको यात्रा गर्दै गरेको दृश्य साच्चै दर्दनाक, भावुक र मर्मस्पर्शी त छ नै। तर, सच्चा सपूत, क्रान्ति, अभिभारा र क्रान्तिकारी योद्धाको हिसाबले मनन गर्दा भने यो पक्कै पनि शोभनीय, कदरयोग्य, अनुकरणीय र उत्प्रेरक होइन। जसको भसोसा र आदेशमा क्रान्तिमा होमियो, उनिहरुबाटै धोका, अपहेलना, तिरस्कार र प्रताडित हुनु पर्दाको अवस्थाको पिडादायी चित्रण, साच्चै दर्दनाक छ नै। यदि त्यसका मतियारहरु क्रान्तिका ऐतिहासिक कलंक र दण्डको भागेदार हुन् भन्ने गीतको निश्कर्ष हो भने, उनीहरुलाई कठघरामा उभ्याएर यथोचित दण्ड दिन संगठित भइ नयाँ सिराबाट थप क्रान्ति थालिनु पर्ने सन्देश दिन कथा किन चुक्यो ? उनीहरुलाई देश निकाल गर्नतिर नलागी, आफै किन परदेशियो ?
    आफ्नै कर्मलाई धिकार्दै थप संघर्ष र क्रान्ति नगर्ने निर्णयको विन्दुमा पुगेर आफैं देश छोडेर गएको दृश्यले विद्रोहको नेतृत्वकर्ताहरुको मान मर्दन हुने र उनीहरु विरुद्ध एक हुन आवाहन गरेको सन्देश कसरी दियो र खै ? यस अर्थमा, गीत उपर अनावश्यक खनिनु अर्थहीन छ। बरु उल्दै खेदो नखनेकोमा स्याबासी दिनु पर्ने थियो। मनन गर्न लायक अर्को महत्वपूर्ण कुरा के छ भने , गीतमा समेटिएको ‘आफ्नै बिचार बैरी भयो…” भन्ने वाक्यको भावले धोका दिने नेतृत्वहरुको प्रवृतिप्रति मात्र कटाक्ष गरेको छैन, परिवर्तनका लागि भनि गरिएको क्रान्तिको अभियान, दिशा निर्देश, लडाकुहरुको सैध्दान्तिक तथा व्यवहारिक ज्ञान, निष्ठा, त्याग तथा समर्पण र सशस्त्र द्वन्द्वप्रति नै संशय, असन्तुष्टि र विमति जनाउदै गहन ऐतिहासिक प्रश्न चिन्ह खडा गरिदिएको देखिन्छ। समग्रमा भन्नु पर्दा विषय उठान, सूचना प्रदान, शव्द रचना, संगित, कला, अभिनय,प्राविधिक, छायाङ्कन तथा सृजनाका दृष्टिकोणले कदरयोग्य नै छ गीत। त्यसका लागि भने छड्के सलाम छ। तर, समस्या समाधानका लागि सक्रिय सन्देश दिने सवालमा भने, विषय उठान र सूचना प्रदानको गाम्भीर्यताका आधारमा जे जति दमदार महत्वपूर्ण सन्देश दिन सकिन्थ्यो र दिनु पर्ने थियो, त्यसमा भने ‘पिर’ गीत चुकेकै हो। जसका कारण सशक्त हुन खोज्दा खोज्दै पनि अपुरो नै रहेको छ। प्रकाश सपूतसहित खारिएका अन्य कलाकारहरु र टिममा संलग्न अनुभवी व्यक्तिहरु हुदाँ हुदै पनि यस मामलामा ”हात्ती आयो, हात्ती आयो : फुस्सा” भने झै जानि नजानि चुक्नु दुर्भाग्य नै हो भन्ने व्याख्यात्मक ठम्याइ हो।

  • प्रकाशलाई गाली होइन ताली दिनुपर्छ

    प्रकाशलाई गाली होइन ताली दिनुपर्छ

    बीके नेवा, न्युयोर्क

    गायक प्रकाश सपुतले आफ्नै युट्युब च्यानलबाट गीति भिडियो ‘पिर’ सार्वजनिक गरेसँगै सामाजिक सञ्‍जाल नयाँ बहसतिर मोडिएको छ।अहिले विश्वभरका नेपालीले पिर हेर्ने र सुन्ने साथै त्यसमा टिप्पणी गर्ने गरेका छन् । धेरैले पिर यथार्थवादी भएको भन्दै समर्थन गरेका छन् । नब धनाढ्य केही माओवादी नेता तथा कार्यकर्ताले विरोधमात्र गरेका छैनन् कि प्रकाश सपुतलाई युट्युवबाट पिर हटाउन धम्की समेत दिएका छन् ।
    प्रचण्डहरु चिल्लो गाडीमा चढेर सिंहदरबार छिरिरहँदा उनीसँगै क्रान्तिकालागि होमिएका थुप्रै छापामारहरु सडकमै नछाडिएका होइनन्। कतिपय त त्यतिबेला लागेको गोलीका छर्राहरु शरीरबाट अझै निकाल्न नसकेका अवस्थामा छन्। कतिपय विदेशिन बाध्य छन् भने कतिपय त्यतै अलपत्र परेर फर्कन नसकेका कथा पनि हामीले नपढेका होइनौं।

    मोहित र होलिकाले कयौँ उकाली–ओरालीहरु सँगै हिँडे। खोँच र खोल्साहरु सँगै पार परे। लुङ्ग्री र माडी नदीका बगरहरुमा सँगै भौतारिए । जलजलाको सेतो गुराँस सँगै टिपे। थवाङका स्याउहरु सँगै टोके । उनीहरुलाई जनताको सपना पूरा गर्नु त थियो नै, त्यसमापनि अब उनीहरुलाई उदाहरणीय योद्धा बन्नु थियो ।”


    तर, प्रकाशको यो नयाँ गीतमाथि अहिले उठिरहेको एउटा गम्भीर प्रश्‍नहो–‘के साँच्चै पूर्व महिला छापामारहरुले जीवन चलाउनका लागि वेश्यावृति नै गर्नुपर्ने अवस्था आएको हो? ’या, गायक सपुतले सस्तो चर्चाकै लागि यो दृश्यलाई फिक्सनको रुपमा प्रस्तुत गरेका हुन् ? बहस हुँदै गर्ला।
    १० वर्षे लामो सशस्त्र संघर्षको एउटा ऐतिहासिक घटना लिस्‍ने भिडन्त (०५८)बारे त तपाईंहरुले सुन्‍नुभएकै होला । जुन भिडन्त भूमिगतभएर सशस्त्र संघर्ष गरिरहेको माओवादी (विद्रोहीपक्ष) र राज्य सत्ता (सरकारी पक्ष)बीचभएको थियो।
    हो, त्यही भिडन्तबाट घर फर्किरहेकी थिइन् महिला छापामार कमाण्डर होलिका केसी। र भिडन्त सकाएर घर फर्किनेहरुको भीडमै थिए गायक मोहित श्रेष्ठ पनि।
    पदीय रुपमा होलिका बटालियन कमाण्डर थिइन्। उनकै नेतृत्वमा हजारौँ महिला छापामारहरुले लिस्‍ने भिडन्तमा लोभलाग्दो साहस देखाए। क्रान्तिको सपना पूरा गर्न आफैंलाई ज्वालामुखी बनाए। आफै विस्फोट भए।
    फर्किनेहरुकै भीडमा पहिलो पटक भेट भएका थिए, होलिका र मोहित। तर उनीहरुको आँखाले भने वर्षौअघि नै क्रान्तिको सपनामा भेट भइसकेका संकेत गरिरहेका थिए।

    त्यो पहिलो भेटलाई होलिका सम्झन्छन्, ‘साँच्चिकै क्या सुन्दर थियो, त्यो भेट। पहिलो पटक भेटे पनि हाम्रो सपनाहरु चाहिं पहिल्यैदेखि परिचित छन् जस्तो लाग्‍ने।’
    पहिलो भेटमै होलिका र मोहितबीच ‘मिराकल’ भयो। त्यो पनि प्रेमिल ‘मिराकल’। एक अर्कालाई हेरिरहे। शब्दमा बोलेनन्। प्रेम गर्नलाई अभिव्यक्ति आवश्यकता नहुने भन्दै उनले थप सुनाइन्, ‘उहाँ गायक हो, तर त्यो भिडन्तमा स्वयंसेवक बनेर आउनु भएको रहेछ। पहिलो भेटमै माया बसेको जस्तो भो, तर अभिव्यक्त गरेनौँ।’
    त्यो भेटपश्चात मोहित र होलिकाले कयौँ उकाली–ओरालीहरु सँगै हिँडे। खोँच र खोल्साहरु सँगै पार परे। लुङ्ग्री र माडी नदीका बगरहरुमा सँगै भौतारिए । जलजलाको सेतो गुराँस सँगै टिपे। थवाङका स्याउहरु सँगै टोके । उनीहरुलाई जनताको सपना पूरा गर्नु त थियो नै, त्यसमापनि अब उनीहरुलाई उदाहरणीय योद्धा बन्नु थियो । अन्ततः ०६० जेठ १० गते एउटा निर्णय भयो, बिहे गर्ने। तर दमाहा थिएन, जन्ति थिएनन्, माइति थिएनन् । थिए मात्रआफ्ना सहयोद्धाहरु। र थिए बन्दुक र राइफलहरु।
    मेहितको घर रोल्पाको जंकोट। होलिकाको चाहिं प्युठानको मरमाथान। तर बिहे भयो रोल्पाको गैरिगाउँस्थित तिलामा। जहाँ उनीहरु पछिल्लो समय सैन्य अभ्यासको नयाँ तरिका प्रयोग गर्दै थिए।
    सहिद कलाकार खुशीराम प्राखिन त्यहीँ थिए, साक्षी। उनकै अघि होलिका र मोहितले मुठ्ठी दरिलो रुपमा कसेर लालसलाम ठोक्दै आफ्नो जीवन एक अर्कालाई समर्पित गरे। र, सम्पन्न भयो एउटा जनवादी बिहे।
    होलिका अहिले पनि सम्झन्छन्, ‘बुबाआमालाई बोलाउन सम्भव थिएन, यात्राको क्रममा जहाँ थियौँ, त्यही बिहे गर्यौँ।’
    बिहे गर्दा उनी बटालियन कमाण्डर थिइन्। त्यसअघि ०५५ साल चैतदेखि सेना हुँदै महिला सेक्सनको सहकमान्डर, सेक्सन कमान्डर, प्लाटन भिसी, प्लाटन कमान्डर, कम्पनीभिसी, कम्पनी कमान्डर, बटालियन भिसीको महत्वपूर्ण जिम्मेवारीहरु पूरा गरिसकेकी थिइन्। वास्तवमा होलिका पार्टी पंक्तिभित्र सबैको लागि विश्वासिलो र साहसिक पात्र थिइन्। फलतः बिहे गरेको केही वर्षमै फेरि ब्रिगेड भिसी पनि बनिन्।
    ०६३ सालमा विस्तृत शान्ति सम्झौतापछि भने माओवादीले सार्वजनिक र शान्तिपूर्ण वातावरणमा आफ्नो अभ्यास जारी राख्यो। सम्झौताका बुँदाहरुमा उल्लेख गरिएका एजेण्डाहरुलाई समातेर पार्टी नेतृत्वका कमान्डरहरु राजधानी छिरे।

    होलिका सुनाउछन्, ‘हाम्रा कमान्डरहरु राजधानी छिर्नु राम्रै कुरा हो, तर दुःखद आफैँ हिँडेको गोरेटोहरु बिर्सिनु हो ।’ त्यसो त बिर्सनेहरुसँग कुनै गुनासो छैन, होलिकालाई। तर हजारौं छापामारले बगाएको रगत र बलिदानको अपमान भयो भने चाहिं सह्य हुन्‍न उनलाई।
    होलिकाले खै के सोचिन्, ०६५ सालमा स्वच्छिक अवकास लिने निर्णय गरिन्। अवकासलिँदै गर्दाको अनुभव सुनाइन्, ‘म त कमाण्डर थिएँ, केही न केही गरेर पेट पाल्न सकिहाल्छु भन्‍ने लाग्थ्यो, तर अन्य सामान्य छापामार महिलाहरु पो कसरी बाँच्लान? कसरी पेट पाल्लान्?चिन्ता लागिरह्यो।’
    त्यसो त होलिका अहिले सामान्य जीवन बाँचिरहेकी छन्। गुजारा चलाउन कपडा सिउने टेलर चलाउछिन्। र, यसमा उनको कुनै गुनासो पनि छैन।
    न आफूलाई कसैले केही दिओस् भन्‍ने चाहना नै छ। बरु आग्रह छ–‘सशस्त्र संघर्षको बेला अंगभंग भएका ती साथीहरुको सरकारले उपचार गरिदियोस्।’ भन्छिन्, ‘सरकारले युद्धमा बेपत्ता भएकाहरुको खोजी गरोस्, सहिदका सन्तानहरुको भविष्य सुनिश्चित गरोस्, अपांग भएकाहरुको निःशुल्क उपचार गरिदियोस्। यत्ति हो मेरो चाहना।’
    राजधानी छिरेका शीर्ष कमाण्डरहरुको परिवर्तित विचारले भने होलिकालाई बेलाबेला रिस उठ्छ। ‘जनताको आँशु र रगतलाई माफिया र दलालहरुसँग बेचेको देख्दा घिन लाग्छ। परिवर्तन भएका कमरेडहरुले केही गर्न नसके पनि कम्तिमा हाम्रो युद्ध इतिहासलाई सुरक्षित राखिदिउन्,’ उनको आक्रोश अझै शान्त भएको छैन।
    प्रकाश सपुतको पछिल्लो गीत होलिकाले दोहर्याइ तेहर्याइ हेरिन्। ‘बाटो बिराएका कमरेडहरुलाई झक्झक्याउन गायकले गरेको प्रयासप्रति मेरो कुनै असन्तुष्टि छैन,’उनी भन्छिन्, ‘तर, पैसाकै लागि वेश्यावृति गर्दै आएको कथनभने हामीपूर्व महिला छापामारहरुलाई सह्य छैन । प्रकाशको गीतले एकथरीबाट व्यापकचर्चा र प्रशंसा पाइरहेका बेला उनी भने यो गीतले निर्माण गर्न खोजेको भाष्यसँग असहमत छन्। ‘मलाई लाग्दैन, त्यो भिडियो हेरेर हामीजस्ता द्वन्द्वमा होमिएका महिला छापामार खुसी होलान्,’ उनी भन्छिन्, ‘बरु हाम्रा महिला कमरेडहरु भोकै मर्लान् तर पैसाकालागि शरीर बेचिरहेका छैनन्। मेरै हकमा भनौं, माओवादी नेतृत्वसँग मेरा धेरै गुनासाहरु छन्। तर, क्रान्तिमा कालो पोत्‍ने कुरा सह्य हुन सक्दैन।
    होलिकाजस्ता लडाकुले गीतको केही प्रसँगमा असहमति जनाएपनि जनयुद्ध यतामा ओवादीका उच्च नेता तथा कार्यकर्ताले जनयुद्ध भुली कमाउ युद्धतिर लागे । अर्बै कमाए, राजधानी काठमाडौँदेखि सहरमा घरघडेरी जोडे, विलासी जीवन बिताउँदै छन् उनीहरु । यो विषयलाई प्रकाशले पिरमा उतारेका छन् । उनको पिरले माओवादीको कथाव्यथालाई बोकेको छ । माओवादी नेतृत्वले यसलाई सकारात्मक रुपमा लिई आफ्ना कमी कमजोरी सच्याएर देश र जनताको हितमा आफूलाई समर्पित गर्नुपर्छ । प्रकाशलाई गाली होइन ताली दिनुपर्छ ।

  • एनआरएनएद्वारा महिलालाई आर्थिक सहयोगसहित सम्मान

    एनआरएनएद्वारा महिलालाई आर्थिक सहयोगसहित सम्मान

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकास्थित गैर आवासीय नेपाली संघ (NRNA), मास्याच्युसेट्स राज्य समितिले
    ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुलाई आर्थिक सहयोगसहित सम्मान गरेको छ। संस्थाले काठमाडौंको बनस्थली वरपर रहेका महिला श्रमिकहरुलाई आर्थिक सहयोग सहित सम्मान गरेको हो।
    आर्थिक अवस्था कम्जोर भएका तर निकै परिश्रमी दश जना श्रमिक महिलाहरुलाई उनीहरुले गर्ने श्रमको उच्च कदर सहित सम्मान गर्दै जनही पाँच हजारका दरले नगद रकम प्रदान गरिएको एनआरएनए अमेरिकाको मास्याच्युसेट्स राज्य समितिका उपाध्यक्ष राजु गुरुङले जानकारी दिनु भयो। उक्त कार्यक्रम काठमाडौं बनस्थलीस्थित मेची महाकाली महिला समूहको सक्रिय सहयोगमा सम्पन्न भएको थियो। हाल नेपालमा रहनु भएका संस्थाका सचिव प्रचण्ड श्रेष्ठले एक कार्यक्रमकाबीच श्रमिक महिलाहरुलाई संस्थाको तर्फबाट खादा लगाइदिएर सम्मान गर्दै उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो।
    कार्यक्रममा सम्मानित महिलाहरुले सम्मानसहित सहयोग रकम उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै धन्यवाद प्रकट गरेका थिए। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मास्याच्युसेट्स, बोष्टनमा विशेष कार्यक्रम गर्ने सोच रहेको भएतापनि कोरोना कहरका कारण आयोजना गर्न नसकिएको र सानै भएपनि नेपालमा श्रमिक महिलाहरुलाई आर्थिक सहयोग गरिएको उपाध्यक्ष गुरुङले बताउनु भयो। उहाँले भन्नु भयो, ‘विशेष कार्यक्रम गर्ने सोच त थियो।तर, कोरोनाका कहरका कारण सम्भव भएन। त्यसैले सानै भएपनि श्रमिक महिलाहरुलाई सम्मानसहित आर्थिक सहयोग गरेका हौं ।’ उक्त रहयोग रकम संस्थाकी महिला संयोजक अन्जु भट्टराई थापाको पहल कदमीमा भएको उपाध्यक्ष गुरुङले जानकारी दिनु भयो।


    संस्थाले बेलाबखत आफ्नो उद्देश्य अनुसार महिला सशक्त्तिकरण र विकासका लागि सक्दो महिला केन्द्रित कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने योजना रहेको उपाध्यक्ष गुरुङको भनाइ छ। ‘संस्थाले महिला सशक्तिकरण र महिला विकासका लागि सक्दो कार्यक्रमहरु गर्दै आइरहेको छ। र, भावि दिनहरुमा पनि गर्दै जाने छौं।’ उहाँले भन्नु भयो। संस्थाको विधान अनुसार दुइ वर्षीय कार्यकाल(सन् २०२१-२०२३)का लागि गत वर्ष, मे महिनाको २९-३० मा भएको अधिवेशनबाट निर्वाचन नयाँ कार्यसमितिले नेपाली समुदायलाई लक्षित गरी विविध कार्यक्रहरु गर्दै आइरहेको छ। कोरोनाको कहरका कारण केही समय यता सुस्ताएको कार्यसमिति, कोरोनाको कहरको अवस्था सुध्रिदै गएसंगै अन्तराष्ट्रिय नारी दिवसबाट पुन: सक्रियता देखाउन थालेको छ।

    विगतमा झैं यस वर्ष पनि ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विविध कार्यक्रमहरु गरेर ११२ औँ अन्तराष्ट्रिय नारी दिवस संसार भर मनाइयो। हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो । सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेसंगै यसको महत्व र क्षेत्र बृहत बनेको छ। ११२ औं अन्तराष्ट्रिय नारी दिवससम्म आइपुग्दा लगानीका हिसावले परिणामको मुल्याङ्कन गर्दा महिलाहरुको सशक्तिकरण र विकासमा सन्तोष गर्ने अवस्था भने छैन। कनिका छराइ लगानी र औपचारिकतामा सिमित हुदै गएको महिला केन्द्रिकृत कार्यक्रमहरुले, सोचे जस्तो लक्ष्य भेटाउन सम्भव छैन।
    नारीलाई दयाको पात्र ठानी माछा मारेर खटाइ खटाइ खान दिने हैन कि, सक्षम ठानी आफै माछा मारेर खान र खुवाउन सक्ने गरी पर्याप्त अवसरसहित सीप सिकाउन जरुरी छ। र, नारीले पनि तदारुपताका साथ त्यसको अगुवाइका लागि सक्रियता देखाउनु अपरिहार्य छ।