कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

निर्वाचन आयोगको कार्यालय काठमाडौँ, ११ पुसः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोग, नेपालको कार्यालय । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, १७ पुस । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वाचन… Continue reading कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

राससकाठमाडौँ, १६ पुस । विशेष अदालतले घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ ।… Continue reading पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

निर्वाचन आयोगको कार्यालय काठमाडौँ, ११ पुसः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोग, नेपालको कार्यालय । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, १५ पुसः आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले… Continue reading समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

file

काठमाडौँ, १५ पुस । प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल, गौशाला तथा तिलगङ्गा क्षेत्रमा घुम्न गएका विदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख, हैरानी तथा अभद्र व्यवहार गर्ने १२ जनालाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ… Continue reading पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार निवार्चन आयोगमा विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउँदै । आयोगले आजसम्म दलहरूलाई समानुपातिक उम्मेदवारहरूको नामदर्ता गर्न समयसीमा तोकेको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो । पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको… Continue reading नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिए ।… Continue reading पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ

File : जिल्ला प्रहरी परिसर काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यासिनोबाट पक्राउ परेका व्यक्तिहरु बारे जानकारी दिनुहुँदै परिसरका सूचना अधिकारी पवनकुमार भट्टराई । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, १३ पुस : प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ । चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनले भने, “क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले… Continue reading क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

rss

काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।… Continue reading कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा, १२ पुसः जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए । पुस १० गते अचानक बेहोश भएर… Continue reading जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ, ११ पुस । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गर्नुभएको छ । राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर… Continue reading अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

पूर्वगृहमन्त्री लेखक आयोगमा बयान दिन जाने

पाटन (ललितपुर), १० पुस । पूर्वगृहमन्त्री रमेश लेखक भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् । “आयोगले मलाई बयानका लागि पुस ११ गते… Continue reading पूर्वगृहमन्त्री लेखक आयोगमा बयान दिन जाने

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौँ, ९ पुस । प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२… Continue reading ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

क्यासिनोमा प्रविधिका माध्यमबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ

File : जिल्ला प्रहरी परिसर काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यासिनोबाट पक्राउ परेका व्यक्तिहरु बारे जानकारी दिनुहुँदै परिसरका सूचना अधिकारी पवनकुमार भट्टराई । तस्बिरः रत्न श्रेष्ठ/रासस

१० पुस, काठमाडौं । म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा छापा मारी ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद… Continue reading क्यासिनोमा प्रविधिका माध्यमबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज (पर्सा), ९ पुस । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मङ्गलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको… Continue reading केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’

कर्णाली, ९ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताए… Continue reading ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

File

काठमाडौँ, ८ पुस । सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता,… Continue reading सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

बुहारीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या, सासु र नन्द पक्राउ

कमलामाई (सिन्धुली), ८ पुसः पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो । अभियुक्तद्वयले गत आइतबार… Continue reading बुहारीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या, सासु र नन्द पक्राउ

तनहुँ जिल्ला प्रशासन : तीन महिनामा एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

दमौली (तनहुँ), ८ पुस । जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सङ्घसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व सङ्कलन भएको जानकारी दिए । उनका अनुसार सङ्घसंस्था दर्ता… Continue reading तनहुँ जिल्ला प्रशासन : तीन महिनामा एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

वाणिज्य विभागद्धारा धमाधम होटेललाई कारवाही

काठमाडौँ, ८ पुस । नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई… Continue reading वाणिज्य विभागद्धारा धमाधम होटेललाई कारवाही

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

राससकाठमाडौँ, ८ पुस । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा… Continue reading संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएको जेन-जीको एक गुटलाई प्रहरीले लखेट्यो

काठमाडौँ, ७ पुस । मिराज ढुङ्गाना नेतृत्वको जेनजी गुटको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालबाट अनुमति नलिइ माइतीघर मण्डला क्षेत्रमा कुनै पनि किसिमका सभा, विरोध, धर्ना, ¥यालीजस्ता कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था उल्लङ्घन गरी प्रदर्शनमा सहभागी भएको आरोपमा रविकिरण हमालसहितका युवालाई… Continue reading माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएको जेन-जीको एक गुटलाई प्रहरीले लखेट्यो

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

राससभक्तपुर, ७ पुस ।भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो । परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा… Continue reading भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

rss

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छिन् । आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्वसचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ती निकायका… Continue reading ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

गहना चोरी गरी बिक्री गर्ने दुई जना काठमाडौंमा पक्राउ

काठमाडौँ, ६ पुस । सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय… Continue reading गहना चोरी गरी बिक्री गर्ने दुई जना काठमाडौंमा पक्राउ

रास्वपा सभापति लामिछाने धरौटीमा रिहा

भैरहवा (रुपन्देही), ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार उनलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो । रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी… Continue reading रास्वपा सभापति लामिछाने धरौटीमा रिहा

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ, ४ पुस । नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही… Continue reading स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ, ४ पुस । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका क्रममा भागेका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको टोखाका ४६ वर्षीय श्यामलाल डङ्गोल… Continue reading जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश

लुम्बिनी, ३ पुसः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज रिहा गर्न आदेश भएको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण… Continue reading रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन पक्राउ

काठमाडौँ, ३ पुस । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुर महालक्ष्मी–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर… Continue reading झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन पक्राउ

प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, नेताहरुलाई बयानमा बोलाउने तयारी

rss

काठमाडौँ, २ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटका क्रममा आयोगका पदाधिकारीले एक महिना आयोगको म्याद थप गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीसँग छलफलका लागि समय… Continue reading प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, नेताहरुलाई बयानमा बोलाउने तयारी