प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

३० जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु… Continue reading प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

रासस२९ जेठ, कर्णाली । नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो । विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका… Continue reading कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्‍यो

२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा कुमार चुँडाल र डा नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन… Continue reading संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्‍यो

संसद बैठक आज पनि प्रतिपक्षीद्वारा अवरोध

तस्बिरः किरणराज विष्ट\रासस प्रतिनिधिसभामा विपक्षी दलको अवरोध काठमाडौँ, १३ जेठः स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरु उभिएर अवरोध जनाउनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् । आज बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए । सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने माग… Continue reading संसद बैठक आज पनि प्रतिपक्षीद्वारा अवरोध

काठमाडौं महानगरपालिकाका पूर्व प्रशासकीय अधिकृत प्रदीप परियारमाथि भ्रष्टाचार मुद्दा

२८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् । उनीसँगै मुद्दा दायर… Continue reading काठमाडौं महानगरपालिकाका पूर्व प्रशासकीय अधिकृत प्रदीप परियारमाथि भ्रष्टाचार मुद्दा

प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई समात्यो

२७ जेठ, काठमाडौं । काठमाडौँको टोखामा लागुऔषध कारोबारी खोजतलासमा खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हिरोइन कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका क्रममा आज २ बजे काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित सडकमा दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा अन्य दुई… Continue reading प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई समात्यो

टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तकालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नेपाल टेलिकमको जिएसएम मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन, वायरलाइन र वायरलेसलगायत सेवाको बिलिङका सम्बन्धमा गैरकानुनी तरिकाले… Continue reading टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

२३ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले… Continue reading नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

२३ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्ने ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गेङ्गबु बस्ने ३४ वर्षीय मोहन… Continue reading विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

मबाट सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय भएको छैन : अध्यक्ष नेपाल

अध्यक्ष नेपाल–सञ्चारकर्मीलाई प्रतिक्रिया निजगढ (बारा), २२ जेठः बाराको सिमरा विमानस्थलमा बिहीबार अपराह्न सञ्चारकर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको विषयमा प्रतिक्रिया दिनुहुँदै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिरः दिवाकर भण्डारी÷रासस

२२ जेठ, चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नभएको बताएका छन् । गृहनगर रौतहटको गौरमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो कार्यकालमा राष्ट्रलाई नोक्सान हुने कुनै पनि निर्णय नगरेको बताए । “म प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीलाई अनुचित काम… Continue reading मबाट सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय भएको छैन : अध्यक्ष नेपाल

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पतन्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र दुई महिना नबित्दै गैरकानुनी रुपमा हाउजिङ कम्पनीलाई बेच्ने अनुमतिको स्वीकृति उनले दिएका थिए । नेपालमा पहिलोपटक… Continue reading पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश

२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा मनोजकुमार शर्मा र डा कुमार चुँडालको संवैधानिक इजलासले आज उत्प्रेषण आदेश जारी गर्दै रोकिएको प्रक्रियामा अनुसन्धान अघि बढाउन आदेश गरेको हो । पूर्वसभामुख सापकोटाविरुद्ध काभ्रेका… Continue reading सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश

सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश

२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज नागरिकलाई प्रत्यक्ष असरपर्ने सार्वजनिक यातायात सेवामा बन्द हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ… Continue reading सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश

भिजिट भिसा प्रकरण’का कारण आज संसद सूचना टाँस गरेर स्थगित

२० जेठ, काठमाडौं । सङ्घीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन् ।श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको “भिजिट भिसा प्रकरण”मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का… Continue reading भिजिट भिसा प्रकरण’का कारण आज संसद सूचना टाँस गरेर स्थगित

गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

२० जेठ, काठमाडौं । संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । काठमाडौँको टोखा नगरपालिका–८ निवासी अधिवक्ता डा प्रेमराज सिलवालले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अधिकारीहरूलाई भेटेर सोमबार उजुरी दर्ता गरेका हुन्… Continue reading गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

कोटेश्वर, बल्खु र सिफलबाहेकका ठाउँमा विरोधका कार्यक्रम गर्न निषेध

file

१८ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा… Continue reading कोटेश्वर, बल्खु र सिफलबाहेकका ठाउँमा विरोधका कार्यक्रम गर्न निषेध

कमल थापा र दीपक सिंहसहित सात जनालाई छाडियो, मापसे गर्ने झा हिरासतमै

१८ जेठ, काठमाडौं । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ । यहाँको निषेधित क्षेत्र तोड्न खाजेपछि आज दिउँसो पक्राउ गरिएकामा अहिले राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी… Continue reading कमल थापा र दीपक सिंहसहित सात जनालाई छाडियो, मापसे गर्ने झा हिरासतमै

संसदमा विपक्षीको अवरोध पछि गृहमन्त्रीको पत्रकार सम्मेलन, म माथि अन्याय भयो

१४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सहयोग पु(याउन आफू तयार रहेको बताएका छन् । संसदमा विपक्षी दलले अवरोध जारी राखे पछि उनले पत्रकार सम्मेलन आयोजना गरेका थिए । कार्यक्रममा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरिसकेकाले अनुसन्धानमा कसरी सहयोग पुग्छ, के के गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका… Continue reading संसदमा विपक्षीको अवरोध पछि गृहमन्त्रीको पत्रकार सम्मेलन, म माथि अन्याय भयो

प्रतिपक्षी दलद्वारा गृहमन्त्रीको राजीनामा माग

प्रतिनिधिसभा बैठक काठमाडौँ, १४ जेठः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट/रासस

१४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले ‘भिजिट भिषा’ का सन्दर्भमा देखिएको भनिएको अनियमितताको जिम्मेवार गृहमन्त्री भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने माग गरेको हो । बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले गृहमन्त्रीले राजीनामा नदिँदासम्म… Continue reading प्रतिपक्षी दलद्वारा गृहमन्त्रीको राजीनामा माग

इटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा दोषि ठहर कांग्रेस नेता आलमलाई अदालतको सफाई

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम जेलबाट छुटेका छन् । उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको हो । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट छाडिएको हो । आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । जिल्लाको उक्त फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले आलमलाई सफाइ… Continue reading इटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा दोषि ठहर कांग्रेस नेता आलमलाई अदालतको सफाई

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

तस्बिरः किरणराज विष्ट\रासस प्रतिनिधिसभामा विपक्षी दलको अवरोध काठमाडौँ, १३ जेठः स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरु उभिएर अवरोध जनाउनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

१४ जेठ, काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका… Continue reading सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

पर्सामा बलात्कार अभियोगमा दुई पक्राउ

१४ जेठ, वीरगञ्ज । बलात्कार अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी… Continue reading पर्सामा बलात्कार अभियोगमा दुई पक्राउ

प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध, बुधबार बस्नेगरी स्थगन

प्रतिनिधिसभा बैठक काठमाडौँ, १३ जेठः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको बैठक । तस्बिरः गोपाल दाहाल/रासस

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधबारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । आजको बैठक सुरू भएलगतै प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्ष दलहरू नेपाल कम्युनिष्ट पार्टी… Continue reading प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध, बुधबार बस्नेगरी स्थगन

रास्वपाले भन्यो : अदालतको आदेश पालना गर्छौं

रासस१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै… Continue reading रास्वपाले भन्यो : अदालतको आदेश पालना गर्छौं

रामबहादुर बम्जन पुनः कारागार चलान

१२ जेठ, सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका… Continue reading रामबहादुर बम्जन पुनः कारागार चलान

राप्रपा सांसद धवल शमशेरविरुद्ध कुन कुन कसुरमा भयो मुद्दा दर्ता ?

११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका आरोपित राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको… Continue reading राप्रपा सांसद धवल शमशेरविरुद्ध कुन कुन कसुरमा भयो मुद्दा दर्ता ?

दुर्गा प्रसाईसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

११ जेठ, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए । प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी… Continue reading दुर्गा प्रसाईसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर

११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनका आरोपित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध… Continue reading रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर

२४ वर्षदेखि न्यायको पखाईमा छन् शुक्लाफाँटा आरक्ष विस्थापित

रासस११ जेठ, दोधारा चाँदनी । हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उनी त्यहाँबाट विस्थापित भए । आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा करिब चार\पाँच वर्ष सडकमै बिताए । राज्यबाट व्यवस्थापन हुन नसकेपछि २०६४ सालमा… Continue reading २४ वर्षदेखि न्यायको पखाईमा छन् शुक्लाफाँटा आरक्ष विस्थापित

अध्यागमन काण्डमा गृह मन्त्रालयले गर्यो यस्तो खण्डन

१० जेठ, काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने दावि गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको भन्दै दुःख व्यक्त गरेको छ । विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार… Continue reading अध्यागमन काण्डमा गृह मन्त्रालयले गर्यो यस्तो खण्डन