रविन्द्र मिश्र र धवल शमशेर २४ घण्टा भित्र रिहा नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् । मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम… Continue reading रविन्द्र मिश्र र धवल शमशेर २४ घण्टा भित्र रिहा नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी

कांग्रेस बैठकको निर्णय : तीनकुने घटनाको जिम्मेवार ज्ञानेन्द्र

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकका निष्कर्ष सुनाउँदै पूर्वराजा शाहकै निर्देशनमा उक्साहट भएको जिकिर गरे । ‘राजावादीको नाममा जुन खाले गतिविधि हिजो… Continue reading कांग्रेस बैठकको निर्णय : तीनकुने घटनाको जिम्मेवार ज्ञानेन्द्र

पूर्वराजालाई बालेनले तोके ८ लाख हाराहारी जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो ९शुक्रबार० तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित… Continue reading पूर्वराजालाई बालेनले तोके ८ लाख हाराहारी जरिवाना

राप्रपाका नेता रविन्द्र मिश्र र धवल शमशेर पक्राउ

THT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरेका छन् । उनीहरुले शुक्रबार भएको प्रदर्शनमा सहभागीलाई भड्काएको पाइएको छ । त्यसपछि अराजक भिडले काठमाडौंमा वितण्डा मच्याएको… Continue reading राप्रपाका नेता रविन्द्र मिश्र र धवल शमशेर पक्राउ

माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ

काठमाडौं । राजा चाहियो भन्दै आन्दोलनमा उत्रिएका अमेरिकी नागरिक पक्राउ परेका छन् । माइतीघरमा केही नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको हो । उनी नेपालमा भने आफूलाई जयानन्द कृपाका रूपमा चिनाउने गरेको पाइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर… Continue reading माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ

बझाङमा गाउँपालिका तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६–७७ मा रकम विनियोजन गरी आर्थिक वर्ष २०७७–७८ मा कुनै पनि काम नगरी १४ लाख आठ हजार ८१७ रुपियाँ भुक्तानी लिइ अनियमितता गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले… Continue reading बझाङमा गाउँपालिका तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई उपद्रो मच्चाएर थाकेर बसेको शक्तिको संज्ञा दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले बुधबार आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने थोत्रो प्रणाली बोकेर हिँड्ने शक्तिको संज्ञा दिए । ‘ती हतियार उठाएर थाकेका क्रान्ति गर्छु भनेर अनेको उपद्रो मच्चाएर,… Continue reading माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री

कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ

काठमाडौं । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ । उनको सोमबार साँझ भएको ग्याङ फाइटमा ज्यान गएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं। १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच… Continue reading कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ

कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । आज देशभर प्रदर्शन चर्कियो । बिरोधलाई सरकारले भने सामान्य भनेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो सामान्य भएको बताए । सरकारले… Continue reading कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो

राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । देशभर पूर्वराजाको सक्रियता र राजतन्त्रको मागमा प्रदर्शन हुँदै गएका छन् । यसै सन्दर्भमा प्रमुख तीन दलको बैठक आज बस्ने भएको छ । संक्रमणकालीन न्यायबारे छलफल गर्न भन्दै आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएको हो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी… Continue reading राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा

फाइल तस्वीर

काठमाडौं । यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री… Continue reading गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा

काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् । उनीहरुलाई काठमाडौं… Continue reading काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न किन रोक्यो सर्वोच्चले ?

काठमाडौं । सर्वोच्च अदालतले विद्युत महसुलबारे निर्क्योल गर्न ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न रोक लगाएको छ । सर्वोच्चले डेडिकेटेड र ट्रंक लाइनबाट वितरित विद्युत उपभोगबारे अध्ययन गर्न ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको समितिलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश दिएको हो ।मन्त्री खड्काले २ मंसिरमा अरविन्दकुमार मिश्रको संयोजकत्वमा समिति गठन गरेका थिए । न्यायाधीशहरु… Continue reading ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न किन रोक्यो सर्वोच्चले ?

मन्त्री निवास आसपास निषेधाज्ञा जारी

३ चैत, काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला भएर कुनै पनि प्रदर्शन गर्न नपाउने भन्दै मन्त्री निवास लगायत केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। आइतबार जारी भएको विज्ञप्तिमा पुल्चोकस्थित पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र निषेधाज्ञा लगाइएको उल्लेख छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको… Continue reading मन्त्री निवास आसपास निषेधाज्ञा जारी

चोरीका ल्यापटप र मोवाइलसहित चार पक्राउ

काठमाडौं । चोरीका ल्यापटप र मोबाइलसहित चार युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा दैलेखको दुल्लु नगरपालिका–९ का ३४ वर्षीय भक्तबहादुर रोकाय, कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २७ वर्षीय टेकबहादुर रावल, नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का २७ वर्षीय अनिल… Continue reading चोरीका ल्यापटप र मोवाइलसहित चार पक्राउ

आफ्नो तस्वीर जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको विरोध, प्रहरीले छाड्यो

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी सीडीओ स्किम श्रेष्ठले आज ४ बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राप्रपा… Continue reading आफ्नो तस्वीर जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको विरोध, प्रहरीले छाड्यो

गणतन्त्रको पक्षमा माओवादीको अगुवाईमा काठमाडौंमा प्रदर्शन हुने

काठमाडौं । समाजवादी मोर्चाले आगामी गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ । आगामी चैत्र १५ गते काठमडौंमा मोर्चाले भव्य प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको हो । मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको… Continue reading गणतन्त्रको पक्षमा माओवादीको अगुवाईमा काठमाडौंमा प्रदर्शन हुने

भारतको कर्नाटकमा इजरायली पर्यटकमाथि ग्याङरेप, पुरुष पर्यटकको हत्या

नयाँ दिल्ली । भारतको कर्नाटकमा इजरायली पर्यटकको एक समूहमाथि बदमासहरुले कुकर्म र हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कर्नाटकको प्रसिद्ध पर्यटकीय स्थल हम्पीमा दुई पर्यटक महिलामाथि ग्याङरेप गरेका छन् । त्यसको प्रतिकार गर्दा पुरुष पर्यटकमाथि कुटपिट भएको छ । सो क्रममा एक पर्यटकको हत्या गरिएको छ । उनको शव फेला परेको भारतीय सञ्चारमाध्यमले लेखेका… Continue reading भारतको कर्नाटकमा इजरायली पर्यटकमाथि ग्याङरेप, पुरुष पर्यटकको हत्या

अमेरिकामा १५ वर्षपछि यसरी दिइयो मृत्युदण्ड

काठमाडौं । अमेरिकामा १५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको हो । उनी प्रेमिकाका बुबा आमाको हत्या अभियोगमा दोषि ठहर भएका थिए । उनको नाम ब्रेड सिगमन रहेको बताइएको छ । उनिमाथि गोलि चलाइएको छ र मृत्युदण्ड दिइएको छ । उनी ६७ वर्षका थिए । उनले आफ्नी… Continue reading अमेरिकामा १५ वर्षपछि यसरी दिइयो मृत्युदण्ड

दिपक मनाङेले पाए २० प्रतिशत कैद छूट

काठमाडौं । राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन्। मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए। उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत… Continue reading दिपक मनाङेले पाए २० प्रतिशत कैद छूट

प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश

काठमाडौं । प्रतिनिधि सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो । गत १४ पुसमा सहकारीसम्बन्धी केही… Continue reading प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश

प्रतिनिधि सभा बैठकमा आज ५ अध्यादेश अगाडी बढाईंदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची… Continue reading प्रतिनिधि सभा बैठकमा आज ५ अध्यादेश अगाडी बढाईंदै

थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित काठमाडौं विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं । थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरु थाई एयरवेजको उडान नं.… Continue reading थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित काठमाडौं विमानस्थलबाट २ जना पक्राउ

खैरो हेरोइनसहित चार जना कलंकीबाट पक्राउ

काठमाडौं । खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। ३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं… Continue reading खैरो हेरोइनसहित चार जना कलंकीबाट पक्राउ

अचेत भेटिएका बागमती प्रदेश मन्त्रीका स्वकीयको उपचारको क्रममा मृत्यु

काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ। सोमबार काठमाडौं महानगरपालिका(१४ कलंकीको एक घरमा ३६ वर्षीय थापा अचेत अवस्थामा भेटिएका थिए। उनको सहिद मेमोरियल अस्पताल पुर्‍याई उपचार गराउँदा चिकित्सकले सोमबार साँझ साढे ६ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी… Continue reading अचेत भेटिएका बागमती प्रदेश मन्त्रीका स्वकीयको उपचारको क्रममा मृत्यु

सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालकी एक महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मृत भेटिनेमा पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका… Continue reading सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

परिस्थिति काबुबाहिर गएपछि फुङलिङ बजारमा कर्फ्यू

काठमाडौं । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन जारी भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको… Continue reading परिस्थिति काबुबाहिर गएपछि फुङलिङ बजारमा कर्फ्यू

पशुपतिको जलहरीसम्बन्धी विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवहरु डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापालाई सफाइ दिने विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण भनेको छ । उसले विशेष अदालतको फैसला उल्ट्याएर आरोपितहरुलाई दोषी… Continue reading पशुपतिको जलहरीसम्बन्धी विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय मनिष भुजेल र २१ वर्षीय निशान पहारी छन् । उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा नेहा गुरुङ नाम गरेको नक्कली आईडी बनाएर उनीहरूले विभिन्न युवकहरूसँग कुरा गर्दैै डिपेन्डेन्ट भिसामा यूके लाने भन्दै… Continue reading डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

ठमेलमा प्रहरीलाई कुटपिट गर्ने एमाले निकट अनेरास्ववियुका नेता पक्राउ

file

काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पनि पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका १ घर भई लैनचौर बस्ने… Continue reading ठमेलमा प्रहरीलाई कुटपिट गर्ने एमाले निकट अनेरास्ववियुका नेता पक्राउ