काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम… Continue reading मीनबहादुरले दिएको जग्गाको हक हस्तान्तरण नगर्न एमालेलाई अदालतको आदेश
Category: कानुनी कुरा
रास्वपाका सभापति लामिछाने र पूर्वडीआइजी जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो… Continue reading रास्वपाका सभापति लामिछाने र पूर्वडीआइजी जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने
पशुपति धर्मशालाबारे अध्ययन गर्न सरकारले बनायो समिति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ । सोमबार धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका… Continue reading पशुपति धर्मशालाबारे अध्ययन गर्न सरकारले बनायो समिति
मीनबहादुरसँग जग्गा दान लिएको विषयमा बोलेका तीन नेताविरुद्ध एमालेले स्पष्टीकरण सोध्ने
काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे… Continue reading मीनबहादुरसँग जग्गा दान लिएको विषयमा बोलेका तीन नेताविरुद्ध एमालेले स्पष्टीकरण सोध्ने
रविलाई थप तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही… Continue reading रविलाई थप तीन दिन थुनामा राख्न अनुमति
रवि पक्राउबारे सभामुखलाई गराइयो जानकारी
काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा… Continue reading रवि पक्राउबारे सभामुखलाई गराइयो जानकारी
रविलाई रातको तीन बजे पोखरा ल्याइयो
काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो । लामिछानेलाई पोखरा स्वास्थ्य… Continue reading रविलाई रातको तीन बजे पोखरा ल्याइयो
सहकारी ठगी आरोपमा रास्वपा सभापति लामिछाने पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको छ । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे । जिल्ला प्रहरी कार्यालय, कास्कीले… Continue reading सहकारी ठगी आरोपमा रास्वपा सभापति लामिछाने पक्राउ
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट… Continue reading रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
जेलबाट छुटेलगत्तै हत्या, २४ वर्षिय युवक पक्राउ
काठमाडौं । बाँकेमा टाउकोबिनाको शव भेटिएको प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई साताअघि जेलबाट छुटेका एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका अनिल परियार पक्राउ परेका हुन् । उनी जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही… Continue reading जेलबाट छुटेलगत्तै हत्या, २४ वर्षिय युवक पक्राउ
शीर्ष नेताको बैठकमा के बारे भयो छलफल ?
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग छिटो गठन गर्नेबारे छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन,… Continue reading शीर्ष नेताको बैठकमा के बारे भयो छलफल ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बिबिसीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। ‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र उनलाई नोभेम्बर १८ सम्म अदालतमा जारी हुन आदेश जारी गरेको छ,’ अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) का मुख्य अभियोजक मोहम्मद तजुल इस्लामले भने। पूर्वप्रधानमन्त्री… Continue reading बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं महानगरले धर्मशाला सुरक्षाको माग्यो माग
काठमाडौं । काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ। मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो । पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक… Continue reading काठमाडौं महानगरले धर्मशाला सुरक्षाको माग्यो माग
डडेल्धुरामा १४ वर्षिय किशोरीको हत्या अभियोगमा ५८ वर्षिय व्यक्ति पक्राउ
काठमाडौं । डडेल्धुरामा किशोरीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । उनी पोखरा… Continue reading डडेल्धुरामा १४ वर्षिय किशोरीको हत्या अभियोगमा ५८ वर्षिय व्यक्ति पक्राउ
श्रीमतीको हत्या गरी फरार एक जना पक्राउ
काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ६० वर्षीय जीतबहादुर भन्ने काले तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो । उनले १९ वैशाख २०८१ मा दक्षिणकाी नगरपालिका–६ मा आफ्नी श्रीमती डोल्मा शेर्पाको हत्या गरेको आरोप… Continue reading श्रीमतीको हत्या गरी फरार एक जना पक्राउ
झापामा व्यक्ति हत्याको आरोपमा नाबालकसहित तीन पक्राउ
काठमाडौं । झापामा हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र सोही ठाउँका एक नाबालक छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिले पक्राउ गरेको हो । १५ जेठ २०८१ को राति साढे ११ बजेतिर बाह्रदशी… Continue reading झापामा व्यक्ति हत्याको आरोपमा नाबालकसहित तीन पक्राउ
कांग्रेसले बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र
काठमाडौं । नेपाली कांग्रेसले राहत तथा पुनः निर्माणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन कामहरु समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएको छ । ११ र १२ असोजको आएको वर्षाले पारेको क्षतिपछि सरकारले गर्नुपर्ने कार्यहरु उल्लेख गरेर कांग्रेसले सुझाव प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई गराइएको ध्यानाकर्षण पत्रमा भत्किएका… Continue reading कांग्रेसले बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र
साढे ११ करोड मूल्य बराबरको सुनसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै हेटौंडा १५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले भारतको… Continue reading साढे ११ करोड मूल्य बराबरको सुनसहित दुई भारतीय नागरिक पक्राउ
हनि ट्रयापको धन्दा र हत्या आरोपमा ५ जनाको समूह पक्राउ
काठमाडौं । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेको पाइएको छ । त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको खुलेको छ । कीर्तिपुरका ५० वर्षीय खड्गीको शव ६ असोजमा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने… Continue reading हनि ट्रयापको धन्दा र हत्या आरोपमा ५ जनाको समूह पक्राउ
प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदा कार्ययोजना प्रस्तुत गरेका थिए । संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि… Continue reading प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन
दुर्गा प्रसाई एक लाख धरौटीमा छुटे
काठमाडौं । दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०\ ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्यूराका एसपी दीपकराज अवस्थीले बताए । यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।… Continue reading दुर्गा प्रसाई एक लाख धरौटीमा छुटे
सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीमा समातिए
काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई… Continue reading सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीमा समातिए
सम्पर्कविहिन २१ प्रहरीलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम
काठमाडौं । नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको हो । उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्पष्टीकरण चित्तबुझ्दो… Continue reading सम्पर्कविहिन २१ प्रहरीलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम
यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ बिचौलिया पक्राउ
काठमाडौं । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरेको हो । कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी… Continue reading यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ बिचौलिया पक्राउ
मुस्ताङबाट १०३ च्याङ्ग्रासहित भागेका व्यक्ति पोखराबाट पक्राउ
काठमाडौं । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको हो। रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं। ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार… Continue reading मुस्ताङबाट १०३ च्याङ्ग्रासहित भागेका व्यक्ति पोखराबाट पक्राउ
मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद
काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ । मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैद सहित १० करोड १० लाख जरिवाना गरेको हो । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र… Continue reading मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद
धनुषा प्रहरी कार्यालयबाट ८ जना थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ८ जना थुनुवा फरार भएका छन्। विभिन्न मुद्दामा पक्राउ परी थुनुवामा रहेका ९जना भागेकोमा एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। भागेकामध्ये एकजना जनकपुरबाट पक्राउ परेका हुन्। सोमबार बिहान करिब ४ बजे समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी… Continue reading धनुषा प्रहरी कार्यालयबाट ८ जना थुनुवा फरार
रवि पक्राउ पर्ने हल्लाका बीच पार्टी कार्यालयमा सयौं कार्यक्रताको भीड
काठमाडौं । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेको दिन आइतबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरुको भीड लागेको छ । सहकारी बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न… Continue reading रवि पक्राउ पर्ने हल्लाका बीच पार्टी कार्यालयमा सयौं कार्यक्रताको भीड
दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको… Continue reading दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति
सहकारी ठगी प्रकरण : रविका साझेदार छवि पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । उनी सहकारी ठगिमा मुछिएका पुर्वगृहमन्त्री रवि लामिछानेका साझेदार हुन । उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक हुन् । उनी काठमाडौंको शङ्खमुलबाट पक्राउ गरेको हो ।