काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर नेताहरूको भेला आज बोलाइएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भेलामा सभापति शेर बहादुर देउवामाथि दवाव सिर्जना गर्ने रणनीति रहेको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका… Continue reading शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज
Category: कानुनी कुरा
निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला
काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको… Continue reading निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला
छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने
काठमाडौं । न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस मोलमोलाई संवादको छानबिन गर्न अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरेको छ । न्यायपरिषदले सोमबार राजपत्रमा प्रकाशित सूचनामा न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालतका पाटनका कायम मुकायम मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल विज्ञका हैसियतले… Continue reading छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने
अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक
न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्। रो भर्सस वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ। तीमध्येका १३ राज्यले ट्रिगर… Continue reading अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक
मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हटाउने बारे आफ्नो पार्टीको निर्णयको कदर गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको ठहरिने उल्लेख गरे । शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न आग्रह गरेका हुन्… Continue reading मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह
बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ
काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । विगतमा केही मानिसहरुलाई पटक(पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह,… Continue reading बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ
न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति
काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी… Continue reading न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति
प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउन सत्तारुढ गठबन्धनमा प्रस्ताव गरेका छन् । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको बताइएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राखेका छन् । बाँकी प्रक्रिया पूरा गरेर चाँडै… Continue reading प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव
आजबाट बिदा र कार्यालय पुर्ववत समयमा
काठमाडौं । आजदेखि बिदा र कार्यालय समय पुर्ववत अवस्थामा संचालन हुने भएको छ । बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय… Continue reading आजबाट बिदा र कार्यालय पुर्ववत समयमा
बुधबारबाट मतदाता नामावली संकलन थालिने
काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली सङ्कलन सबै निर्वाचन… Continue reading बुधबारबाट मतदाता नामावली संकलन थालिने
बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्ने कुरा भ्रामक र झुटो कथा मात्रै भएको स्पष्टिकरण दिएका छन् । तर, उनको स्पष्टिकरणमा विपक्षी दल एमालेले भने असन्तुष्टी जनाएको छ । एमालेले मंगलबार संसदमा पुनः अवरोध गरेको छ । संसदमा सो विषयबारे सांसदले चासो राखेपछि सभामुख… Continue reading बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट
एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ। सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ। केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक… Continue reading एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन
नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका ८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई… Continue reading नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ
१ असारबाट मतदाता नामावली संकलन थालिने
काठमाडौं । आगामी संसदीय निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक थाल्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको हो ।स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता… Continue reading १ असारबाट मतदाता नामावली संकलन थालिने
अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?
काठमाडा । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेसँगै एमाले वृत्तमा पुनः तरगं सिर्जना भएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको हो । । पार्टीको सचिवालयको बैठकबाट पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको… Continue reading अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?
दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन
काठमाडौं । देशभर अविरल वर्षातका बीच आजैका दिन काठमाडौंबाट २१ वर्षअघि एक सनसनीपूर्ण, दुखद र अविश्सनीय खबरले विश्वभर तरंग फैलिएको थियो । नेपालमा राजतन्त्रलाई धेरै मानिसहरु भगवान विष्णुको अवतार मान्थे । दरबार भित्रका दाउपेचबारे पढ्दै र सुन्दै आएका जनताले आधुनिक युगमा यतिसम्मको विभत्स घटना हुन्छ भन्ने कल्पना भने गरेका थिएनन् । २०५८ साल जेठ १९… Continue reading दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन
गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र
गोकर्ण तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख ज्युहरु नमस्कार ! तपाईं दुबै नगर प्रमुखहरुका नाममा नै पत्र प्रेसित गर्नुपर्ने प्राबिधिक कारणले गर्दा दुबै जनालाई संयुक्त सम्बोधन गरि यो पत्र लेख्दै छु। हून त मैले उठान गर्न लागेको बिषय तपाईहरुलाई ब्यक्तिगत रुपमा भेटेर पनि गर्न सकिन्थ्यो तर प्रबिधी अली धेरै शक्तीशाली हुने ठाँन्दै यो माध्यम रोजेको हुँ ।… Continue reading गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र
विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक,अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार… Continue reading विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री
आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै
काठमाडौं । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइंदैछ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनका रुपमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाइंइछ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा आजैका दिन भएको हो ।… Continue reading आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै
गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ
काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८३४ जनाको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस्तो निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय मिनाहा गरिएको हो । उनीहरुले आइतबारबाट यस्तो माफी पाउने भएका हुन् ।… Continue reading गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ
पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ
काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय नघट्ने फैसला आएको भोलीपल्टै पत्नी हत्याका दोषि सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ । जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष… Continue reading पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ
बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन
काठमाडौं । बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन हुने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । बुधबार नेपाली कांग्रेसका महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए… Continue reading बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन
यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
काठमाडौं । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका कलेजका संयोजक जनार्दन अधिकारी पक्राउ परेका छन । विद्यार्थीले प्रर्दशन गरे पछि गौशाला प्रहरी बृतले उनलाई पक्राउ गरेको हो । अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा… Continue reading यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
बलात्कार अभियोग लागेका पाण्डे पक्राउ
काठमाडौं । आठ वर्षअघि काठमाडौंमा एक सौन्दर्य प्रतियोगिताका दौरान आफुमाथि आयोजकले बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक भएपछि आरोपित मनोज पाण्डे पक्राउ परेका छन् । सन् २०१४ मा किशोरीलाई होटेलमा बलात्कार गरेको अभियोग ती युवतीले लगाएकी छिन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनीमाथि शनिबार बिहानैबाट निगरानी बढाइएको… Continue reading बलात्कार अभियोग लागेका पाण्डे पक्राउ
सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन
काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छप्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल,… Continue reading सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन
नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु भएको छ । यसअघिका जनप्रतिनिधिको ५ वर्षे कार्यकालको अन्तिम दिन बिहीबार सम्म थियो । तर, स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रारम्भ भएको हो । शुक्रबार बिहानसम्म ६ सय भन्दा धेरै स्थानमा नतिजा आर्वजनिक भइसकेको छ । चुनावको अन्तिम… Continue reading नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल
मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही
काठमाडौं । जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने भएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैनन् । चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु… Continue reading मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही
आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा
इलाम (रासस) । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा… Continue reading आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा
नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण
काठमाडौं । स्थानीय तह निर्वाचनको दौरान अहिले मौन अवधी जारी छ । तर, नेताहरुले जानेर वा नजानेर सामाजिक संजालमा बढी आचारसंहित उल्लंघनका घटना भएका छन् । निर्वाचन आयोगले नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ । उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको आयोगको भनाई छ… Continue reading नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण
केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थापित नेपाल कम्युनिष्ट पार्टी एमालेका काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् । स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको… Continue reading केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण