बन्दप्रति कडा रुपमा प्रस्तुत हुने गृह मन्त्रालयको चेतावनी

काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपाले संवैधानिक निकायमा सरकारले गरेको नियुक्तीको विरोधमा बिहीबार आकस्मिक आम हड्ताल आयोजना गरेको छ । यसको विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी सरकारले दिएको छ । आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत… Continue reading बन्दप्रति कडा रुपमा प्रस्तुत हुने गृह मन्त्रालयको चेतावनी

प्रधानमन्त्री आज चितवन जाँदै, महानगरपालिकाले कार्यक्रम बहिष्कार गर्ने

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् । तर, भरतपुर महानगरपालिकाले भने प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न चितवन जान लागेका उनलाई प्रचण्ड नेपाल समुहको नेतृत्वमा रहेको महानगरपालिकाले बहिष्कार गर्न लागेको हो । भरतपुर महानगरको मेयर प्रचण्ड पुत्री रेणु दाहाल… Continue reading प्रधानमन्त्री आज चितवन जाँदै, महानगरपालिकाले कार्यक्रम बहिष्कार गर्ने

प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरु देशविरोधी हुन’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने संज्ञा दिएका छन् । प्रधानमन्त्रीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई… Continue reading प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध कार्यक्रम सार्वजनिक गरेका छन्। जसअनुसार माघ १३ गते सिठ्ठी जुलुस, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना, माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने तयारी… Continue reading नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

जनयुद्धलाई कुहिएको फर्सी भनेका प्रधानमन्त्रीबाट पूर्वजनमुक्ति सेनाको प्रसंशा

काठमाडौं । केही दिन अगाडी प्रचण्डले नेतृत्व गरेको जनयुद्धलाई कुहिएको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भने जनयुद्ध र त्यसमा सहभागी भएका योद्धाको खुलेर प्रसंशा गर्न भ्याएका छन् । जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाको नेतृत्वसँग शनिबार भेट गर्दै उनले जनयुद्धमा लडेका लडाकुको प्रसंशा गरेका हुन् । उनले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको… Continue reading जनयुद्धलाई कुहिएको फर्सी भनेका प्रधानमन्त्रीबाट पूर्वजनमुक्ति सेनाको प्रसंशा

खेलकुद मन्त्रीलाई गृहजिल्लामा स्थानीयको कालोझण्डा, रुख ढालेर बाटो अवरुद्ध

सिन्धुपाल्चोक । गृहजिल्ला सिन्धुपाल्चोक पुगेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई स्थानीयले अवरोध गरेका छन् । उनलाई चार घण्टासम्म स्थानीयले कालो झण्डा देखाउँदै बाटो अवरुद्ध गरी विरोध गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बिस्तार गरेको मन्त्रिपरिषद् बिस्तारमा उनी मन्त्री बनेका थिए । तामाङ कार्यकर्ता भेलालाई सम्बोधन गर्न भन्दै गृहजिल्ला सिन्धुपाल्चोक पुगेका थिए… Continue reading खेलकुद मन्त्रीलाई गृहजिल्लामा स्थानीयको कालोझण्डा, रुख ढालेर बाटो अवरुद्ध

सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

काठमाडौं । संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयको विरोधमा आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दैछ । आज वडास्तरमा प्रदर्शनको कार्यक्रम राखिएको छ । देशभर रहेका ६७४३ वडामा आज विरोध प्रदर्शन हुने नेपाली कांग्रेसले जानकारी दिएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसका नेताहरु भने निर्वाचनमा जान इच्छुक देखिएका छन् ।… Continue reading सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस

जेनेभा । बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस विश्वका ६० मुलुकमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस्तो पुष्टी गरेको हो । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओको भनाई छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमणको दर समेत… Continue reading ६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस

आन्दोलन बल्ल शुरु भयो : ट्रम्प

फाईल फोटो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी बिदाई भएका छन् । नयाँ राष्ट्रपतिका रुपमा जो बाइडेन विजयी भएसँगै उनले दोस्रो कार्यकाल भने चलाउन पाएनन् । उनी जाँदा जाँदै आलोचनाको शिकार बनेका छन् । तर, उत्तेजित भाषण भने गर्न छाडेनन् । आफ्नो विदाई सम्बोधनमा समेत उनले यस्तै आक्रमक अभिव्यक्ति दिएका छन्… Continue reading आन्दोलन बल्ल शुरु भयो : ट्रम्प

देउवा र पौडेलबीच भेट:ओलीका कदमविरूद्ध प्रचण्ड–नेपालले दिएको ‘अफर’बारे ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अरू नेताको निवास नधाउने देउवा यो पटक भने बोहराटार पुगेर वरिष्ठ नेता पौडेलसँग करिब १ घण्टा कुराकानी गरेका हुन् । श्रोतका अनुसार उनीहरुबीच प्रतिनिधि सभा विघटन, निर्वाचन, केन्द्रदेखि प्रदेशसम्म हुन सक्ने सत्तारोहण र पार्टीको १४औं महाधिवेशनबारे छलफल… Continue reading देउवा र पौडेलबीच भेट:ओलीका कदमविरूद्ध प्रचण्ड–नेपालले दिएको ‘अफर’बारे ब्रिफिङ

सामुहिक बलात्कारको झुटो आरोप लगाउने युवती पक्राउ

काठमाडौं । आर्थिक प्रलोभनमा पारी सामुहिक बलात्कार जस्तो जघन्य अपराधमा फसाउन खोज्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वर्षिया युवतीले २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा उजुरी गरेकी थिइन् । ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा ५ जना व्यक्तिले अपहरण गरी रौतहट,… Continue reading सामुहिक बलात्कारको झुटो आरोप लगाउने युवती पक्राउ

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि आगामी बुधबार छलफल हुने भएको छ । बीबीसीका अनुसार ट्रम्पमाथि हिंसा भड्काएको आरोप छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको… Continue reading राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । अमेरिकी सामाजिक संजाल ट्वीटर स्वयमःले उनको अकाउन्ट बन्द गरिदिएको हो । हिंसालाई प्रशय दिएको आरोप लगाउँदै ट्वीटरले उनको अकाउन्ट नै बन्द गर्ने निर्णय लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरले एक बयान सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरेको… Continue reading ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

ओली-रावल बाझाबाझ : को हो भगौडा ?

काठमाडौं । शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिए । त्यसको जवाफमा भीम रावलले ओलीलाई भगौडा भन्दै कटाक्ष गरेका छन् । दुई नेताबीचको रोमाञ्चक बाझाबाझ भने दुई छुट्टाछुट्टै कार्यक्रममा भएको हो । खासगरी प्रधानमन्त्रीको बोली रावलतर्फ नै लक्षित थियो । सुदुरपश्चिममा रावललाई आफ्नो पक्षमा पार्न असफल ओलीले प्रचण्ड समुहका… Continue reading ओली-रावल बाझाबाझ : को हो भगौडा ?

बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

काठमाडौं । करीव साढे दुई वर्षसम्म सरकार संचालनका दौरान वालुवाटार भित्रको चौघेरामा बसेका प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन र पार्टी फुटाएपछि भने देश दौडाहामा निस्कने भएका छन् । यसअघि कोरोना महामारीको कारण देखाउँदै उनी पार्टी कार्यालय जान समेत आनाकानी गर्थे । प्रधानमन्त्रीका रुपमा सिंहदरवार नटेकेको धेरै भइसकेको छ । ओली पार्टीको कार्यक्रममा सहभागी हुन… Continue reading बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

बोतलको पानी बेच्ने कम्पनीका मालिक शान्शान बने एसियाकै सर्वाधिक धनी, कति छ सम्पती ?

एजेन्सी । खोप उत्पादन गर्ने फर्म र बोतलको पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको बिलेनियर इन्डेक्स अनुसार चिनिया व्यापारी जङ शान्शान एसियाकै सर्वाधिक धनी घोषित भएका हुन । उनको कुल सम्पती ७७ दशमलब आठ अर्ब अमेरिकी डलर पुगेको छ । जङको यो वर्ष मात्रै कुल… Continue reading बोतलको पानी बेच्ने कम्पनीका मालिक शान्शान बने एसियाकै सर्वाधिक धनी, कति छ सम्पती ?

आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?

काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा भइरहेको राजनीतिक उथलपुथललाई गम्भिरतापूर्वक लिएको छ । पछिल्लो केही दिनयता नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढेको थियो । यद्दपी यो घटनाक्रमबारे चीन भने मौन छ । यसै सन्दर्भमा आज चीनका केही उच्च अधिकारीसहितको टोली काठमाडौं आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली काठमाडौं आउन… Continue reading आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?

आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चर्को आलोचनाका बीच आफु संसद विघटनको विरुद्धमा रहेको स्पष्टिकरण दिएका छन् । शनिबार एक विज्ञप्ती निकाल्दै उनले आफुले यस कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको स्पष्ट पारेका छन् । साथै उनले आगामी सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गरिने भन्दै त्यसमा सहभागी… Continue reading आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’

ओलीलाई रामचन्द्र पौडेलको चूनौति : ‘तनहुँ आउनुस चुनाव लड्न’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा आफुसँगै चुनाव लड्न चूनौति दिएका छन् । बुधबार नेपालको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिएको तनहुँमा निर्वाचन हार्ने भएकाले भन्दै टिप्पणी गरेका थिए । यसको जवाफमा पौडेलले ओलीलाई तनहुँमै चुनावमा आफुसँग भिड्न चूनौति दिएका छन् । यसअघि प्रधानमन्त्री… Continue reading ओलीलाई रामचन्द्र पौडेलको चूनौति : ‘तनहुँ आउनुस चुनाव लड्न’

सरकारको कदमबारे कांग्रेसको धारणा आज पनि आएन, शीर्ष नेताबीच विवाद

काठमाडौं । सरकारले संसद विघटन गरी नयाँ निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेसमा विवाद चर्कने संकेत देखिएको छ । राजधानीमा जारी केन्द्रिय कमिटिको बैठकको दोस्रो दिन बितिसक्दा पनि कांग्रेसले सरकारको कदमबारे आफ्नो आधिकारिक धारणा बनाउन सकेको छैन । उल्टो बैठकमा शीर्ष नेताहरुबीचमा तिब्र विवाद देखिन थालेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संसद… Continue reading सरकारको कदमबारे कांग्रेसको धारणा आज पनि आएन, शीर्ष नेताबीच विवाद

नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए। श्रेष्ठलाई पार्टी हित विपरित गतिविधि गरेको आरोप लगाएको छ । श्रेष्ठको भूमिकाप्रति ओली पक्ष केही समययता… Continue reading नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई

जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

काठमाडौं । राष्ट्रिय जनमोर्चा र मसालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमोर्चाको सोमबार बसेको पार्टी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार पार्टीले सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिने निर्णय गरेको हो । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कदम चालेका… Continue reading जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु

कोहलपुर । टिकटकका लागि मानिस के सम्म गर्न सक्ला ? हामीले टिकटकका लागि अनेक शाहसिक पोज देख्ने गर्छौं । तर, नेपालमा एक युवाले ज्यानै गुमाएका छन् । टिकटक बनाउन झोलुङ्गे पुलको तारमा झुन्डिदा त्यहाँबाट खसेर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ज्यान गएको… Continue reading टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु

हिन्दु राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

काठमाडौं । नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको माग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्ने भएको छ । आगामी पुस १७ गते राजधानी केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा नेताहरुले यस्तो जानकारी दिएका हुन् । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको… Continue reading हिन्दु राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

शनिबार दिनभर प्रधानमन्त्रीको दौडधुप, अध्यक्षदेखि मन्त्री भेट्न निवासमै धाए

काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादमा यसअघि केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आजको दौडधुपपछि भने केही बेचैन भएको देखिएको छ । वालुवाटारमै पार्टी भित्रका अनेक बैठक बहिष्कार गर्दै आएका प्रधानमन्त्री ओली आज भने कार्यकारी अध्यक्ष प्रचण्डदेखि मन्त्रीहरुलाई समेत भेट्न उनीहरुको निवासमै धाए । उनको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री यसअघि आक्रामक… Continue reading शनिबार दिनभर प्रधानमन्त्रीको दौडधुप, अध्यक्षदेखि मन्त्री भेट्न निवासमै धाए

अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

काठमाडौं । अमेरिकी उपराष्ट्रपति र माइक पेन्स तथा उनकी श्रीमतीले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गरेका छन् । नागरिकमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड १९ विरूद्धको खोप लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । खोप लगाउँदा संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उच्च सरकारी अधिकारीले खेप प्रयोग गर्दा… Continue reading अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

ओली-देउवाबीच हिमचिम बढेपछि प्रचण्ड र नेपालले भेटे रामचन्द्र पौडेललाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा अब नेपाली कांग्रेसका नेतासमेत सतहमा देखिन थालेका छन् । पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको हिमचिम बढेको छ । यसबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल भने सशंकित बनेका छन् । उनीहरुले आज नेपाली कांग्रेसका वरिष्ठ… Continue reading ओली-देउवाबीच हिमचिम बढेपछि प्रचण्ड र नेपालले भेटे रामचन्द्र पौडेललाई

चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने

काठमाडौं । चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यस्तो आश्वासन दिएका हुने । काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्र पर्ने बुद्धका मूर्ति र स्तूप नहटाइने उनले बताएका छन् । स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदा… Continue reading चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने

नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा छ । अर्कोतर्फ निको हुनेको संख्यामा भने उत्साहजनक वृद्धि भएको छ । सोहीकारण सक्रिय संक्रमित र गम्भीर बिरामीको संख्यामा पनि उल्लेख्य कमी आएको देखिएको छ । तर, मृत्युदरमा भने सोचेजती प्रगति देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९४… Continue reading नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित

प्रधानमन्त्रीले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक, के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बस्ने गरी सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ । समसामयीक विषयमा छलफल गर्ने भन्दै प्रधानमन्त्रीले बैठक डाकेका हुन् । पछिल्लो समय नेपालमा गणतन्त्र विरोधी आन्दोलन चर्किएको छ । राजतन्त्रको पक्षमा देशव्यापी आन्दोलन हुन थालेपछि सम्भवतः सोही विषयमा चर्चा… Continue reading प्रधानमन्त्रीले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक, के छन् एजेण्डा ?