नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने… Continue reading नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा तानेको नेकपा प्रवक्ताको स्पष्टोक्ती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले प्रधानमन्त्रीका पछिल्ला गतिविधिले आफ्नो स्वार्थका लागि पवित्र संस्थाहरुलाई विवादमा तान्ने प्रयास भइरहेको संकेत गरेका छन् । राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गर्दै उक्र संस्थालाई विवादमा तान्ने काम भएको उनको भनाई छ । टुइटमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो स्वार्थका लागि अनर्गल… Continue reading प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा तानेको नेकपा प्रवक्ताको स्पष्टोक्ती

नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौं । शनिबारका लागि डाकिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप समय माग गरेपछि बैठक स्थगित भएको बताइएको छ । अर्को बैठक सोमबारका लागि बोलाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)लाई आन्तरिक परामर्श गरी विवाद मिलाउन नेताहरुले आग्रह गरिरहेका छन् । यसक्रममा शुक्रबार दुई नेताबीच… Continue reading नेकपा स्थायी समिति बैठक स्थगित

हाकिमको आदेश पालना नगरेको अभियोगमा दुई सैनिक अधिकृत बर्खास्त

काठमाडौं । नेपाली सेनाको दुई सैनिक अधिकृतमाथि बर्खास्तीको कारवाही गरेको छ । सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गर्ने आदेश गरेको हो । आफुभन्दा माथिल्लो पदका कमाण्डरको लिखित आदेश अवज्ञा गरेपछि उनीहरु सैनिक ऐनअनुसार कारवाहीमा परेका हुन् । एक जना जर्नेल र एक जा कर्णेल बर्खास्तीमा परेका छन् । सैनिक सूचना तथा जनसम्पर्क… Continue reading हाकिमको आदेश पालना नगरेको अभियोगमा दुई सैनिक अधिकृत बर्खास्त

नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

काठमाडौं । बुधबार नेकपाको स्थायी समिति बैठक छोटो समय बस्यो । ५ जना मात्र वत्ताले आज बोले । बोलेका मध्ये धेरैले प्रधानमन्त्रीको राजिनामा माग गरे । संकटमा परेको सरकारलाई पार्टी भित्रैबाट राजिनामा माग भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफु निकटका मन्त्री र नेकपाका दोस्रो तहका नेतासँग छलफल गरे । छलफलमा नेताहरुले नेकपा अध्यक्ष… Continue reading नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ

काठमाडौं । नेकपा भित्रको अन्तरसंघर्षका कारण संकटमा परेको सरकारका एक मन्त्री योगेश भट्टराईले पुनः एक पटक आस्थामा भरोसा गर्दै आजको दिन राम्रो हुने कामना गरेका छन् । सामाजिक संजालमा स्टाटस राख्दै योगेशले भनेका छन्, ‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन्, बुधबारलाई अलि बढी राम्रो मान्ने नेपाली चलन छ । आज बुधबार आशा छ, परिस्थिति सहि… Continue reading योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ

प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन भारतीय कार्ड फ्याँक्दा आफै समस्यामा परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको राजधानीमा जारी स्थायी कमिटिमा बोल्ने अधिकांश शीर्ष नेताले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने धारणा राखे । यसले नेकपा भित्र प्रधानमन्त्री अझ कमजोर बनेका छन् । प्रधानमन्त्रीले यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

इरानद्धारा अमेरिकी राष्ट्रपतिविरुद्ध पक्राउ पूर्जी जारी

गुगल फाईल फोटो

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबर सार्वजनिक भएको छ । इराकको राजधानी बग्दादमा ६ महिना अगाडी ड्रोन आक्रमणमा परी आफ्ना सैन्य कमान्डर मारिएको घटनामा संलग्न रहेको आरोपमा राष्ट्रपति ट्रम्पसहित तीन दर्जनविरुद्ध इरानले पक्राउ पूर्जी जारी रहेको हो । उनको हत्या ट्रम्पको योजनामा भएको आरोप इरानको छ । त्यसो त… Continue reading इरानद्धारा अमेरिकी राष्ट्रपतिविरुद्ध पक्राउ पूर्जी जारी

प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका छन् । खासगरी लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजिएको उनको दावि छ । भारतले शुरु गरेको यो चलखेलमा नेपालका नेताले साथ दिएको गम्भीर आरोपसमेत उनले लगाएका छन् । उनको यो संकेत आफ्नै पार्टीका नेतातर्फ… Continue reading प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

३ करोड पुग्यो नेपालको जनसंख्या

काठमाडौं । नेपालको जनसंख्या ३ करोड पुगेको सरकारले जनाएको छ। तथ्यांक विभागको वेबसाइटले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको ल्लेख गरेको छ । २०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो। तथ्याङ्क विभागका अनुसार जनसंख्या वृद्धिदरको प्रतिशत, मृत्युदर र बसाइसराईको प्रतिशतलाई आधार बनार यस्तो अनुमान… Continue reading ३ करोड पुग्यो नेपालको जनसंख्या

कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

काठमाडौं । नेपाली सेनाले आफ्नो मातहतका सबै निकायलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँगै विपद् व्यवस्थापनमा समेत तयार रहन निर्देशन दिएको छ। सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक… Continue reading कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । यसअघि केही संचारमाध्यमले चीनसँग विभिन्न स्थानमा सीमा विवाद रहेको समाचार प्रकाशित गरेका थिए । यसलाई नियतवश प्रकाशित गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो । खासगरी भारतसँगको सीमा विवाद चर्किने समयमा हरेक पटक चीनलाई समेत जोडेर नेपालमा समाचार प्रकाशित हुने गरेको छ… Continue reading चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

नयाँ दिल्ली । भारतका चर्चित योग गुरु रामदेवले कोरोना भाइरससँग लड्ने आयुर्वेदिक औषधि पत्ता लगाएको दावि गरेका छन् । उनले मंगलबार औषधी सार्वजनिक गर्दै यसको प्रयोग भइसकेको र मानिसहरु निको भएको समेत दावि गरेका थिए । यता, भारत सरकारले भने बाबाको उक्त दाविसँगै पतञ्‍जली ग्रुपलाई औषधीको प्रयोग र प्रचार प्रसार रोक्न निर्देशन दिएको छ ।… Continue reading कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

काठमाडौं । सोमबार सामाजिक संजाल एक रमाइलो समाचारका कारण तात्यो । त्यो थियो पर्यटन मन्त्री योगेश भट्टराईलाई कसैले अश्लिल भिडियो देखायो । सन्दर्भ हो, नेपाल पर्यटन बोर्डले आयोजना गरेको टूरिजम पोर्टोकल सार्वजनिक गर्न आयोजना भएको अनलाइन सम्मेलन । जुम सफ्टवेयर प्रयोग गरी करीव २ सय जना सहभागी भएको बैठकमा जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना

काठमाडौं । नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । केही दिन अगाडीसम्म अधिकांश हिमाली जिल्ला सुरक्षित रहेकोमा अब भने हिमाली भेगका समेत रसुवाबाहेक सबै जिल्लामा कोरोना भेटिएको हो । पछिल्लो समय ओखलढुंगामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अब रसुवा मात्र सुरक्षित देखिएको छ । नेपालमा एक सातामा ३ हजार २ सय ६६… Continue reading नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना

चिकेन, टुना फिश र भेजिटेबलको सट्टा पेस्तोलको स्याण्डवीच देख्दा प्रहरी नै चकित

प्रहरीले मेक्सिको सहरमा गत १२ तारिख शुक्रबार ३५ बर्षीय एक ब्यक्तीलाई ‘पेस्तोल र गोलीका’ स्याण्डवीच सहित पक्राऊ गरेको छ । आत्तिएको अवस्थामा एक बस स्टेसनको मेटल डिटेक्टर अगाडि उभिएका ती ब्यक्तीलाई शंकाका आधारमा प्रहरीले खानतलासी गर्दा दुई पाउरोटीको बीचमा चिकेनको सट्टा पेस्तोल र गोली राखेर स्याण्डवीच बनाई फ्वाईल पेपरले बेरेको देख्दा प्रहरी जिल्ल परेको समाचार… Continue reading चिकेन, टुना फिश र भेजिटेबलको सट्टा पेस्तोलको स्याण्डवीच देख्दा प्रहरी नै चकित

नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी बुहारीको सन्दर्भमा ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा आफ्नो अडानका सम्बन्धमा औपचारिक निर्णय गरेको हो । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने गरी पार्टीमा सहमति… Continue reading नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधानको विपक्षमा कांग्रेस, जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसको असहमतिका कारण नागरिकता विधेयकमा आज पनि सहमति जुट्न सकेन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई नेपालमा बिहे भएको ७ वर्षपछि मात्र नेपालको नागरिकता मिल्ने प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले भने विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ । बुधबार बिहान… Continue reading विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधानको विपक्षमा कांग्रेस, जुटेन सहमति

विदेशी बुहारीलाई नेपालमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव

काठमाडौं । नेपालमा भित्रने विदेशी बुहारीले ७ वर्षपछि मात्र नागरिकता पाउने गरी कानून प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले यस्तो प्रस्ताव गरी कानूनको मस्यौदामा छलफल अगाडी बढाएको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव समितिको रहेको छ । नागरिकता नपाएसम्म भने आर्थिक,… Continue reading विदेशी बुहारीलाई नेपालमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव

रौटहतबाट एकै दिन १३७ जना कोरोना संक्रमित डिस्चार्ज

रौटहत । नेपालमा रौतहटबाट मात्र एकै दिन १३७ जना कोरोना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको अन्तिम पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । रौतहटको परोहा नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ६१ जना र राजपुर नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ७६ जना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार… Continue reading रौटहतबाट एकै दिन १३७ जना कोरोना संक्रमित डिस्चार्ज

१२ सांसद, जो ऐतिहासिक मतदानमा छुटे

काठमाडौं । शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । नेपालको प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहेका छन् । त्यसमध्ये शनिबार २ सय ५८ जनाले संविधान संशोधनको पक्षमा मतदान गरे । यो संख्या संसदमा तत्कालिन उपस्थित संख्याको शतप्रतिशत थियो । सोहीकारण विधेयक सर्वसम्मपतिले पारित भयो । कुल सांसदको अत्यधिक बहुमतबाट विधेयक पारित… Continue reading १२ सांसद, जो ऐतिहासिक मतदानमा छुटे

महाकाली सन्धिमा प्रधानमन्त्री र कांग्रेसले गरेको राष्ट्रघातप्रति माफी माग्नुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धीमा गरेको राष्ट्रघातप्रति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् । महाकाली सन्धीका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जोडतोडले लागेका थिए । कांग्रेसले समेत यसलाई समर्थन गरेको थियो । यसअघि कांग्रेस नेता प्रदीप गिरिले समेत प्रधानमन्त्रीलाई महाकाली सन्धीका बेला गल्ती भएको… Continue reading महाकाली सन्धिमा प्रधानमन्त्री र कांग्रेसले गरेको राष्ट्रघातप्रति माफी माग्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने, के गर्छिन् सरिता गिरी ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले निसान छापमा रहेको नेपालको नक्सा परिवर्तन गर्ने प्रयोजनका लागि हुन लागेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको छ । जसपा पदाधिकारीको शुक्रबारको बैठकले नेपालको संविधानको अनुसूची ३ संशोधन गर्न संसदमा प्रस्तुत… Continue reading जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने, के गर्छिन् सरिता गिरी ?

प्रदर्शनमा उत्रिए कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

file

काठमाडौं । पछिल्लो दिनमा सरकारविरुद्ध सडकमा प्रदर्शन चर्किदै आएको छ । कोरोना परिक्षण प्रभावकारी बनाउन, कोरोनामा भएको खर्च सार्वजनिक गर्नजस्ता माग राख्दै काठमाडौंसहित देशव्यापी सडकमा प्रदर्शन भइरहेको छ । यसलाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रदर्शन भए कारबाहीको चेतावनी दिएको छ। विगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन… Continue reading प्रदर्शनमा उत्रिए कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

समाजवादी पार्टीले सांसद गिरीलाई दियो कारवाहीको चेतावनी

काठमाडौं । नेपालको निशान छापमा नयाँ नक्सा समावेश गर्ने सम्बन्धमा संविधान संशोधन प्रक्रिया संसदमा अगाडी बढेको छ । यो प्रस्तावमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरेपछि पार्टीमा विवाद शुरु भएको छ । पार्टीले व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन गिरीलाई दिएको हो । बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर… Continue reading समाजवादी पार्टीले सांसद गिरीलाई दियो कारवाहीको चेतावनी

प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा दुई घण्टा लामो सम्बोधन गरे । उनको भाषण सदाजस्तै अरुलाई अर्ति उपदेश दिने र सरकारले कँही कतै गल्ती नै नगरेको दावीमा सिमित भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेट र अन्य विविध विषयमा उठेका प्रश्नको जवाप दिन प्रधानमन्त्री रोष्ट्रममा उपस्थित थिए ।… Continue reading प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

इन्भेष्टमेन्ट बैंकले इटालीमा जित्यो तनहु हाइड्रोको २ अर्ब भुक्तानी मुद्दा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले इटालीमा तनहु आइड्रो जलविद्यूत आयोजनाका भुक्तानी मुद्दा जित्न सफल भएको छ । इटालीको अदालतमा करिब दुई अर्ब १० करोड रुपैयाँ बराबरको भुक्तानीसम्बन्धी मुद्दा बैंकले जित्न सफल भएको हो । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैङ्कले नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापत सो रकम भुक्तानी गर्नुपर्ने इटालीको… Continue reading इन्भेष्टमेन्ट बैंकले इटालीमा जित्यो तनहु हाइड्रोको २ अर्ब भुक्तानी मुद्दा

बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

एजेन्सी बर्तमान अवस्थामा संसारभरका मानिस प्रविधिमा यति धेरै अव्यस्त भै सकेका छन्  कि हिँडदा पनि बाटोमा होइन, फोन हेरेर हिंड्न थालेका छन् । कतै तपाईंमा पनि यस्तै बानी छ भने अब सरकारले बाटो हिंड्दा फोन चलाउनेलाई बिस्तारै लगाम लगाउने कानून ल्याउन थालेको छ । बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाउने कानून जापानस्थित यामातो सहरमा ल्याउन… Continue reading बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

धरानबाट एकै पटक १८ जना डिस्चार्ज

धरान । धरानमा उपचारार्थ भर्ना भएका १८ जना कोरोना संक्रमित बिरामी एकै पटक डिस्चार्ज भएका छन् । प्रदेश १ का सुनसरी र झापाका १८ जना संक्रमित कोरोनालाई जित्न सफल भएका हुन् । उनीहरु सोमबार राती डिस्चार्ज भए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज हुनेहरु सुनसरी धरान–१३ कि ५१ वर्षीय महिला र झापाका १७… Continue reading धरानबाट एकै पटक १८ जना डिस्चार्ज

बजेटमा आफ्नै मन्त्रालयको कार्यक्रमप्रति शिक्षा मन्त्रीको असहमति

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७\ ७८ को बजेटमा शिक्षा मन्त्रालयसम्बन्धी एक विवादित कार्यक्रमका कारण अहिले सरकारको आलोचना भइरहेको छ । सामुदायिक विद्यालयको व्यवस्थापन निजी विद्यालयलाई दिने गरी बजेटमा एक बुँदा समेटिएको छ । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा आफूले लिएर जिम्मेवार अभिभावकत्व निर्वाह गर्नुपर्नेमा निजीलाई जिम्मा दिनु गलत भएको भन्दै आलोचना भइरहेको छ… Continue reading बजेटमा आफ्नै मन्त्रालयको कार्यक्रमप्रति शिक्षा मन्त्रीको असहमति