काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबारबाट सर्वसाधारणसँगको भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमणको डरले उनले आम रुपमा भइरहेको दैनिक भेटघाटको काम अनिश्चितकालका लागि बन्द गरेका हुन् । अब प्रचण्डले अत्यावश्यक काममा बाहेक अन्य भेटघाट गर्ने छैनन् । प्रचण्ड निवासमा धेरै ठूलो संख्यामा नागरिक पुग्ने गरेका छन् । नेता, कार्यक्रता… Continue reading प्रचण्डले सर्वसाधारणसँग भेट घटाए
Category: रोचक खवर
सामान्य बन्दै चीनको जनजीवन
बुहान । कोरोना भाइरसको संक्रमणबाट माथि उठेसँगै चीन अब सामान्य जनजीवनमा फर्कन थालिसकेको छ । कोरोना भाइरस महामारीको केन्द्रविन्दु वुहानमा बिरामीको संख्या घटेको छ । स्कूल, कलेज तथा उद्योगहरु नियमित संचालनमा आउन थालेका छन् । यससँगै चीनले बुहानमा खटाएका अन्य राज्य तथा क्षेत्रका चिकित्सक आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । मंगलबारबाट स्वास्थ्यकर्मीलाई बिदा दिन थालिएको… Continue reading सामान्य बन्दै चीनको जनजीवन
एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने आंशका बढेको भन्दै सरकारले चैतमा निर्धारित सबे परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । यससँगै बिहीबारबाट संचालनको तयारी रहेको माध्यमिक शिक्षा (एसईई) परीक्षा समेत स्थगित भएको हो । सरकारले अन्तिम समयमा आएर भने परीक्षा स्थगित गर्ने निर्णयको भने व्यापक आलोचना भएको छ । जोखिमको आशंका निकै… Continue reading एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित
चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल
भरतपुर । भरतपुर महानगरपालिकाले चितवनमा कोरोना भाइरसको सम्भावित उपचारका लागि अत्याधुनिक सेवासहितको अस्पताल बनाउने भएको छ । आगामी तीन दिनमा अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी महानगरपालिकाको रहेको छ । भरतपुर महानगरपालिकाको पहलमा भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक आईसीयूसहितको अस्पताल सञ्चालनमा ल्याइने भएको हो । महानगरपालिका यसको तयारीमा समेत जुटिसकेको छ । प्रदर्शनी… Continue reading चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल
प्रदेश दुई नाम राख्न असफल
जनकपुर । मंगलबार प्रदेश नं २ आफ्नो प्रदेशको नाम तोक्न असफल भएको छ । दुई तिहाईले अनुमोदन नभएसम्म नाम राख्न मिल्दैन । मंगलबार प्रदेशको नाम राख्ने विषयमा मतदान भएको थियो । मतदानबाट चार वटा नामका प्रस्ताव अस्वीकृत भए । नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो। उक्त प्रस्तावका… Continue reading प्रदेश दुई नाम राख्न असफल
बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव
काठमाडौं । सरकारले बिहान ९ बजेबाटै स्कूल संचालन गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापनको प्रयोजनका लागि स्कूल छिट्टै संचालन गर्ने प्रस्ताव गरेको हो । निजी विद्यालय बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म संचालनको तयारी सरकारले गरेको हो । अहिले कार्यालय समयमै स्कूल पनि संचालन हुने भएकाले… Continue reading बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव
कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् । प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको… Continue reading कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा
प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छिन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको ९ औं दिनपछि पत्नी राधिका शाक्यले भेटेकी हुन् । उनी प्रधानमन्त्रीलाई भेट्ने दोस्रो भिजिटर बनेकी छिन् । यसअघि बुधबार आठौं दिन मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेटेकी थिइन् । समीक्षाको भने बुधबार नै डिस्चार्ज भएको छ । तर,… Continue reading प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्
पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने
काठमाडौं । पर्वतारोहणमा आउने पर्यटकमार्फत नेपालमा कारोना नफैलियोस भन्ने उद्देश्यले सरकारले सचेतना बढाएको छ । बसन्त ऋतुमा हुने पर्वतारोहणमा सरकारले कडा नियम ल्याएको छ । पर्यटन विभागका अनुसार आरोहीले पर्वतारोहण अनुमति पत्र लिनु अगाडि गरेको १४ दिनको यात्रा विवरण पेश गर्नुपर्ने भएको छ । यसको व्यवस्थापन भने ट्राभल एजेन्सीले गर्नेछ । अहिले विश्वभर कोरोनाको संक्रमण… Continue reading पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने
श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
काठमाडौं । नेपालमा पुरुषले महिलामाथि एसिड प्रहार गरेको धेरै घटना दोहोरिने गरेको छ । तर, सोमबार राती पुरुषमाथि महिलाले एसिड प्रहार गरेकी छिन् । काठमाडौंमै यस्तो घटना भएको हो । काठमाडौंको बालाजुमा कोठामा सुतिरहेका पुरुषमाथि महिलाले एसिड हानेकी हुन् । नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि… Continue reading श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस
काठमाडौं । पूर्वयुवराज पारस शाह शनिबार पशुपतिनाथ मन्दिर परिसरमा देखिए । पारसको राजशी रवाफ समाप्त भइसकेको धेरै भइसक्यो, तर उनी आफ्नो स्टाटसलाई मेन्टेन गर्न नसकेका कारण आम नागरिकका नजरमा भने आलोचित पात्र हुन् । शनिबार भने उनी अलि भिन्न रुपमा प्रस्तुत भए । पशुपतिनाथ मन्दिर परिसरमा उनले झाडु समातेर सरसफाइ गर्न लागे । लामो समय… Continue reading पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस
सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो
काठमाडौं । विश्व शान्ती स्थापनामा नेपालले गरेका प्रयासको सधैभरी प्रसंशा हुने गर्छ । यसमध्ये एउटा कारण शान्ती सेना समेत हो । संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरबाट शान्ती सेना खटिएका हुन्छन् । विश्व शान्ति स्थापनामा फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो ठूलो देश बन्न सफल भएको छ । १ जनवरी २०२० यता नेपाल चौथो स्थानमा… Continue reading सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो
अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने
काठमाडौं । अब बैंकहरुमा ग्राहकले सुनलाई निक्षेपका रुपमा राख्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई परिपत्र गरेको छ । बिहीबार बैंकहरुका नाममा परिपत्र गर्दै राष्ट्र बैंकले कार्यविधि बनाई सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटबाट नेपाली नागरिकले सम्पत्तिको रुपमा… Continue reading अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने
यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध
काठमाडौं । सरकारले सार्वजनिक स्थानमा होली खेल्न नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो । कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको कार्यालयले जनाएको छ । होलीका लागि कार्यालयले कुनै पनि निकायलाई सार्वजनिक कार्यक्रम गर्न… Continue reading यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध
अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ
काठमाडौं । राजिनामा दिएको २४ घण्टा नबित्तै अर्थमन्त्री डा. युवराज खतिवडाको पदमा पुनबहाली भएको छ । उनले साविकमा जस्तै अर्थ र सूचना प्रविधि तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । उनलाई बुधबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको सथप ग्रहण गरेका छन् । त्यसलगत्तै उनी मन्त्रालय पुगेर कार्यभार ग्रहण गरे । उक्त अवसरमा उनले… Continue reading अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ
१८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार
काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ औं योजना स्वीकृत गरेको छ । पञ्चवर्षिय योजनाले कूल १८ वटा आयोजनालाई दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर (रुपान्तरणकारी) आयोजनाका रुपमा परिभाषित गर्दै योजना बनाएको छ । ती आयोजना सम्पन्न भएपछि मुलुकको विकास र जनताको समृद्धिको चाहनामा ठूलो प्रभाव पर्ने आयोगको विश्वास रहेको छ । १५ औं योजनामा समावेस… Continue reading १८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । यद्दपी जुत्ता प्रचण्डसम्म पुग्न भने सकेन । राष्ट्रिय सभागृहमा आइतबार आयोजना भएको एक कार्यक्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गर्दै दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए । प्रचण्डले भाषण सकेर अभिवादन भनिसकेपछि उनले जुत्ता प्रहार गरेका थिए । भाषण मन नपरेका… Continue reading नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ
अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अविवाहित छन् । तर, एक जना महिलाले उनी आफ्नो पति भएको र नाता कायम गरिपाउँ भन्दै अंश मुद्दा दायर गरेकी छिन् । दोलखाकी बालिका खड्काले राईमाथि अंश मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतमा उनले नाता कायम गरी अंश दिलाई पाऊँ भन्दै मुद्दा दायर गरेको… Continue reading अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा
अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासमा काम गर्ने कर्मचारीको भेषमा ठगी धन्दा गर्ने एक जना पक्राउ परेका छन् । कर्मचारीको दाबी गर्दै ठगी गर्ने केदार खड्का पक्राउ परेका हुन् । सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ मा बस्ने ४१ वर्षीय खड्काले आफूलाई विकासका नाममा चिनाउने गरेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका… Continue reading अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने पक्राउ
सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु सक्रिय भएको बताएका छन् । नेकपाको अध्यक्ष समेत रहेका ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अनावश्यक विषयलाई उचालेर जनतामा भ्रम छरेको उनको आरोप छ । ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्रीको भनाई थियो । विपक्षीले आफ्नो… Continue reading सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री
आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक
काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार । हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री जन्मस्थान पुगेका थिए । त्यहा पुगुन्जेल त सबैको सहानुभूति नै थियो । तर, जब उनले… Continue reading आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक
श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…
काठमाडौं । प्रहरी बर्दीमा टिकटक भिडिओ भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सई रत्नबहादुर थापामाथि कारबाही थालेको छ । उनीमाथि विभागीय कारवाहीको तयारी भएको कार्यालयले जनाएको छ । भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयका इञ्चार्ज रहेका उनको स्थानमा कार्यालयले सई राजु प्रसाईंलाई खटाएको छ । वास्तवमा आफैले टिकटक बनाउनुभन्दा पनि श्रीमतीले श्रीमानको बर्दी लगाएर टिकटकमा अभिनय गरी… Continue reading श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…
शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव
काठमाडौं । आइतबार एकाबिहानै विभिन्न संचारमाध्यममा अर्थमन्त्री डा. युवराज खतिवडाको पद हट्ने खबर सार्वजनिक भयो । उनको पद अन्य मन्त्रीजस्तै कुनै बदमासी गरेर नभई कानून अनुसार नियमित कार्यकाल पुरा गरी उनी बिदा हुँदैछन् । किनकी उनको सांसद पद दुई वर्षे कार्यकालका लागि हो । २० फागुनबाट उनको सांसद पद रहने छैन । त्यसअवस्थामा अर्थमन्त्रीका रुपमा… Continue reading शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव
जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाउँदैछन् । सोही सिलसिलामा उनी जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाँदैछन् । उनी हेलिकोप्टर चढेर आठराइ, सल्ले जान लागेका हुन् । ओली २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा जन्मिएका हुन् । तर, सानैमा उनको परिवार झापा झरेको थियो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ… Continue reading जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री
महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि
काठमाडौं । पशपति क्षेत्र विकास कोषले शुक्रबार महाशिवरात्रीको रौनकलाई खास बनाउन पशुपतिमा कुनै कसुर बाँकि राखेको थिएन । करीव २ करोड मूल्य खर्च गरेर भारतबाट ल्याइएको विशेष फूले पशुपति क्षेत्र झकिझकाउ भएको थियो । पशुपति पुग्ने सबैले यसको प्रशंसा समेत गरेका थिए । तर, शनिबार बिहानै पशुपति झण्डै कुरुप जस्तै देखिन पुग्यो । यो कसरी… Continue reading महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि
गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको घटनाबारे सार्वजनिक रुपमा मुख खोलेका छन् । उनले गल्ती गर्ने कसैलाई पनि पार्टीबाट छुट नहुने स्पष्ट पारेका छन् । प्रेस संगठन नेपाल नवलपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गल्ती गर्नेलाई पार्टीबाट कुनै पनि प्रकारको संरक्षण नहुने स्पष्ट पारे ।… Continue reading गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्
नेपालमा सुनको कीर्तिमानी मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार कीर्तिमान कायम गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो । यो अहिलेसम्मकै बढी हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको… Continue reading नेपालमा सुनको कीर्तिमानी मूल्य
बास्कोटाले गरे राजिनामा
काठमाडौं । आर्थिक लेनदेनका लागि मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । आफूमाथि उठेको प्रश्नका कारण नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा गरेको मन्त्री बास्कोटाले उल्लेख गरेका छन् । सेक्यूरिटी प्रेस खरीद गर्ने सम्बन्धमा उनले कमिसनवापत प्राप्त हुने रकमका सम्बन्धमा… Continue reading बास्कोटाले गरे राजिनामा
संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा
काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजनीति तात्तिएको छ । सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा स्विस कम्पनीका एजेन्टसङ्गको अडियो वार्तामा मन्त्री बास्कोटाले कर्मचारीलाई अश्लील शब्दसमेत बोलेका छन् । उनले भनेका छन्, “यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले… Continue reading संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा
चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक
काठमाडौं । द काठमाडौं पोष्ट’मा प्रकाशन भएको एक लेखको विषयमा मंगलबार नेपालस्थित चिनियाँ दूतावासले कडा शब्दमा विज्ञप्ति जारी गर्यो । खासगरी माओको तस्वीरमा मास्क प्रयोग भएको कार्टुनसहित प्रकाशित विज्ञप्तीपछि नेपालमा दूतावास आलोचित बन्न पुगेको छ । बुधबार नेपाली संचारमाध्यमका सम्पादकले दूतावासको विज्ञप्तीप्रति आफनो ध्यानाकर्षण भएको बताएका छन् । सम्पादकहरुले बुधबार एक संयक्त वक्तव्यमा जारी गरेका… Continue reading चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक