काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा आफ्नो दललाई जनताले नराम्रोसँग हराएपछि विवादित ट्वीट गरेका छन् । उनले जनमतको अपमान हुने गरी जनताले भ्रष्टता, र असक्षमतालाई अनुमोदन गरेको भन्दै ट्वीट गरेपछि उनको बौद्धिक स्तरलाई लिएर सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ । जनताले भोट दिएर जिताएका उमेदवारलाई हार्दिकताका साथ बधाई दिनुको साटो उनले ठूला… Continue reading विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र
Category: रोचक खवर
सागकै मुखमा खेलाडी कतार भागेपछि…
काठमाडौं । र्कीतिमानी नेपाली धाविका तुलसा खत्री पलायन भएकी छिन् । खेलाडी पलायन हुनु सामान्य हो । तर, उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देशको प्रतिनिधित्व गर्दै थिइन् । अर्कोतर्फ उनी विभागीय नेपाली सेनामा आवद्ध छिन् । जसले गर्दा उनलाई अन्य खेलाडीलाई जस्तै आर्थिक अवस्थाका कारण देश छाड्नु पर्ने बाध्यता पनि थिएन् । तर, चार… Continue reading सागकै मुखमा खेलाडी कतार भागेपछि…
युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो । ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत… Continue reading युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण
मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीसहित नौ जनालाई विपक्षी बनाएर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप गुप्तामाथि लगाएको छ । अन्य व्यक्ति भने गुप्ताकै परिवार हुन् । अख्तियारले १५ करोड… Continue reading मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा
गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ
काठमाडौं । सोमबार साँझ समय माग्दै गैरकानूनी शूल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएका मेडिकल कलेज संचालकले मंगलबार त्यसतर्फ चासो देखाएनन् । सोहीअनुसार शूल्क फिर्ता नगर्ने कलेज संचालकमाथि कारवाही गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । मंगलबार साँझ गृह मन्त्रालयमा सर्वदलीय बैठक बसेको थियो । मेडिकल कलेजले गैरकानूनी रुपमा उठाएको शूल्क फिर्ता नभएपछि कलेज सञ्चालकलाई बुधबारबाट कारबाही… Continue reading गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ
नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट
काठमाडौं । विश्वकप छनोटका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलको नाइट क्लव गई झुमेका चार खेलाडीमध्ये अण्डर २३ समूहमा पर्ने तीन खेलाडीले घरेलु मैदानमै हुने दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाएका छन् । उनीहरुलाई प्रशिक्षकले नखेलाउने निर्णय लिएका छन् । नेपाली टोलीका आशालाग्दा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी बीनौ नै नेपाली… Continue reading नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट
वैधानिक हतियार बुझाउन गृहको निर्देशन, चुनावपछि फिर्ता
काठमाडौं । गृह मन्त्रालयले घर घरमा रहेका वैधानिक हतियार चुनाव अवधिभरका लागि प्रहरीलाई बुझाउन निर्देशन दिएको छ । आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका दौरान निर्वाचन हुने जिल्ला र क्षेत्रका नागरिकले आफुसँग रहेको अनुमति प्राप्त हतियार अब नजिकको प्रहरी कार्यालयमा बुझाउनु पर्ने भएका छ । चुनाव प्रभावित नहोस र शान्ती सुरक्षा कायम होस भन्ने उद्देश्यले यस्तो… Continue reading वैधानिक हतियार बुझाउन गृहको निर्देशन, चुनावपछि फिर्ता
किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ
काठमाडौं । महिलाकै मिलेमतोमा राजधानीमै एक किशोरीको बलत्कार प्रयास भएको छ । बलत्कार प्रयासको आरोपमा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ । कन्सल्टेन्सीमा जागिरको प्रलोभन देखाई अन्तर्वार्तामा बोलाएको र जबर्जस्ती करणी गर्न खोजेको भन्दै किशोरीले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार सिंनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै किशोरीमाथि जबर्जस्ती गर्न… Continue reading किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ
पर्यटनमन्त्रीको दावी : ५ वर्षपछि निजगढबाट सिधै अमेरिका
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ५ वर्षपछि निजगढ विमानस्थलबाट सिधै अमेरिका उडान हुने दावी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको रणनीतिक महत्वको आयोजना भएकाले निजगढ सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ५ वर्ष भित्र आयोजना सम्पन्न भइछाड्ने बताएका हुन् । उनले त्यसपछि नेपालबाट सिधै अमेरिका उडान गर्ने… Continue reading पर्यटनमन्त्रीको दावी : ५ वर्षपछि निजगढबाट सिधै अमेरिका
अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति
काठमाडौं ।आतंकवादको जोखिम, घरेलु तथा अन्तर्राष्ट्रिय युद्ध र सामाजिक सुरक्षाका दृष्टिकोणबाट अमेरिकाको तुलनामा नेपाल शान्त पाइएको छ । ग्लोबल पीस इन्डेसक्ले देखाएअनुसार १ सय ६३ मुलुकमध्ये नेपाल ७६ औं स्थानमा रहेको छ । जहाँ नेपालभन्दा पछाडी भारत, चीन, अमेरिकाजस्ता अतिविकसित मुलुक पर्छ । यी मुलुकमा भौतिक विकासले चरम रुप लिएपनि शान्तीपूर्ण रुपमा बाच्न पाउने वातावरण… Continue reading अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति
सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल
काठमाडौं । बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ खाइसकेपछि करीव १२ बजे अपरान्हदेखि सिंहदरबार छिर्न शुरु गरे । सबै जसो मन्त्रालयमा सचिवदेखि उच्च पदस्थ अधिकारीहरु फूलको थुंगासहित नयाँ मन्त्रीहरुको स्वागतमा तम्तयार थिए । कर्मचारीहरु लाइनमा बसेर मन्त्रीको स्वागतमा खटिएका थिए । मन्त्रीहरु प्रवेश गर्न लागे । त्यसबेला मन्त्रालयमा छुट्टै माहौल छाएको थियो । कृषि मन्त्री घनश्याम भुषाललाई… Continue reading सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल
मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा
काठमाडौं । मन्त्रिपरिषद् पुनगर्ठनको चर्चाले बुधबार पनि नेपालको राजनीतिक सरगर्मी तात्यो । संचारमाध्यमदेखि सामाजिक संजाल यसैको चर्चामा थियो । किनकी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए । उनको आषय बुधबार नै मन्त्रिपरिषद्पुनर्गठन हुने र मन्त्रीहरु परिवर्तन हुनेतर्फ थियो । बुधबार त्यसका लागि पटक पटक बैठकहरु… Continue reading मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा
करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा
काठमाडौं । करीव २० लाख मूल्य बराबरको डिजेल बोकेर बाराको अम्लखेगन्जबाट विराटनगर आइरहेको ट्यांकर अपहरण भएको छ । आइतबार रातको १ बजे सिराहा, लहानस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमले जनाएको छ । यो ट्यांकर ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा दर्ता… Continue reading करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा
प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् । प्रधानमन्त्रीले कालापानीबाट तत्काल भारतीय सैनिक फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । त्यसक्रममा उनले नेपालको एक टुक्रा जमिन पनि भारतले लैजान नसक्ने उल्लेख गरेका थिए । यस अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना
विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा
न्युयोर्क हामीले विश्वभर साईकल चढेर यात्रा गर्ने साईकल यात्री त सुनेकै हो । विश्व साईकल यात्रीले यात्राका क्रममा साईकल लिएर बिभिन्न्न देशहरुमा पाईला टेक्ने गर्दछन् । तर आज एउटा यस्तो मान्छेको कथा जस्ले विश्व भरका देशहरुमा दौडिन कै लागि पुग्ने गर्दछन् । ३० बर्षीय ब्रिटिश नागरिक निक बटरले गत १० तारिख आइतबार ग्रिसमा आयोजित एक… Continue reading विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा
नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी
काठमाडौं । उत्तर कोरियाली नागरिकले नेपालमा गरेको लगानी फिर्ता गरेका छन् । नेपाल सरकारको उनीहरुलाई नेपालबाट आफ्नो लगानी फिर्ता लैजान पटक पटक समय दिएको थियो । अब सबै उत्तर कोरियाली लगानीकर्ताले लगानी फिर्ता लिएर नेपाल छाडिसकेको उद्योग विभागले जानकारी दिएको छ । यससँगै सरकारले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पत्र पठाउँदै नेपालबाट उत्तर कोरिायली लगानी फिर्ता… Continue reading नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी
सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम
काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सार्वजनिक यातायातको व्यवस्थापनमा नयाँपनः ल्याउने गरी योजनाहरु सार्वजनिक गरेको छ । त्यसअन्तर्गत फोहोर सिट हटाउन व्यवसायीलाई अल्टिमेटम दिएर सुधार थाल्ने तयारी महाशाखाले गरेको छ । सार्वजनिक बस, ट्याक्सीलगायतमा रहेका सीट घिनलाग्दो भएको र गाडीहरु अत्यन्तै फोहोर रहेको जनगुनासो आइरहेको छ । जनगुनासोपछि महाशाखाले व्यवसायीसँग छलफल गरी सीट फेर्न अल्टिमेटम… Continue reading सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम
विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
काठमाडौं । आगामी ३ मंसिरमा कुवेतसँग विश्वकप छनोटको महत्वपूर्ण खेल, नेपालका लागि त्यो खेल यति महत्वपूर्ण छ की, आगामी यात्रा सहज बनाउन नेपालले खेल जित्नै पर्छ । यसका लागि खेलाडीमा उच्च अनुशासन र देशका लागि ज्यानै दिन तयार हुनुपर्ने अवस्था छ । तर, शनिबारको फ्लाइटमा रहेका खेडाली शुक्रबार राती अबेरसम्म ठमेलको डान्सबारमा भेटिए । जब… Continue reading विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला
न्युयोर्क झण्डै ९० लाख मानिसको बासस्थान न्युयोर्क शहर बिभिन्न कारणले संसारभरका मानिसका लागि सपनाको शहर हो । त्यति मात्र होईन, न्युयोर्क त्यस्तो शहर हो जुन शहरमा बसोबास गर्ने र घुम्ने ईच्छा अमेरिका कै अन्य राज्यमा बसोबास गर्नेहरुका लागि पनि तिब्र हुने गर्दछ । झण्डै ४ सय बर्ष पुरानो न्युयोर्क शहरमा हरेक दिन केही न… Continue reading न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला
सरकारी जागिरको उमेरहद अब ६० वर्ष
काठमाडौं । अब सरकारी कर्मचारीले ६० वर्षसम्म सेवामा कार्यरत रहन पाउने भएका छन् । यसअघि ५८ वर्ष रहेको अनिवार्य अवकासको उमेर दुई वर्ष थप भएको हो । नेपालीको औसतः आयु बढ्दै गएसँगै सरकारले निजामती कर्मचारीको उमेर हद बढाउने प्रस्तावसहित कानून बनाएको छ । निजामति सेवा ऐनको मस्यौदामा अनिवार्य अवकासको उमेर हद ६० वर्ष राख्न संसदीय… Continue reading सरकारी जागिरको उमेरहद अब ६० वर्ष
संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज
न्युयोर्क नागरिक उड्डयनको ईतिहासमा नयाँ किर्तिमान बनाउँदै बिहीबार क्वानटस् एयरलाइन्सको एक जहाजले लन्डनदेखि अस्ट्रेलियाको लागि ५० जना यात्रु लिएर १७ हजार ८ सय किलोमिटरको दुरी लगातार १९ घण्टामा तय गर्ने गरी उडान भरेको छ । बिहीवार लन्डनको स्थानीय समय बिहान ६ बजे परिक्षण उडान सुरु गरेको क्वान्टस् एयरलाइन्सको एक सय मेट्रिकटन तौलको उक्त बोईङले आफ्नो… Continue reading संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज
कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास
न्यूयोर्क बिगत केही समयदेखि सामाजिक संजालमा ब्यापक सेयर हुँदै आएको अमेरिकाको चर्चित किराना होलसेल कष्ट्को नामको “७५ डलर छुट कुपन” झुटो भएको कस्ट्कोले बताएको छ । किराना होलसेल कस्ट्सोले मंगलवार राती आफ्नो फेसबुक पेज मार्फत लेखेको छ “हामी हाम्रो शुभचिन्तक र प्रसंसकलाई धेरै माया गर्छौ तर यो ७५ डलर छुट भनिएको कुपन झुटो हो ।… Continue reading कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास
नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र
काठमाडौं । सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरालाइन्सको एयरबस ३३० जहाजले अवतरण गरेपछि पार्किंग गर्ने स्थल नपाएपछि एक घण्टा ५ मिनेटसम्म यात्रु जहाज भित्रै थुनिनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकसाथ जहाजहरु आएका कारण र्पािर्कंग फूल भएको थियो । त्यसपछि नेपाल एयरलाइन्सको जहाजले स्थान पाएन । दिल्लीबाट आएका यात्रुले एक घण्टा… Continue reading नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र
राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना
काठमाडौं । काठमाडौंमा काटिएका राँगा भैसीको हाड र छाला बोरामी हाली जलाएर काठमाडौंमा दूर्गन्ध फैलाएका तीन जनालाई नगद जरिवाना तिराएर छाडिएको छ । उनीहरु अघिल्लो साता पक्राउ परेका थिए । तीनै जनालाई ललितपुर महानगरपालिकाले १२ हजार जरिमाना तिराएको हो । नगदसहित आगामी दिनमा सोही प्रकारका गतिविधि दोहोर्याएमा कडा सजाय हुने शर्तसमेत राखिएको छ । राजेश… Continue reading राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना
नियमित रुपमा थोरै दौडदा पनि यस्तो अचम्मको फाईदा
न्युयोर्क ढिलो दौडनुहोस् वा छिटो ! धेरै माईल्स दौडनुहोस् वा थोरै माईल्स ! तर नियमित दौडिने मानिसको अल्पायुमा मृत्यु हुने सम्भावना एकदमै कम हुने कुरा एउटा नयाँ अनुसन्धान बाहिर ल्याएको छ । यो नयाँ अनुसन्धान अष्ट्रेलिया, थाईल्याण्ड र फिनल्याण्डका अनुसन्धानकर्ताहरुले संयुक्तरुपमा गरेको अनुसन्धानपछि बाहिर ल्याईएको हो । नयाँ अनुसन्धानमा यस अगाडि अमेरिका, चिन, बेलायत र… Continue reading नियमित रुपमा थोरै दौडदा पनि यस्तो अचम्मको फाईदा
प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण
काठमाडौं । नेपालले आन्तरिक तथा बाह्य निकायसँग लिएको सार्वजनिक ऋण करीव ११ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र १८ अर्ब रुपैयाँले ऋण बढ्दा प्रतिनेपालीको हिस्सामा पर्ने ऋण समेत बढेको हो । आंकडा अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य… Continue reading प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण
प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी
काठमाडौं । सचिवालय तथा सल्लाहकारहरुको कामप्रति प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरु फेरिने भएका छन् । सचिवालयका वर्तमान सदस्यले सामूहिक राजीनामाको तयारी गरिरहेको वालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीका मूख्य सल्लाहकार विण्णु रिमालसहित विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना… Continue reading प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी
आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको निजी सचिवायलका कर्मचारी र सल्लाहकारहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा उनी सचिवालय र सल्लाहकारहरुको कामबाट असन्तुष्ट देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनले आफ्नो गति अनुसार हिड्न नसक्ने कर्मचारी र सल्लाहकारलाई राजिनामा गर्न समेत सुझाएका छन् । प्रधानमन्त्री स्वास्थ्योपचार गरी घर फर्किएसँग केही अनुभूति हुने… Continue reading आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?
जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दुई जहाज एक आपसमा ठोक्किएका छन् । तर, यसबाट ठूलो क्षति भने भएन । विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाज पार्किङ गरिराखेको यति एयरको जहाजमा ठोक्किन पुगेको थियो । श्रीको जहाजले यतिको पुछारमा छोएको र घटनामा जहाजमा सामान्य क्षति हुनुबाहेक अन्य क्षति नभएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी… Continue reading जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए
आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन
काठमाडौं । हिन्दु धर्मावलम्बीका लागि भगवान विण्णुको उपासना गर्ने दिन आज देशभर हरिबोधनी एकादशी मनाइदैछ । कार्तिक शुक्ल एकादशीका दिन घरघरमा हुर्किएको तुलसीको पूजा जरी हरिबोधनी एकादशी पर्व मनाइन्छ । यस दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह हुने मान्यता रहको छ । आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिनमा सागरमा सुतेका विष्णु भगवान आजैका दिन ब्युँझने… Continue reading आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन