काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् । उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका थिए । विमानस्थल प्रहरी र काठमाडौं प्रहरीको परिसरको संयुक्त टोलीले… Continue reading बच्चाको डाइपरमा लुकाएर सुन तस्करी
Category: रोचक खवर
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल आइतबार बिहान गरेको टुइटका कारण दिनभर विवादित रहे । दिनभर सामाजिक संजालमा उनको जमेर आलोचना भयो भने संचारमाध्यममा पनि उनी छाइरहे । टुइटले आम सर्वसाधारण मात्र आक्रोसित भएनन, स्वयमः नेकपाका नेता कार्यक्रताले पनि यस टुइटको खुलेर आलोचना गरेका छन् । टुइटमा रिमालले भनेका छन्, ‘भनिन्छ,… Continue reading प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित
अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज
न्युयोर्क संयुक्त राज्य अमेरिकाकै सबैभन्दा वृद्धा (महिला पुरुष दुबैमा) मानिस आज जुलाई ६ तारिख शनिबार ११४ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९०५ को जुलाई ६ तारिखका दिन नर्थ क्यारोलाईनामा जन्मिएकी अलिलिया मर्फी आज शनिबार ११३ पुरा भएर ११४ बर्षमा प्रवेश गर्दा उनी संसार कै ८ औं जिउँदो बृद्धा मानिस हुन पुगिन् । नर्थ… Continue reading अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज
टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो
सुपर मार्केटमा बिक्री गर्न राखेको अाईस क्रिम जिब्रोले चाटेर फेरी जेफ्रिजरेटरमा नै राखिदिएको कारण एक महिलाले २० बर्षसम्म जेलमा बस्नु पर्ने सम्भावना भएको छ । गत जुन २८ तारिख अन्दाजी ११ बजे राती टेक्सस् राज्यस्थित लफकनमा रहेको वालमार्टमा बिक्रिमा राखेको अाईस क्रिम चाट्ने ति महिलालाई उपभोक्ता खाद्यान्न सम्बन्धी कानून अन्तर्गत दोश्रो दर्जाको अपराध अन्तर्गत प्रहरीले… Continue reading टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो
प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘
काठमाडौं । काठमाडौं उपत्यका धुलो मुक्त भएको र अब मास्क लगाएर हिड्न नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि कांग्रेस सांसद रंगमती शाहीले आपत्ति जनाएकी छिन् । बिहीबार प्रतिनिधि सभा विकास तथा प्रविधि समिति बैठकमा प्रमुख प्रतिपक्षी दलकी सांसद शाहीले काठमाडौंमा मास्क लगाउनु पर्छ या पर्दैन रहेछ भन्ने बारे जान्न आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न चेतावनी… Continue reading प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘
नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या
काठमाडौं । आइतबार भक्तपुरमा ६० वर्षिय सावित्री भट्टराईको हत्यामा आफ्नै छोरीको संलग्नता रहेको प्रहरीले बताएको छ । विवाहित छोरीले नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर आमाको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो । भक्तपुरको चाँगुनारायण बाँसबारीकी भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको अवस्थामा प्रहरीले फेला थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार साबित्रीकी छोरी ईश्वरी भट्टराईसहित… Continue reading नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या
भारतीय नागरिकको नेपाली नागरिकता खारेज
काडमाडौं । सरकारले नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषद्ले ५ जना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो । असार ५ र ८ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् । भारतीय… Continue reading भारतीय नागरिकको नेपाली नागरिकता खारेज
खुट्टामा नोट बाधेर ल्याउने दुई पक्राउ
पर्सा । १८ लाख अवैध नेपाली नोटसहित प्रहरीले दुई भारतीय नागरिकलाई वीरगन्जबाट पक्रेको छ । खुट्टामा बाँधेर भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित बाला यादव र रंजन दास पक्राउ परेका हुन् । उनीहरु भारतको मोतिहारीस्थित रक्सौल ग्राम पंचायतका बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । लुकाई छिपाई श्रोत नखुलेको अवैध १८ लाख रुपैयाँसहित उनीहरु पक्राउ… Continue reading खुट्टामा नोट बाधेर ल्याउने दुई पक्राउ
विप्लवका छोराले चलाए स्वास्थ शिविर
कपिलबस्तु। नेत्र विक्रम चन्द (विप्लव)ले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा स्वास्थ्य शिविर आयोजना गरेको छ । यो विप्लवको गाउँ हो । सरकारले प्रतिवन्ध लगाएको यस समूहमा आवद्ध शहीद स्मृति प्रतिष्ठानको नेतृत्वमा सोमबार स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरको नेतृत्व चन्दका छोरा प्रकाशले गरेका थिए । चन्दका छोरा प्रकाश चितवन मेडिकल कलेजका चिकित्सक… Continue reading विप्लवका छोराले चलाए स्वास्थ शिविर
त्रिभुवन विमानस्थल भित्रै गाँजा खेती, प्रहरीद्धारा ५० हजार बोट नष्ट
काठमाडौं । काठमाडौंको केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै गाँजा मौलाइरहेको पाइएको छ । २४ सै घण्टा सेना र प्रहरीको कडा सुरक्षा घेरा भित्र रहने विमानस्थलभित्र बाटै प्रहरीले ठूलो मात्रामा गाँजाको बोट नष्ट गरेको हो । नेपाल प्रहरीका अनुसार शनिबार प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी विमानस्थल भित्र गाँजा नष्ट गर्न खटिए… Continue reading त्रिभुवन विमानस्थल भित्रै गाँजा खेती, प्रहरीद्धारा ५० हजार बोट नष्ट
उडिरहेको जहाजमा निदाउँदा यस्तो अचम्म भयो
गत जुन ९ तारिखका दिन क्यानाडाको क्युबेकबाट टोरन्टो जाने एयर क्यानडाको डेढ घण्टाको उडानमा एक जना यात्रु निदाउँन पुग्दा अचम्मको घटना घटेको छ । यात्रा जम्मा ९० मिनेटको मात्र थियो । टिफेनी एडम्स् यात्राको बिचमा भुसुक्क निदाउन पुगिन् । मध्य आकाशमा निदाएकी उनी ब्युझिदा जहाज खाली थियो । जहाज भित्र अन्धकार थियो अनि जहाज आकाशमा… Continue reading उडिरहेको जहाजमा निदाउँदा यस्तो अचम्म भयो
नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान
काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपालको इतिहासमै शुक्रबार छापावाल सुनको मूल्य सबैभन्दा धेरै पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुन किनबेच भएको थियो । प्रतिदिन प्रतितोला १ हजार रुपैयाँका दरले सुनको… Continue reading नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान
नेपालमै छन् २१ हजार विदेशी शरणार्थी
काठमाडौं । नेपालको पहिचान गरिब मुलुकका रुपमा छ । पूर्वाधार विकास र सुशासनमा देखिएको कमीका कारण नेपालले लामो समयदेखि यो दर्जा पाउनु परेको हो । तर, स्वयमः नेपालले विभिन्न ११ देशमा २१ हजार शरणार्थीलाई पालिरहेको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर)का अनुसार नेपालमा अहिले २० हजार ८ सय ८ जना विदेशीले… Continue reading नेपालमै छन् २१ हजार विदेशी शरणार्थी
लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ
न्युयोर्क।गत अाईतबार एक ब्यक्ति न्यूयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलमा भंगेरा प्रजातिको “सिङगिङ फिन्च् ” नामक चरा तस्करी गर्ने अभिप्रायले अमेरिका भित्र्याउन खोजेको अभियोगमा पक्राउ परेका छन् । गायनाबाट ल्याईएका ३४ वटा जिउँदा चरा सहित ३९ बर्षिय फ्रान्सिस गुराहोलाई जोन अफ केनेडी बिमानस्थलको भन्सार कार्यालयले चरा लुकाएर छिराउन खोजिएको अवस्थामा पक्राउ गरिएको संघिय अभियोजकले ब्रुकलिनस्थित अदालतमा पेस… Continue reading लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ
आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले
गत हप्ता ए बि सि न्युज टेलिभिजनको लागि अन्तर्वार्ता दिदै गर्दा आफ्नो चिफ अफ स्टाफ मिक मल्भानीलाई खोकेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले कोठाबाट बाहिर निकालेका छन् । राष्ट्रपति ट्रम्पसँग ए बि सि न्युजका लागि पत्रकार जर्ज स्टेफोनोपोलसले ह्वाईट हाऊसस्थित ओभल अफिसमा अन्तर्वार्ताको रेकर्डिङ गर्दै गर्दा नेपथ्यमा सुनिएको खोकीको आवाज ट्रम्पका चिफ अफ स्टाफ मिक मल्भानीको… Continue reading आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले
उपत्यकामा सार्वजनिक बसमा लुटपाट गर्ने ८२ जनाको समूह पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा गुड्न सार्वजनिक सवारी साधनमा लुटपाट गर्ने ८२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्दै आएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा ४ महिला र ७८ पुरुष रहेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिनाको समयमा चलाएको स्वीप… Continue reading उपत्यकामा सार्वजनिक बसमा लुटपाट गर्ने ८२ जनाको समूह पक्राउ
सार्वजनिक पार्क बनाउन समुन्द्रमा बोईङ ७४७ डुबाईयो
बहराईन मध्य पूर्विय देश बहराईनमा समुन्द्र मुनि विश्व कै बिशाल सार्वजनिक पार्क बन्ने भएको छ । एक लाख बर्ग मिटर (१००००० ) को पार्कको मुख्य आकर्षण भने ७० मिटर लामो बोईङ ७४७ हुनेछ । गत जुन १० तारिख बहराईन टुरिजम् एन्ड एक्जिबिसन अथोरिटीले एक पत्रकार सम्मेलन आयोजना गरी आगामी अगष्ट महिनादेखि विश्व कै सबै भन्दा… Continue reading सार्वजनिक पार्क बनाउन समुन्द्रमा बोईङ ७४७ डुबाईयो
बहुउपयोगी चुकन्दर (बिट्स) ब्लड प्रेसर घटाउन अचुक औषधि
चुकन्दरको जरालाई साधारण तया चुकन्दर (बिटस) भनेर बुझिन्छ । संसारभर अधिकांसको भान्सामा प्रयोग हुने तरकारी हो चुकन्दर । चुकन्दरमा आवस्यक भिटामिन, खनिज र बिरुवाका योगिकहरु प्रसस्त हुन्छन ।साथ साथै चुकन्दरलाई कतिपय समय औषधिको रुपमा पनि प्रयोग गर्न सकिने मात्र होईन यसको जरा स्वादिलो पनि हुन्छ। चुकन्दरका फाईदा यस्ता छन् – १) थोरै क्यालोरी भित्र प्रसस्त… Continue reading बहुउपयोगी चुकन्दर (बिट्स) ब्लड प्रेसर घटाउन अचुक औषधि
चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी
विराटनगर । २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । मोरङबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो । विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनीहरुले पुस १५, २०७५… Continue reading चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी
नेपालमै छ १ सय वर्ष पुरानो सुरुङमार्ग
काठमाडौं । मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर छेउमा अवस्थित सुरुङ बनेको १ सय वर्ष नाघेको छ । दक्षिण एशियाकै पहिलो मानव निर्मित दावी गरिएको यस सुरुङको संरक्षणमा हेटौडा उपमहानगरपालिकाले पहल थालेको छ । १ सय वर्ष पुरानो संरचना भएका कारण यो अब पुरातत्व विभागको स्वामित्वमा पुगिसकेको छ । उपमहानगरपालिकाले भने बाहिरी भागको मात्र… Continue reading नेपालमै छ १ सय वर्ष पुरानो सुरुङमार्ग
बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज
कानूनको अनभिज्ञता क्षम्य हुँदैन।अर्थात मलाई यो कानूनको बारेमा थाहा थिएन भन्दैमा छुट पाईदैन। यो कानूनको बिश्वव्यापी सिद्धान्त हो । यस्तै खालको घटनामा एक यात्रु जिन्दगीभर “स्पिरिट एयरलाईन्स” चढ्न नपाउने भएका छन् । ति यात्रुले आफु यात्रा गरिरहेको बिमानको सौचालय भित्र चुरोट पीए पछि उनलाई सम्बन्धित बिमान कम्पनीले जीवनभरका लागि यात्रा गर्न नपाउने गरेको हो ।… Continue reading बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज
अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने
पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ । नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि अन्तरिक्ष केन्द्रसम्म उड्ने सौभाग्य भने अर्को बर्षदेखि प्रदान गर्ने भएको कुरा घोषणा गरेको छ । … Continue reading अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने
क्यलिफोर्नियाका भाग्यमानीलाई पर्यो आधा अरब अमेरिकी डलरको चिट्ठा
क्यालिफोर्निया राज्यमा कसैले आफ्नो बैंक खातामा आधा अरब अमेरिकी डलर थप्ने सौभाग्य प्राप्त गरेको छ । कसले त्यस्तो सौभाग्य प्राप्त गरेको हो ? नाम नखुलेका ति भाग्यमानीले हिजो शुक्रबारको ५३० मिलियन अमेरिकी डलरको चिट्ठा जिते पछी अब उनको खातामा झन्डै आधा बिलियन अमेरिकी डलर थपिने छ । क्यालिफोर्नियास्थित सान डियागोमा संचालित सोरेन्टो डेली मार्टमा… Continue reading क्यलिफोर्नियाका भाग्यमानीलाई पर्यो आधा अरब अमेरिकी डलरको चिट्ठा
वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता
काठमाडौं । जेष्ठ नागरिकले विगत ८ वर्षदेखि गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ । आगामी आवमा एकैपटक १ हजार रुपैयाँ वृद्धभत्ता बढेसँगै जेष्ठ नागरिकले आन्दोलन फिर्ता लिएका हुन् । अग्रज समाज नेपालको आह्वानमा ज्येष्ठ नागरिक नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि निरन्तर धर्ना… Continue reading वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता
भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ
काठमाडौं । भूकम्प आउने ठोकुवा गर्दै यूट्यूव च्यानलमा प्रचार गर्ने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छछ । आफूलाई ज्योतिषी बताउने क्षेत्रीलाई प्रहरीले मंगरबार नियन्त्रणमा लिएको हो । उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्प आउने ठोकुवा गर्दै आएका थिए । उनको सम्बन्धमा विपदसम्बन्धी अफवाह फैलाएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी… Continue reading भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ
किन लगाउछन राष्ट्रपती ट्रम्प लामो टाई ?
अमेरिका । हरेक मान्छेले लगाउने टाई फरक फरक रङ्गका हुन्छन् । फरक फरक गुणस्तरका हुन्छन् । टाई कसैले लामो पारेर तल सम्म झारेका हुन्छन् त कसैले अली छोटो टाई लगाउछन् । लामो टाई लागाउनेमा एकजना हुन अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प । आखिर किन राष्ट्रपती ट्रम्प निक्कै लामो टाई लगाउछन् । म्यासिचुइस्टेट्स युनिभर्सिटीका मनोविज्ञान बिषयका प्रोफेसर… Continue reading किन लगाउछन राष्ट्रपती ट्रम्प लामो टाई ?
अमेरिकामा लोखर्केले गर्यो जाडो सकिएको भबिश्यबाणी
न्यूयोर्क शनिबार बिहान पेन्सेलभनिया राज्यको पंसटोनी शहरमा झिसमिसे देखी हजारौँको भिड लाग्यो । कारण थियो मौसम बिज्ञ लोखर्केले घोषणा गर्ने आगामी मौसमको भबिस्यबाणी । हरेक बर्ष फेबरुअरीमा क्यानडा र अमेरिकामा मनाइने ‘ग्राउन्ड हग डे’ उत्सव पेन्सलभानियामा शनिबार (फेब्रुअरी २) मनाईयो । सन् २०१० मा जन्मिएको पंसटोनी फिल नामक लोखर्केले आज बिहान घाममा आफ्नो छाँया नदेखेका… Continue reading अमेरिकामा लोखर्केले गर्यो जाडो सकिएको भबिश्यबाणी
एउटा खुट्टाले कत्थक नाच्ने सीताको कथा
म चञ्चले स्वभावकी थिएँ, नाम सीता सुवेदी । आमाले कति फुरफुर गरिराकी भन्नुहुन्थ्यो । गीत बजेको सुन्नेबित्तिकै खुट्टा सलबलाउन थाल्थ्यो । एक ठाउँमा बस्नै नसक्ने खालकी थिएँ । चितवन मेघौलीको हाम्रो घरमा आउने आफन्त पाहुनाले कति राम्री फुच्ची, हिरोइन बन्ला जस्ती छे, भन्थे । म गदगद भएर भित्र बाहिर गरिरहन्थे । ‘चकचके सीता’ भन्थे मलाई… Continue reading एउटा खुट्टाले कत्थक नाच्ने सीताको कथा