अमेरिकी नागरिकको हत्या अभियोगमा हमासका प्रमुख नेतामाथि मुद्दा

A member of the security forces walks past an Israeli police station in Sderot after it was damaged during battles to dislodge Hamas militants who were stationed inside, on October 8, 2023. Israel's prime minister of October 8 warned of a "long and difficult" war, as fighting with Hamas left hundreds killed on both sides after a surprise attack on Israel by the Palestinian militant group. (Photo by RONALDO SCHEMIDT / AFP)

काठमाडौं । संयुक्त राज्य अमेरिकाले याह्या सिन्वारसहित हमासका प्रमुख नेताहरूमाथि गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गराएको भन्दै मुद्दा चलाएको छ। अमेरिकाको कानुन मन्त्रालयले हमासका छ जनामाथि विभिन्न सातवटा अभियोग लगाइएको जनाएको छ। उनीहरूमाथि अमेरिकी नागरिकको हत्या, आतङ्कवादलाई आर्थिक सहयोग गरेको र विनाशकारी अस्त्रहरू प्रयोग गरेको लगायतका आरोप लगाइएको छ। यो फौजदारी मुद्दा हमासले… Continue reading अमेरिकी नागरिकको हत्या अभियोगमा हमासका प्रमुख नेतामाथि मुद्दा

अझै घट्यो अमेरिकी डलर र यूरोको भाउ

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा रहेको… Continue reading अझै घट्यो अमेरिकी डलर र यूरोको भाउ

रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

काठमाडौं । रुसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । ‘‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो,” रुसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ । रुसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता,… Continue reading रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

घट्यो अमेरिकी डलरको भाउ, अन्यको विनिमय दर कस्तो ?

काठमाडौं । बीहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन… Continue reading घट्यो अमेरिकी डलरको भाउ, अन्यको विनिमय दर कस्तो ?

अमेरिकामा नेपाली विद्यार्थीको हत्याराको पहिचान खुल्यो, कारण खुल्न बाँकी

काठमाडौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीले उनको पहिचान सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबि सिंह शाह भएको बताएको छ । उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले… Continue reading अमेरिकामा नेपाली विद्यार्थीको हत्याराको पहिचान खुल्यो, कारण खुल्न बाँकी

अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

काठमाडौं । ब्राजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेको ठानिएका १७६ नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली अधिकारीले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएको बीबीसीले जनाएको छ । लामो समयदेखि… Continue reading अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

ट्रम्पविरुद्ध कुन अभियोगमा पर्यो पुनः मुद्दा ?

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा नयाँ अभियोगसहित मुद्दा दायर गरिएको छ । जो बाइडेन सँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका हुन् । अमेरिकी सर्वोच्च अदालतले गत महिना राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो । तर अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध… Continue reading ट्रम्पविरुद्ध कुन अभियोगमा पर्यो पुनः मुद्दा ?

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको… Continue reading अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

Getty Images

काठमाडौं । इजरेली सेनाले आफूमाथि हुनसक्ने ठूलो स्तरको हमलाको प्रतिरक्षामा लेबननका विभिन्न ठाउँमा हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ। इजरेलले दक्षिण लेबननका ४० वटा त्यस्ता प्रक्षेपणस्थलहरूलाई निशाना बनाउन आफूले करिब १०० वटा विमानहरू प्रयोग गरेको जनाएको छ। उसले ‘उत्तरी र मध्य इजरेललाई निशाना बनाउने उद्देश्य लिएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरहरूलाई ध्वस्त बनाइदिएको’ बताएको छ। हिज्बुल्लाहले… Continue reading इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

अमेरिकामा तीन सातादेखि हराइरहेकी ममताका आफ्नै पतिले हत्या गरेको पुष्टी

काठमाडौं । तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्लेका पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको खुलेको छ । भट्टले जुलाई ३० मा ममताको घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिएको सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रबाट यसको पुष्टि भएको बताइएको छ । मनासस प्रहरीले नरेशलाई बिहीबार शव लुकाएको आरोपमा पक्राउ गरेको… Continue reading अमेरिकामा तीन सातादेखि हराइरहेकी ममताका आफ्नै पतिले हत्या गरेको पुष्टी

स्वतन्त्र उम्मेदवार केनेडीले लिए उम्मेदवारी फिर्ताः ट्रम्पलाई समर्थन

काठमाडौं । अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्‍यालीमा एउटै मञ्च साझा गर्दै केनेडीले ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनी अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन्। उनी डेमोक्र्याटिककै पूर्वनेता समेत हुन्।… Continue reading स्वतन्त्र उम्मेदवार केनेडीले लिए उम्मेदवारी फिर्ताः ट्रम्पलाई समर्थन

इजरायलले गाजाका विद्यालयमा आक्रमण गर्दा कम्तिमा १२ जना मारिए

काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ । इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ । “हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”,… Continue reading इजरायलले गाजाका विद्यालयमा आक्रमण गर्दा कम्तिमा १२ जना मारिए

बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

वासिङ्टन । काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् ।  रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ ।  न्यायिक समितिका… Continue reading बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

ट्रम्पको चुनावी अभियानमा इरानले आक्रमण गरेको पुष्टि

काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई)ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति… Continue reading ट्रम्पको चुनावी अभियानमा इरानले आक्रमण गरेको पुष्टि

विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा… Continue reading विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने

संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई

काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्‌बाट विधेयक समेत पारित भएको पृष्ठभूमिमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो । नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा… Continue reading संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई

युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय

काठमाडौं । रुसको एक अदालतले युक्रेनलाई चन्दा सहयोग गर्ने एक महिलालाई १२ वर्षको जेल सजाय तोकेको छ । अदालतले ३३ वर्षीया केसेनिया करेलिनालाई देशद्रोहको आरोपमा दोषी ठहर गरेको हो । अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ अमेरिकी डलर सहयोग गरेकी थिइन् । पछिल्लो समय अमेरिकाको लस एन्जलस… Continue reading युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय

अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै

काठमाडौं । अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल र भारतको भ्रमण गर्ने भएका छन् । उनी शुक्रबार नेपाल भ्रमणमा आउन लागेका हुन् । अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा बिहीबार जारी गरेको वक्तव्यअनुसार बर्माले भदौ १ देखि ६ गतेसम्म नेपाल र भारतको भ्रमण गर्न लागेका हुन् । उनी पहिला नेपाल आएर भारत भ्रमणमा… Continue reading अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै

जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सेनामा कार्यरत एक विश्लेषकले गोप्य सैन्य सूचनाहरू चीनलाई बिक्री गरेको दोष स्वीकार गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआई र अमेरिकी सेनाको प्रतिगुप्तचरी निकायले गरेको एउटा अनुसन्धानपछि सार्जन्ट कोर्बेन शूल्ट्स गत मार्च महिनामा पक्राउ परेका थिए। सुरक्षासम्बन्धी दर्जनौँ संवेदनशील जानकारीका लागि उनले ४२,००० अमेरिकी डलर लिएको आरोप… Continue reading जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे

नेपथ्यको सुरमा झुल्दै अमेरिका

काठमाडौं । अमेरिका भ्रमणमा रहेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले क्यालिफोर्निया राज्यमा आफ्नो दोस्रो प्रस्तुति दिएको छ । ब्यान्ड सानफ्रान्सिस्कोको प्रसिद्ध ‘वारफिल्ड हल’ मा दोस्रो पटक प्रस्तुत भएको हो । ‘नेपथ्य’ ले आठ वर्षअघि उक्त हलमा प्रस्तुति दिएको थियो । गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेका थिए । कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते… Continue reading नेपथ्यको सुरमा झुल्दै अमेरिका

२०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?

काठमाडौं । ३४ औं ग्रीष्मकालीन ओलम्पिक अमेरिकाले आयोजना गर्ने भएको छ । पेरिस ओलम्पिकको समापनसँगै आगामी ओलम्पिकको आयोजनाको तयारीमा अमेरिका जुटेको हो । यस ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत र कांस्यका आधारमा अमेरिका पहिलो स्थानमा रह्यो । कुल अमेरिकाले १२६ र चीनले ९१ पदक जिते । पेरिसमा ९१ राष्ट्रले कुनै न… Continue reading २०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?

खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?

पछिल्लो तीन वर्षमा चार हजार नेपाली विदेशबाट फर्काइएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार, अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीमध्ये सन् २०२१ देखि २०२४ अगस्टसम्म तीन हजार ९३७ जनालाई नेपाल फिर्ता पठाइएको छ । अध्यागमन विभागका अनुसार अध्यागमनबाट प्रवेश अस्वीकार हुनु वा गैरकानुनी क्रियाकलापका कारण नेपालीलाई यतै फर्काउने गरिएको छ । हरेक… Continue reading खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?

रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण

काठमाडौं । रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भूभागमा ३० किलोमिटर भित्रसम्म प्रवेश गरेको छ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरे यता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो। रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ। रुसको कुर्स्क… Continue reading रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो

काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम बनेको छ । दुई सातासम्म चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको थियो । अन्तिम दिन अमेरिकाले बाजी मार्न सफल भयो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा… Continue reading पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो

अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड

काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ नयाँ रेकर्ड कायम गर्दैछ । मंगलबार अमेरिकी डलरको भाउ १५ पैसा वृद्धि भएको छ । अमेरिका, भारतसहितका मुलुकको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढेको बताइएको छ । डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर… Continue reading अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड

अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?

काठमाडौं । भारत, अमेरिका, जापानसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट आएको छ ।शुक्रबार र सोमबार ती बजार ठूलो दरमा घटेका छन् । अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिका सहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको उल्लेख गरेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा… Continue reading अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो। बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी… Continue reading अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु

पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो

काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम गरेको छ । उसले १३ स्वर्ण जितेको छ । कुल ३१ पदक जितेको चीन पहिलो स्थानमा छ । समान ११ स्वर्ण पदक जितेका फ्रान्स र अष्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । आयोजक फ्रान्सले ३६ पदक जितेको छ । चौथो स्थानमा रहेको अमेरिकाले… Continue reading पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो

कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार

GETTY IMAGES

काठमाडौं । अमेरिकाको डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यसअघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी) ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको बीबीसीले जनाएको छ । भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक… Continue reading कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार

काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

file

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइएको छ । उडान नं. ६५५, कल साईन ९-एएमडिमा प्राविधिक समस्या देखिएको बुद्धले जनाएको छ । जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको कम्पनीले उल्लेख गरेको छ ।