एजेन्सी१४ साउन, काठमाडौं । “अनिकालको सबैभन्दा खराब अवस्था हाल गाजा पट्टीमा भइरहेको छ”, खाद्य सङ्कटसम्बन्धी अग्रणी अन्तर्राष्ट्रिय प्राधिकरणले मङ्गलबार तत्काल कारबाही नगरेमा ‘व्यापक मृत्यु’ हुने भविष्यवाणी गर्दै नयाँ चेतावनीमा भनेको छ । अझै पनि औपचारिक अनिकाल घोषणा गर्न बाँकी रहेको यो चेतावनीले गाजामा कमजोर भएका बालबालिकाहरूको तस्बिर र लगभग २२ महिनाको युद्धपछि भोकमरीका कारण दर्जनौँको… Continue reading गाजामा ‘अनिकालको सबैभन्दा खराब अवस्था’
Category: अमेरिका
रूसी आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु, शान्ति प्रक्रियामा विश्वास घट्दै
एजेन्सी१४ साउन, काठमाडौं । एकातिर युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण हवाई आक्रमण गर्दै कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै, रुसले शान्ति प्रक्रिया प्रतिको प्रतिबद्धता जनाएको छ । मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका छन् । यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएका थिए… Continue reading रूसी आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु, शान्ति प्रक्रियामा विश्वास घट्दै
न्यूयोर्कमा गोली चल्यो, प्रहरीसहित ४ जना मारिए
१३ साउन, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा… Continue reading न्यूयोर्कमा गोली चल्यो, प्रहरीसहित ४ जना मारिए
ईयुद्वारा १५ प्रतिशत अमेरिकी कर स्वीकार
१३ साउन, काठमाडौं । ईयूको निर्यातमा १५ प्रतिशत कर लगाइने गरी आइतबार संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) बीच व्यापार सम्झौता भएको छ । यो सम्झौता ट्रान्सएट्लान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो । यसअघि उक्त भन्सार विवादका कारण अमेरिका र ईयूबीच व्यापारिक युद्ध हुन सक्ने जोखिम देखिएको थियो । स्कटल्यान्डस्थित आफ्नै गल्फ… Continue reading ईयुद्वारा १५ प्रतिशत अमेरिकी कर स्वीकार
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
११ साउन, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ ।अमेरिकी सरकारले गत साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा सञ्चालन गर्न अनुमित दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । ‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)… Continue reading एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
गाजामा भोकमरी : आकाशबाट खानेकुरा खसाल्ने योजनामा ब्रिटेन
१० साउन, काठमाडौं । ब्रिटिश सैन्य योजनाविद्हरूको एउटा सानो टोलीले गाजामा सहायता सामग्री आकाशबाट खसाल्ने योजनामा जोर्डनलाई सघाउन लागेको बुझिएको छ। तिनलाई आगामी दुई दिनभित्र परिचालन गर्न सकिने बताइएको छ। प्रधानमन्त्री केअर स्टार्मरले शनिवार मिरर पत्रिकामा लेख्दै ब्रिटिश सरकारले ब्रिटिश सहायतालाई विमानमा राखेर गाजामा पुर्याउन जोर्डनी अधिकारीहरूसँग तत्काल कार्य थालिसकेको उल्लेख गरेका छन्। विगतमा पनि… Continue reading गाजामा भोकमरी : आकाशबाट खानेकुरा खसाल्ने योजनामा ब्रिटेन
अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती
७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। उनले जापानले आफ्नो अर्थतन्त्रलाई… Continue reading अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती
क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस
७ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा विविध कार्यक्रममा साथ विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाइएको छ। नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टरले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा पिकनिकको आयोजनाका साथ बिपी स्मृति दिवस मनाएको हो। च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि आनन्द… Continue reading क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस
गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति
६ साउन, काठमाडौं । बेलायत र अन्य २७ देशहरूले गाजामा त्यहाँका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। एउटा संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरेलको तरिका खतरनाक रहेको बताइएको छ । खानेकुरा र पानीको खोजीमा रहेकाहरूलाई थोपा थोपा गरेर सहायता वितरण गर्ने र गैरसैनिक मानिसहरूलाई अमानवीय रूपमा… Continue reading गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति
ब्राजिलका न्यायाधीशमाथि अमेरिकाले लगायो प्रतिबन्ध
४ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाई गरेका ती न्यायाधीशले बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा… Continue reading ब्राजिलका न्यायाधीशमाथि अमेरिकाले लगायो प्रतिबन्ध
अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त
एजेन्सी४ साउन, काठमाडौं । सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ । सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीच आइतबारदेखि सुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ । यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण… Continue reading अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त
लस एन्जलस : कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते
एजेन्सी४ साउन, काठमाडौं । अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएको लस एन्जलसको अग्नि नियन्त्रण विभागले जनाएको छ । पूर्वी हलिउडमा १०० भन्दा बढी उद्धारकर्मीहरूले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरी अस्पतालमा पठाएका छन् । घाइतेमध्ये तीन जनाको स्वास्थ्य अवस्था निकै गम्भीर, छ जनालाई गहिरो चोट लागेको… Continue reading लस एन्जलस : कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते
इरानका आणविक स्थल पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी
एजेन्सी४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताएका छन् । आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहो¥याएका हुन् । उनले भने, “उनीहरूलाई सेवामा फर्काउन वर्षौं लाग्नेछ र यदि इरानले त्यसो गर्न चाहेको खण्डमा उनीहरूले तीन… Continue reading इरानका आणविक स्थल पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
एजेन्सी३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरिएको छ, जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् ।ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका डब्लुएचओबाट औपचारिक रूपमा हट्ने प्रक्रिया सुरु गरेका थिए ।… Continue reading अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको चेतावनी
एजेन्सी३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका बिषयमा ‘द वाल स्ट्रिट जर्नल’ र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सन् २००३ मा एपस्टिनको ५० औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षर सहितको पत्र समावेश गरिएको थियो । उक्त पत्रिकाले पत्रको पुनरावलोकन गरेको… Continue reading ‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको चेतावनी
एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण
एजेन्सी२ साउन, काठमाडौं । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक हजार सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ ।मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्ताले युद्धविरामको दिशामा कुनै प्रगति हुन सकेको छैन । ठूलो मात्रामा कैदी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको छ । “युद्धका क्रममा मारिएका… Continue reading एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण
अमेरिकी करको मारमा ब्राजिलको अर्थतन्त्र
एजेन्सी३२ असार, काठमाडौं । अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल आम्दानी (जीडीपी) ०.४१ प्रतिशतले घट्न सक्ने एउटा प्रतिवेदनमा जनाइएको छ। यो प्रतिवेदन ब्राजिलको प्रसिद्ध संस्था गेटुलियो भर्गास फाउन्डेसनले तयार पारेको हो। सो अनुसार, ट्रम्प सरकारले घोषणा गरेको नयाँ महसुलले ब्राजिलको खाद्यान्न सम्बन्धी सामानको अमेरिका पठाउने कारोबार ७५ प्रतिशतसम्म… Continue reading अमेरिकी करको मारमा ब्राजिलको अर्थतन्त्र
तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण
३२ असार, काठमाडौं । भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान मङ्गलबार प्रशान्त महासागरमा अवतरणसँगै समापन भएको छ । उनीहरूको स्पेसएक्स क्याप्सुल सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएको थियो र २४ घण्टाभन्दा कम समयमा दक्षिणी क्यालिफोर्नियाको तटमा समुद्रमा प्यारासुटको सहायताले अवतरण गरेको थियो । चार जनाको… Continue reading तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण
राष्ट्रपति ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रूसी आशंका
३२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनी दिएपछि रूसले उक्त अभिव्यक्तिलाई शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति ट्रम्पले रूसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न आग्रह गरेका छन् । साथै, उनले… Continue reading राष्ट्रपति ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रूसी आशंका
आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी
एजेन्सी३० असार, काठमाडौं । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले फ्लोरिडाको ’एलिगेटर अल्काट्राज’को नामबाट आप्रवासी हिरासत केन्द्र स्थापनाका लागि पाँच वटा राज्यसँग छलफल भइरहेको बताएका छन् । शनिबार एक पत्रकार सम्मेलनमा नोएमले यी पाँच राज्यको नेतृत्व रिपब्लिकन गभर्नरले गरिरहेको बताए । तर उनीहरूको नाम भने खुलाएनन् । उनले फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले… Continue reading आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी
नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने
२८ असार, अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन–४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ । नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन–४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए । यो मिशन सन् २०२५ जुन २५… Continue reading नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने
गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुने पत्रकारको सङ्ख्या २२९ पुग्यो
एजेन्सी२८ असार, काठमाडौं । प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा मारिएका पत्रकारहरूको सङ्ख्या दुई सय २९ पुगेको छ । आज जारी गरिएको एक विज्ञप्तिमा गाजाको सरकारी मिडिया कार्यालयले मध्य गाजाको नुसिरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवारा क्षेत्रमा… Continue reading गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुने पत्रकारको सङ्ख्या २२९ पुग्यो
गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्धः अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै
एजेन्सी२८ असार, काठमाडौं । गाजासम्बन्धी अमेरिकी नीतिको आलोचना गरेपछि संयुक्त राष्ट्रसंघका विशेष विज्ञ फ्रान्चेस्का अल्बानेसेमाथि लगाइएको अमेरिकी प्रतिबन्धप्रति युरोपेली संघले गहिरो खेद व्यक्त गरेको छ । युरोपेली संघका प्रवक्ता अनोआर एल अनौनीले भने, “युरोपेली संघ संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रणालीप्रति पूर्ण समर्थन व्यक्त गर्दछ, र संयुक्त राष्ट्रसंघका विशेष विज्ञ फ्रान्चेस्का अल्बानेसेमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति… Continue reading गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्धः अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै
टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता
एजेन्सी२६ असार, टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको… Continue reading टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता
पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबार भेटवार्ता गर्ने
एजेन्सी२६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजना हुने दिवाभोजमा पाँच अफ्रिकी नेतालाई स्वागत गर्ने भएका छन् ।एटलान्टिक किनारामा अवस्थित अफ्रिकाका सेनेगल, लाइबेरिया, गिनी–बिसाउ, मौरिटानिया र ग्याबोनका राष्ट्रपतिले ट्रम्पको आग्रहमा बैठक गर्न लागेका हुन् ।अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति भवनमा हसने भेटमा उनीहरुबीच व्यापार, लगानी र सुरक्षालगायत अन्य विषयमा वार्ता हुने… Continue reading पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबार भेटवार्ता गर्ने
समर क्याम्पमा तीन सय बालबालिका सहभागी
ड्यालस । नेपाली मूलका बालबालिकाहरुलाई हिन्दू धर्म, संस्कार–संस्कृति र नैतिक शिक्षा सिकाउने उद्देश्यले आयोजित समर क्याम्प ड्यालसमा सम्पन्न भएको छ । नेपाली समाज टेक्सासद्वारा आयोजित समर क्याम्प शनिबार सम्पन्न भएको हो ।समर क्याम्प उमेर समूहअनुसार सिनियर र जुनियर गरी दुई चरणमा विभाजन गरिएको थियो । गत साता जुनियर समर क्याम्प सम्पन्न भएको थियो । शनिबार… Continue reading समर क्याम्पमा तीन सय बालबालिका सहभागी
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
एजेन्सी२३ असार, काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर)… Continue reading टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा
एजेन्सी२३ असार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन गरेको कुरालाई चुनौती दिन संयुक्त राज्य अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरेको बताएका छन् । संसारका सबैभन्दा धनी व्यक्ति तथा सन् २०२४ को चुनावमा ट्रम्पका सबैभन्दा ठूला राजनीतिक दाता मस्कसँग तथाकथित सरकारी दक्षता विभाग (डिओजिई) को प्रमुखका रूपमा खर्च… Continue reading एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा
टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी
२१ असार, काठमाडौं । अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् ।… Continue reading टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर
२१ असार, गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए । किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्र्याक्टर वितरण… Continue reading किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर