काठमाडौं । अमेरिका र युरोपमा अत्यधिक गर्मी बढेको छ । अमेरिका पछिल्लो १६ दिनयता गर्मीबाट प्रभावित छ । पूरै दक्षिण-पश्चिम अमेरिकाका बासिन्दा गर्मीसँगै तातो हावाबाट प्रभावित भएका छन् । गर्मीबाट अमेरिकामा करिब ११ करोड बासिन्दा प्रभावित भएको बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वाशिङ्टन डिसीमा समेत तातो हावा (लु) बाट प्रभावित भएको बीबीसीले… Continue reading अमेरिका र युरोपमा गर्मीले बेहाल
Category: अमेरिका
अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि
काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् । ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए । मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘… Continue reading अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि
अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा
काठमाडौं । दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले नेपाली कांग्रेस… Continue reading अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा
अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउने
काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रवार नेपाल आउँदैछन् । सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बिहीवारमात्रै लुको भ्रमणका विषयमा औपचारिक घोषणा गरेको हो । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउने
युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद
काठमाडौं । युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्। क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने… Continue reading युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद
१ सय २० भन्दा धेरै देशमा प्रतिवन्धित घातक बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने
काठमाडौं । अमेरिकाले सर्वसाधारणको ज्यान लिएको इतिहास भएको क्लस्टर बमहरू युक्रेनलाई उपलब्ध गराउने भएको छ । यस निर्णयको राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्। यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बमहरू आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरणहरू सार्वजनिक भएका थिए। विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन्। राष्ट्रपतिले यस्तो निर्णय… Continue reading १ सय २० भन्दा धेरै देशमा प्रतिवन्धित घातक बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने
अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्… Continue reading अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए
साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु
काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको… Continue reading साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु
रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत
काठमाडौं । रुसमा अर्धसैन्य बल वाग्नर समूहको विद्रोहले ल्याएको उथलपुथलपछि रुससँग लामो समयदेखि युद्ध गरिरहेको युक्रेनले यही मौकामा बलियो प्रत्याक्रमणको योजना बनाउनुपर्ने युक्रेनी सेनाका उच्च अधिकारीले बताएका छन् । रुस आन्तरिक मामिलामा अल्झिरहेका बेला त्यसको फाइदा उठाएर युक्रेनले प्रत्याक्रमण गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ‘दुश्मनतर्फ भएको कुनै पनि समस्या’ आफ्ना… Continue reading रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत
अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो
काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् । विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ ब्रान्डको पोर्टफोलियो… Continue reading अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो
विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित
काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।… Continue reading विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित
विश्वकप छनोट : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग भिड्दै छ। खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए। सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल… Continue reading विश्वकप छनोट : आज नेपाल र अमेरिका भिड्दै
अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६ असारमा अमेरिकाको राजकीय भ्रमणमा जाने भएका छन् । मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने कूटनीतिज्ञले बताएका समाचार संस्था एएनआईले लेखेको छ । अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टनमा गरेको कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्री मोदीको भावी… Continue reading अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी
अमेरिका र माल्टा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छायानाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१४… Continue reading अमेरिका र माल्टा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ
ट्रम्पमाथि अभियोग दायर
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्। ट्रम्पले आफू निर्दोष रहेको उनको सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा उल्लेख गरेका छन्। साथै आफूलाई मङ्गलवार… Continue reading ट्रम्पमाथि अभियोग दायर
साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी
काठमाडौं । समकालिन फूटबलका महान फूटबलर अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने निश्चित भएको छ । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन् । उनले मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको… Continue reading साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी
हाइपरसोनिक मिसाइल बनाएको इरानको दाविले भड्किएला अमेरिका ?
काठमाडौं । इरानले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेको छ । यो मिसाइलको गति ध्वनिको तुलनामा १५ गुणा बढी हुने दावि इरानको छ । इरानको आणविक कार्यक्रमका बारेमा अमेरिकासँग चलिरहेको तनावका बीच यो घोषणा भएको हो । यसबाट अमेरिका भड्किन सक्ने अनुमान गरिएको छ । ‘ फत्ताह’ नाम गरिएको उक्त मिसाइलले १४ सय किलोमिटरसम्म मार हान्न सक्ने इरानका… Continue reading हाइपरसोनिक मिसाइल बनाएको इरानको दाविले भड्किएला अमेरिका ?
अमेरिकाले गर्यो चिनियाँ सामानको आयातमा कटौती
काठमाडौं । अमेरिकाले चिनियाँ सामानको आयात घटाएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दस वर्षको अन्तरालमा पहिलो पटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती… Continue reading अमेरिकाले गर्यो चिनियाँ सामानको आयातमा कटौती
अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा लडेका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाएर आफ्नो सिटतर्फ जाँदै गर्दा भुइँमा पछारिएका हुन् । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट… Continue reading अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…
गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक समारोहबिच मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गरे । उद्घाटनपछि छोटो मन्तव्य व्यक्त गर्दै डा. कोइरालाले एनआरएनले नयाँ भवन खरिद गर्नु एक नयाँ आयाम भएको बताए । उनले आगामी दिनमा एनआरएनले महत्त्वपूर्ण काम गर्न सकोस् भन्ने कामना… Continue reading गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन
धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेपालले अमेरिकालाई लेख्यो कुटनीतिक नोट
काठमाडौं । संयुक्त राज्य अमेरिकाको धार्मिक स्वतन्त्रतासम्बन्धी एउटा प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयवस्तुप्रति असहमति जनाउँदै सरकारले अमेरिकालाई कूटनीतिक नोट लेखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिए । प्रचण्डले संसद्लाई गराएको जानकारीअनुसार नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकी प्रतिवेदनप्रति असहमति जनाएको हो। सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक… Continue reading धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेपालले अमेरिकालाई लेख्यो कुटनीतिक नोट
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म
काठमाडौं । गत वर्ष लघु फिल्मको विधातर्फ कान्स जितेको अविनाश विक्रम शाह निर्देशित फिल्म लोरी, नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइने भएको छ । यससँगै सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली, पाकिस्तानका साइम सदिक निर्देशित जोइल्याण्ड र दीपक रौनियार निर्देशित फोर नाइट्सलगायत फिल्म महोत्सवमा देखाइने भएको छ । जुन २२ देखि २५ सम्म आयोजना हुने महोत्सवमा… Continue reading नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म
अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेट
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाको कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटमा एमसीसी परियोजनाको कार्यान्वयन र सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने कार्यका बारेमा दुवै पक्षवीच विस्तृत छलफल भएको थियो । सो अवसरमा अर्थमन्त्री महतले एमसीसी आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न… Continue reading अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेट
एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । नेपालमा रातमाटे–लप्सीफेदी( हेटौंडा–नयाँ दमौली–नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माणका लागि एमसीए नेपालले सोमबार बोलपत्र आह्वान गरेको थियो । जसमा मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन्… Continue reading एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र
नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात
काठमाडौं । नेपाल र अमेरिकाबीच तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्ष २०७९\८० को १० महिनाको अवधिमा अमेरिकाबाट १६ अर्ब ३० करोडको वस्तु आयात भएको छ । यसै अवधिमा १५ अर्ब ५८ अर्बको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । अमेरिकासँग तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको पाइएको छ ।… Continue reading नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात
हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई
काठमाडौं । विश्वचर्चित हलिउड अभिनेता टम हार्डीले कृत्रिम खुट्टाको मद्दतमा सगरमाथा आरोहण गरेका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरलाई बधाई दिएका छन् । बुढामगरको सगरमाथा विजयलाई उनले अविश्वसनीय र प्रेरणादायी भएको बताएका छन् । इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनले आरोहणका टिम लिडर एचएसटी एडभेन्चर्सका कृष थापालाई पनि बधाई दिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले… Continue reading हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई
गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा… Continue reading गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी
अमेरिकामा राजकुमार ह्यारी र पत्नी मेगन पापाराजीको डरलाग्दो निसानामा परेपछि…
काठमाडौं । राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको कारलाई पापाराजीहरू संलग्न एउटा घटनामा ‘खतरनाक’ ढङ्गले पछयाएको उनीहरूका प्रवक्ताले बताएका छन्। ड्यूक र डचिस अफ ससिक्सले न्यू योर्कमा मङ्गलवार एउटा पुरस्कार वितरण समारोहमा भाग लिएपछि यो घटना भएको थियो। एउटा विज्ञप्तिमा उनीहरूका प्रवक्ताले निरन्तर दुई घण्टा भन्दा बढी समयसम्म कारलाई पछयाइएको र त्यसका कारण एक… Continue reading अमेरिकामा राजकुमार ह्यारी र पत्नी मेगन पापाराजीको डरलाग्दो निसानामा परेपछि…
हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि
काठमाडौं । अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई पैसा दिँदै आएको दाबी गरेको… Continue reading हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि
युट्युवका लागि जानाजान प्लेन दुर्घटना गराउने युट्युवरलाई अमेरिकामा २० वर्षको जेल
काठमाडौं । सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतका साथ सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजाय हुने भएको छ । क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले २०२१ मा ‘आई क्र्यास्ड… Continue reading युट्युवका लागि जानाजान प्लेन दुर्घटना गराउने युट्युवरलाई अमेरिकामा २० वर्षको जेल