काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी खाद्य संकटबाट बच्त नेपाललाई २ अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (.युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दै गएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी… Continue reading विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने
Category: अमेरिका
मलेसियाका पुर्वप्रधानमन्त्री महाथिर भन्छन् : ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोज्यो
क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को भर्खरैकाे ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको बताएका हुन् । एक विस्तृत अन्तर्वार्तामा ९७… Continue reading मलेसियाका पुर्वप्रधानमन्त्री महाथिर भन्छन् : ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोज्यो
अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट
काठमाडौं । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलका उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन् । उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनीसहित ब्यान्डका अन्य चार सदस्य पनि काठमाडौं आएका हुन् । पोखरेल आगामी शनिबारबाट शुरु हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आएका हुन् । उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न… Continue reading अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट
चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान
फ्लोरिडा । अमेरिकाले चन्द्रमामा मानवसहितको रकेट पठाउने तीव्र तयारी गरिरहेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको बीबीसीले लेखेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको प्याड ३९बीमा लगिएको छ। त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ। त्यो परीक्षण… Continue reading चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालीम शुरु
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आजबाट सुरु भएको छ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच संयुक्त तालिम अभ्यास सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली… Continue reading नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालीम शुरु
न्यूयोर्कमा रुश्दीमाथि आफुले आक्रमण नगरेको इरानको स्पष्टीकरण
तेहरान । इरानले सलमान रुश्दीमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ । उसले यसमा रुश्दी स्वयमः दोषी भएको आरोप समेत लगाएको बीबीसीले लेखेको छ । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुश्दी गम्भीर घाइते भएका छन्। उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो। अहिले उनी बाह्य… Continue reading न्यूयोर्कमा रुश्दीमाथि आफुले आक्रमण नगरेको इरानको स्पष्टीकरण
मंगलबारदेखि नेपाली सेना र अमेरिकी सेनाले संयुक्त तालिम गर्दै
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त तालिम सञ्चालन हुने भएको छ । मंगलबारदेखि सञ्चालन हुने ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ… Continue reading मंगलबारदेखि नेपाली सेना र अमेरिकी सेनाले संयुक्त तालिम गर्दै
चोरी भएर अमेरिका लगिएको टुँडाल र मूर्ति नेपाल फिर्ता
काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका पुरातात्विक महत्वका काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिव मूर्ति ल्याइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागको अनुमान छ । यो १३ औं वा १४ औं शताब्दीमा निर्माण भएको टुँडाल हो।… Continue reading चोरी भएर अमेरिका लगिएको टुँडाल र मूर्ति नेपाल फिर्ता
सलमान रुश्दीको स्वास्थ्यमा सुधार, बोलचाल गर्न थाले
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा एक सार्वजनिक मञ्चमा छुरा प्रहारबाट गम्भीर घाइते भएका ब्रिटिश लेखक सलमान रुश्दीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । चिकित्सकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार उनलाई भेन्टिलेटरबाट हटाइएको छ । उनी अब बोल्न सक्ने अवस्थामा रहेका छन् । उनीमाथि आक्रमणकारीले १४\१५ पटक छुरा प्रहार गरेको पाइएको छ । यसमध्ये फोक्सोसम्म चोट लागेको… Continue reading सलमान रुश्दीको स्वास्थ्यमा सुधार, बोलचाल गर्न थाले
डोनाल्ड ट्रम्पको घरमा छापा मार्न जारी गरिएको पूर्जी सार्वजनिक गरिने
वासिंटन डिसी (बीबीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साताको सुरुवातमा एफबीआई अधिकारीहरूलाई आफ्नो निवास मार–ए–लागोमा छापा मार्न जारी गरिएको पुर्जी सार्वजनिक गरिनु पर्ने अमेरिकी सरकारको निर्णयको प्रतिवाद नगर्ने बताएका छन्। एक विज्ञप्तिमार्फत ट्रम्पले आफूले यस मामिला छिटो पार लगाउन चाहेको जनाए। यद्यपि, उनले आफ्नो घरमा खानतलासी गर्ने कार्य अनावश्यक र राजनीतिक स्वार्थले प्रेरित… Continue reading डोनाल्ड ट्रम्पको घरमा छापा मार्न जारी गरिएको पूर्जी सार्वजनिक गरिने
न्यूयोर्कमा सलमान रुस्दीमाथि छुरा प्रहार भएको पुष्टी, आइसीयूमा उपचार जारी
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि चर्चित लेखक सलमान रुस्दीबारे जानकारी सुखद नरहेको उनका प्रतिनिधिले बताएका छन्। उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए। अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्। उनले रुस्दीले एउटा… Continue reading न्यूयोर्कमा सलमान रुस्दीमाथि छुरा प्रहार भएको पुष्टी, आइसीयूमा उपचार जारी
विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण
न्यूयोर्क । विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्क सहरमा सांघातिक आक्रमण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । न्युयोर्कमा एक कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको छ । आक्रमणपछि रुस्दी भुईँमा ढलेको तस्वीर सार्वजनिक भएको छ । उनीमाथि मुड्की वा चक्कु के प्रहार गरिएको छ भन्ने बारे खुलि नसकेको समाचारमा उल्लेख छ । रुस्दी भुइँमा ढलेपछि… Continue reading विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण
अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले गरिन् सन्यासको घोषणा
काठमाडौं । अमेरिकी महिला टेनिस स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छन् । खेलबाट एक वर्ष बाहिर रहेकी उनी पछिल्लो समय जुनमा कोर्ट फर्किएकी थिइन् । अब उनले आगामी युएस ओपन खेलेसँगै उनले सन्यासको घोषणा गरेकी छन् । उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो काउनडाउन… Continue reading अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले गरिन् सन्यासको घोषणा
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा
न्यूयोर्क । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पाम हाउस र रिसोर्ट मार ए-लिगोमा मंगलबार छापा हानेको छ । न्यूयोर्क टाइम्सले लेखे अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारेका हुन् । ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई यसबारे जानकारी गराएका हुन् । एजेन्सीले कुनै पनि सूचना बिनै घरमा छापा मारेको हो… Continue reading अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा
चीनले ताइवान वरपर थप सैन्य अभ्यास गर्ने
काठमाडौं । चिनियाँ सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने भएको छ । यसअघि आइतवार चीनले वास्तविक गोलीगठ्ठाहरू प्रयोग भएका पाँच अभ्यास अन्त्य भएको जनाएको थियो। चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन्। यसअघि चार दिने अभ्यास अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइपेई भ्रमणलाई लिएर… Continue reading चीनले ताइवान वरपर थप सैन्य अभ्यास गर्ने
ताइवान आसपास चीनको सैन्य अभ्यासविरुद्ध अमेरिकाको कडा आलोचना
काठमाडौं । चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ। बीबीसीका अनुसार ताइवानले चिनियाँ सैन्य अभ्यासको यथोचित प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन पुगेको छ । ह्वाइट हाउसका अनुसार चीनले ताइवानबारे विद्यमान यथास्थिति… Continue reading ताइवान आसपास चीनको सैन्य अभ्यासविरुद्ध अमेरिकाको कडा आलोचना
चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा
बेइजिङ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ। बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसी र उनको परिवारविरुद्ध पनि प्रतिबन्धहरू लगाउने भएको छ। तर, कस्ता प्रतिबन्धहरू लगाइएका हुन् स्पष्ट पारिएको छैन। बीबीसीका अनुसार व्यक्तिगत प्रतिबन्ध पलोसीलाई मात्रै नभई उनको परिवारमाथि पनि लगाइएको छ। यद्यपि थप कदमहरू… Continue reading चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा
मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य संकट घोषणा
अमेरिका । मङ्कीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो। यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो। उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा… Continue reading मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य संकट घोषणा
नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि
काठमाडौं । नेपालमा कोरोना महामारीपछि अमेरिकाबाट उल्लेख्य पर्यटक आएको देखिएको छ । भारतपछि अमेरिकी पर्यटकको आगमन दोस्रो स्थानमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पछिल्लो सात महिनाको तथ्यांक अनुसार अहिले पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका… Continue reading नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि
अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा
काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानबाट फर्किएसँगै चीनले प्रतिक्रिया देखाउन थालेको छ । बीबीसीका अनुसार उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ। बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारीू समेत हुनेछ। २५… Continue reading अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा
ताइवान मुद्दामा चीनको चाहना : नेपाल उसको पक्षमा उभियोस
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक अडिग रहने विश्वास व्यक्त गरेकी छिन् । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार प्रतिक्रिया गर्दै राजदूत होउले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गरेकी छिन् । पछिल्लो समय नेपालमा अमेरिकी गतिविधि बढेको प्रति चीन सशंकित देखिन्छ ।… Continue reading ताइवान मुद्दामा चीनको चाहना : नेपाल उसको पक्षमा उभियोस
अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रिया के ?
काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति आधिकारिक रूपमा विरोध व्यक्त गरेको छ। चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन मौन नबस्ने बताए। ताइवान भ्रमणमा रहेकी पलोसीले बुधवार त्यहाँकी राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता… Continue reading अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रिया के ?
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति झलनाथ खनालको विरोध
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति विरोध जनाएका छद्धन् । बुधबार विज्ञप्ति निकाल्दै खनालले ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग… Continue reading अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति झलनाथ खनालको विरोध
लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
न्युयोर्क ।गत आईतबार जुलाई ३१,२०२२ का दिन न्युयोर्कको वुडसाईडमा न्युयोर्कमा नेपालीहरुको नेतृत्वमा रहेको दुई वटा क्लबका २०२२-२०२३ नेतृत्वका लागी नयॅा पदाधिकारीहरुको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको संयुक्त संयोजकत्वमा २०२२-२०२३ का लागी चयन भएका दुबै क्लबका नव पदाधिकारीहरुको पदस्थापन तथा शपथ… Continue reading लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
अमेरिकी सभामुख पलोसी ताइवानमा, चीन र अमेरिकाबीच तनाव बढ्ने
काठमाडौं/बीबीसी । अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी मङ्गलवार ढिलोगरी ताइवानमा पुग्ने अपेक्षा गरिएका बेला चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ। पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हुनेछ। ताइवानस्थित प्रहरीले उनको आगमन हुने पुष्टि गरेको छ। उनी… Continue reading अमेरिकी सभामुख पलोसी ताइवानमा, चीन र अमेरिकाबीच तनाव बढ्ने
कोरोना महामारीसँगै अमेरिकामा मंकीपक्सको त्रास, क्यालिफोर्नियामा आपत्काल घोषणा
काठमाडाैं । काेराेना महामारीपछि अमेरिकामा मंकीपक्सकाे आतंक देखिन थालेकाे छ । अमेरिकामा मंकीपक्सका संक्रमित दैनिक रूपमा बढ्न थालेका छन् । मंकीपक्स संक्रमणका ‘केस’ बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो । आपतकालको घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन… Continue reading कोरोना महामारीसँगै अमेरिकामा मंकीपक्सको त्रास, क्यालिफोर्नियामा आपत्काल घोषणा
अमेरिकी ड्रोन हमलाबाट अलकायदाका प्रमुख मारिए
काबुल (बीबीसी) । अल कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका हुन्। बाइडनले जवाहिरीले ‘अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको बताए। ‘अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन्’… Continue reading अमेरिकी ड्रोन हमलाबाट अलकायदाका प्रमुख मारिए
मङ्कीपक्सका बिरामी बढेपछि न्यूयोर्कमा स्वास्थ्य आपतकाल लागु
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएपछि सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा भएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा न्युयोर्कमा अहिलेसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बताइएको छ । न्युयोर्क सहर यो प्रकोपको केन्द्र बनेको र मङ्कीपक्सको जोखिम बढेको भन्दै… Continue reading मङ्कीपक्सका बिरामी बढेपछि न्यूयोर्कमा स्वास्थ्य आपतकाल लागु
राष्ट्रपति बाइडेनलाई १० दिनको अन्तरमा दोस्रो पटक कोरोना
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई १० दिनको अन्तरमा दोस्रो पटक कोभिड पोजेटिभ भएको छ । ७९ वर्षिय राष्ट्रपति वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरलाई उदृत गर्दै सञ्चार एजेन्सीहरुले उल्लेख गरेका छन् । पुनः कोभिड देखिएपछि उनी ह्वाइट हाउसमै आइसोलनमा बसेका छन्। यसअघि उनलाई जुलाई २१ मा पछिल्लो… Continue reading राष्ट्रपति बाइडेनलाई १० दिनको अन्तरमा दोस्रो पटक कोरोना
केन्टकी प्रान्तमा बाढी, कम्तिमा २५ को मृत्यु
केन्टकी । अमेरिकाको केन्टकी प्रान्तमा वर्षा र त्यसले निम्त्याएको बाढीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गत तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ । गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या… Continue reading केन्टकी प्रान्तमा बाढी, कम्तिमा २५ को मृत्यु