सुपेन्द्र बस्नेत, बोष्टन ‘जहाँ नेपाली तन, त्यहाँ नेपाली पन’भन्ने मुल मर्मलाई आत्मसात् गर्दै, अमेरिकामा रहेका नेपाली भाषीहरुद्वारा आयोजित बृहत् कार्यक्रम ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम, आज जुन २५ तारिख शनिबारका दिन अमेरिकाको मासाचुसेट्स् राज्यको समरभिल सिटीमा विविध क्रियाकलापहरु गरी सम्पन्न गरिएको हो । उत्सवमा… Continue reading अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न
Category: अमेरिका
अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ ३० मा भेट भएको हो । राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए । त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता भएको थिएन । राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत… Continue reading अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट
अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक
न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्। रो भर्सस वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ। तीमध्येका १३ राज्यले ट्रिगर… Continue reading अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक
पाँच दशक देखि अमेरिकी महिलाले उपयोग गर्दै आएको गर्भपतन अधिकार सर्बोच्च अदालतले उल्ट्याउँदा देश नै तरंगित
प्रभात भट्टराई/अमेरिका अमेरिकाको सर्बोच्च अदालतले अमेरिकी महिलाहरुले ५० बर्ष देखि उपयोग गर्दै आएको गर्भपतन सम्बन्धि अधिकार उल्ट्याइ दिँदा देश नै तरंगित बनेको छ । राष्ट्रपति जो बाइडेन देखि उदार विचारधारा बोकेका राजनीतिक र सामाजिक अभियन्ताहरुले रिपब्लिकन बहुल सर्बोच्च अदालतको फैसलाप्रति गम्भीर आपत्ति जनाएका छन् । महिलाले आफ्नो शरिरबारे निर्णय गर्न पाउने अधिकारमाथि बन्देज लगाउन मिल्ने… Continue reading पाँच दशक देखि अमेरिकी महिलाले उपयोग गर्दै आएको गर्भपतन अधिकार सर्बोच्च अदालतले उल्ट्याउँदा देश नै तरंगित
अन्ततः एसपीपीबाट पछि हट्यो सरकार, अमेरिकालाई सहभागी नहुने ब्यहोराको पत्र लेखिने
काठमाडौं । तिव्र आलोचनापछि सरकार अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णयमा पुगेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेसँगै यो विषयको टुंगो लागेको हो । एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपीबारे विाद उत्पन्न… Continue reading अन्ततः एसपीपीबाट पछि हट्यो सरकार, अमेरिकालाई सहभागी नहुने ब्यहोराको पत्र लेखिने
बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप
काठमाडौं । बालबालिकालाई लगाउन अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा दिएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा… Continue reading बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप
काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ
काठमाडौं । काठमाडौंमा कल सेन्टरको आवरणमा संगठितरुपमा अन्तरदेशीय ठगी धन्दा चलाउने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कल सेन्टरको आवरणमा ठगी गर्ने गिरोहका १३ जना पक्राउ परेका हुन् । हालसम्म उनीहरुको निशानामा अमेरिकी र क्यानेडियन नागरिक थिए । ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर गिरोहका नेपाली नाइके बुढानिलकण्ठ… Continue reading काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ
नेटोको आंशका : रुस-युक्रेन युद्ध लामो समय चल्न सक्छ
काठमाडौं । पश्चिमा विश्वले युक्रेनलाई वर्षौँसम्म चल्न सक्ने लडाइँका लागि निरन्तर सहयोग गर्न तयारी गर्नुपर्ने नेटोका प्रमुखले बताएका छन्। नेटोका महासचिव येन्स स्टोलटेनबेर्गले युद्धको मूल्य उच्च भए पनि मस्कोलाई उसका सैनिक लक्ष्यहरू पूरा गर्न दिनु अझै घातक हुने बताए। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले दीर्घकालीन द्वन्द्वको सामना गर्न तयारी गर्नुपर्ने चेतावनी दिएपछि नेटोका महासचिवको पछिल्लो धारणा… Continue reading नेटोको आंशका : रुस-युक्रेन युद्ध लामो समय चल्न सक्छ
प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने
काठमाडौं । प्रधानसेनापति महारथी पर्भुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान उडेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा… Continue reading प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने
एक अमेरिकी कुटनीतिज्ञलाई रुसमा १४ वर्ष जेल सजाय सुनाइयो
काठमाडौं । रुसले एक जना अमेरिकी कूटनीतिज्ञलाई १४ वर्ष जेल सजाय सुनाएको छ । रुसको मस्को स्थित एक अदालतले अमेरिकी नागरिक मार्क फोगेललाई गाँजा तस्करी गरेको आरोपमा १४ वर्ष जेल सजाए सुनाएको बीबीसील लेखेको छ । अदालतले एक विज्ञप्तिमार्फत भनेको छ, ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो ।’ फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए… Continue reading एक अमेरिकी कुटनीतिज्ञलाई रुसमा १४ वर्ष जेल सजाय सुनाइयो
एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल… Continue reading एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन
एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो
काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले सन् २०१५ मा पत्राचार गरेको पुष्टि भएसँगै नेपाली सेना समेत विवादमा तानिएको छ । सेनाले बुधबार मात्र यसको कडा खण्डन गरेको थियो । तर, बिहीबार भने सन् २०१५ अक्टोबर २७ मा (२०७२ कात्तिक १०) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत… Continue reading एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो
अमेरिकामा ३० वर्षयताकै माथि पुग्यो ब्याजदर, विश्वभर के पर्ला असर ?
काठमाडौं (बीबीसी) । अमेरिकी केन्द्रीय ब्याङ्कले बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै झन्डै ३० वर्षयताकै सबैभन्दा ठूलो ब्याजदर वृद्धिको घोषणा गरेको छ। फेडरल रिजर्भले आफ्नो मुख्य ब्याजदरलाई प्रतिशत बिन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १।५ प्रतिशतदेखि १।७५ प्रतिशतको दायरामा पुर्याउने बताएको छ। गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्च यताको यो… Continue reading अमेरिकामा ३० वर्षयताकै माथि पुग्यो ब्याजदर, विश्वभर के पर्ला असर ?
आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाललाई आयोजक अमेरिकाले ३९ रनले हराएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले २०६ रन मात्र बनायो । श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो
एसपीपीबारे नेपाली सेनाले दियो स्पष्टीकरण
काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपीसम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै… Continue reading एसपीपीबारे नेपाली सेनाले दियो स्पष्टीकरण
परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले नेपाल कुनै खाले सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उनले सैन्य गठबन्धनमा नेपाल जाने विषय हल्ला मात्रै भएको बताए। ‘यस्ता संसयपूर्ण कुरा कहिलेकाहीँ आउने गर्छन्। नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन,’ उनले भने, ‘के का लागि सैन्य गठबन्धन गर्ने? यो… Continue reading परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन
अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण
काठमाडौं । नेपालले अमेरिकासँग गर्ने तयारी गरिरहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताले पुनः एक पटक नेपालको कूटनीतिक माहोल तात्तेको छ । सडकदेखि सदनसम्म चर्को वहस भइरहेको यस विषयमा मंगलबार अमेरिकी दूतावासले समेत स्पष्टिकरण दिएको छ । अमेरिकाले यस प्रोग्राममा सामेल हुन कुनै देशलाई नभनेको बताएको छ । यो कार्यक्रमका लागि कुनै देशबाट माग भएमा भने… Continue reading अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण
मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार
काठमाडौं । केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ । त्यसैको एशियाली बजारमा प्रभाव देखिएको हो । यता अमेरिकी डलर दुई दशकमा पहिलो पटक १ सय ३५ जापानी येनमा बलियो भयो । गत महिना अमेरिकी मुद्रास्फीति ४० वर्षमा हालसम्मकै… Continue reading मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार
अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत
काठमाडौं । लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ। त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ। प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्। त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ। राष्ट्रपति… Continue reading अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत
एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न
ओहायो “रक्तदान नै जीवनदान” भन्ने मुल भावनालाई आत्मासाथ गर्दै एनआरएन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभावमा कसैले पनि अमूल्य जीवन गुमाउनु नपरोस भन्ने उदेश्यका साथ बिश्व रक्तदान दिवसको अवसरमा एन आर एन ओहायो च्याप्टरले ब्लड डोनर्स एफ अमेरिकासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। ओहायो राज्यको कोलम्बसस्थित होटल हिल्टनमा गत शनिबार… Continue reading एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न
ताइवानलाई नउक्साउन अमेरिकालाई चीनको चेतावनी
काठमाडौं । चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी संयुक्त राज्य अमेरिकालाई दिएको छ। चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेटेका थिए। सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त… Continue reading ताइवानलाई नउक्साउन अमेरिकालाई चीनको चेतावनी
नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो
काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल र अमेरिकाबीच रोमाञ्चक खेलमा बराबरीको नतिजा आएको छ । अन्तिम दुई बलमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा रोकिएको हो । दुवै टीमबाट समान २७४ रन बन्यो । दुबै टीमले १÷१ अंक बाँडेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला… Continue reading नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो
आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा
काठमाडौं । अमेरिकाको टेक्सासमा जारी नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टुमा नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाले… Continue reading आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा
कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा
टेस्सास । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपाल पहिलो खेलमा ओमनसँग पराजित भएको छ । अमेरिकाको टेक्सासमा शुक्रबार विहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले हारेको हो । ओमान, अमेरिका र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा ओमानले भने पहिलो जित निकाल्यो। करन केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले बलिङमा ओमानलाई मध्यम योगफलमा रोक्न सफल भएको थियो ।… Continue reading कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा
अमेरिकी सेनाका एक उच्च कमाण्डर चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा
काठमाडौं । अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डर जनरल चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा आएका छन् । अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन नयाँदिल्ली हुँदै बिहीवार काठमाडौं आएका हुन् । उनी चार दिने भ्रमणमा सिलसिलामा आएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम छ ।… Continue reading अमेरिकी सेनाका एक उच्च कमाण्डर चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा
अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी
काठमाडौं । पश्चिमा मुलुकले युक्रेनलाई लामो दूरी प्रहार गर्न मिल्ने हतियार पठाए आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची बढाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । बीबीसीका अनुसार युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतवार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो। रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको… Continue reading अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी
अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। ह्वाइट हाउसबाट प्राइम टाइम अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके… Continue reading अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव
एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक
काठमाडौं । नेपालमा मे २०२२ मा ५३ हजार ६०८ जना पर्यटक आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ७ हजार २७४ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा भारतपछि यो वर्ष अमेरिकाबाट पर्यटक आएका छन् । सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन… Continue reading एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक
अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि… Continue reading अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी
लण्डन । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको प्रतिस्पर्धामा जित निकाल्दै अर्जेण्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ । ‘फाइनलिसीमा’ नाममा भएको प्रतियोगिताको उपाधि जित्दा अर्जेन्टिनाले इटलीलाई ३–० गोलले हरायो । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी… Continue reading अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी