काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।
बीबीसीका अनुसार प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पले इण्डियाना, वेष्ट भर्जिनिया, केन्टकी, मिसौरी, ओक्लोहामा, अल्बामा, अर्कानास, टेनिसी, फ्लोरिडा, साउथ क्यारोलिना राज्यमा जित हासिल गरेका छन् । यसैगरी कमला ह्यारिसले भर्मोट, न्यूह्याम्प्सपायर, म्यासाचुयट्स, मेरिल्याण्ड, कोलम्बिया राज्यमा विजयी भएकी छन् ।
निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।
डेमोक्रेटिक पार्टीका नेता बर्नी स्यान्डर्स चौथो पटक बर्मोटका लागि अमेरिकी सिनेटर निर्वाचित भएका छन् । ८३ वर्षीय स्यान्डर्स अमेरिकी राजनीतिका प्रसिद्ध लिबरल अनुहार हो । उनले यो निर्वाचन आफ्नो जीवनकालका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् ।
काठमाडौं । अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (करीव १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेका छन् । रेडियो, टेलिभिजन, स्याटलाइट, केबल र डिजिटल विज्ञापनमा यत्तिका रकम खर्च गरिएको विज्ञापन गणना गर्ने संख्या एडइम्प्याक्टको तथ्यांकले देखाएको छ ।
अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर) ले गरेको विश्लेषणअनुसार सबैभन्दा धेरै पेन्सलभेनियामा उम्मेदवारहरूले विज्ञापनमा पैसा हालेका थिए । अत्यन्तै कडा प्रतिस्पर्धामा रहेको र ‘स्विङ स्टेट’ भनिने अनिर्णीत राज्यमध्ये प्रमुख मानिएको पेन्सलभेनियामा मात्रै १.२ अर्ब डलर खर्चिएर उम्मेदवार एवं दलहरूले विज्ञापन सम्प्रेषण गरेका थिए ।
पेन्सलभेनियामा डेमोक्य्राक्टसले ६३ करोड ७० लाख डलर र रिपब्लिकन्सले ५४ करोड ३० लाख डलर विज्ञापनमा खन्याएका थिए । राष्ट्रपतिको चुनावी अभियानसँगै सिनेट र हाउसको चुनावका लागि पनि यो राज्यमा कडा प्रतिस्पर्धा छ । सिनेट प्रतिस्पर्धामा ३४ करोड ४० लाख डलर खर्च भएको छ । तथापी, सिनेटको चुनावका लागि सबैभन्दा बढी खर्च चाहिँ ओहायोमा गरिएको छ जहाँ करिब ५१ करोड ८० लाख डलरको विज्ञापन बजिसकेको एनपीआरको विश्लेषण छ ।
राष्ट्रपति चुनावका लागि सबै राज्यमा गरेमा ३ अर्ब डलरको विज्ञापन गरिएको तथ्यांक अमेरिकी सञ्चार माध्यमले प्रस्तुत गरेका छन् । ‘राष्ट्रपतिय चुनावी अभियान मुख्यतया सातवट प्रदेशमा सिमित रहेको देखिन्छ,’ एनपीआरको लेखेको छ, ‘प्रत्येक ५ डलरमध्ये ४ डलर पेन्सलभेनिया, मिसिगन, विस्कन्सिन, जर्जिया, नर्थ क्यारोलाइना, एरिजोना र नेभाडामा खर्च गरिएको छ ।’ प्रतिस्पर्धी राज्यको सन्दर्भमा सन् २०२० को तुलनामा यसपटक राष्ट्रपति चुनावमा गरिएको खर्च उल्लेखनीय भएको एनपीआरको विश्लेषण छ ।
सन् २०२० को आम निर्वाचनमा फ्लोरिडामा ३७ करोड १० लाख डलर विज्ञापनमा खर्च गरिएकोमा यसपटक ४० लाख डलर मात्रै खर्च भएको छ । सन् २०२० मा सबैभन्दा धेरै रकम जर्जियामा खर्च भएको थियो । त्यो बेला जर्जियामा राष्ट्रपतिको चुनावका लागि तिब्र प्रतिस्पर्धा थियो र सिनेटको रन(अफ निर्वाचनसमेत भएको थियो। तर २०२० मा जर्जियामा भएका सबै चुनावहरूमा जम्मा ७८ करोड ७० लाख डलर खर्च भएको थियो, जुन यस वर्ष पेनसिल्भेनियामा देखिएको खर्चभन्दा लगभग आधा अर्ब डलरले कम हो ।
काठमाडौं । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ । सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरिसकेका छन् । निर्वाचनअघि नै यति धेरै प्रतिशत मतदान भएको यो दोस्रो पटक हो । अमेरिकामा करिब २४ करोड मतदाता छन् । दुवै पक्षका मतदाताहरु ज्यादा उत्साहित भएकाले यो पटक हालसम्मकै सर्वाधिक मतदान हुने अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपतिको लागि डेमोक्रेटिक पार्टीका तर्फबाट एसियन अमेरिकन मूलकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिस (६० वर्ष) र रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प (७८) चुनावी मैदानमा उत्रिएका छन् । सोमवार साँझसम्म दुवै उम्मेदवारहरु चुनावी प्रचार प्रसारका लागि आआफ्ना एजेण्डा बोकेर मतदाताको घरदैलो अभियानमा सक्रिय भए ।
उनीहरु दुवैजनाको दौडधूप अन्यत्रभन्दा पनि खासगरी स्विङ स्टेट अर्थात् डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी दुवैमा संलग्न नभएका तर उम्मेदवारको कार्यशैली र एजेण्डा हेरेर मतदान गर्ने भएकोले यी राज्यलाई स्विङ स्टेट अर्थात् युद्ध मैदान राज्य भन्ने गरिन्छ ।
किनकि यहाँका मतदाता अनिर्णित मतदाता हुन् । यी सातवटा राज्यका मतदाताले राष्ट्रपतिको निर्वाचनको परिणामलाई उलटफेर गर्नसक्छन् । किनकि यिनीहरुले कहिले डेमोक्रेटिक पार्टीलाई त कहिले रिपब्लिकन पार्टीलाई सत्तामा पुर्याएका छन् । यी सातवटा राज्यमा अरिजोना, जर्जिया, मिचिगन, नेभाडा , पेन्सिलभेनिया, विस्कन्सिन र नर्थ क्यारोलिना हुन् । अरु राज्यको इलेक्टोरल कलेज कसको पक्षमा छ भन्ने कुरा भने लगभग पक्का भइसकेको छ ।
अमेरिकी राष्ट्रपति जनताको लोकप्रिय मतबाट प्रत्यक्ष निर्वाचित हुँदैनन् । संविधान अनुसार अमेरिकी मतदाताको मतका आधारमा छानिने इलेक्टोरल कलेजले राष्ट्रपतिको निर्वाचनको नतिजा निर्धारण गर्छ । कुल ५३८ इलेक्टोरल कजेजमध्ये आधाभन्दा बढी २७० इलेक्टोरल कलेज ल्याउने उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुन्छन् । कहिलेकाहीँ धेरै लोकप्रिय मत पाएर पनि २७० इलेक्टोरल कलेज नपाउँदा त्यो उम्मेदवार पराजित हुन्छ ।
इलेक्टोरल कजेज कुन राज्यबाट कतिजना चुनिन्छन् भन्ने कुराको निर्धारण चाहिँ जनसङ्ख्याको आधारमा हुन्छ । कमला ह्यारिसले मध्यमवर्गीय व्यक्तिहरुको पक्षमा वकालत गरिरहेकी छिन् । उनले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउने, महिलाको प्रजनन स्वतन्त्रतालाई कायम राख्ने, कर कम गर्ने, स्वास्थ्य बिमाको पैसा कम गराउने, ठूला व्यापारिक घरानाले गरेको मूल्यवृद्धि रोक्ने र उनीहरुलाई कर पनि बढी लगाउने, पहिलोपटक घर किन्ने मान्छेलाई २५ हजार सहुलियत कर्जा दिनेजस्ता नीति लागू गर्ने बताएकी छिन् ।
ट्रम्पले गर्भपतनलाई राष्ट्रव्यापी रुपमा बन्देज लगाउने, ज्येष्ठ नागरिकको सोसल सेक्युरिटीमा कर हटाउने, दक्षिणी सीमामा पर्खाल लगाउने, आपराधिक चरित्रका मानिस र लागू पदार्थको कारोबारीलाई देशनिकाला गर्ने, ऊर्जा प्रवर्धनमा जोड र ग्यासको भाउ घटाउने आदि छन् । त्यस्तै उनले वैदेशिक नीति, अर्थतन्त्र र सीमा सुरक्षालाई कडाइका साथ लागू गर्ने बताएका छन् ।
काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न मङ्गलवार नोभेम्बर ५ का दिन मतदान हुँदै छ। प्रतिस्पर्धा कति कसिलो हुन्छ त्यसका आधारमा मतदान सकिएको केही घण्टा, दिन वा कहिलेकाहीँ कैयौँ दिनसम्म पनि विजेता को भएको छ भन्ने छुट्ट्याउन गाह्रो हुन सक्छ। डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। ह्यारिस पदासीन उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन्।
सामान्यतया निर्वाचनको दिन दिइएको मत रुजु गरिन्छ। त्यसपछि क्रमशः पहिल्यै र हुलाकमार्फत् पठाइएको मत, दाबी विरोध भएको मत अनि विदेशमा र सैन्य सेवामा भएका मानिसले दिएको मतको पालो आउँछ। स्थानीय निर्वाचन अधिकृतहरूले प्रत्येक मतलाई प्रमाणीकरण गर्दै गणना गर्छन्। उक्त प्रक्रियालाई ुक्यान्भासिङु भनिन्छ। त्यस्ता अधिकृतहरू कहिलेकाहीँ नियुक्त र कहिलेकाहीँ निर्वाचित भएका हुन्छन्।
मत प्रमाणीकरण गर्दा जीवित मतदाताको कुल सङ्ख्या र खसेको मतको सङ्ख्याको तुलना (मतपत्र च्यातिएको वा त्यसमा मसी लतपतिएको छ कि छैन भनेर हेर्न प्रत्येक मतपत्र निकाल्ने, खोल्ने र जाँच्ने काम) अनि केही अस्वाभाविकता भए तिनको अभिलेख राख्ने र छानबिन गर्ने काम गरिन्छ। गणना गर्दा प्रत्येक मतपत्रलाई विद्युतीय स्क्यानरमा राखिन्छ।
कहिलेकाहीँ हातैले गन्नुपर्ने वा दोहोर्याएर रुजु गर्नुपर्ने पनि हुन सक्छ। प्रत्येक राज्य र स्थानमा क्यान्भासिङ प्रक्रिया, मत छुट्ट्याउने क्रम निर्धारण र गणना गर्ने स्थानमा कुन ठाउँसम्म सर्वसाधारण मानिस तथा पर्यवेक्षकहरू जान पाउँछन् भन्ने निर्णय गर्ने भिन्नाभिन्नै नियमहरू छन्।
काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुनेछ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् । उपराष्ट्रपति कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ ।
आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार अन्तिम चुनावी अभियान चलाए । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरे । ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि भन्दै मत मागिरहेका छन् भने ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयास गरिरहेकी छन् ।
यस निर्वाचनबारे भएका सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । केही सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अघि देखिएकी छन् । अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो । र, दुवै जनाले यसबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।
काठमाडौं । २४ करोड अमेरिकी यस पटक राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। सम्भवतस् तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने सञ्चारमाध्यमले लेखेका छन् । औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको बीबीसीले उल्लेख गरेको छ ।
एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्। अब चुनावका अन्तिम महिनाहरूमा ती राज्यका अनिर्णीत मतदाताको मन जित्न दुवै पक्ष जोडतोडले लागिरहेका छन्।
काठमाडौं\बीबीसी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मङ्गलवार राती निर्वाचन हुँदैछ । मतदानलाई विश्वभरिका मानिसहरूले नजिकबाट नियालिरहेका छन्। अमेरिकी मतदाताले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्का सदस्य पनि चयन गर्दैछन् । जसले देशका नागरिकहरूको जीवनमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन पारित गर्न उल्लेख्य भूमिका निर्वाह गर्छन्।
अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ मा हुँदैछ। नेपाली समय अनुसार मङ्गलवार राती हुने मतदानबाट चयन हुने विजेताको कार्यकाल जनवरी २०२५ बाट सुरु हुन्छ। अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ । अमेरिकी राष्ट्रपतिले आफ्नै अधिकार प्रयोग गरी कानुन बनाउन सक्छन्। तर कानुन पारित गर्न उनले अधिकांश समय कङ्ग्रेससँग मिलेर काम गर्नुपर्छ।
अमेरिकी राष्ट्र प्रमुखलाई विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्न र विदेश नीति तय गर्न उल्लेख्य स्वतन्त्रता हुन्छ। अमेरिकी निर्वाचनमा प्रमुख दुई पार्टीले आफ्ना उम्मेदवारहरू शृङ्खलाबद्ध मतदानबाट चयन गर्छन्। त्यो प्रक्रियालाई स्टेट प्राइमरी र ककसहरू भनिन्छ। जसमा पार्टी सदस्यहरूले आफ्नो दलको प्रतिनिधित्व गर्ने उम्मेदवार छान्छन्।
Getty images
रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना प्रतिस्पर्धी भन्दा ठूलो अन्तरको समर्थन सहित राष्ट्रपतिको उम्मेदवार बनेका छन्। विस्कन्सिनमा आयोजित रिपब्लिकन राष्ट्रिय सम्मेलनबाट उनी राष्ट्रपतिको उम्मेदवार चयन भएका थिए। उनले जेडी भेन्सलाई उपराष्ट्रपतिमा अघि सारेका छन्।
राष्ट्रपति जो बाइडनले गत जुलाई महिनामा आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारेपछि ह्यारिस डेमोक्र्याटहरूको उम्मेदवार बनिन्। उनलाई पार्टीबाट कसैले पनि चुनौती नै दिएन। उनले मिन्नेसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने घोषणा गरेकी छन्।
राष्ट्रपतीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्। जसमध्येका एक पूर्व राष्ट्रपति एक जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी धेरै चर्चामा थिए। तर उनले अगस्ट अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिएर ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए।
डेमोक्र्याट उदारवादी राजनीतिक पार्टीको रूपमा चिनिन्छ। यसका मुख्य नीतिहरूमध्ये नागरिक अधिकार, व्यापक सामाजिक सुरक्षा सञ्जाल र जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्ने विषयहरू पर्छन्। रिपब्लिकन अमेरिकाको परम्परावादी राजनीतिक दल हो। ग्रान्ड ओल्ड पार्टी अर्थात् बुढो पार्टीको रूपमा पनि चिनिने रिपब्लिकन कम कर लगाउने, छरितो सरकार बनाउने, बन्दुक राख्ने अधिकार दिने र अध्यागमन तथा गर्भपातमा कडा प्रतिबन्धहरू लगाउने पक्षको दल हो। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन मतदाताको सर्वाधिक मत ल्याएर मात्र पुग्दैन। सबैभन्दा धेरै मतदाताको समर्थन पाउने उम्मेदवार पनि राष्ट्रपतिको निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ। अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई ुइलेक्टोरल कलेजु भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ। त्यसकारण उम्मेदवारहरू सबै ५० राज्यको चुनाव जित्न आफ्नो सामर्थ्य प्रयोग गर्छन्।
कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकाका ५० राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ। कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।
यसअघि भएका छ वटा निर्वाचनमध्ये दुइटामा आफ्ना प्रतिद्वन्द्वीको भन्दा कम मत ल्याउने दुई उम्मेदवार राष्ट्रपति बनेका थिए। सन् २०१६ मा डोनल्ड ट्रम्पले झन्डै ३० लाख मत कम पाए पनि इलेक्टोरल कलेजले उनलाई बहुमत दिएका कारण उनी राष्ट्रपति बने। अधिकांश राज्यले प्रत्येक निर्वाचनमा एउटै पार्टीलाई जिताउँछन्। त्यस कारण राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारहरूले स्विङ स्टेट भनिने परिणाम अनिश्चित हुने राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन्।
सन् २०२४ को निर्वाचनमा एरिजोना, नोर्थ क्यारलाइना, जोर्जा, मिशिगन, नभाडा, पेन्सिल्भेनिया र विस्कन्सिनसहित सात राज्यमा उम्मेदवारहरूबीच उच्च प्रतिस्पर्धा हुने देखिएको छ। प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकारका आधारमा इलेक्टोरल मतको सङ्ख्या तोकिएको हुन्छ इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ। त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ।
अमेरिकी राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा १८ वर्ष वा सो भन्दा माथिका अधिकांश अमेरिकी नागरिकहरूले मत दिन पाउँछन्। तर नर्थ डाकोटा बाहेकका सबै राज्यमा निर्वाचनअघि अघि मतदाताको रूपमा दर्ता हुनुपर्ने नियम छ। प्रत्येक राज्यमा मतदाताको रूपमा दर्ता हुने आफ्नै प्रक्रिया र समयसीमा छ। विदेशमा रहेका अमेरिकी नागरिकहरूले पनि सङ्घीय हुलाक कार्यालयको प्रणालीमा निवेदन दिएर हुलाक मार्फत् मतदान गर्न सक्छन्।
अधिकांश राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ। राष्ट्रपतिबारे धेरै चर्चा हुने गरे पनि अमेरिकी मतदाताहरूले नोभेम्बर ५ मा अरू पदमा पनि मत दिँदैछन्। कङ्ग्रेस भनिने अमेरिकी संसद्का सदस्यहरू पनि त्यही दिनको निर्वाचनबाट चुनिन्छन्। अमेरिकामा कानुनको निर्माणमा उनीहरूको उल्लेख्य भूमिका हुन्छ। कङ्ग्रेसको संरचना ४३५ सिटको प्रतिनिधिसभा र ३४ सिटको सिनेट मिलेर बनेको हुन्छ।
अमेरिकी सरकारले गर्ने खर्चमा नियन्त्रण गर्ने प्रतिनिधिसभामा अहिले रिपब्लिकन पार्टीको बहुमत छ। सरकारका प्रमुख नियुक्तिहरूमा मतदान गर्ने सिनेटमा भने डेमोक्र्याटको नियन्त्रण छ। संसद्का यी दुई सदनले कानुनहरू पारित गर्नुका साथै ह्वाइट हाउसमाथि नियन्त्रणको काम गर्छन्। राष्ट्रपति योजना कुनै सदनमा बहुमत रहेको पार्टीलाई चित्त नबुझे त्यसको कार्यान्वयन गर्न ह्वाइट हाउसलाई अप्ठ्यारो पर्नसक्छ।
साधरणतया चुनाव सकिएकै रात अमेरिकी राष्ट्रपतीय निर्वाचनका विजेताको घोषणा हुन्छ। तर सन् २०२० मा सबै मत गणना सक्न केही दिन लागेको थियो। बहालवाला भन्दा फरक राष्ट्रपति निर्वाचित भएको अवस्थामा नयाँ राष्ट्रपतिको पदबहाली नहुँदासम्मको अवस्थालाई सङ्क्रमणकाल भनिन्छ।
यसले नयाँ प्रशासनलाई मन्त्रीहरू चयन गर्न र कार्यकालको योजना बनाउन समय दिन्छ। इन्यागुरेसन भनिने एक समारोहबीच नयाँ निर्वाचित राष्ट्रपतिले ज्यानुअरीमा पदबहाली ग्रहण गर्छन्। यो समारोह क्यापिटोल भनिने अमेरिकी संसद् भवनको खुड्किलाहरूमा हुन्छ।
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेको देखिएको छ । एबीसी न्यूजको नयाँ तथ्यांकलाई हवाला दिंदै बीबीसीले कमला ह्यारिस र ट्रम्पबीच केवल १ प्रतिशतको अन्तर रहेको लेखेको छ । कमलालको पक्षमा ४८ प्रतिशत मतदाता रहँदा ट्रम्पको पक्षमा ४७ प्रतिशत छन् ।
कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि छिन्। यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त हुँदैन । खासगरी इलेक्टोरल कलेज प्रणालीमा आधारित चुनावी प्रतिस्पर्धा भएकोले पनि यस्ता सर्वेक्षणहरूको नतिजा चुनावको अन्तिम नतिजासँग नमिलेका कैयौं उदाहरण छन् । यस्तो प्रणालीमा प्रत्येक राज्यलाई जनसंख्याका आधारमा निश्चित संख्यामा मत दिइन्छ ।
अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ। अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैं एउटै पार्टीको पक्षमा मतदान गर्छन्। दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन्। यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई रणमैदान वा स्विङ स्टेट भनिन्छ।
अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ । अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छिन्।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ ।
तर घरेलु टोद्यी अमेरिकाविरुद्धको दुवै खेल हारेको नेपाल दबाबमा छ । स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।
स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । लिग टु को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २–२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।
स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । लिग टु मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक जोडेका छन् । तर नेटरनरेटमा अमेरिका अघि रहँदै शीर्ष स्थानमा छ ।
स्कटल्याण्ड १० खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल ११ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ । लिग टु मा अहिलेसम्म नेपाल सबैभन्दा धेरै ८ खेलमा पराजित भएको छ । नेपालभन्दा पछि यूएई मात्र छ । यूएईले ९ खेलमा २ खेल जित्दै ४ अंक जोडेको छ ।
काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो ।
जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रन बनाउँदै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।
अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए । जसदीप सिंहको बलमा उनी बोल्ड भए । दोस्रो विकेटका लागि अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए ।
भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । यस्तै सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।
अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।
अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।
नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपालले अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ । नेपाल लिग २ मा ११ खेल खेल्दै २ मा जित र ८ मा हारसहित ५ अंक जोडेर सातौं स्थानमा छ ।
काठमाडौं । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ।
अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ।
अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं आंशिक शेअरधनी हुन्।
एसेन्ड एभिएशनको वेबसाइटमा उल्लेख गरिएअनुसार उक्त कम्पनी दिल्लीमा रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा त्यसले हवाई उद्योगका स्पेअर पार्ट्सका साथै लुब्रिकेन्ट आपूर्ति गर्ने गर्छ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण भएयता अमेरिका, यूके र युरोपेली सङ्घका साथै अस्ट्रेलिया, क्यानडा र जापानसहित कैयौँ देशले रुसविरुद्ध १६,५०० भन्दा बढी प्रतिबन्ध लगाएका छन्।
ती प्रतिबन्धअन्तर्गत रुसको विदेशी मुद्रा सञ्चयको करिब आधा हिस्सा रोक्का गरिएको छ जुन करिब २७६ अर्ब डलर हुन आउँछ।
विदेश मामिलाका जानकार तथा द इमेज इन्डिया इन्स्टिच्यूटका अध्यक्ष रवीन्द्र सचदेव भन्छन्, “प्रतिबन्धमा परेपछि सम्बन्धित कम्पनीहरू प्रतिबन्ध लगाउने देशसँग लेनदेन गर्न सक्दैनन्।”
“प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति पनि ती देशमा पनि रोक्का हुन सक्छ ती प्रतिबन्धको पक्षमा छन्।”
तर प्रतिबन्धका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा खासै असर नपर्ने उनको दाबी छ। किनकि दुई देशबीच सुमधुर सम्बन्ध रहिआएको छ। बिबिसी
काठमाडौं । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २।५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । त्यतिमात्रै होइन यो विश्वभरको कूल जीडीपी भन्दा पनि धेरै छ । विश्वभरको कूल जीडीपी जोड्दा १०० ट्रिलियन डलर हुने अनुमान छ ।
अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ । रुसी अदालतले गन्न पनि गाह्रो हुने रकम जरिवानाको फैसला गुगलविरुद्ध चार वर्षसम्म चलेको कानुनी लडाइँ पछि गरेको हो । गुगलले रुसका केही सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि थिए ।
रुसको राष्ट्रवादी भनिने च्यानल जारग्रेडलाई गुगलले युट्युबबाट हटाइएको थियो । जारग्रेड च्यानलका प्रमुखलाई अमेरिकाले प्रतिबन्ध समेत लगाएको थियो । त्यसपछि मिडियाहरुले गुगलविरुद्ध अदालतमा मुद्दा हालेका थिए । रुसी अदालतले गुगललाई प्रतिबन्ध लगाइएका च्यानललाई फुकुवा गर्न भनेको छ । साथै जरिबाना रकम तिरिसकेपछि मात्रै रुसी बजारमा गुगललाई प्रवेश दिने जनाएको छ । यद्यपि गुगल हाल रुसमा कुनै पनि प्रकारको व्यापार गर्दैन । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि गुगलले रुसमा आफ्ना सबै गतिविधि बन्द गरेको थियो ।
काठमाडौं । नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २–२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।
स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १–१ विकेट लिए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
काठमाडौं । गाजाको उत्तरी शहर बेइत लाहिआमा इजरेलले गरेको एउटा हवाई आक्रमणमा २० जना बालबालिकासहित कम्तीमा ९३ प्यालेस्टिनी मारिएका वा हराइरहेका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। छिमेकीहरूले भग्नावशेषबाट शव र अङ्गहरू निकाल्ने प्रयास गरिरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।
ज्यान गुमाउनेहरूमा अधिकांश इजरेली आक्रमणका कारण उत्तरी गाजाबाट विस्थापित भएका मानिसहरू रहेका बताइएको छ। पाँचतले आवासीय भवनलाई निशाना बनाइएको उद्धारकर्मीले बताएका छन्। हमासका लडाकुहरू फेरि सङ्गठित हुन थालेका भन्दै यसै महिनाको शुरूतिर नयाँ हमला थालेको इजरेली सेनाले ताजा आक्रमणबारे केही प्रतिक्रिया जनाइसकेको छैन।
इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) विगत दुई सातादेखि उत्तरी गाजाका खासगरी जबालिआ, बेइत लाहिआ र बेइत हनउनमा परिचालित छ। नजिकै पर्ने जबालिआस्थित कमाल अदवान अस्पातलका निर्देशक हुसैन अबु साफिआले समाचारसंस्था एएफपीलाई बताएअनुसार कर्मचारी तथा औषधिको अभावबीच बिरामी हेरिरहेको अस्पातलमा बालबालिकाको उपचार भइरहेको छ।
“हाम्रा चिकित्सक टोली र कर्मचारीलाई सेनाले गिरफ्तार गरेर लगेयता कमाल अदवान अस्पतालमा प्राथमिक उपचारका सामग्रीबाहेक केही पनि छैन,” अबु साफिआले भने। उपचारका सामग्रीबाहेक केही पनि छैन,” अबु साफिआले भने।
हमास लडाकुहरूले अस्पतालको प्रयोग गरिरहेका भन्दै आईडीएफले गत साता छापा मारेको थियो। उत्तरी गाजामा हमला गर्नुको उद्देश्य हमास लडाकुहरूलाई पुनः सङ्गठित हुन नदिनु रहेको इजरेलले दाबी गर्दै आएको छ। गैरसैनिकबीच लडाकुहरू मिसिने गरेको इजरेली दाबी हमासले चाहिँ खण्डन गर्दै आएको छ। मङ्गलवार एउटा वक्तव्य जारी गर्दै इजरेलले जबालिआमा ४० जना “आतङ्कवादी” मारिएको जनाएको छ।
त्यसै गरी गत २४ घण्टाभित्र मध्य गाजामा “थुपै आतङ्कवादीहरू निर्मूल” पारेको उसले उल्लेख गरेको छ। इजरेलले “सिङ्गो जनसङ्ख्यालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारिरहेको” संयुक्त राष्ट्रसङ्घको मानव अधिकार प्रमुख फोल्कर ट्युर्कले शुक्रवार बताएका थिए। प्यालेस्टिनी सशस्त्र समूहहरूले गैरसैनिकहरूबीच रहेर गरिरहेका भनिएको कारबाही स्वीकार्य नहुने पनि उनले बताए। बीबीसी
काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो ।
यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११–११ रन बनाए । ११ रन नै अमेरिकाले अतिरिक्त बटुलेको थियो । छ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएर शतकबाट चुके ।
ओपनर अनिल साह ५६ र आसिफ शेख ५२ रनमा आउट भए । आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, कुशल भुर्तेल ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । अमेरिका नोस्थुश केन्जिगेले ४, हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एक–एक विकेट लिए । लिग २ का लागि अमेरिकामा रहेको नेपालले अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
काठमाडौं । लगातारको हारले दवावमा रहेका नेपाल र अमेरिका जित्नै पर्ने महत्वपूर्ण सिरिज खेलिरहेका छन् । अमेरिकाविरुद्ध आइतबार डालासमा उत्रिँदा नेपाल विश्वकप क्रिकेट लिग २ मा थप दवावमा हुनेछ । यी दुई टोलीको खेल आज नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुँदैछ । नेपालले पछिल्लो दिनमा जित निकाल्न संघर्ष गरिरहेको छ ।
८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अंकतालिकाको सातौं स्थानमा छ । नेपालले लिग २ का दुई शृंखलामा खेलेका ८ खेलमा केवल एक जितमात्र निकालेको छ । ६ खेलमा पराजित भएको छ । ओमानसँग क्यानडामा खेलिएको खेल वर्षाले रद्द भएको थियो । क्यानडामा नेपालले क्यानडा र ओमानसँग २–२ खेलमा बटुलेको त्यही १ अंक थियो । त्यसअघि नेपालले फेब्रुअरीमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र नामिबियासँगको २–२ खेलमा एकमात्र विजय हात पारेको थियो ।
तर, नेपालले अघिल्लो साता अमेरिकाविरुद्ध डालासमै भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । यही नतिजामा उच्च मनोबल लिएर नेपाल आइतबार अमेरिकाविरुद्ध लिग २ को खेलमा उत्रने छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग २ को यो शृंखला शुक्रबार नै सुरु भइसकेको छ ।
स्कटल्यान्डले शुक्रबार अमेरिकालाई १० विकेटले हराएको थियो । ३९ रन बनाउँदा ६ विकेट गुमाएको अमेरिका १ सय ४४ रन बनाई ३९ औं ओभरमा अलआउट भयो । एन्ड्रयु उमिदले ७९ बलमा ९८ र चार्ली टियरले ७० बलमा ४३ रन बनाएपछि स्कटल्यान्डले २५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो । दबाबमा रहेको अमेरिकाले उपकप्तान एरोन जोन्सलाई शृंखलामा बाहिर राखेपछि घरेलु टोलीमाथि झनै दबाब बढ्दै गएको छ ।
नेपालले शनिबार १५ सदस्यीय टोली घोषणा गरेको छ । एकदिवसीयमा कमजोर प्रदर्शन गर्दै आएको नेपालले यो संरचनाका विशेषज्ञ ब्याटर देव खनाललाई रिजर्भमा राखेको छ । देवसँगै सागर ढकाल पनि रिजर्भमा छन् । रोहित पौडेलेको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।
नेपाल र अमेरिकाबीच भएको पछिल्ला ५ एकदिवसीय अन्तर्राष्ट्रियमा दुवै टोलीले २–२ खेल जितेका छन् भने एक खेल ‘टाइ’ भएको थियो । सन् २०२२ मा लिग २ का लागि अमेरिका जाँदा नेपालले अमेरिका र ओमानविरुद्धका ४ खेलमा २ खेलमा पराजित हुँदै १ खेल जितेको थियो भने १ खेल ‘टाइ’ भएको थियो ।
काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजमा घरेलु टोली अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ । टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शनिबार बिहान भएको खेलमा अमेरिकाले लज्जास्पद हार खेपेको हो । अमेरिकाले दिएको एक सय ४५ रनको विजय लक्ष्य स्कटल्यान्डले २४.५ ओभरमा विना विकेटको क्षति पूरा गरेको थियो ।
स्कटल्यान्डका लागि आन्द्रे उमिदले अविजित ९८ रन बनाए । उनले ७९ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाए । चार्ली टिमयरले अविजित ४३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । अमेरिकाका सुरुवाती ६ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
आठौँ नम्बरमा ब्याटिङ गरेका स्याड्ली भान श्यालवायकले ५८ रन बनाए । हर्मित सिंहले २२ र नोसथुस केन्जिगेले २१ रन बनाए । अमेरिकालाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्राड करीले चार विकेट लिए । ब्रान्डेन म्याकमुलेनले तीन तथा ब्राड ह्विलले दुई विकेट लिए ।
जितसँगै आठ खेलबाट ११ अङ्क बनाएको स्कटल्यान्ड चौथो स्थानमा उक्लिएको छ । पराजित अमेरिका नौ खेलबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित यस सिरिजमा नेपालले कात्तिक ११ गते आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । लिगमा आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।
काठमाडौं । इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला थालेको छ । ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ। इजरेली सेनाले हमलाको काम पूरा भएको जनाउँदै भनेको छ, हाम्रा विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन्। तर कुन–कुन ठाउँहरू प्रहार गरिएको हो र क्षतिको तह कस्तो छ भन्ने प्रस्ट भइसकेको छैन।
इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व इजरेल सामु भएको जनाएका छन्। तीन साताअघि इरानले इजरेलमा झण्डै दुई सयको सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाका अनुसार इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएका छन्।
जेरुसलेमस्थित एकजना बीबीसी संवाददाताले इजरेलले आफ्ना हमला परमाणु वा तेल प्रशोधन केन्द्रमा नभई सैन्य निशानामा केन्द्रित गरेको देखिएको जनाएका छन्। इजरेली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ। इराकमा समेत राजधानी बग्दादनजिकै विस्फोटनका विवरण आएका छन्।
इजरेलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन। अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन्। तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन्। गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखा परेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्। ह्वाइटहाउसले इजरेलको आत्मरक्षाको अभ्यासमा अमेरिकाको कुनै संलग्नता नरहेको जनाएको छ।
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका र स्कटल्यान्ड खेल्दैछन् । नेपालले पर्सि आइतवार अमेरिकासँग खेल्दै लिग–२ शृङ्खलाको शुरुआत गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा आउँदो मङ्गलवार स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यो शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डसँग कात्तिक १९ गते खेल्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ८ खेलमा ३ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । यस्तै अमेरिका ८ खेलमा १२ अङ्कसहित दोस्रो र स्कटल्यान्ड ७ खेलमा ९ अङ्कसहित पाँचौं स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अङ्क छ ।
काठमाडौं । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।
मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताए । मृतक दुवैको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलसेर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर र लगडे लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौं । श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ । “हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारलाई भने, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।” उनले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई लक्षित गर्ने कथित षड्यन्त्रको सिलसिलामा पक्राउ गरिएको जानकारी दिए ।
श्रीलंकाले अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि सर्फिङ रिसोर्ट अरुगम बेमा र अन्य लोकप्रिय पर्यटकीय स्थलहरुमा सैनिक तैनाथ गरेको सार्वजनिक सुरक्षामन्त्रीसमेत रहनुभएका हेराथले बताए । यस वर्षको पहिलो नौ महिनामा श्रीलङ्कामा भ्रमण गर्ने १५ लाख पर्यटकमध्ये इजरायलीहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतभन्दा कम अर्थात करिब २० हजार थियो ।
प्रहरीले इजरायलीहरूका लागि हटलाइन स्थापना गरेको थियो । प्रहरीका अनुसार हाल देशमा करिब पाँच सय ७० इजरायली नागरिकहरु रहेको छ । कोलम्बोबाट सडक मार्ग हुँदै चार सय किलोमिटर पूर्वमा अवस्थित अरुगम बे इजरायली पर्यटकहरुको लोकप्रिय गन्तव्य हो ।
अमेरिकी चेतावनी इजरायली स्वामित्वका व्यवसायहरूको बहिष्कारका लागि सामाजिक सञ्जालमा गरिएका पोस्टहरूपछि आएको हो । गाजा र लेबनानमा इरान समर्थित हमास र हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको विरोधमा स्थानीय मुस्लिम समूहहरुले प्रदर्शन पनि गरेका थिए ।
अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्युजिल्यान्डले आफ्ना वेबसाइटहरुमा अमेरिकी चेतावनी साझा गरेका छन् भने रुसी दूतावासले आफ्ना नागरिकहरूलाई श्रीलङ्का भ्रमण गर्दा भीडभाड भएका ठाउँहरुमा नजान सल्लाह दिएको छ ।
पैँतालिस विदेशी नागरिकसहित दुई सय ७९ जनाको ज्यान लिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटपछि श्रीलङ्कामा कुनै आक्रमण भएको छैन । तीन वटा विलासी होटल र तीन वटा चर्चविरुद्ध भएको समन्वित आक्रमण इस्लामिक स्टेट समूहप्रति वफादारी जनाउने एक स्थानीय जिहादी समूहको काम भएको आरोप लगाइएको थियो ।
त्यसपछि पर्यटक सङ्ख्यामा तीव्र गिरावट आएको थियो र सन् २०२२ को आर्थिक मन्दीले व्यापक नागरिक अशान्ति निम्त्याएपछि अझै प्रभावित भएको थियो । तर गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेजले अर्थतन्त्र स्थिर पार्न मद्दत गरेपछि विदेशी पर्यटकहरुको सङ्ख्या बढेको छ । रासस\एएफपी
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि भेटवार्ता गरेका छन् । त्यस असरमा उहाँहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो । उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताएका थिए । अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल थिए ।
काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको दावि गरेका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको बताएका थिए ।
त्यसलगत्तै अमेरिकी रक्षामन्त्रीको बयान सार्वजनिक भएको हो । इटालीको रोम भ्रमणमा रहेका उनले पत्रकारहरुसँग कुरा गर्दै कोरियाली सैनिकले ठ्याक्कै के गरिरहेका छन्, त्यो हेर्न बाँकी रहेको बताए । उनले भनेका छन्, “यदि ती सैनिकहरूले रुसको पक्षमा युक्रेन युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा’ हुनेछ”, यसले युरोप र इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने उनको दावि छ ।
दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताएका थिए ।
अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिकरुपमा पुष्टि गरेका थिएनन् तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् ।
दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक चो ताए–योङले बुधबार सांसदहरुलाई अर्को एक हजार पाँच सय उत्तर कोरियाली सैनिक रुस प्रवेश गरेको जानकारी दिएका छन् ।
काठमाडौं । डोनल्ड ट्रम्पको चुनावी अभियानले ब्रिटेनको सत्तारूढ लेबर पार्टीमाथि अमेरिकी निर्वाचनमा ‘विदेशी हस्तक्षेप’ गरेको आरोप लगाउँदै उजुरी दायर गरेको छ। रिपब्लिकन अभियानको विज्ञप्तिमा ब्रिटेनको ‘द टेलिग्राफ’ पत्रिकामा प्रकाशित एउटा समाचारलाई उद्धृत गरिएको छ। उक्त समाचारले मध्यवामपन्थी लेबर पार्टीसँग आबद्ध व्यक्तिहरू डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसको पक्षमा अभियान चलाउन अमेरिका गएको दाबी गरेको थियो।
ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको निर्वाचन अभियानले लगाएको आरोपको विषयमा प्रतिक्रिया व्यक्त गरेका छन्। ‘लेबर पार्टीका स्वयंसेवकहरू छन्, उनीहरू प्रत्येक निर्वाचनमा गएका छन्, उनले भने। यसअघि लेबर अधिकारीहरूले अमेरिका गएका व्यक्तिहरू व्यक्तिगत हैसियतमा भएको र उनीहरूलाई दलको कोषबाट कुनै आर्थिक सहयोग नगरिएको दाबी गरेका थिए। पार्टीले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको थिएन।
उक्त उजुरीमा लेबर पार्टीका एक अधिकारीको सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट पनि प्रमाणका रूपमा समावेश गरिएको छ। यद्यपि उक्त पोस्ट पछि मेटिएको थियो। त्यसमा लेबर पार्टीका सयौँ कार्यकर्ताहरूले ‘स्विङ स्टेट’ भनिने राज्यहरूमा डेमोक्र्याटिक पार्टीको पक्षमा प्रचार गर्ने योजना बनाइएको उल्लिखित थियो। ‘उनीहरू आफ्नो खाली समयमा त्यसो गर्दै छन्। उनीहरू स्वयंसेवक बनेर त्यसो गर्दै छन्। उनीहरू अरू स्वयंसेवकहरूसँग मिलेर बसेका छन् भन्ने मलाई लाग्छ,’ आफ्ना पार्टी कार्यकर्ता अमेरिका गएको विषयमा उनले भने।
कमनवेल्थ राष्ट्रका सरकार प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन समोआ जाँदै गर्दा स्टार्मरले विमानमा संवाददाताहरूसँग कुरा गरेका हुन्। डोनल्ड ट्रम्पको अभियानले सङ्घीय निर्वाचन आयोगमा हालेको उजुरीमा यूकेको लेबर पार्टीले ह्यारिस-वाल्ज अभियानलाई सहयोग पुर्याउने गरी चर्को वैदेशिक हस्तक्षेप गरेको आरोप लगाइएको छ। उक्त उजुरीमा लेबर पार्टी र ह्यारिसको अभियानबीच सम्पर्क भएको विषयमा सञ्चारमाध्यममा प्रकाशित विवरण र स्वयंसेवाका प्रयासहरूको चर्चा गर्दै त्यस्तो सहयोग गैरकानुनी हुने तर्क गरिएको छ। बीबीसीको सहयोगमा
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ । मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि नितिश रेडीले सर्वाधिक २९ रन बनाए भने ओपनर राहुल जरिवालाले २६ रन योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले समान एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा आधा इनिङ मात्र ब्याटिङ गर्न सक्यो भने सय रन पनि पुर्याउन सकेन । २५.३ ओभरमा नेपाल ८१ रनमै अलआउट भएको थियो । नेपालका कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अर्जुन साउद ५, अनिलकुमार साह ०, कुशल भुर्तेल २, रोहितकुमार पौडेल ८, दीपेन्द्रसिंह ऐरी ५, आरिफ शेख २ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भए । करण केसी ७ रनमा अविजित रहे । अमेरिका ए का लागि आरिन नादकर्णीले चार तथा आयान देसाइले २ विकेट लिए ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग टु सिरिज यही अक्टोबर २५ देखि अमेरिकाको डालासमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेल अक्टोबर २७ अर्थात आउने आइतबार अमेरिकासँग खेल्नेछ । लिग टु मा नेपालले खेल्न लागेको यो तेस्रो सिरिज हो ।
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे ।
मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले अमेरिकी उद्यमी(व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
काठमाडौं । अर्बपति व्यापारी इलोन मस्कले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक हुन सक्ने ठानिएका राज्यका मतदातामध्ये एक जनालाई दैनिक १० लाख अमेरिकी डलर वितरण गर्ने घोषणा गरेका छन्। उनको यो निर्णय विधानसम्मत छ कि छैन भनेर प्रश्न उठेको छ।
अमेरिकामा नोभेम्बर ५ मा निर्वाचन हुन लागेको छ। मस्कले राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन जुटाउन ‘अमेरिका पीएसी’ अभियान थालेका छन्। त्यसमा सहभागी हुन सहमत हुने पेन्सिल्भेनिया राज्यका मतदाताहरूलाई हस्ताक्षर गरेकै आधारमा मस्कले नगद पुरस्कार दिने घोषणा गरेका हुन्।
सो अभियानमा सहभागी हुन हस्ताक्षर गर्ने स्विङ स्टेट मानिएका सात राज्यका मतदातामध्येबाट प्रत्येक दिन एक जनाले १० लाख अमेरिकी डलर हात पार्ने छन्। त्यो क्रम मतदान हुने दिनसम्म चल्ने छ। केही कानुनविद्हरूले कुनै अभियानमा समर्थन जनाएबापत मतदाताहरूलाई नगद दिने कार्यबाट अमेरिकी कानुनको उल्लङ्घन हुने छन्।
यस विषयमा बीबीसीले मस्कको टोली र अमेरिका पीएसीसँग प्रतिक्रिया मागेको छ। अमेरिका पीएसीले “अभिव्यक्ति स्वतन्त्रता र हातहतियार बोक्न पाउने अधिकार”सम्बन्धी एक प्रस्ताव तयार गरेको छ। त्यो प्रस्तावमा अहिलेसम्म अनिर्णीत देखिएका र राष्ट्रपतीय निर्वाचनमा निर्णायक ठानिएका जोर्जा, नभाडा, एरिजोना, मिशिगन, नोर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका मतदाताहरूलाई हस्ताक्षर गर्न आह्वान गरिएको छ।
अर्का एक मतदातालाई हस्ताक्षर गर्न सिफारिस गर्ने मतदातालाई ती मतदाताले हस्ताक्षर गरेको अवस्थामा ४७ अमेरिकी डलर (६,००० नेपाली रुपैयाँभन्दा बढी) पुरस्कार दिने भनिएको छ। पेन्सिल्भेनिया राज्यमा सो प्रस्तावमा हस्ताक्षर वा सिफारिस गर्ने मतदाताले भने सबैभन्दा धेरै १०० डलर पाउँछन्। अहिले कमला ह्यारिस र ट्रम्प दुवै उम्मेदवारले उक्त राज्यमा आफ्नो ध्यान केन्द्रित गरेका छन्।
सो प्रस्तावमा हस्ताक्षर गर्नेहरूले आफू देशको संविधानको पहिलो र दोस्रो संशोधनको पक्षमा रहेको सङ्केत गरेको अमेरिका पीएसीले दाबी गरेको छ। मस्कले घोषणा गरेको १० लाख डलर पुरस्कार पहिलो पटक अक्टोबर १९ मा पेन्सिल्भेनियाकी एक महिलाले पाएकी थिइन्। त्यसरी वितरण गरिने पुरस्कारको कुल रकम १३ करोड रुपैयाँभन्दा बढी हुन्छ। जोर्ज वाशिङ्टन यूनिभर्सिटीमा कानुनका प्राध्यापक पोल शिफ बर्मन भन्छन्, “मलाई लाग्छ मस्कको यो प्रस्ताव पक्कै गैरकानुनी हो।”
अमेरिकी निर्वाचन कानुनमा मतदाताको रूपमा दर्ता हुन वा कसैको पक्षमा मतदान गर्न पैसा दिने र लिनेलाई १०,००० अमेरिकी डलरसम्म जरिबाना वा पाँच वर्ष कैद हुन सक्ने प्रावधान रहेको उनले औँल्याए। “उनले मतदाताको रूपमा दर्ता भएका मानिसहरूलाई मात्रै नगद दिने भनेका छन्। त्यस कारण उनको प्रस्तावले यो व्यवस्था उल्लङ्घन गर्छ भन्ने मलाई लाग्छ,” बर्मनले बीबीसीसँग भने।
काठमाडौं । उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् । डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम छ । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । नेपालले कुनै पनि देशविरुद्ध शतप्रतिशत जित निकाल्दै सिरिज जितेको यो पहिलो पटक हो । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले हराउन सक्यो । पहिलो खेल १७ रनले जितेको थियो । नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो ।
तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक–एक विकेट लिए ।
यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक–एक विकेट लिए । यसअघि लिग-२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।