अमेरिकाका १५ राज्यमा पुष्टी भयो ओमिक्रोन भेरियन्ट

AP

न्यूयोर्क । विश्वभर चिन्ताको विषय बन्दै गएको कोभिड १९ को ओमिक्रोन भेरियन्ट अमेरिकाका १५ राज्यमा पुष्टी भएको छ । रोयटर्सका अनुसार १५ राज्यमा अहिलेसम्म यसको पुष्टी भएको हो । यद्दपी ओमिक्रोनको तुलनामा अमेरिकामा डेल्टा भेरियन्टको फैलावट नै तीव्र रहेको छ । मानिसहरुको मृत्युमा समेत डेल्टा भेरियन्ट बढी खतरनाक पाइएको छ । सेन्टर अफ डिजिज कन्ट्रोल… Continue reading अमेरिकाका १५ राज्यमा पुष्टी भयो ओमिक्रोन भेरियन्ट

ओमिक्रोनबाट बच्न अमेरिकाले यात्रामा लगायो कडा नियम

AP Photo

वासिंटन डिसी । ओमिक्रोन नामक कोरोना भाइरसको नयाँ मेरियन्टबाट बच्न अमेरिकाले यात्रामा कडा नियमहरू लगाएको छ । बीबीसीका अनुसार राष्ट्रपति जो बाइडनले यस्तो नियम सार्वजनिक गरेका छन् । यद्दपी उनले लकडाउन भने नगरिने बताएका छन् । खोपसम्बन्धी यसअघिको निर्णयमा समेत परिवर्तन नहुने भएको छ । न्यू योर्क राज्यमा पाँच जना र मिनेसोटा र कोलोराडोमा अहिलेसम्म… Continue reading ओमिक्रोनबाट बच्न अमेरिकाले यात्रामा लगायो कडा नियम

एक महिनामा अमेरिकाबाट भित्रिए ३ हजार ७८२ जना पर्यटक

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा अमेरिकाबाट ३ हजार ७८२ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोरोना महामारीको प्रभाव कम भएको र नेपालमा यात्रा प्रतिबन्ध खुकुलो बन्दै जाँदा नोभेम्बरमा सन् २०२१ यताकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ३ हजार ७८२ जना नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोडर्ढले जनाएको छ… Continue reading एक महिनामा अमेरिकाबाट भित्रिए ३ हजार ७८२ जना पर्यटक

नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी

Photo source : Skynews

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टी भएसँगै दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको बीबीसीले लखेको छ । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्। यद्यपि त्यसकै कारण कति बढेको छ भन्ने पुष्टी भइसकेको छैन । विगत २४ घन्टामा… Continue reading नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी

न्यूयोर्कमा बढ्यो कोरोना संक्रमण, डिजास्टर इमर्जेन्सी घोषणा

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको संक्रमण बढेसँगै स्थानीय सरकारले डिजास्टर इमर्जेन्सी घोषणा गरेको छ । स्थिति नियन्त्रणमा लिन न्यूयोर्कमा डिजास्टर इमर्जेन्सी घोषण गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । समाचार अनुसार अस्पतालमा भर्ती हुने बिरामीको संख्या बढेको छ । न्यूयोर्कमा पछिल्लो २४ घण्टामा करीव ६ हजार नयाँ संक्रमण पुष्टी भएको छ । यो राज्यमा अहिलेसम्म… Continue reading न्यूयोर्कमा बढ्यो कोरोना संक्रमण, डिजास्टर इमर्जेन्सी घोषणा

अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, पछिल्लो साता १८ प्रतिशत वृद्धि

वासिङटन : संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरस संक्रमण बढेको छ । स्वास्थ्य अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् । यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले जनाएअनुसार प्रत्येक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन् । पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट अमेरिकामा ९२… Continue reading अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, पछिल्लो साता १८ प्रतिशत वृद्धि

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ। वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ । एएफपी, वासिङ्टन । अमेरिकाको… Continue reading अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

वृहत शान्ती सम्झौताको वर्षगाठमा अमेरिकाले भन्यो : नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाउने दिन

काठमाडौं । नेपालमा वृहत शान्ती सम्झौता भएको १५ वर्ष पुगेको छ । यस दिनको सम्झनामा आइतबार अमेरिकी दूतावासले ट्वीट गर्दै वृहत् शान्ति सम्झौता सवैधानिक भएको र यस सम्झौताले नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाएको उल्लेख गरेको छ । नेपालका शासक तथा राजनीतिक नेताले दशक लामो हिंसा अन्त्य गर्दै र नेपाललाई लोकतन्त्रको मार्गमा अग्रसर गराउँदै वृहत शान्ति… Continue reading वृहत शान्ती सम्झौताको वर्षगाठमा अमेरिकाले भन्यो : नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाउने दिन

अमेरिकी सहायक विदेशमन्त्री स्वदेश फिर्ता, नेपाललाई के दिए सन्देश ?

काठमाडौं । नेपालको तीन दिने भ्रमण पुरा गरि दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नेपालमा रहँदा उनेल राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरणको प्रयास गरेको बताइएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का,… Continue reading अमेरिकी सहायक विदेशमन्त्री स्वदेश फिर्ता, नेपाललाई के दिए सन्देश ?

कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बन्न सफल

GETTY IMAGES

वासिंटन डिसी । अमेरिकामा राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छिन् । राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेकी हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका… Continue reading कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बन्न सफल

एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता

काठमाडौं । नेपालमा एमसीसी परियोजनाबारे सबैभन्दा खुलेर विरोध गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले विशेष वार्ता गरेका छन् । उनले नेपाललाई यो सम्झौता चाहिने वा होइन भन्नेबारे विशेष चासो राखेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार शुक्रबार… Continue reading एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता

के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

GETTY IMAGES

काठमाडौं । पश्चिमा संचारमाध्यमहरुका अनुसार चीनमा आयोजना हुने शीतकालिन ओलम्पिकलाई अमेरिकाले बहिष्कार गर्ने योजना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले सोचविचार गरिरहेको बताएको बीबीसीले लेखेको छ । मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि उनले संवाददातासँग यस्तो बताएका हुन्. । यसो भएमा अमेरिकी खेल अधिकारीहरु चीन… Continue reading के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको आधिकारीक ट्वीट मार्फत भेटवार्ताबारे जानकारी गराइएको छ । भेटमा नेपाल अमेरिकाबीचको लामो मैत्री सम्बन्ध, सहयोग र द्वीपक्षीय सम्बन्धका विभिन्न… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

काठमाडौं । दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं अवतरण गरेका छन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग भेटघाटमा व्यस्त रहने भएका छन् । उनले आजै प्रधानमन्त्री शेर बहादुर दृउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।… Continue reading अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

REUTERS

ब्रिटिश कोलम्बिया । क्यानडामा भिषण तुफानले जनधनको क्षति गरेको छ । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न भएको बीबीसीले जनाएको छ । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा अहिले सङ्कटकाल घोषणा गरिएको छ। विपद्‌बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त क्षेत्रमा आइतवार राति ठूलो… Continue reading क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

काठमाडौं । चीन विश्वकै सबैभन्दा धनी देश बनेको छ । अमेरिकालाई पछि पार्दै चीन संसारकै धनी देश बनेको हो । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीनले कुल सम्पत्तिमा अमेरिकालाई पछि पारेको हो । सन् २०२० सम्म चीनको कुल सम्पत्ति १२० ट्रिलियन पुगेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति १७ गुणाले बढेको… Continue reading विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । उनी तीनदिने नेपाल भ्रमणका सिलसिलामा बुधबार साँझ नेपाल आउन लागेका हुन् । उनी २९ कात्तिकदेखि माल्दिभ्सको भ्रमणमा छन् । सो मुलुकबाट उनी सिधै नेपाल आउन लागेका हुन् । नेपालमा एमसीसी अनुदान विवादित बनिरहेको समयमा पछिल्लो समय अमेरिकाबाट उच्चस्तरीय… Continue reading अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

काठमाडौं । चीनले अमेरिकालाई ताइवानको पक्षपोषण नगर्न कडा चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी समकक्षी जो बाइडेनलाई यस्तो चेतावनी दिएका हुन् । बीबीसीका अनुसार ताइवानको पक्षपोषण गर्नु अमेरिकाका लागि प्रत्युपादक हुन सक्ने चेतावनी उनको छ । दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडेनलाई ताइवानले खोजे… Continue reading अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

कोरोनाले अमेरिकामा एक लाख ४० हजार बालबालिका अभिभावक विहिन

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ । सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक… Continue reading कोरोनाले अमेरिकामा एक लाख ४० हजार बालबालिका अभिभावक विहिन

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

REUTERS

काठमाडौं एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीचको बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ । वार्तामा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुक अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशमा लैजान चाहेको बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । दुई नेताबीच भएको यो वार्ताले दुबै मुलुकबीचको संवादहिनता तोड्न महत्वपूर्ण भूमिका खेलेको समेत समाचारमा जनाइएको छ । बाइडेनले… Continue reading अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

काठमाडौं । रुसले भू-उपग्रहलाई नै नष्ट गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरेसँगै अमेरिका झस्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको हो । उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त बनाइएको बीबीसीले… Continue reading रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच आज भर्चुअल वार्ता, के छन् एजेण्डा ?

File Photo : Frederic J. Brown/AFP via Getty Images

वासिंटन डिसी । अमेरिका र चीनबीच लामो समयदेखिको गतिरोध अन्त्य गर्दै आज उच्चस्तरीय वार्ता हुँदैछ । दुबै मुलुकका राष्ट्रपतिबीच भर्चुअल माध्यमबाट वार्ता हुन लागेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिंग वार्तामा सहभागी हुने छन् । यस वार्तालाई लिएर संसारभर चासो रहेको छ । अफगानिस्तानको मुद्दापछि दुबै मुलुकबीच औपचारिक संवाद भएको… Continue reading अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच आज भर्चुअल वार्ता, के छन् एजेण्डा ?

इक्वेडरमा जेल भित्रै झडप, कम्तिमा ६८ जना मारिए

Photograph: Fernando Mendez/AFP/Getty Images

काठमाडौं । इक्वेडरमा एक जेल भित्र कैदीहरुबीच हिंसात्मक झडपमा परी कम्तीमा ६८ जनाको ज्यान गएको छ । अन्तरांष्ट्रिय संचारमाध्यमले ६८ जनाको मृत्यु भएको र थप २५ जना घाइते भएको पुष्टी गरेका छन् । त्यहाँको गाकुइल नामक सहरस्थित जेलमा झडप भएपछिको खोज तलासीमा विष्फोटक पदार्थ तथा बन्दुक समेत फेला परेको छ । झडपपछि प्रशासनले सेना परिचालन… Continue reading इक्वेडरमा जेल भित्रै झडप, कम्तिमा ६८ जना मारिए

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने निश्चित भएको छ । १ मंसिरमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टी गरेको छ । नेपालमा उनले प्रधानमन्त्रीसहित उच्चस्तरीय अधिकारीसँग भेट्ने भएका छन् । कात्तिक २९ मा माल्दिभ्स भ्रमणमा आउने उनी त्यहाँबाट नेपाल आउने गरि कार्यक्रम तय भएको… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने

न्युयोर्कमा भव्यरुपमा मनाइयो नेपाल संवत ११४२ र म्ह:पूजा

बिके नेवा, न्युयोर्क नेवा गुठीले अमेरिकाको न्युयोर्क सहरमा नेपाल संवत ११४२ र म्ह पूजा भव्यरुपमा मनाएको छ ।न्युयोर्कको ज्याक्सन हाइटमा एक समारोह गरी रातो टीकाले साइत गर्दै उसिनेको अण्डा र माछाको सगुन दिई पाहुनाहरुको स्वागत गरिएको थियो । त्यस अवसरमा भिन्तुनाको शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा गुठीका उपाध्यक्ष राजेन्द्र महर्जनले स्वागत गरेका थिए ।… Continue reading न्युयोर्कमा भव्यरुपमा मनाइयो नेपाल संवत ११४२ र म्ह:पूजा

एक अमेरिकी पत्रकारलाई म्यानमारले सुनायो ११ वर्ष जेल सजाय

REUTERS

याङ्गुन । म्यान्मारमा एउटा अमेरिकी पत्रकारलाई त्यहाँको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई अदालतले ११ वर्ष जेल सजाय दिने निर्णय सुनाएको हो । बीबीसीका अनुसार फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त अदालतको छ । केही दिनअघि उनीविरुद्ध सैन्य… Continue reading एक अमेरिकी पत्रकारलाई म्यानमारले सुनायो ११ वर्ष जेल सजाय

पूर्ण खोप लगाएका यात्रुलाई अमेरिकामा आवागमन प्रतिवन्ध फुकुवा

GETTY IMAGES

वासिंटन डिसी । अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गरेको छ । बीबीसीका अनुसार सोमवारबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्ने घोषणा अमेरिकाले गरेको हो । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए। ब्रिटेन र युरोपेली सङ्घका देशहरू सहित ३० भन्दा बढी देशहरू… Continue reading पूर्ण खोप लगाएका यात्रुलाई अमेरिकामा आवागमन प्रतिवन्ध फुकुवा

इराकका प्रधानमन्त्रीको हत्या प्रयास, अमेरिकाले गर्यो निन्दा

GETTY IMAGES\BBC

बगदाद । इराकका प्रधानमन्त्री मुस्तफा अल खादिमीको हत्या प्रयास भएको छ । इराकको राजधानी बगदादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको उनको भनाई छ । बीबीसीका अनुसार उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ। अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो। सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री… Continue reading इराकका प्रधानमन्त्रीको हत्या प्रयास, अमेरिकाले गर्यो निन्दा

सन् २०२१ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी अमेरिकी नागरिक

काठमाडौं । सन् २०२१ मा नेपाल आएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पाइएको छ । यस वर्ष जनवरी अक्टोवरसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकी नागरिक रहेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । बोर्डका अनुसार जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख… Continue reading सन् २०२१ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी अमेरिकी नागरिक

अमेरिकाको टेक्ससमा सांगितिक महोत्सवमा भागदौड, कम्तिमा ८ मारिए

GETTY IMAGES\BBC

टेक्सस । अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा भएको भागदौडमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न। अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु… Continue reading अमेरिकाको टेक्ससमा सांगितिक महोत्सवमा भागदौड, कम्तिमा ८ मारिए