काठमाडौं । नेपाल उच्च व्यापार घाटा भएको मुलुक हो । नेपालले औसतः १ सय रुपैयाँको व्यापार गर्दा ९२ रुपैयाँ बराबरको आयात गर्छ भने ८ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ । यसले व्यापार घाटा चुलिएको छ । तर, अमेरिकासँगको व्यापार भने सन्तुलित रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७… Continue reading वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
Category: अमेरिका
नासाको यान मंगल ग्रहमा सफल अवतरण
काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)को अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । बिबिसीका अनुसार यो यानलाई सात महिनाअघि जमिनबाट पठाइएको थियो । आधा अर्ब किलोमिटर पार गर्दै यान शुक्रबार बिहान मंगल ग्रहमा सफल अवतरण गरेको छ । मंगल ग्रहमा अवतरण गरेसँगै यानबाट एक तस्वीर प्राप्त भएको छ । यो यानलाई ‘पिर्जाभियरेन्स मार्स… Continue reading नासाको यान मंगल ग्रहमा सफल अवतरण
अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु
टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै… Continue reading अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु
अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ । अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो । उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार… Continue reading अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न
कल्पना घिमिरे/भर्जिनिया अमेरिका नेपाल सहयोगी समाजद्धारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकेडेमी)ले आइतबार आफ्नो पाँचौ बार्षिकोत्सब सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मनाससस्थित सञ्चालित एकेडेमीले अमेरिकामा बसोबास गरिरहेका नेपाली बालबालिकालाई मौलिक नेपाली संस्कृति, परम्परा र नेपाली भाषा सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको हो । बिगत वर्षहरुमा कक्षाकोठामै शिक्षण गर्दै आएको एएनएचएस… Continue reading अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न
ट्रम्पको ट्वीटर खाता अब नखुल्ने
वासिंटन डिसी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता अब सधैँका लागि बन्द भएको छ । ट्वीटरले फेरि नखोल्ने गरि उनको खाता प्रतिबन्ध गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरका प्रमुख वित्तीय अधिकारीका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन पाउने छैनन् । अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै… Continue reading ट्रम्पको ट्वीटर खाता अब नखुल्ने
ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
वासिंटन डिसी । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा पुगेर असफल बनेको छ । अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोप उनीमाथि छ । सोहीकारण आगामी निर्वाचनमा उनको उमेदवारी रोक्न ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भएको भोटिङबाट उनको महाअभियोग प्रस्तावको… Continue reading ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु
टेक्सास । अमेरिकाको टेक्सासमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार टेक्सासको अन्तरराज्य सडकमा बिहीबार बिहान करीव एक सय गाडी एक आपसमा ठोक्किएका छन् । घटना बिहानको समयमा भएको हो । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु पुष्टी भइसकेको र कैयौं मानिस घाइते भएको बताइएको छ । न्युयोर्क… Continue reading अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु
म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी… Continue reading म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वार्ता म्यानमारमा उत्पन्न परिस्थितिमा मुख्य केन्द्रित थियो । तर, प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई राष्टपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । बाइडेनले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच… Continue reading बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
अमेरिकामा खोप अभियान सेनामार्फत
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको खोप अभियान सेनामार्फत परिचालन गर्ने भएको छ । अमेरिकामा हालै कोभिड १९ विरुद्धको खोप अभियान शुरु भएको छ । यसका लागि सहयोग गर्न सेना परिचालन गर्ने निर्णय भएको हो । अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या घटेको छैन । यसले यहाँ थप चिन्ता समेत बढाएको छ… Continue reading अमेरिकामा खोप अभियान सेनामार्फत
अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने
अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो बर्षको बजेट विधेयक पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको झन्डै २० खर्ब (दुई ट्रिलियन) डलरको कोरोना भाइरस राहत प्याकेजलाई पनि बजेटमा समेट्ने व्यवस्था उक्त विधेयकले गरेको हो। अब रिपब्लिकन सिनेटरहरुको समर्थनबिना पनि उक्त राहत प्याकेज पारित हुन सक्छ । बाइडेनले कोरोना भाइरससँग जुध्न १.९ ट्रिलियन राहत… Continue reading अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने
यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा सेनालाई दिएको समर्थन फिर्ता गर्ने घोषणा गरेका छन् । यमनले हुथी विद्रोहीविरुद्ध आक्रामक कारबाही गर्दा त्यसमा अमेरिकी सेनाले समेत साथ दिने गरेको थियो । छ वर्षभन्दा लामो समयदेखि यहाँ युद्ध जारी छ । बीबीसीका अनुसार युद्धकै कारण यमनमा १ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।… Continue reading यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता
संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य ‘कू’ विफल पार्न आह्वान
न्युयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमबार म्यान्मारमा भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन्। उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताए। “यो ‘कू’ विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै… Continue reading संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य ‘कू’ विफल पार्न आह्वान
अमेरिकामा संघीय जाँच ब्यूरोका दुई कर्मचारीको गोली हानी हत्या
फ्लोरिडा । संयुक्त राज्य अमेरिकामा संघीय जाँच ब्युरो (एफबिआई)का दुई कर्मचारीको गोली हानी हत्या भएको छ । कुनै केशको अनुसन्धानका सिलसिलामा घरमा गएका बेला उनीहरुमाथि गोली प्रहार भएको बताइएके छ । यो घटना फ्लोरिडा राज्यमा भएको हो । घटनामा तीन जना घाइते भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सन् २००८… Continue reading अमेरिकामा संघीय जाँच ब्यूरोका दुई कर्मचारीको गोली हानी हत्या
जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४
काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्न थालेको छ । संसारभर कोरोना भाइरसको महामारी विरुद्ध खोप अभियान चलिरहेका बेला जनवरीमा पर्यटक आगमन सम्बन्धी सकारात्मक तथ्यांक सार्वजनिक भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी २०२१ मा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिए । यो संख्या गत वर्ष लकडाउन शुरु भएयताकै सबैभन्दा… Continue reading जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४
अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित
न्यूर्योक । अमेरिकाको पूर्वी भेगमा आएको हिमआँधिले जनजीवन प्रभावित बनाएको छ । बीबीसीका अनुसार न्यूर्योक, न्यूजर्सीसहित पूर्वी भेगका अमेरिकी सहर भारी हिमपातबाट प्रभावित बनेका छन् । यी दुई शहरले आपतकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवा विभागका अनुसार हिउँ आँधी न्यू इङ्ग्ल्यान्डतर्फ मोडिने क्रममा रहेको छ । हिमपातले न्यूजर्सीमा बस तथा रेल सेवा… Continue reading अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित
म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत
काठमाडौं । म्यानमारमा आम निर्वाचनबाट हालै निर्वाचित सरकारलाई हत्याएर सेनाले सत्ता आफ्नो हातमा लिएको छ । यस घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडनको प्रतिक्रिया सार्वजनिक भएको छ । बाइडेनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । उनले म्यानमारमा हस्तक्षेपको संकेत समेत गरेका छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिई नेतृ… Continue reading म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत
न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग
न्युयोर्क अमेरिकाको न्युयोर्क राज्यस्थित नेपाली समुदाय लक्षित एकाउन्टिङ सेवा प्रदान गर्दै आएका पशुपती श्रेष्ठले हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ मा पर्न सफल काठमाडौं तारेभिर निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।न्युयोर्कमा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गर्दै आएका पशुपति श्रेष्ठले… Continue reading न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग
अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल शुरु गरेपछि पहिलो पटक पुटीसँग कुराकानी गरेका हुन् । उनी अहिले अघिल्लो प्रशासनले सम्बन्ध बिगारेका मुलुकसँग सम्बन्ध पुनस्र्थापना गर्ने अभियानमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यी दुई विश्व नेताबीचमा दुबै मुलुकबाट फरक फरक विषय सार्वजनिक… Continue reading अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ। त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो। यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था… Continue reading अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य
अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव
टेक्सास । मेक्सिको हुँदै अमेरिका छिर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रहरीका अनुसार मेक्सिकोको कार्मागो शहर नजिकै सडकमा दुई वटा गाडीमा मानव अवशेष भेटिएको हो । संचारमाध्यमले जनाए अनुसार शुरुमा मानिसहरुमाथि गोली हानेर त्यसपछि जलाइएको अवस्थामा शव भेटिएका हुन् । घटनास्थलमा गोलीका छर्रा नभेटिएका कारण मानिसहरुलाई अन्यत्रै हत्या गरी सो… Continue reading अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव
करियरमा ५० हजार अन्तर्वार्ता लिएका चर्चित प्रस्तोता ल्यारी किङ रहेनन्
लस एन्जलस । अमेरिकी टेलिभिजन इतिहासकै सर्वाधिक चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । उनले ८७ वर्षको उमेरमा धर्तिबाट बिदा लिएका हुन् । उनको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा शनिबार उपचारका क्रममा ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । उनी अमेरिकामा सर्वाधिक… Continue reading करियरमा ५० हजार अन्तर्वार्ता लिएका चर्चित प्रस्तोता ल्यारी किङ रहेनन्
बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीले बाइडेनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल… Continue reading बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई
यो लोकतन्त्रको दिन हो : राष्ट्रपति बाइडेन
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आजको दिन लोकतन्त्रको दिन भएको बताएको छन् । अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहणपछि पहिलो सम्बोधन गर्दै उनले भने, ‘यो अमेरिकाको दिन हो, यो लोकतन्त्रको दिन हो, यो इतिहास र आशा तथा अपेक्षाको दिन हो ।’ उनले केही दिन अगाडी भएको हिंसात्मक घटनाको समेत सम्झना गरे ।… Continue reading यो लोकतन्त्रको दिन हो : राष्ट्रपति बाइडेन
बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित
वासिंटन डिसी । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । उनले आज राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराए । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले समेत पदको सपथ ग्रहण गरेकी छिन् । उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्। यसका साथै उनको नाममा पहिलो… Continue reading बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित
बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ
वासिंटन डिसी । ट्रम्प समर्थकले हिंसात्मक आन्दोलन गर्न सक्ने आशंका सहित अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको सपथ ग्रहण कार्यक्रमका दौरान २५ हजार सुरक्षाकर्मी खटाइएको छ । शपथ ग्रहण कार्यक्रमको तयारीको काम भने पुरा भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । शपथ कार्यक्रमका दौरान हुन सक्ने सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै अमेरिकाका ५०… Continue reading बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ
आन्दोलन बल्ल शुरु भयो : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी बिदाई भएका छन् । नयाँ राष्ट्रपतिका रुपमा जो बाइडेन विजयी भएसँगै उनले दोस्रो कार्यकाल भने चलाउन पाएनन् । उनी जाँदा जाँदै आलोचनाको शिकार बनेका छन् । तर, उत्तेजित भाषण भने गर्न छाडेनन् । आफ्नो विदाई सम्बोधनमा समेत उनले यस्तै आक्रमक अभिव्यक्ति दिएका छन्… Continue reading आन्दोलन बल्ल शुरु भयो : ट्रम्प
ह्वाइट हाउसले यसरी गर्नेछ नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनलाई स्वागत
बीबीसी । बुधवार बाइडन प्रशासनले शासन सम्हाल्दै गर्दा ट्रम्प प्रशासनका तन्तुहरू विस्थापित हुनेछन्। कर्मचारीका डेस्कहरू खाली पारिनेछन्, कोठाहरू सफा गरिनेछन् अनि राजनीतिक नियुक्ति पाएका नयाँ समूहमा सदस्यहरूले राष्ट्रपतिको सहयोगीको भूमिका सम्हाल्नेछन्। नयाँ प्रशासनको आगमनले सरकारको केन्द्रमा यसरी व्यापक परिवर्तन ल्याउनेछ। गत साता एक साँझ ट्रम्प प्रशासनका एक केन्द्रीय अधिकारी एवं नीति सल्लाहकार स्टीभन मिलर वेस्ट… Continue reading ह्वाइट हाउसले यसरी गर्नेछ नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनलाई स्वागत
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि
काठमाडौं । संसारमा कोरोनाबाट अति प्रभावित मुलुक अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भएपछि अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख १ हजार ८०८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि… Continue reading अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि