अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा ज्यान गुमाउने मानिसको संख्या दुई लाख नजिक पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा४ सय ८० जनाको ज्यान गयो । यससँगै कोरोनाबाट कुल १ लाख ९९ हजार मानिसको जीवन समाप्त भएको छ । वर्ल्डोमिटर्सले मंगलबार बिहान गरेको अपडेट अनुसार अमेरिकामा मंगलबार ३८ हजार ७२ जनामा संक्रमण… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

अमेरिकामा डडेलोको कहर, ३५ को गयो ज्यान

काठमाडौं । अमेरिकामा पछिल्लो एक महिना सातायता विभिन्न राज्यमा फैलिएको डडेलोले मानवीय क्षति तिब्र बनाएको छ । अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीका अनुसार अमेरिकामा तीन वटा राज्यमा डडेलोको कहर चलेको छ । यसको फैलावट तिब्र रहेको र रोकथाममा असफल भएको भन्दै सरकारको आलोचन समेत शुरु भएको छ ।… Continue reading अमेरिकामा डडेलोको कहर, ३५ को गयो ज्यान

अमेरिकामा एक हजार चिनियाँ नागरिकको भिसा खारेज

काठमाडौं । अमेरिकी सरकारले १ हजार भन्दा बढी चिनियाँ नागरिकको भिसा खारेज गरिदिएको छ । ट्रम्प प्रशासनबाट चिनियाँ नागरिकको भिसा खारेज भएको विदेश मन्त्रालयले पुष्टी गरेको छ । बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच प्राप्त गरेके सूचनाका आधारमा चिनियाँ विद्यार्थी र अनुसन्धनकर्ताको भिसा रद्द गरिएको छ । अमेरिकामा चुनाव नजिकिएसँगै चुनावसँग सम्बन्धित… Continue reading अमेरिकामा एक हजार चिनियाँ नागरिकको भिसा खारेज

ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो

गुगल फाईल फोटो

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियतबश कोरोना भाइरस नियन्त्रणमा वेवास्ता गरेको तथ्य उजागर भएको छ । सुरु देखिनै सार्वजनिक रुपमा भाइरसले खासै असर नपार्ने बताउँदै आएका ट्रम्पले फेब्रुअरी पहिलो सातानै भाइरसको गाम्भिर्य बुझि सकेको तथ्य सार्वजनिक भएको हो । उनले फेब्रुअरी ७ मै वासिंटनमा पोष्टका भेटरान पत्रकार बब उडवर्डसँग यो भाइरस छुँदा मात्र नभइ हावाबाट… Continue reading ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो

बुधबार न्युजर्सीमा भुकम्प गयो

न्युजर्सी   बुधबार बिहान न्युयोर्कसँगै जोडिएको राज्य न्युजर्सीमा भुकम्प गएको छ । बुधबार बिहान २ बजे रातको समयमा न्युजर्सीमा भुकम्प गएको हो । नेशनल वेदर सर्भीसको अनुसार मध्य न्युजर्सी क्षेत्रमा करिव १३ सेकेण्ड कम्पन महसुस गरिएको थियो । ३ दशमलव १ म्याग्निच्यूडको भुकम्पको धक्काले कुनै क्षति भने पुर्याएको खबर छैन ।   निकै बिरलै भुकम्प… Continue reading बुधबार न्युजर्सीमा भुकम्प गयो

सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

काठमाडौं । अमेरिका कोरोना भाइरसका कारण सर्वाधिक मानवीय क्षति भएको मुलुक हो । साथै यहाँ आगामी दिन समेत सहज नभएको पूर्वानुमान सार्वजनिक गरिएको छ । अमेरिकामा कोरोनाबाट हुने मानवीय क्षति सन् २०२० को अन्त्यसम्म ४ लाख १० पुग्ने पूर्वानुमान गरिएको छ । यो अहिले भइसकेको मृत्युको दोब्बर संख्या हो । युनिभर्सिटी अफ वासिङ्टन मातहतको स्वास्थ्य… Continue reading सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

गुगल फाईल फोटो

काठमाडौं । युद्धमा मारिएका आफ्नै सेनालाई हरुवा र बुद्धुको संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एक पटक आलोचित बन्न पुगेका छन् । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिएको छ । यो समय आएको उनको अभिव्यक्तिले राष्ट्रपति नराम्रोसँग फस्न पुगेका हुन् । ट्रम्पले सन् २००१८ मा दिएको अभिव्यक्ति ‘द एटलान्टिस’, एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजमा… Continue reading युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण

न्यूयोर्क विश्वका अधिकांश विकसित मुलुकले कोरोना भाइरसलाई नियन्त्रण उन्मुख बनाए पनि अमेरिकामा संक्रमण निरन्तर उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु देखिनै ‘सामान्य’को संज्ञा दिएको भाइरसले अहिलेसम्म एक लाख ८७ हजार बढिको ज्यान लिइ सकेको छ । विश्व जनसंख्याको पाँच प्रतिशत हाराहारी हिस्सा ओगट्ने अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने २०… Continue reading अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने

वासिङ्टन । कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कुल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ । बजेट घाटाको… Continue reading अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने

अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च

प्रभात भट्टराई/न्यूयोर्क अमेरिकी राष्ट्रपति निर्वाचन आउन ठिक दुई महिना बाँकी रहँदा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनको लोकप्रियता उकालो लागेको छ । अगष्ट अन्तिम साता सम्पन्न रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ‘कानूनी शासन’को चर्को वकालत गरेपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताको भरोसा जित्न सकेका छैनन् । दुबै दलको सम्मेलन पश्चात सार्वजनिक भएका अधिकांश मत सर्भेक्षणमा बाइडेनले ट्रम्पसँग प्रष्ट अग्रता लिएका… Continue reading अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च

अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम

न्यूयोर्क / डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनको क्याम्पेनले अगष्ट महिनामा ३६४.५ मिलियन डलर (३६ करोड ४५ लाख अमेरिकी डलर) चन्दा संकलन गर्न सफल भएको छ । अमेरिकामा कुनै पनि राष्ट्रपतिय उम्मेद्वारको क्याम्पेनले एकै महिनामा यति धेरै रकम उठाएको यो पहिलो पटक हो । अगष्ट पहिलो साता सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेद्वार चयन गरेपछि बाइडेन क्याम्पेनको… Continue reading अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम

लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित

लइजियाना । अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफानले जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ । लोरा नाम दिइएको उक्त आँधीले अहिलेसम्म ६ जनाको ज्यान गइसकेको बीबीसीले लेखेको छ । तीव्र गतिमा आएको हावा र पानीका कारण रुख ढलेका छन् । कमजोर संरचना उडाएको छ । यसले ६ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । लोरा तुफानका… Continue reading लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित

क्यालिफोर्निया डडेलोमा ६ को मृत्यु, हजारौं मानिस विस्थापित

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाका पहाडी भेगमा डडेलोले उग्र रुप लिएको छ । यहाँ थुपै स्थानमा डडेलो फैलिएको र यसले धनजनको क्षति गरिरहेको बीबीसीले लेखेको छ । अहिलेसम्म डढेलोमा परी ६ जनाको मृत्यु भइसकेको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा डडेलो फैलिएको हो । आगलागीपछि चलेको तातो हावाले यस भेगको… Continue reading क्यालिफोर्निया डडेलोमा ६ को मृत्यु, हजारौं मानिस विस्थापित

सीमा पर्खालका लागि उठाएको रकम दुरुपयोग गरेपछि ट्रम्पका पूर्व रणनीतिकार पक्राउ

न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निकट सहयोगी स्टिभ ब्यानन पक्राउ परेका छन् । ट्रम्पको २०१६ को मूख्य चुनावी एजेन्डा रहेको मेक्सिकोको सिमानामा पर्खाल लगाउने भन्दै उठाएको पैसा दुरुपयोग गरेको पाएपछि विहीबार बिहान ब्यानन सहित चार जना पक्राउ परेका हुन् । ब्यानन २०१६ को चुनावमा ट्रम्पको क्याम्पेन म्यानेजर थिए । ट्रम्प निर्वाचित भएपछि उनले ह्वाइट हाउसमा… Continue reading सीमा पर्खालका लागि उठाएको रकम दुरुपयोग गरेपछि ट्रम्पका पूर्व रणनीतिकार पक्राउ

अमेरिकामा संक्रमितको संख्या ५६ लाख नाघ्यो

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ५६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा यस मुलुकमा एकै दिन ४० हजार २१६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । यसले अब अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भइसकेको तथ्यांक… Continue reading अमेरिकामा संक्रमितको संख्या ५६ लाख नाघ्यो

सुरु हुँदै डेमोक्र्याटको राष्ट्रिय सम्मेलन, बाइडेन र ह्यारिसलाई राष्ट्रपतिको टिकट दिने

न्यूयोर्क डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन सोमबार साँझ सुरु हुँदैछ । चार दिन चल्ने सम्मेलनले पूर्व उपराष्ट्रपति जो बाइडेन र सिनेटर कमला ह्यारिसलाई राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वारको रुपमा औपचारिक मनोनयन गर्नेछ । विसकनसनको मिल्वौकीमा तय भएको सम्मेलन कोरोना भाइरसका कारण अनलाइन (भर्चुअल) सञ्चालन हुन गइ रहेको छ । देशभरैबाट हुने नेताहरुको भाषण एवं सांगितीक प्रस्तुती टिभी… Continue reading सुरु हुँदै डेमोक्र्याटको राष्ट्रिय सम्मेलन, बाइडेन र ह्यारिसलाई राष्ट्रपतिको टिकट दिने

सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी

न्युयोर्क अमेरिकामा सकृय सिन्धु-अमेरिका कल्याणकारी समाजले सिन्धुपाल्चोक जिल्लाको जुगल गापा- २ लिदीमा गएको पहिरोबाट पिडित समुदायलाई रु. ४ लाख आर्थिक सहयोग तयारी गरेको छ । उक्त पहिरोको प्रत्यक्ष मारमा परेका ३७ घरधुरीलाई अगष्ट १५ तारिखको संस्थाको निर्णय अनुसार रकम नेपाल पठाउने तयारी गरेको हो ।   सिन्धुपाल्चोकमा अविरल वर्षासँगै आएको पहिरोमा परि हालसम्म १७ जनाको… Continue reading सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी

अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्‍यु

न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्डका ट्रम्पका भाइ रोवर्ट ट्रम्पको ७२ बर्षको उमेरमा मृत्‍यु भएको छ । भाइ रोवर्ट ट्रम्पको न्युयोर्कको अस्पतालमा मृत्‍यु भएको राष्ट्रपति ट्रम्पले एक बिज्ञप्ति मार्फत पुष्टी गरेका छन् ।   ट्रम्पले बिज्ञप्तिमा भनेका छन्; “गह्रौ मुटुले बताउँदै छु कि मेरो प्रिय भाइको आज राती मृत्‍यु भएको छ । उ मेरो भाइ मात्र होई,… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्‍यु

अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प

न्युयोर्क पछिल्लो २४ घण्टामा अमेरिकामा मेई महिनापछि सबैभन्दा धेरै मानिसको एकै दिन मृत्‍यु भएको छ । बुधबार अमेरिकामा देशभर कोरोनाको कारण मृत्‍यु हुनेको संख्या १५ सय जना भएको जानकारी गराइयो । एकै दिन मृत्‍यु हुनेको यो संख्या मेई महिनाको मध्य पछिको सबैभन्दा धेरै हो । अमेरिकामा बिगत १७ दिनदेखि दैनिक औसत मृतकको संख्या  १ हजार… Continue reading अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प

ह्वाइट हाउस बाहिर गोली चलेपछि पत्रकार सम्मेलन नै रोकेर राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानतर्फ

एजेन्सी     सोमबार साँझ अमेरिकी राष्ट्रपति निवास  ह्वाउट हाउस बाहिर गोली चलेपछि ब्रिफिङ रुममा पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीले पत्रकार सम्मेलन अकस्मात रोकेर सुरक्षितस्थानमा लगेका छन् । कोरोनाभाईरस महामारीको बिषयमा केन्द्रित भएर पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई ह्वाईट हाउस बाहिरको पेन्सलभानिया एभिन्युमा गोली चलेपछि सिक्रेट सर्भिसका सुरक्षा अधिकारीहरुले ट्रम्पलाई भित्र लगेका… Continue reading ह्वाइट हाउस बाहिर गोली चलेपछि पत्रकार सम्मेलन नै रोकेर राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानतर्फ

ट्रम्पद्वारा बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारी, १२०० बारे भने मौन

President Donald Trump speaks about the coronavirus in the James Brady Press Briefing Room of the White House, Monday, April 20, 2020, in Washington. (AP Photo/Alex Brandon)

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारि गरेका छन् । केयर एक्ट अन्तर्गत बेरोजगारहरुले पाउँदै गरेको साताको ६०० डलरको म्याद जुलाई अन्तिममा सकिएपछि ट्रम्पले नयाँ कदम चालेका छन् । नयाँ चरणको राहत प्याकेजका लागि रिपब्लिकनहरुले डेमोक्र्याटहरुसँग सहमति गर्न प्रयास गरि रहेका थिए । तर, उनीहरुको कुरा नमिलिरहेका बेला… Continue reading ट्रम्पद्वारा बेरोजगारलाई साताको ४०० डलर भत्ता दिने कार्यकारी आदेश जारी, १२०० बारे भने मौन

चार दशक देखि अमेरिकी चुनावको भविश्यवाणी मिलाउँदै आएका प्राध्यापकको उद्घोष- यसपाली ट्रम्पको हार

न्यूयोर्क चार दशक देखि अमेरिकी राष्ट्रपतिय चुनावको भविश्यवाणी मिलाउँदै आएका एक प्राध्यापकले यसपाली राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित हुने प्रक्षेपण गरेका छन् । अमेरिकन युनिभर्सिटीका इतिहास प्राध्यापक एल्लान लिचम्यानले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले दोस्रो कार्यकाल शासन गर्न नपाउने उद्घोष गरेका हुन् । लिचम्यान चार बर्ष अघि ट्रम्प राष्ट्रपति निर्वाचित हुने भविश्यबाणी गर्ने सिमित बिश्लेषकहरुमध्ये थिए… Continue reading चार दशक देखि अमेरिकी चुनावको भविश्यवाणी मिलाउँदै आएका प्राध्यापकको उद्घोष- यसपाली ट्रम्पको हार

ओहायो गभर्नर डिवाईनको दोश्रो टेष्ट नेगेटिभ

एजेन्सी ओहायो राज्यका गभर्नर माईक डिवाईनको कोभिड १९ को दोश्रो परिक्षण नेगेटिभ आएको छ । गभर्नर माईक डिवाईन बिहिबार दिउँसो कोरोना संक्रमित भएको बिज्ञप्ति निकालिएको थियो । त्यति मात्र होईन गभर्नरको आफ्नै ट्विटर एकाउण्टबाट समेत पोजेटिभ देखिएको खबर सम्प्रेषण गरिएको थियो तर बिहिबार नै साँझ डिवाईनको जाँच नेगेटिभ आएको पुन: अर्को बिज्ञप्ति निकालिएको छ ।… Continue reading ओहायो गभर्नर डिवाईनको दोश्रो टेष्ट नेगेटिभ

ट्रम्पका खरो आलोचक डा. फाउचीलाई ज्यान मार्ने धम्की

वासिंटन डिसी । अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउची ट्रम्प प्रशासनका खरो आलोचक हुन् । अर्कोतर्फ उनी सत्य बोल्छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले असत्य र अप्रमाणित विषय बोल्दा फेसबुकले समेत स्टाटस हटाइसकेको अवस्थामा कोरोना भाइरसका सम्बन्धमा वास्तविकता बाहिर ल्याउने फाउचीले आफुमाथि ज्यान मार्ने धम्की आएको जानकारी गराएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार कोरोना नियन्त्रणमा ट्रम्प… Continue reading ट्रम्पका खरो आलोचक डा. फाउचीलाई ज्यान मार्ने धम्की

ओहायो राज्यका गभर्नर डिवाईन पनि कोरोना संक्रमित

एजेन्सी ओहायो राज्यका गभर्नर माईक डिवाईन पनि कोरोना संक्रमित भएका छन् । गभर्नर डिवाईनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नको लागि गर्नै पर्ने ‘प्रोटोकल टेस्ट’ गर्दा उनी कोभिड १९ पोजेटिभ देखिएका हुन । उनमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको, गभर्नरको कार्यालयले बिज्ञप्तिमा जनाएको छ । उनी राष्ट्रपति ट्रम्पसँग क्लिभल्याण्डस्थित बर्क लेकफ्रण्ट बिमानस्थलमा बिहिबार स्वागत भेट गर्ने… Continue reading ओहायो राज्यका गभर्नर डिवाईन पनि कोरोना संक्रमित

न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले कोरोना संक्रमणको त्रासले न्युयोर्क सहर छाडेका धनाढ्यहरुलाई सहरको अर्थतन्त्रमा टेवा पुर्याउनको लागि पुन: फर्किएर आउन आह्वान गरेका छन् । न्युयोर्क सहरमा महामारी चरम उत्कर्षमा पुग्दा महँगो मुल्य तिरेर म्यानह्याटनका अपार्टमेण्टमा बसोबास गर्दै आएका धनाढ्यहरु ह्याम्टन, अपस्टेट, कनेक्टिकटमा रहेको भेकेसन होममा सरेका थिए भने अन्य मानिस भने सहर भन्दा केही… Continue reading न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

प्लास्टिकको पार्टेसन च्यातेर यसरी भयो ‘लिफ्ट’ ड्राइभर माथि आक्रमण (भिडियो सहित)

न्युयोर्क फ्लोरिडामा एक यात्रुले गाडी चलाईरहेका  लिफ्ट ड्राइभरलाई पछाडिबाट घाँटी थिचेर न्याकेको भिडियो सार्वजनिक भएको छ । ३६ वर्षीय ट्राभिस स्मिथ नाम गरेका यात्रुले कोरोना संक्रमणबाट सुरक्षित राख्न बनाएको पार्टेसनलाई च्यातेर कार चालकको गर्धन थिचेको भिडियो सार्वजनिक भएको हो ।  घटना गत आईतबार बिहानको हो ।   सुरुमा पेसेन्जर र ड्राइभरको बीचमा टांगिएको प्लास्टिकको पर्दाको… Continue reading प्लास्टिकको पार्टेसन च्यातेर यसरी भयो ‘लिफ्ट’ ड्राइभर माथि आक्रमण (भिडियो सहित)

न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाईंदै

न्युयोर्क अमेरिकामा कुनै दिन महामारीको केन्द्र बिन्दु बनेको न्युयोर्क सहरमा लगातार तीन दिनदेखि कोरोनाको कारण कसैको मृत्‍यु भएको छैन । यद्यपी सिंगो न्युयोर्क राज्यमा भने तीन दिनअघि सोमबार ३ जनाको मृत्‍यु भएको कुरा न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले बुधबार बताएका छन् । गभर्नर कुमोले न्युयोर्क राज्यमा कोरोना संक्रमणमा नाटकीय सुधार हुँदै गएपनि न्युयोर्कबासीलाई कोरोना  भाईरसलाई… Continue reading न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाईंदै

अमेरिकामा कोरोनाबाट हरेक ८० सेकेण्डमा एकको मृत्‍यु

न्युयोर्क       अमेरिकामा पछिल्लो एक हप्तामा कोरोनाको कारण हरेक ८० सेकेण्डमा एक जनाको मृत्‍यु भएको छ । कोरोनाका कारण पछिल्लो सात दिनमा ७ हजार ४ सय ८६ जनाको मृत्‍यु भएको छ । जुलाईमा २६ हजार १ सय ९८ जनाको मृत्‍यु भएको थियो । जुलाई महिनामा मृतकको त्यो संख्या प्रति १०२ सेकेण्डमा एकको मृत्‍यु… Continue reading अमेरिकामा कोरोनाबाट हरेक ८० सेकेण्डमा एकको मृत्‍यु

टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

न्युयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले कार्यकारी आदेश मार्फत शनिबार टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले शुक्रबार फ्लोरिडाबाट फर्कदै गर्दा एयर फोर्स वानमा पत्रकारहरुलाई चर्चित सामाजिक संजाल टिकटक एयाप बन्द गर्ने घोषणा गरेका हुँन्।उनले भनेका छँन् ” जहाँसम्म टिकटकको कुरो छ हामी प्रतिबन्द लगाउदै छौ । “ टिकटक प्रतिबन्ध लगाउने बिषयमा थप प्रस्ट पार्दै… Continue reading टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा