बाइडेनलाई झट्का, हुलाकबाट गरिने मतदानलाई सहज बनाउने प्रयास असफल

Andrew Burton/Getty Images

वासिंटन डिसी । अमेरिकामा हुलाकबाट हुने मतदानलाई सहज गराउने गरि आएको चुनावसम्बन्धी नयाँ नियम ल्याउने राष्ट्रपति जो बाइडेनको प्रयास असफल भएको छ । बीबीसीका अनुसार रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियम लागु गर्ने प्रयास विफल पारेका हुन् । हुलाकबाट गरिने मतदानलाई सहज बनाउने नीति सो विधेयकमा थियो । दलीय आधारमा मत विभाजन… Continue reading बाइडेनलाई झट्का, हुलाकबाट गरिने मतदानलाई सहज बनाउने प्रयास असफल

विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली

न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्समा विश्व संगीत दिवसको अवसर पारेर लाइभ संगीत सहित हिमालय सास्कृतिक प्रतिष्ठानले सामुहिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।प्रतिष्ठानले नेपाली संगीत क्षेत्रका लागि इतिहासकै कालो कालखण्डको रुपमा गत ‘मे’ महिनालाई उदृत गर्दै नेपाली संगीत आकासका तीन नक्षत्रहरु अस्ताएको दु:खद क्षणको स्मरणमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार… Continue reading विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली

कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

Photo : si.com

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोलले हराएको अर्जेण्टिना शीर्ष स्थानमा उक्लिएको हो । प्रतियोगिता ब्राजिलमा जारी छ । खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरेका हुन् । सोही गोल निर्णायक बन्यो । तीन खेलबाट ७ अंक जोडेको अर्जेण्टिनालाई पच्छाइरहेको उरुग्वे भने… Continue reading कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको दुर्घटनामा कम्तिमा १३ को मृत्यु

Photo : The guardian

अलबामा । अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको सडक दुर्घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार बालबालिका उक्त संख्यामा मानिसहरुको ज्यान गएको हो । आँधीका कारण १८ वटा गाडी एकै स्थानमा दुर्घटनामा परेका थिए । आँधीले यो भेगमा ठूलो नोक्सानी गरेको खबर छ । आँधीपछि वर्षा भएको थियो । बाढीले… Continue reading अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको दुर्घटनामा कम्तिमा १३ को मृत्यु

अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति

WANA (West Asia News Agency) via REUTERS

तेहरान । कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति बनेका छन् । उनलाई अमेरिकाले प्रतिवन्ध लगाएको छ । रइसीको पक्षमा ६२ प्रतिशत मत आएको छ । बीबीसीका अुनसार रईसी इरानका वरिष्ठ न्यायधीश समेत हुन् । रुढीवादी बिचारधाराका उनी अमेरिकाका कट्टर विरोधी मानिन्छन् । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णय गरेको भन्दै उनीमाथि अमेरिकाले प्रतिवन्ध लगाएको… Continue reading अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति

कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

Photo Source : CBS sport

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत दुई दक्षिण अमरिकी बलिया टोली अर्जेन्टिना र उरुग्वेबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ । प्रतियोगिताको यो खेल चिलिसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा भने महत्वपूर्ण जित निकालेको हो । खेल शनिबार विहान सम्पन्न भएको छ । अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो । अर्जेन्टिनाका लागि १३ औं… Continue reading कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

कोपा अमेरिका: ब्राजिलको सानदार जित

Photo source : CBS sports

काठमाडौं । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले पेरुविरुद्ध सानदार जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममाले उसले पेरुलाई ४\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलका लागि एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक\एक गोल गरे। खेलको १२ औं मिनेटमा ब्राजिलले एलेक्स सान्द्रोको गोलबाट अग्रता… Continue reading कोपा अमेरिका: ब्राजिलको सानदार जित

नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा

न्यूयोर्क सिटी काउन्सिलका एक प्रभावशाली उम्मेद्वारले नेपाली भाषालाई सहरको सरकारी कामकाजको भाषा बनाउने उद्घोष गरेका छन् । न्यूयोर्कको २६ नम्बर डिष्ट्रिक्टबाट सिटी काउन्सिल उम्मेद्वार रहेका अमित सिंह बग्गाले नेपाली भाषालाई अमेरिकामा अहिलेसम्मकै सर्बोत्कृष्ठ सम्मान दिलाउने प्रतिबद्धता जनाएका हुन् । डिष्ट्रिक्ट २६ मा क्वीन्स बोरो अन्तर्गतका सन्नी साइट, उडसाइट, लङ आइल्यान्ड सिटी र एस्टोरिया पर्छन् ।… Continue reading नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा

पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?

PETER KLAUNZER / POOL\BBC

जेनेभा । अमेरिका र रुसी राष्ट्रपतिबीच जेनेभामा करीव ३ घण्टा वार्ता भयो । सम्बन्ध चिसिएको बेला भएको यो वार्तालाई विश्वभरबाट चासोका साथ हेरिएको थियो । बीबीसीका अनुसार सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न भने सकेन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बढाइचढाइ नगरी फरक मत प्रस्तुत गरिएको बताएका… Continue reading पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?

रुस र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

File Photo : Doug Mills/The New York Times

जेनेभा । रुस र अमेरिकी राष्ट्रपतिबीच पहिलो पटक आमनेसामने भेटवार्ता भएको छ । जी सेभेन बैठकका दौरान यूरोप भ्रमणमा पुगेका दुबै नेताबीच जेनेभामा भेटवार्ता भएको हो । रुसी राष्ट्रपति व्लादिमीर पुटीन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको हो । बाइडेनले पुटीनमाथि आफुलाई हराउन भूमिका खेलेको आरोप लगाइरहेका छन् । यी दुई नेताबीचको भेटमा रूसी… Continue reading रुस र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्बिएको छ । तर, यो बीचमा साविकको तुलनामा निषेधाज्ञा खुकुलो भने गराइएको छ । अब नेपालस्थित विदेशी कुटनीतिक नियोगका कार्यालय र दूतावासमा जानेहरुलाई बाटोमा प्रहरीले अवरोध गर्ने छैन । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न र डिभी लोटरी विजेतालाई अन्तर्वार्ताको लागि दुतावास सम्म जान… Continue reading निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने

कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

Photo source : CBS sports

काठमाडौं\एजेन्सी । आजबाट शुरु भएको कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिल र कोलम्बियाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार आइतबार राती भएको खेलमा ब्राजिलका मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरेका छन् । सोमबार बिहान भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई हराएको छ… Continue reading कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने

Photo source : Skynews

लण्डन । अमेरिकाले विश्वका करीव १ सय मुलुकलाई कोरोना खोप अनुदानमा दिने भएको छ । त्यसका लागि ५० करोड डोज खरीद गर्ने घोषणा खबर सार्वजनिक भएको छ । अमेरिकाले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने छ । बीबीसीका अनुसार यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ… Continue reading अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने

क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या

घटनास्थलमा मृतकका आफन्त परिवारलाई श्रद्धान्जली दिँदै Credit: Reuters photo

काठमाडौं\एजेन्सी । क्यानडामा एक मुस्लिम समुदायका परिवारमाथि नियोजित रुपमा ट्रकले आक्रमण गरिएको छ । घटनामा चार जनाको मृत्यु भएको छ । घटना आइतबारको हो । बीबीसीका अनुसार क्यानडा पुलिसले यसको पुष्टी समेत गरेको छ । क्यानडाको ओटारियो प्रान्तको सिटी अफ लन्डन भन्ने स्थानमा भएको हो । यस घटनामा परिवारका एक ९ वर्षिय बालक मात्र बच्न… Continue reading क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या

बेलायती पूर्वराजकुमार ह्यारी र मेघनलाई अमेरिकामा पुत्रीलाभ

क्यालिफोर्निया । बेलायती राजपदवी छोडी अमेरिका बसिरहेका पूर्वराजकुमार ह्यारी दम्पत्तिलाई पुत्रीलाभ भएको छ । उनकी पत्नी मेघन मार्कलबाट शुक्रबार पुत्री जन्मिएकी हुन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार क्यालिफोर्नियास्थित एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम लिली राखिएको छ। यो बेलायती महारानीको उपनाम समेत हो । तर, छोरीको पुरा नाम भने लिलिबेट डायना माउन्टब्याटन… Continue reading बेलायती पूर्वराजकुमार ह्यारी र मेघनलाई अमेरिकामा पुत्रीलाभ

जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने

Photo : ABC News

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने भएको छ । आगामी साता जो बेलायत जाँदैछन् । उनी जी सेभेन समिटमा भाग लिने सिलसिलामा त्यहाँ जान लागेका हुन् । सो अवसरमा जो र प्रथम महिला जिल बाइडेनसहित एलिजाबेथसँग भेटवार्ताको समय तय भएको बकिङ्हम प्यालेसलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन्… Continue reading जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने

कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वभर बाँड्ने योजना सार्वजनिक गरेको थियो । यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण हुने भएको छ । बीबीसीका अनुसार संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९०… Continue reading कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोना खोप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुइटरमार्फत यसको पुष्टी गरेका छन् । उनले अमेरिकी सरकारले नेपाललाई खोप दिने गरि गरेको निर्णयको नेपालले हार्दिक स्वागत गरेको बताएका छन् । राष्ट्रपतिका संचार सल्लाहकार टिका ढकालले भने अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको… Continue reading अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

Photo : NASA

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासा अब शुक्रग्रहको मिसनमा केन्द्रित हुने भएको छ । यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने योजना नासाले सार्वजनिक गरेको हो । बीबीसीका अनुसार पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ। शुक्रग्रहको वातावरण तथा भौगोलिक… Continue reading नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी

अमेरिका । गैर आवासिय  नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सम्पन्न निर्वाचनमा बुद्धि सुबेदी अध्यक्षमा विजयी भएका छन्। आफ्ना निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेलाई पराजित गर्दै सुवेदी विजयी भएका हुन्। सुवेदीले ५ हजार ६ सय १८ मत प्राप्त गरी आगामी २ बर्षको लागि बिजयी भएका हुन । दुई दिनसम्म अनलाइन मार्फत सम्पन्न निर्वाचनमा १५ हजार ७… Continue reading गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी

एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

File Photo

मेरिल्यान्ड । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले ककपिटमै अश्लिल हर्कत गरेको स्वयमः स्वीकार गरेका छन् । यो घटना गतवर्षको हो । जहाज उडिरहेको समयमा ककपिटमै अश्लील र अभद्र कार्य गरेको उनले अदालतसामु स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । माइकल हाक नामक ती पाइलटले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र… Continue reading एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु

फ्लोरिडा । अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार थप २२ जना घाइते छन् । स्थानीय प्रहरीलाई उदृत गर्दै समाचारमा जनाएअनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भीडमा अन्धाधुन्ध गोली चलाएका छन् । आइतबार बिहान एल मुला बैंक्वेट हलको बाहिर यो घटना भएको… Continue reading अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु

अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

काठमाडौं । अमेरिकी अनुदानमा संचालन हुने मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बजेट पाएको छ । तर, नेपालले यो कार्यक्रम अनुमोदन भने गरिसकेको छैन । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले पनि विवाद छ । आगामी वर्ष सरकारले आफ्नै स्रोतबाट १ अर्ब १… Continue reading अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

काठमाडौं । नेपालले अमेरिका र चीनबाट ५०\५० लाख डोज कोरोना खोप किन्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार आगामी दुई सातामा यस प्रक्रियाको टुंगो लाग्नेछ । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको र यसबारे केही दिनमै ब्रेक थ्रु हुने उनको… Continue reading नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

काठमाडौं\एजेन्सी । चिनियाँ प्रयोगशालाबाट कोभिड१९ को उत्पत्ति भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान गर्न अमेरिकाले गरिरहेको प्रयासमा चीनले आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने अपेक्षा व्यक्त गरेसँगै चीनको प्रतिक्रिया सार्वजनिक भएको हो । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र… Continue reading कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या

घटनास्थल | Photo : CNN

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाएर कम्तिमा ८ जनाको हत्या गरेका छन् । गोली चलाउने व्यक्तिको समेत ज्यान गएको छ । उनले आत्महत्या गरे वा प्रहरीको गोलीबाट ज्यान गयो भन्ने खुलेको छैन । मृत्यु हुनेहरु रेल यार्डमा खटिएका कर्मचारी छन् । समाचार एजेन्सीहरुले जनाए अनुसार गोलीबारीको घटना सान जोसेस्थित सान्टा क्लारा काउन्टी… Continue reading क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या

जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै

(Dave Schwarz/St. Cloud Times via AP)

वासिंटन । अमेरिकाको मिनीपोलिसमा अश्वेत युवा जर्ज फ्लोइडको प्रहरीबाट भएको हत्याको हत्याको वर्ष दिन पुरा भएको छ । गत वर्ष आजकै दिन भएको यो घटनामा संलग्न प्रहरी अधिकृत दोषि सावित भइसकेका छन् । आज अमेरिकामा उनको परिवार, सामाजिक कार्यक्रता र नेताहरुले र्यालीसहितका विभिन्न कार्यक्रम गरि नउको सम्झना गर्दैछन् । यो दिनलाई असमानता र नश्लभेद विरुद्धको… Continue reading जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै

अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर

न्यूयोर्क\बीबीसी । अमेरिकाले विश्वलाई ठूलो मानवीय क्षति पुर्याएको कोरोना भाइरसको महामारी उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग आह्वान गरेको छ । बीबीसीका अनुसार अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड १९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओसँग आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएको विवरण आएको… Continue reading अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर

नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

काठमाडौं । सरकारले कोभिड –१९ विरुद्ध खोप सहयोग गर्न अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनबीच टेलिफोन वार्ता भएको थियो । उक्त अवसरमा मन्त्री ज्ञवालीले खोप सहयोग गर्न अनुरोध गरेका हुन् । ज्ञवालीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जानकारी… Continue reading नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

Photo : nexta

काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्‍यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ । समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको… Continue reading आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा