नयाँ दिल्ली । कोरोना भाइरसको दैनिक संक्रमण दरमा भारतले अमेरिकालाई उछिनेको छ । भारतमा बुधबार एकैदिन ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो आंकडा सहित भारत एकैदिन सबैभन्दा बढी संख्यामा कोरोना देखिने विश्वको पहिलो मुलुक बनेको छ । यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख ७ हजार… Continue reading दैनिक संक्रमणको आंकडामा अमेरिकालाई भारतले उछिन्यो
Category: अमेरिका
पुटिनद्धारा अमेरिकासहितका मुलुकलाई चेतावनी : उदारतालाई कमजोरी नठान्नु
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा मुलुकलाई रुसको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएको रुसी संचारमाध्यमलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अमेरिकाले केही समय अगाडी कैयौं रुसी संस्था र कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएको छ । अमेरिकाले राष्ट्रपति निर्वाचनमा रुसीले धाँदली गर्न खोजेको आरोप… Continue reading पुटिनद्धारा अमेरिकासहितका मुलुकलाई चेतावनी : उदारतालाई कमजोरी नठान्नु
जोर्ज फ्लोइडको घाटी थिच्ने प्रहरी दोषि ठहर
मिनिआपुलिस । अमेरिकाको मिनिआपुलिसको सडकमा भएको अफ्रिकी-अमेरिकी जोर्ज फ्लोइडको हत्यामा घाटी थिच्ने प्रहरी अधिकारी दोषि ठहर भएका छन् । अमेरिकाको एक जुरीले गत वर्ष भएको यो घटनामा उनलाई दोषि हठर गरेको बीबीसीले लेखेको छ । गत वर्षको मे महिनामा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय श्वेत जातिका प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले… Continue reading जोर्ज फ्लोइडको घाटी थिच्ने प्रहरी दोषि ठहर
अमेरिकाले भन्यो : भारत भ्रमणमा नजानु
काठमाडौं\एजेन्सी । कोरोना भाइरसको दोस्रो भेरियन्टको इपिसेन्टर बनेको भारतमा भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ । अमेरिकी संचारमाध्ममहरुका अनुसार ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकी सरकारले कोरोनाविरूद्धको खोप नलगाएका नागरिकलाई भारत भ्रमणमा नजान भनिएको छ । भारत अहिले विश्वमै बढी संक्रमणदर भएको मुलुकमा पर्छ । यहाँ दैनिक करीव तीन लाख मानिसमा संक्रमण पुष्टी भएको… Continue reading अमेरिकाले भन्यो : भारत भ्रमणमा नजानु
नासाले मंगल ग्रहमा उडायो हेलिकोप्टर
काठमाडौं\एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले पहिलो पटक मंगलग्रहमा हेलिकोप्टर उडाउन सफल भएको छ । वैज्ञानिकले पहिलो पटक एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा हेलिकोप्टर उडाउन सफल भएका हुन् । नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले यो हेलिकप्टर लिएर गएको हो । सोमबार पहिलो पटक मंगल ग्रहमा हेलिकोप्टरले उडान गरेको छ । नासाका अनुसार इन्जेन्युटी नामको… Continue reading नासाले मंगल ग्रहमा उडायो हेलिकोप्टर
दर्जनौं रुसी संस्था र अधिकारीमाथि अमेरिकाको प्रतिवन्ध
वासिंटन डिसी । अमेरिकाले रुसका दर्जनौं संस्था तथा त्यसमा आवद्ध अधिकारीहरुमाथि प्रतिवन्ध घोषणा गरेको छ । साइबर हमला र अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको बीबीसीले लेखेको छ । ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध घोषणा गरेको बताएको छ । प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको… Continue reading दर्जनौं रुसी संस्था र अधिकारीमाथि अमेरिकाको प्रतिवन्ध
चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो
काठमाडौं । नेपालबाट विभिन्न समयमा चोरी भएर यूरोप र अमेरिका पुर्याइएको ५९ वटा मूर्ति नेपाल फर्काइएको छ । विदेशमा पु¥याइएका सम्पदामा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान, अमेरिकाबाट १० थान र तिब्बतबाट २८ थान मूर्ति फिर्ता भएको पुरातत्व विभागलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले जनाएको छ । विभागका अनुसार पाटनको मोमुडु… Continue reading चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो
अमेरिकामा अश्वेतः युवामाथि गोली चलाएकी महिला प्रहरी अधिकारी पक्राउ
मिनसोटा\अमेरिका । अमेरिकामा एक अस्वेतः युवाको प्रहरीको गोलीबाट भएको मृत्युको विषयलाई लिएर प्रदर्शन भइरहेका छन् । यसै सन्दर्भमा मिनसोटामा भएको यो घटनामा संलग्न महिला प्रहरी अधिकारीलाई पक्राउ गरिएको छ । ती प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्याको मुद्दा चल्ने भएको छ । बीबीसीका अनुसार ती प्रहरी अधिकारी किम पोटर हुन् । उनलाई गिरफ्तार गरि हिरासतमा राखिएको छ… Continue reading अमेरिकामा अश्वेतः युवामाथि गोली चलाएकी महिला प्रहरी अधिकारी पक्राउ
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने वाइडेनको घोषणा
वासिंटन डिसी । अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तानमा खटिएका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेको संचारमाध्यमले जनाएका छन्। अफगानिस्तानमा अझै ३ हजार सैनिक खटिएका छन् । सैनिक फिर्ता गर्ने प्रक्रिया भने पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नै गरेको हो । यसअघि मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा… Continue reading अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने वाइडेनको घोषणा
अमेरिकामा प्रहरीको गोली लागेर पुनः एक अश्वेत युवाको मृत्यु, भड्कियो तनाव
काठमाडौं\एजेन्सी । अमेरिकामा प्रहरीको गोलीले पुनः एक अश्वेत युवाको निधन भएको छ । यो घटनापछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । बीबीसीका अनुसार मिनियापलिस र सेन्ट पलका मेयरले सहरमा रातभर लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । बीबीसीका अनुसार २० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम… Continue reading अमेरिकामा प्रहरीको गोली लागेर पुनः एक अश्वेत युवाको मृत्यु, भड्कियो तनाव
बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने आदेशमा हस्ताक्षर
अमेरिकी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै बाइडेनले कार्यकारी आदेश जारी गरेको उल्लेख छ । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने छैन । स्थानीयस्तरमा उत्पादन… Continue reading बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने आदेशमा हस्ताक्षर
हिंसा बढेपछि अमेरिकाले रोक्ने भयो घरेलु बन्दुकको प्रयोग
वासिंटन डिसी । अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि लिइने घरेलु बन्दुकको दुरुपयोग गरी हिंसा बढेसँगै अब घरेलु बन्दुकको प्रयोगमा रोक लाग्ने भएको छ । दर्ता नहुने र को सँग बन्दुक छ भन्ने पत्ता लगाउन नसकिने भन्दै राष्ट्रपति जो बाइडनले अमेरिकामा गोस्ट गन भनेर चिनिने घरेलु रूपमै उत्पादन हुने बन्दुक प्रयोग रोक्न लक्षित निर्देशन जारी गरेको बीबीसीले… Continue reading हिंसा बढेपछि अमेरिकाले रोक्ने भयो घरेलु बन्दुकको प्रयोग
अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित
फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएसँगै सयौं घर परिवार प्रभावित बनेका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएको हो । यसले कम्तीमा तीन सय घरपरिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै उनीहरुलाई सुरक्षितस्थानमा सारेको छ । सीएनएनका अनुसार फ्लोरिडाको टाम्पा बे क्षेत्रमा… Continue reading अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित
खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने
काठमाडौं\एजेन्सी। अमेरिकाले यात्रामाथि लगाएको प्रतिवन्धहरुमा केही खुकुलो गरेको छ । अब कोरोना भाइरसविरुद्धको खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा जाँच वा बीना निगरानी नै स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने भएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले शुक्रबार यस निर्णयबारे जानकारी गराएको हो । खोपको साइकल पुरा गरेका व्यक्तिले हवाई‚ बस‚ रेलमार्गमा स्वतन्त्र… Continue reading खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने
अमेरिकी संसद अगाडी चक्कु प्रहार गरि एक प्रहरी अधिकारीको हत्या
वासिंटन डिसी । अमेरिकी संसद भवन (युएस क्यापिटल बिल्डिङ) चक्कु प्रहार गरि एक प्रहरी अधिकारीको हत्या भएकोछ । थप केही मानिस घाइते रहेको र उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक कार चालकले चक्कु आक्रमण गरेका हुन् । कार ठोक्काउँदै अगाडी बढेका उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेको बताइएको छ । आफ्नो… Continue reading अमेरिकी संसद अगाडी चक्कु प्रहार गरि एक प्रहरी अधिकारीको हत्या
भारतपछि अमेरिकाबाट नेपालमा धेरै पर्यटक आए
काठमाडौं । नेपालमा पर्यटक आगमनको मूख्य स्रोत बजार भारत हो । त्यसपछि दोस्रो स्थानमा चीन रहने गरेको छ । तर, चीनले कोरोना महामारीका बीचमा आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएको छ । यसले अन्य मुलुकबाट नेपालमा पर्यटक आगमन बढेको छ । मार्च महिनामा भारतपछि अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएको तथ्यांकमा देखिएको छ । अध्यागमन विभागका अनुसार… Continue reading भारतपछि अमेरिकाबाट नेपालमा धेरै पर्यटक आए
बाल यौन दुराचारको आरोपमा पोखराबाट अमेरिकी नागरिक पक्राउ
पोखरा । बाल यौन दुराचारको आरोपमा पोखराबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार मंगलबार अमेरिकाको क्यालिफोर्निया स्थायी घर भएका ६६ वर्षीय माइकल नोरम्यान टेलर पक्राउ परेका हुन् । उनलाई ब्युरोले पोखरा महानगरपालिका १८ सेदीस्थित विष्णु होमस्टेबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी यौन दुराचारको मनसायबाटै पटक पटक नेपाल आउने… Continue reading बाल यौन दुराचारको आरोपमा पोखराबाट अमेरिकी नागरिक पक्राउ
अनिवार्य मास्क लगाउनु आवश्यक छ : राष्ट्रपति बाइडेन
वासिंटन डिसी \एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वास्थ्य सतर्कताका लागि लापरवाही नगर्न सरोकारवालासँग आह्वान गरेका छन् । अमेरिकाका सबै राज्य र सहरमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरलाई समेत उनले अपिल गरेका छन् । कोेरोना महामारीका सन्दर्भमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेको बारे स्मरण गराए । सोहीकारण अनिवार्य… Continue reading अनिवार्य मास्क लगाउनु आवश्यक छ : राष्ट्रपति बाइडेन
अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु
कोलोराडो । अमेरिकाको कोलोराडोमा एक बन्दुरधारीेले चलाएको गोली लागेर कम्तिमा ६ जनाको मृत्यु भएको छ । कोलोराडो राज्यका बोल्डर काउन्टीस्थित एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । यसक्रममा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको खबर छ । स्थानीय समयअनुसार घटना सोमबार दिउँसो साढे तीन बजे भएको हो ।… Continue reading अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु
आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
काठमाडौं । ट्वीटर र फेसबुकसहितका साइटले आफ्नो प्लेटफर्ममा प्रतिवन्ध लगाएसँगै अमेरिकाका पूर्वराष्ट्रपति तथा अमेरिकी धनाढ्य डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक संजाल खोल्ने भएका छन् । उनका सल्लाहकारले यस्तो जानकारी सार्वजनिक गरेको अमेरिकी संचारमाध्यमले लेखेका छन् । आगामी तीन महिना भित्र ट्रम्प आफ्नै लगानीको सामाजिक सञ्जालमार्फत सक्रिय भइसक्ने तयारीमा रहेको बताइएको छ । उनका सल्लाहकार जेसन मिलरले… Continue reading आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बसिरहेका एक अमेरिकी नागरिकको पर्यटक भिसाको अवधि सकिएको छ । उनी भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि आफ्नो देश फर्कन नमानेको नेपालको राष्ट्रिय समाचार समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्री जोइल हुन् । आफ्नो देश फर्कन अटेर गरेका… Continue reading भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने
राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्याङमा चिप्लिएपछि…
वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाजको भर्याङमा चिप्लिएका छन् । उनी भर्याङ चढ्दाचढ्दै लडेका हुन् । वासिंटनबाट एटलान्टाका लागि जान जहाज चढ्ने क्रममा बाइडेन भर्याङमा चिप्लिएर लडेका थिए । यो क्षणलाई भने संचारमाध्यमले खिचेका थिए । चिप्लिएर लडेका उनी उठ्ने कोसिस गर्दा गर्दा फेरि चिप्लिएका थिए । यद्दपी उनी अहिले शतप्रतिशत फिट रहेको… Continue reading राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्याङमा चिप्लिएपछि…
अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध
लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको… Continue reading अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध
अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए
अमेरिका । अमेरिकाको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ । जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका… Continue reading अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए
विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो
बीबीसी । अमेरिकाले विगत पाँच वर्षमा अस्त्र व्यापारमा आफ्नो विश्वव्यापी अंश बढाएर ३७ प्रतिशत पुर्याएको स्वीडनस्थित एउटा अनुसन्धान संस्थाले जनाएको छ। रुस र चीनबाट निर्यात घटेका बेला अमेरिका, फ्रान्स र जर्मनीले आफ्नो अस्त्र निर्यात बढाएका हुन्। हतियारको आयात र निर्यात शीतयुद्ध अन्त्य भएपछि अहिले उच्चबिन्दुमा पुगेको देखिन्छ। तर कोभिड महामारीले त्यसमा केही परिवर्तन ल्याउन सक्छ।मध्यपूर्वमा… Continue reading विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो
काठमाडौंस्थित अमेरिकी दूतावासबाट ७ प्रकारका भिसा जारी सुरु
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विभिन्न ७ प्रकारका भिसा जारी सुरु भएको जनाएको छ । विद्यार्थीसहित ७ प्रकारका भिसा जारी थालिएको दूतावासले जनाएको छ । दूतावासले भिजिटर भिसा बी वान\बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान\डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालीन अवस्थाका… Continue reading काठमाडौंस्थित अमेरिकी दूतावासबाट ७ प्रकारका भिसा जारी सुरु
अमेरिकाको डेन्भरमा भारी हिमपात, हवाई उडान प्रभावित
डेन्भर । अमेरिकाको डेन्भर र यस आसपासको क्षेत्रमा भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण दुई हजारभन्दा बढी उडान रद्द भएको संचारमाध्यमले जनाएका छन् । शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएको बताइएको छ । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरेको छ ।… Continue reading अमेरिकाको डेन्भरमा भारी हिमपात, हवाई उडान प्रभावित
अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने
मिनियापोलिस । अमेरिकामा प्रहरीले नियन्त्रणमा लिएपछि मारिएका जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको छ । गत वर्ष मेमा अमेरिकी प्रहरीले नियन्त्रणमा लिइसकेपछि अमानवीय तरिकाबाट उनको हत्या गरेको थियो । उनी अफ्रिकी मुलुका अमेरिकी नागरिक हुन् । यो घटनापछि संसारभर अमेरिकामा हुने रंगभेदी विषयको कडा आलोचना भएको थियो । अमेरिकी शहर मिनियापोलिसको… Continue reading अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने
अमेरिकासहित चार मुलुकका सरकार प्रमुखको वार्ताले के निर्णय गर्यो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा अमेरिका, भारत, जापान र अस्ट्रेलियाका सरकार तथा राष्ट्रप्रमुखबीचको वार्ता सम्पन्न भएको छ । यी चार मुलुकबीचको समुहलाई क्वाड समूह नाम दिइएको छ । एसियामा चीनको बढ्दो प्रभाव कम गर्न जापानको रणनीतिमा यो समुह सक्रिय भएको हो । लामो समयदेखि बस्न नसकेको बैठक बाइडेनले डाकेका हुन् । शुक्रबार सम्पन्न… Continue reading अमेरिकासहित चार मुलुकका सरकार प्रमुखको वार्ताले के निर्णय गर्यो ?
अमेरिकामा नेपाली उवर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ
काठमाडौं । अमेरिकामा नेपाली उवर चालक सुभाकर खड्कामाथि तीन जना युवतीले गरेको दुर्व्यवहार अहिले विश्वभर चर्चाको विषय बनेको छ । खासगरी एसियाली मुलकै भएका कारण उनीमाथि दुर्व्यवहार भएको भन्दै आलोचना भइरहेका बेला खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार भएको थियो ।… Continue reading अमेरिकामा नेपाली उवर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ