४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ। ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उनी फर्कने छन्। मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उनी फर्कन लागेको बताइएको छ। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश… Continue reading तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प
Category: अमेरिका
किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
४ असार, काठमाडौं । युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ । “आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेखेका छन्, “आवासीय भवन, शैक्षिक संस्था… Continue reading किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु
एजेन्सी४ असार, काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा ५० जनाको हत्या गरेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार बिहान एक परोपकारी सहायता केन्द्रमा पिठो लिन हजारौँ प्यालेस्टिनी भेला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको र दुई सयभन्दा बढी… Continue reading इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु
भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी
३ असार, काठमाडौं । भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको छ । इरान इजरायली बमबारीको अधीनमा आएकाले केही नागरिकले पहिले नै इरानी सीमा पार गरिसकेका छन् । जवाफी आक्रमण सुरु गरेको इरानमाथि आक्रमण सुरु गरेको चार दिनपछि इजरायलले आफ्नो आक्रमण जारी राख्ने वाचा गरेपछि नयाँदिल्लीले भारतीय विद्यार्थीहरू पहिले नै तेहरान छोडेर गएको बताएको… Continue reading भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी
इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए
३ असार, काठमाडौं । इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’ परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले मङ्गलबार जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युरेनियम संवद्र्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो । “शुक्रबारको आक्रमणपछि… Continue reading इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए
ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ
३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन् । भान्सले एक्समा लेखेका छन्, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाएका छन्, उनले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप… Continue reading ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
एजेन्सी३ असार, काठमाडौं । पाकिस्तानले छिमेकी मुलुक इरानसँग जोडिएका आफ्ना सबै सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै आफ्ना नागरिकलाई इरान प्रवेशमा रोक लगाएको प्रान्तीय अधिकारीहरूले सोमबार बताएका छन् । इजरायल र इरानबीच तीव्र आक्रमण प्रत्याक्रमण चलिरहेका समय अर्को सूचना नभएसम्मका लागि सीमा नाका बन्द गरेको हो । सीमा वन्दपछि पनि इरानबाट स्वदेश फर्कन चाहने… Continue reading पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै
एजेन्सी३ असार, काठमाडौं । अमेरिकी युद्धपोतवाहक युएसएस निमित्जले भियतनाममा रोकिने योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ। इजरायल र इरानबीच युद्ध भइरहेका बेला अमेरिकी उपस्थिति बढाउन युएसएस निमित्ज मध्यपूर्वतर्फ जान लागेको हो । मरिन ट्राफिकका अनुसार स्थानीय समयानुसार १३ः४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो । भियतनामी सरकारका… Continue reading इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की
एजेन्सी३ असार, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताएका छन् । युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिखर सम्मेलनका लागि क्यानाडा जाने क्रममा भियनामा पत्रकारसँग भने, “हामी आज अमेरिकासँग थप सहायताका बारेमा कुरा गर्नेछैनौ । वास्तवमा, बैठकमा मैले राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने… Continue reading अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु
एजेन्सी२ असार, काठमाडौं । इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि… Continue reading इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु
’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प
२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् । एबीसी न्यूजका अनुसार रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँर्दै एबिसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर… Continue reading ’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
१ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छिन् । मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको… Continue reading इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या, एक घाइते
एजेन्सी१ असार, काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको… Continue reading अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या, एक घाइते
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
एजेन्सी१ असार, काठमाडौं । इरानले आणविक अस्त्र विकास गर्न खोजिरहेको आशङ्काका बीच इजरायलले इरानमाथि गरेको आक्रमणले इरानको आणविक केन्द्रलाई निशाना बनाएको छ । विज्ञहरूले एएफपीलाई बताएअनुसार यी आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई केही क्षति पु¥याएको हुन सक्छ तर इजरायलले घातक प्रहार गर्ने सम्भावना कम छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानी अधिकारीहरूबाट… Continue reading इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह
३१ जेठ, काठमाडौं । वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी स्वार्थलाई निशाना नबनाउन आग्रह गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले शनिबार बताए । बग्दादको सरकार तेहरानको नजिकको सहयोगी हो तर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो । इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिकहरू छन्… Continue reading इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह
तस्वीरमा यस्तो देखियो मध्यरातमा इरानले इजरायलमाथि गरेको जवाफी हमला
३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर… Continue reading तस्वीरमा यस्तो देखियो मध्यरातमा इरानले इजरायलमाथि गरेको जवाफी हमला
इरानले इजरायलमाथि गर्यो जवाफी हमला, केही हताहतीको खबर
३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर… Continue reading इरानले इजरायलमाथि गर्यो जवाफी हमला, केही हताहतीको खबर
इजरायलमाथि बदला लिने तेहरानको वाचा
एजेन्सी३१ जेठ, काठमाडौं । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र… Continue reading इजरायलमाथि बदला लिने तेहरानको वाचा
इजरायलको आक्रमणबाट इरानी सेनामा अकल्पनीय क्षति, रिभोल्युशनरी गार्ड प्रमुख मारिए
३० जेठ, काठमाडौं । ईरान रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) प्रमुख हुसेन सलामीलाई इजरायले निसाना बनाएर मारेको छ । इजरायली आक्रमणबाट उनको मृत्यु भएको ईरानको सरकारी मिडियाले पुष्टी गरेका छन् । उनी इजरायलको पछिल्लो हमलामा मृत्यु भएका शीर्ष अधिकारीमा पर्छन् । ईरानी सरकारी टेलिभिजनले इजरायली हमलामा मृत्यु भएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूका नाम समेत सार्वजनिक गरेको… Continue reading इजरायलको आक्रमणबाट इरानी सेनामा अकल्पनीय क्षति, रिभोल्युशनरी गार्ड प्रमुख मारिए
इजरायलको इरान हमलाबारे अमेरिकी प्रतिक्रिया सार्वजनिक
३० जेठ, काठमाडौं । इजरायलले इरानमा हरेको हमलाप्रति अमेरिकाले प्रतिक्रिया सार्वजनिक गरेको छ र। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यसबारे बोलेका छन् । उनले आज रात इजरायली सेनाले ईरान विरुद्ध एकतर्फी कार्रवाही गरेको बताएका छन् । अमेरिका ईरानको विरुद्धको हमलामा सहभागी नभएको स्पष्टीकरण उनले दिएका छन् । उनले अमेरिकाको प्राथमिकता क्षेत्रमा अमेरिकी सेनाको सुरक्षा चाहेको… Continue reading इजरायलको इरान हमलाबारे अमेरिकी प्रतिक्रिया सार्वजनिक
भारतमा दुर्घटनामा परेको ड्रिमलाइनर : अमेरिकी कम्पनीको लामो दूरीका लागि ख्याति कमाएको नमूना विमान
२९ जेठ, काठमाडौं । भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो । सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेपछि विश्वका ८० भन्दा बढी एयरलाइन्सले दुईहजार ५९८ वटा जहाजअर्डर गरिसकेका छन् भने ८८९ वटा अझै डेलिभरीको पर्खाइमा छन् ।… Continue reading भारतमा दुर्घटनामा परेको ड्रिमलाइनर : अमेरिकी कम्पनीको लामो दूरीका लागि ख्याति कमाएको नमूना विमान
द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी
एजेन्सी२९ जेठ, इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि… Continue reading द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी
राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस
२९ जेठ, वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको नेपाली नियोगले जनाएको छ । कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी… Continue reading राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस
आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यू घोषणा
२९ जेठ, काठमाडौं । लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यू’ लागु हुने घोषणा गरेका छन् । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो । एक प्रेस सम्मेलनमा बासले कर्फ्यू साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म… Continue reading आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यू घोषणा
लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दै जाँदा ट्रम्पद्वारा नौसैनिक तैनाथ
एजेन्सी२८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा सक्रिय कर्तव्यमा रहेका अमेरिकी मरिन र थप दुई हजार नेसनल गार्ड सेनालाई आदेश दिएका छन् । उनले आप्रवासी गिरफ्तारीको विरोध गर्नेहरूलाई पहिलेभन्दा बढी ‘कडा चोट’ लाग्ने धम्की दिएका छन् । ट्रम्पको सात सय पूर्णकालीन व्यावसायिक सैन्य कर्मचारी र हजारौँ राष्ट्रिय गार्ड सैनिकहरूको असाधारण परिचालन… Continue reading लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दै जाँदा ट्रम्पद्वारा नौसैनिक तैनाथ
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
एजेन्सी२७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार… Continue reading ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
अमेरिकाबाट डिपोट भएर आए ३७ नेपाली
२६ जेठ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर ३७ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन् । त्यसमध्ये एक जना विद्यार्थी भिसामा गएको र एक जना डिभि परेर गएको पाइएको छ । अमेरिकी कानून उल्लंघन गरेकाहरु अहिले डिपोट भएका हुन् । यसमध्ये धेरैजसो गैरकानूनी रुपमा अमेरिका छिरेका नागरिक छन् । उनीहरु गैरकानूनी बाटोबाटै अमेरिका छिरेका थिए ।… Continue reading अमेरिकाबाट डिपोट भएर आए ३७ नेपाली
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शन, ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ
एजेन्सी२५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा दुई हजार नेसनल गार्ड सैनिकलाई तैनाथ गर्ने आदेश दिएका छन् । यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताएको थियो । अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियाको राज्य सेनाको सङ्घीय नियन्त्रण लिएर सैनिकहरूलाई देशको दोस्रो ठूलो सहरमा… Continue reading लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शन, ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ
भारत–बेलायत व्यापार सम्झौता, अमेरिकालाई सवक ?
एजेन्सी२५ जेठ, काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले बेलायतसँगको व्यापार सम्झौता वास्तवमै कोसेढुङ्गा भएको र यसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् । भारत र बेलायतबीच गत फेब्रुअरीमा पुनः वार्ता सुरु भएपछि गत महिना लामो समयदेखि रोकिएको स्वतन्त्र व्यापार सम्झौता भएको थियो । युरोपेली सङ्घबाट बेलायत बाहिरिए (ब्रेक्जिट)देखि नै बेलायतले विश्वभरि नै व्यापारिक सम्बन्धलाई… Continue reading भारत–बेलायत व्यापार सम्झौता, अमेरिकालाई सवक ?
गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त
२५ जेठ, काठमाडौं । इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । इजरायली सेनाले शनिबार जारी गरेको वक्तव्यमा दक्षिण गाजाको राफा क्षेत्रबाट पिन्टाको शव निकालिएको जनाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा उनलाई जिउँदै बन्धक बनाइएको र ‘कैदमा रहेको… Continue reading गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त