न्यूयोर्क कोरोना भाईरसको कारण परिस्थिती बिग्रिदै गएपछि न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राज्यमा संकटकालको घोषणा गरेका छन् । शुक्रबारसम्म न्युयोर्क राज्यमा ४४ जनामा कोरोनाको संक्रमण देखिएकोमा शनिबार दिऊसोसम्म न्युयोर्कमा उक्त संख्या ह्वातै बढेर ७६ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्यामा नाटकीय रुपमा बृद्धि भएपछि गभर्नर कुमोले हरेक अस्पतालको श्रोत साधनको बृद्धिको लागि संकटकाल घोषणा गरेका… Continue reading कोरोनाको कारण न्युयोर्कमा घोषणा गरियो : संकटकाल
Category: अमेरिका
न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
न्युयोर्क न्युयोर्कस्थित ब्यस्त सहरमा ट्याक्सी चलाउने चालकलाई समेत कोरोना भाईरस पोजिटिभ देखिएको छ । न्युयोर्क शहको क्विन्समा बसोबास गर्दै आएका ३३ वर्षीय ट्याक्सी चालक गत शुक्रबार साँझ फ्लू जस्तो लक्षण देखिने रुघा खोकी ज्वरो आएपछि हिँडेर अस्पताल गएका थिए । न्युयोर्क फार रक-वेको सेन्ट जोन्स एपिसकोपल अस्पतालमा जचाउन पुगेका उक्त ट्याक्सी चालकका कारण उक्त चालकको… Continue reading न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल
क्यालिफोर्निया । कोरोना भाइरसका कारण अमेरिकामा मात्र ११ जनाको ज्यान गएको छ । बिहीबार मात्र एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरिएको छ । क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी सानफ्रान्सिस्कोबाट मेक्सिको गएका यात्रु थिए । क्यालिफोर्नियामा कोरोनाबाट पहिलो व्यक्तिको ज्यान गएको हो । अमेरिकामा १६… Continue reading अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल
सुपर ट्युज्डे– बाइडेनका लागि चामत्कारिक रात
प्रभात भट्टराई/अमेरिका अमेरिकाका १४ राज्यमा सम्पन्न राष्ट्रपतिय प्राइमरी चुनावमा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले चामत्कारिक जित हासिल गरेका छन् । बाइडेनले राती दुई बजेसम्ममा आठ राज्य जित हासिल गरि सकेका छन् भने थप दुई राज्यमा जित निकाल्ने निश्चित प्राय देखिएको छ । गतसातासम्म सुपर ट्युज्डेबाट प्रष्ट अगुवाइ लिने अनुमान गरिएका सिनेटर बर्नी स्यान्डर्सले तीन राज्य जितेका… Continue reading सुपर ट्युज्डे– बाइडेनका लागि चामत्कारिक रात
‘सुपर ट्युज्डे’ आज, साउथ क्यारोलिन जितसँगै बाइडेनको सानदार ‘कमब्याक’
प्रभात भट्टराई/अमेरिका साउथ क्यारोलिना प्राइमरीमा बलियो जित सहित पूर्व उपराष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय होडमा ‘कमब्याक’ गरेका छन् । सुरुका तीन राज्यको प्राइमरी निर्वाचनको हारसँगै धेरैले बाइडेन क्याम्पेन पतन भएको लख काटेका थिए । तर, साउथ क्यारोलिनामा पाएको मतसँगै बाइडेनको पुनरोदय भयो । डेमोक्रेटिक पार्टीमा अहिले दुई धार छन् । सिनेटर बर्नी स्यान्डर्सले पार्टीका… Continue reading ‘सुपर ट्युज्डे’ आज, साउथ क्यारोलिन जितसँगै बाइडेनको सानदार ‘कमब्याक’
सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाली समुदायको हकहितमा कार्यरत सामाजिक संस्था अधिकारले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । अधिकारले आफ्नो १५ औं बार्षिकोत्सबका अवसरमा शनिबार ज्याक्सन हाइटस्थित पी एस ६९ स्कुलमा नेपाली समुदायको बाक्लो उपस्थितिका बिच नारी दिवस मनाएको हो । ‘सबैको सरोकार, सबै समान’ भन्ने नाराका साथ मनाइएको दिवसमा यसपाली अमेरिकी जनगणना(सेन्सस २०२०)मा सबैलाई… Continue reading सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह
कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु
वासिङ्टन । अमेरिकामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको अमेरिकी अधिकारीले पुष्टी गरेका छन् । चार जनाको ज्यान गएसँगै अमेरिकाका कोरोनाभाइरसकै कारण ६ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये पनि ५ जनाको ज्यान अमेरिकामै र एक जनाको चीनमा उपचारका क्रममा मृत्यु भएको… Continue reading कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु
मेयर बुट्टिजजले छाडे राष्ट्रपतिय होड, बाइडेनलाई समर्थन गर्ने अपेक्षा
न्यूयोर्क इन्डियानाको साउथबेन्ड सिटीका पूर्व मेयर पिट बुट्टिजजले राष्ट्रपतिय होड त्यागेका छन् । आईवा ककस र न्यू ह्यामसर प्राइमरीमा उत्साहजनक प्रदर्शन गरे पनि त्यसको प्रभाव बाँकी राज्यमा नदेखिएपछि उनले होडबाट बाहिरिने निधो गरेका हुन् । एउटा सानो सहरको मेयरबाट राष्ट्रपतिय होडमा जबरबस्त उपस्थिती देखाउने उनी पहिलो ब्यक्ति हुन् । सन् २०१९ को पहिलो त्रैमासिकमा ७०… Continue reading मेयर बुट्टिजजले छाडे राष्ट्रपतिय होड, बाइडेनलाई समर्थन गर्ने अपेक्षा
अमेरिकाभित्र समेत कोरोनाले लियो ज्यान
वासिङ्टन । कोरोना भाइरसका कारण अमेरिका भित्र एक व्यक्तिको ज्यान गएको छ । उनी यस रोगबाट ज्यान जाने दोस्रो व्यक्ति हुन् । अमेरिकाले आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ। कोरोनाको संक्रमण भएको र स्वास्थ्यमा विविध समस्याको सामना गरिरहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका… Continue reading अमेरिकाभित्र समेत कोरोनाले लियो ज्यान
अमेरिका र तालिवानबीच शान्ती सम्झौता, अफगानिस्तानमा खटाएका सेना फिर्ता हुने
दोहा । अमेरिका र तालिवानबीच अफगानिस्तानमा शान्ती स्थापना गर्ने सम्बन्धमा एक दीर्घकालिन सम्झौतामा ऐतिहासिक हस्ताक्षर भएको छ । अफगानिस्तानमा रहेका हजारौं सैनिक फिर्ता गर्ने सहमति गरेको अमेरिकाले तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको हो । यससँगै अब १८ वर्ष लामो युद्धलाई अन्त्य गर्न अमेरिका र तालिवान सहमत भएका छन । हस्ताक्षर कार्यक्रम कतारको दोहामा भएको हो… Continue reading अमेरिका र तालिवानबीच शान्ती सम्झौता, अफगानिस्तानमा खटाएका सेना फिर्ता हुने
अमेरिका र तालिवानबीच आज ऐतिहासिक शान्ती सम्झौता
कतार , १८ वर्षभन्दा लामो युद्ध रोकेर अफगानिस्तानमा शान्ती फर्काउन अमेरिका र तालिवान लडाकु समूह तयार भएका छन् । सोही सिलसिलामा अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौतामा हस्ताक्षर हुँदैछ । शान्ति सम्झौताका लागि कतारको राजधानी दोहामा विशेष कार्यक्रम आयोजना भएको छ । अहिले अफगानिस्तानमा एक प्रकारको युद्धविराम लागु भइसकेको छ ।… Continue reading अमेरिका र तालिवानबीच आज ऐतिहासिक शान्ती सम्झौता
एमसिसीबाट श्रीलंका पछि हट्यो
कोलम्बो । श्रीलंका सरकार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबाट पछि हटेको छ । यससँगै दुई मुलुकबीच औपचारिक हस्ताक्षर हुन सकेन् । हस्ताक्षर गर्न श्रीलंकाली सरकारले अस्वीकार गरिदिएको छ । श्रीलंकाली मन्त्रिपरिषद्ले सम्झौताका केही विषयमा थप छलफलको आवश्यकता औल्याउँदै तत्काल हस्ताक्षर नगर्ने निर्णयमा पुगेको श्रीलंकन मन्त्रिपरिषदका सहप्रवक्ता बन्डला गुरूवर्दनेलार्ए उदृत गर्दै संचारमाध्यमले लेखेका छन्… Continue reading एमसिसीबाट श्रीलंका पछि हट्यो
पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान
न्यूयोर्क/अमेरिका उत्तर अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । अधिवेशनमा सक्रिय र अर्थपूर्ण सहभागीता बढाउनका लागि सदस्यता दर्ता र नबीकरणको कामलाई तिब्र पारिएको नेजाले जनाएको छ । नेजाले गत फेब्रुअरी २० मा आफ्नो वेवसाइट मार्फत सुजना सार्बजनिक गर्दै सदस्यता दर्ता र नबीकरण गरिदिनुहुन अनुरोध गरेको… Continue reading पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान
अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासमा काम गर्ने कर्मचारीको भेषमा ठगी धन्दा गर्ने एक जना पक्राउ परेका छन् । कर्मचारीको दाबी गर्दै ठगी गर्ने केदार खड्का पक्राउ परेका हुन् । सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ मा बस्ने ४१ वर्षीय खड्काले आफूलाई विकासका नाममा चिनाउने गरेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका… Continue reading अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने पक्राउ
अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु
अमेरिका । अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाको ज्यान गएको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले अनुसार विस्कन्सिनको मिल्वोकीमा रहेको मोल्सन कूर्स ब्रूइङ्ग कम्पनी परिसरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्। गोलीकाण्डमा मारिने पाँचैजना कम्पनीका कर्मचारी रहेको मिल्वोकी प्रहरीले जनाएको छ । मोल्सन कूर्सले कूर्स र मिलर बियर उत्पादन गर्दै आएको… Continue reading अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु
अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिने चेतावनी !
अमेरिका । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संयुक्त राज्य अमेरिकामा फैलिने उच्च स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो भाइरस मान्छेमा सरेको थियो । त्यसपछि विश्वकोे विभिन्न देशमा फैलिएको कोरोना भाइरस अमेरिकामा अहिलेसम्म ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणबाट जोगिनका लागि सबै… Continue reading अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिने चेतावनी !
एकातिर बर्निको पल्लाभारी, अर्कोतिर ट्रम्पको ‘लोकप्रियता’ बढ्दै, कस्तो होला नोभेम्बरको भिडन्त ?
प्रभात भट्टराई / अमेरिका शनिबार सम्पन्न नेभादा ककसमा सुपर जित सहित सिनेटर बर्नी स्यान्डर्स डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउन एक कदम अघि बढेका छन् । नेभादाको उत्साहजनक जितसँगै स्यान्डर्स डेमोक्रेटिक प्रत्याशीहरुमा फ्रन्ट रनको रुपमा उभिएका हुन् । अहिले स्यान्डर्स ४५ डेलिगेट्स छन् । पूर्व मेयर पिट बुट्टिजजसँग २५ र पूर्व उपराष्ट्र जो बाइडेनसँग १५ डेलिगेट्स… Continue reading एकातिर बर्निको पल्लाभारी, अर्कोतिर ट्रम्पको ‘लोकप्रियता’ बढ्दै, कस्तो होला नोभेम्बरको भिडन्त ?
नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी मे महिनामा हुने सातौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायसंग छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाई सफल रुपमा सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो । हरेक २/२ वर्षमा हुने नेजाको अधिवेशन… Continue reading नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल
डोनाल्ड ट्रम्पले भने : इन्डिया लभ यू
अहमदावाद । दुई दिने भारत भ्रमणको सिलसिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आइपुगेका छन् । सोमबार अपरान्ह अहमदावादस्थित विमानस्थलमा अवतरण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे । भारत सरकारले उनको स्वागतमा अहमदावादस्थित मोटेर रंगशालामा विशेष कार्यक्रमको आयोजना गर्यो । यो कार्यक्रमको नाम नमस्ते ट्रम्प राखिएको छ । करीव १ लाख मानिसलाई रंगशालामा उतारेर टम्पको… Continue reading डोनाल्ड ट्रम्पले भने : इन्डिया लभ यू
आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प
अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई आज भारतमा भब्य स्वागत हुँदैछ । बिहान साढे ११ बजे गुजरातको अहमदावाद पुग्ने अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करीव २२ किलोमिटर लामो रोड शोमा निस्कनेछन् । त्यहाँबाट उनीहरुलाई मोटेरा रंगशाला लगिदैछ । यो रंगशाला संसारकै ठूलो रंगशाला हो । यही कार्यक्रममार्फत रंगशालाको उद्घाटन समेत हुने… Continue reading आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प
अफगानिस्तानमा युद्ध बिराम गर्ने सहमती
काठमाडौं । अमेरिका र तालिवानबीच अफगानिस्तानमा युद्धबिराम गर्ने सहमति भएको छ । अमेरीकी विदेश मन्त्री माइक पम्पियोले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अफगानिस्तानमा शान्ती बहाली गर्न अमेरिका र तालीवानबीच २९ फेब्रुअरीमा सम्झौताको तयारी भइरहेको छ । अमेरीकी विदेश मन्त्रीले साउदी अरवको भ्रमणका दौरान यस्तो जानकारी गराएका हुन् । यता तालिबानका प्रवक्ताले अमेरीका र… Continue reading अफगानिस्तानमा युद्ध बिराम गर्ने सहमती
दुई दने भारत भ्रमणमा आउँदैछन् राष्ट्रपति ट्रम्प, भब्य स्वागतको तयारी
नयाँ दिल्ली । भारत यतिबेला चिरिच्याट्ट बन्दै सिंगारिने क्रम जारी छ । अत्यन्तै गरिबी र सुकुम्बासी बस्ती रहेका स्थानहरु पर्खालले छोपिदैछ भने सडकमा धमाधम सरसफाईको काम भइरहेको छ । यो सबै केका लागि ? किनकी विश्वकै शक्तिशाली राष्ट्रप्रमुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आउँदैछन् । भारत उनको भ्रमणलाई भब्य बनाउने तयारीमा… Continue reading दुई दने भारत भ्रमणमा आउँदैछन् राष्ट्रपति ट्रम्प, भब्य स्वागतको तयारी
एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलले एमसीसीका कतिपय प्रावधानमा सशोधनको आवश्यकता औल्याएको छ । कार्यदलले शुक्रबार आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीलाई बुझाएको छ । उक्त प्रतिवेदनको सार सम्झौताका कतिपय बुँदा सच्याउनु पर्ने देखिएको बताइएको छ । बुँदा नसच्याएसम्म संसदबाट अनुमोदन… Continue reading एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष
अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री
काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते । उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा… Continue reading अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री
अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत
काठमाडौं । अमेरिकामाथि एक दिवसीय क्रिकेटमा नेपालले कीर्तिमानी जीत निकालेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले बुधबार अमेरिकामाथि ८ विकेटको रवाफिलो जीत निकालेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई वानडे इतिहासमै कीर्तिमानी कम स्कोरमा सम्ट्दा मात्र ३५ रन मात्र बनाउन दियो । टस जितेर बल रोजेको नेपालले अमेरिकालाई… Continue reading अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत
फिलिपिन्सद्धारा अमेरिकासँगको सैन्य सम्झौता रद्द
मनिला । फिलिपिन्सले अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्ने निर्णय गरेको छ । दुई मुलुकबीचको सैन्य अभ्यास तथा तालिमसम्बन्धी सम्झौता रद्द गर्ने निर्णयमा फिलिपिन्स पुगेको हो । फिलिपिन्स पछिल्ला दिनमा चीनसँग नजिक हुँदै गएको छ । फिलिपिनी रोड्रिगो दुतेर्तेले सैन्य साझेदार अमेरिकाबाट अलगत हुने चेतावनी दिँदै आएका थिए । सोही मेसोमा फिलिपिन्सले यस्तो निर्णय गरेको हो… Continue reading फिलिपिन्सद्धारा अमेरिकासँगको सैन्य सम्झौता रद्द
न्यू ह्यामसर प्राइमरी- वाइवा जितसँगै पिटको नयाँ माहोल, २०१६ को जगमा स्यान्डर्सको छलाङ प्रयास
प्रभात भट्टराई/न्यू ह्यामसर गत फेब्रुअरी ३ मा सम्पन्न आईवा ककसमा चामत्कारिक जित हासिल गरेसँगै पूर्व मेयर पिट बुट्टिजजको राजनीतिक माहोल एकाएक चुलिएको छ । मंगलबार हुने न्यूह्यामसर प्राइमरीमा पनि उनले सिनेटर बर्नी स्यान्डर्सलाई कडा टक्कर दिने सर्भेक्षणहरुले देखाएका छन् । आईवा ककसको मुखमा भएका सर्भेक्षणहरुमा पिट तेस्रो स्थानमा थिए । स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो… Continue reading न्यू ह्यामसर प्राइमरी- वाइवा जितसँगै पिटको नयाँ माहोल, २०१६ को जगमा स्यान्डर्सको छलाङ प्रयास
१८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने
काठमाडौं । अब नेपालमा सवारी चालक अनुमति पत्र लिन १८ वर्ष पुग्नु पर्ने भएको छ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने तयारी गरेको छ । यसअघि १६ वर्षको उमेरमै लाइसेन्स पाउने प्रावधान छ । यातायात व्यवस्था विभागका अनुसार अब न्यूनतम उमेर १८ वर्ष तोक्नेगरी ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ आउँदैछ ।… Continue reading १८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने
उज्ज्वल ठकुरी भर्जिनियाको कँग्रेसम्यानबाट सम्मानित
भर्जिनिया अमेरिकाको भर्जिनिया राज्यका कँग्रेसम्यान गेरल्ड ए. कोनोलीबातट गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सम्मानित भएको छ । ठकुरीले पाँच पटक बिभिन्न स्पर्धामा विश्व रेकर्ड कायम गरे बापत उक्त समामान गरेको हो । सम्मानपत्रमा लेखिएको छ; “मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने ब्यक्तिलाई बधाई र सम्मान पत्र पठाउन पाउँदा म धेरै खुसी… Continue reading उज्ज्वल ठकुरी भर्जिनियाको कँग्रेसम्यानबाट सम्मानित
कोरोना भाइरसका कारण वुहानमा एक अमेरिकी नागरिकको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा एक अमेरिकी नागरिकको ज्यान गएको छ । चीनको हुबेई प्रान्तस्थित कोरोना प्रभावित शहर वुहानमा अमेरिकी नागरिकको मृत्यु भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । आइतबार बेइजिङस्थित अमेरिकी राजदूतावासले ती अमेरिकी नागरिकको मृत्यु भएको पुष्टी गरेको हो । ६० वर्षिय अमेरिकी नागरिकको मृत्यु भएको दूतावासले पुष्टी गरेको हो । कोरोनाको… Continue reading कोरोना भाइरसका कारण वुहानमा एक अमेरिकी नागरिकको मृत्यु