अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी फर्काउदै छौ – राष्ट्रपती ट्रम्प

न्युयोर्क ।   राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तादेखि देशव्यापी रुपमा गैर कानूनी आप्रबासीहरु माथि धर पकड गरिने भन्दै सोमबार राती ट्विट् गरेका छन् ।उनले आफ्नो ट्विटरमा भनेका छन् “अमेरिकामा गैर कानूनी तरिकाबाट बसोबास गर्दै आएका लाखौं आप्रबासीहरुलाई अर्को हप्तादेखि फर्काईने छ ।यु एस् इमिग्रेसन एजेन्ट मार्फत पक्राउ गरिने राष्ट्रपति ट्रम्पले लेखेका छन् ।२०२० को निर्वाचनमा आफ्नो औपचारिक… Continue reading अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी फर्काउदै छौ – राष्ट्रपती ट्रम्प

भारत-अमेरिका व्यापार विवाद : भारतले बढायो अमेरिकी सामग्रीमा कर

विश्वका दुई ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्ध चलिरहेकै समयमा पुनः अर्का ठूलो अर्थतन्त्र भारतसँग पनि अमेरिकाको व्यापार विवाद सतहमा आएको छ । भारतले आइतबारदेखी लागू हुने गरी अमेरिकी सामानमा कर वृद्धि गरेपछि विवादले उग्र रुप लिएको हो । भारतले अमेरिकाबाट आउने विभिन्न २८ प्रकारका सामानमा कर बढाइदिएको छ । भारतीय राजस्व… Continue reading भारत-अमेरिका व्यापार विवाद : भारतले बढायो अमेरिकी सामग्रीमा कर

हृदयघातबाट अदालतको बेन्चमा न्यायाधिसको मृत्‍यु

तस्बिर श्रोत : सी एन् एन्

न्यूयोर्क अपस्टेट स्थित एक न्यायाधिसको अदालतको बेञ्चमा नै हृदयघात हुँदा निधन भएको छ । पट्नम् काउन्टीको अदालतका न्यायाधिस जेम्स् रिजको गत शुक्रबार बेञ्चमा नै निधन भएको हो । न्यायाधिस रिजले एउटा मुद्दाको निर्णय सुनाएर अर्को मुद्दा लिने तयारी गर्दै थिए त्यतिकैमा उनले जोन नामका कोर्ट अफिसरलाई “जोन मलाई तिमीले यहाँ मद्दत गर्नु पर्ने भयो” भनेको… Continue reading हृदयघातबाट अदालतको बेन्चमा न्यायाधिसको मृत्‍यु

अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

क्यालिफोर्निया    अमेरिकाकै ठुलो तथा बहुचर्चित किराना होलसेल “कोष्टको” भित्र गोली चल्दा १ जनाको मृत्‍यु भएको छ भने अन्य ३ जना घाईते भएका छन् । दक्षिण क्यालिफोर्नियाको लसएन्जलसबाट ५० माईल्स परको कोरोना शहरमा रहेको किराना होलसेल भित्र शुक्रबार साँझ स्थानीय समय ७:४५ बजे गोली चलेको खबर प्रहरीले प्राप्त गरेको प्रहरी श्रोतले बताएको छ ।  प्रत्यक्षदर्शीहरु… Continue reading अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

न्यूयोर्क शुक्रबार न्यूयोर्कको स्टाटन आईल्याण्डस्थित १२१ पुलिस प्रिसेण्ट पछाडी एक प्रहरीद्वारा आफुले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । मृत पुलिस अफिसरलाई प्रहरी कार्यालय पछिडीको विल्कक्स स्ट्रिटमा रहेको गाडी भित्र मृत भेटिएको थियो । उनी अफ ड्यूटीमा रहेको बेला शुक्रबार अपरान्ह यस्तो गरेका हुन् । प्रहरी सुत्रका अनुसार उनी घरेलू हिंसा अधिकृतको रुपमा बिगत ७… Continue reading न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

डेमोक्रेटिक प्रेसिडेन्सियल डिबेटका लागि २० जनाको सूची तयार, अग्रभागमा बाईडेन

न्यूयोर्क डेमोक्रेटिक नेशनल कमिटीले राष्ट्रपतीय बहसका लागि २० जना उम्मेद्वारको सूची तयार पारेको छ । पार्टीले तोकेको मापदण्ड पुरा गर्ने उम्मेद्वारलाई बहसमा सहभागि गराउने घोषणा अनुरुपको सूची तयार पारिएको हो । सूचीमा पूर्व उपराष्ट्रपति जो बाईडेन, भर्माउन्ट सिनेटर बर्नी स्यान्डर्स, साउथ बेन्ड मेयर पिट बुटिगग, क्यालिफोर्निया सिनेटर कमला ह्यारीस, मासाचुसेट्स सिनेटर एलिजावेथ वारेन, टेक्सासका पूर्व रिप्रीजेन्टेटिभ… Continue reading डेमोक्रेटिक प्रेसिडेन्सियल डिबेटका लागि २० जनाको सूची तयार, अग्रभागमा बाईडेन

एनआरएनए अमेरिकाको साधारणसभाको तयारी तिव्र, गच्छेदार आउने

विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाको आठौं साधारण सभाको तयारी तिव्र गतिमा अघी बढेको छ । इलिनोइस राज्यको शिकागोमा जुलाई ६ र ७ तारिखका दिन संघको साधारणसभा तथा नवनियुक्त कार्यसमितिको पदस्थापनको कार्यक्रम रहेको छ । संस्थाको विधान सभाको रुपमा समेत रहेको साधारणसभा सम्पन्न गर्न संस्थाकी उपाध्यक्ष राधा पौडेलको संयोजकत्वमा बनाइएको मुल… Continue reading एनआरएनए अमेरिकाको साधारणसभाको तयारी तिव्र, गच्छेदार आउने

कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा

गत फेब्रुअरी ९ तारिख राती आफ्नो कारमा सुतिरहेको अवस्थामा ६ जना प्रहरीले एकै साथ गोली हानी मारेका क्यालिफोर्नियाका र्यापर विली म्याकको हत्यालाई भलेहो सिटी प्रशासनले “उचित” भनेको छ ।क्यालिफोर्निया सान फ्रान्सिस्कोस्थित फाष्ट फुड रेस्टुरेण्ट टाकोबेलको ड्राईभ-थ्रुमा आफ्नै कार भित्र निदाईरहेको अवस्थामा स्थानीय भलेहो शहरका प्रहरीले २० वर्षीय म्याकको कारलाई एक साथ घेरा हाली ३ मिनेट… Continue reading कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा

म्यानहाटनको गगनचुम्बी भवनको धुरीमा हेलिकप्टर खस्यो

न्यूयोर्क   न्यूयोर्कको ब्यस्त शहर म्यानह्याटनको एक भवनको छतमा हेलिकप्टर खसेको छ ।ताजा जानकारी अनुसार दुर्घटनामा पाईलटको मृत्यु भएको छ ।न्यूयोर्क फायर डिपार्ट्मेन्ट्ले आफ्नो ट्विट्मा जनाए अनुसार हेलिकप्टर ७ एभिन्युको ७८७ नम्बर भवनको धुरीमा खसेको हो ।दुर्घटना पछी न्यूयोर्क प्रहरीले दुर्घटनाको अनुसन्धान भईरहेको कारण ५१ स्ट्रिट पश्चिम ७ एभिन्युतिर भरसक गाडी नचलाउन अनुरोध गरेको छ… Continue reading म्यानहाटनको गगनचुम्बी भवनको धुरीमा हेलिकप्टर खस्यो

बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

कानूनको अनभिज्ञता क्षम्य हुँदैन।अर्थात मलाई यो कानूनको बारेमा थाहा थिएन भन्दैमा छुट पाईदैन। यो कानूनको बिश्वव्यापी सिद्धान्त हो । यस्तै खालको घटनामा एक यात्रु जिन्दगीभर “स्पिरिट एयरलाईन्स” चढ्न नपाउने भएका छन् । ति यात्रुले आफु यात्रा गरिरहेको बिमानको सौचालय भित्र चुरोट पीए पछि उनलाई सम्बन्धित बिमान कम्पनीले जीवनभरका लागि यात्रा गर्न नपाउने गरेको हो ।… Continue reading बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?

अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रबासी शरणार्थी अमेरिका प्रवेशमा कडाई गर्न मेक्सिकोलाई दवाब दिँदै आएको छ। सोहीकारणले उसले मेक्सिकोविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिइरहेको थियो । त्यसै क्रममा सोमबारदेखि अमेरिकाले मेक्सिकोबाट आयात हुने सामानमा पाँचदेखि २५ प्रतिशत कर वृद्धिको तयारीमा जुटेको थियो। मेक्सिकोबाट हरेक बर्ष तीन अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान अमेरिका आयात… Continue reading के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?

अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ ।   नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि अन्तरिक्ष केन्द्रसम्म उड्ने सौभाग्य भने अर्को बर्षदेखि प्रदान गर्ने भएको कुरा घोषणा गरेको छ । … Continue reading अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

क्यालिफोर्निया राज्यमा कसैले आफ्नो बैंक  खातामा आधा अरब अमेरिकी डलर थप्ने सौभाग्य प्राप्त गरेको छ । कसले त्यस्तो सौभाग्य  प्राप्त गरेको हो ? नाम नखुलेका ति भाग्यमानीले हिजो शुक्रबारको ५३० मिलियन अमेरिकी डलरको चिट्ठा जिते पछी अब उनको खातामा झन्डै आधा बिलियन अमेरिकी डलर थपिने छ ।   क्यालिफोर्नियास्थित सान डियागोमा संचालित सोरेन्टो डेली मार्टमा… Continue reading क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

न्युयोर्क । न्युयोर्कस्थित दक्षिण पूर्वी एसियाका आप्रवासीको घनावस्ती ज्याक्सन हाईट्समा बसोबास गर्दै आएका एक व्यक्ति आतंकबादी क्रियाकलाप गर्ने उद्देश्यले गैह्र कानूनी रुपमा हतियार खरिद गरेको अभियोगमा पक्राउ परेका छन् । २२ बर्षिया बंगालादेशी नागरिक आसिकुल अलामले न्यूयोर्क कै ब्यस्त पर्यटकीय सहर टाईम्स स्क्वायरमा आतंककारी हमालको योजना बनाउँदै गरेको प्रहरीले पुष्टि गरेपछि गत बिहिबार अलामलाई पक्राउ… Continue reading गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार देखि मेक्सिकोलाई लगाउने भनेको अतिरिक्त भन्सार स्थगित गरेको जनाएका छन् । आप्रबासी सम्बन्धि मुद्धामा मेक्सिको सहमतिमा आएसँगै अतिरिक्त भन्सारको निर्णय आफुले फिर्ता लिएको ट्रम्पले जनाएका हुन् । ‘म यो सूचित गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिका र मेक्सिको बिच एक सहमतिमा हस्ताक्षर भएको छ, जस अनुसार सोमबारबाट मेक्सिकन… Continue reading आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

१२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

ओर्लेण्डो फ्लोरिडामा १२ बर्षिया बेनिटा डायमोण्डले एक्लै उबर कार चढेर गई आत्महत्या गरेपछि ड्राईभर र कम्पनी समस्यामा परेका छन् । बेनिटाले आफ्नो आमाको फोनबाट उबर एप्स डाउनलोड गरेर आफूले क्रिष्टमसमा पाएको गिफ्ट कार्ड प्रयोग गरी मध्य रातमा उबर कार बोलाएकी थिईन् ।  उनले उबरमा गाडी गराजको गन्तब्य राखेकी थिईन् । जहाँ पुगेर माथिबाट तल हाम्फालेर… Continue reading १२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष

अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि सुधारोन्मुख रहेको बताएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै कोषले गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा अमेरिकाको आर्थिक वृद्धिमा सामान्य सुधार देखिएको जानकारी दिएको हो । अहिले चीन र अमेरिकाबीच व्यापार विवाद चुलिदो अवस्थामा छ । जसले गर्दा अमेरिकाको समग्र अर्थतन्त्रमा प्रभाव पर्नेछ । अर्कोतर्फ निर्माण समग्रीको अभावले पनि… Continue reading अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष

युद्धमा भन्दा धेरै अमेरिकी सेनाको दुर्घटनामा मृत्यु, बिहीबार सडक दुर्घटनामा फेरि गयो एकको ज्यान

<> on August 9, 2011 in Arlington, Virginia.

बासिङटन अमेरिकी सेनाको तालिम क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जवानको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । यो घटनाले अमेरिकी सेना युद्धमा भन्दा बढि यस्ता दुर्घटनामा मारिएको तथ्यप्रति फेरि एक पटक सबैको ध्यान तानेको हो । सन् २००६ देखि २०१६ सम्म मारिएका अमेरिकी सैनिक मध्ये झन्डै ३२ प्रतिशतको सडक दुर्घटनामा मृत्यु… Continue reading युद्धमा भन्दा धेरै अमेरिकी सेनाको दुर्घटनामा मृत्यु, बिहीबार सडक दुर्घटनामा फेरि गयो एकको ज्यान

न्यूयोर्क शहरमा उबरको हेलिकप्टर सेवा

एजेन्सी । उबर कम्पनीले जुलाईको ९ तारिखदेखि प्रति यात्रु २०० डलरदेखि २२५ डलरसम्ममा न्यूयोर्कको डाउनटाउन म्यानह्याटनबाट जोनएफकेनेडी अन्तर्राष्ट्रिय बिमानस्थलसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने भएको छ । उबर उडान प्रमुख निखिल गोयलका अनुसार ८ मिनेटको उडान समयमा जेएफके बिमानस्थलको तोकिएको हेलिप्याडसम्म र त्यसपछि साबिक भाडा अन्तर्गत नै उबरको कारले सम्बन्धित टर्मिनलमा यात्रुलाई ओराल्ने जनाईएको छ ।… Continue reading न्यूयोर्क शहरमा उबरको हेलिकप्टर सेवा

एक महिनामा ट्रम्पको एप्रुभल रेटिङमा भारी गिरावट– ग्यालप न्यूज

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कामकारबाही प्रति जनताको सन्तुष्टी (जब एप्रुभल रेटिङ) एक महिनाको अन्तरालमा ह्वात्तै घटेको एक अध्ययनले देखाएको छ । ग्यालप न्यूजको सर्भेक्षण अनुसार अप्रिलको तुलनामा मे महिनामा ट्रम्पको जब एप्रुभल रेटिङ छ प्रतिशत बिन्दुले ओरालो लागेको हो । अप्रिलको दोस्रो पाक्षिक ट्रम्पको कामले आफुलाई सन्तुष्ट बनाएको भन्ने सर्वसाधारण ४६ प्रतिशत थिए ।… Continue reading एक महिनामा ट्रम्पको एप्रुभल रेटिङमा भारी गिरावट– ग्यालप न्यूज

अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?

डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’का नाममा परिचित एक विधेयक पारित गरेको छ । आधिकारिक कागजपत्र बीना अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने यो विधेयकलाई निकै महत्वका साथ हेरिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटबाट पारित नभएसम्म यो विधेयकले कानूनि मान्यता पाउँदैन… Continue reading अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?

सेनामा राजनीति नगर्न ह्वाइट हाउसलाई पेन्टागनको अनुरोध, जोन म्याकेनको नामको युद्धपोत मुख्य मुद्दा

न्यूयोर्क अमेरिकी रक्षामन्त्रालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउसलाई सेनामाथि राजनीति नगर्न अनुरोध गरेको छ । पूर्व सिनेटर एवं भियतनाम युद्धका अमेरिकी हिरो जोन म्याकेनको सम्मानमा उनको नाम दिइएको युद्धपोत माथिको बिवाद बढ्दै जाँदा पेन्टागनको उक्त अनुरोध आएको हो । गत बर्ष मृत्यु भएका म्याकेनको सम्मानमा पेन्टागनले एक युद्धपोतलाई ‘युएसएस जोन एस म्याकेन’ नामाकरण गरेको थियो… Continue reading सेनामा राजनीति नगर्न ह्वाइट हाउसलाई पेन्टागनको अनुरोध, जोन म्याकेनको नामको युद्धपोत मुख्य मुद्दा

यु एस सी आई एसको बार्षिक बिवरण सार्बजनिक , कतिले पाए अमेरिकी ग्रीन कार्ड र नागरिकता ?

युनाईटेड स्टेट्स सिटीजनसिप एण्ड ईमिग्रेसन सर्भिस ( यु एस सी आई एस ) ले सन् २०१४ देखि सन् २०१८ सम्मको बार्षिक बिवरण सार्वजनिक गरेको छ । यु एस सी आई एसले हाल आफ्नो मातहतमा संसार भरका २३७ कार्यालय मार्फत कुल १९ हजार कर्मचारी केन्द्रिय सरकार अन्तर्गत कार्यरत रहेको बिवरण सार्वजनिक गरेको छ । उसले भनेको… Continue reading यु एस सी आई एसको बार्षिक बिवरण सार्बजनिक , कतिले पाए अमेरिकी ग्रीन कार्ड र नागरिकता ?

अमेरिकामा कुन-कुन हाई स्कुल उत्कृष्ट ? (सुची सहित )

अमेरिका स्थित एक मिडियाले अमेरिकाभरका बिद्यालयको श्रेणी सार्वजनिक गरेको छ । सन् १९३३ मा स्थापना भएको यु एस न्युजले अमेरिका भरका पचास राज्य र वासिंगटन डि सी सहितका २३ हजार पब्लिक हाईस्कुल( सार्वजनिक माद्यामिक ) मध्येबाट श्रेणी निर्धारण गरि सुची सार्वजनिक गएको हो । यु एस न्युजले हरेक राज्य सरकारले बिद्यालयलाई गर्ने गरेको मुल्यांकन र… Continue reading अमेरिकामा कुन-कुन हाई स्कुल उत्कृष्ट ? (सुची सहित )

अमेरिकी राजदूतले कूटनीतिक सिद्धान्त ख्याल गर्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि अमेरिकी राजदूतलाई कूटनीतिका बहुआयामिक सिद्धान्तलाई नबिर्सन आग्रह गरेका छन् । नेपालमा अमेरिकी राजदूत र्याण्डी बेरीले “अमेरिकी राजदूतसँग गफगाफ” नामक कार्यक्रम शुरु गरेपछि उनको आलोचना भएको छ । राजदूतको यस कदमप्रति नेपाल सरकारले समेत असहमति राखेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कूटनीतिका अन्तरराष्ट्रिय… Continue reading अमेरिकी राजदूतले कूटनीतिक सिद्धान्त ख्याल गर्नुपर्छ : मन्त्री ज्ञवाली

अमेरिकी भिसा आवेदकले अब फेसबुक ट्युटर ईन्स्टाग्रामको विवरण पनि बुझाउनु पर्ने

स्टेट डिपार्टमेन्टले आमेरिका भ्रमणको प्रवेस आज्ञा ( भिसा ) आबेदन संगै सामाजिक संजालको बिबरण पनि पेस गर्नु पर्ने नयाँ नियम सार्वजनिक गरेको छ । स्टेट डिपार्टमेन्टले शुक्रबार सार्बजनिक गरेको नयाँ नियम लागु भए संगै संसार भरबाट अमेरिकी भिसाका लागि निबेदन दिने प्रत्येक व्यक्तिले आफ्नो फेसबुक ,ट्युटर ,इन्स्टाग्राम लगायतका सामाजिक संजालको बिबरण सम्बन्धित देशका अमेरिकी दुताबास… Continue reading अमेरिकी भिसा आवेदकले अब फेसबुक ट्युटर ईन्स्टाग्रामको विवरण पनि बुझाउनु पर्ने

अमेरिकाले भारतलाई प्रदान गर्दै आएको भन्सार शुल्क सहुलियत ट्रम्पले हटाए

राष्ट्रपती डोनाल्ड ट्रम्प प्राय भारतको प्रसंसा गरी रहन्छन् । ट्रम्प रास्ट्र्पती निर्वा्चित भए पछीको पहिलो भेटमा उनले भारतीय प्रधान मन्त्रिसँग निक्कै लामो समय व्हाईट हाऊसमा बिताएको संचार माध्यमहरुमा नीकै चर्चा भएको थियो । त्यो भेटका बारेमा स्वयम् भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले भनेका छन् रास्ट्र्पती ट्रम्पसँग व्हाईट हाऊसमा उनले ९ घण्टा भेट बार्ता गरेका थिए… Continue reading अमेरिकाले भारतलाई प्रदान गर्दै आएको भन्सार शुल्क सहुलियत ट्रम्पले हटाए

अमेरिकामा बन्दुकबाट फेरि अर्को नरसंहार, भर्जिनिया बीचमा भएको गोली प्रहारमा झण्डै दर्जनको मृत्यु

न्यूयोर्क अमेरिकाको भर्जिनिया बीच स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । यस्तै छ जना घाइतेलाई अस्पताल पठाइएको सरकारी अधिकारीहरुले बताएका छन् । भर्जिनिया बीच सिटी कार्यालयको भवन नम्बर दुईमा बन्दुधकारीको अन्दाधुन्द गोली प्रहार थालेका थिए । प्रहरीको जवाफी कारबाहीमा बन्धुकधारी पनि मारिएका छन् । स्थानीय प्रहरी प्रमुखका… Continue reading अमेरिकामा बन्दुकबाट फेरि अर्को नरसंहार, भर्जिनिया बीचमा भएको गोली प्रहारमा झण्डै दर्जनको मृत्यु

मेक्सिको हुदै अमेरिका छिर्ने आप्रबासी बढे पछि मेक्सिको आयातित सामानमा भारि कर लगाउने ट्रम्पको घोषणा

रास्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी रास्ट्र म्याक्सिकोबाट आयातित सम्पुर्ण सामानमा जुन महिनाको १० तारिक देखि ५ प्रतिशत सिमा सुल्क र २५ प्रतिशत भन्सार कर लागाउने बताएका छन् । ट्रम्पले बिहिबार सांझ आफ्नो ट्विटर एकाउण्टमा लेखेका छन् ” जुन १० तारिक देखि संयुक्त राज्य अमेरिकाले हाम्रो देशमा मेक्सिकोबाट आउने सम्पुर्ण सामानमा गैर कानुनि आप्रबासीहरु मेक्सिको हुदै भित्रीने… Continue reading मेक्सिको हुदै अमेरिका छिर्ने आप्रबासी बढे पछि मेक्सिको आयातित सामानमा भारि कर लगाउने ट्रम्पको घोषणा

रेकर्ड तोड्दै  ठुलो संख्यामा अमेरिका छिर्न खोज्ने आप्रबासी टेक्सासमा पक्राउ

तस्बिर श्रोत : एन बि सी न्युज

अमेरिकाको सिमानामा एक हजार भन्दा धेरै गैर कानुनि आप्रबासीहरु पक्राउ परेका छन् । अमेरिका भित्र पस्दै गरेका १०३६ गैर कानुनि आप्रबासीहरुलाई अमेरिका प्रवेश गर्दै गर्दा टेक्सासको एलपासो क्षेत्रमा बुधबार बिहान यु एस कस्टम एण्ड बोर्डर प्रोटेक्सन एजेण्टले पक्राउ गरेको हो । श्रोतका अनुसार अमेरिकी ईतिहासमा खुला सिमा हुदै छिर्न खोज्ने गैर कानुनि आप्रबासीहरु यति ठुलो… Continue reading रेकर्ड तोड्दै  ठुलो संख्यामा अमेरिका छिर्न खोज्ने आप्रबासी टेक्सासमा पक्राउ